जनकपुरधाम : सप्तरीमा एक महिलाको हत्या गरी फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको तिरहुत गाउँपालिका मैनाकडरिका २१ वर्षीय अजय कुमार यादव, ५२ वर्षीय राधे भन्ने ओमप्रकाश यादव र कञ्चनपुर नगरपालिका-११ ठेलिया बस्ने ५५ वर्षीय बमबहादुर साहलाई प्रहरीले पक्राउ गरेको हो। असोज १० गते राति आफ्नो घरमा एक्लै बसिरहेको अवस्थामा तिरहुत गाउँपालिका मैनाकडरीकी ५० वर्षीय दाईमन देवी यादवको…
जनकपुरधाम : प्रदेश २ मा आइतवार थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराज र नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा गरिएको परीक्षणमा २० महिला र ४९ पुरुष गरी कुल ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए। योसँगै प्रदेशमा…
जनकपुरधाम : लामो समयपछि बसेको प्रदेश २ को प्रदेश सभा बैठकले प्रदेश अनुसन्धान ब्युरोको स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतले पारित भएको छ। गत असार ३१ गतेपछि बसेको प्रदेशसभा बैठकले सदनमा २०७६ चैत ६ गते पेश भएको विद्येयक सर्वसम्मतले पारित गरेको हो। प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले २०७६ चैत ६…
जनकपुरधाम : धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीहरुको आन्दोलन जारी छ। उनीहरुले विगतमा गरेका सम्झौता कार्यान्वयन नभएको भन्दै आकस्मिक बाहेकका सबै सेवाहरु ठप्प पारेका छन्। कर्मचारीहरुको निरन्तरको आन्दोलनका कारण मेडिकल कलेजको आकस्मिक बाहेकका सबै सेवाहरु विगत करिब दुई हप्तादेखि ठप्प भएको हो। कर्मचारीहरुले कलेज प्रशासनविरुद्ध धर्ना बसेपछि आकस्मिक बाहेकका सबै सेवाहरु ठप्प भएको कर्मचारी हकहित संरक्षण संघर्ष समितका…
जनकपुरधाम : प्रदेश २ मा शनिवार थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा गरिएको परीक्षणमा १० महिला र ५३ पुरुष गरी कुल ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए। योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार १…
जनकपुरधाम : प्रदेश २ मा शुक्रवार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, शुक्रवार प्रदेशमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा ६ महिला र ३७ पुरुष गरी कुल ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश…
जनकपुरधाम : प्रवेश मल्लिक मैथिली गीत संगीतको चर्चित नाम हो। जनकपुरधाममा जन्मेका मल्लिक छोटो समयमै बलिउडमा स्थापित हुन सफल भएका छन्। हिन्दी संगीत क्षेत्रमा समेत उनी स्थापित हुँदै गएका छन्। प्रवेश कामको सिलसिलामा हाल भारतको मुम्बई शहरमा बस्दै आएका छन्। उनी मुम्बईमा बसेपनि आफ्नो जन्मभूमिप्रति सदैव समर्पित रहेका छन्। मैथिली गीत संगीतलाई अन्तर्राष्ट्रिय जगतमा स्थापित गराउन लागेका प्रवेशको घर नेपालमा धनुषाको जनकपुरधाम…
जनकपुरधाम : सिरहामा बोक्सीको आरोपमा एक महिलालाई मरणासन्न हुने गरी कुटपिट गरेर फरार रहेका युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा २० वर्षीय सन्तोष यादव रहेका छन्। प्रदेश २ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले नेपाल-भारत सीमा क्षेत्रनजिक सिरहाको ठाडी नजिकबाट उनलाई पक्राउ गरेको हो। यहि भदौ २७ गते सिरहा नवराजपुर गाउँपालिका ५ बस्ने मूर्तिदेवी यादवलाई राति…
जनकपुरधाम : विगत २४ दिनदेखि चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनरत रहेका डा गोविन्द केसीको समर्थनमा जनकपुरधामको रामानन्द चौकमा विरोध प्रदर्शन गरिएको छ। कोभिड-१९ क्विक रेस्पोन्स टिम र जनकपुरधामका युवाको संयुक्त आयोजनामा स्थानीय रामानन्दचोकमा बुधवार साँझ विरोध प्रदर्शन गरिएको हो। केसीका माग जायज हुँदाहुँदै सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन्। डा केसीको समर्थन एवं उनको…
जनकपुरधाम : सत्तारुढ दल जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरुले प्रदेश २ मा नयाँ मन्त्रिपरिषद् गठन गर्न माग गरेका छन्। प्रदेश सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै वर्तमान मन्त्रिपरिषद् विघटनको माग अघि सारेका हुन्। मधेश आन्दोलनको जगमा गठन भएको प्रदेश सरकार मधेशी शहीद र जनताको आवश्यकतालाई बेवास्ता गर्नुका साथै कामै नगरेको सत्तारुढ दलका सांसदहरुले आरोप लगाएका छन्।…
जनकपुरधाम : चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनरत रहेका डा गोविन्द केसीको समर्थनमा महोत्तरीको जलेश्वरमा युवाले धर्ना दिइएका हुन्। केसीको समर्थनमा नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागका केन्द्रीय सदस्य बजरंग नेपालीको नेतृत्वमा जलेश्वरको बुद्धिजीवी चोकमा मंगलवार दिउँसो युवाले धर्ना दिइएका हुन्। केसीका माग जायज हुँदाहुँदै सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले बीच सडकमा बसेर सरकारविरुद्घ धर्ना दिएका हुन्। डा केसीको…
जनकपुरधाम : सिरहामा ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जबर्जस्ती करणीको अभियोगमा पुर्पक्षका लागि कारागारमा रहेका अभियुक्तलाई रिहा गराइदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको हो। जिल्लाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ४ का २३ वर्षीय शिव कुमार साह जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेकोमा आफू प्रहरी रहेको र मुद्दा फाँटमा रहेकोले शिवलाई…
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका शैक्षिक संस्था भोलि मंगलवारदेखि सञ्चालन गरिने भएको छ। उपमहानगरको कार्यपालिको बैठकले संघीय सरकारले तोकेको मापदण्ड तथा निर्देशिकाको शर्तहरू पालना गर्ने गरी ६ देखि १२ कक्षासम्मका विद्यालयमा मंगलवारदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको उपप्रमुख रितादेवी मिश्रले जानकारी दिइन्। त्यस्तै, शिशु कक्षा र बाल विकासका शिक्षक–शिक्षिकाले विद्यार्थीको घरघर पुगेर ‘होम स्कुलिङ’ गराउने निर्णय गरिएको छ। उपमहानगरपालिकाको शिक्षा…
जनकपुरधाम : प्रदेश २ मा सोमवार थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, प्रदेशमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु समेत भएको छ। गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा ६ महिला र ३८ पुरुष गरी कुल ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश…
जनकपुरधाम : बलात्कारको घटना दिनदिनै बढ्दै जाँदा बलात्कारीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि प्रदर्शन गरिएको छ। युथ एलाइन्स एगेन्सट रेप (वाइएएआर) नामक संस्थाले देशमा बलात्कारको घटना बढ्दै गए पनि प्रहरी प्रशासनले त्यसविरुद्ध सक्रियता देखाउन नसकेको भन्दै दर्जनौं युवाहरुको सहभागितामा विरोध प्रदर्शन गरेको हो। वाइएएआर अभियन्ता गुन्जा रायको संयोजकत्वमा जनकपुरको जनकचोकबाट सुरु भएको विरोध प्रदर्शन राम चोक, भैरव…
जनकपुरधाम : प्रदेश २ मा आइतवार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सगरमाथा अस्पताल राजबिराजमा गरिएको परीक्षणमा ३ महिला र २९ पुरुष गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का बरिष्ठ चिकित्सक कमलेश प्रसाद यादवले जानकारी दिए। आइतवार प्रदेशको सप्तरी जिल्लामा सबैभन्दा बढी…
जनकपुरधाम : धनुषामा सालोलाई करणी गरी हत्या गरेको अभियोगमा उनका भिनाजुलाई प्रहरीले पक्राउ गरेका छन्। जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर ७ किशानपुर बस्ने ५ वर्षीय सालोको अप्राकृतिक करणी गरी हत्या गरेको अभियोगमा प्रहरीले सबैला नगरपालिका वडा नम्बर ७ मठिहनी बस्ने २२ वर्षीय उनका भिनाजु राम बहादुर सदालाई पक्राउ गरेकोे धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।…
जनकपुरधाम : प्रदेश २ मा शुक्रवार थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, प्रदेशमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु समेत भएको छ। गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा २० महिला र ५९ पुरुष गरी कुल ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २…
जनकपुरधाम : प्रदेश २ मा बिहीवार थप ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, कोरोना संक्रमणका कारण २ जनाको मृत्यु समेत भएको छ। गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सगरमाथा अस्पताल रौतहटमा गरिएको परीक्षणमा २२ महिला र ६२ पुरुष गरी कुल ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २…
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का कार्यालय सहयोगीलाई अख्तियारको टोलीले घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको छ। सेवाग्राहीसँग नागरिकताको सिफारिस गरिदिने भन्दै २४ हजार रुपैयाँ घुस लिँदालिदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले कार्यालय सहयोगी दिलिप पञ्जियारलाई रंगेहात पक्राउ गरेको हो। अख्तियार बर्दिबास शाखाले दिएको जानकारी अनुसार कार्यालय सहयोगी पजियारले आफूलाई वडा सचिव भनि सिफारिस आफूले नै गर्ने भन्दै…