PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

  • कोरोना नियन्त्रणमा सहयोग नगर्ने स्वास्थ्य संस्थाविरुद्ध अदालत जाने प्रदेश २ सरकारको तयारी

    कोरोना नियन्त्रणमा सहयोग नगर्ने स्वास्थ्य संस्थाविरुद्ध अदालत जाने प्रदेश २ सरकारको तयारी

    जनकपुरधाम : प्रदेश २ सरकारले कोरोना महामारी नियन्त्रणमा सहयोग नगर्ने निजी स्वास्थ्य संस्था एवं मेडिकल कलेजहरुविरुद्ध अदालत जाने तयारी थालेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको प्रदेश संकट व्यवस्थापन केन्द्र (पीसीएमसी)को बैठकले कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने प्रदेशस्थित मेडिकल कलेजसहित निजी स्वास्थ्य संस्थाविरुद्ध अदालत जाने तयारी थालेको हो। बैठकले सामाजिक विकास मन्त्रीको संयोजकत्वमा सुरक्षा निकायका प्रमुखहरु समेत रहने गरी…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरबाट एक वडाध्यक्षको सरकारी मोटरसाइकल चोरी

    जनकपुरबाट एक वडाध्यक्षको सरकारी मोटरसाइकल चोरी

    जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका १६ जलाद पुल नजिकैबाट एक वडाध्यक्षको सरकारी मोटरसाइकल चोरी भएको छ। धनुषाको कमला नगरपालिका वडा नम्बर ५ का अध्यक्ष शिवा पासवानको प्रदेश २–०२–००१ ब ००५९ नम्बरको सरकारी मोटरसाइकल चोरी भएको हो। जनकपुरधामस्थित जलाद पुल नजिकै रहेको उनको आफ्नै घर बाहिरबाट सोमवार मध्यरातमा मोटरसाइकल चोरी भएको बताइएको छ। घर निर्माणाधिन रहेकोले मोटरसाइकल बाहिर राखिएको थियो। सुतिरहेको बेला…

    विस्तृतमा पढ्नुस्

  • आईसीयूमा उपचाररत धनुषाका कोरोना संक्रमित पुरुषको मृत्यु, दमका रोगी थिए

    आईसीयूमा उपचाररत धनुषाका कोरोना संक्रमित पुरुषको मृत्यु, दमका रोगी थिए

    जनकपुरधाम : धनुषामा कोभिड १९ बाट संक्रमित थप एक जनाको मृत्यु भएको छ। प्रादेशिक अस्पताल जनकपुरको कोभिड १९ विशेषको आइसोलेसन कक्षमा उपचाररत जिल्लाको धनौजी गाउँपालिका वडा नम्बर ३ बस्ने ६५ वर्षीय पुरुषको सोमबार करिब १२ बजेको समयमा मृत्यु भएको हो। श्वासप्रश्वास, रुघाखोकीबाट ग्रस्त रहेका संक्रमित पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए। मृतक साउन…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशसभाबाट सर्वसम्मत पारित प्रदेश सञ्चार विधेयक त्रुटिपूर्ण, प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता

    प्रदेशसभाबाट सर्वसम्मत पारित प्रदेश सञ्चार विधेयक त्रुटिपूर्ण, प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता

    जनकपुरधाम : प्रदेश नम्बर २ को प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको प्रदेश सञ्चार विधेयक प्रदेश प्रमुखको कार्यालयबाट त्रुटिपूर्ण रहेको भन्दै फिर्ता पठाइएको छ। प्रदेश सभाबाट सर्वसम्मतले पारित गरेको प्रदेश सञ्चार विधेयकमा प्राविधिक त्रुटि र अधिकांश शब्द संयोजनहरु समेत नमिलेकाले प्रदेश प्रमुखको कार्यालयबाट प्रदेश सरकारलाई फिर्ता पठाइएको हो। प्रदेश सरकारले नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ लाई पूर्ण रुपमा बेवास्ता गरी पत्रकारितामाथि…

    विस्तृतमा पढ्नुस्

  • शल्यक्रियापछि मृत्यु भएकी रुक्मिणीका भाइले अस्पताल सञ्चालकसहित ४ जनाविरुद्ध दिए जाहेरी

    शल्यक्रियापछि मृत्यु भएकी रुक्मिणीका भाइले अस्पताल सञ्चालकसहित ४ जनाविरुद्ध दिए जाहेरी

    जनकपुरधाम : चिकित्सकको लापर्बाहीका कारण आफ्नी दिदी रुक्मिणी सदाको मृत्यु भएको भन्दै भाइ इन्दल सदाले नवजीवन अस्पतालका सञ्चालकसहित ४ जनाविरुद्ध प्रहरीमा जाहेरी दिएका छन्। नवजीवन अस्पतालमा उपचारको क्रममा ३५ वर्षीया रुक्मिणीको चिकित्सकको लापर्बाहीका कारण मृत्यु भएको भन्दै इन्दलले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका हुन्। इन्दलले नवजीवन अस्पतालका सञ्चालक महेश महासेठसहित चिकित्सकहरु संजय चौधरी, मनोज साह र शम्भु साहविरुद्ध जाहेरी…

    विस्तृतमा पढ्नुस्

  • धनुषामा मृत्युपछि शवसमेत अन्त्येष्टि गरिसकेका पुरुषको कोरोना रिपोर्ट आयो पोजेटिभ, मलामीलाई राखियो क्वारेन्टाइनमा

    धनुषामा मृत्युपछि शवसमेत अन्त्येष्टि गरिसकेका पुरुषको कोरोना रिपोर्ट आयो पोजेटिभ, मलामीलाई राखियो क्वारेन्टाइनमा

    जनकपुरधाम : धनुषामा थप एक जनामा मृत्युपछि कोभिड १९ को संक्रमण पुष्टि भएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ का ४३ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो। शनिबार जनकपुरधामको काव्या हस्पिटलमा मृत्यु भएका पुरुषमा कोराना संक्रमण हुनसक्ने आशंकामा उनको स्वाब संकलन गरिएको थियो। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा जाँच गर्दा आज रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का…

    विस्तृतमा पढ्नुस्

  • जलेश्वर अस्पतालमा ५ वटा भेन्टिलेटर जडान, तर जनशक्ति अभावले पूर्ण सेवा प्रभावित

    जलेश्वर अस्पतालमा ५ वटा भेन्टिलेटर जडान, तर जनशक्ति अभावले पूर्ण सेवा प्रभावित

    जनकपुरधाम : महोत्तरीको जलेश्वर अस्पतालले भेन्टिलेटरसहितको पाँच बेडको आईसीयू सञ्चालनमा ल्याएको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पाँच बेडको भेन्टिलेटर सेवा सुरु भएको हो। भेन्टिलेटर राखिए पनि दक्ष जनशक्ति अभावले पूर्ण सेवा प्रवाह हुनेमा अस्पतालले नै आशंका जनाएको छ। कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई जुनसुकै बेला भेन्टिलेटर आवश्यक पर्न सक्ने भएकोले जलेश्वर अस्पतालले भेन्टिलेटरसहितको आईसीयू सञ्चालनमा…

    विस्तृतमा पढ्नुस्

  • धनुषाको क्षिरेश्वरनाथ नगरपालिका प्रमुखमा कोरोना संक्रमण पुष्टि

    धनुषाको क्षिरेश्वरनाथ नगरपालिका प्रमुखमा कोरोना संक्रमण पुष्टि

    जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पजियारमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। जनकपुरधामस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पीसीआर जाँच गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको हो। प्रमुख पजियारले शुक्रवार पीसीआर जाँच गराएका थिए। प्रमुख पजियार होम आइसोलेसनमा रहेका छन्। उनमा कोरोनाको संक्रमण पुष्टि भएपनि लक्षण भने नदेखिएको प्रमुख पजियारले बताए। उनले भने, ‘मलाई हलुका फिवर आएको थियो, पीसीआर…

    विस्तृतमा पढ्नुस्

  • समाजवादी पार्टीका सांसद डा. यादवसहित ४८ जना संक्रमित

    समाजवादी पार्टीका सांसद डा. यादवसहित ४८ जना संक्रमित

    जनकपुरधाम : धनुषामा जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायण यादवसहित ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा बालरोग विशेषज्ञ समेत रहेका प्रतिनिधिसभा सदस्य डा.यादव सहित ४८ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ। जनकपुरधामस्थित जानकी हेल्थ केयरमा कार्यरत एक अन्य एक चिकित्सिक सहित ४ जनामा संक्रमण पुष्टि भएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • ‘डाक्टरको लापरवाहीले पेटको नशा काटिएपछि मेरो दिदीको मृत्यु भयो, न्याय माग्दा प्रहरीले कुट्यो’

    ‘डाक्टरको लापरवाहीले पेटको नशा काटिएपछि मेरो दिदीको मृत्यु भयो, न्याय माग्दा प्रहरीले कुट्यो’

    जनकपुरधाम: अस्पतालको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै आफन्त आन्दोलित भएका छन्। जनकपुरको नवजीवन हस्पिटलमा बिहीवार साँझ जनकपुरधाम उपमहानगरपालिका १ धर्मवाण टोलकी ३५ वर्षीय रुकमणि देवी सदाको मृत्यु भयो। उनको मृत्यु अस्पतालको लापरवाहीले भएको भन्दै आफन्त र स्थानीयले राती नै अस्पताल भवनमा ढुंगामुडा गर्न खोजे। उनीहरुलाई रोक्न प्रहरीले लाठी चार्ज गर्‍यो। पेट फुल्ने, दुख्ने तथा वान्ता हुने समस्याको कारण रुकमणि जनकपुरधाम…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा थप २६१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६२८९

    प्रदेश २ मा थप २६१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६२८९

    जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप २६१ जनामा कोरोना(कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यससँगै यस प्रदेशमा संक्रमितको संख्या ६ हजार २ सय ८९ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा २ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा आज २ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

    प्रदेश २ मा आज २ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

    जनकपुरधाम : प्रदेश २ मा आज थप २ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमितको संख्या ६ हजार २ सय ८९ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा २ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय…

    विस्तृतमा पढ्नुस्

  • रुघाखोकी लागेको दश दिनपछि जाँच गर्दा देखियो कोभिड-१९ संक्रमण, अस्पताल ल्याउँदाल्याउँदै गयो ज्यान

    रुघाखोकी लागेको दश दिनपछि जाँच गर्दा देखियो कोभिड-१९ संक्रमण, अस्पताल ल्याउँदाल्याउँदै गयो ज्यान

    जनकपुरधाम : कोरोनाको संक्रमणबाट सप्तरीमा एकजना पुरुषको मृत्यु भएको छ। गए राति सप्तरीको राजविराज नगरपालिका वडा नं. ६ का ७२ वर्षीय पुरुषको मृत्यु भएको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजका निमित मेसु रंजित झाले जानकारी दिए। करिब १० दिनदेखि रुघाखोकी तथा ज्वरो लागेका पुरुषको कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनलाई अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको झाले बताए। मृतक थाइराइड…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा थप १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि

    प्रदेश २ मा थप १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि

    जनकपुरधाम : प्रदेश नम्बर २ मा थप १ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा प्रदेश २ का १ सय ७४ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए। योसँगै प्रदेशमा संक्रमितको संख्या ६ हजार ६८ पुगेको छ। पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पर्सामा ६५ जनामा कोरोना…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञाको समयमा हतियार बेच्न आएका एक जना पक्राउ, पेस्तोल मगाउनेको खोजी हुँदै

    निषेधाज्ञाको समयमा हतियार बेच्न आएका एक जना पक्राउ, पेस्तोल मगाउनेको खोजी हुँदै

    जनकपुरधाम : बिक्रीको लागि ल्याएको पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० बाह्रबिघाबाट धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नं. ३ का २१ वर्षीय सुजित यादवलाई हतियारसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए। उनका अनुसार यादवलाई कालो रंगको प्लाष्टिकको झोलामा चिनीभित्र लुकाई राखेको ४.५ लेखिएको अटोमेटिक पेस्तोल १…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ : मिल्दोजुल्दो लक्षण देखिएर मृत्यु भएका पुरुषको रिपोर्ट पोजेटिभ

    कोभिड-१९ : मिल्दोजुल्दो लक्षण देखिएर मृत्यु भएका पुरुषको रिपोर्ट पोजेटिभ

    जनकपुरधाम : धनुषामा कोभिड-१९ को कारण थप एकजनाको मृत्यु भएको छ। कोभिड-१९को जस्तै लक्षण देखिएर आइतवार मृत्यु भएका एक जना पुरुषमा आज मृत्युपश्चात कोभिड-१९ संक्रमण पुष्टि भएको हो। केही दिनदेखि रुघाखोकी, टाउको दुख्नेजस्ता लक्षण देखिएपछि आइतवार मृत्यु भएका पुरुषमा संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। मृतक धनुषाको मिथिला विहारी नगरपालिका वडा नम्बर ५ का हुन्।…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरमा एक हप्ता थपियो निषेधाज्ञा

    जनकपुरमा एक हप्ता थपियो निषेधाज्ञा

    जनकपुर : धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा एक हप्ताका लागि निषेधाज्ञा थपिएको छ। एक हप्ताका लागि लगाइएको निषेधाज्ञाको समयअवधि समाप्त भएपछि फेरि थपिएको हो। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले उपमहानगरपालिका क्षेत्रमा कोरोनाको जोखिम बढ्दै गएको र समुदाय स्तरमा फैलिएकोले निषेधाज्ञाको समयअवधि साउन ३२ गते आइतबार राति १२ बजेसम्मका लागि थपिएको जानकारी दिए। कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन…

    विस्तृतमा पढ्नुस्

  • अख्तियारको नियन्त्रणमा विद्युत प्राधिकरणका ढल्केबर ग्रीडका प्रमुख

    अख्तियारको नियन्त्रणमा विद्युत प्राधिकरणका ढल्केबर ग्रीडका प्रमुख

    जनकपुरधाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, धनुषा ढल्केबर ग्रीड शाखाका कार्यालय प्रमुख रितेश गुप्तालाई नियन्त्रणमा लिएको छ। अख्तियारको टोलीले गुप्तालाई १ करोड २४ लाख ९१ हजार १ सय ४५ रुपैयाँ बराबरको कार्यालयका चेकहरुसहित पक्राउ गरेको हो। कार्यालय प्रमुख गुप्तालाई शनिबार अख्तियार दुरुपयोग बर्दिबासको टोलीले सिन्धुलीबाट पक्राउ गरेको हो। गुप्ताले भुक्तानीका लागि आवश्यक पर्ने कागजातहरु स्वीकृत नहुँदै कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • धनुषामा शंकास्पद संक्रमितको मृत्यु, स्वाब संकलन गरी शव व्यवस्थापन गर्दै सेनाको टोली

    धनुषामा शंकास्पद संक्रमितको मृत्यु, स्वाब संकलन गरी शव व्यवस्थापन गर्दै सेनाको टोली

    जनकपुरधाम : धनुषामा कोभिड-१९ को लक्षण देखिएका एक जनाको मृत्यु भएको छ। केही दिन यतादेखि रुघाखोकी, टाउको दुख्ने जस्ता लक्षण रहेको सो पुरुषको आइतबार मृत्यु भएको हो। मिथिला विहारी नगरपालिका वडा नम्बर ५ घर रहेका सो पुरुषको मृत्यु भएपछि उनको शव व्यवस्थापनका नेपाली सेनाको टोली त्यता जान लागेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। विनयतारा फाउण्डेशनमा सेक्युरिटी गार्डको…

    विस्तृतमा पढ्नुस्

  • सडक मर्मतको माग गर्दै बसहिया रोडमा स्थानीयको चक्काजाम, ‘जनप्रतिनिधिले चासो देखाएनन्’

    सडक मर्मतको माग गर्दै बसहिया रोडमा स्थानीयको चक्काजाम, ‘जनप्रतिनिधिले चासो देखाएनन्’

    जनकपुरधाम : सडक मर्मतको माग गर्दै जनकपुरधामस्थित बसहिया रोडमा स्थानीयले चक्काजाम गरेका छन्। माछा बजारदेखि बसहिया जाने मेन सडकमै सामान्य वर्षातमा पनि सडकको दुरावस्थाका कारण सर्वसाधारणले कठिनाई भोग्नु परेकोले बाध्य भई आज बिहानैदेखि चक्काजाम गर्नुपरेको स्थानीयले बताए। वर्षौंदेखि मर्मत नहुँदा यो सडकबाट आवागमन गर्ने यात्रु वर्षामा हिलाम्य सडकमा यात्रा गर्न बाध्य छन्। बिरामी पुर्‍याउन हिँडेका एम्बुलेन्सलगायतका अन्य ठूदादेखि साना सबै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell