PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • धनुषामा पुनः थपियो निषेधाज्ञा, सवारी साधनमा जोरबिजोर प्रणाली लागू

    धनुषामा पुनः थपियो निषेधाज्ञा, सवारी साधनमा जोरबिजोर प्रणाली लागू

    जनकपुरधाम : धनुषामा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञाको समयावधि पुनः एक हप्ताका लागि थपिएको छ। प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जिल्लाभरि कोरोना संक्रमणको जोखिम बढ्दै गएको र समुदायस्तरमा फैलिएकोले निषेधाज्ञाको समयावधि आइतवार राति १२ बजेपछि सकिन लागेपछि पुनः असोज ४ गते आइतवार राति १२ बजेसम्मका लागि थप गरिएको जानकारी दिए। जिल्ला स्तरिय कोभिड-१९ संकट व्यवस्थापन…

    विस्तृतमा पढ्नुस्

  • सर्लाहीबाट ३ सय ९ किलो गाँजासहित एक ट्रक प्रहरीको नियन्त्रणमा

    सर्लाहीबाट ३ सय ९ किलो गाँजासहित एक ट्रक प्रहरीको नियन्त्रणमा

    जनकपुरधाम : सर्लाही प्रहरीले शनिवार राती जिल्लाको दक्षिण-पूर्वी भेगमा पर्ने पर्सा गाउँपालिकाबाट ३ सय ९ किलो गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको छ। जिल्लाको पर्सा गाउँपालिका वडा नम्बर ५ डोमोवा टोलमा ना ४ ख ७७४८ नम्बरको १० चक्के ट्रकमा लोड गरिएको अवस्थामा उक्त गाँजा बरामद गरेको प्रहरीले जनाएको छ। शनिवार राति ट्रक चेक गर्दा ११ वटा पोकामा राखिएको उक्त गाँजा बरामद…

    विस्तृतमा पढ्नुस्

  • मन्दिरमा फोहर फालेको विषयमा दुई समुदायबीच झडप, २५ जनाभन्दा बढी घाइते, ठूलो संख्यामा प्रहरी परिचालन

    मन्दिरमा फोहर फालेको विषयमा दुई समुदायबीच झडप, २५ जनाभन्दा बढी घाइते, ठूलो संख्यामा प्रहरी परिचालन

    जनकपुरधाम : धनुषाको नगराइन नगरपालिका वडा नम्बर ७ स्थित नवटोलीमा मन्दिरमा फोहोर फालिएको विषयलाई लिएर दुई समुदायबीच झडप भएको छ। नवटोलीस्थित दुधहा पोखरीको डीलमा रहेको श्री नवनेश्वर नाथ महादेव मन्दिर निर्माणका लागि गरिएको शिलान्यास स्थलमा मुस्लिम पक्षले फोहोर फालेको भन्दै दुइ समुदायबीच झडप भएको हिन्दु पक्षको दावी छ। यद्यपि मुस्लिम पक्षधरहरुले दुई महिलाबीचको विवादलाई साम्प्रदायिकता रंग दिइएको आरोप लगाएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • सर्लाहीमा ८० जनासहित प्रदेश २ मा थप १ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि

    सर्लाहीमा ८० जनासहित प्रदेश २ मा थप १ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि

    जनकपुरधाम : प्रदेश २ मा थप १ सय ३२ जनामा कोरोना भाइरसको संक्रमिण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा २६ महिला र १ सय ६ पुरुष गरी कुल १ सय ३२ जनामा  कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ…

    विस्तृतमा पढ्नुस्

  • हतियार बेच्न आएका युवक प्रहरीको फन्दामा

    हतियार बेच्न आएका युवक प्रहरीको फन्दामा

    जनकपुरधाम :  हतियार बेच्न आएका दुई जना युवकलाइ प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ स्थित मुसहरी टोलमा ‘दुई जना व्यक्ति हातहतियार बेचविखनको लागि ल्याउँदै छ’ भन्ने गोप्य सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टालीले हतियारसहित दुईजनालाइ पक्राउ गर्न सफल भएको धनुषाका प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए। पक्राउ पर्नेहरुमा धनुषा जनकपुरधाम…

    विस्तृतमा पढ्नुस्

  • सिरहा कारागारका ५९ जना कैदीसहित प्रदेश २ मा १६९ जनामा कोरोना पुष्टि

    सिरहा कारागारका ५९ जना कैदीसहित प्रदेश २ मा १६९ जनामा कोरोना पुष्टि

    जनकपुरधाम : प्रदेश २ मा सिरहा कारागारका ५९ जना कैदीबन्दीसहित १ सय ६९ जना कोरोना संक्रमित थपिएका छन्। प्रदेश २ मा बुधवार ३१ महिला र १ सय ३८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ५ सय ३९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं,…

    विस्तृतमा पढ्नुस्

  • वडाध्यक्षले सार्वजनिक पोखरीको ठेक्कामा अनियमितता गरेको भन्दै न्यायिक समितिमा उजुरी

    वडाध्यक्षले सार्वजनिक पोखरीको ठेक्कामा अनियमितता गरेको भन्दै न्यायिक समितिमा उजुरी

    जनकपुरधाम : धनुषामा एक जनप्रतिनिधिले सार्वजनिक पोखरीको ठेक्कामा अनियमितता गरेको भन्दै न्यायिक समितिमा उजुरी परेको छ। जिल्लाको हंसपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष कामेश्वर कापरले सार्वजनिक पोखरीको ठेक्काको रकम अनियमितता गरेको भन्दै न्यायिक समितिमा उजुरी परेको हो। उनीमाथि सार्वजनिक पोखरीको ठेक्का लगाएर रकम अनियमितता गरेको आरोप लगाउदैँ स्थानीय यूवाहरुले न्यायिक समितिमा उजुरी दिएका हुन्। स्थानीयवासी दिपेन्द्रकुमार कापर र…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको चुनौतीलाई अस्पताल सुधार्ने अवसरको रुपमा प्रयोग गर्न मुख्यमन्त्री राउतको निर्देशन

    कोरोनाको चुनौतीलाई अस्पताल सुधार्ने अवसरको रुपमा प्रयोग गर्न मुख्यमन्त्री राउतको निर्देशन

    जनकपुरधाम : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको चुनौतीलाई स्वास्थ्य संस्थाहरुको सुधार गर्ने अवसरको रुपमा प्रयोग गर्न प्रदेशस्थित अस्पतालका मेडिकल सुपरिटेन्डेन्टहरुलाई निर्देशन दिएका छन्। अस्पतालहरुको वर्तमान अवस्था र आगामी दिनहरुमा गर्नु पर्ने सुधारबारे छलफल गर्ने उद्देश्यका साथ मंगलवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न मेडिकल सुपरिटेन्डेन्टहरुसहितको प्रादेशिक कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकमा मुख्यमन्त्री राउतले सो निर्देशन दिएका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • करिब साढे १० लाख बराबरको गहनामा प्रयोग हुने धातुसहित २ जना पक्राउ

    करिब साढे १० लाख बराबरको गहनामा प्रयोग हुने धातुसहित २ जना पक्राउ

    जनकपुरधाम : सुन, चाँदी लगायतका गरगहनामा प्रयोग हुने रसायन धातुसहित २ जनालाई जनकपुरबाट प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ सोनारपट्टिबाट महोतरीको मठिहानी नगरपालिका वडा नम्बर ७ बस्ने २० वर्षीय श्याम दास र सोही ठाउँ बस्ने २२ वर्षीय मो नुरारी लहेरीलाई पक्राउ गरेको हो। गोप्य सूचनाका अधारमा जाँच गर्दा साइकलमा सवार…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा गत वर्षभन्दा यो वर्ष धान उत्पादनमा वृद्धि हुने

    प्रदेश २ मा गत वर्षभन्दा यो वर्ष धान उत्पादनमा वृद्धि हुने

    जनकपुरधाम : प्रदेश २ यो वर्ष गत वर्षभन्दा बढी धान उत्पादन हुने प्रदेशको कृषि विकास निर्देशनालयले आंकलन गरेको छ। निर्देशनालयका निर्देशक डा. रतनकुमार झाले यस वर्ष गत वर्षभन्दा १५ प्रतिशत बढी धान उत्पादन हुने दाबी गरेका हुन्। यो वर्ष पहिला भन्दा बढी क्षेत्रफलमा धान रोपाइ भएको र समयमै नै पर्याप्त वर्षा भएकाले धान उत्पादनमा वृद्धि हुने उनले बताए। झाले भने ‘यो वर्ष समयमै पर्याप्त मात्रामा…

    विस्तृतमा पढ्नुस्

  • धनुषामा पुनः एक सता थपियो निषेधाज्ञा, पसल व्यवसाय २ बजेसम्म खोल्न पाउने

    धनुषामा पुनः एक सता थपियो निषेधाज्ञा, पसल व्यवसाय २ बजेसम्म खोल्न पाउने

    जनकपुरधाम : धनुषामा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञाको समयावधि पुनः एक हप्ताका लागि थप गरिएको छ। प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जिल्लाभरि कोरोना संक्रमणको जोखिम बढ्दै गएको र समुदायस्तरमा फैलिएकोले निषेधाज्ञाको समयावधि भदौ २८ गते राति १२ बजेसम्मका लागि थप गरिएको जानकारी दिए। प्रजिअ भट्टराईले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन…

    विस्तृतमा पढ्नुस्

  • स्कुल अफ डेमोक्रेसी कोभिड-१९ रेस्पोन्स टिमको निःशुल्क स्वास्थ्य शिविर

    स्कुल अफ डेमोक्रेसी कोभिड-१९ रेस्पोन्स टिमको निःशुल्क स्वास्थ्य शिविर

    जनकपुरधाम : कोरोना संक्रमणका कारण अन्य रोगका बिरामीहरु उपचार पाउन समस्या भई रहेको समयमा स्कुल अफ डेमोक्रेसी कोभिड-१९ क्विक रेस्पोन्स टिमले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। स्कुल अफ डेमोक्रेसीले कोरोना महामारीका कारण अन्य प्रकृतिका बिरामीहरुले उपचार पाउन गाह्रो परिरहेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ धर्मवान टोलमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो। शनिवार वडा नम्बर १ मा आयोजना…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरमा रक्तदान

    जनकपुरमा रक्तदान

    जनकपुरधाम : कोरोना संक्रमणकाबीच रगत अभाव हुन नदिने उद्देश्यका साथ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ मा रक्तदान कार्यक्रम आयोजना भयो। कोरोना महामारीका कारण रेडक्रसमासमेत रगतको अभाव हुन थालेपछि सोही अभावलाई ध्यानमा राख्दै वडा नम्बर ७ रक्तदान कार्यक्रम सम्पन्न भएको हो। गत सातादेखि आपत्तकालिन निःशुल्क स्वास्थ्य शिविर अभियानको आयोजना गरिएको वडा ७ मा शनिवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरमा डेढ महिने शिशुको उपचारका क्रममा मृत्यु, चिकित्सकले लापरवाही* गरेको भन्दै प्रहरीमा उजुरी

    जनकपुरमा डेढ महिने शिशुको उपचारका क्रममा मृत्यु, चिकित्सकले लापरवाही* गरेको भन्दै प्रहरीमा उजुरी

    जनकपुरधाम : जनकपुरधाममा चिकित्सकको लापरवाहीका कारण दुई जना विरामीको मृत्यु भएको घटना नसेलाउँदै फेरि डेढ महिने शिशुको मृत्यु भएको छ। चिकित्सककै लापरवाहीका कारण मिथिला विहारी नगरपालिका वडा नम्बर ७ तारापट्टीका एक शिशुको मृत्यु भएको पीडित परिवारजनले आरोप लगाएका छन्। जनकपुरधाम वडा नम्बर ८ स्थित रामानन्द चौकमा रहेको जनकपुर श्री राम हस्पिटल प्रा.लिमा मिथिला विहारी नगरपालिका वडा नम्बर ७ तारापट्टीका उस्मान…

    विस्तृतमा पढ्नुस्

  • रौतहट घटनामा दोषीलाई कडाभन्दा कडा सजाय दिलाउँछौ : मुख्यमन्त्री राउत

    रौतहट घटनामा दोषीलाई कडाभन्दा कडा सजाय दिलाउँछौ : मुख्यमन्त्री राउत

    जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले रौतहट घटनाका दोषीहरुलाई कडा भन्दा कडा सजाय दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्। रौतहटको गरुडा र माधवनारायण नपामा पछिल्लो समयमा भएका घटनाको पीडित परिवारहरुसँगको भेटघाटमा मुख्यमन्त्री राउतले दोषी जो र जुन दर्जाको भए पनि सजाय भोग्नु पर्ने बताए। मुख्यमन्त्री राउतले मृतकका परिवारलाई प्रदेश सरकारको तर्फबाट राहत समेत उपलब्ध गराउने घोषणा गरे। गरुडाको जिङ्गडियामा हत्या भएको राम…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा कोरोना संक्रमण भन्दा आत्महत्याबाट बढी मानिसको मृत्यु

    प्रदेश २ मा कोरोना संक्रमण भन्दा आत्महत्याबाट बढी मानिसको मृत्यु

    जनकपुरधाम : कोरोना संक्रमण रोकथामको लागि सरकारले चैत ११ गते लकडाउन लागू गर्‍यो। १२० दिनपछि लकडाउन अन्त्य गर्‍यो। तर संक्रमण बढ्दै गएसँगै विभिन्न जिल्लाहरुमा अहिले निषेधाज्ञा लागू गरिएको छ। तर संक्रमणको ग्राफ रोकिएको छैन।  प्रदेश २ को तथ्यांक हेर्दा लकडाउन सुरु भएदेखि हालसम्म कोरोना संक्रमणबाट भन्दा पनि आत्महत्याको कारणबाट बढी मानिसको मृत्यु भएको छ। प्रदेश २ मा लकडाउनयता कोरोना संक्रमणबाट हालसम्म ९५ जनाको मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • दलितमाथि भएका घटनाहरुको छानबिन गर्न समिति गठन

    दलितमाथि भएका घटनाहरुको छानबिन गर्न समिति गठन

    जनकपुरधाम : दलितमाथिको भेदभाव अन्त्यका लागि प्रदेश सभाले पारित गरेको दलित सशक्ति ऐन अनुसारको कार्य प्रदेश सरकारले सुरुवात गरेको छ। ऐनले व्यवस्था गरे बमोजिम मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा रहेको जातीय विभेद तथा छुवाछुत अनुगमन समितिको पहिलो बैठक बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको छ। पछिल्लो समय विभिन्न घटनामा निधन भएका १३ जना दलितहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै बैठकको शुभारम्भ गरिएको…

    विस्तृतमा पढ्नुस्

  • पुजारीको हत्या भएको ठाउँमा हनुमान मन्दिर र पुजारीको शालिक निर्माण गर्ने मन्त्री यादवको घोषणा

    पुजारीको हत्या भएको ठाउँमा हनुमान मन्दिर र पुजारीको शालिक निर्माण गर्ने मन्त्री यादवको घोषणा

    जनकपुरधाम : प्रदेश २ का प्रदेश सभा सदस्य एवं भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले पुजारीको हत्या भएको ठाउँमा हनुमान मन्दिर र पुजारीको शालिक निर्माण गर्ने घोषणा गरेका हुन्। रौतहटबाट प्रदेश सांसदमा निर्वाचित भएका कृषि राज्यमन्त्री योगेन्द्र यादव र माधवनारायण नगरपालिकाका मेयर वीरेन्द्र यादवले संयुक्त रूपमै पुजारीको गोली हानी हत्या गरिएको ठाउँ माधवनारायण नगरपालिका-२ खेसरहियामा हनुमान मन्दिर…

    विस्तृतमा पढ्नुस्

  • पुजारी हत्याकाण्ड सेलाउन नपाउँदै रौतहटमा एक महिलाको हत्या

    पुजारी हत्याकाण्ड सेलाउन नपाउँदै रौतहटमा एक महिलाको हत्या

    जनकपुरधाम : रौतहटमा पुजारी हत्या तथा एक युवकको हत्या घटना सेलाउन नपाउँदै फेरि एक महिलाको हत्या गरिएको छ। जिल्लाको गढीमाई नगरपालिका वडा नम्बर ३ मा उखुबारीमा हत्या गरी फालिएको अवस्थामा महिलाको शव फेला परेको हो। गढीमाई नगरपालिका वडा नम्बर ३ लक्ष्मीपुरका सकल बैठाकी श्रीमती ४० वर्षिया मिन्त्री देवीको शव उखुबारीमा फालिएको अवस्थामा भेटिएको नगर प्रमुख श्याम यादवले जानकारी दिए। आइतबार…

    विस्तृतमा पढ्नुस्

  • प्राप्त स्रोत साधनलाई इमान्दारिताका साथ सदुपयोग गर्न मुख्यमन्त्री राउतको निर्देशन

    प्राप्त स्रोत साधनलाई इमान्दारिताका साथ सदुपयोग गर्न मुख्यमन्त्री राउतको निर्देशन

    जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकारले जिल्लाहरुमा उपलब्ध गराएको स्रोत साधनलाई इमान्दारिताका साथ सदुपयोग गर्न सरोकारवाला निकायहरुलाई निर्देशन दिएका छन्। महामारी नियन्त्रणको लागि आवश्यक सल्लाह सुझाव लिन सिरहाको लहानमा आयोजित सिरहा र सप्तरीका सरोकारवालाहरुसँगको छलफलमा मुख्यमन्त्री राउतले सो निर्देशन दिएका हुन्। मुख्यमन्त्री राउतले भने, ‘महामारी नियन्त्रणका लागि प्रदेश सरकारले सबै जिल्लालाई स्वास्थ्य सामग्रीसहित आवश्यक रकम…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell