PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • यी 'बाल कलाकार' जसले पहिलोपटक सिनेमा हल देखे अनि आफैले अभिनय गरेको फिल्म हेरे

    यी 'बाल कलाकार' जसले पहिलोपटक सिनेमा हल देखे अनि आफैले अभिनय गरेको फिल्म हेरे

    काठमाडौं : उमेश श्रेष्ठ गत सोमबार काठमाडौंको सुनधारास्थित सिभिल मल पुगेका थिए। संखुवासभाबाट उनी काठमाडौं फिल्म हेर्न आएका थिए, त्यो फिल्म जसमा उनले आफै अभिनय गरेका छन्। गाउँमा सिनेमा हल छैन, त्यसैले उनका लागि यो नौलो अनुभव थियो। उमेशलाई सिनेमा हल अहिलेसम्म देखेका थिएनन्। सोच्थे- हल त एउटा घरजस्तो ठूलो हुन्छ होला अनि ठूलो टिभीमा पर्दा टाँगेको हन्छ, त्यहीँ नै…

    विस्तृतमा पढ्नुस्

  • प्रकाशको कथाले हलसम्म डोहोर्‍यायो दर्शकलाई, ‘कबड्डी ४’ पछि नेपाली फिल्म सफलताको बाटोमा

    प्रकाशको कथाले हलसम्म डोहोर्‍यायो दर्शकलाई, ‘कबड्डी ४’ पछि नेपाली फिल्म सफलताको बाटोमा

    काठमाडौं : रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ४’पछि कुनै पनि नेपाली फिल्महरूले हलसम्म दर्शक तान्न सकेनन्। तर, भदौ १० गतेबाट प्रदर्शन भएको प्रदीप खड्का अभिनित ‘प्रकाश’ ले हलमा माहोल बनाएको छ। फिल्म ‘कबड्डी’ पछि सुस्ताएको नेपाली फिल्मी बजारमा ‍प्रकाशले चहलपहल फर्काएको हल संचालकहरुको भनाइ छ। अहिले नेपाली सिनेमाहलमा तीनवटा नेपाली फिल्म प्रदर्शनरत् छन्। दिनेश राउत निर्देशित ‘प्रकाश’ सँगै सुदर्शन थापाको ‘सम्हालिन्छ कहिले…

    विस्तृतमा पढ्नुस्

  • आलमलाई किन सिफारिस गरेको भन्दै गगनलाई प्रश्न, सुरुमा हाँसे अनि भने : यस्तो काम हुँदैन

     आलमलाई किन सिफारिस गरेको भन्दै गगनलाई प्रश्न, सुरुमा हाँसे अनि भने : यस्तो काम हुँदैन

    काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा शुक्रवार ‘बाआमा’ शीर्षकको आख्यान विमोचन कार्यक्रम थियो। रामलाल जोशीको उक्त पुस्तकको विमोचनपछि डबलीमा साहित्यबारे विमर्श भयो। पुस्तकको समीक्षा गर्न सुरुमा आए लेखक नयनराज पाण्डे। आफू पुस्तकको आवरणबाट नै आकर्षित भएको बताउँदै उनले प्रजातन्त्रदेखि हालसम्मको कालखण्डलाई जोडेर परिवारिक सम्बन्धको कुराहरू यसमा समेटिएको बताए। किताबको बारेमा प्रकाश पारेर पाण्डेले फिल्म र साहित्यको बारे पनि कुरा राखे। आफूले…

    विस्तृतमा पढ्नुस्

  • तिजका गीतलाई युट्युबमा ‘भ्युज’को खडेरी, यी हुन् दर्शकले रुचाएका गीत

    तिजका गीतलाई युट्युबमा ‘भ्युज’को खडेरी, यी हुन् दर्शकले रुचाएका गीत

    काठमाडौं : आजदेखि हिन्दू महिलाहरूको महान चार्ड तिज सुरु भइसकेको छ। तिज आउनु एक महिनाअघि महिलाहरू दर खानेदेखि नाचगान गरेर रमाइलो गर्छन्। असारदेखि नै तिजलक्षित गीतहरू सार्वजनिक हुने गर्छन्। यस वर्ष पनि तिजविशेष थुप्रै गीतहरू आए। तर, तिज गीतको संख्या राम्रो भएपनि यसवर्ष पहिल्यै झै तिजको रौनकता भने छैन। चलेकै कलाकारको गीत पनि दर्शकले रुचाएको अवस्था छैन। जसकारण युट्युबमा पनि…

    विस्तृतमा पढ्नुस्

  • आमाको पर्खाइको कथा लिएर ‘करियरको कमब्याक’ गर्दै सुवर्ण थापा

    आमाको पर्खाइको कथा लिएर ‘करियरको कमब्याक’ गर्दै सुवर्ण थापा

    काठमाडौं : २०३५ साल, सुवर्ण थापा त्यतिखेर ६/७ वर्षका थिए। बुवाआमासँगै मामाघरबाट घर फर्कँदै थिए उनी। रौतहट चन्द्रनिगाहपुरबाट रजहर परासीसम्मको यात्राको बिच बाटोमै उनका बुवा अचानक बसबाट ‌ओर्लिए। आमालाई केही नभनी गएका उनका बुवा घर फर्किएनन्। बुवा हराए, कहाँ गए र कस्तो अवस्थामा छन् भन्ने खबर नै आएन। करिब ८/९ महिना पछि उनका बुवा अचानक घर फर्किए। बुवा हराउँदा दाह्रीजुँगा…

    विस्तृतमा पढ्नुस्

  • ‘प्रकाश’ ले जनतालाई झक्झकाउने प्रदीपको दाबी, ‘जनताको चेतनास्तर बढेमात्रै नेता फेरिन सक्छ’

    ‘प्रकाश’ ले जनतालाई झक्झकाउने प्रदीपको दाबी, ‘जनताको चेतनास्तर बढेमात्रै नेता फेरिन सक्छ’

    काठमाडौं : जुम्लाको पातारासी गाउँपालिकाको दुर्गम तिर्खु गाउँमा आइतवार बेग्लै रौनक थियो। दिउँसो स्थानीय हातहातमा माला र फूल लिएर बसेका थिए। राति उनीहरु सबै जना त्यहीँकै ऋण मोक्ष विद्यालयमा भेला भए। सो दिन कुनै जात्रा पर्व थिएन। गाउँमा पहिलोपटक हुँदै थियो नेपाली फिल्म प्रदर्शन, प्रदीप खड्का र दिया मास्के अभिनित फिल्म ‘प्रकाश’को वर्ल्ड प्रिमियर गरिएको थियो प्रोजेक्टरबाट। फिल्मको प्रिमियरका लगि प्रदीपसँगै…

    विस्तृतमा पढ्नुस्

  • सिनेमा हल खाली हुँदा अन्यौलमा नेपाली फिल्म उद्योग, टिकटमा ५० प्रतिशत छुट पाउँदा पनि दर्शक हेर्न गएनन्

    सिनेमा हल खाली हुँदा अन्यौलमा नेपाली फिल्म उद्योग, टिकटमा ५० प्रतिशत छुट पाउँदा पनि दर्शक हेर्न गएनन्

    काठमाडौं : भारतको बलिउड उद्योग यतिखेर संकटमा छ। सुपरस्टारहरुको फिल्म धमाधम फ्लप हुँदैछ भारतमा। अमिर खान, अक्षयकुमार जस्ता कलाकारहरुले पनि दर्शकलाई सिनेमाघरसम्म तान्न सकेनन्।‍ एकातर्फ फिल्म बहिष्कार अभियान र अर्कोतर्फ फिल्ममा कथाको खोजी। यो दुवै कुराले अहिले बलिउड प्रभावित भएको छ। बरु दक्षिण भारतीय फिल्मले बलिउड फिल्महरुलाई उछिनिरहेका छन्। यता, नेपालमा पनि नाम चलेका कलाकारहरुको फिल्म चल्न सकेको छैन। स्वस्तिमा खड्काको 'चिसो…

    विस्तृतमा पढ्नुस्

  • सुहानासँग 'कृष्ण संवाद' : भागवत गीताले मन र मस्तिष्कलाई स्थिर बनाउन सिकायो

    सुहानासँग 'कृष्ण संवाद' : भागवत गीताले मन र मस्तिष्कलाई स्थिर बनाउन सिकायो

    भगवान् श्री कृष्णप्रति अभिनेत्री सुहाना थापाको विश्वास अडिग छ। भौतिक संसारमा संघर्ष गर्दै आध्यात्मिक संसार चिन्न उनले ‘हरे कृष्ण’लाई आफ्नो मन्त्र नै बनाएकी छिन्। आध्यात्मिक ज्ञानलाई व्यवहारमा उतार्दा उनले आफू भित्रको क्रोध, अहंकार, लोभ, वासना, भ्रमलाई बुझ्ने र त्यसलाई जित्ने प्रयत्न गरिरहेकी छिन्। कृष्णप्रति सुहानाको मोह सुरु भएको धेरै भएको छैन। पाँच वर्ष भयो उनले ‘हरे कृष्ण’ भन्न थालेको। आमा झरना…

    विस्तृतमा पढ्नुस्

  • अस्तव्यस्त स्वास्थ्य क्षेत्रमाथिको व्यङ्ग्य हो नाटक 'सिटामोल'

    अस्तव्यस्त स्वास्थ्य क्षेत्रमाथिको व्यङ्ग्य हो नाटक 'सिटामोल'

    काठमाडौं : मञ्चको पर्दा खुलेसँगै रोएको आवाज सुनिन्छ। भुन्टी रूदै आत्तिँदै भाग्दै आउँछिन्। भुन्टीलाई पछ्याउँदै उनका दाइ ठूले पनि खाली चौरतिर पुग्छन्। मास्टर काका आफ्नो श्रीमती खोज्दै हतारिँदै त्यतै आइपुग्छन्। त्यसपछि थपिदैँ जान्छन्- बुढी आमा, उनकी नातिनी, भण्डार्नी काकी, भक्तबहादुर, जड्याहा, एकल महिला र अन्य गाउँलेहरू। एकल महिला आफ्नो पिडालाई गीतमार्फत पोख्न थाल्छिन्: म दु:खीको भाग्य नै नासियो घर सम्पत्ति…

    विस्तृतमा पढ्नुस्

  • यसपटक दर्शकले रुचाएनन् तीज गीत, माहोल नबन्दा दोष ‘आर्थिक संकट’लाई

    यसपटक दर्शकले रुचाएनन् तीज गीत, माहोल नबन्दा दोष ‘आर्थिक संकट’लाई

    काठमाडौं : तीज आउन धेरै समय बाँकी छैन। तर, साउन महिना आधा बित्दा पनि तीजका नयाँ गीतको रन्को छुटेको सुनिँदैन। पहिला वैशाखदेखि नै धमाधम तीजका गीत छायाङ्कन हुन्थे। असार सकिनै लाग्दा तीजका नयाँ गीत सार्वजनिक गर्ने होडबाजी नै चल्थ्यो। तर, यसवर्षको माहोल पहिलेजस्तो नरहेको स्विकार्छन् गायक खुमन अधिकारी। तीजमा निकै ‘डिमान्ड’ हुने गायक हुन् खुमन। एउटा तीजमा दुई/तीन दर्जन गीतमा स्वर भरेको अनुभव…

    विस्तृतमा पढ्नुस्

  • 'हिउँको पृथ्वी यात्रा' ले भन्दैछ : प्रकृतिको संरक्षण नगरे मानव जीवन पनि संकटमा पर्नेछ

    'हिउँको पृथ्वी यात्रा' ले भन्दैछ : प्रकृतिको संरक्षण नगरे मानव जीवन पनि संकटमा पर्नेछ

    काठमाडौं : मञ्चको पर्दा खुल्छ। पर्दा खुलेसँगै देखिन्छ सेतो अनि चम्किलो हिमाल। हिमालमा बेस्सरी सिरेटो चल्छ। बिस्तारै हावाको गति मत्थर हुँदै जान्छ। हिउँ पग्लेर पानी हुँदै नदी बन्छ। अनि पृष्ठभूमिबाट गीत गुञ्जिन्छ : म सूर्यको न्यानो हिमालको गाजल मेरो अस्तित्व थोपा थोपा चिसो बरफ म तरल, उष्म बादल मेरो व्यक्तित्व थोपा थोपा कठोर ढुंगा म माटो हूँ कोमल मेरो भवितव्य…

    विस्तृतमा पढ्नुस्

  • वर्तमान पुस्ताले बुझ्नै पर्छ के हो ‘खुवालुङ’, किरात समुदायको सभ्यताको ‘चिनो ढुङ्गा’ को कथा

    वर्तमान पुस्ताले बुझ्नै पर्छ के हो ‘खुवालुङ’, किरात समुदायको सभ्यताको ‘चिनो ढुङ्गा’ को कथा

    काठमाडौं : दूधकोसी, अरुण र तमोर नदीबिचको संगमस्थल त्रिवेणीमा एक ठूलो ढुङ्गा छ। तीन ठूला नदीहरुको त्रिवेणीबिचको ठूलो ढुङ्गा हो खुवालुङ। सो क्षेत्र धनकुटा, भोजपुर र उदयपुर जिल्लाबिचको सिमाना पनि हो। खुवालुङ अर्थात पानी ढुङ्गा। त्यो एक सामान्य ढुङ्गामात्रै होइन, किराती समुदायको सभ्यता र संस्कृतिको प्रतीक हो। खुवालुङ किराती समुदायको इतिहाससँग जोडिएको छ। परापूर्वकालमा किरातीहरूले जंगल फँडानी गरेर बस्ती बसाले। बाँझो…

    विस्तृतमा पढ्नुस्

  • हजुरआमासँग जोडिएको खगेन्द्रको फिल्म 'पानीफोटो', भन्छन् : जनयुद्धको कथा भन्न पाउनुपर्छ

    हजुरआमासँग जोडिएको खगेन्द्रको फिल्म 'पानीफोटो', भन्छन् : जनयुद्धको कथा भन्न पाउनुपर्छ

    काठमाडौं : सन् २००९ तिर खगेन्द्र लामिछाने बीबीसीमा काम गर्थे। त्यहाँ उनी रेडियो नाटक बनाउँथे। उनका साथी शशांक पौडेल भने ‘रिसर्च डिपार्टमेन्ट’मा कार्यरत थिए। एकदिन शशांकलाई जनयुद्धका बेपत्ता भएका मानिसहरूको परिवारसँग गरिएको अन्तर्वार्ताको अंग्रेजीमा अनुवाद गर्ने काम आएछ। अन्तवार्ता पुरै पढ्दा शशांक निकै भावुक भएछन्। उनले आफूले पढेको अन्तर्वाताको बारेमा खगेन्द्रलाई सुनाए। ‘खगेन्द्र तिमी त नाटकहरू लेख्छौ। जनयुद्धमा बेपत्ता परेका…

    विस्तृतमा पढ्नुस्

  • विपिनले खुलाए ‘प्रसाद २’ को टिमसँग विवादको अन्तरकथा, ‘सट-डिभिजनबारे सोध्दा औकात सोधियो’

    विपिनले खुलाए ‘प्रसाद २’ को टिमसँग विवादको अन्तरकथा, ‘सट-डिभिजनबारे सोध्दा औकात सोधियो’

    काठमाडौं : अभिनेता विपिन कार्की फिल्म ‘प्रसाद’ले पाएको प्रतिक्रियाबाट निकै हौसिए। प्रसादको दोस्रो भागमा पनि काम गर्न उनी आतुर थिए। त्यसैले ‘प्रसाद’का निर्माता सुभाष थापालाई उनी भेटे कि सोधिहाल्थे : दाइ, प्रसाद २ कहिले बन्छ? २०७५ साल मंसिरमा प्रदर्शनमा आएको ‘प्रसाद’ को सिक्वेल खेल्न विपिनले ३ वर्ष कुरे। अन्तत: २०७९ साल असार १६ गते ‘प्रसाद २’ बन्ने औपचारिक घोषणा भयो।…

    विस्तृतमा पढ्नुस्

  • एक घण्टासम्म आँखामा पट्टी बाँधेर आफै एक्टर बन्दा…

    एक घण्टासम्म आँखामा पट्टी बाँधेर आफै एक्टर बन्दा…

    काठमाडौं : गत बुधवार साँझ रंगकर्मी केदार श्रेष्ठमार्फतमण्डला थिएटरमा नाटक हेर्न निम्तो आयो। ‘नाटकमा १५ जनामात्रै दर्शक सहभागी हुन पाउँछन्, त्यसैले अहिले नै ‘कन्फर्म’ गर्नु।’ निम्तो तुरुन्तै स्विकारें। दिउँसो १ बजे नाटक प्रदर्शनको समय थियो। म २० मिनेट अघि नै पुगें मण्डला थिएटर। साथी रेनुका ढकाल सँगसँगै आइपुगिन्। अरु विस्तारै थपिए। गफैगफमा २० मिनेट सकिएको पत्तै पाइएन। हामीलाई ग्यालरीमा बोलाइयो।…

    विस्तृतमा पढ्नुस्

  • ‘घरभेटी ठेकेदार’ले अलपत्र छाडेको सडकमा कुर्सी टेबल राखेर वडा चलाउँदैछन् चाँगुनारायणका यी वडा अध्यक्ष

    ‘घरभेटी ठेकेदार’ले अलपत्र छाडेको सडकमा कुर्सी टेबल राखेर वडा चलाउँदैछन् चाँगुनारायणका यी वडा अध्यक्ष

    काठमाडौं : भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६ का स्थानीय अहिले काम पर्‍यो भने वडा कार्यालय जाँदैनन्। उनीहरु वडा कार्यालय भन्दा बाहिरको सडकमा पुग्छन्। सडकमै टेबल र कुर्सी राखेर बसेका वडा अध्यक्षलाई फाइल पेस गर्छन्। वडा अध्यक्ष धनबहादुर लामा पालैपालो सेवागाह्रीको फाइल हेर्छन्। केहीदिनदेखि लामाले आफ्नो कार्यालय सडकमा सारेका हुन्। तर, वडा भवनमा कोठा अपुग भएर होइन। आफ्नो वडा हुँदै जाने सडक…

    विस्तृतमा पढ्नुस्

  • १७ वर्षअघिको त्यो अन्तर्वार्ता जसले प्रियंकालाई प्रेरित गरायो मिस नेपाल बन्न

    १७ वर्षअघिको त्यो अन्तर्वार्ता जसले प्रियंकालाई प्रेरित गरायो मिस नेपाल बन्न

    काठमाडौं : विस २०६२/६३ ताका। देशमा प्रजातन्त्र पुन:स्थापनाको लागि जनआन्दोलन चर्किँदो थियो। राजा ज्ञानेन्द्रको शासन अन्त्यको लागि सडकमा जनता उर्लिएका थिए। जसकारण राजा ज्ञानेन्द्रले देशमा संकटकाल घोषणा गरे। संकटकालले दैनिकी घरभित्र सीमित रह्यो। रेडियो र टेलिभिजन हेरेरै दिन कटाउनुपर्ने। एकदिन प्रियंका रानी जोशी नेपाल टेलिभिजन हेरिरहेकी थिइन्। उनले टिभीमा सुगारिका केसीको अन्तर्वार्ता पछ्याइन्। सुगारिका त्यसबखतकी मिस नेपाल। अन्तर्वार्ता हेरेपछि सुगारिकाको…

    विस्तृतमा पढ्नुस्

  • 'भाइरल' ट्रेन्ड बालबालिकाका लागि कति घातक, अभिभावक कति जिम्मेवार?

    'भाइरल' ट्रेन्ड बालबालिकाका लागि कति घातक, अभिभावक कति जिम्मेवार?

    काठमाडौं: हिजोआज सामाजिक सञ्जालमा चर्चामा छन् गुल्मीका १० वर्षीय सचिन परियार। केही समयअघि मिठो बोली र गीतका कारण प्रशंसा कमाएका सचिन यसपटक भने बाटोबाटोमा पैसा माग्दै हिँडेको दृश्यले चर्चामा आएका हुन्। भिडियो प्लेटफर्म युट्युब हुँदै टीकटकसम्म 'भाइरल' भएका बनेका सचिनको चर्चा यति बढ्यो कि उनले राजधानीको राम्रै स्कुलमा पढ्ने अवसरसमेत पाए। तर उनै सचिन अहिले स्कुल छाडेर सडकमा मानिसहरुसँग हात…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा थपिँदै नाटक घर : कतिको सहज छ थिएटर सञ्चालन?

    काठमाडौंमा थपिँदै नाटक घर : कतिको सहज छ थिएटर सञ्चालन?

    काठमाडौं : कोरोना महामारीले हरेक क्षेत्रलाई प्रभावित पार्‍यो। जसमध्येको एक हो : रंगमञ्च। कोरोना कम भएसँगै बिस्तारै नेपाली रंगमञ्च पुरानै लयमा फर्किरहेको छ। काठमाडौं उपत्यकामा नयाँ थिएटरसमेत खुल्ने क्रम बढ्दो छ। सबै थिएटरमा फरकफरक विधाका नाटक मञ्चन हुँदैछन्, जसकारण रंगमञ्चमय बन्दैछ काठमाडौं। जेठ २६ गते ‘सत्यमोहन जोशी स्टुडियो थिएटर’ संचालनमा आयो। गौशालास्थित पिङ्लास्थानस्थित नेपाल संगीत विद्यालय परिसरमा स्टुडियो थिएटर उद्घाटन…

    विस्तृतमा पढ्नुस्

  • बद्लिएको सुदूरपश्चिम, फेरिएकी स्वस्तिमा

    बद्लिएको सुदूरपश्चिम, फेरिएकी स्वस्तिमा

    कुर्ता सुरुवाल बाहिर चोलो, गलामा पोते र चाप्की, नाकमा फुली। बाजुराको एक घरमा जब स्वस्तिमा तयार हुँदै थिइन्, त्यहाँका महिलाले उनलाई देखेर भने - हिरोनी पनि हामैजसा त हुँदा रहेछन्। सुटिङ सुरु हुनअघि नै ‘चिसो मान्छे’को टिमसँगै बाजुरा पुगेकी थिइनँ स्वस्तिमा। कथाको पात्रसँग भिज्नु थियो उनलाई। परिवेशलाई नजिकबाट नियाल्नु थियो। सुरुमा बाजुरा पुग्दा स्थानीयले उनीसँग बोल्न अफ्ठ्यारो मानेका थिए। पछि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell