PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

  • पछि हट्यो माधव नेपाल पक्ष : मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता हुने

    पछि हट्यो माधव नेपाल पक्ष : मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता हुने

    हेटौँडा : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता हुने भएको छ। नेकपा एमालेको माधवकुमार नेपाल पक्षले मुख्यमन्त्री पौडेल विरुद्ध प्रदेशसभामा दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिने भएको हो। नेपाल पक्षकी नेतृ मुनु सिग्देलले आज सो कुराको पुष्टि गरिन्। सिग्देलले पार्टी पूर्ण रुपमै फर्किसकेपछि मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव फिर्ता हुने भएको बताइन्। नेतृ सिग्देलले अब चाँडै छलफल गरेर अविश्वास प्रस्ताव फिर्ता…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडामा अन्तर शहर चेस टुर्नामेन्ट-२०७७ हुने

    हेटौँडामा अन्तर शहर चेस टुर्नामेन्ट-२०७७ हुने

    हेटौँडा : हेटौँडामा अन्तर शहर टिम चेस टुर्नामेन्ट २०७७ हुने भएको छ। मकवानपुर जिल्ला बुद्धिचाल संघ र हेटौँडा चेस क्लबको संयुक्त आयोजनामा यहि चैत ११ गते देखि १४ गतेसम्म (मार्च २४ देखि २७ तारिख) टुर्नामेन्ट हुने भएको हो। कोभिड १९ को विश्वव्यापी महामारीले आक्रान्त खेलकुद क्षेत्रका लागि चेस टुर्नामेन्ट प्रतियोगिता एक उर्जाको रुपमा परिणत हुने हेटौँडा चेस क्लब, मकवानपुरका अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • नेपालीको पहिचान प्रधानमन्त्री ओलीले गर्दा फेरिएको छ : महेश बस्नेत

    नेपालीको पहिचान प्रधानमन्त्री ओलीले गर्दा फेरिएको छ : महेश बस्नेत

    हेटौँडा : नेपाल कम्युनिस्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले नेपालीको पहिचान प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दा फेरिएको बताएका छन्। प्रधानमन्त्रीको कारणले चीन र भारतले गर्न नसकेको विकास नेपालमा शुरु भएको उनको दावी छ। हेटौँडामा सोमवार आयोजना भएको राष्ट्रिय युवा संघ मकवानपुरको जिल्ला युवा भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओली नेतृत्वको नेपाल एसियाकै सुखी…

    विस्तृतमा पढ्नुस्

  • शुरु भयो गैँडा गणना : हरेक दिन एउटा ब्लकमा गणना गरिने

    शुरु भयो गैँडा गणना : हरेक दिन एउटा ब्लकमा गणना गरिने

    हेटौँडा : दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाको नेपालमा सोमवारबाट गणना थालिएको छ। ६ वर्षपछि नेपालमा पुनः गैँडा गणनाको काम थालिएको हो। नेपाल सरकार, बन तथा भु-संरक्षण मन्त्रालयको निर्णय अनुसार गैँडा गणनामा खटिने प्राविधिकहरुलाई अभिमुखीकरण तालिम सम्पन्न गरी यसअघि २०७१ चेत २८ गतेदेखि नेपालमा प्राकृतिक वासस्थानमा एकसिँगे गैँडा पाइने संरक्षित क्षेत्रहरु चितवन राष्ट्रिय निकुञ्ज, पर्सा वन्यजन्तु आरक्ष, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँट…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार महासंघ मकवानपुर शाखाद्वारा ज्येष्ठ पत्रकारलाई पेन्सन वितरण गर्न शुरु

    पत्रकार महासंघ मकवानपुर शाखाद्वारा ज्येष्ठ पत्रकारलाई पेन्सन वितरण गर्न शुरु

    हेटौँडा : नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले ज्येष्ठ पत्रकारलाई मासिक रुपमा पेन्सन वितरण गर्ने काम शुरु गरेको छ। महासंघ मकवानपुर शाखाले आजबाट पेन्सन वितरणको काम शुरु गरेको हो। पत्रकारिता गरेका र ६० वर्ष उमेर पुगेका जेष्ठ पत्रकारलाई पेन्सन कोष सञ्चालन गरेर त्यसको व्याजबाट पेन्सन वितरण गर्न शुरु गरिएको हो। पेन्सन वितरण कार्यक्रमका प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह शहीद स्मृति गोल्डकपको उपाधि आर्मीलाई

    स्थानीय तह शहीद स्मृति गोल्डकपको उपाधि आर्मीलाई

    हेटौँडा : हेटौँडामा सम्पन्न स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ। शनिवारको फाइनलमा आयोजक डिफेन्डिङ च्याम्पियन रिगल हेटौंडा रिसोर्ट मकवानपुर ११ विरुद्ध १-० गोल अन्तरको कठिन जित निकाल्दै आर्मीले उपाधि जितेको हो। प्रतिष्पर्धात्मक फाइनल खेलमा आर्मीका कप्तान टेकबहादुर बुढाथोकीले ३९ औं मिनेटमा गरेको गोल नै निर्णयक बन्यो। उपाधि जिताउन उत्कृष्ट खेल…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशको ४१ करोड अनुदानमा हेटौँडामा दुग्ध पाउडर उत्पादन प्लान्ट निर्माण शुरु

    वाग्मती प्रदेशको ४१ करोड अनुदानमा हेटौँडामा दुग्ध पाउडर उत्पादन प्लान्ट निर्माण शुरु

    हेटौँडा : वाग्मती प्रदेशको राजधानी हेटौँडामा प्रदेश सरकारको लगानीमा दुग्ध पाउडर उत्पादन गर्ने प्लान्ट भवन निर्माण शुरु गरिएको छ। भवन निर्माण क्षेत्रको मुख्यमन्त्री डोरमणि पौडेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया र दुग्ध बोर्डका उपाध्यक्ष टीका बल्लभ सापकोटालगायतले बिहीवार स्थलगत निरीक्षण गरेका छन्। प्रदेश सरकारको ४१ करोड २२ लाख ७१ हजार…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरकै दुर्गम स्थानमा सुविधासम्पन्न प्रसुति केन्द्रको स्थापना

    मकवानपुरकै दुर्गम स्थानमा सुविधासम्पन्न प्रसुति केन्द्रको स्थापना

    हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिकाको वडा नम्बर ८ भार्तामा सुविधासम्पन्न प्रसुति केन्द्रको स्थापना गरिएको छ। सैनिक श्रीमती संघको पहलमा निर्माण भएको ७ कोठे सुविधासम्पन्न प्रसुति केन्द्रको बुधवार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरे। प्रसुति केन्द्रको उद्घाटनसँगै व्यवस्थित रुपमा सञ्चालन र सेवा प्रवाहका लागि गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। सो अवसरमा प्रधानसेनापति थापाले नेपाली सेना विपन्न र गरिब समुदायको दुःखमा साथ…

    विस्तृतमा पढ्नुस्

  • अफ्रिकन टिम अरासलाई हराउँदै आर्मी स्थानीय तह शहीद स्मृति गोल्डकपको फाइनलमा

    अफ्रिकन टिम अरासलाई हराउँदै आर्मी स्थानीय तह शहीद स्मृति गोल्डकपको फाइनलमा

    हेटौँडा : त्रिभुवन आर्मी क्लब हेटौँडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीवार भएको दोस्रो सेमिफाइनलमा विदेशी क्लब अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुनलाई हराउँदै विभागीय टोली नेपाल आर्मी फाइनल प्रवेश गरेको हो। फाइनलमा आर्मी र आयोजक मकवानपुर ११ उपाधिका लागी भिड्ने भएका हुन्। हेटौँडाको बन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री) को खेल मैदानमा…

    विस्तृतमा पढ्नुस्

  • आयोजक मकवानपुर ११ स्थानीय तह शहीद स्मृति गोल्डकपको फाइनलमा प्रवेश

    आयोजक मकवानपुर ११ स्थानीय तह शहीद स्मृति गोल्डकपको फाइनलमा प्रवेश

    हेटौँडा : आयोजक मकवानपुर ११ हेटौँडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। एक गोलले पछि परेको अवस्था उल्टाउँदै मकवानपुर ११ ले फाइनलमा स्थान बनाउन सफल भएको हो। मकवानपुर ११ ले ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लबलाई ४-३ गोल अन्तरले पराजित गरेको छ। मकवानपुरले अब नेपाल आर्मी क्लव र क्यामरुनको अफ्रिकन रुट्स एशोसिएसनको विजेतासँग…

    विस्तृतमा पढ्नुस्

  • विदेशी क्लब अरास स्थानीय तह शहीद स्मृति गोल्डकपको सेमिफाइनलमा

    विदेशी क्लब अरास स्थानीय तह शहीद स्मृति गोल्डकपको सेमिफाइनलमा

    हेटौँडा : हेटौँडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप प्रतियोगितामा आज भएको खेलमा वाग्मती युवा क्लब सलार्हीलाई हराँउदै विदेशी क्लब अफ्रिकन रुट्स एशोसिएसन (अरास) डुवल क्यामरुन सेमिफाईनलमा प्रवेश गरेको छ। वाग्मती युवा क्लब सलार्ही विरुद्ध एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै अरासले सेमिफाइनलमा स्थान बनाएको हो। अरास वाग्मतीविरुद्ध २–१ गोल अन्तरले विजयी भयो। पहिलो हाफको २४ औं मिनेटमा लिएको अग्रता अन्तिम समयमा…

    विस्तृतमा पढ्नुस्

  • संकटालाई हराउँदै मच्छिन्द्र स्थानीय तह शहीद स्मृति गोल्डकपको सेमिफाइनलमा

    संकटालाई हराउँदै मच्छिन्द्र स्थानीय तह शहीद स्मृति गोल्डकपको सेमिफाइनलमा

    हेटौँडा : मच्छिन्द्र क्लब हेटौँडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमवार भएको खेलमा संकटा क्लबलाई हराउँदै मच्छिन्द्र सेमिफाइनमा प्रवेश गरेको हो। प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रले संकटालाई १-० गोल अन्तरले हराएको हो। मच्छिन्द्रको जितमा राजेश परियारले निर्णायक गोल गरे। उनले खेलको पहिलो हाफको २४ औँ मिनेटमा गरेको एकमात्र गोल मच्छिन्द्रको जितको लागि पर्याप्त बन्यो।…

    विस्तृतमा पढ्नुस्

  • तीव्र गतिमा सडक निर्माण गर्दै प्रदेश सरकार : पाँच वर्षभित्र ४ हजार किलोमिटर सडक निर्माण गर्ने

    तीव्र गतिमा सडक निर्माण गर्दै प्रदेश सरकार : पाँच वर्षभित्र ४ हजार किलोमिटर सडक निर्माण गर्ने

    हेटौँडा : वाग्मती प्रदेश सरकारले विभिन्न क्षेत्रको सडकको निर्माण र स्तरोन्नती कार्य गरिरहेको छ। विशेषगरी हेटौँडा-काठमाडौंका छोटो दुरीको वैकल्पिक मार्गलाई स्तरोन्नती गर्ने कार्य भइरहेका छन्। भैँसे भिमफेदी सडक खण्ड करिब १२ किलोमिटर स्तरोन्नती कार्य भइरहेको छ। २०७७ असार २४ गते सम्झौता भएको सो सडकको निर्माण २०७९ असार २३ गते सम्पन्न हुनेछ। सम्झौता रकम ३८ करोड ७८ लाख रहेको जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • सशस्त्रको एपीएफ वाग्मतीसँग २-१ गोल अन्तरले पराजित

    सशस्त्रको एपीएफ वाग्मतीसँग २-१ गोल अन्तरले पराजित

    हेटौंडा : हेटौँडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा विभागीय टोली शसस्त्र प्रहरीको एपीएफ पराजित भएको छ। आइतवार भएको रोमाञ्चक खेलमा वाग्मती युव क्लब सर्लाहीसँग २-१ गोल अन्तरले पराजित भएको हो। पराजित भएसँगै एपीएफ प्रतियोगिताबाटै बाहिरीएको छ। वाग्मतीको जितका लागि बिक्रम धिमाल र सागर शाहीले एक एक गोल गरे भने एपीएफको तर्फबाट रवि थिङले पेनाल्टीको सदुपयोग गर्दै…

    विस्तृतमा पढ्नुस्

  • नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दै संकटा क्लब स्थानीय तह शहीद स्मृति गोल्डकपको क्वाटरफाईनलमा 

    नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दै संकटा क्लब स्थानीय तह शहीद स्मृति गोल्डकपको क्वाटरफाईनलमा 

    हेटौँडा : नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दै संकटा क्लब स्थानीय तह शहीद स्मृति गोल्डकपको क्वाटर फाईनलमा प्रवेश गरेको छ। जिल्लाका दशवटा स्थानीय तहको सहयोगमा मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा बिहीवारबाट हेटौँडा–१० स्थित बन विज्ञान खेल मैदानमा सुरु भएको शनिवारको खेलको ३१ औं मिनेटमा एकियो कालेले गोल गरेका थिए। खेलमा उत्कृष्ट प्रदर्शन गरेका संकटाका नितीन थापा म्यान अफ दी…

    विस्तृतमा पढ्नुस्

  • आर्मीद्वारा जावलाखेल टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित

    आर्मीद्वारा जावलाखेल टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित

    हेटौँडा : हेटौँडामा जारी शहीद स्मृति फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब विजयी भएको छ। हेटौँडा-१० स्थित बन विज्ञान संस्थानको खेल मैदानमा जारी खेलमा दोस्रो दिन त्रिभुवन आर्मी क्लबले जावलाखेल क्लबलाई टाइब्रेकरमा ४-२ गोलअन्तरले पराजित गरेको हो। ​निर्धारित समयमा दुवै टिम गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा आर्मीका गोलरक्षक विवश चौधरीले लगातार दुई बल रोकिदिँदा आर्मी ४-२ गोलअन्तरले विजयी…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई नेतृत्व दिएमात्रै ओलीलाई साथ : मुनु सिग्देल

    वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई नेतृत्व दिएमात्रै ओलीलाई साथ : मुनु सिग्देल

    हेटौंडा : वाग्मती प्रदेशसभा सदस्य एवम् माधव समूहका नेकपा एमाले नेतृ मुनु सिग्देलले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा प्रदेश सरकार गठन गर्ने अवस्था भए प्रधानमन्त्री केपी शर्मा ओली समूहलाई साथ दिने बताएकी छिन्। मुख्यमन्त्री डोरमणि पौडेलको कार्यशैलीका कारण आफूहरुले अविश्वास प्रस्ताव ल्याएको बताउँदै उनले अब पौडेललाई हटाएर शाक्यलाई मुख्यमन्त्री बनाउनुपर्ने बताइन्। प्रदेशसभामा एमालेका ५८ छन्। प्रदेश संसदीय दलको निर्वाचनमा पौडेलले अष्टलक्ष्मी शाक्यलाई पराजित…

    विस्तृतमा पढ्नुस्

  • पर्यटन विकास आयोजनाका इन्जिनियर ५० हजार घुससहित पक्राउ

    पर्यटन विकास आयोजनाका इन्जिनियर ५० हजार घुससहित पक्राउ

    हेटौंडा : बागमती पर्यटन विकास आयोजनाका सब इन्जिनियर नेत्र लामिछाने ५० हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयले लामिछानेलाई सेवाग्राहीबाट लिएको ५० हजार घुससहित रंगेहात पक्राउ गरेको हो। आर्थिक वर्ष २०७५/०७६ मा धादिङमा पर्यटन विकाससम्बन्धी काम गर्दा ठेकेदार कम्पनीले राखेको धरौटी वापतको रकम फिर्ता माग गर्दा इन्जिनियर लामिछानेले रकम फिर्ता गराउन ५० हजार घुस लिँदै गर्दा नियन्त्रणमा लिइएको अख्तियारले…

    विस्तृतमा पढ्नुस्

  • लिंग परिवर्तन गरेकी सञ्जीवनी लोप्चनले महिलाका नामबाट लिइन् नागरिकता

    लिंग परिवर्तन गरेकी सञ्जीवनी लोप्चनले महिलाका नामबाट लिइन् नागरिकता

    हेटौँडा : मकवानपुरमा लिंग परिवर्तन गरेकी सञ्जीवनी लोप्चनले पहिलोपटक महिलाका नामबाट नागरिकता प्राप्त गरेकी छिन्। बकैया गाउँपालिका-३ की ३१ वर्षीया लोप्चनले बुधवार जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट महिलाका नाममा नागरिकता प्राप्त गरेकी हुन्। १४ वर्षअघि लोप्चन १७ वर्षकी हँदा सञ्जीव लोप्चनको नाममा नागरिकता बनाएकी थिइन्। तर, पछि पुरुष भए पनि महिलाप्रतिको चाहना आफूमा देखिएको महसुस भएपछि पुरुषको नाममा बनेको नागरिकता आफैँलाई…

    विस्तृतमा पढ्नुस्

  • पूर्व मिस नेपाल शृंखला खतिवडाको अबको यात्रा हार्वर्ड विश्वविद्यालयतर्फ

    पूर्व मिस नेपाल शृंखला खतिवडाको अबको यात्रा हार्वर्ड विश्वविद्यालयतर्फ

    हेटौंडा : पूर्व मिस नेपाल शृंखला खतिवडा विश्वकै चर्चित विश्वविद्यालय हार्वर्डमा पढ्न अमेरिका जाँदै छिन्। सन् १६३६ मा स्थापना भएको उक्त विश्वविद्यालयमा अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा, जर्ज डब्ल्यु बुस, संसारकै धनी बिल गेट्स र फेसबुक संस्थापक मार्क जुकरबर्गले पनि अध्ययन गरेका थिए। उनले लकडाउनको समयमा पढ्नुपर्छ भन्ने लागेर विश्वविद्यालयमा अप्लाइ गरेकी थिइन्। उनले जनवरीमा आवेदन दिएकी थिइन्। अमेरिकाको बोस्टनमा रहेको हार्वड विश्वविद्यालयमा शृंखला…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell