PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

  • दुर्लभ मानवदेखि वाङ्मय सम्राटको उपाधि पाएका देशभक्त भन्छन्, ‘बढी प्रतिभा भएकाले नपत्याउने’

    दुर्लभ मानवदेखि वाङ्मय सम्राटको उपाधि पाएका देशभक्त भन्छन्, ‘बढी प्रतिभा भएकाले नपत्याउने’

    पोखराः 'दुर्लभ मानव' उपाधि। सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ। तर, पोखरामा एक व्यक्तिले दुर्लभ मानवको उपाधि पाएका छन्। दुर्लभ मानव मात्र नभई उनले अन्य ११ वटा उपाधि पनि प्राप्त गरेका छन्। पोखराको साहित्य क्षेत्रमा खासै नाम नसुनिएको र नदेखिएका देशभक्त सिंह कुँवरले एकैपटक १२ उपाधि थापेका छन्। १२ वटा संस्थाले शनिबार उनलाई दुर्लभ महामानव, वाङ्मय सम्राट, सञ्चारमणि, शब्द सम्राट, साहित्य…

    विस्तृतमा पढ्नुस्

  • १९ दिन बन्धक बनेको प्रदेशसभा आजबाट चल्ने, गण्डकीको बजेट विवाद टुंगियो

    १९ दिन बन्धक बनेको प्रदेशसभा आजबाट चल्ने, गण्डकीको बजेट विवाद टुंगियो

    पोखरा : असार १ गते गण्डकी प्रदेश सभामा बजेट प्रस्तुत भएपछि सदन बन्धक बन्यो। सदनलाई बन्धक बनाएको थियो गण्डकी सरकारले नै। जसको कारण थियो बजेटमा निर्वाचन क्षेत्र पुर्वाधार नसमेटिनु। नेकपा (माओवादी केन्द्र)बाट अर्थमन्त्री बनेका रामजी बरालले बजेटमा निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम नसमेटेपछि मन्त्री बराल र मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीबिच टकराव सिर्जना भएको थियो। मन्त्री बरालसँग मुख्यमन्त्री मात्र नभइ उनकै…

    विस्तृतमा पढ्नुस्

  • सर्वाधिक वर्षात् हुने कास्कीमा कस्तो छ विपद् व्यवस्थापनको तयारी?

    सर्वाधिक वर्षात् हुने कास्कीमा कस्तो छ विपद् व्यवस्थापनको तयारी?

    पोखराः देशकै सर्वाधिक वर्षात हुने स्थान हो कास्कीको अन्नपूर्ण गाउँपालिकाको लुम्ले। लुम्लेसँगै आसपासका क्षेत्र पोखरा महानगरपालिका पनि अत्यधिक वर्षा हुने स्थानमा पर्छ। अघिल्लो वर्षमात्र जिल्लामा बाढी र पहिरोले अनुमानित एक अर्ब  २३ करोड ५७ लाख ५७ हजार ४ सय रुपैयाँको क्षति पुर्‍यायो। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०७७/०७८ मा जिल्लाभित्र अविरल वर्षा, बाढी र पहिरोले ३ महिला र २ पुरुष…

    विस्तृतमा पढ्नुस्

  • यौन रोगको समस्या लिएर जाँदा महिलालाई परिवारको डर, पुरुष पनि मान्दैनन् उपचार गर्न

    यौन रोगको समस्या लिएर जाँदा महिलालाई परिवारको डर, पुरुष पनि मान्दैनन् उपचार गर्न

    पोखरा : पोखरा महानगरपालिकाले संचालनमा ल्याएको स्वास्थ्य शिविरमा केही समय अगाडि एक महिला आइन्। स्वास्थ्यकर्मीले उनलाई सुरुवातमै यौन रोगको लक्षण छ वा छैन भनेर सोधिन्। ती महिलाले केही लक्षण नदेखिएको बताइन्। पछि, परीक्षण गर्दा उनमा यौन रोगको संक्रमण देखियो। स्वास्थ्यकर्मीको सल्लाह बमोजिम औषधि उपचार गरेपछि निको भयो। पोखरा महानगरले परिवार योजना तथा प्रजनन स्वास्थ्य कार्यक्रम अन्तर्गत ‘भीआइए क्याम्प’ संचालन गर्दै…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीका अर्थमन्त्रीको अडान कायमै : माओवादीका नेतासहित गठबन्धन भने असन्तुष्ट

    गण्डकीका अर्थमन्त्रीको अडान कायमै : माओवादीका नेतासहित गठबन्धन भने असन्तुष्ट

    पोखरा : गण्डकी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षको भन्दा आगामी वर्षका लागि पाँच अर्ब बढी बजेट बढाएर ल्यायो। असार १ मा नेकपा माओवादी केन्द्रबाट गण्डकीका अर्थमन्त्री बनेका रामजी बरालले आर्थिक वर्ष  ७९–८० को लागि ३५ अर्बको बजेट प्रस्तुत गरे। संसदमा बजेट पेस भएपनि बजेटमाथिको छलफल अनिश्चित छ। आइतवारदेखि सुरु हुने भनिएको छलफल अनिश्चितकालका लागि स्थगित हुनुको कारण हो – बजेटबाट…

    विस्तृतमा पढ्नुस्

  • ५६ दिन हिरासत बसेपछि फेरिएका ‘लाउरे’, ‘भित्रको फिलिङ्सलाई नै मार्दो रहेछ’

    ५६ दिन हिरासत बसेपछि फेरिएका ‘लाउरे’, ‘भित्रको फिलिङ्सलाई नै मार्दो रहेछ’

    पोखराः गत पुस १५ गते एउटा खबरले सामाजिक सञ्जाल तात्यो। आशीष राना लागूऔषध मुद्दामा पक्राउ। आशीष अर्थात् युवा पुस्ता माझ चर्चित रहेका र्‍यापर 'लाउरे'। १४ गते साँझ साथीहरूसँग जाल्पा रोडस्थित एक होटलमा लागूऔषध सेवन गरिरहेको अवस्थामा उनलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ परेर ५६ दिन प्रहरीको हिरासतमा बिताएका लाउरे अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि छुटेका थिए। उनै लाउरेलाई…

    विस्तृतमा पढ्नुस्

  • पाँच अर्बले बढ्यो गण्डकीको बजेटः आन्तरिक राजस्वले धान्दैन चालु खर्च, यस्ता छन् कार्यक्रम

    पाँच अर्बले बढ्यो गण्डकीको बजेटः आन्तरिक राजस्वले धान्दैन चालु खर्च, यस्ता छन् कार्यक्रम

    पोखराः आर्थिक वर्ष २०७९-८० का लागि गण्डकी प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ। बुधबार प्रदेशका अर्थमन्त्री रामजी बरालले प्रदेश सभामा ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्। निर्वाचन लक्षित बजेटमा यो वर्ष पाँच अर्बले आकार बढेको हो। चालू वर्षमा गण्डकीको बजेट ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीमा नीति तथा कार्यक्रम पारित तर मन्त्रीबाटै विरोध, ‘बजेट ढोकाबाट नभइ झ्यालबाट आउन लाग्यो’

    गण्डकीमा नीति तथा कार्यक्रम पारित तर मन्त्रीबाटै विरोध, ‘बजेट ढोकाबाट नभइ झ्यालबाट आउन लाग्यो’

    पोखरा : आगामी आर्थिक वर्षका लागि गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएको छ। जेठ २४ गते प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। २६ गतेबाट नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको थियो। छलफलमा उठेका प्रश्नलाई सोमवार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जवाफ दिएर निर्णयार्थ प्रस्तुत गरेसँगै नीति तथा कार्यक्रम प्रदेश सभाबाट…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंलाई पछ्याउँदै पोखराः निजी क्षेत्रको शौचालय प्रयोग गर्ने, ल्याण्डफिल साइट सार्ने निर्णय

    काठमाडौंलाई पछ्याउँदै पोखराः निजी क्षेत्रको शौचालय प्रयोग गर्ने, ल्याण्डफिल साइट सार्ने निर्णय

    पोखराः पोखरा महानगरपालिकाले निजी क्षेत्रको शौचालय प्रयोग गर्ने र ल्याण्डफिल साइट सार्ने निर्णय गरेको छ। महानगरको पहिलो कार्यपालिका बैठकले सो निर्णय गरेको हो। ल्याण्डफिल साइट पोखरा ३३ मा सार्नका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार तयार पार्ने, निजी रेष्टुरेष्टका शौचालय सर्वसाधारण नागरिकका लागि प्रयोग गर्न द्धिपक्षीय सम्झौता गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले जानकारी दिए। संघीय राजधानी काठमाडौं…

    विस्तृतमा पढ्नुस्

  • प्रेमले रंगिएको कृष्ण र लक्ष्मीको संसार, ४० वर्षअघि पोखरा आएका जोडीको कथा

    प्रेमले रंगिएको कृष्ण र लक्ष्मीको संसार, ४० वर्षअघि पोखरा आएका जोडीको कथा

    पोखरा : लेक साइडको खहरे चोकबाट थोरै दायाँपट्टि छ एउटा ठिक्कको सटर। कृष्ण र लक्ष्मीको संसार त्यसमै समेटिएको छ। सटरभित्र पस्ने बित्तिकै कुर्सी र टेबल देखिन्छ। टेबल छेवैको पर्दा पछाडि छ बेड। त्यसको ठीक अगाडि भान्छाका सामान। यी सामान घरको भान्छाको प्रयोजनका लागि मात्र होइन। रेष्टुरेन्ट चलाउने सामान पनि अटाएर राखेका छन् उनीहरुले। चार दशकभन्दा बढी समय बितिसकेको छ दुवैले…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा साइकल लेनले तालहरु 'कनेक्ट' गर्ने प्रयास : तर, अव्यवस्थित पार्किङ र फोहोरको थुप्रोले अवरोध

    पोखरामा साइकल लेनले तालहरु 'कनेक्ट' गर्ने प्रयास : तर, अव्यवस्थित पार्किङ र फोहोरको थुप्रोले अवरोध

    पोखरा : पोखरा महानगरपालिकामा साइकल लेनको आवश्यकता र चर्चा २०७१ सालदेखि सुरु भयो। अव्यवस्थित पार्किङ चुनौती बनिरहेको समयमा साइकल लेनको आवश्यकता महानगरले भने महसुस गरेन। ढिलो नै सही तर २०७६ पुस १३ गते पोखरामा साइकल लेनबारे अध्ययन गर्न महानगरले तीन सदस्यीय समिति गठन गर्‍यो। नेपाल साइकल सोसाइटी, पोखरा साइकल सिटी र पोखरा महानगरबिच बैठक बसेर समिति गठन भएको थियो। त्यसपछि…

    विस्तृतमा पढ्नुस्

  • फेवा किनारमा रेष्टुरेन्टका कुर्सी टेबल : पर्यटकलाई सुविधा कि कानुन उल्लंघन ?

    फेवा किनारमा रेष्टुरेन्टका कुर्सी टेबल : पर्यटकलाई सुविधा कि कानुन उल्लंघन ?

    पोखरा : पैदलयात्री र पर्यटक टहलिने स्थानमा रेस्टुरेन्टका कुर्सी टेबल छन्। फेवातालको छेउमा राखिएको मिनी रेष्टुरेन्टको कारण घुम्न आउने पर्यटकले सास्ती व्यहोर्नु परिरहेको छ। तर, महानगर भने यस विषयमा अझै पनि मौन छ। महानगरले ताल छेउ राखिएका कुर्सी टेबल हटाउन प्रयत्नसम्म गरेको छैन। महानगरले ‘एक्सन’ नलिँदा सुरुमा एक/दुई रेस्टुरेन्टले मात्र राखेको कुर्सी टेबल बढेर अहिले तालछेउको स्थल अतिक्रमण भइरहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • विष्णुदेवीको आशाको दियो अब कहिल्यै आउँदिनन् फर्केर

    विष्णुदेवीको आशाको दियो अब कहिल्यै आउँदिनन् फर्केर

    पोखराः बिहानी सूर्यको किरणसँगै विष्णुदेवी रनपालको मनमा आशा पलाएको थियो। प्रार्थना गर्दै थिइन्, छोरी सकुशल भेटिनेछिन्। जोमसोमको पहाडमा हराएकी छोरी फर्किने छिन्। आड भरोसा बनिरहेकी छोरी त्रासले बढिरहेको सीताको धड्कन थाम्नेछिन्। सधैझैं आमालाई थमथमाउनै आउने छिन्। तर, उनको आशामा कालो बादल मडारियो। छोरीको सास कहिल्यै नफर्किने गरी जोमसोमको पहाडमा बिलायो। आइतबार बिहानदेखि सम्पर्कविहीन तारा एयरको विमान सोमबार बिहान मुस्ताङको थासाङ…

    विस्तृतमा पढ्नुस्

  • मतदाताले पनि रोजेनन् महिला उम्मेदवार, घट्यो गण्डकीका पालिकामा महिलाको नेतृत्व

    मतदाताले पनि रोजेनन् महिला उम्मेदवार, घट्यो गण्डकीका पालिकामा महिलाको नेतृत्व

    पोखरा : म्याग्दीको रघुगंगा गाउँपालिकाबाट अध्यक्ष पदमा उम्मेदवार थिइन् मीना बिक। गण्डकी प्रदेशको ८५ स्थानीय तहमध्ये मीना एक मात्र दलित महिला उम्मेदवार थिइन्। तर, उनी पराजित भइन्। नेपाली कांग्रेसको पकड रहेको पालिकामा उनलाई हराउँदै कांग्रेसका भवबहादुर भण्डारी दोस्रो कार्यकालका लागि विजयी भए। भवबहादुरले ४ हजार ३८ मत ल्याउँदा मीनाले ९ सय ९५ मतमात्रै ल्याइन्। यसअघिको स्थानीय तह निर्वाचनबाट गण्डकीका ६…

    विस्तृतमा पढ्नुस्

  • पोखराका कृष्ण जो आफ्नै पार्टीका 'सकुनी'हरुको भए सिकार : के अरु पनि थिए हारका कारण?

    पोखराका कृष्ण जो आफ्नै पार्टीका 'सकुनी'हरुको भए सिकार : के अरु पनि थिए हारका कारण?

    पोखरा : नेकपा (एमाले)को किल्ला मानिन्छ पोखरा महानगरसहित कास्की जिल्ला। एमालेकै किल्ला मानिएको क्षेत्रको सबैभन्दा ठूलो जनसंख्या रहेको पोखरा महानगरपालिकामा एमालेबाट टुक्रिएको नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले बाजी मारे। पोखरा महानगरको गढ दाबी गरिएको वडामा समेत नेपाली कांग्रेसले जित निकाल्यो। पोखरा महानगरमा एमालेबाट प्रमुखको प्रत्यासी थिए कृष्ण थापा। उपप्रमुखमा एमालेबाट उम्मेदवार थिइन् परिचित अनुहार मञ्जुदेवी गुरुङ। पोखरा महानगरका प्रमुखमा एमालेका…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको काँध चढेर एमालेको किल्लामाथि धनराजको प्रहार : भारी मतान्तरले सूर्यको 'ब्रान्ड' मेट्यो कलमले

    कांग्रेसको काँध चढेर एमालेको किल्लामाथि धनराजको प्रहार : भारी मतान्तरले सूर्यको 'ब्रान्ड' मेट्यो कलमले

    पोखरा : ढुक्क थिए पोखरा महानगरको नेतृत्व हाँक्नेमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य। धनराजको बोलीमा जति विश्वास देखिन्थ्यो, त्यति नै कठिन थियो नेकपा एमालेले बसाएको विरासतको जग भत्काउन। विश्वासका साथ सार्वजनिक मञ्चदेखि मिडियामा भारी मतान्तरले जित्ने दाबी गरेका धनराज अन्ततः पोखरा महानगरको नेतृत्व आफ्नो कब्जामा पार्न सफल भए। एमालेको विरासत भत्काउँदै धनराज नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीबाट पोखराको नेतृत्व हाँक्ने…

    विस्तृतमा पढ्नुस्

  • पोखरा महानगरपालिकामा धनराजको जितले गरायो सूर्यको तेज निस्तेज

    पोखरा महानगरपालिकामा धनराजको जितले गरायो सूर्यको तेज निस्तेज

    पोखरा : मध्यरातमा आएको नतिजाको अन्तिम अंकसँगै पोखरा महानगरपालिकामा धनराज आचार्यको कमलले कृष्ण थापाको सूर्यको तेज निस्तेज पारिदिएको छ। अन्तिम मत परिणाम अनुसार ५८ हजार ८ सय ९३ मत सहित पोखरा महानगरपालिकाका मेयरमा आचार्यले जित निकालेका छन्। नेकपा एकीकृत समाजवादी पार्टीका लागि उनले गठबन्धनबाट निकालेको जितले उनको दललाई सबैभन्दा धेरै राहत दिएको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई नमिठो…

    विस्तृतमा पढ्नुस्

  • वल्लोछेउ एमालेको नाराबाजी, बिचमा सुरक्षाकर्मीको पहरा, पल्लो छेउमा गठबन्धनको उत्सव

    वल्लोछेउ एमालेको नाराबाजी, बिचमा सुरक्षाकर्मीको पहरा, पल्लो छेउमा गठबन्धनको उत्सव

    पोखरा : मध्यान्हदेखि स्थगित भएको पोखरा महानगरको मतगणना अझै सुरु हुन सकेको छैन। नेकपा (एमाले)का प्रतिनिधि मतगणना स्थलमा नआएपछि मतगणना संचालन हुन नसकेको हो। मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले भने मतगणना केहीबेरमा सुरु हुने जानकारी दिएका छन्। एमाले प्रतिनिधिले मतगणनास्थल छोड्नु अगावै एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वडा नम्बर १८ को पुन: मतगणना गर्न माग गर्दै निवेदन दिएको थियो। वडामा ४ हजार ३४८ खसेको…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा 'अडियो काण्ड'ले अप्रत्यासित तरङ्ग ल्याउँदा ह्वात्तै बढाइयो सुरक्षा, मतगणनास्थल तनावग्रस्त हुने त्रास

    पोखरामा 'अडियो काण्ड'ले अप्रत्यासित तरङ्ग ल्याउँदा ह्वात्तै बढाइयो सुरक्षा, मतगणनास्थल तनावग्रस्त हुने त्रास

    पोखरा : महत्वका साथ हेरिएको पोखरा महानगरपालिकाको मतगणना शहीद चोकमा जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला समन्वय समितिको कार्यालय अगाडि छन् मतपरिणाम कुरीरहेका कार्यकर्ता, प्रतिनिधि र उम्मेदवार। तर,मंगलवारदेखि मतगणना स्थलको दृश्य फरक देखिएको छ। मतगणनास्थलमा म्यादी प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या बढाएर सुरक्षा व्यवस्था थप कडा पारिएको छ। राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिहरूको प्रवेशमा कडाइ गरिएको छ। मंगलवार बिहानदेखि दलका…

    विस्तृतमा पढ्नुस्

  • के पोखराको मेयर उम्मेदवार कृष्ण थापालाई हराउन एमालेकै कार्यकर्ता लागेका हुन्? अडियो बाहिरिएसँगै उठ्यो प्रश्न

    के पोखराको मेयर उम्मेदवार कृष्ण थापालाई हराउन एमालेकै कार्यकर्ता लागेका हुन्? अडियो बाहिरिएसँगै उठ्यो प्रश्न

    पोखरा : अहिले दुईवटा अडियोले पोखराको चुनावी माहोलमा थप तंरग ल्याएको छ। आजमात्र बाहिरिएको अडियोले पोखरा महानगरपालिका प्रमुखको प्रत्यासी रहेका नेपाल कम्युनिस्ट पार्टी एमालेका कृष्ण थापालाई हराउन पार्टीभित्रकै कार्यकर्ता लागिपरेको तथ्य उजागर गरेको हो। जुन अडियो सार्वजनिक भएको छ त्यसको स्वतन्त्र रुपमा पुष्टि भइसकेको छैन। तर, एमालेका नेता तथा कार्यकर्ताले अडियोलाई 'सिरियस' रुपमा लिएका छन्। त्यसले पनि अडियो संवाद 'सक्कली'…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell