PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

  • काठमाडौंमा बालेनको ‘लौरो’ले माहोल तताउँदा पोखरामा अटेरीको लौरो सिन्को बराबर !

    काठमाडौंमा बालेनको ‘लौरो’ले माहोल तताउँदा पोखरामा अटेरीको लौरो सिन्को बराबर !

    पोखरा : यतिबेला स्वतन्त्र उम्मेदवारको लौरोले काठमाडौंमात्र नभई देशकै माहोल तताइरहेको छ। स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)को लौरोले काठमाडौंमा ठूला दललाई तर्साँइरहँदा पोखरामा भने लौरोको बल सिन्का बराबर पनि देखिएको छैन। जति फरक बालेन र पोखराका खड्कराज पौडेल (गनेस)को उम्मेदवारी घोषणामा थियो त्यही हिसाबको फराकिलो अन्तर मतमा पनि छ। मंसिर २९ मा चर्चित र्‍यापरले काठमाडौंको प्रमुख पदमा उम्मेदवारी घोषणा…

    विस्तृतमा पढ्नुस्

  • अढाई वर्षीय घाइते अनीष, जसले एकै दुर्घटनामा गुमाए आमा र हजुरआमा

    अढाई वर्षीय घाइते अनीष, जसले एकै दुर्घटनामा गुमाए आमा र हजुरआमा

    पोखरा: ’पानी पानी... पानी खानपर्‍यो’ ’ऐेया ऐेया दुख्यो! मम्मी जाने’ काखमा बसेर रुन्चे सानो स्वरमा आमालाई खोज्दै थिए साढे दुई वर्षका अनीष। मृत्युको मुखमा पुगेर बाँचेका त्यो अबोध बालकलाई थाहा छैन के भयो भर्खर। टाउकोमा सेतो पट्टी, हातमा सुई। त्यसैको पीडा बिर्साउन आमाको काख खोज्दै थिए अनीष। तर, ती अबोध बालकलाई थाहा छैन आमाको काख भने सधैंको लागि गुमाए। काखमा…

    विस्तृतमा पढ्नुस्

  • पोखरेली मतदाताको एउटै स्वर : प्रफुल्ल भएर मत हालेको छैन

    पोखरेली मतदाताको एउटै स्वर : प्रफुल्ल भएर मत हालेको छैन

    पोखरा : शुक्रवार सम्पन्न स्थानीय तह निर्वाचनमा पोखरेली मतदाताले उत्साहपूर्ण सहभागीता देखाए। संघीयता पछि भएको यो दोस्रो स्थानीय तह निर्वाचनमा मतदाताले आफ्नो अपेक्षा बुझिदिने दल र उम्मेदवारलाई पहल्याएका छन्। अघिल्लो निर्वाचनमा जुन अपेक्षा र आकांक्षा राखेर जनप्रतिनिधिलाई जिताएका थिए त्यसको मूल्यांकन गर्दै मतदाता आज भएको निर्वाचनमा सहभागी भएका छन्। मतदाता आफुले जिताएको जनप्रतिनिधि र राजनीतिक दलबाट कति सन्तुष्ट भए र…

    विस्तृतमा पढ्नुस्

  • पाँच वर्षको अनुभव लिएर पनि जो नेतृत्वदायी भूमिकामा आउन पाएनन्

    पाँच वर्षको अनुभव लिएर पनि जो नेतृत्वदायी भूमिकामा आउन पाएनन्

    पोखरा : पाँच वर्ष पोखरा महानगरपालिकाको उपप्रमुखको रुपमा जिम्मेवारी निर्वाह गरेकी मञ्जुदेवी गुरुङ आसन्न स्थानीय तह निर्वाचनमा आकांक्षी थिइन् प्रमुख पदका लागि। पाँच वर्षको अनुभव सदुपयोग गर्दै पोखरा महानगरको नेतृत्व सम्हाल्ने आकांक्षा थियो उनमा। निर्वाचनको सरगर्मी बढ्नुअघि नै उनले महिलाहरु नेतृत्वदायी भूमिकामा आउन सक्षम रहेको प्रतिक्रिया दिएकी थिइन्। पार्टीले इच्छा राखे आफू प्रमुख पदका लागि सक्षम रहेको प्रतिक्रिया दिएकी मञ्जु…

    विस्तृतमा पढ्नुस्

  • धनराजले पोखरामा खोस्न सक्लान् एमालेको मत? के छ जितको आधार? (अन्तर्वार्ता)

    धनराजले पोखरामा खोस्न सक्लान् एमालेको मत? के छ  जितको आधार? (अन्तर्वार्ता)

    पोखरा : नेपाल कम्युनिष्ट पार्टी एमालेको पकड रहेको पोखरा महानगरपालिकामा गठबन्धनबाट प्रमुखमा उम्मेदवार छन् धनराज आचार्य। अघिल्लो निर्वाचनमा महानगरमा एमालेले प्रमुख पदमा १४ हजार मतान्तरले विजयी हासिल गरेको थियो। अहिले स्थानीय तह निर्वाचनमा एमालेबाट मैदानमा रहेका कृष्ण थापासँग प्रतिस्पर्धामा छन् उनी। पूर्व सहयात्री समेत रहेका दुवैबिचको प्रतिस्पर्धा रोचक देखिन्छ। एमाले विवादपछि एकीकृत समाजवादी रोजेका धनराज जितमा विश्वस्त छन्। उनै धनराज…

    विस्तृतमा पढ्नुस्

  • युवाको अलमल, कसलाई र किन दिने मत ?

    युवाको अलमल, कसलाई र किन दिने मत ?

    पोखरा : देशभरका पालिकामा निर्वाचनको रौनक छ। ठुला दलदेखि साना दल यतिबेला मत माग्दै घरदैलो कार्यक्रममा व्यस्त छन्। आसन्न निर्वाचनमा युवा पुस्ताको उत्तिकै उत्साहजनक उपस्थिति देखिएको छ। स्वतन्त्र उमेदवारी दिँदै युवाले राजनितिमा हस्तक्षेप बढाएका छन्। केही पालिकामा साना र ठुला दलले पनि पालिकाको नेतृत्व हाँक्न युवालाई नै अघि सारेका छन्। आसन्न निर्वाचनमा पालिकाको नेतृत्व हाँक्न युवाहरुको कित्ता कस्सिरहँदा ग्राउन्ड लेभलमा…

    विस्तृतमा पढ्नुस्

  • मोनो र मेट्रोरेलदेखि स्याटलाइट टाउनसम्मको सपना, के पोखरामा सम्भव होला दलहरूका स्वैरकल्पना ?

    मोनो र मेट्रोरेलदेखि स्याटलाइट टाउनसम्मको सपना, के पोखरामा सम्भव होला दलहरूका स्वैरकल्पना ?

    पोखरा : आसन्न स्थानीय तह निर्वाचनमा मतदातालाई आर्कषण गर्न राजनीतिक दलहरूले महत्वाकांक्षी योजना अघि सार्दै अनेकौं सपना देखाएका छन्। पोखरा महानगरपालिकामा पनि नेपाल कम्युनिस्ट पार्टी (एमाले) र सत्तारुढ गठबन्धनले आफ्नो घोषणा पत्र सार्वजनिक गरिसकेको छ। नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिने योजनादेखि ग्रेट पोखरा र सुन्दर पोखरा बनाउने प्रतिबद्धता दुवै ठूला दलले गरेको छ। अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेले देखाएको अपुरो सपना…

    विस्तृतमा पढ्नुस्

  • ‘लो प्रोफाइल’मा बसेकी उपप्रमुख मञ्जु र अवसर पाएकी कोपिलाबीचको प्रतिस्पर्धा कस्तो होला?

    ‘लो प्रोफाइल’मा बसेकी उपप्रमुख मञ्जु र अवसर पाएकी कोपिलाबीचको प्रतिस्पर्धा कस्तो होला?

    पोखरा: स्थानीय तह निर्वाचनका लागि पोखरा महानगरका लागि उपप्रमुखको नेतृत्व हाँक्न चुनावी मैदानमा होमिँदै छन् मञ्जुदेवी गुरुङ र कोपिला रानाभाट। मञ्जु नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट मैदानमा छिन् भने कोपिला नेपाली कांग्रेसबाट। एमालेबाट चुनावी मैदानमा होमिएकी मञ्जुले उपप्रमुख भएर पाँच वर्ष महानगरमा कार्यसम्पादन गरिसकेकी छन्। उनी पुन: उपप्रमुख पदमा नै लड्न लागेकी छिन्। यता कोपिलाले भने महानगरमा परिचय बनाउने प्रयासमा…

    विस्तृतमा पढ्नुस्

  • बागी उम्मेदवारी फिर्ता नलिएका बिमल भन्छन्, ‘कारबाही मलाई हैन देउवालाई गर्नुपर्छ’

    बागी उम्मेदवारी फिर्ता नलिएका बिमल भन्छन्, ‘कारबाही मलाई हैन देउवालाई गर्नुपर्छ’

    पोखराः सत्ता गठबन्धनको शुक्रबार बिहानको बैठकले सहमति विपरीत स्थानीय तहमा उम्मेदवारी दिएकालाई फिर्ता लिन निर्देशन दियो। उम्मेदवारी फिर्ता नगरे सम्बन्धित दलले कारबाही गर्ने गठबन्धनमा सहमति भयो। पार्टीले कारबाही गर्ने चेतावनी दिँदा समेत पोखराबाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता विमल कार्कीले भने आफ्नो उम्मेदवारी फिर्ता गरेनन्। पोखरा महानगरपालिकामा गठबन्धनको विरोध गर्दै तीन कांग्रेस नेताले बागी उम्मेदवारी दिएका थिए। ऋषि सापकोटा,…

    विस्तृतमा पढ्नुस्

  • पूर्वसहयात्रीबीचको प्रतिस्पर्धाः पोखरामा कृष्ण र धनराजमा कसको पल्ला भारी?

    पूर्वसहयात्रीबीचको प्रतिस्पर्धाः पोखरामा कृष्ण र धनराजमा कसको पल्ला भारी?

    पोखराः विवाद र खटपटबीच नेपाल कम्युनिस्ट पार्टी (एमाले) र सत्ता गठबन्धनले उम्मेदवारी टुंगो लगाएर पोखरा महानगरको प्रमुख र उपप्रमुखमा अन्तिम समयमा मनोनयन दर्ता गराए। एमालेबाट महानगर प्रमुखमा कृष्ण थापाको मनोनयन दर्ता भएको छ भने उपप्रमुखमा पुनः मञ्जुदेवी गुरुङले उम्मेदवारी दिएकी छन्। गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य प्रमुखको उम्मेदवार बनेका छन् भने कांग्रेसबाट कोपिला रानाभाटले उपप्रमुखमा मनोनयन दर्ता गराएकी…

    विस्तृतमा पढ्नुस्

  • भोट बैंक बनिरहेका सुकुम्बासी भन्छन्, ‘अब एक हातमा लालपूर्जा अर्को हातले छाप’

    भोट बैंक बनिरहेका सुकुम्बासी भन्छन्, ‘अब एक हातमा लालपूर्जा अर्को हातले छाप’

    पोखराः टिनका स-साना टहरा। बस्तीको बीचबाटै बग्छ फोहोरको नाला। कोठाअघि नालाको दूर्गन्ध उस्तै। झट्ट पुग्दा सबैलाई लाग्छ कसरी बस्न सकिन्छ यहाँ। तर, पोखरा महानगरपालिका ९ मा रहेको यो बस्ती सुकुम्बासीको घामपानी छेक्ने आश्रयस्थल हो। बस्ती सुकुम्बासीको आश्रयमात्र नभइ राजनीतिकको 'सेल्टर भूमि' पनि हो। किनकी यही बस्ती पोखराका जनप्रतिनिधिको जित र हारमा निर्णायक बन्छ। नयाँबजार र पृथ्वीचोकमा सुकुम्बासीका पाँच टोल छन्। शान्ति…

    विस्तृतमा पढ्नुस्

  • महानगरको विवाद मिले पनि कास्की गठबन्धनको पालिकामा विवाद कायमै : पोखराको मेयर एकीकृतले पाउँदा एमालेमा छायो खुसी

    महानगरको विवाद मिले पनि कास्की गठबन्धनको पालिकामा विवाद कायमै : पोखराको मेयर एकीकृतले पाउँदा एमालेमा छायो खुसी

    पोखरा : कास्कीको सत्ता गठबन्धनमा खटपट ल्याएको पोखरा महानगरपालिकाको प्रमुख पदको भागबन्डा विवाद मंगलवार टुंगियो। मंगलवार काठमाडौंमा बसेको सत्ता गठबन्धनको बैठकले पोखरा महानगरको प्रमुख एकीकृत समाजवादीलाई दिने निर्णय गरेको हो। गठबन्धन बैठकको यो निर्णयले कास्की कांग्रेस भने रुष्ट छ। कास्की कांग्रेसका नेताको दबावकै बिच पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एकीकृतलाई प्रमुख पद दिने निर्णय गरे। मंगलवार प्रधानमन्त्री देउवाले कास्की…

    विस्तृतमा पढ्नुस्

  • पर्यटकको चहलपहलसँगै अतिक्रमणको जोखिममा माझीकुना

    पर्यटकको चहलपहलसँगै अतिक्रमणको जोखिममा माझीकुना

    पोखरा : पोखरा बजारबाट केही पर छ माझीकुना। बेगनास ताल पुगेपछि पनि थोरै माथि लाग्नुपर्छ। बेगनास तालको कुना नै हो माझीकुना। स्थान रमणीय भए पनि पर्यटकका लागि अपायक पर्ने ठाउँमा रहेकाले जति आकर्षण हुनुपर्ने हो त्यति देखिँदैन। स्थानीय माछाको स्वाद लिनका लागि पोखरा आसपास क्षेत्रका पर्यटकको भने बाक्लै उपस्थिति देखिन्छ माझीकुनामा। माझीकुनामा व्यवसाय सुरु भएको दश वर्ष बित्यो। विगत पाँच…

    विस्तृतमा पढ्नुस्

  • 'ह्याङ आउट' का लागि लोभलाग्दो माझीकुना जहाँ खरको कटेरोबाट सुरु भएको थियो रेस्टुरेन्ट

    'ह्याङ आउट' का लागि लोभलाग्दो माझीकुना जहाँ खरको कटेरोबाट सुरु भएको थियो रेस्टुरेन्ट

    पोखरा : शान्त तालको आफ्नै सुन्दरता। ताल छेउमा डाँडाकाँडाको मनोरम दृश्य उस्तै। २०३९ सालमा बेलायती राजकुमार चार्ल्सले पदयात्रा गरेको मार्ग हो यो क्षेत्र। त्यसैले ‘रोयल ट्रेक’का रुपमा पनि परिचित छ बेगनास ताल वरपरको यो ठाउँ। त्यस समय राजकुमारले विजयपुरमा रहेको चौरबाट पदयात्रा थाल्दै चिन्ते डाँडा, कालिका, सौरे, राम्चे हुँदै स्याक्लुङको डाँडा र रुपाकोटको चिसापानी हुँदै अन्तिम रात बेगनासको जंगलमा बिताएर…

    विस्तृतमा पढ्नुस्

  • जहाँ छन् लाखदेखि करोडौंसम्मका खानेपानी योजना, त्यहीँ छ पानीको दु:ख !

    जहाँ छन् लाखदेखि करोडौंसम्मका खानेपानी योजना, त्यहीँ छ पानीको दु:ख !

    पोखरा : सबेरै पानी बोक्न आधा घण्टा बढी उकालो र ओरालो गर्नुपर्ने। एक ग्रागी पिउने पानी भर्न घण्टौं लाइन बस्नुपर्ने बाध्यता। तत्कालीन माझठाना गाविस र कालिका गाविसका वासिन्दालाई पिउने पानीको हाहाकार थियो। पछि दुवै गाविस पोखरा महानगरपालिकामा गाभिए। गाउँका नागरिकलाई महानगरपालिकामा गाभिँदा घरमै सिंहदरबार आउँछ भन्ने आशा पलायो पनि। गाउँमा सिंहदरबारको रुपमा वडा कार्यालय पनि आयो। तत्कालीन गाविसले पोखरा महानगर…

    विस्तृतमा पढ्नुस्

  • अस्पतालमा राजनीतिक दलको भागबन्डा: महिना दिनअघि उत्कृष्ट अहिले पदाधिकारी नै बर्खास्त

    अस्पतालमा राजनीतिक दलको भागबन्डा: महिना दिनअघि उत्कृष्ट अहिले पदाधिकारी नै बर्खास्त

    पोखरा: प्रदेश सरकारको स्थापना दिवसको अवसरमा गत ४ फागुनमा संक्रामक तथा सरुवा रोग अस्पताल उत्कृष्टका रूपमा पुरस्कृत भयो। तर, त्यसको डेढ महिनापछि सोही अस्पतालका व्यवस्थापन समितिका पदाधिकारीलाई भने गण्डकी प्रदेश सरकारले अयोग्य ठहर गर्दै बर्खास्त गर्‍यो। अस्पताल उत्कृष्ट तर पदाधिकारी अयोग्य हुनुमा व्यवस्थापकीय क्षमतामा प्रश्नभन्दा राजनीतिक विषय हाबी छ।   अघिल्लो वैशाखमा तत्कालीन पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले अस्पताल व्यवस्थापन समितिको…

    विस्तृतमा पढ्नुस्

  • दश वर्षदेखि अलपत्र पुल : निर्माणको म्याद सकिन नौ दिन बाँकी रहँदा मजदुर घाइते

    दश वर्षदेखि अलपत्र पुल : निर्माणको म्याद सकिन नौ दिन बाँकी रहँदा मजदुर घाइते

    पोखरा : आइतबार कालीगण्डकी नदीमाथि निर्माणाधीन पुल  भत्किँदा आठ जना मजदुर घाइते भए। स्याङ्जाको चापाकोट नगरपालिका दामाचौर र रामपुर नगरपालिका पाल्पा जोड्ने पुल निर्माण गरिरहेका मजदुर घाइते भएका हुन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। पुलको विम जोड्ने क्रममा विमसँगै मजदुर खसेर घाइते भएका थिए। निर्माणाधीन सो पुलको निर्माण सक्ने अवधि यहीँ चैत मसान्तसम्म छ। निर्माण सम्पन्न गर्ने…

    विस्तृतमा पढ्नुस्

  • एकै शिक्षकमाथि चार छात्राले यौन दुर्व्यवहारको आरोप लगाउँदा पनि विद्यालयको मौनता

    एकै शिक्षकमाथि चार छात्राले यौन दुर्व्यवहारको आरोप लगाउँदा पनि विद्यालयको मौनता

    पोखरा : पोखरामा एक निजी विद्यालयको शिक्षकमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ। सात कक्षामा अध्ययनरत छात्राले विद्यालय जान नमानेपछि शिक्षकको यौन दुर्व्यवहार खुलेको हो। हिल साडड स्कुलमा अध्ययनरत छात्रा विद्यालय जान नमानेपछि परिवारले कारण सोध्दा शिक्षकले उनलाई असहज हुनेगरी जथाभावी छुने गरेको खुलाएकी हुन्। ती छात्राजस्तै उनका अन्य साथीहरुलाई पनि ती शिक्षकले असहज हुनेगरी छुने गरेको उनले बताएकी थिइन्। उनले…

    विस्तृतमा पढ्नुस्

  • १४ महिने छोरीसँगै पोखरा आइपुगेकी ढोका गुरुङ चाहिँ अध्यक्षको दावी गर्न चाहन्नन्...

    १४ महिने छोरीसँगै पोखरा आइपुगेकी ढोका गुरुङ चाहिँ अध्यक्षको दावी गर्न चाहन्नन्...

    पोखरा : काखमा १४ महिनाकी छोरी च्यापेर यताउती डुल्दै थिइन् ढोका गुरुङ। छोरी कुंगा पेमाले घरिघरि आमालाई सताउँदै थिइन्। छोरी भुलाउँदै भलाकुसारी पनि भ्याउँदै गरेको देखिन्थ्यो। दृश्य हो पोखरा सभागृह हलमा भएको न्यायिक राष्ट्रिय सम्मलेनको। सोमवार पोखरामा भएको सम्मेलनमा पुग्दा भेटिएकी हुन् मुस्ताङ जिल्लाको लो–घोकर दामोदर कुण्ड गाउँपालिकाकी उपाध्यक्ष ढोका गुरुङ। सम्मेलनमा उपस्थित हुन हिमालपारीको जिल्लाबाट यात्रा तय गरी पोखरा…

    विस्तृतमा पढ्नुस्

  • अग्लिएको आत्मविश्वास : उपाध्यक्ष जितेका महिलाको अध्यक्षमा यसरी बढ्दैछ दावेदारी

    अग्लिएको आत्मविश्वास : उपाध्यक्ष जितेका महिलाको अध्यक्षमा यसरी बढ्दैछ दावेदारी

    पोखरा : पाँच वर्षे अनुभवले धेरैतिर उपाध्यक्षमै सीमित भएका महिला नेताहरु अब शीर्ष नेतृत्वका लागि संघर्षमा छन्। अनुभवले अग्लिएको छ उनीहरुको आत्मविश्वास। आफ्नो अनुभवलाई नेतृत्वदायी भूमिकामा पुग्न सदुपयोग गर्दैछन् उनीहरु। तिनै मध्येकी एक नेता हुन् संखुवासभा, सामापोखरी गाउँपालिकाकी उपाध्यक्ष सीता दाहाल। उपाध्यक्ष सीता न्यायिक राष्ट्रिय सम्मलनमा सहभागी हुन पोखरा आइपुगेकी छिन्। उनले प्रमुख पदमा उम्मेदवारी घोषणा गरिसकेको बताइन्। ‘दाबेदारी त एकदम घोषण…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell