PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • साइन बोर्डमा कर, व्यवसायीको विरोधपछि महानगरलाई राजश्व गुम्ने डर : ठेकेदारको प्रश्न, 'अवरोध किन?'

    साइन बोर्डमा कर, व्यवसायीको विरोधपछि महानगरलाई राजश्व गुम्ने डर : ठेकेदारको प्रश्न, 'अवरोध किन?'

    पोखरा : स्मार्ट सिटी बनाउने नाममा केही समय पहिला पोखरा महानगरपालिकाले पोखरा भित्रका होर्डिङ बोर्ड च्यात्दै हिँड्यो। स्मार्ट डिजिटल बोर्ड राखेर विज्ञापन राख्ने निर्णय गर्दै ०७५ चैत ५ मा विज्ञापनका होर्डिङ बोर्ड च्यात्दै हिँडेको थियो महानगर। डिजिटल विज्ञापनको आश्वासन दिएको महानगरले त्यसअनुसार काम भने अगाडि बढाउन सकेन। विज्ञापन करबाट आउने करोडौं आम्दानी गुमाएर बसेको महानगर अहिले पोखरामा राखेको ‘साइन बोर्ड’को…

    विस्तृतमा पढ्नुस्

  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : निर्माण नसकी हतारमै साँचो हस्तान्तरण, सञ्चालनमा चुनौती नै चुनौती

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : निर्माण नसकी हतारमै साँचो हस्तान्तरण, सञ्चालनमा चुनौती नै चुनौती

    पोखरा : चीन सरकारले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल शनिबार नेपाल सरकारलाई हस्तान्तरण गर्‍यो। काठमाडौंमा चिनियाँ विदेशमन्त्रीले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई साँचो थमाएर विमानस्थल हस्तान्तरण गरे। यता पोखरामा तय भएको विमानस्थलको कार्यक्रमका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले पोखरा आइपुगे। विमानस्थलको निर्माण कम्पनीलाई कदरपत्र प्रदान गर्न मन्त्री आले पोखरा आइपुगेका थिए। भर्चुअलमार्फत काठमाडौंमा सरकारलाई साँचो हस्तान्तरण भएपछि पोखरामा कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • सकिन लाग्यो जनप्रतिनिधिको कार्यकाल, के कारणले रोकियो पोखरा महानगरको ‘सिंहदरबार’ निर्माण प्रक्रिया?

    सकिन लाग्यो जनप्रतिनिधिको कार्यकाल, के कारणले रोकियो पोखरा महानगरको ‘सिंहदरबार’ निर्माण प्रक्रिया?

    पोखरा : ‘स्मार्ट सिटी’को नारा बोकेर निर्वाचित भएका पोखरा महानगरपालिकाका जनप्रतिनिधिको कार्यकाल सकिँदैछ। स्थानीय निर्वाचनताका गाउँगाउँमा ‘सिंहदबार’ ठड्याउने नेताहरुले वाचा गरेका थिए। सोहीअनुसार नै निर्वाचित भएर आइसकेपछि बसेको पोखरा महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले महानगरको नयाँ आधुनिक प्रशासनिक भवन बनाउने निर्णय गरेको थियो। तर, पाँच वर्ष पुग्नलाग्दा पनि पोखरा महानगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य शिलन्यासमै सीमित भएको छ। न्यूरोडमा रहेको पोखरा…

    विस्तृतमा पढ्नुस्

  • ओझेलमा त्यो ठाउँ जहाँबाट देखिन्छ फेवातालमा तैरिरहेको माछापुछ्रे

    ओझेलमा त्यो ठाउँ जहाँबाट देखिन्छ फेवातालमा तैरिरहेको माछापुछ्रे

    ‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रै'छ, पोखरा त साँच्चिकैको पोखरा नै रै'छ… +++ ‘फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छायाँ...’ +++ फेवातालमा माछापुच्छ्रेको छायाँलाई लिएर यसैगरी काव्यिक रचनहरु धेरै बने। तीनमा संगीत भरियो, शब्दशब्द चर्चित बने। तिनै मार्फत् माछापुच्छ्रेको फेवातालमा देखिने दृश्यबारे प्रचार भइरह्यो। माछापुछ्रेलाई फेवातालमा कतिले देखे त? फेवातालमा डुबुल्की मारिरहेको माछापुछ्रेको दृश्य चाहिँ असाध्यै थोरैको नजरमा परेको हुन्छ। पोखरा पर्यटकीय…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा ‘स्काइ वाक’ सुरु गरेका एन्जल, गर्दैछन् मेथलाङमा बुवाको सपना पूरा

    पोखरामा ‘स्काइ वाक’ सुरु गरेका एन्जल, गर्दैछन् मेथलाङमा बुवाको सपना पूरा

    पोखरा : शनिवार र बिदा हुनासाथ पोखरा बजारबाट थोरै माथि पर्ने मेथलाङ डाँडा उक्लिन्थे एन्जल तिमिल्सिना। पोखरा शहर र फेवातालको मन लोभ्याउने दृश्य नियाल्न सराङकोटको डाँडा नभइ छेउमै पर्ने मेथलाङको डाँडाले तान्थ्यो एन्जललाई। दश वर्ष अघि उनका बुबा रुद्र तिमिल्सिनाले मेथलाङमा रक गार्डन रिर्साट संचालनमा ल्याएका थिए। विद्यालय बिदा हुनासाथ बाबाकै रिसोर्टमा पुगिहाल्थे उनी। बाल्यकालमा नै व्यवसायीक माहोलमा रुचि लिँदै…

    विस्तृतमा पढ्नुस्

  • सुन्दर पोखराको कुरुप दृश्य : महानगर कार्यालय अघिकै फोहोर उठ्दैन

    सुन्दर पोखराको कुरुप दृश्य : महानगर कार्यालय अघिकै फोहोर उठ्दैन

    पोखरा : पोखरा महानगरपालिका कार्यालयको दुई छेउमा फोहोरको डंगुर छ। महानगर कार्यालय अगाडि मात्र होइन यतिबेला पोखराको सडक र चोकचोकमा फोहोरको डंगुर छ। वडा १४ स्थित बाच्छीबुढुवामा रहेको ‘ल्यान्डफिल साइट’बारे स्थानीयसँग विवाद चुलिएपछि चैत्र १ गतेदेखि पोखराको फोहोर नउठेको हो। वडावासीले महानगरपालिकाको फोहोर बोक्ने गाडी ‘ल्यान्डफिल साइट’मा प्रवेश गर्न रोक लगाएका छन्। २०५७ साल अघिदेखि पोखराले फोहोर फाल्ने ठाँउको रुपमा…

    विस्तृतमा पढ्नुस्

  • सुस्ताएको पोखराको पर्यटन व्यवसाय लयमा फर्किँदै, लेक साइडमा झुम्‍न थाले भारतीय पर्यटक

    सुस्ताएको पोखराको पर्यटन व्यवसाय लयमा फर्किँदै, लेक साइडमा झुम्‍न थाले भारतीय पर्यटक

    पोखरा : कोरोना भाइरस संक्रमण फैलिएसँगै सुस्ताएको पोखराको पर्यटन तंग्रिन थालेको छ। उत्साहजनक रुपमा भारतीय पर्यटकको आगमनले लामो समयसम्म लेकसाइडमा छाएको सन्नाटा चिरिएको छ। भारतीय साथै नेपालकै विद्यालयको शैक्षिक भ्रमण र पोखरामा आयोजना भएका केही ठूला 'इभेन्ट'ले फेवाताल किनारको रौनक फर्किएको हो। कोरोनाको तेस्रो लहर शान्ता भएसँगै शून्यमा रहेको पर्यटक आगमन पछिल्लो दुई सातादेखि बढ्न थालेको पर्यटन व्यवसायीले बताएका छन्। यसले पोखराको पर्यटनमा…

    विस्तृतमा पढ्नुस्

  • त्यसरी उदायो, यसरी अस्तायो- पोखरालाई स्मार्ट शहर बनाउने योजना

    त्यसरी उदायो, यसरी अस्तायो- पोखरालाई स्मार्ट शहर बनाउने योजना

    पोखरा : ‘एमालेको नेतृत्वमा स्मार्ट सिटी बन्नेछ सुन्दर पोखरा लेखनाथ।' २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को चुनावी नारा यही थियो। १५ पृष्ठको घोषणापत्रअनुसार तत्कालीन पोखरा–लेखनाथ महानगरपालिकामा स्मार्ट सिटी पोखरा एमालेकै नेतृत्वमा 'सम्भव' थियो। स्मार्ट सिटीकै नारा बोकेर महानगरपालिका प्रमुखमा मानबहादुर जीसी र उपप्रमुखमा मञ्जुदेवी गुरूङ निर्वाचित पनि भए। नागरिकको घरदैलोमा खुशी र समृद्ध शहरको सपना बाँडेको…

    विस्तृतमा पढ्नुस्

  • सुगम शहरको दुर्गम दृश्य, शिक्षाका लागि विद्यार्थीको जोखिमपूर्ण यात्रा

    सुगम शहरको दुर्गम दृश्य, शिक्षाका लागि विद्यार्थीको जोखिमपूर्ण यात्रा

    पोखराः न डुब्छ, न छालले रोक्छ। घरिघरि कोल्टिए जस्तो गर्छ। तर, डुब्दैन कागजको डुंगा। अक्षर लेख्ने पाना च्यातेर बनाएको डुंगाको नाता पानीको गहिराइसँग हुँदैन। डुंगाको किनार छैन, खियाउने आवश्यकता पनि पर्दैन। तर, सात कक्षामा अध्यनरत मेरिष्टा गुरुङको डुंगा भने कागजको होइन। पढ्नका लागि डुंगा चलाउनुपर्ने बाध्यता छ उनको। मेरिष्टाको डुंगाले फेवातालको गहिराइ देख्छ। कहिलेकाहीँ त छाल छलेर डुंगा खियाउँछिन् उनी।…

    विस्तृतमा पढ्नुस्

  • पर्यटक टहलिने फेवा किनारमा मिनी रेष्टुरेन्ट, महानगर चटपट व्यवसायी धपाउनै व्यस्त

    पर्यटक टहलिने फेवा किनारमा मिनी रेष्टुरेन्ट, महानगर चटपट व्यवसायी धपाउनै व्यस्त

    पोखरा : फेवा किनारमा आउने पर्यटकलाई सहज बनाउन महानगरले फुटपाथ स्तरोन्नति गरेको थियो। अघिल्लो वर्षमात्र महानगरले हल्लनचोकदेखि खहरेबीचमा पर्ने फुटपाथको स्तरोन्नति गरेको हो। महानगरले ताल किनारको स्वरुप परिवर्तन गरेर दुबो र फूल लगाएर चिटिक्क पनि बनाएको छ। बाराही घाटदेखि हल्ल्नचोकसम्म पर्ने फुटपाथमा पर्यटक बस्नका लागि विश्रामस्थल पहिल्यै बनाइएका थिए। ताल किनारमा रहेका अव्यवस्थित फुटपाथ व्यवसायले कुरुप देखियो भनेर नगर प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • ओलीको प्रश्न : एमसीसी चाहियो भनेर चिठी लेख्‍ने झलनाथलाई किन ढुंगा हानिँदैन?

    ओलीको प्रश्न : एमसीसी चाहियो भनेर चिठी लेख्‍ने झलनाथलाई किन ढुंगा हानिँदैन?

    पोखरा : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) प्रक्रियामा लैजानेहरु नै सत्तामा बसेर त्यसको विरोधमा कार्यकर्तालाई सडकमा उतारेको आरोप लगाएका छन्। शुक्रवार पोखरा पुगेका अध्यक्ष ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादीविरुद्ध कडा रोष प्रकट गरे। सरकारमा बसेर दुवै दलले तमाशाको हद देखाएको भन्दै ओलीले सरकारमा आफैँ बसेर प्रहरीलाई ढुंगा हान्न लगाएको आरोप लगाए। 'तमाशाको पनि हद हुन्छ नि। सरकारमा…

    विस्तृतमा पढ्नुस्

  • अझै प्रहरीको सम्पर्कमा आएनन् पल

    अझै प्रहरीको सम्पर्कमा आएनन् पल

    पोखरा : बुधवार जिल्ला प्रहरी कार्यालय तनहुँमा नायक पूर्ण विक्रम शाह (पल शाह) विरुद्ध जबर्जस्ती करणीको जाहेरी दर्ता भएको थियो। नाबालिक गायिकाले आफूलाई पलले करणी गरेको जाहेरी दिउँसो करिब १२ बजे दर्ता गराएकी थिइन्। जाहेरी दर्ता भएको २४ घण्टा बितिसक्दा पनि पल भने प्रहरीको सम्पर्कमा आएका छैनन्। जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काका अनुसार प्रहरीले उनलाई खोजिरहेको छ। ‘जाहेरी…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी सरकारको चार वर्षमा ठडिएन आफ्नै ‘सिंहदरबार’, मागेको जग्गा अझै मिलेन

    गण्डकी सरकारको चार वर्षमा ठडिएन आफ्नै ‘सिंहदरबार’, मागेको जग्गा अझै मिलेन

    पोखरा: देश नयाँ संरचनामा गएपछि गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री बनेर आएका थिए पृथ्वीसुब्बा गुरुङ। उनकै नेतृत्वमा रहेको गण्डकी सरकारले प्राथमिकतामा राखेको थियो गण्डकी प्रदेशको एकीकृत प्रशासनिक भवन बनाउने मेगा प्रोजेक्ट (प्रदेश प्रशासनिक केन्द्र)।  ‘सिंहदरबार’ मोडलमा निर्माण योजनालाई अघि बढाउन गुरुङ सरकारले संघीय सरकारलाई सुरुकै वर्षदेखि जग्गा दिन माग गरिरह्यो। पोखराको राष्ट्र बैंक चोकमा रहेको उपत्यका नगर विकास समितिको जमिनलाई प्रयोग…

    विस्तृतमा पढ्नुस्

  • नगरसभामा बोलिरहेका पोखराका मेयर जब रुन थाले

    नगरसभामा बोलिरहेका पोखराका मेयर जब रुन थाले

    पोखरा : पोखरा सभागृहमा पोखरा महानगरपालिकाको दशौं नगरसभा चलिरहेको थियो। अचानक नगरसभाको माहोल परिवर्तन भयो। नगरसभामा मेयर मानबहादुर जीसी भावुक बने र एक्कासि आँसु झारे। शुक्रबार भएको नगरसभाको उद्घाटन सत्रको दृश्य हो यो। सुरुवातमा भावुक बनेका मेयरले कोरोना महामारीविरुद्ध खटिने सबैलाई धन्यवाद दिए। महामारीबाट बच्नु नै सबैभन्दा ठूलो कुरा रहेको सुनाउँदै उनले विषम परिस्थितिमा सबभन्दा पहिला जनप्रतिनिधि नै महामारीविरुद्ध खटिएको…

    विस्तृतमा पढ्नुस्

  • ओझेलमा ‘२६ कुरिया’ क्षेत्र : पोखरामा बजार बसाउन कास्कीकोटका राजाले भक्तपुरदेखि लगेका थिए २६ नेवार परिवार

    ओझेलमा ‘२६ कुरिया’ क्षेत्र :  पोखरामा बजार बसाउन कास्कीकोटका राजाले भक्तपुरदेखि लगेका थिए २६ नेवार परिवार

    पुरानो पोखरा बजार। चिप्लेढुंगा चोकको सडक छेउमै राखिएको छ होडिङ बोर्ड। मौलिक घरको दृश्य राखिएको उक्त बोर्डमा लेखिएको छ,‘हाम्रो संस्कृति नै, हाम्रो पहिचान हो।’ चिप्लेढुंगा चोकदेखि दायाँतिर सिद्धार्थचोकबाट माथि लागेपछि सुरु हुन्छ पोखराको पुरानो बजार। सिद्धार्थचोकदेखि माथि गणेशटोल, रामकृष्ण टोल, भीमसेन टोल, तेर्सोपट्टि, मोहरिया टोल, नालामुख हुँदै विन्दावासिनी मन्दिरसम्मका क्षेत्र यसमा समेटिन्छ। इतिहासका पानामा यस क्षेत्रको आफ्नै अस्तित्व छ। तात्कालीन…

    विस्तृतमा पढ्नुस्

  • को बन्ला पहिलो ‘गण्डकी रत्न’ ? विभूषितले पाउनेछन् यस्तो सुविधा

    को बन्ला पहिलो ‘गण्डकी रत्न’ ? विभूषितले पाउनेछन् यस्तो सुविधा

    पोखरा : गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’का लागि गरेको आह्वानमा ८ जनाले आवेदन दिएका छन्।  प्रत्येक वर्ष ‘गण्डकी रत्न’बाट धेरैमा तीन जनालाई विभूषित गर्ने योजनासहित गण्डकी प्रदेश सरकारले विशिष्ट व्यक्ति सम्मान गर्नेसम्बन्धी कार्यविधि २०७८ ल्याएको थियो। प्रदेशको श्रीवृद्धि र गौरव बढाउने व्यक्तिलाई विभूषित गर्ने कार्यविधिलाई पुस २६ मा बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो। कार्यविधि स्वीकृत भएसँगै माघ ४ गते आन्तरिक मामिला मन्त्रालयले…

    विस्तृतमा पढ्नुस्

  • वडा टुक्राउने गण्डकीको सिफारिसमा वडावासी खुशी

    वडा टुक्राउने गण्डकीको सिफारिसमा वडावासी खुशी

    पोखरा : लेख बहादुरलाई आफ्नो वडा कार्यालय पुग्नुभन्दा हुप्सेकोट गाउँपालिकाको कार्यालय पुग्न नजिक पर्छ। साढे दुई घण्टाको पैदल यात्रा गरेर मात्र पुग्छन् मस्याङ्गी वडा कार्यालय। त्यो पनि हिउँदको समयमा मात्र। फाँटमा रहेको वडा कार्यालयबाट माथि पहाडमा बाटो नपुगेको होइन। तर, मोटरबाटाे वर्षको सात महिनामात्र प्रयोगमा आउँछ। बाँकी समय बाटो हिलाम्मे। सडक पुगे पनि मोटर जाने पुल बनिसकेको छैन। पैदल मार्गमा झोलुङ्गे पुल छ। त्यो पनि…

    विस्तृतमा पढ्नुस्

  • ग्रामीण भेगका वडामा छैनन् सुत्केरीका लागि आवश्यक स्वास्थ्य उपकरण

    ग्रामीण भेगका वडामा छैनन् सुत्केरीका लागि आवश्यक स्वास्थ्य उपकरण

    पोखराः आइतबार राती १० बजे बडिगाड गाउँपालिका ३ सिसाखानी बागलुङकी २६ वर्षीया महिलालाई सुत्केरी व्यथा लाग्यो। रातको करिब १ बजे घरमै बच्चा जन्माएकी उनको साल अड्क्यो। वडा नम्बर ३ मा बर्थिङ सेन्टर त थियो तर, वडामा रहेको बर्थिङ सेन्टरमा आवश्यक उपकरण नभएको र सरकारले तोकेअनुसार एसबिएको सर्टिफिकेट लिएको अनमी नभएपछि परिवारको रोजाइमा तीन घण्टाको दुरीमा रहेको दगातुन डाँडाको स्वास्थ्य चौकी…

    विस्तृतमा पढ्नुस्

  • दाइ पत्रकारहरुलाई प्रश्न : मेरो कपडालाई हेरेर मलाई 'जज' गर्ने कहिलेसम्म?

    दाइ पत्रकारहरुलाई प्रश्न : मेरो कपडालाई हेरेर मलाई 'जज' गर्ने कहिलेसम्म?

    क्रियाको प्रतिक्रिया हुन्छ, कुनै सकरात्मक त कुनै नकरात्मक। अभिव्यक्ति दिन थालेपछि मान्छेका अनेकौं टीका टिप्पणी। कसैले प्रोत्साहन गर्छन् त कसैले कुरा काट्छन्। गाली वा तालीको वास्ता नगरी अघि बढ्नुको विकल्प हुँदैन। तर, वास्ता कुन हदसम्म नगर्ने त? हिंसाविरुद्ध आवाज उठाएपछि पीडितलाई नै प्रश्न गरिरहने कि समाज र पीडकको प्रवृत्तिलाई? अरुलाई प्रश्न गर्ने 'कथित बौद्धिक' तप्कालाई प्रतिप्रश्न हो मेरो। केही समयअघि…

    विस्तृतमा पढ्नुस्

  • बसाइँसराइले सुनसान बनेको चिप्ली गाउँको कथा

    बसाइँसराइले सुनसान बनेको चिप्ली गाउँको कथा

    पोखराः कालोपाटी। त्यसमा लेखिएको वर्णमाला अक्षर। अक्षर चिनाउन खोज्दै छन् शिक्षक। विद्यालयको भित्तामा कोरिएको चित्र हो यो। तर, चित्रभन्दा फरक छ विद्यालयको दृश्य। विद्यालयको कालोपाटीमा वर्णमाला लेखिन्न आजभोलि। विद्यार्थीले कखरा सिक्दै गरेको भेटिन्न त्यहाँ। विद्यार्थी खेल्ने भलिबल कोर्टमा कुनै एक रेष्टुरेन्टको डाइनिङ टेबल राखिएको छ। चित्र चिनाउन कोरिएको भित्ताका रंग खुइलिएका छन्। विद्यार्थीले पढ्ने विद्यालय आजकाल घाम ताप्ने र कपडा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell