पोखरा : कोरोना भाइरस महामारीको समयमा नेपालमा आत्महत्याको दर ३० प्रतिशतले बढेको थियो। नेपाल प्रहरीको तथ्यांक अनुसार पनि आर्थिक वर्ष २०७७/७८ मा नेपालमा आत्महत्या गर्नेको सख्ंया बढेर ७ हजार ११७ पुगेको थियो। आर्थिक वर्ष २०७८/७९ मा भने सो संख्या घटेर ६ हजार ७९२ पुग्यो। आत्महत्या गरेका ८० प्रतिशत कुनै न कुनै मानसिक रोगको समस्यासँग जुधिरहेका तथ्यांकले देखाउँछ। जसमध्ये ‘डिप्रेसन’ आत्महत्याको…
पोखरा : केही समय अगाडिदेखि मानसिक समस्यासँग जुधिरहेकी प्रिया पौडेल (नाम परिवर्तन) लाई आफ्नो समस्याका कारण अनेकथरि लाञ्छनाको सामना गर्नुपर्यो। मानसिक स्वास्थ्यसँग सम्बन्धित मानिसको परम्परागत सोचको सामना गरेको तीतो अनुभव छ प्रियासँग। अनेकौँ टिप्पणीका कारण उनको मानसिक स्वास्थ्यमा थप असर पुर्याएको नमिठो सम्झना छ उनको। मानसिक स्वास्थ्यमा आएको समस्याकै कारण केही समय उनको दैनिक जिन्दगीमा अस्र पनि गर्यो। सबैको अगाडि…
पोखरा : माछापुच्छ्रेले बादलको घुम्टो उघार्ने याम हो यतिबेला। माछापुच्छ्रेको अदभुत दृश्य हेर्ने सही समय हो यो। खुलेको हिमाल र फेवातालको मनोरम दृश्य हेर्नका लागि दशैं बिदा सही मौका बन्न सक्छ। तर, तपाईँलाई थाहा छ पोखरामा घुम्नका लागि फेवाताल बाहेक अन्य गन्तव्य के छन्? प्राय पोखरा घुम्न आउने पर्यटकको भ्रमणको पहिलो गन्तव्य बन्छ फेवाताल। त्यो बाहेक घुम्ने स्थान अन्य पनि…
पोखराः आन्तरिक पर्यटकले चहलपहल हुने समय हो यतिबेला पोखराको फेवा किनार। पर्यटकको चहलपहल हुने समयमा फेवाताल भने जलकुम्भी झारले ढाकिएको छ। जलकुम्भी झारले फेवा कुरुप बनाउने समस्या वर्षेनि हुन्छ। झारले ताललाई कुरुप देखाउने समस्या भए पनि यसको दिगो समाधानमा सरोकारवालाको चासो देखाउँदैनन्। जलकुम्भी झार सफा गर्न पोखरा महानगरले मेसिन पनि ल्याएको थियो। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र…
पोखरा : पोखराको याम्दी क्षेत्र अहिले भेडा च्याङग्राको बथानले भरिएको छ। दशैँको छेकोमा हरेक वर्ष हिमाली जिल्लाबाट भेडा च्याङ्ग्रा भित्रिन्छ पोखरामा अनि याम्दीमा लाग्छ खरिदकर्ताको भीड। बझाङ, हुम्ला, मनाङ र मुस्ताङदेखि व्यापारी यो बेला पोखरा झर्छन्। यसवर्ष पनि याम्दीमा भेडा च्याङ्ग्राको बथान लिएर व्यापारी खरिदकर्ताको पर्खाइमा छन्। भेडा च्याङ्ग्राको बथानका भीडमा व्यापारी मात्र खरिदकर्ताको पर्खाइमा भने थिएनन्। व्यापारीहरुसँगै देखिन्थे बालबालिका…
पोखरा : पाठेघरमा सिष्ट भएपछि उपचार गर्न पुगेका थिए एलिन भण्डारी। पारलैङ्गिक पुरुष भएका कारण पनि उनी पाठेघर फाल्न चाहान्थे। पाठेघरमा देखिएको समस्याले उनलाई थप सताएको थियो। त्यसैले उनी उपचारका लागि काठमाडौंको एक सरकारी अस्पतालमा पुगे। अस्पतालका चिकित्सकले भने उनको शल्क्रिया गर्न मानेनन्। अस्पतालले स्वास्थ्य मन्त्रालयबाट सिफारिस ल्याउन भन्यो, अस्पतालले भने पछि उनी स्वास्थ्य मन्त्रालय पनि पुगे। तर, मन्त्रालयले उनलाई…
पोखराः २०७४ सालमा प्रतिनिधि सभा सदस्य बनेपछि एमाले सांसद आशाकुमारी विकलाई पहिलोपटक बोल्ने समय पाउन डेढ महिना लाग्यो। आफ्ना क्षेत्रका कुरा राख्न हुटहुटी त थियो तर समय बोल्न समय पाएकी थिइनन्। आँट गरेर विकले विशेष समयमा बोल्न माग गरिन। तर उनलाई प्रतिक्रिया आयो -'विशेष समय त विशेष सांसदहरुको लागि पो त।' सोमबार पोखरामा वेस्टमिन्स्टर फाउन्डेसन फर डेमोक्रेसीको आयोजनामा निवर्तमान सांसदहरुसँग विद्यार्थीको…
पोखरा : हातमा केही कागजात लिएर पर्खिदै थिए बसन्त भट्टराई। उनीमात्र होइन पोखरा महानगरपालिकाको कोठा नं १ मा प्रतीक्षमा थिए अरु पनि। उपस्थित धेरैको हातमा जग्गाको नक्सा, लालपुर्जा वा अन्य केही कागजात थियो। उनीहरु सबै पोखरा महानगरका प्रमुख धनराज आचार्यलाई भेटेर समस्या सुनाउन भेला भएका। भदौ १२ गतेदेखि पोखरा महानगरले ‘हेल्लो मेयर’ कार्यक्रम सञ्चालनमा ल्याएको छ। त्योसँगै सेवाग्राहीले महानगर प्रमुखसँग…
पोखरा : नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटेको छ गण्डकी प्रदेश। कोरोनाले पटकपटक सर्दै आएको कार्यक्रम असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्मका लागि तय भएको छ। कार्यक्रम तय भएसँगै भदौ ५ गते युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको प्रमुख आतिथ्यमा पोखरा रंगशालामा खेलकुद प्रतियोगिता कार्यकारी समितिको सचिवालय उद्घाटन भयो। उद्घाटनमा पुगेका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले खेलकुद प्रतियोगिता सम्पन्न गर्न कुनै कसर बाँकी…
पोखरा : पोखरा लेकसाइडको शान्ति नगरबाट घर जान सवारीसाधन कुरिरहेकी थिइन् एक युवती। भदौ १४ गते बिहान ६ बजेको समयमा बहिनीसँग छुट्टिएपछि जिरो छेउमा रहेको डेरासम्म पुग्न सवारीसाधन कुर्दै थिइन् उनी। त्यहीँबेला उनकै अगाडि आएर स्करपियो रोकियो। जिरो किलोमिटर छेउ रहेको उनको डेरासम्म छोड्दिने बताएपछि गाडीमा चढिन् उनी। तर, गाडीले उनलाई डेरा नभई माछापुच्छ्रे गाउँपालिका घाचोक पुर्यायो। उनलाई गाडीमा सवार…
पोखरा : पोखराका चहलपहल हुने क्षेत्रमध्येको एक महेन्द्रपुलको साँघुरो छेउमा रहेको पोखरा आर्ट ग्यालरीमा हिजोसम्म कला प्रदर्शनीको रौनक थियो। हरेक वर्ष जस्तै यसवर्ष पनि सिजर्नशील कलाकार समूहले भदौ १० गतेदेखि २५ गतेसम्मका लागि ‘इटर्नल लाइन्स’ सामूहिक कला प्रदर्शनी गरिरहेको छ। पोखरा महानगरका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा प्रदर्शनमा आएको सो प्रदर्शनीमा आज एकाएक नैराश्यता छाएको छ। प्रर्दशनी कार्यक्रम उद्घाटन गर्दै आर्चायले…
कास्कीको एक विद्यालयको छात्रावास रहेकी किशोरी गर्भवती भइन्। एसइई दिएर घर फर्किएपछि किशोरी बेलाबेला बिरामी परिरहन्थिन्। परिवारले छोरी बिरामी भइरहेको देखेपछि अस्पतालमा जाँच गराउँदा किशोरी गर्भवती भएको खुल्यो। गत जेठ २२ गते कास्की प्रहरीमा जबरजस्ती करणीको एउटा घटना दर्ता भयो। १६ वर्षकी किशोरीलाई उनकै डेरा छेउ बस्ने १८ वर्षका किशोरले बलात्कार गरेको मुद्दा परिवारले दर्ता गरेको थियो। यस्तै गत वर्षको…
पोखराः साउन ३ गते मध्यरातमा पोखरा (२७ तालचोकस्थित एनआइसी एशिया बैंकको एटिएम बुथ फोड्ने प्रयास भएकोबारे जिल्ला प्रहरी कार्यालयमा खबर आइपुग्छ। रातको २ बजे खबर आएलगत्तै प्रहरी घटनास्थलमा पुग्छ। एटिएम फोडेर चोरी गर्ने प्रयास भएको देखेपछि प्रहरीले खोजतलास सुरु गर्छ। सिसिटिभी फुटेजको मद्दतले प्रहरीले अपराधीको हुलिया पत्ता लगाउँछ। त्यसका साथै अपराधीले प्रयोग गरेको बाइक नम्बर पनि। सोही रात ३ बजे…
पोखरा : पोखरामात्र नभई गण्डकी प्रदेशकै पर्यटनमा नयाँ आयाम ल्याउने आशा जगाएको छ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले। प्रदेशकै पर्यटनमा आशा जगाइरहँदा पर्यटकीय नगरी पोखरालाई विमानस्थलले उत्साही नबनाउने कुरै रहेन। तर, यतिबेला उत्साही भन्दा बढी सुर्तामा छन् पोखरेली पर्यटन व्यवसायी। पर्यटन क्षेत्रमा नयाँ उत्साह ल्याउँछ भन्ने आशा राखिएको विमानस्थल नै पोखराको चमक बनेको प्याराग्लाइडिङ विस्थापनाको कारण बन्छ कि भन्नेमा चिन्तित पनि…
पोखरा : पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल संचालनमा बाधक बनेका समस्यामध्ये एक प्रमुख समस्या हो ल्याण्डफिल साइट। निर्माणधिन विमानस्थलदेखि जम्मा दूई किलोमिटरको दूरिमा पर्छ पोखराको ल्याण्डफिल साइट। यही वर्ष पुस १७ गतेदेखि विमानस्थलबाट उडान सुरु गर्ने मिति तय भइसकेको छ। तर, विमानस्थल संचालन गर्नु अगाडि समाधान गर्नैपर्ने समस्या भने जस्ताको तस्तै छ। पोखराको ल्याण्डफिल साइट कहाँ, कता र कहिले सार्ने टुंगो छैन। यता, उडानको मिति…
पोखरा : बिरामी भएको बताउँदै बिदा लिएकी पोखराको एक संस्थामा काम गर्ने महिला त्यसै दिन साँझ हँसिलो अनुहार लिएर कार्यालय फर्किइन्। उनको हँसिलो अनुहार पछाडि पीडाको गम्भीर राज पनि थियो। खुशीको कारण थियो गर्भमा रहेको छोरा। घरबाट निस्किँदा 'छोरी भए फर्किएर नआउनु' भन्ने श्रीमानको वचनले उनलाई सताएको थियो। यसर्थ उनी खुशी थिइन् - गर्भमा रहेको छोराले परिवारसँगको साथ जोगाइदिएको थियो।…
पोखराः कोहलपुर चोकदेखि केही भित्र। लगभग आधा घण्टाको दूरी पार गरेपछि पुगिन्छ गाभर भ्याली। अर्थात् बाँकेको ‘कान्छो देउराली’। तराईको उखरमौलो गर्मीमा गाभर भ्याली पुगेपछि राहत मिल्ने। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको भ्याली। चुरे पहाडको फेदमा निकुञ्जको सिमामा। त्यसैले पनि फरक छ गाभर भ्याली। जसलाई थप विशेष बनाएको छ भ्यालीभित्र रहेको मिश्रीत समुदायको बस्तीले। तराई, पहाड र हिमालको संस्कृतिक झल्को…
पोखरा : नीति तथा कार्यक्रम प्रस्तुत हुँदादेखि नै आगामी आर्थिक वर्षका लागि आउन लागेको गण्डकीको बजेटमाथि असन्तुष्टी पोखिएको थियो। सदनमा नीति तथा कार्यक्रम पास भए लगत्तै गण्डकीका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले ‘गण्डकीको बजेट झ्यालबाट आउन लागेको’ आरोप लगाएका थिए। उनले गण्डकीको बजेट मन्त्री र सांसदको टाउको गनेर आउन लागेको बताउँदै मुख्यमन्त्रीले आफना लागि पनि रकम छुट्टाएको आरोप…
पोखराः निर्माण सम्पन्न भएको एक वर्ष बढी भइसक्दा पनि पोखरा पर्यटक बसपार्क महानगरलाई हस्तान्तरण भएको छैन। तर हस्तान्तरण नहुँदै निजी क्षेत्रको कम्पनीलाई ठेक्कामा दिइएको पाइएको छ। साढे सात करोड रुपैयाँ लगानीमा बसपार्क निर्माण भएको हो। १८ रोपनी क्षेत्रफलको पर्यटक बसपार्कको जग्गा मात्र नभई ४० रोपनीको गल्फ कोर्स र ५ रोपनीको सवारी ट्रेनिङ सेन्टरको जग्गा पनि निजी कम्पनीलाई दिएको खुलेको हो।…
पोखरा : गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पताल हो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल। तर, यही अस्पतालमा सिटी-स्क्यानको सेवा बन्द भएको सात वर्ष बित्यो। जसको परिणाम स्वरुप बिरामीले सरकारी अस्पतालबाट सेवासुविधा लिन पाएका थिएनन्। महँगो शुल्क तिरेर निजी अस्पतालमा धाउन बाध्य छन् बिरामी। सातवर्षसम्म सिटी-स्क्यान सेवा संचालन गर्न नसकेको क्षेत्रीय अस्पतालले नयाँ सिटी-स्क्यान मेसिन ल्याउँदै छ। अस्पतालले नेदरल्यान्डको फिलिप्स कम्पनीसँग ७ करोड रुपैयाँमा गत…