PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

  • प्रधान सेनापति र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरबिच भेटवार्ता

    प्रधान सेनापति र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरबिच भेटवार्ता

    काठमाडौं : प्रधान सेनापति महारथी प्रभुराम शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरबिच भेटवार्ता भएको छ। भद्रकालीस्थित जंगी अड्डकामा शर्मा र नायरबिच भेट भएको हो। नायर असम राइफल्सका डायरेक्टर जनरलसमेत हुन्। भेटघाटका क्रममा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • कारागारमा रहेका पल शाहलाई उत्कृष्ट अभिनेता अवार्ड, पूजा उत्कृष्ट अभिनेत्री

    कारागारमा रहेका पल शाहलाई उत्कृष्ट अभिनेता अवार्ड, पूजा उत्कृष्ट अभिनेत्री

    काठमाडौं: 'ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८' सम्पन्न भएको छ। सोमवार चलचित्र विकास बोर्ड सभाहलमा आयोजना भएको अवार्ड समारोहमा पर्यटन तथा संस्कृति मन्त्री प्रेम आलेले विजेताहरुलाई अवार्ड हस्तान्तरण गरेका थिए। कोभिड १९ कोरोनाको महामारीका बिचमा चलचित्र निर्माण गरि प्रदर्शन गरेका डेढ दर्जन चलचित्रलाई समारोहमा सम्मान पत्र दिइएको थियो। यस वर्षको बल्कबस्टर चलचित्रमा 'म यस्तो गीत गाउँछु २' उत्कृष्ट घोषित भएको छ। त्यसैगरि, यस…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय निर्वाचन : वीरगंजका सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिँदै

    स्थानीय निर्वाचन : वीरगंजका सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिँदै

    काठमाडौं : आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पर्सामा नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ। विशेषगरी भारतसँग सिमाना जोडिएको क्षेत्रमा भारतीय सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। विशेष गरी निर्वाचनमा सीमा क्षेत्रमा आपराधिक क्रियाकलाप हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए। सीमा क्षेत्रमा  हातहतियार ओसारपसार र…

    विस्तृतमा पढ्नुस्

  • आज मेलम्चीको उद्घाटन : सुरुङमा पानी पठाइने, काठमाडौंमा पानी आउन भने अझै दुई साता लाग्ने

    आज मेलम्चीको उद्घाटन : सुरुङमा पानी पठाइने, काठमाडौंमा पानी आउन भने अझै दुई साता लाग्ने

    काठमाडौं : मेलम्चीको पानी आजबाट सुरुङमा पठाइने भएको छ। मेलम्ची खानेपानी विकास समितिले पानी सुरुङमा पठाउने तयारी भइसकेको जनाएको हो। समितिका सिनियर डिभिजन इन्जिनियर पद्‍मबहादुर कुँवरले सुरुङ र हेडवर्क्स् सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको जानकारी दिए। केही काम बाँकी भए पनि सुरुङ र हेडवर्क्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन  लागिएको उनले बताए। अम्बाथानमा खानेपानी…

    विस्तृतमा पढ्नुस्

  • रसिया युक्रेन युद्धको ४७ औं दिन : ४० लाख भन्दा बढी बालबालिका विस्थापित

    रसिया युक्रेन युद्धको ४७ औं दिन : ४० लाख भन्दा बढी बालबालिका विस्थापित

    रसिया र युक्रेन युद्धको आज ४७ औं दिन पुगेको छ। युद्धका कारण युक्रेनबाट हालसम्म ४५ लाख भन्दा बढी मानिस पलायन भइसकेका छन्। सबैभन्दा धेरै मानिस छिमेकी राष्ट्र पोल्याण्डमा शरण लिन पुगेका छन्। त्यहाँ हालसम्म २५ लाख भन्दा बढी मानिस प्रवेश गरिसकेका छन्। यस्तै, रोमानिया, मोलडोभा, रसिया, स्लोभाकियामा पनि लाखौं युक्रेनी शरण लिन पुगेका छन्। बेलारुसमा करिब २० हजार युक्रेनी नागरिक शरण…

    विस्तृतमा पढ्नुस्

  • सरकारले समयमा गर्न सकेन आइजी नियुक्ति, सशस्त्र प्रहरी नेतृत्वविहिन

    सरकारले समयमा गर्न सकेन आइजी नियुक्ति, सशस्त्र प्रहरी नेतृत्वविहिन

    काठमाडौं : सरकारले समयमै निर्णय गर्न नसक्दा सशस्त्र प्रहरी बल अहिले नेतृत्वविहीन बनेको छ। सोमवार राति १२ बजेबाट महानिरीक्षक शैलेन्द्र खनालले अवकाश पाइसकेका छन्। खनाल सोमवार दिउँसो नै सशस्त्र प्रहरी कार्यालय हलचोकबाट बिदा भइसक्दा पनि सरकारले अर्को आइजी नियुक्त गर्न सकेको छैन। महानिरीक्षक खनालले २०७४ चैत २९ गते आइजीको कार्यभार सम्हालेका थिए। सरकारले नयाँ आइजी नियुक्त गर्न नसक्दा खनालले निमित्त…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेत उद्योग वाणिज्य संघमा कांग्रेसका दुई गुट चुनावी प्रतिस्पर्धामाः एकलाई एमाले अर्कोलाई माओवादीको साथ

    सुर्खेत उद्योग वाणिज्य संघमा कांग्रेसका दुई गुट चुनावी प्रतिस्पर्धामाः एकलाई एमाले अर्कोलाई माओवादीको साथ

    सुर्खेतः सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि वृहत लोकतान्त्रिक साझा समूह र संयुक्त व्यवसायिक प्यानल चुनावी मैदानमा उत्रिएका छन्। वैशाख ४ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा नेपाली कांग्रेस निकट व्यवसायी दुवै जना प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन्। कांग्रेस उपसभापति पूर्णबहादुर खड्का निकटका हर्षविक्रम खड्का र नेता शेखर कोइराला समूहका लक्ष्मण कँडेलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरका १९ मतदानस्थल अति संवेदनशील

    मकवानपुरका १९ मतदानस्थल अति संवेदनशील

    हेटौँडाः मकवानपुरका १९ मतदानस्थल अति संवेदनशीलमा सूचीकृत गरिएको छ। सुरक्षाका दृष्टिकोणले जिल्लाका कुल १६५ मतदानस्थलमध्ये १९ वटा अति संवेदनशील अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार, जिल्लाका ६० वटा मतदानस्थल संवेदनशील र बाँकी ८६ सामान्य अवस्थाका छन्। मकवानपुरका १६५ मतदानस्थल अन्तर्गत ३५६ मतदान केन्द्र कायम छन्। जिल्लामा स्थानीय तहको निर्वाचन भयरहित, शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न गृह…

    विस्तृतमा पढ्नुस्

  • पाँच देशका राजदूतले राष्ट्रपतिसमक्ष प्रस्तुत गरे ओहोदाको प्रमाणपत्र

    पाँच देशका राजदूतले राष्ट्रपतिसमक्ष प्रस्तुत गरे ओहोदाको प्रमाणपत्र

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि पाँच मुलुकका गैरआवासीय राजदूतले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।  राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा अष्ट्रिया, हङ्गेरी, अर्जेण्टिना, क्यानडा र डोमिनिकन गणतन्त्रका राजदूतले  प्रमाणपत्र प्रस्तुत गरेका हुन्। अष्ट्रियाबाट क्याथरिना विजर, हङ्गेरीबाट आन्द्रेस लाज्लो किराली, अर्जन्टिनाबाट ह्युगो हाभियर गोबी, क्यानडाबाट क्यामरुन डीन म्याके र डोमिनिकन गणतन्त्रबाट डेभिड पुइगले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। उनीहरू सबैजना…

    विस्तृतमा पढ्नुस्

  • देशलाई श्रीलंका बनाउन खोजियो भन्ने कुरा अफवाह हो : अर्थमन्त्री शर्मा

    देशलाई श्रीलंका बनाउन खोजियो भन्ने कुरा अफवाह हो : अर्थमन्त्री शर्मा

    काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले देशलाई श्रीलंका जस्तो बनाउन खोजियो भन्ने कुरा अफवाह मात्र भएको दाबी गरेका छन्। आज अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले अहिले देशको अवस्था श्रीलंकाको जस्तो नभएको दावी गरेका हुन्। चुनावी रकमदेखि सामाजिक सुरक्षा भत्ता समेत दिन नसकेको भनेर हल्ला चलाएको समेत अर्थमन्त्रीले बताए। यिनै विषयलाई जोडेर देश श्रीलंकाको जस्तै आर्थिक संकट हुन लागेको अफवाह फैलाएको उनको…

    विस्तृतमा पढ्नुस्

  • सन् २०२२ को पहिलो त्रैमासमा भित्रिए ७८ हजार बढी विदेशी पर्यटक, गत वर्षभन्दा १३८% ले वृद्धि

    सन् २०२२ को पहिलो त्रैमासमा भित्रिए ७८ हजार बढी विदेशी पर्यटक, गत वर्षभन्दा १३८% ले वृद्धि

    काठमाडौंः सन् २०२२ को पहिलो त्रैमासमा नेपाल भ्रमणमा आउने पर्यटको संख्या ७८ हजार नाघेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्। गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष विदेशी पर्यटक आगमन १३८.९५ प्रतिशतले वृद्धि भएको तथ्यांक शर्माले प्रस्तुत गरे। मार्च महिनामा मात्रै ४२ हजार विदेशी पर्यटक भित्रिएको उनले बताए।सोमबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै अर्थमन्त्री शर्माले मुलुकको पर्यटन क्षेत्रलाई थप विस्तार गर्दै अगाडी…

    विस्तृतमा पढ्नुस्

  • जगदिशको 'लैजाउँला कान्छी' गीतको भिडियोमा आर्यन र नम्रताको अभिनय

    जगदिशको 'लैजाउँला कान्छी' गीतको भिडियोमा आर्यन र नम्रताको अभिनय

    काठमाडौं : गायक जगदिश समालको स्वरमा ‘लैजाउँला कान्छी’ बोलको गीत सार्वजनिक भएको छ। हरि सुजीको शब्द रहेको गीतमा पूर्ण लामिछानेले संगीत भरेका छन्। जगदिशको स्वर रहेको गीतका एरेन्जर आशिष अविरल हुन्। विधान कार्कीको निर्देशन रहेको गीतको भिडियोमा नक्षत्र प्रोडक्शनको प्रस्तुती तथा लगानी रहेको छ। गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता सापकोटाको अभिनय रहेको छ। सार्वजनिक गीत ‘डान्सिंग प्याटर्न’मा…

    विस्तृतमा पढ्नुस्

  • चुनावमा ६ करोड खर्च गरेको अभिव्यक्ति दिएका शशांक कोइरालालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

    चुनावमा ६ करोड खर्च गरेको अभिव्यक्ति दिएका शशांक कोइरालालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

    काठमाडौं : निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता शशांक कोइरालाई स्पष्टीकरण सोधेको छ। नवलपरासीबाट प्रतिनिधिसभा सांसद रहेका कोइरालाले एक कार्यक्रममा निर्वाचन खर्च बोलेका कुरालाई आधार मानेर आयोगले स्पष्टीकरण सोधेको हो।   निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले कोइरालाको चुनाव खर्चबारे प्रश्न उठेको भन्दै स्पष्टीकरण सोधिएको जानकरी दिएका हुन्। उम्मेद्वारले गर्न पाउने चुनाव खर्च २५ लाख भए पनि कोइरालाले सार्वजनिक कार्यक्रममा ६ करोड खर्च गरेको बताएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • एकीकृत समाजवादीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

    एकीकृत समाजवादीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

    काठमाडौं : निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीलाई स्थानीय तह निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ। आसन्न स्थानीय तह निर्वाचनको आचारसंहिता जारी भइसकेपछि एकीकृत समाजवादीले चैत २६ गते काठमाडौंको भृकुटीमण्डमा आयोजना गरेको आमसभामा आचार संहिता उल्लंघन भएको गुनासो आएको आयोगले जनाएको छ।  आयोगले तीनदिन भित्र जवाफ पेश गर्न एकीकृत समाजवादीलाई निर्देशन दिएको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए। 'एकीकृत समाजवदीले भृकुटीमण्डपमा…

    विस्तृतमा पढ्नुस्

  • जातीय पहिचानका लागि राजनीतिको रस बुझ्न पर्छ : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ

    जातीय पहिचानका लागि राजनीतिको रस बुझ्न पर्छ : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ

    काठमाडौं : गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले जातीय पहिचानका लागि राजनीति बुझ्न जरुरी रहेको बताएका छन्। चितवनमा तमु ह्युल छोंज धी गुरुङ् राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले राजनीति बुझ्न नखोज्ने जातीय स्वभाव भएकाले गुरुङ समुदाय पछि परेको बताए। जातीय स्वायत्तताका लागि राजनीतिको रस बुझ्न जरुरी रहेको गुरुङको भनाइ थियो। ‘यो समुदायले राजनीतिमा पहुँच बढाउन आवश्यक छ,…

    विस्तृतमा पढ्नुस्

  • एकीकृत समाजवादीका उपमहासचिव भन्छन् : विदेशमा रहेका नेपालीलाई ५-७ डलर बैंकमा जम्मा गर्न लगाऔं

    एकीकृत समाजवादीका उपमहासचिव भन्छन् : विदेशमा रहेका नेपालीलाई ५-७ डलर बैंकमा जम्मा गर्न लगाऔं

    काठमाडौं : नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेलले सरकारसँग अझै साँढे ६ महिनालाई वैदेशिक आयात धान्न सक्ने रकम भएको दाबी गरेका छन्। सोमबार पार्टी केन्द्रिय कार्यालय नयाँ बानेश्वरमा युवा संघ नेपालले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले सरकारसँग अझै विदेशी मुद्रा सञ्चित भएको बताएका हुन्। उनले नेपालमा चर्चा भएजत्तिको आर्थिक संकट नभएको बताए। विदेशमा भएका सबै नेपालीहरुलाई आफूले जम्मा…

    विस्तृतमा पढ्नुस्

  • अर्थतन्त्रमा संकटबारे योगेश भट्टराईको टिप्पणी : केही व्यक्तिको सन्कीपनले नीति भाँडियो

    अर्थतन्त्रमा संकटबारे योगेश भट्टराईको टिप्पणी : केही व्यक्तिको सन्कीपनले नीति भाँडियो

    काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले केही व्यक्तिको सन्कीपनले देशको नीतिहरु भाँडिएको आरोप लगाएका छन्। सोमवार काठमाडौंमा स्वास्थ्य वैज्ञानिकहरुको आठौं सम्मेलनलाई सम्बोधन गर्दै भट्टराईले आर्थिक अवस्था बिग्रिनुको पछि केही ‘सन्की व्यक्ति’ को हात रहेको बताएका हुन्। नेपालमा आयात हुने सामानको संख्या उच्च रहेको भन्दै उनले विदेशी मुद्राहरुको सिञ्चिति घटिरहेको बताए। ‘केही मानिसहरुको सन्कीपनले हाम्रा नीतिहरु भड्किएका छन्। केही मानिसहरुको…

    विस्तृतमा पढ्नुस्

  • विदेशी फिल्मको प्रदर्शनमा नियमन गर्न माग गर्दै बोर्ड पुगे चलचित्रकर्मी

    विदेशी फिल्मको प्रदर्शनमा नियमन गर्न माग गर्दै बोर्ड पुगे चलचित्रकर्मी

    काठमाडौं : विदेशी फिल्मको प्रदर्शनमा नियमन र कडाई गर्नुपर्ने मागसहित चलचित्र विकास बोर्डमा चलचित्रकर्मीहरूले ज्ञापनपत्र बुझाएका छन्। बोर्डका अध्यक्ष दयाराम दाहालसमक्ष मागसहितको ज्ञापनपत्र बुझाइएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिए। पुस्कर लामासहित फिल्म निर्देशक शोभित बस्नेत, निर्माता संघका उपाध्यक्ष उदय सुब्बालगायतले बोर्डमा पुगेर मागपत्र बुझाएका हुन्। मागपत्रमा फिल्म निर्देशक, प्राविधिक र निर्माता गरी सय जनाभन्दा बढीको हस्ताक्षर रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • चार वर्षे कार्यकाल सकेर घर फर्किँदै सशस्त्र प्रहरीका आइजी खनाल, अबको २१ दिने आइजी को बन्ला?

    चार वर्षे कार्यकाल सकेर घर फर्किँदै सशस्त्र प्रहरीका आइजी खनाल, अबको २१ दिने आइजी को बन्ला?

    काठमाडौं : सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आज राति १२ बजेबाट अवकाश पाउँदै छन्। चार वर्षे कार्यकाल सकिएको कारण उनले अवकाश पाउन लागेका हुन्। महानिरीक्षक खनालले २०७४ चैत २९ गते आइजीको कार्यभार सम्हालेका थिए। सशस्त्र प्रहरी कार्यालय हलचोकमा अहिले महानिरीक्षको विदाई कार्यक्रम भइरहेको छ। खनालको आधा कार्याकाल कोरोना भाइरस महामारीको अवस्था बिच नै बित्यो। खनालले विगत केही वर्षदेखि रोकिएको सरुवा, बढुवा,अभिवृद्धि विकास, सीमा…

    विस्तृतमा पढ्नुस्

  • वैशाख १० गते राति १२ बजेसम्म उम्मेदवार टुंगो लगाउँछौं : माधव नेपाल

    वैशाख १० गते राति १२ बजेसम्म उम्मेदवार टुंगो लगाउँछौं : माधव नेपाल

    काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट हुने बताएक छन्। आज कुश्मामा आयोजित एक कार्यक्रमा उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने विषयमा दुविधा नभएको बताउँदै २०७४ सालको स्थानीय तह निर्वाचनले कुन दलको हैसियत कति छ भन्ने देखाएकाले गठबन्धनमा पनि सोहीअनुसार सहमति हुने बताएका हुन्। नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell