काठमाडौं : काभ्रेको पनौती नगरपालिकाले एकल महिलालाई मासिक भत्ता दिन सुरु गरेको छ। ३५ वर्ष नाघेका अविवाहित, सम्बन्ध विच्छेद भएका र पति बेपत्ता भएका महिलालाई मासिक दुई हजार रुपैयाँका दरले भत्ता प्रदान गर्न थालिएको नगर कार्यालयले जनाएको छ। नगरबाट मासिकरुपमा विशेष सामाजिक सुरक्षा भत्ता व्यवस्थापन गरी एकल महिलालाई चैतदेखि भत्ता दिन थालिएको उपप्रमुख गीता बञ्जाराले बताइन्। उनका अनुसार विभिन्न कारण…
बिस्केक : एएफसी फुटसल एसिया कप छनोट अन्तर्गत आज सम्पन्न खेलमा नेपालले ताजकिस्तानसँग हार ब्यहोरेको छ। कीर्गिस्तानको राजधानी बिस्केकस्थित गाज्पोर्म स्पोर्ट्स कम्प्लेक्समा नेपाली टोली ११-१ गोलको फराकिलो अन्तरले पराजित भएको हो। खेलको तेस्रो मिनेटमै आदिल हमिदले नेपाललाई अग्रता दिलाएका थिए। तर, ८ औं मिनेटमा ताजिकिस्तानका योरोभ इडरिसले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। खेलको १७ औं मिनेटमा ताजकिस्तानका योरोभ इड्रिस रेड…
कैलाली: कैलालीमा श्रीमतीले हँसिया प्रहार गरी श्रीमानको हत्या गरेकी छिन्। मोहन्याल गाउँपालिका–१ मा हँसिया प्रहार ३२ वर्षीया चुमा थापामगरले श्रीमान् ४३ वर्षीय नारायण थापामगरको हँसिया प्रहार गरी हत्या गरेकी हुन्। आइतबार राति १२ बजेको समयमा दुई जनाबिच विवाद हुँदा चुमाले हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। त्यसपछि श्रीमानको हत्या गरेकी चुमा…
काठमाडौं : मधेश प्रदेशको प्रदेशसभाको बैठक आज बस्दैछ। प्रदेशसभा सचिवालयका अनुसार आज अपराह्न ३ बजे प्रदेशसभाको बैठक बस्नेछ। आजको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिए।
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ राउण्ड गोली सहित प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ। तनहुँ भानु नगरपालिका-७ की २७ वर्षीया सोबिता नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। नेपाल एयरलाईन्सको उडानदेखि काठमाडौंबाट जापानको नारिता जान लागेकी उनलाई विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको झोलामा गोली फेला पारेको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
शाहिद कपुर अभिनित फिल्म 'जर्सी' को प्रदर्शन मिति स्थगित भएको छ। १४ अप्रिलमा रिलिज हुने भनिएको यो फिल्म अब अप्रिल २२ मा रिलिज हुने पक्का भएको हो। यसअघि यो फिल्म २०२१ डिसेम्बरमा रिलिज हुने भनिएको थियो। तर कोरोनाको तेस्रो लहरबिच रिलिज हुन सकेको थिएन। अप्रिल १४ मा यश अभिनित बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म 'केजीएफ २' रिलिज हुँदैछ। यसकै मारबाट बच्न जर्सीको…
काठमाडौंः कैलालीमा श्रीमतीले श्रीमानको हत्या गरेकी छिन्। मोहन्याल गाउँपालिका-१ राक्सा बस्ने ३३ वर्षीया थुमा थापामगरले ४४ वर्षीय श्रीमान् नारायण बुढामगरको हत्या गरेको भन्दै प्रहरी कार्यालयमा पुगेकी थिइन्। गए राति यसरी उनी पुगेपछि प्रहरीले थुमालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ। घरायसी विवादको क्रममा धारिलो हसियाले प्रहार गरी नारायणको हत्या गरेपछि उनी आफै इलाका प्रहरी कार्यालय पण्डौनमा पुगेको प्रहरीले जानकारी दिएको…
काठमाडौं : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीविरुद्ध पार्टी कार्यकर्तालाई परिचालन गर्ने भएको छ। पार्टी महासचिव विप्लवले पार्टी कमिटीहरुका नाममा जारी गरेको सर्कुलरमा पार्टी पंक्तिलाई एमसीसी कार्यान्वयनमा अवरोध गर्ने गरी निर्देशन दिइएको हो। पार्टीको केन्द्रीय कमिटीको बैठकले पारित गरेको निर्णय सार्वजनिक गर्न जारी सर्कुलरमा एमसीसीलाई अवरोध गर्नका लागि ‘एमसीसीले अधिग्रहण गरेको जमिन जनताको संघर्षका बलमा रोक्ने, त्यसका लागि…
आइतवार भारतको राजधानी नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा वामपन्थी छात्र संगठन अल इन्डिया स्टुडेन्ट्स एशोसिएसन ‘आइसा’ र हिन्दुवादी छात्र संगठन अखित भारतीय विद्यार्थी परिषद् ‘एबीवीपी’ बिच झडप भएको थियो। विश्वविद्यालयको होस्टेलको मेसमा मांसाहारी खानाको विषयलाई लिएर दुई समूहबिच झडप भएको थियो। झडपका क्रममा कयौं विद्यार्थी घाइते भएका थिए। उक्त घटनालाई लिएर दिल्ली प्रहरीले मुद्दा दर्ता गरेको बीबीसीले जनाएको छ। वामपन्थी…
काठमाडौं : सत्तारुढ पाँच दलीय गठबन्धनले यसअघिका मतभेदलाई छोडर चुनावमा एकतावद्ध हुन अपिल जारी गरेको छ। अझै परिवर्तनलाई आत्मसात गर्न नसक्ने र नचाहनेले खेलबाड गरिरहेकाले गठबन्धनको आवश्यकता भएको अपिलमा उल्लेख छ। ‘कतिपय शक्तिहरु यो परिवर्तनको विरुद्ध अझै पनि षड्यन्त्र गरिरहेका छन् भन्ने कुराको उदाहरण देशको संविधानको उल्लंघन गर्दै संसद्माथि निरन्तर प्रहार, अदालत उपर खेलवाड र संवैधानिक अंगहरुमा पैदा गराइएको बेथितिले…
काटमाडौंः झापाको बिर्तामोडमा ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। बिर्तामोड नगरपालिका–२ स्थित रामचोकमा गए राति ट्रकको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले जानकारी दिए। मृत्यु हुनेमा बिर्तामोड–२ का २९ वर्षीय सम्यम बजगाईं रहेका छन्। पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ६४५५ नम्बर को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बा १५ प ८२०२…
बिस्केक: नेपाली फुटसल टोलीले आज ताजिकिस्तानसँग प्रतिपर्धा गर्दैछ। एएफसी फुटसल एसियन कप छनोट अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कीर्गिस्तानको राजधानी बिस्केकस्थित गाज्पोर्म स्पोर्ट्स कम्प्लेक्समा ताजकिस्तानको सामना गर्नेछ। खेल नेपाली समय अनुसार पौने ११ बजे सुरु हुनेछ। यसअघि आईतवारको खेलमा नेपालले समूहकै बलियो मानिएको उज्बेकिस्तानसँग ५-१ गोलअन्तरले पराजय ब्यहोरेको थियो। ताजकिस्तानले अघिल्लो खेलमा अफगानिस्तानसँग ४-४ गोलको बराबरी खेलेको थियो। कीर्गिस्तान आएर…
जनकपुरधामः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जनकपुरधाम उपमहानगरपालिकाको मेयर र उपमेयर पदका लागि ५/५ जनाको नाम सिफारिस गरेको छ। धनुषामा आइतबार बसेको बैठकले मेयर र उपमेयरका उम्मेदवारको सूची सिफारिस गरेको हो। नगर प्रमुखका लागि मनोजकुमार चौधरी, परमेश्वर साह, सञ्जय चौधरी, अमर पञ्जियार र जानकी राम साहको नाम सिफारिस गरिएको लोसपा धनुषाका अध्यक्ष प्रमेश्वर साहले जानकारी दिए। यस्तै उपप्रमुखमा विभा ठाकुर,…
जनकपुरधामः जनकपुरमा जारी जनकपुर टि-२० क्रिकेट अन्तर्गत आइतबार भएको खेलमा रोयल ११ र जयनगर (भारत) क्रिकेट टिम विजयी भएका छन्। प्रतियोगिता अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा रोयल ११ ले बगेवा क्रिकेट टिमलाई १०० रनले पराजित गरेको छ। रोयलका लागि सुयोग प्रजापतिले ९९ रनको योगदान दिए। रोयलले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा बगेवा ५४ रनमै समेटिएको थियो। आइतबार नै भएको…
हेटौँडाः मकवानपुर प्रहरीले यात्रुवहाक बसबाट ३५ किलो लागूऔषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मनहरिको टोलीले पूर्व-पश्चिम लोकमार्गमा चितवनबाट हेटौँडा आइरहेको बा ८ ख ८१०६ नम्बरको यात्रुवहाक बस चेकजाँच गर्दा ३५ किलो गाँजा फेला पारेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता देवेन्द्र दासका अनुसार बसको पछाडिको सिटमा सवार ५ जनालाई झोलामा लुकाइछिपाई राखेको गाँजासहित…
जनकपुरधामः मुख्यमन्त्री लालबाबु राउतले वातावरण तथा जलवायु संरक्षणमा युवाहरुको भूमिका अपरिहार्य रहेको बताएका छन्। आइतबार क्रिएसन संस्थाले जनकपुरधाममा आयोजना गरेको वातावरण तथा जलवायु अनुकूल विकासमा नेपाली युवा कार्यक्रमको समुदघाटन गर्दै मुख्यमन्त्री राउतले वातावरण संरक्षणमा युवाहरुको सक्रिय सहभागिता आवश्यक रहेको बताए। चुरेको निरन्तर क्षयीकरणका कारण मधेश प्रदेश प्राकृतिक विपदको उच्च जोखिममा रहेको उल्लेख गर्दै उनले चुरे संरक्षणको साथै अन्य वातावरणीय संरक्षणका…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको आर्थिक अवस्था श्रीलंकाको जस्तै बन्न लागेको बताएका छन्। आइतवार नेपाल राष्ट्रिय शिक्षक संगठनको १३ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले देशको अर्थतन्त्र संकटपूर्ण हुँदै गएको बताएका हुन्। उनले आउने केही समयमा कर्मचारीले तलब र भत्ता जनताले नपाउने दाबी समेत गरे। ‘अहिले अर्थतन्त्र हेर्नुस् त देशको। श्रीलंका बन्न जाँदैछ नेपाल।…
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायत समस्याको वैज्ञानिक समाधान खोजिने बताएका छन्। मन्त्री निवास पुल्चोकमा पेट्रोलियम पदार्थको क्षेत्रमा कार्यरत विभिन्न संघसंगठनका प्रतिनिधिहरूसँग छलफल गर्दै मन्त्री बडूले पेट्रोलियम पदार्थको वैज्ञानिक व्यवस्थापन गर्ने बताएका हुन्। विश्वभर पेट्रोलियम पदार्थको क्षेत्रमा देखिएको संकटको असर नेपालमा समेत परेको भन्दै बडूले…
काठमाडौं : नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडको आयोजनामा तेस्रो संस्करणको नेपाल बास्केटबल लिग (एनबिएल) जेठ दोस्रो साता काठमाडौंमा हुने भएको छ। आइतबार पत्रकार सम्मेलन गर्दै पुरुष बास्केटबल २०७९ साल जेठ ७ र महिला लिग जेठ १८ गतेदेखि हुने जानकारी दिइएको हो। दुई महिनासम्म संचालन हुने एनबिएललिग राउण्ड रोबिनको आधारमा होम एण्ड अवे ढाँचामा हुनेछ। शीर्ष चार टिमले प्लेअफमा स्थान बनाउने…
काठमाडौं : हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहने फिल्म‘महापुरुष’ बन्ने घोषणा भएको छ। प्रदीप भट्राईको निर्देशन रहने फिल्मको बैशाख दोस्रो साताबाट छायाङ्कन सुरू हुनेछ। षट्कोण आर्ट्सको प्रस्तुतीमा निर्माण हुने फिल्ममा म्याक्स् दिपेश खत्री निर्माताको रुपमा छन्। फिल्ममा कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन्। निर्देशक भट्टराई र निर्माता बानियाँले यसअघि प्रदीप भट्टराईको निर्देशन रहेको ‘जात्रा र जात्रै जात्रा’ मा सहकार्य गरिसकेका छन्। फिल्ममा श्रेष्ठ र आचार्यसँगै…