काठमाडौंः सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजी) मा पुष्पराम केसीलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले एआईजी पुष्पराज केसीलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो। सोमवार राति १२ बजेबाट महानिरीक्षक शैलेन्द्र खनालले अवकाश पाएपछि सशस्त्र नेतृत्वविहीन भएको हो। खनालका ब्याजीमध्येका पुष्पराम केसी र रामशरण पौडेले दुवै आईजीको प्रतिस्पर्धामा थिए। वरीयताको आधारमा केसी अगाडि थिए। उमेर हदका कारण दुवै जनाले १९ दिनपछि…
साधारणतया विश्वभर शुक्रवार नै फिल्म रिलिज हुने 'टेन्ड्र' छ। सन् १९३९ मा फिल्म 'गन विथ द विन्ड' शुक्रवार रिलिज भएको थियो। सो फिल्म सुपरहिट भएपछि शुक्रवार नै फिल्म रिलिज गर्ने परम्परा बसेको मानिन्छ। बलिउड देखि नेपालमा समेत प्रायजसो शुक्रवार नै फिल्म रिलिज हुने गर्छ। तर, अपवादमा केही फिल्म शुक्रवार भन्दा अघि नै रिलिज हुन्छन्। कुनै विशेष चाडपर्व र अवसर पारेर केही फिल्मले…
फिलिपिन्समा बाढी पहिरोका कारण ५० जनाभन्दा बढीको मृत्यु भएको छ। मेघी आँधीका कारण आएको बाढी पहिरोमा हालसम्म ५३ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ। आइतवार सुरु भएको आँधीबाट प्रभावित क्षेत्रमा अहिले उद्धारकार्य जारी छ। मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन्। आँधीका कारण बेबे शहर धेरै प्रभावित भएको छ। यस्तै, डाभाओ, मिनडानो लगायतका क्षेत्रमा पनि आँधीको प्रभाव परेको छ।…
अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाले युक्रेनमा ‘नरसंहार’ मच्चाएको आरोप लगाएका छन्। मंगलवार एक कार्यक्रममा उनले युक्रेनमा नागरिकहरुको हत्या गरेर रसियाले ‘नरसंहार’ गरेको बताएका हुन्। यसअघि बाइडेनले रसियाका राष्ट्रपति भ्लादमीर पुटिनलाई ‘युद्ध अपराधी’ को संज्ञा दिएका थिए। युक्रेनका कयौं शहरमा नागरिकहरुको हत्या भएको रिपोर्टहरु सार्वजनिक भएपछि अहिले पुटिनको आलोचना भइरहेको छ। युक्रेनी शहर मउरीपोलमा मात्रै २१ हजार नागरिकको मृत्यु भएको दखाबी…
काठमाडौं : नेकपा माओवादी केन्द्रको चुनावी अभियान पोस्टरमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो प्रयोग गरिएको छ। 'लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निशुल्क बिजुलीको' क्याप्सनसहित माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भेरिफाइड पेजबाट पोस्टर बुधवार बिहान सार्वजनिक भएको हो। 'अँध्यारोबाट उज्यालोको यात्रा लेखिएको' पोस्टरमा अध्यक्ष प्रचण्डपछि अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको फोटो राखिएको छ। तीनै जनाको फोटोमाथि माओवादीको…
काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरु भारतीय राजदूत विनयमोहन क्वात्राको विदाइको रात्रिभोजमा सहभागी भएका छन्। दूतावासले आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्री देउवा, सत्ता गठबन्धनमा आवद्ध नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सहभागी भएका छन्। नेकपा (एमाले) उपाध्यक्ष सुवास नेम्वाङ पनि रात्रिभोजमा पुगेका छन्। सामान्यतयाः विदाइ हुने राजदूतले शीर्ष नेताहरुलाई भेट गर्ने प्रचलन भए पनि…
काठमाडौँः सत्ता गठबन्धनले आसन्न स्थानीय तह निर्वाचनमा सिट बाँडफाँडमा सहमति गरेको छ। गठबन्धनद्वारा गठित केन्द्रीय संयन्त्रले सिट बाँडफाँडका आधार तय गरेको हो। बाँडफाँडमा सात आधार तय भएका छन्। संयन्त्रको बैठकले यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा विजयी भएका स्थान यथावत राख्ने भएका छन्। नवगठित एकीकृत समाजवादीको हकमा पनि यही व्यवस्था लागू हुनेछ। यस्तै अघिल्लो निर्वाचनको उम्मेद्ववारहरुले पाएको मतभारलाई पनि सिट…
काठमाडौँः सत्तारुढ पाँच दलीय गठबन्धनभित्र स्थानीय तह निर्वाचनमा सहकार्य र टिकट सिट बाँडफाँडको गृहकार्य जारी छ। सत्तारुढ पाँच दलको संयन्त्रको बैठकले महानगर तथा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको टिकटको अन्तिम निर्णय संयन्त्रमार्फत गर्ने निर्णय गरेको छ। कतिपय स्थानमा जिल्लामा सहमति नहुने निश्चित भएको अवस्थामा संयन्त्रले यस्तो निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महानगर तथा…
बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रमुख पदमा नेकपा एमालेले ८ जनाको नाम सिफारिस गरेको छ। बुटवल उपमहानगरको प्रमुखको उम्मेदवारका लागि बहालवाला प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्यका साथै बाबुराम भट्टराई, गोपाल राना, तेजेन्द्र केसी, रामप्रसाद रेग्मी, सूर्यबहादुर भट्टराई र सावित्रा अर्यालको नाम सिफारिस गरिएको नगर अध्यक्ष किसन ज्ञवालीले जानकारी दिए। एमाले केन्द्रीय सदस्य तथा नगर प्रमुख सुवेदीले आफूले अगाडि सारेका योजनाहरू पूरा…
वीरगंज : नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपा माओवादी बिग्रिएको कम्यूनिष्ट पार्टी भएको बताएका छन्। मंगलवार वीरगंजमा आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री गुरुङले भने, ‘जसरी बिग्रेका कम्यूनिष्ट कुहिएको माछा सरह नै हुन्छ, त्यसरी नै अहिलेको अवस्थामा माओवादी बिग्रेको कम्युनिस्ट र कुहिएको माछा हो।’ उनले गठबन्धनका नेताहरु नेता स्याल र एमालेका नेताहरु हात्ती भएको बताए। साथै स्थानीय तह निर्वाचनमा…
पोखरा : स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले) बाट पोखरा महानगरपालिकाको प्रमुख पदका लागि १२ जनाले आकांक्षा देखाएका छन्। मंगलबार एमालेको महानगरपालिका कमिटीले पोखराको प्रमुख र उपप्रमुखमा आकांक्षी रहेकाहरुको नाम संकलन गरेको थियो। प्रमुख र उपप्रमुख पदमा आकांक्षी रहेकाले आज भएको बैठकमा नाम दर्ता गराएका थिए। प्रमुख पदमा बहालवाला सांसददेखि पुर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सम्धिनी समेत आकांक्षी देखिएका छन्। प्रमुख पदमा…
हेटौंडा : नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदका लागी तीन-तीन जनाको नाम सिफारिस गरेको छ। मंगलवार बसेको नगर कमिटीको बैठकले हेटौंडा उपमहानगरका हालका प्रमुख हरि बहादुर महत, संविधान सभा सदस्य अनन्त पौडेल र एमाले मकवानपुका पुराना नेतृ गणेशकुमारी प्रधानको नाम सिफारिस गर्ने निर्णय गरेको हो। त्यसैगरी, उपप्रमुखमा सुमित्रा काफले, आरती पाठक र ईन्द्र प्रसाद नेपालको नाम सिफारिस गरिएक छ।…
काठमाडौं : सत्ता गठबन्धनको बैठकले जिल्ला संयन्त्रहरुलाई वैशाख ४ गते सम्म चुनावी भागबन्डाबारे टुंगो लगाउन समय दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले भागबन्डा बारे निर्णय लिन समय थप गर्दै जिल्ला र स्थानीय संयन्त्रलाई वैशाख ४ गते सम्म टुंगो लगाउन निर्देशन दिएको नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए। यसअघि चैत अन्तिमसम्म उम्मेदवारीबारे निर्णय गर्न गठबन्धनले भनेको थियो। सत्ता गठबन्धन भित्र चुनावी…
काठमाडौं : बलिउड गायिका आस्था गिलको आगामी वैशाख २४ गते शनिबार (मे ७) मा काठमाडौं आउने भएकी छिन्। दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजना हुने ‘आस्था गिल लाइभ’ कन्सर्टमा उनले सांगीतिक प्रस्तुती दिनेछिन्। युहान इन्टरनेसनल इभेन्ट, फेलिज, एमी इन्टरटेनमेन्ट र क्लब प्लाटिनमले संयुक्त रुपमा आयोजना गर्न लागेको यो कार्यक्रमका लागि आयोजकले अग्रिम टिकट बुकिङ खुला गरेका छन्। फिल्म ‘फग्ली’को पार्टी सङ ‘ढुप चिक’बाट गायनमा होमिएकी आस्थाका ‘अभि…
काठमाडौं : हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मेलम्चीको पानी काठमाडौं लगेबापत रोयल्टी र मुनाफा उपलब्ध गराउन माग गरेका छन्। आज मेलम्ची खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा उनले खानेपानीमन्त्री उमाकान्त चौधरीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका थिए। एघार बुँदे ज्ञापनपत्र बुझाउँदै अध्यक्ष शेर्पाले हेलम्बुका बाढीपीडितलाई सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट उपलब्ध गराउने रकम प्रतिपरिवार पाँच लाख तोकिएकामा उक्त रकम बढाएर…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको संघर्षको बलमा प्राप्त उपलब्धि रक्षाका लागि माओवादीले निर्वाचन जित्नै पर्ने बताएका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा पार्टीको प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रममा उनले माओवादीले लडेर ल्याएको उपलब्धि रक्षाको जिम्मा माओवादीको काँधमा नै आएको बताए। ‘संघीय लोकतान्त्रिक गणतन्त्र माओवादीले लडेर ल्याएको हो। यसको रक्षा गर्ने दायित्व माओवादीको नै हो’, दाहालले…
काठमाडौं : समीक्षा अधिकारी र कृष्ण काफ्लेको स्वर रहेको ‘नो मनी फन्फनी’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा विजय गिरीको शब्द, सरोज प्याकुरेलको संगीत र विषम आचार्यको संगीत संयोजन रहेको छ। महेन्द्र निरौलाको निर्देशनमा बनेको भिडियोमा सुरेश कोली र मनिषा थापाको अभिनय रहेको छ। भिडियोमा पैसा नभएका साथी सर्कलको रमाइला घटनाहरु समेटिएका छन्। यो गीत छायाङ्कन गर्दा भक्तपुरको एउटा चोकको नाम…
बिस्केक: नेपाली फुटसल टोली अफगानिस्तानसँग पराजित भएको छ। कीर्गिस्तानको राजधानी बिस्केकस्थित गाज्पोर्म स्पोर्ट्स कम्प्लेक्समा सम्पन्न खेलमा नेपाली टोली ८-१ गोलअन्तरले पराजित भएको हो। यसअघिका खेलमा नेपालले उज्बेकिस्तानसँग ५-१ र ताजकिस्तानसँग ११-१ गोलअन्तरको फराकिलो हार ब्यहोरेको थियो। अफगानिस्तानले भने उज्बेकिस्तानसँग पराजय र ताजकिस्तानसँग बराबरी खेलेको थियो। एकमहिनाको तयारी पछि कीर्गिस्तान आएको नेपाली टोलीले दुई मैत्रीपूर्ण र प्रतियोगिताका दुई खेल खेल्दा सबैमा…
काठमाडौं : चुनावी भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। आजको बैठकमा कुन स्थानीय तहमा कुन दलका उम्मेदवार लाई दिने भन्नेबारे टुंगो लाग्ने नेताहरुले बताएका छन्। बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको माओवादीक केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक रमेश मल्लले जानकारी दिए। सोमवार गठबन्धनको बैठकले साझा अपिल जारी गरेको थियो भने गठबन्धनको मोडालिटीबारे पनि छलफल गरेको…
काठमाडौं : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सुरक्षामा नेपाली सेनालाई खटाउन राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएकी छिन्। राष्ट्रपतिको कार्यालयले मङ्गलवार विज्ञप्ति जारी गर्दै सेना परिचालनका लागि स्वकृति दिएको जानकारी दिएको हो। 'स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८' मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरू एकीकृत तथा समन्वयात्मक रूपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि राष्ट्रिय सुरक्षा परिषद्को चैत १७ गते…