PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

  • पुटिन माक्रोन वार्ता : पोल्याण्डका प्रधानमन्त्रीलाई फ्रान्सेली राष्ट्रपतिले भने 'दक्षिणपन्थी र यहुदी विरोधी'

    पुटिन माक्रोन वार्ता : पोल्याण्डका प्रधानमन्त्रीलाई फ्रान्सेली राष्ट्रपतिले भने 'दक्षिणपन्थी र यहुदी विरोधी'

    फ्रान्सका राष्ट्रपति इमान्यूल माक्रोनले पोल्याण्डका प्रधानमन्त्री मतेउच मोराविकीलाई ‘दक्षिणपन्थी र यहुदी विरोधी’को संज्ञा गरेका छन्। रसियाका राष्ट्रपति भ्लादमीर पुटिनसँग वार्ता गरेका कारण मोराविकीले माक्रोनको आलोचना गरेका थिए। मोराविकीले पुटिनसँगको छलफललाई हिटलरसँगको वार्ताका रुपमा व्याख्या गरेका थिए। रसिया र युक्रेनबिच युद्ध सुरु भएयता माक्रोन लगातार पुटिनसँग छलफलमा छन्। यिनै वार्तालाई लक्षित गर्दै मोरोविकीले सोमवार भनेका थिए : पुटिनसँग कतिपटक वार्ता भयो…

    विस्तृतमा पढ्नुस्

  • हुलाक टिकट बटुल्दै सुरु भएको शंकर श्रेष्ठको यात्रा, मल्लकालीन मुद्रा संकलित किताब लोकार्पण

    हुलाक टिकट बटुल्दै सुरु भएको शंकर श्रेष्ठको यात्रा, मल्लकालीन मुद्रा संकलित किताब लोकार्पण

    काठमाडौं : सानो छँदा नै शंकर श्रेष्ठलाई हुलाक टिकट संकलन गर्ने सोख थियो। जैशीदेवलमा घर भएका उनले आफ्नो रुची अनुसार नै हुलाक टिकट बटुल्न थाले। हुलाकमा रहेका तस्विरले उनलाई आकर्षित गर्थ्यो। यस्तै यसको प्रयोग किन हुन्छ भनेर जान्ने कौतुहल्ता बेग्लै। मार्गदर्शन गर्ने कोही थिएन। आफै जानीनजानी हुलाक टिकट संकलन गर्न थाले। पछि यही संकलन कार्यलाई उनले निरन्तरता दिए। आफ्नो संकलनलाई हुलाक…

    विस्तृतमा पढ्नुस्

  • आजबाट सेतो मछिन्द्रनाथको रथयात्रा, तीनधाराबाट असन पुर्‍याइने

    आजबाट सेतो मछिन्द्रनाथको रथयात्रा, तीनधाराबाट असन पुर्‍याइने

    काठमाडौं : वर्षा र सहकालका देवता मानिने करुणामय सेतो मछिन्द्रनाथ (जनबहा: द्य:)को रथयात्रा आजबाट सुरु हुँदैछ। आज जनबहालबाट सेतो मछिन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालामा ल्याइन्छ। र, तीनधारा पाठशाला अघि बनाइएको रथमा सेतो मछिन्द्रनाथलाई बिराजमान गराएर सयौं मानिसले तानेर घण्टाघर रत्नपार्क, भोटाहिति हुँदै असनसम्म पुर्‍याउने छन्।  आइतवार भने रथलाई असनबाट इन्द्रचोक हुँदै हनुमानढोका पुर्‍याइनेछ। सोमवार रथलाई हनुमानढोकाबाट मरु, जैसीदेवल, मजिपात हुँदै लगन पुर्‍याइन्छ। लगनमा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यका र वाग्मती प्रदेशमा बढ्यो सार्वजनिक यातायातको भाडा, ट्याक्सीको भाडा पनि बढ्यो

    काठमाडौं उपत्यका र वाग्मती प्रदेशमा बढ्यो सार्वजनिक यातायातको भाडा, ट्याक्सीको भाडा पनि बढ्यो

    काठमाडौं : काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशमा सार्वजनिक यातायातका साधन र ट्याक्सीको भाडा बढेको छ। पछिल्लो समय इन्धनमा भएको मूल्यवृद्धिसँगै संघीय सरकारले केन्द्रीय भाडा १०-१५ प्रतिशतले बढाएको थियो। संघले सरकारले भाडा बढाएपछि वाग्मती प्रदेश सरकारले पनि भाडादर समायोजन गरेको हो।   श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार भाडा वृद्धि गरिएको जनाइएको छ।  वृद्धि भएको भाडा नयाँ वर्षको पहिलो दिनदेखि…

    विस्तृतमा पढ्नुस्

  • भारतको तमिलनाडुमा दुलहा र दुलहीलाई साथीहरुले उपहारमा दिए पेट्रोल र डिजेल

    भारतको तमिलनाडुमा दुलहा र दुलहीलाई साथीहरुले उपहारमा दिए पेट्रोल र डिजेल

    रसिया युक्रेन युद्धका कारण अहिले विश्व बजारमा इन्धनको मूल्य बढेको छ। दक्षिण एसियाली राष्ट्रमा पनि इन्धनको मूल्य बढ्दो छ। माग बमोजिम इन्धन आयात हुन सकेको छैन। जसकारण पेट्रोल र डिजेल पाउन सकस छ। भारतमा पनि पेट्रोल र डिजेलको मूल्य बढ्दो छ। इन्धन भर्न पेट्रोल पम्पमा लाइन लागेको छ। कहिँकतै त ५० रुपैयाँभन्दा कम मूल्यमा इन्धन नदिने घोषणा नै गरिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • शतकबाट चुके गिल, पञ्जाबमाथि गुजरातको जित

    शतकबाट चुके गिल, पञ्जाबमाथि गुजरातको जित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा गुजरात टाइटन्सले पञ्जाब किंग्समाथि जित निकालेको छ। मुम्बइस्थित ब्रबोर्न स्टेडियममा सम्पन्न खेलमा गुजरातले पञ्जाबमाथि ६ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८९ रन बनाएको थियो। पञ्जाबका लागि लिआम लिभिङस्टोनले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६४ रन बनाउँदा शिखर धवनले ३५ तथा जितेश शर्माले २३…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज हेल्थकेयर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम

    वीरगंज हेल्थकेयर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम

    वीरगंजः वीरगंज हेल्थकेयर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बीमा कार्यक्रमको उद्घाटन गरे। ढकालले कार्यक्रमबारे ग्रामीण भेगका जनतालाई जानकारी र जनचेतना नभएको पनि बताए। उनले वीरगंजको नारायणी अस्पताल, नेशनल मेडिकल कलेजसँगै वीरगंज हेल्थकेयरमा सुरु भएको सेवाले जनताले लाभ लिने बताए। बीमा बोर्ड वीरगंज शाखाका हरिश पन्तले कार्यक्रमबारे जानकारी गराएका थिए।

    विस्तृतमा पढ्नुस्

  • गभर्नर अधिकारी निलम्बित, पूर्व न्यायाधीश भण्डारीको संयोजकत्वमा छानबिन समिति

    गभर्नर अधिकारी निलम्बित, पूर्व न्यायाधीश भण्डारीको संयोजकत्वमा छानबिन समिति

    काठमाडौँः सरकारले गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन्। विभिन्न आरोपमा छानिबन समिति गठबन भएसँगै अधिकारी निलम्बनमा परेका हुन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले समिति गठन गरेको हो। पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारीबीच द्वन्द्व बढेको थियो। त्यो द्वन्द्व सतहमै प्रकट हुन थालेको थियो। न्यायिक छानविन समिति गठन गर्दै गभर्नर अधिकारीलाई निलम्बन गरेको हो। सर्वोच्चका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा तीन…

    विस्तृतमा पढ्नुस्

  • समाजवादीका मन्त्रीलाई फिर्ता बोलाएर सुदूरपश्चिम सरकारमा कांग्रेस सहभागी

    समाजवादीका मन्त्रीलाई फिर्ता बोलाएर सुदूरपश्चिम सरकारमा कांग्रेस सहभागी

    कैलालीः सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएको छ। केन्द्रको सत्ता गठबन्धनलाई नै असर पर्ने स्थिति पैदा भएपछि माओवादी केन्द्रले नेतृत्व गर्दै आएको प्रदेश सरकारमा कांग्रेसलाई पनि सहभागी गराइएको हो। मुख्यमन्त्री त्रिलोचन भट्टले कांग्रेसका रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, गोबिन्द बोहोरालाई सामाजिक विकासमन्त्री र टेकबहादुर रैकालाई सामाजिक बिकास राज्यमन्त्रीमा नियुक्त गरेका हुन्। यस्तै आर्थिक मामिलामन्त्रीमा एकीकृत समाजवादीका प्रकाश…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डका भाई नारायण दाहाल राष्ट्रियसभा सदस्‍यमा मनोनीत

    प्रचण्डका भाई नारायण दाहाल राष्ट्रियसभा सदस्‍यमा मनोनीत

    काठमाडौः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरिएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई सदस्यमा मनोनीत गरेकी हुन्। सरकारको सिफारिसमा शुक्रवार मनोनीत गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • आजबाट लागू भयो निर्वाचन आचारसंहिता, के गर्न पाइन्छ के पाइँदैन ?

    आजबाट लागू भयो निर्वाचन आचारसंहिता, के गर्न पाइन्छ के पाइँदैन ?

    काठमाडौं : निर्वाचन आचारसंहिता आजबाट लागू भएको छ। निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै जारी गरेको संहिता आजबाट लागू भएको जनाएको हो। निर्वाचन आचारसंहिता नेपाल राजपत्रमा यसअघि नै प्रकाशित भइसकेको छ। आचारसंहिता नेपाल सरकार र मन्त्रीहरु, प्रदेश सरकार र मन्त्रीहरु तथा संवैधानिक निकाय र पदाधिकारीहरुलाई लागू हुनेछ। यस्तै, प्रदेश सरकारका निकाय, स्थानीय कार्यपालिका र सोका सदस्य, संघ, प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • चार अक्षरको राजीनामा चाहिएन, म कुनै लाभको पदमा छैन भनेर तीन अक्षरको घोषणा ल्याए पुग्छ : प्रमुख निर्वाचन आयुक्त

    चार अक्षरको राजीनामा चाहिएन, म कुनै लाभको पदमा छैन भनेर तीन अक्षरको घोषणा ल्याए पुग्छ : प्रमुख निर्वाचन आयुक्त

    काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा बहालवाला पदाधिकारी र लाभका पदमा रहेका व्यक्तिको राजीनामा नखोज्ने स्पष्ट पारेको छ।। तर, उम्मेदवारी दर्ता गर्दा आफू लाभको पदमा नबसेको 'स्वघोषणा' भने सँगै पेश गर्नुपर्ने आयोगले जनाएको छ। राजीनामाको विषय सर्वोच्च अदालतमा विचाराधिन रहेको भन्दै 'चार अक्षर'को 'राजीनामा'को सट्टा 'तीन अक्षर'को 'घोषणा'लाई लागू गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका हुन्।  'हामीलाई चार अक्षरको राजीनामा चाहिँदैन।…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीका एघारै जिल्लाका खेलकुद पदाधिकारी सहित सरुवा अस्पताल व्यवस्थापन समितिका पदाधिकारी हटाइयो

    गण्डकीका एघारै जिल्लाका खेलकुद पदाधिकारी सहित सरुवा अस्पताल व्यवस्थापन समितिका पदाधिकारी हटाइयो

    पोखरा : गण्डकी प्रदेश सरकारले प्रदेशको एघारवटै जिल्लाका खेलकुद पदाधिकारी र संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका पदाधिकारी हटाउने निर्णय गरेको छ। चैत २४ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता कुमार खड्काले पदाधिकारी हटाउने निर्णय भएको जानकारी दिएका हुन्। यसअघि चैत १८ गतेको मन्त्रिपरिषद्को बैठकले सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सहित चारजनालाई २४ घण्टे…

    विस्तृतमा पढ्नुस्

  • एमालेको सूर्य चुनाव चिह्नमा राप्रपा नेपालले निर्वाचन लड्न सक्छ : कमल थापा

    एमालेको सूर्य चुनाव चिह्नमा राप्रपा नेपालले निर्वाचन लड्न सक्छ : कमल थापा

    काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी हुन सक्ने सम्भावना रहेको बताएका छन्। शुक्रवार स्थानीय तह निर्वाचन घोषणापत्र तथा चुनाव चिह्न सार्वजनिकीकरण समारोहलाई सम्बोधन गर्दै थापाले अहिले एमालेको चुनाव चिह्नमा निर्वाचन लड्न सक्नेबारेमा छलफल भइरहेको बताएका हुन्। एमालेसँग सहकार्य गर्ने कुरा प्रारम्भिक चरणमा सम्पन्न भएको उनले जानकारी दिए। ‘राजनीतिक,…

    विस्तृतमा पढ्नुस्

  • विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि स्वदेशमै वातावरण सिर्जना गर्नुपर्छ : राष्ट्रपति भण्डारी

    विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि स्वदेशमै वातावरण सिर्जना गर्नुपर्छ : राष्ट्रपति भण्डारी

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षा अध्ययनको लागि विदेश जाने विद्यार्थीहरुलाई स्वदेशमै उच्च शिक्षा दिने वातावरण सिर्जना गर्नुपर्ने बताएकी छिन्। शुक्रवार उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) को काठमाडौंमा सुरु भएको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विद्यार्थीहरुलाई स्वदेशमै उच्च शिक्षा दिने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएकी हुन्। उनले नेपालबाट उच्च शिक्षाका लागि वर्षेनी हजारौं विद्यार्थीहरु विदेश…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले ५४ सिटको दुरुपयोग गरे, माधव नेपालसँग ३ सिट जित्ने हुती छैन : ओली

    प्रचण्डले ५४ सिटको दुरुपयोग गरे, माधव नेपालसँग ३ सिट जित्ने हुती छैन : ओली

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन चुनौती दिनु भएको छ। शुक्रबार काठमाडौंमा आयोजित पार्टी निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौंथो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले चुनौती दिएका हुन्। ओलीले पार्टी एकीकरणको बेला आफूले ५४ सिट दिएको प्रचण्ड र २३ सिट दिएको माधव नेपालले त्यसको दूरुपयोग गरेर…

    विस्तृतमा पढ्नुस्

  • बारमा सत्ता गठबन्धनको क्लिनस्वीप, अध्यक्षमा घिमिरे विजयी

    बारमा सत्ता गठबन्धनको क्लिनस्वीप, अध्यक्षमा घिमिरे विजयी

    काठमाडौं : नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपाल कृष्ण घिमिरे निर्वाचित भएका छन्। बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहबाट अध्यक्षको उम्मेद्वारी दिएका घिमिरेले ४ हजार ४ सय ७४ मत प्राप्त गरेका छन्। उनले विष्णुमणि अधिकारीलाई पराजित गर्दै जित हासिल गरेका हुन्। अधिकारीले भने २ हजार ४ सय ८२ मत ल्याएका छन्। उपाध्यक्ष (प्रदेश नम्बर १) पदमा अधिवक्ता सुरज खत्री विजयी…

    विस्तृतमा पढ्नुस्

  • चिरिबाबुले पेश गरे कामको फेहरिस्त : ललितपुर महानगरलाई अब्बल र अनुकरणीय बनाएको दाबी

    चिरिबाबुले पेश गरे कामको फेहरिस्त : ललितपुर महानगरलाई अब्बल र अनुकरणीय बनाएको दाबी

    काठमाडौं : ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आफ्नो पाँच वर्ष कार्यकाल सफल भएको दाबी गरेका छन्। उनले ललितपुर महानगरपालिकालाई मुलुकै अब्बल र अनुकरणीय काम गर्ने स्थानीय तहका रुपमा चिनाएको समेत बताएका छन्। आफ्नो कार्यकालबारे जानकारी दिन आयोजित गर्न पत्रकार सम्मेलनमा उनले कामको फेहरिस्ट पेश गरेका थए।   पाँच वर्षमा महानगरबाट पारित कुल २३ अर्ब ५२ करोड ८१ लाख ४८ हजार…

    विस्तृतमा पढ्नुस्

  • समावेशी सिद्धान्तका आधारमा उम्मेदवारी सुनिश्चित गर्न महिला नेतृहरुको माग

    समावेशी सिद्धान्तका आधारमा उम्मेदवारी सुनिश्चित गर्न महिला नेतृहरुको माग

    काठमाडौं : विभिन्न राजनीतिक दलमा आवद्ध महिला नेतृहरुले स्थानीय तहको निर्वाचनमा समावेशी सिद्धान्तको आधारमा समानुपातिक ढंगले महिलाहरुको उम्मेदवारी सुनिश्चित गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्। शुक्रबार दिउँसो प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग सामूहिक भेट गरी महिला नेतृहरुले समावेशी समानुपातिक सिद्धान्तको आधारमा महिलाहरुको उम्मेदवारी हुनुपर्ने संवैधानिक व्यवस्था कार्यान्वयन गर्न माग गरेका हुन्। उनीहरुले उक्त व्यवस्थालाई कार्यान्वयन गर्न कठोर नीति लिन पनि…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीका ६७३ इन्स्पेक्टरको सरुवा, को कहाँ?

    प्रहरीका ६७३ इन्स्पेक्टरको सरुवा, को कहाँ?

    काठमाडौं : प्रहरी प्रधान कार्यालयले ६७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षकको बिहीवारको निर्णयअनुसार इन्स्पेक्टरहरुको सरुवा गरिएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार बैशाख महिनादेखिको तलव र भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी इन्स्पेक्टरहरुको सरुवा गरिएको छ।  

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell