काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा देउवा औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका हुन्। देउवा चार मन्त्रीसहित सरकारका उच्च अधिकारीहरुको जम्बो टोली लिएर औपचारिक भ्रमणमा निस्किएका हुन्। देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र…
काठमाडौं : राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले आजदेखि पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेको छ। शुक्रबारदेखि देशभर पेट्रोलियम पदार्थको ढुवानी (लोड अनलोड) बन्द गरेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले बताए। 'निगमले माग सम्बोधन नगर्दा डिलरहरुले खरिद गर्ने सबै इन्धनको ढुवानी रोकिएको हो। आज भारतीय र नेपालका डिपोहरुबाट इन्धन ढुवानी भएको छैन,' उनले भने, 'आयल निगमले चासो नदेखाएपछि…
काठमाडौं : नारायण वाग्लेको मदन पुरस्कार प्राप्त उपन्यास ‘पल्पसा क्याफे’ मा आधारित नाटक आगामी वैशाख ९ गतेबाट मञ्चन हुने भएको छ। कोरोना महामारीका कारण गत वर्ष रोकिएको थिएटर भिलेज समूहको यो नाटक थापागाउँ स्थित मण्डला थिएटरमा मञ्चन हुन लागेको हो। थिएटरमा बैशाखभर प्रदर्शन हुने नाटकको तयारी तीव्र गतिमा भइरहेको थिएटर भिलेजले जनाएको छ। विमल सुवेदीको निर्देशन र दीलिप रानाभाटको सहनिर्देशन रहेको नाटकमा सुरज…
काठमाडौं : सांगीतिक रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’को अडिसन खुला भएको छ। आगामी बैशाखबाट इमेज टेलिभिजनमा प्रसारण हुने शोको अडिसन खुला गरिएको हो। भ्वाइस स्टार नेपाल प्रालिले निर्माण गर्न लागेको शो आगामी बैशाख १८ गतेबाट प्रसारणमा आउनेछ। शोका निर्णायकमा गायकहरु सञ्जय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र गायिका मिलन नेवार पक्का भएको कार्यक्रमका निर्माता सुरज लाल जोशीले जानकारी दिए। अडिसनमा…
काठमाडौं : आज एक नेपाली र एक विदेशी फिल्महरू सिनेमाघरमा प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘हेल्लो जिन्दगी’ र हलिउड फिल्म ‘मोर्बियस’ रिलिज भएका हुन्। एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्म ‘हेल्लो जिन्दगी’मा हिराल जोशी र बिक्रम जोशी निर्माताका रूपमा रहेका छन्। यो फिल्म सत्य घटनामा आधारित रहेर लेखिएको बताइएको छ। फिल्ममा बिक्रम डी कार्की, प्रियंका कार्की, दीपिका प्रसाईं, एभरेष्ट सूर्य बोहरा,…
चरम आर्थिक संकटबाट गुज्रिरहेको दक्षिण एसियाली मुलुक श्रीलंकाको कोलम्बोमा बिहीवार राति हिंसा फैलिएपछि कर्फ्युको आदेश भएको छ। कोलम्बो जिल्लाको केही भागमा प्रदर्शनकारी सडकमा हिंसात्मक गतिविधिमा उत्रिएपछि रातिदेखि कर्फ्यु लगाउन परेको कोलम्बो टाइम्सले जनाएको छ। कोलम्बो नर्थ, कोलम्बो साउथ, कोलम्बो सेन्ट्रल, नुगेगोडा, केल्यानिया र माउन्ट लाभिनिया क्षेत्रमा कर्फ्यू लगाइएको हो। प्रहरी अधिकारीलाई उदृत गर्द कोलम्बो टाइम्सले यी क्षेत्रका विद्यालय कहिलेबाट खुल्छन्…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा चेन्नइ सुपर किंग्स लखनउ सुपर जाइन्टसँग पराजित भएको छ। मुम्बइस्थित ब्रबोर्न स्टेडियममा सम्पन्न खेलमा लखनउले चेन्नइमाथि ६ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको लखनउले १९.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। चेन्नइका लागि ओपनर रोबिन…
बुटवलः रूपन्देहीको सैनामैना नगरपालिकामा विपन्न तथा घरविहीन परिवारलाई घर हस्तान्तरण गरिएको छ। वर्षौँदेखि बसोबास गर्दै आएका विपन्न परिवारलाई छनोट गरी बिहीबार नगरपालिकाले घर हस्तान्तरण गरेको हो। नगरपालिकाले चक्रपथ निर्माण गर्दा विस्थापित हुनसक्ने परिवारको लागि भन्दै कञ्चन खोलाको किनारमा नमूना बस्ती निर्माण गरेको थियो। तराई-मधेस समृद्धि कार्यक्रमको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएका नमूना घरमा १ शौचालय…
काठमाडौँः नेपाली कांग्रेसको निर्वाचन परिचालन कमिटीले विधान बमोजिमका बाँकी समिति गठन तत्काल गर्न निर्देशन दिएको छ। विधान अनुसारका अनुशासन समिति, संसदीय समिति र कार्यसम्पादन समिति गठनको निर्देशन दिएको हो। उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकले प्रदेश लगायत विभिन्न तहका सभापतिहरुको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति गठनको पनि निर्णय गरेको छ। बैठकले…
काठमाडौँ : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को पाँचौँ संस्करण आजबाट सुरू भएको छ। फेस्टिभलको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरेका हुन्। उद्घाटनमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपाली फिल्म उद्योगलाई सरकारले सहयोग गर्न कन्जुस्याइँ नगरेको बताए। चलचित्रकर्मीहरुलाई मञ्चभन्दा फिल्डमा उत्रेर राम्रा चलचित्र बनाउन उनले सुझाव दिए। ‘चलचित्रकर्मीहरु मञ्चमा आवाज उठाउँछौँ। तर फिल्डमा कमजोर छौँ। तपाईंहरु उत्कृष्ट कथा ल्याउनुहोस्। राज्यले लगानी गर्नेछ,’ उनले…
काठमाडौँः यातायात व्यवसायीहरुको माग सम्बोधन गर्दै सरकारले गाडी भाडा १५ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ। सार्वजनिक यातायातको १० प्रतिशत र ढुवानी यातायातको १५ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय बिहीबार मन्त्रीस्तरको भएको हो। पेट्रोलियम पदार्थको लगातारको मूल्यवृद्धिपछि व्यवसायीहरुले यातायातका साधनको भाडा बढाउन माग गर्दै आएका थिए। बढेको भाडा चैत २० गते आइतबारदेखि लागू हुने यातायात व्यवस्था विभाग स्रोतले जानकारी दिएको छ। बिहीबार…
काठमाडौं : आज सरकारले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा गरेको विषयलाई लिएर सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। बढुवाबाट असन्तुष्ट बनेका डीआइजी ईश्वरबाबु कार्कीले सर्वोच्चमा दिएको रिट निवेदन आज दर्ता भएको छ। आज बिहान सरकारले पहिलो नम्बरमा डीआइजी वसन्त पन्त, दोस्रोमा धीरजप्रताप सिंह र तेस्रोमा रवीन्द्र बहादुर धानुकलाई बढुवा गरेको छ। चैत्र १ गते गृह मन्त्रालयको बढुवा समितिले…
काठमाडौं : स्थानीय तहको निर्वाचनको मतगणना स्थललाई सीसीटीभी क्यामेराबाट निगरानी गरिने भएको छ। यसका लागि निर्वाचन आयोगले सम्बन्धित स्थानीय तहहरुलाई निर्देशन दिएको छ। आयोगका प्रवक्ता शालिग्राम पौडेलले ७५३ स्थानीय तहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत निर्देशन दिइएको जानकारी दिए। त्यसका लागि विभिन्न पालिकाहरुले सीसीटीभी क्यामेरा जोड्दै गरेको र कतिपय पालिकाले प्रक्रिया सुरु गरेको जानकारी प्राप्त भएको उनले बताए। ‘सबै…
काठमाडौं : बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले निर्देशिका जारी गरेको छ। आयोगले स्थानीय तहसँग सम्बन्धित कानुन तथा कार्यविधिको व्यवस्थालाई व्यवस्थित बनाउन स्थानीय तह निर्वाचन निर्देशिका-२०७९ जारी गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। त्यस्तै, आयोगले निर्वाचनमा उम्मेद्वारले आफ्नो मनोनयन प्रक्रिया दर्ता गर्दा स्व-घोषणा गर्नुपर्ने व्यवस्था गरेको समेत उनले जानकारी दिए। त्यसका लागि आयोगले राजनीतिक…
काठमाडौं : आज सरकारले बढुवा गरेका तीन जना प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)लाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। दिउँसो प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले उनीहरुलाई दर्ज्यानी चिन्ह लगाएका हुन्। आज बिहान बनेको मन्त्रिपरिषद्को बैठकले तीन जनालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। त्यस्तै बढुवा असन्तुष्ट बनेका दुई जना डीआईजीले अदालतमा निवेदन दर्ता गराएका छन्। डीआईजी धनश्याम अर्याल र…
काठमाडौं: नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय सिरिजमा घरेलु टोली नेपाल फाइनल प्रवेश गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न खेलमा पपुवा न्युगिनीमाथि ३७ रनको जित निकालेसँगै नेपालले फाइनलमा स्थान बनाएको हो। आज सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पीएनजी १६६ रनमा अलआउट भयो।…
काठमाडौं : एएफसी कपको प्रिलिमिनरी राउण्डको खेल खेल्न श्रीलंकन क्लब ब्लु स्टार नेपाल आइपुगेको छ। नेपाली लिग शहीद स्मारक ए डिभिजन लिगको च्याम्पियन मछिन्द्र क्लबसँग भिड्न आज ब्लुस्टार नेपाल आइपुगेको हो। मछिन्द्र क्लब र ब्लुस्टार अप्रिल ५ मा दशरथ रंगशालामा आमनेसामने हुनेछन्। मछिन्द्रले उक्त खेल जितेको खण्डमा अप्रिल १२ मा भारतीय क्लब एटीके मोहन बगानसँग कोलकतामा खेल्नेछ। उक्त खेलको विजेताले…
पछिल्लो साता दक्षिण एसियाका पाकिस्तान, अफगानिस्तान, भारत र नेपालको भ्रमण गरेर उत्तरी छिमेकी चीनका विदेश मन्त्री वाङ यी स्वदेश फर्किए। उनले यसबिच इस्लामावादमा आयोजिन अर्गनाइजेसन अफ इस्लामिक कोअपरेशनको विदेश मन्त्रीस्तरीय ४८ औं बैठकमा सहभागी भए। उनको दक्षिण एसिया भ्रमणका विषयमा चीनको केन्द्रीय सञ्चार माध्यममा अन्तर्वार्ता दिएका छन्। नेपालमा उनको भ्रमण कति फलदायी भयो त? चीनले भ्रमणलाई कसरी मूल्याङ्कन गरेको छ? यसबारे…
काठमाडौं: एएफसी एसियन कप क्वालिफायर्सका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्। क्वालिफायर्समा नेपाल समूह ए मा छ। नेपाल रहेको समूहमा जोर्डन, कुवेत र इन्डोनेसिया छन्। छनोटमा छ वटा समूह छन्। हरेक समूहमा चार टोली छन्। हरेक समूहका शीर्ष टोली र दोस्रो स्थानमा रहेका पाँच टोलीले एएफसी एसिया कप २०२३ मा स्थान बनाउने छन्। नेपालले जोर्डनसँग…
काठमाडौं : वैदेशिक रोजगारी र रेमिट्यान्सका अर्थ सामाजिक आयामहरुलाई समेटेर तयार भएको पुस्तक परदेशको पसिना सार्वजनिक भएको छ। लेखक तथा पत्रकार यज्ञशले सम्पादन गरेको पुस्तक परदेशले वैदेशिक रोजगारीका विविध पाटाबारे विश्लेषण गरेको छ। वैदेशिक रोजगारी पछिल्ला वर्षहरुमा नेपाली समाजलाई सर्वाधिक प्रभावित पार्ने क्षेत्र हो। नेपाली समाज र अर्थतन्त्र दुवैको दिशानिर्देश समेत यस क्षेत्रले गरेको छ। किताब पब्लिसर्सले बजारमा ल्याएको यो पुस्तकमा वैदेशिक रोजगारीको…