वीरगंजः जीतपुर सिमरा गोल्डकपको उपाधि न्युरोड टिम (एनआरटी) ले उचालेको छ। सिमरा रंगशालामा शनिबार सम्पन्न खेलमा विभागीय टिम एपीएफलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै एनआरटीले उपाधि उचालेको हो। एनआरटीलाई उपाधि दिलाउने क्रममा मेसुके ओलोमइ र स्टेफन समिरले समान दुई/दुई गोल गरे। यस्तै दिपेश घलेले एक गोल गरे। एनआरटीका लागि यो उपाधि सिजनकै पहिलो हो। प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको इन्जुरी…
हेटौँडाः कार्यकालको अन्तिमतिर मकवानपुरको राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधिले आफूहरुले पाउँदै आएको सरकारी सुविधा त्यागेको स्वघोषणा गरेका छन्। शनिबार राक्सिराङ ९ स्थित गैजुराङमा अन्तिम कार्यपालिका बैठक बस्दै जनप्रतिनिधि भएबापत आफूहरुलाई प्राप्त भएको सरकारी सवारी तथा तलब भत्ता त्याग गरेको घोषणा गरेका हुन्। गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, ९ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यसहितको बैठकले आफूहरु अब आ-आफ्नो पार्टीको चुनावी प्रचारप्रसारमा व्यस्त हुनुपर्ने भएकाले नैतिकताको…
वीरगंजः नेकपा (एमाले) पर्साको अध्यक्षमा जयप्रकाश थारु सर्वसम्मत निर्वाचित भएका छन्। आठौँ जिल्ला अधिवेशनको स्थगित बन्दसत्र शनिबार सम्पन्न भएको छ। बन्दसत्रले थारुलाई अध्यक्ष चयन गरेको हो। थारु संविधानसभा सदस्य पनि हुन्। बन्दसत्रले थारुको अध्यक्षतामा १३५ सदस्यीय समिति चयन गरेको छ। यसअघि गत पुस २७ गते अधिवेशनको उद्घाटन भए पनि नेतृत्व चयनको विषयमा सहमति जुट्न नसकेपछि बन्दसत्र स्थगित भएको थियो। स्थगित…
काठमाडौँः नेपाल आयल निगम र आन्दोलनरत पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीमा अवरोध नगर्ने सहमति भएको छ। शनिबार निगमको कार्यालय टेकुमा भएको छलफलपछि समितिले आन्दोलनको कार्यक्रम फिर्ता लिएको हो। विक्रेता कमिसन र एलपी ग्यासको ढुवानी भाडा समायोजनको मागमा ७ दिनभित्र निष्कर्ष निकाल्ने सहमति भएपछि आन्दोलन स्थगन भएको हो। यस्तै, पेट्रोलियम कारोबारसँग सम्बन्धित अन्य मागबारे जेठ १५ सम्म…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा चेल्सीले ब्रेन्टफोर्डसँग पराजय ब्यहोरेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीले ब्रेन्टफोर्डसँग ४-१ गोलको लज्जास्पद हार ब्यहोरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा चेल्सीले अग्रता बनाएको थियो। खेलको ४८ औं मिनेटमा एनगोलो कान्टेको पासमा एन्टोनियो रुडिगरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। तर, त्यसको दुई मिनेट नबित्दै ब्रेन्टफोर्डका भिटाली…
फूलमान तामाङ- इन्द्रावती : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले झुटमाथि झुट बोलेको आरोप लगाएका छन्। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको नवलपुरस्थित गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै महामन्त्री थापाले यस्तो आरोप लगाएका हुन्। प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले १० -१५ मिनेटको अवधिमा तीन वटा झुट कुरा गरेको उनको दाबी थियो। ओलीले अनेरास्ववियु केन्द्रीय कमिटीको बैठकलाई शुक्रबार…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा वार्टफोर्डलाई हराउँदै लिभरपुल शीर्षस्थानमा उक्लिएको छ। एनफिल्ड स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले वार्टफोर्डमाथि २-० गोलअन्तरको जित निकालेको हो। खेलको २२ औं मिनेटमा जोए गोमेजको पासमा गोल गर्दै डिएगो जोटाले लिभरपुललाई अग्रता दिलाएका थिए। त्यस्तै दोस्रो गोल फ्याबिन्होले ८९ औं मिनेटमा पेनाल्टीमा पाएकव अवसर सदुपयोग गर्दै गरे। जितसँगै लिभरपुल ३० खेलबाट ७२ अंक…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सन्समाथि जित निकालेको छ। मुम्बइस्थित डीवाई पाटिल स्पोर्टस् एकेडेमीको मैदानमा सम्पन्न खेलमा राजस्थानले २३ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको मुम्बई १७० रनमा समेटियो। सुरुवाती ब्याटिङ गरेको राजस्थानलाई उच्च स्कोरतर्फ डोहोर्याउन जोस बट्लरले…
बुटवलः वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा रुपन्देहीमा सत्तारुढ गठबन्धनले चुनावी तालमेल गर्ने भएका छन्। स्थानीय तह निर्वाचनका लागि गठबन्धनमा आवद्ध पाँच दलले चुनावी तालमेलका लागि जिल्ला स्तरीय संयन्त्र गठन समेत गरेका छन्। रुपन्देही कांग्रेसका सभापति रामकृष्ण खाँणको संयोजकत्वमा नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक नारायण जिसी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामअवतार यादव, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष…
संकटकालको घोषणा लगत्तै श्रीलंकाले देशव्यापी कर्फ्यू समेत जारी गरेको छ। स्थानीय समयअनुसार आज साँझ ६ बजेबाट सुरु हुने कर्फ्यू सोमवार बिहान ६ बजेसम्मका लागि लागू हुने सरकार सूचना जारी गर्ने विभागले जनाएको छ। गत बिहीवार भएको हिंसात्मक झडपले श्रीलंकाको अवस्था थप कष्टकर बनाएको छ। यसै घटनालाई आधार बनाएर सरकारले संकटकालको घोषणा गरेको थियो। संकटकाल लगाएपछि भोलिदेखि देशका विभिन्न स्थानमा प्रदर्शनको…
काठमाडौं : राम्रो अभिनय के हो? नेपाली सिने क्षेत्रमा अभिनयको अवस्था कस्तो छ। अभिनेता र अभिनेत्रीको अभिनय कस्तो छ ? नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को पाँचौँ संस्करणको तेस्रो दिन यिनै प्रश्नमाथि मन्थन भएको छ। कलाकारहरुले नै नेपाली सिने क्षेत्रको अभिनयकलामाथि अन्तर्क्रिया गरेका हुन्। त्यसक्रममा रंगकर्मी/ निर्देशक सुनील पोखरेलले आफूले अहिलेसम्म ठ्याकै राम्रो अभिनयको परिभाषा बुझ्न नसकेको बताए। ‘पहिले अभिनय भनेको खत्रा हुन्छ जस्तो…
काठमाडौं : नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय सिरिजमा नेपालले मलेसियालाई हराउँदै अपराजित रहँदै फाइनलको यात्रा तय गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न खेलमा मलेसियालाई ८५ रनले हराएसँगै नेपाल र पपुवा न्युगिनी फाइनलमा भिड्ने टुंगो लागेको हो। नेपालले एक खेलअगावै फाइनलमा स्थान सुरक्षित गरेको थियो भने मलेसियाको आजको पराजयसँग पीएनजीले फाइनलमा स्थान सुरक्षित गरेको हो। आज सम्पन्न…
काठमाडौं : इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान भोलिदेखि सुरु हुने भएको छ। गएको वर्षमा नयाँ वर्षसँगै रोजा पर्व सुरु भएको थियो। यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन्। उर्दू क्यालेण्डर अनुसार बिहान ४:१५ बजेबाट बेलुका ६:२० बजे सम्म निराहार बस्नुलाई रोजा भनिन्छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन…
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा ठाउँ र आवश्यकताअनुसार तालमेल हुने बताएका छन्। शनिवार चितवनमा आयोजित एक कार्यक्रममा उनले पार्टीले नै स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने निर्णय गरिसकेको बताएका हुन्। ‘ठाउँ र आवश्यकताअनुसार तालमेल हुन्छ। तालमेलका क्रममा राष्ट्रिय आवश्यकता के हो भन्ने विषयमा ध्यान दिइन्छ,’ उनले भने। पौडेलले सबै परिस्थितिको मूल्याङ्कन गरेर पठाउन, जिल्ला, प्रदेश,…
काठमाडौं: नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय सिरिज अन्तर्गत आज जारी खेलमा नेपालले मलेसियालाई २२४ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२३ रन बनाएको हो। टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनर द्वय कुशल भुर्तेल र आशिफ शेखले क्रमश १२ र १८ रन बनाउँदा रोहित कुमार…
राष्ट्रपति निवास बाहिर भएको हिंसात्मक घटनापछि श्रीलंकाले देशव्यापी संकटकालको घोषणा गरेको छ। चरम आर्थिक अभावबाट गुज्ररहेको श्रीलंकमा आन्दोलनरत समूहले राष्ट्रपति निवास अगाडि प्रदर्शन गर्दा मुठभेडको स्थिति बनेको थियो। राष्ट्रपतिको निजी निवास अगाडि भएको हिंसात्मक गतिविधिका कारण कर्फ्यू समेत लगाइएको थियो। सो क्रममा श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेको निवासमा आक्रमण गर्न प्रदर्शनकारी पुगेका थिए। भिडलाई हटाउन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग…
काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समक्षकी शेरबहादुर देउवाको भारत भ्रमणले दुई देश बिचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेका छन्। आज हैदरावाद हाउसमा देउवासँग ‘वान अन वान’ र दुवै देशको प्रतिनिधिमण्डल सहितको बैठकपछि संयुक्त पत्रकार सम्मेलनका क्रममा मोदीले देउवाको भ्रमण दुवै देशको भविष्यका लागि महत्वकांक्षी लक्ष्य प्राप्त हुने बताएका हुन्। देउवा भारतका पुराना मित्र भएको तथा नेपाल र…
जनकपुरधाम : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा जयनगर- कुर्था (जनकपुर) रेल सेवाको उद्घाटन गरेका छन्। हैदरावाद हाउसमा भएको कार्यक्रममा देउवा र मोदीले एकसाथ रेलवेको उद्घाटन गरेका हुन्। भर्चुअल माध्यमले उनीहरुले रेलको उद्घाटन गरेका हुन्। उद्घाटनसँगै जयनगरमा रहेको रेल नेपालको जनकपुरधामका लागि प्रस्थान गरिसकेको छ। कुर्थामा भौतिक पुर्वाधार मन्त्री रणुकुमारी यादवले रेल चढेर जनकपुरसम्म आउने र त्यहाँ उद्घाटनको…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डल बिच अहिले नयाँ दिल्लीमा वार्ता भइरहेको छ। भारत भ्रमणको क्रममा हैदरावाद हाउस पुगेका देउवा र मोदीबिच ‘वान अन वान’ वार्ता पछि दुवै प्रधानमन्त्री प्रतिनिधिमण्डल सहित छलफलमा जुटेका हुन्। छलफलमा नेपालको तर्फबाट देउवासहित परराष्ट्र मन्त्री नारायण खड्का, ऊर्जा मन्त्री पम्फा भुसाल, स्वास्थ्य मन्त्री विरोध खतिवडा लगायत छन्। यस्तै, भारतको तर्फबाट मोदीसहित…
अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभरि इन्धनको मूल्य वृद्धि भएको आरोप लगाएका छन्। रसियाले युक्रेनमाथि आक्रमण गरेपछि तेल र ग्यासको मूल्य बढिरहेको छ। साथै, अन्य क्षेत्रमा पनि मूल्य वृद्धि भइरहेको छ। यही अवस्थाको उदाहरण दिँदै बाइडेनले विश्वभर अहिले मूल्य वृद्धि भएको र कतिपय देशमा उर्जा, खाद्यान्नलगायतको अभावको दोषी पुटिन नै भएको दाबी गरेका हुन्। ‘रसियाले युक्रेनमाथि…