काठमाडौं: विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिदेशीय सिरिजमा आज जारी खेलमा यूएईले नेपाललाई २ सय ३ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०२ रन बनाएको हो। दुबई इन्टरनेशनल क्रिकेट मैदानमा सुरुवाती ब्याटिङमा उत्रिएको यूएईलाई मोहम्मद वसीम र चिराग सुरीले ५७ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेका थिए। वसीमले ३३ रन…
चीनमा १३२ जना यात्रु सवार बोइङ विमान दुर्घटना भएको छ। ग्लोबल टाइम्सका अनुसार दुर्घटनामा भएको क्षति बारे अहिले केही यकिन हुन सकेको छैन। एमयु ५७३५ विमान कुनमिड्ड चाङसुक्ष विमानस्थलबाट उडेको थियो। युनान प्रान्तमा गइरहेको विमान ग्वानजी क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो। अहिले विमान दुर्घटना भएको क्षेत्रमा उद्धार टोली पठाइएको छ।
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध रूपमा भित्र्याएको सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। आइतवार नेपाल एयरलाइन्सदेखि दुबईबाट काठमाडौं आएका ३८ वर्षीय शुभम् मेहरालाई नियन्त्रणमा लिएको हो। उनको साथबाट प्रहरीले १ किलो २ सय ६८ ग्राम सुन बरामद गरेको छ। विमानस्थलबाट बाहिरिन लागेका मेहरालाई नियन्त्रणमा लिई शौचालयमा लगेर शौच गर्न लगाउँदा मलद्वारबाट सुन बरामद गरिएको हो। हरियो रङ्गको टेपले बेरिएको…
काठमाडौं : चीनका विदेश मन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी चैत ११ गते नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै वाङको तीनदिने भ्रमणको कार्यक्रम रहेको जनाएको हो। नेपाल बसाइका क्रममा वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधामन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नेछन्। यस्तै, वाङ र नेपाली समकक्षी डा नारायण खड्काबिच चैत १२ गते द्विपक्षीय वार्ता हुनेछ। वाङले नेकपा…
काठमाडौं : चौथो नेपालभाषा साहित्य नख: कीर्तिपुरमा आयोजना हुने भएको छ। चैत ११ र १२ गते आयोजना हुने महोत्सवमा नेपालभाषाका पुस्तकहरु विमोचनका साथै विभिन्न विषयमा अन्तर्क्रिया कार्यक्रम आयोजना हुनेछ। नेपालभाषा टाइम्सले विगत पाँच वर्षदेखि नेपालभाषा साहित्य नख: आयोजना गर्दै आइरहेको छ। यसपटकको नख: मा ‘नेवा: ऋतु म्ये’ विषयमा वरिष्ठ संगीतकर्मी रामकृष्ण दुवालसँग अन्तर्क्रिया समेत हुनेछ। कीर्तिपुरको संस्कृतिक सम्पदा र पर्यटकीय सम्भावना र…
काठमाडौं : हङ्कङले नेपालसहितका देशबाट हुने उडानमा लगाएको प्रतिवन्ध हटाएको छ। कोभिड-१९ महामारी नियन्त्रणका लागि हङ्कङले नेपालसहित ९ देशबाट हुने उडानमा प्रतिवन्ध लगाएको थियो। कोभिड-१९ को संक्रमणदर ओरालो लाग्दै जाँदा हङ्कङकी नेतृ क्यारी लाम चङ युटले नयाँ नियम घोषणा गर्दै उडान प्रतिवन्ध हटाएकी हुन्। साथै नयाँ प्रतिवन्धमा हङकङ प्रवेशपछि लगाइएको क्वारेन्टाइन अवधीलाईसमेत घटाइएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। त्यस्तै,…
युक्रेन र रसियाबिचको युद्ध २६ औ दिनमा प्रवेश गरेको छ। रसियाले पूर्वी युक्रेनका दुई विद्रोही क्षेत्रलाई ‘स्वतन्त्र राज्य’ घोषणा गरेसँगै सुरु भएको युद्धका कारण लाखौं मानिस विस्थापित भएका छन्। हजारौंको संख्यामा मानिसको मृत्यु भएको छ। युक्रेनका विभिन्न शहरमा युद्ध जारी रहँदा उत्तर पूर्वी शहरमा रहेको एक केमिकल प्लान्ट (रसायन संयन्त्र)बाट अमोनिया ग्यास निस्किएको बीबीसीले उल्लेख गरेको छ। अमोनिया ग्यास ‘लिक’ भएसँगै…
काठमाडौं : सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘मन्त्र’ को ट्रेलर सार्वजनिक भएको छ। खिलबहादुर गुरुङको निर्देशन रहेको यस फिल्ममा हिमाली भेगको प्रेम कथा समेटिएको छ। फिल्मको ट्रेलरमा सौगात र दिया पुनको प्रेमकथालाई देखाइएको छ। यस फिल्ममार्फत सौगात र दियाले पहिलो पटक स्क्रिन सेयर गरेका हुन्। यो फिल्म मनास्लु क्षेत्र आसपासको कथावस्तुलाई आधार बनाएर निर्माण गरिएको निर्माण टिमले जनाएको छ। फिल्ममा बुद्धि तामाङ,…
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको नेतृत्वमा मुलुकमा विकास निर्माणको अभियान थालनी भएको दाबी गरेका छन्। कांग्रेस व्यास नगरसमिति वडा नम्बर ३ ले पार्टी कार्यालयमा आयोजना गरेको भेटघाट कार्यक्रममा पौडेलले कांग्रेसकै नेतृत्वमा विकासमा फड्को मारेको बताएका हुन्। उनले तनहुँको विकासका लागि आफू सदैव प्रतिबद्ध रहेको समेत बताएका छन्। जिल्लालाई विकासमा नमूना बनाउन प्रयत्नरत रहेको नेता पौडेलको भनाइ…
काठमाडौं : मोरङको लेटाङ नगरपालिकामा स्थानीय र प्रहरीबिच झडप हुँदा एक जना महिला प्रहरीको मृत्यु भएपछि पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको हो। गएराति प्रहरी र स्थानीयबिच झडप हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो। झडपमा उनको घाँटीमा चोट लागेको थियो। उपचारको क्रममा उनको कोशी अस्पतालमा मृत्यु भएको थियो। सोही घटनामा अनुसन्धानको क्रममा पाँच जनालाई…
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्ण पौडल चीन प्रस्थान गरेका छन्। पौडेल 'इकोनोमिक कोअप्रेशन तथा कल्चरल एक्सचेन्ज कार्यक्रममा सहभागी हुन चीन गएको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए। एमालेका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पुष्पराज कँडेल र केन्द्रीय कमिटी सदस्य मीनासिंह रखाल पनि पौडेलसँगै चीन प्रस्थान गरेका छन्। पौडेल नेतृत्वको टोली चैत…
काठमाडौं : बैतडीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन्। मृत्यु हुनेमा सुर्नया गाउँपालिका-३ की २५ वर्षीया दुर्गा चन्द रहेकी इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। गए राति दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका-६ मा से१ख १२४२ नम्बरको मिनी ट्रक दुर्घटना भएको थियो। दुर्घटनामा सख्त घाइते चन्दको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा…
काठमाडौं: बंगबन्धु कप कबड्डी च्याम्पियनसिपमा नेपालले आज इराकको सामना गर्दैछ। बंगलादेशमा जारी प्रतियोगितामा आफ्नो पहिलो खेलमा इन्डोनेसियामाथि सानदार जित निकालेको नेपाल आज दोस्रो जितको खोजीमा इराकसँग साँझ पौने ६ बजे भिड्नेछ। आइतवार सम्पन्न समूह 'बी'को खेलमा खेलमा नेपालले इन्डोनेसियालाई ४७-१८ को अन्तरले हराएको थियो। पहिलो हाफमा २५-७ ले अघि रहेको नेपालले दोस्रो हाफको समाप्तीमा ४७-१८ को अग्रता कायम राख्दै फराकिलो…
काठमाडौं: विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ। शुक्रवारको खेलमा यूएईसँगै पराजय ब्यहोरेको नेपालले दोस्रो पटक फेरि यूएईकै सामना गर्न लागेको हो। खेल मध्यान्ह सवा ११ बजे यूएईस्थित दुबई क्रिकेट मैदानमा सुरु हुनेछ। यी दुई टोलीले ५ वटा एकदिवसीय खेल खेलेका छन्, जसमा यूएईले तीन जित निकाल्दा नेपालले २ खेलमा जित निकालेको छ। जारी सिरिजमै…
राँझा: प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ। उनीहरुलाई बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित अञ्जना होटलबाट आइतबार पक्राउ गरिएको हो। पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ का हर्कबहादुर विक, विवेक बोहरा र वडा नं ११ का रामकृष्ण शाही तथा ठूलोभेरी नगरपालिका–१ का सुकराम विक रहेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। होटलमा प्लाष्टिकको बोराभित्र लुकाइराखेको अवस्थामा प्रहरीले दुई…
मार्क जुकरबर्ग सबैभन्दा प्रख्यात टेक सीईओ मध्येका एक हुन्। मेटाका (यसअघि फेसबुक) ह्वाट्सएप, इन्स्टाग्राम, फेसबुक जस्ता प्लेटफर्महरू छन् जुन विश्वभर दैनिक अरबौँ मानिसहरुले प्रयोग गर्छन्। जुकरबर्गले हार्वर्ड विश्वविद्यालयको आफ्नो होस्टेलको कोठाबाट फेसबुक सुरु गरेका हुन्। जुकरबर्गले कलेजका विद्यार्थीहरूका लागि केही सुझावहरु सेयर गरेका छन्। उनले कस्ता मानिसहरुलाई आफ्नो कम्पनीमा नियुक्त गर्छन् भन्नेबारे पनि जानकारीहरु सेयर गरेका छन्। सीएनबीसीको रिपोर्टमा जुकरबर्गले…
काठमाडौँः मोरङको लेटाङ नगरपालिकामा स्थानीय र प्रहरीबीच झडप हुँदा एक जना महिला प्रहरीको मृत्यु भएको छ। गएराति प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो। झडपमा उनको घाँटीमा चोट लागेको थियो। उपचारको क्रममा उनको कोशी अस्पतालमा मृत्यु भएको हो। गत शुक्रबार लेटाङ नगरपालिका ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्यानरत एक…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्सपरले वेस्टहमलाई हराएको छ। टोटेनहमको घरेलु मैदानमा सम्पन्न खेलमा वेस्टहम ३-१ गोलअन्तरले पराजित भएको हो। घरेलु टोलीलाई जित दिलाउन सन ह्युङ मिनले दोहोरो गोल गर्दा एक गोल वेस्ट हमका कुर्त जउमाले आत्मघाती गोल गरेका थिए। उता वेस्टहमका लागि सइद बेन्रह्मले सान्त्वना गोल फर्काए। खेलको नवौं मिनेटमै जउमाको आत्मघाती गोलमा टोटेनहमले खेलमा अग्रता…
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न एल क्लासिको (महाभिडन्त) मा बार्सिलोनाले रियल मड्रिडलाई हराएको छ। सान्टिआगो बर्नेबेउमा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली मड्रिडमाथि ४-० को फराकिलो जित निकालेको हो। बार्सिलोनाको जितमा पिअरे एम्रिक औबुमेयाङले दोहोरो गोल गर्दा रोनाल्ड अराउजो र फेरान टोरेसले समान १ गोल गरे। खेलको २९ औं मिनेटमा ओस्माने डेम्बेलेको पासमा गोल गर्दै औबुमेयाङले बार्सिलोनालाई अग्रता दिलाएका थिए।…
काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले डा शङ्करप्रसाद शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छिन्। नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले डा शर्मालाई उक्त पदमा नियुक्त गरेकी हुन्। मन्त्रिपरिषद्को गत मङ्सिर १० गतेको बैठकले शर्मालाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो। यसअघि उनी संयुक्त राज्य अमेरिकाका लागि नेपालको राजदूत थिए।