सौरहाः आइतबार आदिवासी जनजाति पत्रकार महासंघको सातौं महाधिवेशनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि थिए लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन। चितवनको सौराहास्थित थारु कल्चर होटलमा आयोजित कार्यक्रमको अन्तिम वक्ता थिए प्रदेश प्रमुख शेरचन। आफ्नो मन्तव्य राख्ने क्रममा पत्रकार धमाधम हलबाट बाहिरिएपछि शेरचनले गुनासो पोख्न थाले। 'कुनै नेता बसेको भए। ब्यानर न्युज बन्ने भएको भए बस्थे होला कार्यकारी केही छैन। यो बुढाले…
हेटौंडा: प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबल प्रतियोगिताको उपाधि मकवानपुरले जितेको छ। आज हेटौंडा-५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको फाईनल खेलमा ट्राईब्रेकरमा मकवानपुरले ललितपुरलाई ३–० गोलअन्तरले पराजित गरेको हो। निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरमा गएको थियो। मकवानपुरका अनिश देउला ‘म्यान अफ द म्याच’ चुनिए। मकवानपुरकै समिरराज थोकर प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए। चैत २९ गतेदेखि…
काठमाडौँः महानगरीय प्रहरी परिसर ललितपुरले सवारी पास भइसक्दा पनि खरिदकर्तालाई सवारीसाधन नदिएको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। चितवन स्थायी घर भएका मनोज बास्तोलालाई प्रहरीले आइतबार शंखमूलबाट पक्राउ गरेको हो। शेरसिंह थापाको जाहेरीमा प्रहरीले बास्तोलालाई पक्राउ गरेको हो। सवारी पास भएको भनी आठ लाख ५० हजार रुपैयाँसमेत लिएको तर सवारीसाधन उपलब्ध नगराएको भन्ने थापाको जाहेरीका आधारमा बास्तोलालाई पक्राउ परेका हुन्। …
काठमाडौं : अभिनेत्री प्रियंका कार्कीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले जिम्मा जमानीमा छाडेको छ। क्रिप्टोकरेन्सी सम्बन्धी घटनामा सोधपुछ गर्नको लागि उनलाई बोलाएको थियो। आइतबार दिउँसो कार्की ब्युरोमा पुगेकी थिइन्। सामाजिक संजालमा प्रयोग भएको एक फोटोमा प्रियंकाले क्रिप्टोलाई प्रमोसन गर्ने हिसाबले पोस्ट भएको देखिएपछि उनलाई अनुसन्धानको लागि बोलाइएको प्रहरीले जनाएको छ। सोधपुछका क्रममा प्रियंकाले आफ्नो फोटो दुरुपयोग भएको बताएकी छिन्। प्रियंकालाई सोधपुछ पछि जिम्मा जमानीमा…
काठमाडौं : सर्वोच्च अदालतले विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह र सदस्य भागिरथी ज्ञवालीलाई तत्काल नहटाउन अन्तरिम अल्पकालीन आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले सिंह र ज्ञवालीलाई हटाउने निर्णय कार्यान्वयन गर्न आदेश दिएको हो। पक्ष र विपक्ष दुवै पक्षलाई चैत १३ मा बोलाइएको छ। सरकारले छानविन समिति गठन गरेर अध्यक्षसहित आयोगका सदस्यहरुलाई हटाएको थियो। ऊर्जामन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषद्ले गत पुस तेस्रो साता…
बुटवल : पाल्पाको तिनाउ गाउँपालिका-३ झुम्सा नजिकै भूतखोलामा डुबेर तीन दिनमा दुई जनाको मृत्यु भएको छ। आइतवार दिउँसो भारतको गोरखपुर घर भएका २८ वर्षीय सान्तनु नन्दीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए। अन्य तीन जना साथीहरुसँग घुम्न आएका नन्दी फोटो खिच्ने क्रममा ढुंगामा चिप्लिएर खोलामा खसेका थिए। प्रहरी र स्थानीयको सहयोगमा…
काठमाडौं : नेकपा (एमाले)ले पोलिटब्युरो बैठक बोलाएको छ। बैठक सोमवार बिहान ११ बजे कार्की बैंक्वेटमा बोलाइएको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए। समसामयिक राजनीतिक परिस्थिति र स्थानीय तहको चुनावलगायत बैठकका एजेण्डा रहेको उनले बताए। एमालेमा ९९ जनाको पोलिटब्युरो छ। महाधिवेशनपछि पोलिटब्युरोको पहिलो बैठक बस्न लागेको हो। निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तहको चुनावको कार्यतालिका सर्वजनिक गरेपछि एमालेको बैठक बस्दै छ।…
काठमाडौं : नेपाली कांग्रेस वाग्मती प्रदेश कार्यसमितिमा १६ जना मनोनीत भएका छन्। पार्टीको विधान १३ (६) अनुसार प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर बाँनियाले उनीहरुलाई आज मनोनीत गरेका हुन्। मनोनीत हुनेमा सिन्धुपाल्चोकका निमा लामा, भक्तपुरका कृष्णलाल भँडेल, मकवानपुरका सन्तबहादुर प्रजा, रसुवाका प्रभात तामाङ, नुवाकोटबाट अर्जुन न्यौपाने र कल्पना नेपाली छन्। यस्तै, धादिङबाट तीलकप्रसाद रुवाली, काठमाडौंबाट छिरिङदोर्जे लामा, राजु खरेल, गौरी दवाडी, हरिहर…
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिले आफ्नो पार्टी प्रवेशको लहर चलेको बताएका छन्। केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपालले एकीकृत समाजवादीको संगठन देशभरी फैलिएको दाबी गरेका हुन्। 'जनताले हामीलाई आशाका साथ हेरेका छन्। यो पार्टी सबै खालका गलत प्रवृतिका विरुद्ध जुध्ने छ। हामीले जनताको विश्वास जित्ने छौं। हामीले राष्ट्रिय सभाको लडाइँ सुरुमै जितेका थियौं,'उनले भने। नेकपा एमालेका अध्यक्ष…
काठमाडौ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले अनुसन्धानको लागि कलाकार प्रियंका कार्कीलाई बोलाएको छ। क्रिप्टोकरेन्सी सम्बन्धी घटनामा सोधपुछ गर्नको लागि उनलाई बोलाएको हो। आइतबार दिउँसो कार्की ब्युरोमा पुगेकी छिन्। 'अहिले सोधपुछ भइरहेको छ। के भएको हो भन्ने बुझ्दै छौँ,' एक प्रहरी अधिकृतले भने। सामाजिक सञ्जालमा प्रयोग भएको एक फोटोमा प्रियंकाले क्रिप्टोलाई प्रमोसन गर्ने हिसाबले पोस्ट भएको देखिएपछि उनी अनुसन्धानमा…
काठमाडौं : नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले पार्टीको केन्द्रीय कार्यालयमा प्रदर्शन गरेको छ। आइतवार सानेपामा नेविसंघले विधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरेको हो। नेविसंघ संघर्ष समितिले नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई विधानसम्मत मागहरु पूरा गर्न ज्ञापनपत्र बुझाएको हो। नेविसंघका पूर्व केन्द्रिय सदस्य अनिल खनालले बलियो पार्टी निर्माणको लागि नेपाली कांग्रेसको सिद्धान्तअनुरुप…
काठमाडौं : गत शुक्रवारबाट फिल्म ‘चिसो एष्ट्रे’ प्रदर्शनमा आएको छ। भूपि शेरचनको कविताबाट प्रभावित यस फिल्मप्रति दर्शकको साथ पाउने धेरैको आश थियो। तर, फिल्मको व्यापार भने निराशाजनक रहेको छ। मिडियामा राम्रो स्थान पाएता पनि फिल्म ‘चिसो एष्ट्रे’ले हलमा भने दर्शक तान्न सकेन। बलिउड फिल्मको तुलनामा नेपाली फिल्ममा दर्शकहरूको उपस्थिति न्यून रहेको हल सञ्चालकको भनाइ छ। चाबहिलमा रहेको एफक्युब सिनेमामा ‘चिसो…
काठमाडौं : निर्माण व्यवसायी तेण्डी शेर्पा पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बैङ्किङ कसुरमा पक्राउ गरेको हो। उजुरी परेपछि चैत २ गते उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको परिसरका एसपी दिनेश मैनालीले बताए। तेण्डी शेर्पा कञ्चनजङ्घा निर्माण कम्पनीका प्रमुख हुन्। उनीविरुद्ध १ करोड ६७ लाख रुपैयाँको चेक अनादर भएको उजुरी परेको छ। हिरासतमा राखेर अनुसन्धान भइरहेको एसपी मैनालीले बताए।
हङकङमा करिब २५ लाख नागरिक कोभिड-१९ बाट संक्रमित भएको हुन सक्ने त्यहाँका उच्च अधिकारीले जनाएका छन्। दैनिक संक्रमण दर घटिरहेको अवस्थामा यो संख्या आगामी साता देखि दैनिक एक हजार तल आउने बताइएको छ। युनिभर्सिटी अफ हङकङका प्रध्यापक युयेन नक युङले सरकारले यात्रा प्रतिवन्ध हटाउन सक्ने बताएका छन्। साथै उनले भाइरस निर्मुल हुन नसक्ने भन्दै सर्वसाधरणलाई खोप लगाउन आग्रहसमेत गरेका छन्।…
काठमाडौं : नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) पदको बढुवा सिफारिसमा असन्तुष्ट भएका प्रहरीले लोकसेवा आयोगमा पुगेर उजुरी दर्ता गराउने भएका छन्। डिआइजी धनश्याम अर्याल, इश्वरबाबु कार्की लगायतले आयोगमा पुगेर उजुरी दर्ता गराउने तयारी गरेका हुन्। डिआइजी कार्कीले उजुरी दर्ता गर्ने तयारी भएको बताएका छन्। चैत १ गते बढुवा समितिको बैठकले पहिलो नम्बरमा डिआइजी वसन्त पन्त, दोस्रोमा धीरजप्रताप सिंह र तेस्रोमा रवीन्द्रबहादुर धानुकको नाम…
काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले प्रतिनिधि सभा संचालन नभएको समयमा राष्ट्रिय सभालाई भुमिकासहित संचालन गर्न व्यवस्था गरिनुपर्ने बताएका छन्। उनले विगतमा प्रतिनिधि सभा नहुँदा संसद बाहिरबाटै बजेट ल्याइएको उल्लेख गर्दै राष्ट्रिय सभा भएको बेलामा राष्ट्रिय सभाबाट पनि बजेट पारित गर्नुपर्ने व्यवस्था गर्नुपर्ने बताएका हुन्। ‘अब हामीले सोच्नुपर्ने विषय भनेको प्रतिनिधि सभा नभएको बेलामा पनि राष्ट्रिय सभा कसरी…
काठमाडौं : आजबाट म्यादी प्रहरीको भर्नाको लागि दर्खास्त दिन सुरु भएको छ। काठमाडौं उपत्यकाभित्रका तीनवटा प्रहरी परिसर कार्यालय र देशभरका सबै जिल्ला प्रहरी कार्यालयमा दर्खास्त दिन युवाहरु पुगेका छन्। स्थानीय तह निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले एक लाख जना म्याद प्रहरीको भर्ना आवेदन आह्वान गरेको छ। चैत ६ गतेदेखि चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ। सबै प्रहरी कार्यालयबाट आवेदन दिन सकिने…
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय आधुनिकीकरण नहुँदासम्म उच्च शिक्षामा सुधार नहुने बताएका छन्। थापाथली इञ्जिनियरिङ क्याम्पसको ५६औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वविद्यालय परम्परागत शैलीमा चल्न नहुने बताएका हुन्। यस्तै उनले विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पसको सवलीकरणमा ध्यान दिन पनि निर्देशन दिएका छन्। ‘देशको ८० प्रतिशत विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था परम्परागत शैलीको हुनु भएन, अहिलेको युग…
काठमाडौं : बंगबन्धु कप कबड्डी च्याम्पियनसिपमा नेपालले इन्डोनेसियालाई हराउँदै सुखद सुरुवात गरेको छ। बंगलादेशमा आज सम्पन्न खेलमा नेपालले इन्डोनेसियामाथि ४७-१८ को अन्तरले जित निकाल्यो। पहिलो हाफमा २५-७ ले अघि रहेको नेपालले दोस्रो हाफको समाप्तीमा ४७-१८ को अग्रता कायम राख्दै फराकिलो जित निकाल्न सफल भयो। खेलको म्यानअफ दी म्याच नेपालका प्रदीप मिजार बने। समूह 'बी' मा रहेको नेपालले दोस्रो खेलमा सोमवार साँझ…
पोखरा : पोखरा महानगरपालिका कार्यालय अगाडि रहेको फोहोर आज उठेको छ। महानगरपालिकाले ६ दिनपछि आफ्नो कार्यालय अगाडि थुपरिएको फोहोरको डंगुर उठाएको हो। कार्यालय अगाडीको फोहोर उठेपनि पोखराका बाँकी सडकमा भने फोहोर उठेको छैन। जसकारण पर्यटकीय नगरी पोखरा दुर्गन्धित भएको छ। वडा १४ स्थित बाच्छीबुढुवामा रहेको ‘ल्यान्डफिल साइट’बारे स्थानीयसँग विवाद चुलिएपछि चैत्र १ गतेदेखि पोखरा भित्रको फोहोर नउठेको हो। बाच्छीबुढुवाका स्थानीयले…