बुटवल : नेकपा (एकीकृत समाजवादी) रुपन्देहीको आह्वानमा पार्टीका भातृ संगठनहरुले बुटवलमा एमसीसी विरुद्ध प्रदर्शन गरेका छन्। भातृ संस्थाहरुको संयुक्त आयोजनामा एमसीसी राष्ट्रिय हित विपरीत रहेको भन्दै आइतवार बुटवलमा विरोध प्रदर्शन गरिएको हो। बुटवलमा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजु गुरुङले एमसीसी सम्झौता राष्ट्रिय हितमा नरहेकाले कुनै पनि हालतमा स्वीकार्न नहुने बताए। उनले सम्झौता लागू…
कैलाली: विद्यालय स्तरको यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को छैटौँ संस्करण भोलिबाट कैलालीको धनगढीमा सञ्चालन हुने भएको छ। प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ । आजै ट्रफी पनि सार्वजनिक गरिएको छ। लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन १४ गतेसम्म सञ्चालन हुने ‘धनगढी मेयर एलपीएल–६’ को मुख्य प्रायोजक धनगढी…
काठमाडौं : नेकपा एमालेले निस्कासन गरेका १४ सांसद सहितको अन्य दुई मुद्दाको आज पनि सुनुवाइ भएन। बिहान न्यायाधीशद्वय इश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा पेशी तोकिएको थियो। कोरोनाको संक्रमण देखाउँदै प्रदेश नम्बर ५ का मुख्य न्यायाधीवक्ता कृष्ण सुवेदीले निवेदन दिएकाले पेशीबाट नै हटाइएको हो। उनलाई रुघाखोकी र ज्वरोसमेत आएको तथा कोभिड १९ का लक्षण देखिएको भन्दै पेशीबाट हटाउन निवेदन परेको थियो। दुई…
काठमाडौं : पछिल्लो २४ घन्टामा ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १० हजार १ सय १५ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो। आरटी-पीसीआर परीक्षणबाट ४२७ र एन्टीजेन परिक्षणबाट ९४ जनामा कोरोना संक्रमण देखिएको हो। परीक्षण गरिएका मध्ये ५.१५ प्रतिशतमा कोरोना संक्रमण पहिचान भएको हो। त्यसैगरी, पछिल्लो २४ घन्टामा ३ हजार ९ सय ३५ जना संक्रमण मुक्त…
काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले सोमबार दिउँसो २ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएको उनको सचिवालयले जनाएको छ। प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ दलका सांसदहरुले आज बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए। प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको…
काठमाडौं : नेपाल बार एशोसिएशन एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियो प्रस्ताव दर्ता भए पनि आफूहरुको आन्दोलन जारी रहने जनाएको छ। जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएलगत्तै नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले महाअभियोगसँगै न्यायपालिका सुधारको ढोका खुलेको बताएका छन्। उनले जबरासँगै बिचौलियाहरुमाथि पनि छानबिन हुनुपर्ने माग गरेका छन्। ‘संसदमा महाअभियोग पत्र दर्ता भएको छ। त्यसमा व्यापक रुपमा छानबिन हुनुपर्छ।…
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एनआरटी र हिमालयन शेर्पा गोलरहित बराबरीमा रोकिएका हुन्। खेलमा दुबै टोलीले खासै धेरै अवसर सिर्जना गर्न सकेनन्। र, बनाएका अवसरलाई पनि सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा रोकिएको हो। योसँगै १४ अंक जोडेको एनआरटी…
काठमाडौं : नेकपा (एमाले)का नेता विष्णु रिमालले सत्ता पक्षले महाअभियोगको सिलसिलाको बिजारोपण गरेर अत्यन्त हानिकार, अनुचित र अनुत्तरदायी काम गरेको बताएका छन्। सत्ता पक्षले प्रधान न्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्ध संसद् सचिवालयमा महाअभियोग दर्ता गराएपछि रिमालले ट्विटरमार्फत यस्तो टिप्पणी गरेका हुन्। उनले यो कार्य बैशाख ३० मा निर्धारित स्थानीय तहको चुनाव रोक्ने षड्यन्त्रको एउटा अंग हुनसक्ने पनि बताएका छन्। अहिलेको अवस्थामा…
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध रुपमा भित्र्याएको सुन सहित एक चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ। विमानस्थलमा खटिएको सुरक्षाकर्मीले चिनिया नागरिकले ल्याएको ४ केजी ८ सय ४० ग्राम सुन बरामद सहित उनलाई नियन्त्रणमा लिएको हो। चिनियाँ नागरिक शनिवार बिहान साढे ९ बजे हिमालयन एअरलाइन्सको उडान नम्बर एच ९५६६ मार्फत् दुबईबाट काठमाडौं आएका थिए। अर्ध ठोस अवस्थामा करिब ४ किलो ८ सय ४० ग्राम…
काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग दर्ता गर्ने आधार केलाई बनाए सत्तारुढ दलका सांसदहरुले? संसद सचिवालयमा सत्तारुढ दलका सांसदहरुले जबराविरुद्ध महाभियोग दर्ता गराउँदा लामो फेहरिस्त नै पेश गरेका छन् राणाविरुद्ध। प्रधान न्यायाधीश राणालाई महाअभियोग दर्ता गराउनुका लागि सत्तारुण गठबन्धनले २१ वटा कारण प्रस्तुत गरेको छ। ती २१ कारणमा सशस्त्र प्रहरीका तत्कालीन बरिष्ठ अधिकृत रञ्जनकृष्ण कोइराला केसदेखि जबराको स्वार्थ जोडिएका मुद्दा उनकै सुनवाईमा भएका…
काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग दर्ता भएसँगै उनले दैनिक कामकाज गर्न नपाउने भएका छन्। प्रधान न्यायधीशपछि वरिष्ठताको आधारमा अब दीपक कुमार कार्कीले सर्वोच्व अदालतको कायम मुकायम पद सम्हाल्ने छन्। महाभियोग दर्ता भएसँगै जबराले अब दैनिक कामकाज गर्न पाउने छैनन्। जबरा शेरबहादुर देउवा नेतृत्वको सरकारमा भाग खोजेको विषयमा आलोचित भएका थिए। उनको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले केही…
काठमाडौं : सत्तारुढ दलहरुले संसद्मा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग छापामार शैलीमा आएको नेकपा (एमाले)का नेता सुवास नेम्बाङले टिप्पणी गरेका छन्। एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्बाङले अहिले दर्ता भएको महाअभियोग आफ्नो पार्टीलाई थाहा नै नदिई छापामार शैलीमा आएको आरोप लगाए। ‘संसदीय प्रणालीमा प्रतिपक्षको महत्त्व हुन्छ। तर, हामीलाई कुनै पनि जानकारी नदिई छापारमा शैलीमा दर्ता गराइएको छ,’ उपनेता…
काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग दर्ता भएको छ। संसद सचिवालयमा सत्तारुढ दलका सांसदहरुले जबराविरुद्ध महाभियोग दर्ता गराएका हुन्। सत्तारुढ दल नेपाली कांग्रेसबाट पुष्पा भुसाल, नेकपा (एकीकृत समाजवादी)बाट जीवनराम श्रेष्ठ र नेकपा (माओवादी केन्द्र)का देव गुरुङ प्रस्ताव रही जबराविरुद्ध महाभियोग दर्ता भएको हो। बिहान ११ बजेर १० मिनेट जाँदा महाभियोग दर्ता भएको संसद सचिवालय स्रोतले जानकारी दिएको छ।…
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ। महाशाखाले देशभर आगामी तीन दिनसम्म मौसम सफा रहने जनाएको छ। हाल तराईका केही भू-भागमा हुस्सु र कुहिरो रहेको छ। आज दिउँसो देशभर…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानलाई अझै संशोधन गरेर सबै जातजातिलाई समेट्नु पर्ने आवश्यकता रहेको बताएका छन्। जनयुद्ध दिवसको अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले १० वर्षे जनयुद्धले सामन्ती राजतन्त्र ढालेर गणतन्त्र ल्याए पनि अझै पनि काम गर्न बाँकी रहेको टिप्पणी गरे। 'त्यसरी चल्ने गरेको राज्य प्रणालीमा अब सबै तह तप्काको प्रतिनिधित्व हुने…
अहिले टिकटकदेखि सामाजिक सञ्जालमा एक गीत निकै भाइरल छ। गीतको बोल हो, ‘कच्चा बादाम’। बंगाली भाषाको यो गीतको चर्चा अहिले विश्वभर छ। साधारण मानिसदेखि सेलिब्रेटीहरुले समेत यही गीतमा अभिनय तथा नृत्य गरेर सामाजिक संजालमा भिडियो राखिरहेका छन्। ‘कच्चा बदाम’गीत कुनै नाम चलेका गायकले गाएका भने होइनन्। सामान्य बादाम व्यापारीले ‘मुम्फली’ बेच्ने क्रममा गाएको गीत हो यो। जुन पछि भाइरल हुन…
काठमाडौं : आसन्न स्थानीय तहको निर्वाचन र आफ्ना दैनिक गतिविधिबारे निर्वाचन आयोगले आजदेखि प्रत्येक दिन आमसञ्चार माध्यमलाई जानकारी दिने भएको छ। हरेक दिन अपराह्न ४ बजे कान्तिपथस्थित कार्यालयमा रहेको मिडिया सेन्टरबाट प्रवक्ता/सहायक प्रवक्ताको उपस्थितिमा प्रेस मिट हुने आयोगका उससचिव कमल ज्ञवालीद्वारा जारी सूचनामा जनाइएको छ। सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरिसकेको छ।
भारतमा कोरोना भाइरसको ‘डेल्टा’ भेरियन्टसँगै ‘ओमोक्रन’ भेरियन्ट फैलिएर बढेको संक्रमण दर अहिले घट्दै गइरहेको छ। पछिल्लो २४ घण्टामा ४४ हजार बढीमा कोरोना संक्रमण देखिएको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार ४४ हजार ८७७ जना संक्रमित थपिँदा दैनिक संक्रमण दर ३.१७ पुगेको छ। हाल भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ५ लाख ३७ हजार ४५ पुगेको छ।
काठमाडौं : कोरोना संक्रमणको तेस्रो लहरबीच बन्द भएका देशैभरका सिनेमा हल आजबाट खुलेका छन्। संक्रमण दर कम हुँदै गएपछि काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले फागुन १ गतेदेखि हल खोल्न पाइने निर्णय गरेका थिए। सोही निर्णयअनुसार आइतबारबाट हल सञ्चालनमा आएका हुन्। सिनेमा हल खुलेसँगै नेपाली फिल्म ‘चपली हाइट ३’ र ‘कठपुतली’ फेरि प्रदर्शनमा आएका छन्। गत पुस १६ मा ‘कठपुतली’ र पुस…
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लब भिड्ने छन्। खेल दिउँसो १ बजे सुरु हुनेछ। एनआरटी १३ अंक जोडेर तालिकाको सातौं स्थानमा छ भने हिमालयन शेर्पा क्लब ११ अंक जोडेर तालिकाको आठौं स्थानमा छ। आजको खेल जितेको खण्डमा एनआरटी १६ अंक जोड्दै तालिकाको पाँचौं…