PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

  • सुरक्षा पन्त अभिनित फिल्म 'ग्रीन बर्ड' को छायाङ्कन सुरु

    सुरक्षा पन्त अभिनित फिल्म 'ग्रीन बर्ड' को छायाङ्कन सुरु

    अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म 'ग्रीन बर्ड' को छायाङ्कन सुरु भएको छ। फिल्म टिमले शुभ मुहर्त गर्दै आजबाट फिल्मको सुटिङ सुरु गरेको हो। २५ दिनको सेड्युल रहेको फिल्मको छायाङ्कन चितवनबाट सुरु गरिएको यस फिल्मका निर्देशक प्रमोद कँडेलले जानकारी दिए। 'आजबाट फिल्मको छायाङ्कन सुरु भएको छ। छायाङ्कनका लागि हामीले प्रशासनसँग अनुमति लिइसकेका छौँ। कोरोना महामारीबिच स्वास्थ्य मापदण्ड अपनाएर सुटिङ…

    विस्तृतमा पढ्नुस्

  • एमालेको अवरोधका बिच सभामुखले अघि बढाए संसद बैठक

    एमालेको अवरोधका बिच सभामुखले अघि बढाए संसद बैठक

    काठमाडौं : नेकपा (एमाले)को अवरोधका बावजुद  प्रतिनिधिसभाको शुक्रवारको दोस्रो बैठकलाई सभामुख अग्नि प्रसाद सापकोटाले अघि बढाएका छन्। सांसद प्रेम सुवाललाई सभामुखले बोल्ने समय दिएसँगै संसदको कारवाही अघि बढेको हो। यसअघि सभामुख अग्निप्रसाद सापकोटाले दोस्रो बैठक सुरु भएको जानकारी दिनासाथ एमालेका सांसदहरुले रोष्ट्रम घेर्न अघि बढेका थिए। पहिलो बैठकमा पनि अवरोध गरेपछि १५ मिनेट स्थगित गरेर सभामुख अग्निप्रसाद सापोकटाले दोस्रो बैठक सुरु गरेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • नेपाली राजनीतिमा शुद्धता ल्याउन लागि परेको छु : प्रकाशमान सिंह

    नेपाली राजनीतिमा शुद्धता ल्याउन लागि परेको छु : प्रकाशमान सिंह

    काठमाडौ : नेपाली कांग्रेसका सभापतिका आकांक्षी प्रकाशमान सिहंले आफू राजनीतिमा शुद्धता ल्याउनका लागि लागि परेको बताएका छ्न। नेपाल लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेशले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा पुगेका उनले राजनीतिलाई शुद्ध बनाउन लागेको बताएका हुन्। त्यसक्रममा उनले धावक हरि रोकाहलाई सम्झिए। 'नेपालको खेल क्षेत्रमा सरकारले सुविधा बढाउने आवश्यकता छ। यसको महत्व राज्यले बुझ्नु पर्छ,' उनले भने, 'पोलिसि लेभलमा के…

    विस्तृतमा पढ्नुस्

  • 'ए मेरो हजुर ४' चैत्र २५ मा रिलिज हुने

    'ए मेरो हजुर ४' चैत्र २५ मा रिलिज हुने

    काठमाडौं : झरना थापा निर्देशित फिल्म 'ए मेरो हजुर ४' को रिलिज मिति तय भएको छ। आगामी चैत्र २५ गते हलमा नै फिल्म रिलिज गरिने फिल्म निर्माण टिमले जनाएको छ। निर्माता सुनिलकुमार थापा र झरना थापाले फेसबुकमार्फत फिल्मको रिलिज मितिबारे जानकारी दिएका हुन्। यसअघि भाद्र १८ गते फिल्म रिलिज गर्ने भनिएको थियो। तर कोरोना भाइरस संक्रमणका कारण रिलिज मिति पछि…

    विस्तृतमा पढ्नुस्

  • सुरु हुन नपाउँदै नेकपा एमालेका सांसदको संसदमा विरोध, चल्यो नाराबाजी

    सुरु हुन नपाउँदै नेकपा एमालेका सांसदको संसदमा विरोध, चल्यो नाराबाजी

    काठमाडौं : नेकपा (एमाले)ले प्रतिनिधिसभाको शुक्रवारको बैठकमा पनि अवरोध गरेको छ। बैठक सुरु हुनासाथ नेकपा एमालेका सांसदहरु नाराबाजी गर्दै विरोधमा उत्रिएका हुन्। सभामुख अग्निप्रसाद सापकोटाको भूमिका निष्पक्ष नदेखिएको भन्दै आक्रोशित रहेको एमालेले आजको बैठक सुरु हुनासाथ नारावाजी गरेको हो। यसअघि बुधवारको बैठकमा पनि एमालेले अवरुद्ध गरेको थियो। नेकपा एमालेले कारवाही गरेका सांसदहरुलाई सभामुखले सूचना टाँस नगरेको भन्दै एमालेले विरोध जनाउँदै…

    विस्तृतमा पढ्नुस्

  • दीर्घ रोगीलाई देउवा सरकारको उपहार : पाँच हजार भत्ता

    दीर्घ रोगीलाई देउवा सरकारको उपहार : पाँच हजार भत्ता

    काठमाडौं : सरकारले बजेटको प्रतिस्थापन विधेयकमार्फत् दीर्घ रोगीका लागि मासिक पाँच हजार रुपैयाँ भत्ता प्रदान गर्ने तयारी गरेको छ। शुक्रबार संसदमा पेस हुन लागेको विधेयकमा दीर्घ रोगीलाई जीवन निर्वाह भत्ता मासिक पाँच हजार रुपैयाँ दिने कार्यक्रम राखिएको स्रोतले बतायो। अर्थ मन्त्रालय स्रोतका अनुसार स्पाइनल इन्जुरी भएर पक्षघात भएका, मृगौला फेल भएर डायलाइसिस गरिरहेका, ओपन हार्ट सर्जरी गरेका, पार्किन्सन र अल्जाइमर्सका…

    विस्तृतमा पढ्नुस्

  • कसकसलाई बनाउने मन्त्री? देउवाले मागे नाम, साँझ फेरि अर्को बैठक बसेर टुङ्ग्याउने गठबन्धनका नेताको सहमति

    कसकसलाई बनाउने मन्त्री? देउवाले मागे नाम, साँझ फेरि अर्को बैठक बसेर टुङ्ग्याउने गठबन्धनका नेताको सहमति

    काठमाडौं : सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम चाडै टुङ्ग्याउने निर्णय गरेको छ। गठबन्धनमा सहभागी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको बैठकले सरकारमा सहभागी हुने नेताको नाम चाडो टुङ्गो लगाउने सहमति गरेको हो। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी हुने मन्त्रीको नाम चाँडो दिन गठबन्धनका नेताहरुलाई आग्रह गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • पेरुमाथि ब्राजिलको सहज जित

    पेरुमाथि ब्राजिलको सहज जित

    विश्वकप क्वालिफायर्सको दक्षिण अमेरिकी छनोट अन्तर्गत आज बिहान सम्पन्न खेलमा ब्राजिलले पेरुमामाथि सहज जित निकालेको छ। ब्राजिलस्थित एरेना पेर्नाम्बुको स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले पेरुलाई २-० गोल अन्तरले हराएको हो। खेलको १४ औं मिनेटमा एभर्टन रिभेरियोको गोलमा ब्राजिलले अग्रता बनाएको थियो। त्यस्तै ४० औं मिनेटमा नेइमारले गोल थप्दा पहिलो हाफमा ब्राजिल दुई गोलले अघि रह्यो। दोस्रो हाफमा दुबै पक्षले गोल…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा सत्तारुढ दलको बैठक : हिजो उपेन्द्र यादव छुट्दा नटुंगेको विषयमा आज छलफल

    बालुवाटारमा सत्तारुढ दलको बैठक : हिजो उपेन्द्र यादव छुट्दा नटुंगेको विषयमा आज छलफल

    काठमाडौं : सत्तारुढ पाँच दलका शीर्ष नेताहरुबीच आज बालुवाटारमा बैठक बस्दै छ। आज बिहान ९ बजेका लागि गठबन्धनको बैठक बोलाइएको हो। बैठकमा मुख्यत: मन्त्रिपरिषद् विस्तारको विषयलाई प्रमुख एजेन्डा बनाएको बताइएको छ। बिहीवार पनि प्रधानमन्त्री शेरबहादुर देउवाले यसबारे छलफल गरेका थिए। बालुवाटारमा बसेको बैठकले चाँडै मन्त्रिपरिषद विस्तार गर्नेबारेमा सहमति गरे पनि कहिलेसम्म विस्तार गर्ने भन्नेबारेमा भने छलफल टुंगोमा पुग्न नसकेको माओवादी…

    विस्तृतमा पढ्नुस्

  • मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

    मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

    विश्वकप क्वालिफायर्सको दक्षिण अमेरिकी छनोट अन्तर्गत आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले बोलिभियामाथि सहज जित निकालेको छ। एल मोनुमेन्टल स्टेडियममा सम्पन्न खेलमा कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाले बोलिभियामाथि ३-० को सहज जित निकाल्यो। अर्जेन्टिनाको जित कप्तान लियोनल मेस्सीले ह्याट्रिक पुरा गरे। खेलको १४ औं मिनेटमा अर्जेन्टिनालाई अग्रता दिलाएका मेस्सीले दोस्रो हाफमा दुई गोल थपेका थिए। उनले खेलको ६४ औं मिनेट र ८८…

    विस्तृतमा पढ्नुस्

  • नेपाल भर्सेस पपुवा न्युगिनी: पहिलो पटक डे नाइट एकदिवसीय खेल्दै नेपाल

    नेपाल भर्सेस पपुवा न्युगिनी: पहिलो पटक डे नाइट एकदिवसीय खेल्दै नेपाल

    काठमाडौं: नेपाली क्रिकेट टोलीले आज पपुवा न्युगिनीसँगको एकदिवसीय सिरिजको दोस्रो खेल खेल्दैछ। क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गत नेपाल, अमेरिका र ओमनबीचको त्रिदेशीय सिरिजका लागि ओमन पुगेको नेपाली टोलीले त्यसअघि पपुवा न्युगिनीसँग खेलेको हो। आज सन् २०१८ मा एकदिवसीय मान्यता पाएयता नेपालले पहिलो पटक डे नाइट एकदिवसीय खेल्दैछ। यसअघि नेपालले पहिलो ओडिआईमा पपुवा न्युगिनीलाई दुई विकेटले हराएको थियो। उक्त खेलमा…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरबाट डोजरले तानेर भोटाहिटी पुर्‍याइयो इन्द्रजात्राको य:सिं

    भक्तपुरबाट डोजरले तानेर भोटाहिटी पुर्‍याइयो इन्द्रजात्राको य:सिं

    काठमाडौं : यँया: (इन्द्रजात्रा) मा हनुमानढोकामा ठड्याउन यस वर्ष छानिएको य:सिंलाई काठमाडौं ल्याइएको छ। भक्तपुरको चित्तपोल (यसिंगुँ) बाट मानिसले डोरीको सहायताले तानेर य:सिंलाई काठमाडौं ल्याउनुपर्नेमा यो वर्ष डोजरले तानेर भोटाहिटी पुर्‍याइएको हो। बुधवार मानन्धर समुदायसँगै गर्जुको पल्टन गएर शुभसाइतमा वृक्षकर्तन गरिएको थियो। यता, यसपटक कोरोना संक्रमणलाई मध्यनजर गर्दै य:सिंलाई मानिसहरुले तानेर नभइ डोजरले तानेर ल्याइएको बताइएको छ। हुनत यसअघि पनि य:सिंलाई तानेर ल्याउन…

    विस्तृतमा पढ्नुस्

  • सम्पत्ति शुद्धीकरण मुद्दामा पर्शुराम बस्नेतले सर्वोच्चबाट पनि पाए सफाइ 

    सम्पत्ति शुद्धीकरण मुद्दामा पर्शुराम बस्नेतले सर्वोच्चबाट पनि पाए सफाइ 

    काठमाडौँः सम्पत्ति शुद्धीकरण मुद्दामा पर्शुराम भनेर चिनिने कृष्ण बस्नेतलाई सर्वोच्च अदालतले सफाइ दिएको छ। विशेष अदालत काठमाडौँको फैसला सदर गर्दै सर्वोच्चले पनि बस्नेतलाई मुद्दामा सफाइ दिएको हो। विशेष अदालतले प्राविधिक प्रश्नमा टेकेर शुद्धीकरणको मुद्दामा बस्नेतलाई सफाइ दिएको थियो। २५ चैत २०७४ मा बस्नेतले विशेषबाट सफाइ पाएका थिए। विशेषबाट सफाइ पाएको साढे तीन वर्षपछि सर्वोच्चबाट पनि उनले सफाइ पाएका हुन्।  न्यायाधीश दीपककुमार…

    विस्तृतमा पढ्नुस्

  • नेपाल भर्सेस बंगलादेश : ‘टर्फ’मा अभ्यास गरेर ‘ग्रास’मा खेल्न कठिनाइ?

    नेपाल भर्सेस बंगलादेश : ‘टर्फ’मा अभ्यास गरेर ‘ग्रास’मा खेल्न कठिनाइ?

    काठमाडौं : नेपाली महिला फुटबल टोलीले आज दशरथ रंगशालामा सम्पन्न मैत्रीपूर्ण खेलमा बंगलादेशमाथि जित निकाल्यो। दशरथ रंगशालामा पहिलो पटक खेलेको नेपाली टोलीले बंगलादेशमाथि जित निकाल्दा पहिलो हाफमा नेपाल हावी भएको थियो भने दोस्रो हाफमा बंगलादेश हावी भएको थियो। खेलपछि प्रतिकृया दिँदै नेपाली टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले प्रतिस्पर्धात्मक खेल भएको र आफू खेलबाट सन्तुष्ट भएको बताए। उनले आर्टिफिसियल टर्फको मैदानमा खेलेर…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनमा अझै हुन सकेन सहमति, संसदमा कसरी प्रस्तुत हुने?

    मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनमा अझै हुन सकेन सहमति, संसदमा कसरी प्रस्तुत हुने?

    काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रतिनिधिसभा बैठकलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेकले सदनका क्रियाकलापलाई प्रभावकारी बनाउने बारेमा छलफल गरेको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए। यस्तै, गठबन्धनका नेताहरुले चाँडै मन्त्रिपरिषद बिस्तार गर्नेबारेमा सहमति गरे पनि कहिलेसम्म बिस्तार गर्ने भन्नेबारेमा भने छलफल टुंगोमा पुग्न सकेन। 'सामान्य छलफलभ भयो। तर यही भन्ने टुंगो लागेन,' गुरुङले भने।…

    विस्तृतमा पढ्नुस्

  • थप ९२ हजार बढीले लगाए खोप, आज १२७१ कोरोना संक्रमित पहिचान

    थप ९२ हजार बढीले लगाए खोप, आज १२७१ कोरोना संक्रमित पहिचान

    काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २७१ कोरोना भाइरस संक्रमित थपिएका छन्। कूल ११ हजार ९४४ जनाको परीक्षण गर्दा १ हजार ५८ जनाको पीसीआर परीक्षणका क्रममा र २१३ जना एन्टीजेन परीक्षणको क्रममा रिपोर्ट कोभिड १९ पोजेटिभ आएको हो। यस्तै, १ हजार ८४५ जना संक्रमण मुक्त भएसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या २८ हजार ६७८ पुगेको छ। संक्रमणका कारण…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीका उपाध्यक्षलाई ओलीले भने : सरकारमा हुँदा परियोजना अघि बढाउन हर प्रयास गरेँ तर शक्तिकेन्द्रले दिएनन्

    एमसीसीका उपाध्यक्षलाई ओलीले भने : सरकारमा हुँदा परियोजना अघि बढाउन हर प्रयास गरेँ तर शक्तिकेन्द्रले दिएनन्

    काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग अमेरिकी परियोजना मिलिनियम च्लालेन्ज कर्पोरेशन (एमसीसी)का प्रतिनिधिको भेटवार्ता भएको छ। परियोजनाका बारेमा ओली र एमसीसीका उपाध्यक्ष फतिमा सुमार, नायब उपाध्यक्ष जोनाथन ब्रुक्स लगायतसँग संवाद भएको ओलीको सचिवालयले जनाएको छ। बिहीवार नेपाल आएको एमसीसीको टोलीले सबैभन्दा पहिला एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको हो। आफ्नो नेतृत्वको सरकारले परियोजना अघि बढाउन गरेको…

    विस्तृतमा पढ्नुस्

  • सरकार बिस्तार र एमसीसीबारे छलफल गर्न गठबन्धनका शीर्ष नेता बालुवाटारमा

    सरकार बिस्तार र एमसीसीबारे छलफल गर्न गठबन्धनका शीर्ष नेता बालुवाटारमा

    काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको हो। देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव लगायतको बैठक बालुवाटारमा सुरु भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। बालुवाटारको बैठक अघि देउवा बाहेक गठबन्धनमा सामेल नेताहरुले हात्तीवनमा पनि छलफल गरेका…

    विस्तृतमा पढ्नुस्

  • पूर्व प्रम ओली र एमसीसी उपाध्यक्ष बिच भेट, के फेरिएला धारणा?

    पूर्व प्रम ओली र एमसीसी उपाध्यक्ष बिच भेट, के फेरिएला धारणा?

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमर बिच भेटवार्ता भएको छ। आज काठमाडौं आइपुगेकी सुमर र एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स बालकोट पुगेर ओलीसँग छलफल गरेका हुन्। ओलीले प्रधानमन्त्री हुँदा एमसीसी पारित हुनुपर्ने बताएका थिए। तर, हाल विपक्षमा पुगेपछि उनले एमसीसीबारे आफ्नो धारणाबाट 'यु टर्न' लिएका छन्। त्यसैले पनि ओलीसँग एमसीसीका…

    विस्तृतमा पढ्नुस्

  • नर्थ मेसेडोनियाको एक कोभिड अस्पतालमा आगलागी, १४ जनाको मृत्यु

    नर्थ मेसेडोनियाको एक कोभिड अस्पतालमा आगलागी, १४ जनाको मृत्यु

    नर्थ मेसेडोनियामा एक कोभिड १९ अस्पतालम आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ। तेभोतो शहरमा रहेको उक्त अस्पतालमा लागेको आगो एक घण्टाभित्रै नियन्त्रणमा लिइएको थियो। अधिकारीहरुले आगलागीको कारण बारे अनुसन्धान भइरहेको बताएका छन्। अक्जसिजन सिलिन्डरहरु पड्किएपछि आगो झनै तिब्र गतिमा फैलिएको अनुमा गरिएको छ। स्वास्थ्य मन्त्री भेन्को फिलिसेले अस्पतालमा रहेका अन्य बिरामीहरुलाई अन्य अस्पतालमा रिफर गरिसकेको बताएका छन्। आगलागी हुनुलाई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell