PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

  • कक्षा १२ को परीक्षाफल सार्वजनिक

    कक्षा १२ को परीक्षाफल सार्वजनिक

    काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ। मंसिर महिनामा सम्पन्न १२ को परीक्षामा ४ लाख ३३ हजार २ सय ७१ जना परीक्षार्थी सहभागी थिए। कोभिड संक्रमित विद्यार्थीहरुको भने पुसमा परीक्षा भएको थियो। नियमिततर्फ ३ लाख, १० हजार ३ सय १६ जनाले परीक्षा दिएका थिए भने ग्रेड बृद्धितर्फ ९१ हजार ९ सय, आंशिकतर्फ ३१ हजार ५५ जना विद्यार्थीले परीक्षा…

    विस्तृतमा पढ्नुस्

  • झापाको कचनकबलमा घरमा आगलागी हुँदा एक जना पुरुषको मृत्यु

    झापाको कचनकबलमा घरमा आगलागी हुँदा एक जना पुरुषको मृत्यु

    काठमाडौं : घरमा आगलागी हुँदा झापामा एक पुरुषको मृत्यु भएको छ। राति करिब साढे १२ बजे झापाको कचनकबल गाउँपालिका वडा नम्बर १ घेराबारीमा घरमा आगलागी हुँदा ५५ वर्षीय गोवर्धन राजवंशीको मृत्यु भएको हो। राति सुतिरहेको अवस्थामा आगलागी हुँदा घरका अन्य सदस्य भने भागेर बाच्न सफल भएका छन्। करिब साढे १ बजेतिर प्रहरी चौकी घेराबारीबाट गएको प्रहरी टोली, भद्रपुर नगरपालिका र…

    विस्तृतमा पढ्नुस्

  • महिला लिगमा दुई खेल: अपराजित एपीएफलाई जितविहीन चौदण्डीको चुनौती

    महिला लिगमा दुई खेल: अपराजित एपीएफलाई जितविहीन चौदण्डीको चुनौती

    काठमाडौं: राष्ट्रिय महिला फुटबल लिगमा आज दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले विराटनगर महानगरपालिकासँग खेल्नेछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा दुबै टोली दोस्रो स्थानमा उक्लने लक्ष्यका साथ मैदान उत्रने छन्। खेल मध्यान्ह ११ बजे सुरु हुनेछ। त्यस्तै आजै हुने दोस्रो खेलमा शीर्ष स्थानमा रहेको एपीएफले तालिकाको पुछारमा रहेको चौदण्डीगढी नगरपालिकासँग भिड्नेछ। एन्फा कम्पेक्समै…

    विस्तृतमा पढ्नुस्

  • स्वारेजको दोहोरो गोलमा एट्लेटिकोको जित, शीर्षस्थानमा १० अंकको अग्रता

    स्वारेजको दोहोरो गोलमा एट्लेटिकोको जित, शीर्षस्थानमा १० अंकको अग्रता

    स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एट्लेटिको मड्रिडले काडिजमाथि जित निकालेको छ। स्टेडियो रामोन डी कारान्जामा भएको खेलामा घरेलु टोली काडिजलाई ४-२ गोल अन्तरले हराउँदै एट्लेटिको शीर्षस्थानमा अंकदुरी बढाएको हो। खेलको २८ औं मिनेटमा एट्लेटिकोका लुइस स्वारेजले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। तर ३५ औं मिनेटमा घरेलु टोलीका अल्भारो नेग्रेडोले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै ४४ औं…

    विस्तृतमा पढ्नुस्

  • प्रशिक्षकमा टुचाल आएपछि चेल्सीको पहिलो जित

    प्रशिक्षकमा टुचाल आएपछि चेल्सीको पहिलो जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज साँझ सम्पन्न खेलमा चेल्सीले बर्नलीमाथि जित निकालेको छ। स्टामफोर्ड ब्रिजमा भएको खेलमा घरेलु टोली चेल्सीले २-० गोलअन्तरले जित निकालेको हो। चेल्सीमा थोमस टुचाल प्रशिक्षक भएर आएयता चेल्सीको यो पहिलो जित हो। घरेलु टोलीलाई सिजर एज्प्लिक्विएटाले अग्रता दिलाएका थिए। उनले खेलको ४० औ मिनेटमा कलुम हुडसन ओडोइको पासमा अग्रता बनाएका थिए। उनको गोलमा चेल्सी पहिलो हाफमा एक गोलले…

    विस्तृतमा पढ्नुस्

  • केन्द्रको विवादमा प्रदेश र स्थानीय तह पर्नु गलत : मुख्यमन्त्री पोखरेल

    केन्द्रको विवादमा प्रदेश र स्थानीय तह पर्नु गलत : मुख्यमन्त्री पोखरेल

    पूजा पन्थी- बुटवल : लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रिय तहमा आएको राजनीतिक उतार चढावले विकासको कामलाई प्रभावित नगर्ने बताएका छन्। मुख्यमन्त्री पोखरेलले राष्ट्रिय राजनीतिमा चलिरहेको बहसलाई नबुझी प्रदेश तथा स्थानीय तहमा धारणा बनाइनु र केन्द्रमा देखिएको विवादमा तरंगित हुने प्रवृति गलत भएको बताएका हुन्। आइतवार रुपन्देहीको मणिग्राममा आयोजित प्रदेश समन्वय परिषद्को चौथो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • करण केसीले लिए क्रिस गेलको विकेट

    करण केसीले लिए क्रिस गेलको विकेट

    काठमाडौं: युएईमा जारी टी १० लिगमा करण केसीले युनिभर्स बोस क्रिस गेलको विकेट लिएका छन्। शेख जायेद स्टेडियममा टिम अबुधावी र पुणे डेभिल्स बिचको खेलमा केसीले पुणेका लागि बलिङ गर्दै गेलको विकेट लिएका हुन्। टस हारेर ब्याटिङमा उत्रिएको पुणेले निर्धारित १० ओभरमा ४ विकेट गुमाउँदै १२९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको टिम अबुधावीका ब्याट्सम्यान क्रिस गेलको विकेट केसीले लिएका…

    विस्तृतमा पढ्नुस्

  • मनोरञ्जनरमण शर्मा अवार्डबाट प्रतिभा र ईम सम्मानित

    मनोरञ्जनरमण शर्मा अवार्डबाट प्रतिभा र ईम सम्मानित

    काठमाडौं: भलिबल खेलाडी ईमबहादुर राना र प्रतिभा माली मनोरञ्जन रमण शर्मा अवार्ड २०७७ बाट सम्मानित भएका छन्। आइतवार नेपाल भलिबल संघले नक्सालस्थित क्राउन प्लाजा होटलमा आयोजना गरेको कार्यक्रम राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाल र संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले सम्मानित खेलाडीहरुलाई सम्मान गरे। राष्ट्रिय महिला भलिबल टिमकी सदस्य प्रतिभालाई उनले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता र गत बर्ष…

    विस्तृतमा पढ्नुस्

  • ‘खेलकुदसँग प्रधानमन्त्री’ कार्यक्रम आयोजना गर्दै राखेप

    ‘खेलकुदसँग प्रधानमन्त्री’ कार्यक्रम आयोजना गर्दै राखेप

    काठमाडौं: राष्ट्रिय खेलकुद परिषद (राखेप) ले माघ २० गते ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ। प्रधानमन्त्री ओली स्वयं खेलाडी, प्रशिक्षक र खेलकर्मीमाझ उपस्थित भएर खेलकुदका बारेमा जानकारी लिने र निर्देशन दिने कार्यक्रम रहेको राखेपले विज्ञप्तिमार्फत जनाएको छ। कार्यक्रम कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा माघ २० गते दिउँसो १ बजे हुने छ। कार्यक्रममा नेपाली खेलकुदको विकास–विस्तार र समसमायिक बिषयका बारेमा…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

    धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

    कैलाली : कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धनगढी उप-महानगरपालिकाको वडा नम्बर ६ स्थित मटियारीमा सुपप्र ०१००९ प ९१७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। दुर्घटनामा १८ वर्षीय रोहित रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटनामा धनगढीकै १९ वर्षीय कृष्ण राना र कञ्चनपुरको कृष्णपुर नगरपालिका-७ का १९ वर्षीय मिलेन्द्र सिंह…

    विस्तृतमा पढ्नुस्

  • सशस्त्र प्रहरी अस्पतालमा अब मानव सेवा आश्रमका बिरामीलाई निःशुल्क उपचार तथा औषधी

    सशस्त्र प्रहरी अस्पतालमा अब मानव सेवा आश्रमका बिरामीलाई निःशुल्क उपचार तथा औषधी

    काठमाडौंः सशस्त्र प्रहरी बल नेपालको अस्पताल र मानव सेवा आश्रमका बिच स्वास्थ्य उपचार सम्बन्धी सहमति भएको छ। आइतबार सशस्त्र प्रहरी बल¸नेपाल प्रधान कार्यालय हलचोकमा आयोजित एक समारोहका बिच सशस्त्र प्रहरी महानिरीक्षक एवं नेपाल ए.पी.एफ. अस्पतालका संरक्षक शैलेन्द्र खनालज्यू र मानव सेवा आश्रमका संरक्षक एवं समाजसेवी डा. गोविन्द टण्डनको उपस्थितिमा सहमति भएको हो। समुपस्थितमा नेपा अस्पतालका तर्फबाट प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • थप १०५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि, दुई जनाको मृत्यु

    थप १०५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि, दुई जनाको मृत्यु

    काठमाडौं : नेपालमा थप १०५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा दुई लाख ७० हजार ९५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै कोभिड-१९ संक्रमित थप दुई जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या दुई हजार २९ पुगेको छ। पछिल्लो २४ घण्टामा थप २८८ संक्रमित संक्रमण मुक्त भएका…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल चोरी गर्ने गिरोह प्रहरीको नियन्त्रणमा, ६ वटा चोरीको मोटरसाइकल बरामद

    मोटरसाइकल चोरी गर्ने गिरोह प्रहरीको नियन्त्रणमा, ६ वटा चोरीको मोटरसाइकल बरामद

    जनकपुरधाम : मोटरसाइकल चोरी गर्ने गिरोहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा  ५ जनालाई ६ वटा चोरीको मोटरसाइकल सहित पक्राउ गरेको हो। धनुषाको सशस्त्र प्रहरी बल नक्टाझिझमा कार्यरत सशस्त्र प्रहरी जवान मिथिलेश कुमार राउतको पार्किङ गरी राखिएको मोटरसाइकल चोरी भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले चोरी भएको मोटरसाइकल पत्ता लगाउने…

    विस्तृतमा पढ्नुस्

  • संवैधानिक परिषदले गरेको ३८ वटै सिफारिस सभामुखद्वारा फिर्ता

    संवैधानिक परिषदले गरेको ३८ वटै सिफारिस सभामुखद्वारा फिर्ता

    काठमाडौं : सभामुख अग्नि सापकोटाले संवैधानिक परिषदबाट भएका ३८ वटै नियुक्ति फिर्ता गरेका छन्। मुख्य सचिवलाई पत्राचार गर्दै सभामुख सापकोटाले पुस ५ गते प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाई गर्न नसकिने लगायतका कारणहरु देखाउँदै नियुक्तिको सिफारिस फिर्ता गरेका हुन्। संवैधानिक निकायहरुमा नियुक्तिका लागि गरिएको सिफारिसको संसदीय सुनुवाईका लागि सभामुखलाई पत्राचार भएको थियो।  त्यसैगरी, मंसिर ३० गते बिहान ९ बजे बोलाइएको संवैधानिक…

    विस्तृतमा पढ्नुस्

  • गणेश सेन्चुरीको 'कान्छी'मा नाजिर र सुनिशाको चट्पटे माया

    गणेश सेन्चुरीको 'कान्छी'मा नाजिर र सुनिशाको चट्पटे माया

    काठमाडौं :  घरको पूजा कोठामा देउतालाई चढाएको पैसा चोरेर आइपुग्छ केटो। साथी धनपति उसकै पछिपछि लाग्छ। दुबैजना पुग्छन् चट्पटे पसलमा। 'खोइ त मटर राखेको, खोइ नुन चाखेको?' भन्दै प्रश्न गर्छन् कान्छीलाई जो पसलकी साहुनी हुन्। प्रश्नसँगै शुरु हुन्छ गणेश सेन्चुरीको गीत 'कान्छी।' बुद्ध योन्जनले लेखेको गीतमा संगीत मोनिश निरौलाले दिएका छन्। गीतको भिडियोले चट्पटे बेच्ने युवती र उनको ग्राहकबिच फक्रने…

    विस्तृतमा पढ्नुस्

  • फागुन अन्तिम साता हुने १०औँ नेफ्टा अवार्डको टाइटल स्पोन्सरमा एलआइसी नेपाल

    फागुन अन्तिम साता हुने १०औँ नेफ्टा अवार्डको टाइटल स्पोन्सरमा एलआइसी नेपाल

    काठमाडौं : फागुन अन्तिम साता हुन गइरहेको दशौँ नेफ्टा अवार्डको टाइटल स्पोन्सरमा एलआइसी (लाइफ इन्स्योरेन्स कर्पोरेसन) नेपालले सहकार्य गर्ने भएको छ। एलआइसीका तर्फबाट सीईओ लक्ष्मीप्रसाद दास र ड्रिम हाइ नेपालको तर्फबाट कमल जिसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौतापछिको सहकार्यसँगै नेफ्टा अवार्डको नाम अब एलआइसी नेपाल १० औँ नेफ्टा अवार्ड २०७७ भएको छ। कोरोना भाइरसको महामारीको कारण गत वर्ष स्थगित…

    विस्तृतमा पढ्नुस्

  • संविधानमाथिको प्रहार इतिहासकै ठूलो अत्याचार : नागरिक आन्दोलन

    संविधानमाथिको प्रहार इतिहासकै ठूलो अत्याचार : नागरिक आन्दोलन

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतनिधिसभा विघटन गरेर प्रतिगमन गरेको भन्दै सुरु भएको नागरिक आन्दोलनले आज सिफलमा प्रदर्शन गर्‍यो। असंवैधानिक कदमविरुद्धको आज सिफलमा विभिन्न नारा लेखिएको प्ले कार्ड तथा व्यङ्ग्य चित्रहरु प्रदर्शन गरिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए। शहीद धर्मभक्त माथेमाको हत्या गरिएको स्थालमा आज श्रष्टाहरुले प्रतिगमनविरुद्ध अभिव्यक्ति दिएका थिए। 

    विस्तृतमा पढ्नुस्

  • सोमबार राति नेपाली सेनाले अभ्यासको क्रममा चक्रपथमा बख्तरबन्द गाडीले परिक्रमा गर्दै

    सोमबार राति नेपाली सेनाले अभ्यासको क्रममा चक्रपथमा बख्तरबन्द गाडीले परिक्रमा गर्दै

    काठमाडौंः सोमबार राति नेपाली सेनाको बख्तरबन्द गाडीहरुले चक्रपथ परिक्रमा लगाउने भएको छ। हतियार सहितको गाडीले रातिको समयमा परिक्रममा गर्दा सर्वसाधरणमा त्रास फैलिन सक्ने सम्भावना भएकाले नेपाली सेनाले नियमित अभ्यासको क्रममा परिक्रमा गर्न लागेको जानकारी गराएको छ। आइतबार नेपाली सेनाले सुचना जारी गर्दै बख्तरबन्द गाडीले चक्रपथमा चक्कर लगाउने योजनाको जानकारी दिएको हो। त्यसैगरी, ८ वटै पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट अवैध रुपमा भित्र्याइएका चार हजार चल्ला नष्ट

    भारतबाट अवैध रुपमा भित्र्याइएका चार हजार चल्ला नष्ट

    वीरगंज : भारतबाट अवैध रुपमा भित्र्याइएको चार हजार ब्रोइलरको चल्ला नष्ट गरिएको छ। पर्सा प्रहरीले बेवारिसे अवस्थामा चल्ला बरामद गरी नष्ट गरेको हो। प्रहरी टोलीले बर्ड फ्लु फैलिएको अवस्थामा सीमा क्षेत्रमा कडाई गरेपछि वीरगंज-२४ रामगढवास्थित तिलावेपुलव नजिकै व्यवसायीहरुले चल्ला फालेर भागेका थिए। जिल्ला प्रहरी कार्यालय पर्सा तथा पशु क्वारेन्टाइन सिर्सियाको संयुक्त टोलीले खाल्डोमा पुरेर उक्त चल्ला नष्ट गरेको पर्साका प्रहरी नायब…

    विस्तृतमा पढ्नुस्

  • संवैधानिक इजलासमा प्रश्न : छोराले अंश माग्दा बाउले छोरालाई नै सिध्याउने? 

    संवैधानिक इजलासमा प्रश्न : छोराले अंश माग्दा बाउले छोरालाई नै सिध्याउने? 

    काठमाडौं : अधिवक्ता खिमानन्द अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले एक्कासी आवेशमा आएर प्रतिनिधिसभा विघटन गरेको जिकिर गरेका छन्। संसदमा आफूलाई प्रमाणित नगरी विघटन गरेकाले त्यो असंवैधानिक रहेको बताए । 'पार्टीका अभिभावक प्रथम अध्यक्षले पार्टीले असहयोग  गरेकाले विघटन गरेँ भन्नु भएको छ,' बहसका क्रममा अधिकारीले भने, 'छोराले अंश माग्दा बाउले छोरा नै सिध्याउने जस्तो हो यो। अंश माग्दा छोरा सिध्यायो भने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell