PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

  • संसद विघटनको मुद्दामा निवेदकको बहस सकियो, सरकारी वकिलले भोलिबाट सुरू गर्ने 

    संसद विघटनको मुद्दामा निवेदकको बहस सकियो, सरकारी वकिलले भोलिबाट सुरू गर्ने 

    काठमाडौं : प्रतिनिधिसभा विघटन विरूद्धको मुद्दामा निवेदकको तर्फको बहस सकिएको छ।  विघटनविरूद्ध १३ वटा निवेदन परेका थिए। आज १२ जना अधिवक्ताले बहस गरेसँगै निवेदक तर्फको बहस सकिएको हो।  अब सरकारवादी वकिलले भोलिदेखि बहस गर्नेछन्।  आज अधिवक्ताहरू गोपालदत्त पाण्डे, अमिता गौतम, कृतिनाथ पौडेल, खडानन्द कँडेल, लोकेन्द्र बहादुर ओली, खिमानन्द अधिकारी, पूर्णप्रकाश बस्नेत, केशरजंग केसी, कलमबहादुर खत्री, यदुनाथ खनाल, मनिराम उपाध्याय र…

    विस्तृतमा पढ्नुस्

  • दुबई जान लागेका युवक १० लाख रुपैयाँ सहित विमानस्थलबाट समातिए

    दुबई जान लागेका युवक १० लाख रुपैयाँ सहित विमानस्थलबाट समातिए

    काठमाडौंः अवैध तरिकाले रकम विदेश ल्यौजान लागेको अवस्थामा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। त्रिभुवन विमानस्थलबाट काठमाडौं महानगरपालिका वडा नम्बर १४ कलङ्की घर भएका  आशिष खाती क्षेत्रीलाई नियन्त्रणमा लिएको हो। उनी नेपाल एयरलाइन्सको उडानबाट दुबई जान लागेको अवस्थामा विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्या‍ण्ड व्यागेज चेकिङ एरियाको एक्स रे मेसिनमा चेकिङ गर्दा १० लाख रुपैयाँ फेला परेको थियो। आशिषको कालो रङ्गको…

    विस्तृतमा पढ्नुस्

  • गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ ‘स्टार क्रिकेट-२०२१’ हुँदै

    गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ ‘स्टार क्रिकेट-२०२१’ हुँदै

    कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को अगुवाइमा धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेको छ। गृष्मा ब्रोडकास्टिङको आयोजनामा रंगशालामा आर्थिक संकलनका लागि ‘स्टार क्रिकेट २०२१’ टुर्नामेन्ट आयोजना हुने भएको छ। शनिवार काठमाडौंमा आयोजित प्रेस मिटमा स्टार क्रिकेट २०२१ को बारेमा जानकारी दिइएको थियो। प्रेस मिटमा उपस्थित कलाकार र खेलाडीहरूले क्रिकेटसमेत खेलेका…

    विस्तृतमा पढ्नुस्

  • ३ सय करोडमा बन्दै फिल्म ‘रामायण’, ‘राम-सीता’ को भूमिका निभाउँदै ऋतिक-दीपिका

    ३ सय करोडमा बन्दै फिल्म ‘रामायण’, ‘राम-सीता’ को भूमिका निभाउँदै ऋतिक-दीपिका

    बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता ऋतिक रोशन चाँडै नै फिल्म ‘फाइटर’ मा देखिँदैछन्। यी दुवै एकसाथ पर्दामा देखिन लागेको यो पहिलो पटक हो। यसका साथै उनीहरु नयाँ फिल्म ‘रामायण’मा पनि देखिने सम्भावना बढेको छ। मधुमन्टेनाले निर्माण गर्न लागेको यस थ्रिडी फिल्ममा ऋतिकले राम र दीपिकाले सीताको भूमिकामा निभाउने निर्माण युनिटको दावी छ। फिल्मको बजेट ३ सय करोड रहने बताइएको…

    विस्तृतमा पढ्नुस्

  • फेरि माइतीघरको सडकमा पलेटी कसेर उस्तै गरी बसे प्रचण्ड र माधव नेपाल

    फेरि माइतीघरको सडकमा पलेटी कसेर उस्तै गरी बसे प्रचण्ड र माधव नेपाल

    काठमाडौं :  'हामी यहाँ छौं' भन्ने नारा लेखिएको प्लेकार्ड शरीरमा टाँसेर माइतीघरको सडकमा देशका तीन पूर्व प्रधानमन्त्री बसेको प्रसंग निकै चर्चामा आयो। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री केपी शर्मा ओलीको कटाक्षको शिकार समेत बने त्यसरी बस्दा। प्रधानमन्त्री ओली अहिले पनि सडकमा यसरी बसेको कुराको खिसिटिउरी गरिरहेका छन्। प्रधानमन्त्री ओलीको सिफारिसमा पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि नेपाल…

    विस्तृतमा पढ्नुस्

  • फाइनलमा जोरासँग भिड्न गएपछि राजेशलाई 'डिमेरिट' अंक

    फाइनलमा जोरासँग भिड्न गएपछि राजेशलाई 'डिमेरिट' अंक

    काठमाडौं: शनिवार कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा सम्पन्न प्रधानमन्त्री कपको फाइनल खेलमा खराब व्यवाहार देखाएको भन्दै त्रिभुवन आर्मी क्लबका खेलाडी राजेश पुलामीलाई एक 'डिमेरिट' अंक दिइएको छ। उक्त फाइनल खेलमा आर्मीले एपीएफलाई हराउँदै उपाधि जितेको थियो। पुलामीलाई कोडअफ कन्डक्ट २.५ (कुनै शब्द, क्रिया र इसारा जसले अर्को ब्याट्सम्यानलाई खेलका क्रममा आक्रमक बन्न प्रोत्साहित गर्छ) अन्तर्गत म्याच रेफ्रीले 'डिमेरिट' अंक दिएका हुन्। के भएको…

    विस्तृतमा पढ्नुस्

  • श्री ५ को सरकार भन्दै भाषण गरेका खानेपानी मन्त्री थापाले मागे माफी : भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु

    श्री ५ को सरकार भन्दै भाषण गरेका खानेपानी मन्त्री थापाले मागे माफी : भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु

    काठमाडौं : खानेपानी मन्त्री मणि थापाले कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भनेको विषयलाई लिएर माफी मागेका छन्। शनिवार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री थापाले नेपाल सरकार भन्ने ठाउँमा श्री ५ को सरकार भनेका थिए। उनले श्री ५ को सरकार भनेको भिडियो शनिवार राति देखी नै सामाजिक सञ्जालमा भाइरल भएको छ। सम्बोधनकै क्रममा उनले…

    विस्तृतमा पढ्नुस्

  • नेपाली प्रतिभा प्रतिष्ठानद्वारा साहित्यकार डाक्टर राजेन्द्र विमल र युवा कवि विमला तुम्खेवा पुरस्कृत 

    नेपाली प्रतिभा प्रतिष्ठानद्वारा साहित्यकार डाक्टर राजेन्द्र विमल र युवा कवि विमला तुम्खेवा पुरस्कृत 

    काठमाडौँः नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षको ‘प्रतिभा सम्मान २०२०’ वरिष्ठ साहित्यकार तथा भाषा संस्कृतिविद् डाक्टर राजेन्द्र विमल (जनकपुर) लाई प्रदान गरेको छ। नेपाली भाषा, साहित्यको विकास प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएबापत विमललाई नगद ५० हजार रुपैयाँ सहित सम्मान–पत्रसहित सम्मान गरिएको हो।  त्यस्तै नगद  एक लाख रुपैयाँ राशिको ‘प्रतिभा पुरस्कार–२०२०’ युवा कवि विमला लुम्खेवा (तेह्रथुम) लाई प्रदान गरिएको छ। ती दुवै पुरस्कार…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय महिला लिग: चन्द्रपुर र नेपाल पुलिस भिड्दै

    राष्ट्रिय महिला लिग: चन्द्रपुर र नेपाल पुलिस भिड्दै

    काठमाडौं: राष्ट्रिय महिला लिगमा आज एक खेल हुँदैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिका भिड्नेछन्। खेल दिउँसो २ बजे सुरु हुनेछ। जारी प्रतियोगितामा ४ खेलबाट ५ अंक जोड्दै चौथो स्थानमा रहेको पुलिस आजको खेलमा जित निकाल्दै दोस्रो स्थानमा उक्लने होडमा हुनेछ। त्यस्तै ४ खेलबाट ३ अंक जोड्दै छैटौ स्थानमा रहेको चन्द्रपुर आजको खेलमा जित निकाल्दै…

    विस्तृतमा पढ्नुस्

  • आर्सनल र म्यानचेस्टर युनाइटेडको बराबरी, शीर्ष स्थानको सिटीले सेफिल्डलाई हरायो

    आर्सनल र म्यानचेस्टर युनाइटेडको बराबरी, शीर्ष स्थानको सिटीले सेफिल्डलाई हरायो

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनल र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएका छन्। इमिरेट्स स्टेडियममा सम्पन्न् खेल खेलमा घरेलु टोली आर्सनल र म्यानचेस्टर युनाइटेड गोलरहित बराबरीमा रोकिएका हुन्। त्यस्तै गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले सेफिल्ड युनाइटेडमाथि जित निकाल्यो। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले सेफिल्डमाथि १-० गोलअन्तरको जित निकालेको हो। सिटीको जितमा गाब्रियल जिससले निर्णायक गोल…

    विस्तृतमा पढ्नुस्

  • दश खेलाडीमा सेमेटिएको रियल मड्रिड लेभान्टेसँग पराजित

    दश खेलाडीमा सेमेटिएको रियल मड्रिड लेभान्टेसँग पराजित

    स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको रियल मड्रिड लेभान्टेसँग पराजित भएको छ। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा सम्पन्न खेलमा घरेलु टोली मड्रिड लेभान्टेसँग २-१ गोल अन्तरले पराजित भएको हो। रियलमा डिफेन्डर इडेर मिलिटाओ खेलको नवौं मिनेटमै रेड कार्ड खाँदै बाहिरिएपछि रियल दश खेलाडीमा समेटिएको थियो। यद्यपि खेलको १३ औं मिनेटमा टोनी क्रुसको पासमा मार्को एसेन्सियोले गोल गर्दै मड्रिडलाई अघि बढाए। उता…

    विस्तृतमा पढ्नुस्

  • चुनावमा गए रामचन्द्र पौडेल पनि प्रधानमन्त्री बनिन्छ होला नि! : गगन थापा

    चुनावमा गए रामचन्द्र पौडेल पनि प्रधानमन्त्री बनिन्छ होला नि! : गगन थापा

    काठमाडौं: नेपाली कांग्रेसका नेता गगन थापाले चुनाव नेपाली कांग्रेसका लागि ठूलो विषय नभएको बताएका छन्। थापाले संविधान जोगाउनु कांग्रेसका लागि अहिलेको मुख्य विषय भएको प्रस्ट पार्दै यस्तो बताएका हुन्। नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर २ सिन्धुपाल्चोकले मेलम्चीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै कांग्रेसले विधि पद्धति बचाउन लाग्नुपर्ने उनले बताए। 'कांग्रेसका लागि चुनावै सबैथोक हैन। सिंहदरबार जानु, बालुवाटार पस्नु ठूलो कुरा…

    विस्तृतमा पढ्नुस्

  • वालिङमाथि शीर्षस्थानको एपीएफको जित

    वालिङमाथि शीर्षस्थानको एपीएफको जित

    काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा विभागीय टोली एपीएफले वालिङ नगरपालिकामाथि जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफले वालिङ नगरपालिकामाथि ३-० गोलअन्तरको जित निकालेको हो। एपीएफको जितमा साबित्रा भण्डारीले दुई गोल गर्दा प्रीति राईले १ गोल गरिन्। एपीएफले खेलको १३ औं मिनेटमा भण्डारीको गोलमा अग्रता बनाएको थियो। भण्डारीको गोलमा पहिलो हाफमा एपीएफ एक गोलले अघि…

    विस्तृतमा पढ्नुस्

  • थप दुई जना कोभिड-१९ संक्रमितको मृत्यु, १०९ जनामा संक्रमण पुष्टि

    थप दुई जना कोभिड-१९ संक्रमितको मृत्यु, १०९ जनामा संक्रमण पुष्टि

    काठमाडौं : नेपालमा थप दुई जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुनेको संख्या दुई हजार २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १०९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७० हजार ८५४ पुगेको छ। त्यस्तै थप ३५० कोभिड-१९ संक्रमित संक्रमण…

    विस्तृतमा पढ्नुस्

  • विकासको गति देखेर उहाँहरु छट्पटिनुभयो : प्रम केपी ओली

    विकासको गति देखेर उहाँहरु छट्पटिनुभयो : प्रम केपी ओली

    चितवन : प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गति तीब्र गरेपछि प्रचण्ड-नेपाल समूहका नेता छट्पटछिएको आरोप लगाएका छन्। नेकपा चितवनले आयोजना गरेको जनसभामा सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले भने, 'हामी सभा हल सिलन्यास गरिरहेका छौं। बाटो चौडा बनाउन सिलन्यास गरिरहेका छौं। उहाँहरु छटपटिरहनु भएको छ,' ओलीले भने। यहाँ बन्ने भवनका लागि आफूले बजेट दिएको बताउँदै प्रश्न गरे - अनि कुन केटाकेटीले…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कपको उपाधि आर्मीलाई

    प्रधानमन्त्री कपको उपाधि आर्मीलाई

    काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरीको एपीएफलाई हराउँदै आर्मीले उपाधि जितेको छ। आज कीर्तिपुरस्थित टियू मैदानमा सम्पन्न खेलमा आर्मीले एपीएफमाथि ३३ रनले जित निकाल्दै उपाधि उचालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २११ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको एपीएफ १७८ रनमा समेटियो। सुरुवाती ब्याटिङ गरेको आर्मीका लागि हरि…

    विस्तृतमा पढ्नुस्

  • सुदूर पश्चिममा पुगेर माधव नेपालको उद्घोष : ओली युगको अन्त्य भयो, अस्ताउँदा सूर्य

    सुदूर पश्चिममा पुगेर माधव नेपालको उद्घोष : ओली युगको अन्त्य भयो, अस्ताउँदा सूर्य

    काठमाडौं : सुदूर पश्चिमको धनगढीमा पुगेर नेकपाका नेता माधवकुमार नेपालले मुलुकमा केपी ओली युग अन्त्यको घोषणा गरेका छन्। धनगढी खुलामञ्चमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै नेता नेपालले भने, 'केपी ओली युगको अन्त्य हुँदैछ। उनी अस्ताउँदा सूर्य हुन्। हामी उदाउँदो सूर्य हौं। नेपाल कम्युनिस्ट पार्टी चम्किएर आउँदैछ।'  धनगढीको सभामा उपस्थितको संख्या उल्लेख्य देखेपछि नेताहरु उत्साही सुनिएका थिए।  'केपी ओलीसँग १ सय…

    विस्तृतमा पढ्नुस्

  • लेखराज भट्टको नाम नलिइ प्रचण्डले भने : ओली दलाल, उनी दलालका पनि दलाल!

    लेखराज भट्टको नाम नलिइ प्रचण्डले भने : ओली दलाल, उनी दलालका पनि दलाल!

    धनगढी : आफूसँग लामो समय सहकार्य गरेका सुदूर पश्चिमका नेता लेखराज भट्ट प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेको विषयलाई लिएर आजको जनसभामा पुष्पकमल दाहाल प्रचण्डले नाम नलिइकन भने, 'उनी ओलीका दलाल भए। केपी ओली आफैँमा दालल हुन्। उनी दलालका पनि दलाल भए।' प्रचण्डले सुदूर पश्चिम आएर पटक पटक लेखराज भट्टका पक्षमा दिएको अभिव्यक्ति स्मरण गरे। त्यसलाई गल्तीका रुपमा व्याख्या समेत…

    विस्तृतमा पढ्नुस्

  • लखनउको 'कथा' सुनाउँदै प्रचण्डले भने : कागजमा मारियो, हामी ज्युँदैछौं 

    लखनउको 'कथा' सुनाउँदै प्रचण्डले भने : कागजमा मारियो, हामी ज्युँदैछौं 

    धनगढी : पुष्पकमल दाहाल प्रचण्डले कागजी जालझेलले प्रतिनिधिसभा विघटन भएको भन्दै भारतको लखनउमा घटेको एउटा घटना सुनाए। 'म एक पटक लखनउ पुगेको थिएँ। त्यहाँ ३/४ सय जना मानिसहरुको जुलुस रहेछ। किन रहेछ भनेर हेरेको उनीहरुले हातमा 'हम अभी जिन्दा हैं' लेखेको प्ले कार्ड रहेछ। यसो बुझेको त तिनीहरुका आफन्तले जालझेल गरेर तिनीहरु मरिसकेका छन् भन्दै सेटिङ गरेका रहेछन्। कागजमा उनीहरुको…

    विस्तृतमा पढ्नुस्

  • धनगढीको सभामा मानिस देखेर प्रचण्ड मख्ख, भने : तपाईँले ओलीलाई फुच्चे बनाइदिनुभयो 

    धनगढीको सभामा मानिस देखेर प्रचण्ड मख्ख, भने : तपाईँले ओलीलाई फुच्चे बनाइदिनुभयो 

    धनगढी : आन्दोलनमा उत्रिएको नेकपाको पुष्पकमल दाहाल प्रचण्ड - माधवकुमार नेपाल समूहको सभामा मानिसको उपस्थिति देखेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विराटनगर र बुटवलको सभाभन्दा पनि ठूलो भएको बताएका छन्। 'सुदूर पश्चिम झुक्दै झुक्दैन भन्ने संदेश जनताको यो उपस्थितिले दिएको छ,' प्रचण्डले धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै भने, 'केपी ओलीको केन्द्रीय कमिटीमा एक तिहाइ छैन, स्थायी कमिटीमा एक तिहाइ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell