PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

  • नेपाल एयरलाइन्सको महाप्रबन्धकमा पौडेल नियुक्त

    नेपाल एयरलाइन्सको महाप्रबन्धकमा पौडेल नियुक्त

    काठमाडौँः नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा डिमप्रसाद पौडेल नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई चार वर्षका लागि महाप्रबन्धकमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए।  चाटर्ड एकाउन्टेन्ट रहेका पौडल नियमको सञ्चालक समिति सदस्य थिए। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको प्रस्तावमा पौडेललाई महाप्रबन्धक नियुक्त गरिएको हो।   निगममा महाप्रबन्धकको पद करिब डेढ वर्षदेखि रिक्त रहेको थियो। महाप्रबन्धकको सट्टा कार्यकारी अधिकारको जिम्मेवारी…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल कोरोनामुक्त, ‘कोरोना केही होइन भन्नु अतिरञ्जना हो’

    प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल कोरोनामुक्त, ‘कोरोना केही होइन भन्नु अतिरञ्जना हो’

    काठमाडौँ: प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल कोरोना भाइरसको संक्रमणमुक्त भएका छन्। रिमालले बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफ्नो दोस्रो पीसीआर परीक्षण नेगेटिभ आएको बताएका हुन्। सतर्क रहँदा-रहँदै पनि कसरी संक्रमित भएको भन्दै उनले कुनै अप्ठ्यारो महसुस नगरी आइसोलेसनको अवधि पार गरेको बताए। उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘कोरोना केही होइन भन्नु अतिरञ्जना हो। र, कोरोना लागेपछि सिद्दियो भन्नु त झनै उत्तेजनापूर्ण…

    विस्तृतमा पढ्नुस्

  • ओपनिङ जम्दा हैदराबादले पञ्जाबलाई दियो २ सय २ रनको लक्ष्य, शतक बनाउन तीन रनले चुके बेयरस्टो

    ओपनिङ जम्दा हैदराबादले पञ्जाबलाई दियो २ सय २ रनको लक्ष्य, शतक बनाउन तीन रनले चुके बेयरस्टो

    इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज जारी खेलमा सनराइजर्स हैदराबादले किंग्स ११ पञ्जाबलाई  २०२ रनको लक्ष्य दिएको छ। दुबई इन्टरनेसनल स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०१ रन बनाएको हो।  हैदराबादको ओपनिङ जम्दा उत्कृष्ट सुरुवात गरेको थियो। ९७ रन जोडेका जोन्नी बेयरस्टो शतक बनाउन चुके। त्यस्तै अर्का ओपनर तथा कप्तान डेभिड वार्नरले ५२ रन जोडे।…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीलाई ऋचा शर्माको खुलापत्र

    प्रधानमन्त्रीलाई ऋचा शर्माको खुलापत्र

    बलात्कारको घटना दैनिक बढ्दै जाँदा बालिका, किशोरी एवं महिलाको सुरक्षा बारे प्रश्न उठिरहेका छन्। सेलिब्रेटीदेखि आम मानिस सामाजिक सञ्जालमा वहस गरिरहेका छन्। यसै विषयमा अभिनेत्री एवं फिल्म निर्माता ऋचा शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेखेकी छिन्। फेसबुकमा उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै नेपालमा महिलाहरू सुरक्षित नभएको बताएकी छिन्। राष्ट्रपति महिला भएको देशमा बलात्कार जस्तो जघन्य अपराधलाई कानून कार्यान्वयन गर्नुपर्ने निकायहरूले…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ संक्रमित, काठमाडौं उपत्यकामा २५४० जना थपिँदा अरु जिल्लामा कति थपिए?

    कोभिड-१९ संक्रमित, काठमाडौं उपत्यकामा २५४० जना थपिँदा अरु जिल्लामा कति थपिए?

    काठमाडौं : पछिल्लो २४ घण्टामा ६८ जिल्लामा कोभिड-१९ का थप संक्रमितहरुको पहिचान भएको छ। पछिल्लो २४ घण्टामा ४.२३ नमुना परीक्षण गर्दा एक नमुना पोजेटिभ भएको छ। देशभरका प्रयोगशालामा भएको १८ हजार ४७३ नमुना परीक्षणका क्रममा एक हजार ५६१ महिला र दुई हजार ३६४ पुरुष गरी चार हजार ३६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले…

    विस्तृतमा पढ्नुस्

  • आईपीएलमा पञ्जाबको चुनौती हैदाराबादलाई, दुबै टिमको आशा ब्याटिङमा

    आईपीएलमा पञ्जाबको चुनौती हैदाराबादलाई, दुबै टिमको आशा ब्याटिङमा

    इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज किङ्स ११ पञ्जाब र सनराइजर्स हैदराबाद भिड्दैछन्। दुबइ इन्टरनेशनल स्टेडियममा आज साँझ पौने ८ मा सुरु हुने खेलमा पञ्जाब र हैदराबाद भिड्नेछन्। पञ्जाबले जारी सिजन पाँच खेल खेलेर एउटामा मात्र जित निकाल्न सकेको छ। त्यस्तै हैदराबादले दुई खेलमा जित र तीन खेलमा पराजय ब्यहोरेको छ। अंकतालिका पञ्जाब पुछारमा छ भने हैदराबाद छैटौं स्थानमा छ। आईपीएलको तथ्यांकलाई…

    विस्तृतमा पढ्नुस्

  • भारतले ३ करोडमा बनाइदियो सरस्वती माध्यमिक विद्यालयको नयाँ भवन

    भारतले ३ करोडमा बनाइदियो सरस्वती माध्यमिक विद्यालयको नयाँ भवन

    काठमाडौं: भारत सरकारले कैलालीको टीकापुरस्थित सरस्वती माध्यमिक विद्यालयको भवन निर्माण गरेको छ। ३ करोड ३ लाख आर्थिक सहयोगमा निर्माण गरिएको भवनको आज काठमाडौंस्थित भारतीय राजदूतावास, जिल्ला समन्वय समिति तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि र स्थानीय प्रतिनिधिले संयुक्त रुपमा उद्घाटन गरेका छन्। ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक अनुदान सहयोगमा ११ वटा कक्षा कोठा, पुस्तकालय, विज्ञान प्रयोगशाला, प्रशासनिक कक्ष,…

    विस्तृतमा पढ्नुस्

  • रियासँग सबैले माफी माग्नुपर्छ : हुमा कुरैशी

    रियासँग सबैले माफी माग्नुपर्छ : हुमा कुरैशी

    अभिनेत्री हुमा कुरेशीले सुशान्तसिंह राजपुत आत्महत्यासँग जोडिएको लागुऔषध मुद्दामा लामो हिरासतपछि रिहा भएकी रिया चक्रवर्तीसँग माफी माग्नुपर्ने बताएकी छन्। रियालाई प्रमाणित नहुँदै दोषी देखाएर बद्नाम गर्न खोजिएको भन्दै हुमाले कडा आपत्ति जनाएकी छन्। सबैले रियासँग माफी माग्नुपर्ने उनको आह्वान छ। सुशान्तको मृत्युलाई हत्या भनेर हल्ला फैलाउनेलाई हुमाले कारवाहीको माग पनि गरेकी छन्। ट्वीटरमा हुमाले एउटा महिलाको र परिवारको जिन्दगी आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • गोविन्द केसीको माग सम्बोधनका लागि सुरु भएको वार्ता केही बेरका लागि रोकियो

    गोविन्द केसीको माग सम्बोधनका लागि सुरु भएको वार्ता केही बेरका लागि रोकियो

    काठमाडौं : सरकार र प्राध्यापक डाक्टर गोविन्द केसी पक्षबीचको वार्ता केही बेरका लागि रोकिएको छ। शिक्षा मन्त्रालयका अधिकारीहरुको ब्यस्तताका कारण केही बेरका लागि रोकिएको र फेरि साढे ४ बजे बस्ने केसीका सहयोगी डा. प्रितम सुवेदीले जानकारी दिए। सरकारले बुधवार शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो। सदस्यहरुमा चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा र स्वास्थ्य तथा…

    विस्तृतमा पढ्नुस्

  • रसियन भ्याक्सिन परीक्षणको रफ्तारमा भारतको अवरोध

    रसियन भ्याक्सिन परीक्षणको रफ्तारमा भारतको अवरोध

    नयाँ दिल्ली : भारतको औषधि नियमन निकायले रसियामा निर्मित कोभिड १९ को खोप स्पुतनिक - फाइभलाई भारतमा बृहत रुपमा परीक्षण गर्न नदिने जनाएको छ। थोरै संख्यामा ट्रायल नगरी धेरै संख्यामा परीक्षणका लागि उसले नकारेको हो। डक्टर रेड्डीज ल्याबरोटरिजले धेरै संख्यामा परीक्षणका लागि प्रस्ताव गरेको थियो। केन्द्रीय औषधि गुणस्तर तथा नियन्त्रण संस्थाका विज्ञहरुको छलफलले थोरै संख्यामा परीक्षण नगरी ठूलो स्तरमा सहभागी…

    विस्तृतमा पढ्नुस्

  • अब टिकटक, म्युजिक भिडियो, चलचित्र आदि खिच्दा प्रहरीलाई जानकारी नदिए कारवाही हुने

    अब टिकटक, म्युजिक भिडियो, चलचित्र आदि खिच्दा प्रहरीलाई जानकारी नदिए कारवाही हुने

    काठमाडौं : प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरीको पोसाकको दुरुपयोग हुने क्रम बढेपछि कुनै पनि कार्यमा प्रहरीको पोसाक प्रयोग गर्नुपर्ने भए स्वकृति लिएरमात्र गर्न आग्रह गरेको छ। पछिल्लो समय विभिन्न चलचित्र, टेलिचलचित्र, सागीतिक भिडियो तथा टिकटकमा समेत नेपाल प्रहरीले प्रयोग गर्ने पोसाकको दुरुपयोग भइरहेकाले प्रहरीलाई जानकारी नदिइ प्रयोग गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको हो। प्रहरी प्रधान कार्यालय नक्सालले सूचना जारी गर्दै…

    विस्तृतमा पढ्नुस्

  • उपराष्ट्रपति डिवेटमा पेन्समाथि कमलाको प्रहार, ट्रम्प प्रशासन इतिहासमै असफल

    उपराष्ट्रपति डिवेटमा पेन्समाथि कमलाको प्रहार, ट्रम्प प्रशासन इतिहासमै असफल

    अमेरिकी उपराष्ट्रपति माइक पेन्स र सिनेटर कमला ह्यारिस बुधवार कोभिड-१९ बीचको ह्वाइट हाउसको कोभिड-१९ नियन्त्रणमा चालेको कदमका विषयमा एक अर्का माथि आरोप लगाएका छन्। उपराष्ट्रपतिका उम्मेदवारी दिएका वर्तमान उपराष्ट्रपति पेन्स र कमलाबीच भएको पहिलो उपराष्ट्रपति डिवेटमा एक अर्कालाई आरोप लगाएका हुन्। 'अमेरिकामा अहिले अमेरिकी जनता इतिहासमै कुनै राष्ट्रपतीय प्रशासनको ठूलो असफलताको साक्षी बनेका छन्,' ह्यारिसयले भनिन्। ५५ वर्षकी भारतीय मुलकी आमा…

    विस्तृतमा पढ्नुस्

  • युवराज खतिवडा, लोकदर्शन रेग्मी र निर्मलकुमार विश्वकर्माविरुद्ध उजुरी गर्न संसदीय सुनुवाई समितिको सूचना

    युवराज खतिवडा, लोकदर्शन रेग्मी र निर्मलकुमार विश्वकर्माविरुद्ध उजुरी गर्न संसदीय सुनुवाई समितिको सूचना

    काठमाडौं : सरकारले राजदूतमा सिफारिस गरेका डा युवराज खतिवडा, लोकदर्शन रेग्मी र डा निर्मलकुमार विश्वकर्माविरुद्ध उजुरीका लागि संघीय संसद सचिवालयको संसदीय सुनुवाई समितिले सूचना जारी गरेको छ। संसदीय सुनुवाईका लागि उक्त पदमा उनीहरु किन उपयुक्त छैनन् भन्ने सूचना उपलब्ध गराउन समितिले आह्वान गरेको हो। सरकारले पूर्व अर्थमन्त्री तथा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार युवराज खतिवडालाई अमेरिका, पूर्व मुख्य सचिव लोकदर्शन रेग्मीलाई…

    विस्तृतमा पढ्नुस्

  • सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोज्दा बाटो हिँड्नेले देखेपछि भयो उद्धार

    सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोज्दा बाटो हिँड्नेले देखेपछि भयो उद्धार

    काठमाडौं : बुधवार एक सात वर्षीय बालिकालाई जवर्जस्ती करणी गर्न लागेको समयमा बाटोमा हिँड्ने मानिसले देखेर उद्धार गरेका छन्। बुधवार दिउँसो सवा ३ बजेतिर कोटेश्वर महादेवस्थानको तल्लो खोलाको सहयोगनगर पुल नजिकैबाट बालिकाको उद्धार गरिएको हो। त्यस्तै जबर्जस्ती करणी गर्न खोज्ने पुरुषलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। दाङ घोराही नगरपालिका ४ घर भई हाल कोटेश्वरको महादेवस्थान बस्दै आएका ४३ वर्षीय दुर्गे विकलाई…

    विस्तृतमा पढ्नुस्

  • विद्यालय हिंडेकी बालिका अपहरण अभियोगमा दुई जना समातिए

    विद्यालय हिंडेकी बालिका अपहरण अभियोगमा दुई जना समातिए

    बलेवाः विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले पक्राउ गरेको छ। काठेखोला गाउँपालिका–६ की एक बालिकालाई गत मङ्गलबार जबरजस्ती मोटरसाइकलमा राखी अपहरण गरेको आरोपमा सोही ठाउँका दुई युवा पक्राउ परेका हुन्। प्रहरीले बुधबार साँझ १९ वर्षीय प्रेम परियार र २४ वर्षीय सुन्दर बिकलाई पक्राउ गरेको छ। स्थानीय एक विद्यालयमा वैकल्पिक शिकाईका लागि हिँड्दै गरेकी बालिकालाई…

    विस्तृतमा पढ्नुस्

  • चुरोटको बट्टाभित्र ब्राउन सुगर!

    चुरोटको बट्टाभित्र ब्राउन सुगर!

    काठमाडौंः  प्रहरीले प्रतिवन्धित लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला बुधवार साँझ बिर्तामोड नगरपालिका वडा नम्वर ३ सैनिक मोडमा प्रहरी चौकीबिर्ताबजारबाट खटिएको प्रहरी टोलीले भारत घर भई बिर्तामोड डेरा गरी बस्ने  ३४ वर्षिया कृष्ण रायलाई नियन्त्रणमा लिएको हो। विषेश सुचनाको आधारमा रायको शरिर चेक  गर्दा चुरोटको बट्टामा प्लाष्टिकमा बेरिएको ६ ग्राम ५०० मिलीग्राम) ब्राउन सुगर फेला पारेको प्रहरीले जानकारी दिएको…

    विस्तृतमा पढ्नुस्

  • जर्मनी र टर्की बराबरीमा रोकिए, तीन पटकको अग्रता जोगाउन सकेन जर्मनीले

    जर्मनी र टर्की बराबरीमा रोकिए, तीन पटकको अग्रता जोगाउन सकेन जर्मनीले

    मैत्रीपूर्ण फुटबलमा गएराति जर्मनी र टर्की बराबरीमा रोकिएका छन्। जर्मनीमा भएको खेलमा टर्कीले उत्कृष्ट पुनरागमन गर्दा खेल ३-३ को बराबरी भएको हो। जुलियन ड्राक्सलेरले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दा जर्मनीले खेलमा अग्रता बनाएको थियो। तर दोस्रो हाफमा टर्कीले खेल बराबरीमा ल्यायो। टर्कीका लागि ४९ मिनेटमा ओजन तुफानले गोल गरेका थिए। त्यस्तै जर्मनीका फ्लोरियन नेउहाउसले ५८ औं मिनेटमा गोल गरेर…

    विस्तृतमा पढ्नुस्

  • काममा फर्किए ट्रम्प, ककटेल भ्याक्सिनले काम गरेको दावी

    काममा फर्किए ट्रम्प, ककटेल भ्याक्सिनले काम गरेको दावी

    कोभिड १९ पुष्टि भएको एक साता नबित्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यालय सम्हाल्न थालेका छन्। ओभल अफिस फर्केका ट्रम्पलाई पछिल्लो २४ घन्टामा कुनै पनि लक्षण नदेखिएपछि काममा फर्किएका हुन्। राष्ट्रपति ट्रम्पका चिकित्सक सियन कोनलीले पाँच दिन अघि ज्वरो देखिएको बताउँदै त्यसयता अरु लक्षण नदेखिएको जानकारी दिए। हिजोमात्रै ट्रम्पले एउटा भिडियो जारी गरेका थिए। त्यसमा उनले आफूलाई भगवानले आशिर्वाद दिएको अनुभव…

    विस्तृतमा पढ्नुस्

  • ५० लाखभन्दा बढी संक्रमित हुने मुलुक पुग्यो तीनवटा

    ५० लाखभन्दा बढी संक्रमित हुने मुलुक पुग्यो तीनवटा

    ब्राजिलमा कोरोना भाइरस संक्रमित केस ५० लाख पार भएको छ भने मृत्यु हुने संक्रमितको संख्या १ लाख ५० हजार नजिक पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।  ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार हिजो ३१ हजार ५ सय ५३ नयाँ केस थपिएपछि ब्राजिलमा कूल संक्रमितको संख्या ५० लाख ६ सय ९४ पुगेको हो। कोभिड १९ का कारण विश्वका खराब अवस्थाबाट गुज्रिरहेका मुलुकमा ब्राजिल…

    विस्तृतमा पढ्नुस्

  • आईपीएलमा कोलकताले निकाल्यो तेस्रो जित, चेन्नइ १० रनले पराजित

    आईपीएलमा कोलकताले निकाल्यो तेस्रो जित, चेन्नइ १० रनले पराजित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा कोलकता नाइट राइडर्सले चेन्नइ सुपर किंग्सलाई पराजित गरेको छ। शेख जायेद स्टेडियममा भएको खेलमा कोलकताले चेन्नइलाई १० रनले पराजित गरेको हो। १ सय ६८ रनको लक्ष्य पछ्याएको चेन्नइले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५७ रन मात्रै बनाउन सक्यो। चेन्नइका लागि शेन वाटसनले सर्वाधिक ५० रन जोड्दा अम्बाती रायुडुले ३०, रविन्द्र जडेजाले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell