विराटनगर : प्रदेश १ मा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला निर्माण गरिने भएको छ। एक वर्षभित्रमा निर्माण सम्पन्न हुनेगरि सामाजिक विकास मन्त्रालयले प्रकृया अघि बढाएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएपछि गुणस्तरीय ल्याब परीक्षणका लागि काठमाडौं, भारतको दिल्लीसम्म जानुपर्ने बाध्यताको अन्त्य हुने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए। प्रयोगशालाले प्रभावकारी, गुणस्तरीय र सुलभ मूल्यमा सेवा दिने उनको भनाइ छ। प्रदेश जनस्वास्थ्य प्रयोगशालाले…
काठमाडौं : पछिल्लो २४ घण्टामा ८१८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। ४१ जिल्लामा संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। ८ हजार ३६ जनाको पीसीआर गरिएकोमा ८ सय १८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा संक्रमित हुनेको संख्या ३१ हजार ९३५ पुगेको छ। हाल १३ हजार १५५ जना संक्रमित उपचारका…
काठमाडौं : कोभिड-१९ को संक्रमणबाट रुपन्देहीमा थप दुई जनाको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत बुटवल १ की ६७ वर्षकी महिलाको आज दिउँसो १ बजे मृत्यु भएको अस्पतालले जनाको छ। साउन ३१ गत कोभिड-१९ को संक्रमण पुष्टि भई अस्पतालमा भर्ना भएकी उनलाई स्वास प्रस्वासमा समस्या दीर्घ रोगी, रक्तचाप तथा मिर्गौलासम्बन्धी रोग भएकोसमेत अस्पतालले जनाएको छ। उनलाई कोभिड-१९ विशेष अस्पतालको…
युइएफए च्याम्पियन्स लिगको उपाधिका लागि आज राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मन क्लब बायर्न म्युनिख भिड्दै छन्। पोर्चुगलको लिस्बनमा खेल राति पौने १ बजे सुरु हुनेछ। बायर्नले पाँच पटक च्याम्पियन्स लिगको उपाधि उचालिसकेको छ र छैटौं उपाधिका लागि आज खेल्दैछ। बायर्नको यो ११ औं च्याम्पियन्स लिगको फाइनल खेल हो। उता पीएसजीका लागि यो खेल ऐतिहासिक हुनेछ किनभने…
काठमाडौं : भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा आइतवार भएको परीक्षणमा थप ९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। परीक्षण गरिएका १०२ नमुना मध्ये ९ जनामा कोभिड-१९ पुष्टि भएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्। संक्रमण पुष्टि भएका मध्ये भरतपुर अस्पताल स्वाब संकलन केन्द्रबाट स्वाब संकलन गरिएका भरतपुरका ७ महिला छन्। त्यस्तै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत सर्लहीका एक…
काठमाडौं : पोखरामा ट्याक्सी चालकलाई कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा थप ९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि हुँदा एक जना ट्याक्सी चालकमा पनि संक्रमण देखिएको हो। कन्ट्र्याक्ट ट्रेसिङका क्रममा पोखरा-१६ का ४० वर्षका चालकमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ। संक्रमण पुष्टी हुनेमा पोखरा १६ कै एक ३१ वर्षकी महिलामा पनि…
कोभिड १९ को महामारीका बीच भारतमा फिल्म शुटिङका लागि केन्द्र सरकारले सशर्त अनुमति दिएको छ। भारतका सूचना तथा प्रसारण मन्त्री प्रकाश जावडेकरले आइतवार फिल्म तथा टेलिभिजन शुटिङका लागि १० बुँदे गाइडलाइन्स जारी गरेका छन्। जसलाई स्ट्याण्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी) भनिएको छ। गाइडलाइन्सले महामारीमा सुरक्षाको काम गर्नेछ। शुटिङ स्थलसहित सबै ठाउँमा कलाकारसहित कर्मचारीले अनिवार्य मास्क लगाउनुपर्ने, ६ फिटको भौतिक दुरी कायम…
काठमाडौं : कलाकार दिपाश्री निरौलाले अभिनेता राजेश हमालमाथि गरेको टिप्पणीका लागि फेरि माफी मागेकी छन्। आइतवार परेको जन्मदिनका अवसरमा दिपाश्रीले आफ्नो फेसबुक अकाउन्टमा भिडियो राख्दै राजेश हमालमाथि टिप्पणी आफ्नो जीवनकै ठूलो भुल भएको उल्लेख गरेकी छन्। केही साताअघि दिपाश्रीले एक अन्तर्वातामा राजेश हमाल महानायक हो र? भन्दै प्रश्न गरेकी थिइन्। हमालको महानायक पदवीमा प्रश्न उठाएपछि उनको कडा आलोचना भएको थियो।…
महेन्द्र पी लामा - म भारतीय गोर्खा अनि तामाङ। मैले भारतमा बसेर के देखे? आफैले अनुभव गरेको कुरा खोल्दैछु। भारतमा बस्ने गोर्खाहरु र तामाङ सन्तानमा अनि नेपालमा बस्ने नेपाली र तामाङ सन्तानमा ऐतिहासिक राजनीतिक र सांस्कृतिक कारणले धेरै फरक रहेछ। तपाईँहरु एउटा राष्ट्रमा बस्नुहुन्छ। तामाङ, राई, लिम्बु, कामी, दमाई, सार्की, बाहुन क्षेत्री सबैमा होडबाजी हुने रहेछ। विभिन्न गोष्ठीमा चिनारी र…
काठमाडौं : विश्वभरी मृत्यु हुने कोरोना भाइरस संक्रमितको संख्याले ८ लाखको सीमा पार गरेको छ। चीनको वुहानबाट सुरु भएको कोभिड १९ को संक्रमणले विश्व नै संकटमा छ। कोरोनाविरुद्ध चीनले सफलता पाएको भए पनि बाँकी विश्व अहिले चरम संकटबाट गुज्रिरहेको छ। कोरोनाको तथ्याङ्क प्रशोधन गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज बिहानसम्म विश्वभर ८ लाख ३ हजार ३ सय ९७ जना संक्रमितको…
काठमाडौः पोखरामा थप दुई जनामा कोभिड १९ को संक्रमण देखिएको छ। क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा दुई महिलामा कोरोना पोजेटीभ देखिएको हो। पोखरा महानगरपालिकाका ३० र ३२ वर्षीय महिलामा कोरोना पोजेटिभ पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए। उनीहरुलाई आइसोलेसन कक्षमा ल्यैजाने तयारी भइरहेको छ। योसँगै गण्डकी प्रदेशमा संक्रमितको सङख्या १…
काठमाडौं : चितवनमा मृत्यु भएका दुई जनाको कोभिड १९ संक्रमण पुष्टि भएको छ। कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)मा उपचारका क्रममा मृत्यु भएका दुई जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय चितवनले सञ्चालन गरेको कोभिड इन्फो चितवनले जनाएको छ। उपचारका क्रममा मृत्यु भएका हेटौडा-३ निवासी ६५ वर्षीय महिला र हेटौडा-४ निवासी ५६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको हो। अस्पतालमा…
काठमाडौं : लगातार दुई दिन मानिसहरुको चहलपहल ठप्प भएको काठमाडौंमा आज बिहानको दृष्य भने फरक देखिएको छ। निषेधाज्ञा जारी भएसँगै सुरु भएको तीज र शनिवारको विदाका कारण बिहानैदेखि ठप्प थियो काठमाडौं। तर, आज आइतवार भने मानिसहरुको बाक्लै चहलपहल देखिएको छ। दुई दिनसम्म बन्द रहेका पसलहरु आज बिहान खुलेको देखियो भने सडकमा मानिसहरुको गतिविधि पनि बाक्लिएको देखिएको छ। खाद्यान्न, तरकारी र…
राजु आचार्य - पोखरा बजार दोस्रो लकडाउनमा पूर्ण रूपमा बन्द हुँदै आएको छ। बजार सुनसान छ। तरकारी पसल पनि खुलेका छैनन्। लेक साइडमा एकाध पर्यटक देखिए भने फेवातालमा केही माछा मार्नेहरू। सुरक्षाकर्मी चोकहरूमा तैनाथ छन्। बिहानैदेखि माइकिङ गर्दै सचेत बनाउन उनीहरु जुटेका छन्। केही पानीका गाडीहरू कुदिरहेको देखिन्छ। सुरक्षाकर्मीको पेट्रोलिङ नियमित भइरहेको छ। अस्पताल जानेहरू हिँडेर गइरहेका देखिए। तर यस्तो…
क्यारेबियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा जमैका तलावाज पराजित भएको छ। गुयना अमेजन वारियर्ससँगको खेलमा जमैका १४ रनले पराजित भएको हो। योसँगै एक खेल जितेको जमैका लगातार दोस्रो खेलमा पराजित भएको हो। टस हारेर ब्याटिङमा उत्रिएको अमेजन वारियर्सले १९.१ ओभरमा ११८ रन बनाउँदै अलआउट भएको थियो। वारियर्सका लागि ब्राडोन किङ्ग्सले २९ रन तथा चन्द्र पउल हेमराज र रोस टायलरको…
काठमाडौं : विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा सहभागि जनाउँदै पदक हासिल गर्ने लक्ष्य सबै खेलाडीले बुनेकै हुन्छन। तर यसपटक कोरोना महामारीका कारण सबै क्षेत्र असामान्य परिस्थितिबाट गुज्रिएको छ। जसको प्रभाव यसपटकको ओलम्पिकमा समेत पर्यो। संक्रमणको अवस्थालाई मध्यनजर गर्दै टोकियो ओलम्पिक एकवर्ष पछाडि धकेलिइ सकेको छ। तर ओलम्पिकको तयारी भने रोकिएको छैन। विभिन्न देशमा सुरक्षा सतर्कता अपनाउँदै महामारीकै बीच पनि प्रशिक्षणहरु चलिरहेको…
नायक पल शाहले कालिकोट पुगेर पहिरो प्रभावितलाई सहयोग वितरण गरेका छन्। हाम्रो टिम नेपाल र पल शाह प्रतिष्ठानको सहकार्य उक्त सहयोग वितरण गर्न सानो टोलीसहित पल शाह काठमाडौंबाट कालिकोट पुगेका हुन्। कालिकोट नरहरिनाथ गाउँपालिकामा पहिरो जाँदा ठूलो जनधनको क्षति भएको थियो। पहिरो प्रभावितलाई राहतको आवश्यकता रहेको हुँदा प्रतिकुल अवस्थाका बाबजुद पल कालिकोट पुगेका हुन्। हाम्रो टिम नेपाल र पल शाह…
काठमाडौं : काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरसँगै उपत्यकाभरी नै कोरोना संक्रमणको दर दिन–प्रतिदिन उच्च बन्दै गइरहेको भन्दै उपत्यकावासीलाई थप सावधानी अपनाउन आग्रह गरेका छन्। सबैले सतर्कता नअपनाउने हो भने अवस्था थप भयावह हुनसक्ने उनको चेतावनी छ। उपत्यकावासीले यसअघि पनि लामो समयसम्मको लकडाउनलाई पूर्ण पालना गरी सरकारलाई सहयोग गरेको स्मरण गर्दै मेयर शाक्यले अझै केही सयम कष्ट सहेर भए पनि…
लन्डन : महात्मा गान्धीले लगाउने गरेको सुनको चस्मा बेलायतमा २ लाख ६० हजार पाउन्डस्टर्लिङ (४ करोड ७ लाख रुपैयाँ)मा लिलाम भएको अक्सन हाउसले जनाएको छ। 'चार साता अघि हाम्रो लेटर बक्समा त्यो फेला पार्यौं जसलाई एक भलाद्मीले पठाएका थिए। उनले चस्मा उनका काकाबाट पाएका रहेछन् जसलाई गान्धी आफैँले दिएका थिए,' चस्मा बिक्री भइसकेपछि इस्ट ब्रिस्टोन अक्सनले इन्स्टाग्राममा लेखेको छ, 'एउटा अविश्वासिलो…
काठमाडौं : सर्ट फिल्म ‘डार्क मुन’ सार्वजनिक भएको छ। कला पत्रकारितामा सक्रिय रामजी ज्ञवालीको निर्देशन रहेको फिल्म यूट्युब रिलिज भएको हो। फिल्ममा एक आमाले सन्तानप्रतिको जिम्मेवारी बिर्सदा निम्तने परिस्थिति देखाइएको छ। फिल्मको कथा स्थापित चलचित्र लेखक प्रदीप भारद्वाजले लेखेका हुन्। फिल्म बारे निर्देशक ज्ञवाली भन्छन्, ‘यो समाजको यथार्थ तस्वीर हो। आफ्नो व्यक्तिगत खुसीका लागि सन्तानको भविष्य अन्धकार नहोस् भन्ने सन्देश…