जनकपुरधाम : गृहमन्त्री रामबहादुर थापाको तस्विर जलाएको आरोपमा दुई युवकलाई प्रहरीले जनकपुरको भानु चोकबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजेश यादव र सुनिल साह रहेका छन्। धनुषाका पत्रकार सन्तोष यादवलाई कुटपिट गर्ने प्रहरीमाथि कारबाही गर्न आलटाल गरेको भन्दै जनकपुरको भानु चौकमा युवाहरुले प्रशासनविरुद्ध नाराबाजी गर्दै गृहमन्त्री थापाको तस्विर जलाएका थिए। सोही क्रममा यादव र साहलाई प्रहरीले समातेर जिल्ला प्रहरी कार्यालय…
काठमाडौं : भरतपुर अस्पतालका केहि चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोभिड-१९ को संक्रमण देखिएपछि आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ। अस्पताल प्रशासनले सम्पूर्ण कर्मचारी, भर्ना भएका बिरामी तथा संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरुको परीक्षण गर्नुपर्ने तथा अस्पतालको निर्मलीकरण गर्न आज साँझ ७ बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्म सेवा बन्द गरिएको जनाएको छ। अस्पतालले जनरल ओपीडी सेवा बन्द गरी एकिकृत आकस्मिक सेवा मार्फत बिरामीको…
काठमाडौं : नेपाली सेनाका सहायक रथी प्रयोग जबरा (राणा)सहित सैनिक अधिकारी कारवाहीमा परेका छन्। समरी जनरल सैनिक अदालतले सहायक रथी राणासहित सैनिक अधिकारीलाई सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसुर गरेको अभियोगमा सैनिक ऐन २०६३ अन्तर्गत आइतवार दोषी ठहर गर्दै सैनिक सेवाबाट हटाउने फैसला गरेको हो। सहायक रथी राणा, महासेनानी नविन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्माले पाँचखालस्थित श्री वीरेन्द्र…
काठमाडौं : निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संघीय सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड ३ लाख ५८ हजार ४ सय ४९ रूपैयाँ जम्मा गरेको छ। कोभिड–१९ को संक्रमण बढिरहेको आपतकालीन अवस्थामा कोभिड १९ संक्रमित नागरिकको जिउधनको सुरक्षा गर्न सहयोग पुर्याउनको लागि उक्त आर्थिक सहयोग कोषमा जम्मा गरिएको संस्थाले जनाएको छ। उक्त सहयोगले संक्रमित व्यक्तिले समयमा…
काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरि बढाएको छ। आज राति १२ बजेबाट लागू हुनेगरी मूल्य पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक/एक रुपैयाँ बढाइएको निगमले जनाएको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत छ। अब पेट्रोल प्रतिलिटर १०५ रुपैयाँ २५ पैसा पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर पुगेको छ। यसअघि निगमले साउन १८…
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र बंगलादेशबीच विकास र समृद्धिका लागि सहकार्य हुनुपर्ने बताएकी छन्। शिष्टाचार बिदाइ भेटका आइतवार शीतल निवास आएकी नेपालका लागि बङ्गलादेशका राजदूत मास्फि बिन्टे श्याम्स्सँगको भेटका क्रममा राष्ट्रपति भण्डारीले दुबै देशबीच सहकार्यमा जोड दिएकी हुन्। नेपाल र बंगलादेशलाई प्रकृतिले दिएको स्रोत र साधनलाई दुवै मुलुकको विकास र समृद्धिका लागि सदुपयोग गर्न सहकार्य गर्नुपर्ने उनको भनाई थियो।…
काठमाडौं : काठमाडौं उपत्यकामा थप १७२ जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार २४७ नमुना परीक्षणका क्रममा आइतवार ६ सय ४१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार ३७ जिल्लामा २१८ महिला र ४२३ पुरुषमा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमित संख्या २६…
विराटनगर : विराटनगरमा आज पोखरीमा डुबेर एक किशोरको मृत्यु भएको छ। विराटनगर महानगरपालिका वडा नम्बर १५ का १६ वर्षीय विशाल चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीका अनुसार किशोर महानगरपालिका १४ नम्बर वडास्थित रहेको रानी माई पोखरीमा पौडी खेल्ने क्रममा डुबेका थिए। पोखरीमा डुबेका उनलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मृत अवस्थामा फेला परेको…
काठमाडौं : जबरजस्ती करणीको अभियोगमा एक युवक पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित जगदम्बा गजुरमुखी गेष्ट हाउसमा बस्ने कीर्तिपुर घर भएका १९ वर्षीय सबिन मानन्धरलाई एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार प्रहरीले पक्राउ गरेको हो। फेसबुकमार्फत चिनजान भएकी ती महिलालाई ललाई फकाई प्रलोभनमा पारी होटलमा बोलाएर साउन २९ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले सबिनलाई…
विराटनगर: प्रदेश १ मा आज १ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। जसमा ३४ महिला र ६९ पुरुष संक्रमित रहेका छन्। मोरङमा ९२, खोटाङमा ६, सुनसरीमा २, इलाममा १, र प्रदेश १ बाहिरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको विराटनगर महानगरपालिकामा मात्र आज ८६ जनामा कोरोनो पुष्टि भएको छ। संक्रमितहरु ३२…
काठमाडौं: सुन्दर यातायात प्रालिले बसको भाडा स्मार्ट कार्डबाट तिर्न सकिने व्यवस्था मिलाएको छ। काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालन गरिरहेको सुन्दर यातायातले आइपे प्रालिसँगको सहकार्यमा सार्वजनिक यातायात सहित अन्य सम्पूर्ण साना तथा ठूला यातायातमा जडान गरी सञ्चालन गर्न सकिने इ–पेमेन्ट सर्वसुलभ मूल्यमा र सरल तरिकाले प्रयोग गर्न मिल्ने विद्युतीय स्मार्ट कार्ड आइतवारबाट सञ्चालनमा ल्याएको हो। सुन्दर यातायात प्रालिका प्रशासन प्रमुख सरिता…
काठमाडौं: आइतवार काठमाडौं उपत्यकाभित्र १ सय ७२ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ। काठमाडौं जिल्लामा अहिले पनि ५ सयभन्दा बढी संक्रमित विरामी रहेका छन्। काठमाडौं लगायत पाँच जिल्लामा पाँच सय एक्टिभ केस रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए। काठमाडौंसहित मोरङ, पर्सा, रौतहट र महोत्तरीमा ५ सय विरामी रहेको प्रवक्ता गौतमले जानकारी दिए। देशका पाँच जिल्लामा भने अहिले…
काठमाडौं : नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा अंकित संघीय संसदको प्रतीक (लोगो) आज संघीय संसदका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको छ। संघीय संसदका महासचिव डा भरतराज गौतमले सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहाललाई लोगो हस्तान्तरण गरेका हुन्। सभामुख सापकोटा, अध्यक्ष तिमिल्सिना र उपाध्यक्ष दाहालले आजैदेखि नयाँ लोगो लगाएका छन्। गत…
काठमाडौं: आइतवार ६ सय ४१ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ। १२ हजार २ सय ६७ जनाको पीसीआर परीक्षणमा ६ सय ४१ जनालाई संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमित देखिएका मध्ये १ सय ७२ जना काठमाडौं उपत्यकाभित्रका रहेका छन्। पछिल्लो समय काठमाडौं उपत्यकाभित्र संक्रमण दर बढ्दो रहेको छ। काठमाडौं जिल्लामा अहिले पनि ५ सयभन्दा बढी…
काठमाडौं: आइतवार ६ सय ४१ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ। १२ हजार २ सय ६७ जनाको पीसीआर परीक्षणमा ६ सय ४१ जनालाई संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै संक्रमित संख्या २६ हजार ६ सय ६० जना पुगेको छ। डिस्चार्ज हुनेको संख्या १७ हजार ३ सय ३५ रहेको छ। आइतवार २ जना संक्रमितको मृत्यु भएको…
जनकपुरधाम : धनुषामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको ज्यान गएको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिका स्थित बरमझियामा आज दिउँसो करिब २ बजेको समयमा कमला प्रोजेक्ट बिल्डिङ नजिकै ना ४७ प २१२४ नम्बरको मोटरसाइकल दुर्घटनामा परी सबैला नगरपालिका १३ का अन्दाजी २५ बर्षिय सुरेन्द्र दनुवार (अधिकारी) को मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय प्रवक्ता डीएसपी मकेन्द्र कुमार मिश्रका अनुसार दुर्घटनाको कारणबारे…
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा कुमारी अर्यालले संस्थागत पुँजी ५ प्रतिशत भन्दा बढी भएका सहकारीले संस्थागत पूँजीको ५० प्रतिशत उत्पादनमूलक कार्यमा लगाउनुपर्ने बताएकी छन्। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकून)को ३३ औं स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले सहकारी ब्यवसायिकतामा लैजाउ र रोजगार सिर्जना गर्ने खालका प्रकृतिका काम गरौं भनिरहेका…
काठमाडौं : गण्डकी प्रदेशमा थप १४ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमण पुष्टि भएको संख्या एक हजार ७३५ पुगेको छ। क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणमा पोखरा महानगरपालिकाका १२ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेमा पाँच महिला र सात पुरुष छन्। त्यस्तै क्षयरोग उपचार केन्द्रमै भएको परीक्षणका क्रममा स्याङ्जा पुतलीबजार गरपालिकाका २ महिलामा…
काठमाडौं : गृह मन्त्री रामबहादुर थापाले पुनः लकडाउन गरेर समस्याको हल नहुने भएकोले सबै क्षेत्रलाई क्रमशः मापदण्ड अपनाएर खोल्न दिने नीति लिइएको बताएका छन्। आइतबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै गृहमन्त्री थापाले लकडाउनका कारण आर्थिक समस्याहरु देखिन थालेपछि सरकारले कोरोना र आर्थिक संकटको अवस्थालाई तालमेल गरी अगाडि बढ्ने नीति लिएको बताएका हुन्। उनले भने, ‘कोरोना र आर्थिक संकट दुवैलाई हामीले समाधान…
काठमाडौं : मोरङको विराटनगरमा एक किशोरको पौडी खेल्ने क्रममा मृत्यु भएको छ। आइतवार बिहान करिब साढे ९ बजेतिर बिराटनगर महानगरपालिका १४ स्थितमा रहेको (सरकारी पोखरी) रानीमाई पोखरीमा डुबेर १६ वर्षीय विशाल चौधरीको मृत्यु भएको हो। पोखरीमा पौडी खेल्न पसेका किशोर वेपत्ता भएको जानकारी आएपछि इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले दिउँसो पोखरीमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।