PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

  • मंगलवारको पाँचौं मृत्यु : पोखरामा थप एक कोभिड-१९ संक्रमितको ज्यान गयो

    मंगलवारको पाँचौं मृत्यु : पोखरामा थप एक कोभिड-१९ संक्रमितको ज्यान गयो

    काठमाडौं : पोखरामा एक कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। यो कोभिड १९ को कारण मंगलवारको पाँचौं मृत्यु हो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा १६ का ८७ वर्षका पुरुषको मृत्यु भएको प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए। साउन ३२ गते प्रतिष्ठानमा उच्च ज्वरो तथा श्वास प्रश्वासमा समस्या भई उपचारको लागि भर्ना भएका थिए। उनमा कोभिड-१९ को संक्रमणसँगै हाइपरटेन्सन, क्रोनिक किड्नी डिजिज…

    विस्तृतमा पढ्नुस्

  • ‘आदिपुरुष’मा भगवान रामको भूमिकामा प्रभास, फर्स्ट लुक सार्वजनिक

    ‘आदिपुरुष’मा भगवान रामको भूमिकामा प्रभास, फर्स्ट लुक सार्वजनिक

    बाहुबली स्टार अभिनेता प्रभासको आगामी फिल्म आदिपुरुषको फर्स्ट लुक सार्वजनिक गरिएको छ। सर्वाधिक रुचाइएको बाहुबलीमा फिल्ममा राजकुमारको भूमिकामा प्रशंसा बटुलेका प्रभासले आदिपुरुषमा भगवान रामको भूमिका निभाउन लागेका हुन्। आदिपुरुषलाई ओम राउतले निर्देशन गर्दैछन्। उनले हालसालै अजय देवगन स्टारर 'तन्हाजी: द अनसुन वारियर' निर्देशन गरेका थिए। फिल्मका अन्य कलाकारबारे भने जानकारी दिइएको छैन। आज विहान फिल्मका मुख्य कलाकार प्रभासले इंन्स्टाग्राममार्फत फिल्मको…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा कडा लकडाउन : घर बाहिर निस्कन निषेध, अत्यावश्यकबाहेक सबै सेवा बन्द

    पोखरामा कडा लकडाउन : घर बाहिर निस्कन निषेध, अत्यावश्यकबाहेक सबै सेवा बन्द

     काठमाडौं: कास्कीमा अतिआवश्यक बाहेकका सवारी साधन सञ्चालनमा जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ। मंगलवारदेखि लागू हुनेगरी प्रशासनले एक हप्ता (भदौ ७ गते) सम्म आवतजावतमा कडाइ गरेको हो। अत्यावश्यक मालसमान बिक्री वितरण गर्ने पसलबाहेक अन्य ब्यापार व्यवसायमा समेत रोक लगाइएको छ। खाद्यान्न, फलफूल, मासु तथा दुधजन्य पसललाई पनि बिहान ५ देखि ८ र साँझ ५ देखि ७ बजे सम्म मात्रै सञ्चालनका लागि अनुमति दिइएको…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेशले संक्रमित सबैलाई पीसीआर टेस्टपछि मात्र डिस्चार्ज गर्ने स्थानीय स्वास्थ्यकर्मीलाई पनि नमुना संकलन तालिम दिइने

    गण्डकी प्रदेशले संक्रमित सबैलाई पीसीआर टेस्टपछि मात्र डिस्चार्ज गर्ने स्थानीय स्वास्थ्यकर्मीलाई पनि नमुना संकलन तालिम दिइने

    काठमाडौं : गण्डकी प्रदेशले कोभिड-१९ को संक्रमण पुष्टि भएका संक्रमितलाई पीसीआर परीक्षण गरी कोभिड-१९ नेगेटिभ पहिचान भएपछि मात्र डिस्चार्ज गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को संक्रमण भइ आइसोलेसनमा बसेका संक्रमितलाई १४ दिन पछि लक्षण नदेखिए परीक्षण नगरी डिस्चार्ज गर्न सक्ने गाइडलाइन बनाए पनि गण्डकी प्रदेशले भने पीसीआर परीक्षणलाई अनिवार्य गरेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्रीको उपस्थितिमा गण्डकी प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • गृहमन्त्रीको स्कटिङ गर्न निस्किएको गाडीले स्कुटरलाई दियो ठक्कर, दुई महिला घाइते

    गृहमन्त्रीको स्कटिङ गर्न निस्किएको गाडीले स्कुटरलाई दियो ठक्कर, दुई महिला घाइते

    काठमाडौं : गृह मन्त्री रामबहादुर थापाको स्कटिङमा हिँड्ने गाडीले स्कुटरलाई ठक्कर दिएको छ। आज बिहान सिंहदरबार  नजिकै बा १ झ ५५५४ नम्वरको गाडीले बा ९४ प १०२५  स्कुटरलाई ठक्कर दिएको हो। 'सिंहदरबार पश्चिम गेट नजिकै स्कटिङको लागि निस्किएको गाडीले ठक्कर दिएको हो। थप अनुसन्धान भइरहेको छ,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी वामदेव गौतमले भने स्कुटरमा सवार दुई महिला घाइते भएकाले उपचारको…

    विस्तृतमा पढ्नुस्

  • यौनजन्य दूर्व्यवहारको आरोपमा ‘दि एलेन सो’का ३ निर्माता बर्खास्त

    यौनजन्य दूर्व्यवहारको आरोपमा ‘दि एलेन सो’का ३ निर्माता बर्खास्त

    ‘दि एलेन डिजेनेरेस सो’का तीन निर्माता बर्खास्त भएका छन्। उनीहरूमाथि कार्य क्षेत्रमा हुने यौनजन्य एवं अन्य दूर्व्यवहारको आरोप लागे पछि कामबाट निकालिएका हुन्। आरोप पछि आवश्यक छानबिन भयो। बीबीसीका अनुसार कार्यकारी निर्माताहरू एड ग्लाभिन, केभिन लेम्यान र जोनाथन नोर्म्यान बर्खास्त भएका हुन्। बजफिडले पहिलो पटक उक्त सोको सेटमा 'नस्लवाद, अन्यायपूर्ण निस्कासन, धम्की र विषाक्त कार्य शैली'को सामना गर्नुपरेको बारे जुलाई १६…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमित वानेश्वरका एक वृद्धको आइसीयूमा उपचारकै क्रममा मृत्यु, ९८ औं जन्मदिन मनाउन गएका थिए काभ्रे

    कोरोना संक्रमित वानेश्वरका एक वृद्धको आइसीयूमा उपचारकै क्रममा मृत्यु, ९८ औं जन्मदिन मनाउन गएका थिए काभ्रे

    काठमाडौं : कोरोना संक्रमण भएका ९८ वर्षीय वृद्धको मृत्यु भएको छ। आज बिहान धुलिखेल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो। साउन २७ गते उनलाई उपचारको लागि अस्पताल भर्ना गरिएको थियो। 'उहाँलाई कोरोना संक्रमण पुष्टि भइसकेको थियो। उहाँ उपचारको लागि अस्पतालमा हुनुहुन्थ्यो। आज बिहान उहाँको मृत्यु भएको हो,'  जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्र झाले भने। उनमा स्वास्वप्रश्वासमा समस्या देखिएको थियो। आइसीयूमा राखेर…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनले दक्षिण अफ्रिकामा घट्यो ४० प्रतिशत अपराध, रक्सीमाथि थियो प्रतिवन्ध

    लकडाउनले दक्षिण अफ्रिकामा घट्यो ४० प्रतिशत अपराध, रक्सीमाथि थियो प्रतिवन्ध

    लकडाउनको पहिलो तीन महिनामा दक्षिण अफ्रिकामा अपराधका घटनामा ४० प्रतिशतले गिरावट आएको छ। सुरक्षा निकायले जारी गरेको तथ्याङ्कका अनुसार यौन दुर्व्यवहारदेखि आगजनीसम्मका सबैखाले अपराधमा कमी आएको हो। कोरोना भाइरसको संक्रमणका कारण अल्कोहलमाथि प्रतिवन्ध लगाइएको थियो जसले अपराधका घटनालाई कम गराउन मद्दत पुगेको बताइएको छ। मदिरामाथिको प्रतिवन्धका कारण लिकर स्टोरहरुमा तोडफोड भने धेरै भएको छ। दक्षिण अफ्रिका विश्वका धेरै अपराध हुने…

    विस्तृतमा पढ्नुस्

  • ६ वर्षीय बालकसहित ८ मा कोरोना पोजेटिभ, गण्डकीका तीन जिल्लामा थपिए संक्रमित

    ६ वर्षीय बालकसहित ८ मा कोरोना पोजेटिभ, गण्डकीका तीन जिल्लामा थपिए संक्रमित

    काठमाडौं : गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण देखिएको छ। क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा तीन जिल्लाका ८ जनामा कोरोना पोजेटिभ देखिएको हो। कास्कीको पोखरा महानगरपालिकामा एक महिलासहित ४ जनामा कोरोना देखिएको छ। त्यस्तै बाग्लुङको बरेङ गाउँपालिकामा २ जना र नवलपुरको कावासोतीमा दुई जनामा कोरोना देखिएको हो। बाग्लुङमा कोरोना पुष्टि भएका एक जना भने ६  वर्षीय बालक रहेका छन्। संक्रमितलाई सम्बन्धि…

    विस्तृतमा पढ्नुस्

  • डेथ भ्यालीमा चर्को गर्मी, रेकर्ड भयो ५४.४ सेल्सियस

    डेथ भ्यालीमा चर्को गर्मी, रेकर्ड भयो ५४.४ सेल्सियस

    पृथ्वीमा सबैभन्दा धेरै तापक्रम मापन भएको छ। अमेरिकाको डेथ भ्याली नेसनल पार्कमा ५४.४ सेल्सियस तापक्रम मापन भएको छ जसलाई बीबीसीले पृथ्वीको अहिलेसम्मकै उच्च तापक्रम भएको जनाएको छ। यो तापमानलाई अमेरिकाको नेसनल वेदर सर्भिसले पुष्टि गरेको हो। अमेरिकाको पश्चिमी तटको यस क्षेत्रमा तापक्रम यस साता अझै माथि जाने बताइएको छ। बढ्दो तापक्रमले यहाँक जनजीवन प्रभावित पारेको छ। त्यसमाथि क्यालिफोर्नियामा बिजुली आपूर्ति…

    विस्तृतमा पढ्नुस्

  • शख्तरमाथि फराकिलो जित निकाल्दै इन्टर मिलान युरोपा लिगको फाइनलमा

    शख्तरमाथि फराकिलो जित निकाल्दै इन्टर मिलान युरोपा लिगको फाइनलमा

    युरोपा लिग अन्तर्गत गएराति भएको खेलमा शख्तर डोनेट्स्कमाथि फराकिलो जित निकाल्दै इन्टर मिलान युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ। रोमेलु लुकाकु प्रेरित इन्टरले उनको दुई गोलको सहायतामा ५-० को फराकिलो जित निकाल्दै फाइनलको यात्रा तय गरेको हो। खेलको १९ औं मिनेटमा लउतारो मार्टिनेटको गोलमा अग्रता बनाएको इन्टर पहिलो हाफमा १-० ले अघि रह्यो। दोस्रो हाफमा डानिलो डी एम्ब्रोसियोले गोल थपे।…

    विस्तृतमा पढ्नुस्

  • धनुषामा कुवामा डुबेर एक जनाको मृत्यु

    धनुषामा कुवामा डुबेर एक जनाको मृत्यु

    जनकपुरधाम : धनुषामा कुवामा डुबेर एक जनाको मृत्यु भएको छ। धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर–९ डाँडाटोल बस्ने ३४ वर्षीय राम अशिष दासको कुवामा डुबेर मृत्यु भएको हो। मादक पदार्थ सेवन गरेका दास सोमवार दिउँसो कुवाभित्र पसेको र बाहिर निस्कन नसक्दा केहीबेरमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रमुख प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए। मृतक दासको शव पोस्टमार्टमका लागि…

    विस्तृतमा पढ्नुस्

  • नालीमा डुबेर मोरङमा एक जनाको मृत्यु

    नालीमा डुबेर मोरङमा एक जनाको मृत्यु

    विराटनगर : मोरङको धनपालथान गाउँपालिकामा आज एक जनाको नालीमा डुबेर मृत्यु भएको छ। धनपालथान गाउँपालिका वडा नम्बर ६ बस्ने मानसिक सन्तुलन गुमाएका ४५ वर्षीय उमेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीका अनुसार मृतक आफ्नै घरबाट ५ सय मिटर पश्चिममा रहेको सडक छेउको नालीमा डुबेको अवस्थामा गाउँलेले फेला पारेका थिए। घटनास्थल सुरक्षित राखिएको र थप अनुसन्धान तथा…

    विस्तृतमा पढ्नुस्

  • चित्तल मार्ने दुई जना पक्राउ

    चित्तल मार्ने दुई जना पक्राउ

    विराटनगर : मोरङको पथरीशनिश्चरे नगरपालिकामा चित्तलसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १ बस्ने २६ वर्षीय चित्र कुमार श्रेष्ठ र  २१ वर्षीय विकास राई रहेका छन्। राई भोजपुर बलगाउँ ५ का रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीका अनुसार उनीहरुले पथरीशनिश्चरे नगरपालिका वडा नम्बर २ स्थित हरियाली सामुदायिक बनमा पासो थापेर चित्तल मारेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ अपडेट : ३७ जिल्लाका ५८१ जनामा संक्रमण पुष्टि, कुन जिल्लामा कति?

    कोभिड-१९ अपडेट : ३७ जिल्लाका ५८१ जनामा संक्रमण पुष्टि, कुन जिल्लामा कति?

    काठमाडौं : पछिल्लो २४ घण्टामा देशभरका ३७ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। देशभरका प्रयोगशालामा भएको परीक्षणका क्रममा १७३ महिला र ४०८ पुरुष गरी ५८१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। संक्रमण पुष्टि हुनेमा सबै भन्दा बढी काठमाडौं जिल्लामा १३९ जना रहेका छन्। त्यस्तै, ललितपुरमा १५ र भक्तपुरमा १४ गरी…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा भर्चुअल राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप हुँदै

    काठमाडौंमा भर्चुअल राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप हुँदै

    काठमाडौं: काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा पहिलोपटक राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप आयोजना हुँदैछ। प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप अगष्ट २९ देखि ३० मा  हुने जनाइएको छ।  प्रतियोगितामा करिब ५ सय खेलाडीले सहभागिता जनाउने अपेक्षा रहेको आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन्। पुरुष र महिलामा समान ६–६ गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ। यु–१२, यु–१५, यु–१८, १८– ३१ वर्ष, ३१–४० वर्ष र ४१ वर्षमाथि उमेरसमूहमा खेल हुनेछ। प्रतियोगितामा…

    विस्तृतमा पढ्नुस्

  • पूर्व खेलाडी क्षेत्री सम्मानित

    पूर्व खेलाडी क्षेत्री सम्मानित

    काठमाडौं: नेपाल कराते महासंघमा लामो समय कार्यालय सचिवका रुपमा कार्यरत पूर्व खेलाडी राजेन्द्र क्षेत्री सोमबार सम्मानित भएका छन्। नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का प्रशिक्षकहरु मिलेर क्षेत्रीलाई नगद २५ हजारसहित सम्मान गरेका हुन्। सोही अवसरमा १३ औं सागका दोहोरो स्वर्ण विजेता करातेका मन्डेकाजी श्रेष्ठले पनि व्यक्तिगत रुपमा क्षेत्रीलाई ५ हजार रुपैयाँ प्रदान गरे। क्षेत्रीलाई मुटु र आँखाको…

    विस्तृतमा पढ्नुस्

  • राखेपका नवनियुक्त सदस्यहरुले गरे शपथ ग्रहण

    राखेपका नवनियुक्त सदस्यहरुले गरे शपथ ग्रहण

    काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त छ जना सदस्यले सोमवार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। रिम रानाभाट, सुभास श्रेष्ठ, इन्दिरा निरौला, अर्जुनबहादुर केसी, सम्पन्न श्रेष्ठ र गोविन्दप्रसाद भट्टराईले खेलकुद मन्त्री जगतबहादुर सुनारसँग पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन्। खेलकुद मन्त्रालयले उनीहरुलाई साउन १५ गते राखेपको सदस्यमा मनोनित गरेको थियो। कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य सचिव रमेशकुमार सिलवाल,…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकामा थपिए १६८ जना कोरोना संक्रमित, काठमाडौंमामात्रै १३९ जना

    उपत्यकामा थपिए १६८ जना कोरोना संक्रमित, काठमाडौंमामात्रै १३९ जना

    काठमाडौं : काठमाडौं उपत्यकामा १६८ जना कोरोना(कोभिड-१९) संक्रमित थपिएका छन्। एपीएफ अस्पतालको ल्याबमा काठमाडौंका ६, विध ल्याबमा काठमाडौंका ६ ललितपुरमा १ र भक्तपुरका पनि एक जनामा संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले वीर अस्पतालमा काठमाडौंका ११, धुलिखेल अस्पतलमा काठमाडौंका २, ह्याम्समा अस्पतालको ल्याबमा भक्तपुर ३ र काठमाडौंका १६ जनामा संक्रमण देखिएको गौतमले बताए। काठमाडौं मेडिकल कलेजमा भक्तपुर…

    विस्तृतमा पढ्नुस्

  • उपत्यका प्रवेशमा कडाई, नागढुंगा नाकामा यस्तो देखियो चेकिङ

    उपत्यका प्रवेशमा कडाई, नागढुंगा नाकामा यस्तो देखियो चेकिङ

    कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले काठमाडौं उपत्यकामा भित्रिने नागढुंगा नाका प्रवेशमा कडाई गर्न थालेको छ। गृह मन्त्रालयले सवारी पास बन्द गरेको र नाकामा थप कडाई गरिएपछि उपत्यकाका भित्रिनेको संख्या निकै कम भएको ट्राफिक प्रहरीले जनाएको छ। यसअघि अनुमतिबिना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने झण्डै आठ हजार सवारी साधनलाई नाकाबाटै फिर्ता पठाइएको प्रहरीले जनाएको छ।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell