काठमाडौं : कर्णाली प्रदेशमा थप १४ जना कोभिड-१९ का संक्रमितको पहिचान भएको छ। पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा भएको परीक्षणमा १० जनामा संक्रमण पुष्टि भएको छ। सुर्खेत बसपार्कबाट संकलन गरिएका स्वाब परीक्षण गर्दा सुर्खेत वीरेन्द्रनगरका १८ महिने शिशुसहित एक महिला र पाँच पुरुष समेत छन्। त्यस्तै धनुषाका १ जना, र भरत तनुहवाका २२ वर्षका पुरुषमा पनि…
काठमाडौं : कोरोना संक्रमितसँग सम्पर्कमा आएपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी 'आइसोलेसन' मा बसेका छन्। उनी शुक्रबारवाट आइसोलेसनमा बसेका हुन्। गभर्नर अधिकारी घरमै आइसोलेसनमा बसेर काम गरिरहेका छन्। गभर्नरलाई प्रतिवेदन बुझाउन आएका एक इन्जिनियरलाई संक्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा बसेका हुन्। संक्रमितसँग सम्पर्कमा आउनुअघि पनि राष्ट्र बैंकका गभर्नरसहित अधिकांश कर्मचारीहरुको कोरोना संक्रमण परीक्षण भइसकेको थियो। संक्रमितसँग सम्पर्कमा आएपछि स्वेच्छिक रूपमा आफू…
काठमाडौं : डिजी स्कुलले विद्यार्थीलाई अनलाइनबाटै कम्प्युटर परीक्षण दिने भएको छ। शैक्षिक गतिविधि ठप्प प्राय रहेको कोभिड–१९ को विषम परिस्थितिमा पचास हजार विद्यार्थीलाई परीक्षण दिने अभियान सुरु गरेको हो। बेलायत सरकार मातहत दर्ता भइ विद्यालय र उच्च शिक्षा सम्बन्धी पाठ्यक्रम निर्माण गर्ने एन.सी.सी एजुकेसनले विद्यालय तहको लागि कोर्ष तयार गरेको हो। हालसम्म नेपालका करिब ५० बढी विद्यालयले डिजी स्कुलको कम्प्युटर…
काठमाडौं: कोरोना संक्रमणको जोखिमका कारण ‘वर्षा र सहकाल’का देवता रातो मच्छिन्द्रनाथको रथाजात्रा हुन नसकेपछि स्थानीयहरु रथारोहण गराइएको ठाउँमै पुगेर पूजाआजा गरेका छन्। साउन १० गते नागपञ्चमीका दिन दिउँसो सवा १२ बजेको सुभसाइतमा मच्छिन्द्रनाथलाई रथमा बिराजमान गराइएको थियो। रथमा बिराजमान गराएको चार दिन पछि रथजात्रा गर्नुपर्ने भए पनि कोरोना संक्रमणको जोखिमका कारण रथजात्रा रोकिएको थियो। काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्राका रुपमा…
कैलाली : धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप चार जनामा कोभिड १९ को संक्रमित पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा धनगढी उप–महानगरपालिकाका दुईसहित थप चार जनामा संक्रमण देखिएको हो। अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर ४ का २६ बर्षीय पुरुष र वडा नम्वर १९ का २२ बर्षीय पुरुषमा संक्रमण देखिएको हो। २६ बर्षीय…
काठमाडौं : नेपाल भारतबीच संयुक्त निरीक्षण संयन्त्रण (ओभरसाइट मेकानिज्म)को ८ औं बैठक काठमाडौंमा सम्पन्न भएको छ। नेपालका तर्फबाट परराष्ट्र सचिव संकरदाश बैरागी र भारतका तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्र नेतृत्वको टोलीबीच भिडियो कन्फ्रेन्स मार्फत् वार्ता भएको भएको हो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका नेपालमा भारतीय लगानीमा सञ्चालित परियोजनाहरुको अनुगमनका लागि संयन्त्र गठन भएको थियो। बैठकमा यसअघि २०१९…
इन्डियन एयरफोर्स (आइ.ए.एफ) की पाइलट श्रीविद्या राजनले फिल्म 'गुञ्जन सक्सेना: द कारगिल गर्ल'माथि प्रश्न गरेकी छिन्। उनले एक फेसबुक पोस्टमार्फत् फिल्म तथ्यगत् हिसाबमा गलत भएको बताएकी हुन्। श्रीविद्या पाइलट गुञ्जनकी सहकर्मी हुन्। फिल्ममा उधमपुरस्थित एयर बेसमा गुञ्जन सक्सेनालाई एकमात्र महिला पाइलटको रुपमा देखाइएको छ। श्रीविद्याका अनुसार त्यहाँ दुई महिला पाइलट थिए जसमध्ये एक उनी स्वयं हुन्। उनीहरूलाई सन् १९९६ मा…
वीरगंज : बारा प्रहरीले ११ क्वीन्टल केराउ बोकेको एक ट्याक्टरलाई नियन्त्रणमा लिएको छ। भारततर्फ तस्करी गर्न लागिएको भन्दै इलाका प्रहरी कार्यालय प्रसौनीको टोलीले बारा, फेटा गापा १ रजवटीयबाट भारततर्फ गइरहेको ना ६ त ४८१८ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो। ट्याक्टरमा ६० हजार मूल्य बराबरको केराउ तस्करी गर्न लागिएको सूचनाका अधारमा ट्र्याक्टरलाई रोकेको हो। लगत्तै चालक फरार भए। तस्करीको सामाग्री हाल…
काठमाडौं: नेकपा सचिवालय बैठक सुरु भएको छ। बैठक केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो। विवाद सुल्झाउन बनेको कार्यदललाई अनुमोदन गर्न बैठक बसेको नेताहरु बताउँछन्। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले ६ सदस्यीय कार्यदल बनाएका छन्। जसमा ओली प्रचण्ड र नेपाल समूहका दुई दुई सदस्य छन्। वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदललाई सचिवालयबाट…
काठमाडौँ : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ। दुई महिनादेखि चरम विवादबाट गुज्रिएको नेकपाभित्रको विवाद सुल्टिने मोडमा छ। त्यसैको सिलसिलामा पार्टीभित्र शीर्ष नेताबीचको आपसी विवाद मिलाउन सचिवालय डाकिएको हो। पार्टीका दुई अध्यक्ष गठन गरेको कार्यदलले विवाद समाधानका लागि काम गरिरहेको छ। यसैबीच बैठक डाकिएकव हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बालुवाटारमा बिहान ९:३० बजे सचिवालय बस्ने फेसबुकमार्फत् जानकारी…
काठमाडौं : महानगरीय प्रहरी वृत्त कालीमाटीमा रहेका एक थुनुवामा कोरोना देखिएको छ। करिब एक साताअघि अनलाइन जुवा खेलाएको अभियोगमा थुनामा रहेका एक पुरुषलाई कोरोना देखिएको हो। प्रहरीले पक्राउ गरेका थुनुवालाई अदालतमा म्याद थप गर्न लैजाँदा अनिवार्य कोरोना संक्रममण भए नभएको परीक्षण गर्नुपर्ने हुन्छ। त्यही क्रममा थुनुवामा कोरोना देखिएको हो। 'एक जना प्रहरीमा कोरोना देखिएको हो,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम…
दुनियाभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड १६ लाखभन्दा बढी पुगेको छ। संक्रमणकै कारण मर्नेको संख्या झण्डै ८ लाख रहेको छ। जोन होप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म २ लाख १६ लाख १३ हजार १ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो। विश्वभर ७ लाख ७४ हजार २ सय ८८ जना संक्रमितको मृत्यु भइसकेको छ। संक्रमणका कारण अमेरिका सर्वाधिक प्रभावित छ। त्यहाँ…
काठमाडौं : सशस्त्र प्रहरी बलका एक राष्ट्रिय स्तरका खेलाडीमा कोरोना संक्रमण देखिएको छ। सरकारले लकडाउन घोषणा गरेपछि सीमा नाकामा थप कडाइ गर्न सशस्त्र प्रहरीका थप प्रहरी परिचालन गरेको थियो। त्यही क्रममा राष्ट्रिय खेलमा प्रतिनिधि गर्ने खेलाडी समेत ड्युटीमा खटिएका थिए। तराईका जिल्लामा खटिएका मध्ये पछिल्लो समय एक जना खेलाडीमा कोरोना देखिएको हो। 'ड्युटी सकेर काठमाडौं आएपछि परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको…
क्यालिफोर्नीया राज्य विधान सभाले सुशान्त सिंह राजपुतलाई सम्मान गरेको छ। सिनेमा र समूदायमा उनले पुर्याएको योगदानका लागि सम्मान गरिएको बलिउड हंगामाल जनाएको छ। उनलाई प्राप्त प्रमाण पत्र सुशान्तकी बहिनी श्वेता सिंह क्रितीले सार्वजनिक गरेकी छिन्। इन्स्टाग्राममा तस्विर सेयर गर्दै श्वेताले लेखेकी छिन् : भारतको स्वतन्त्रता दिवसको अवसरमा क्यालिफोर्नीयाले मेरो दाइ सुशान्तलाई समूदायको हितका लागि योगदान पुर्याएको भन्दै कदर गरेको छ।…
न्यूजिल्याण्डमा कोभिड-१९ को नयाँ संक्रमण देखिएसँगै त्यहाँको आम निर्वाचन एक महिनाका लागि स्थगित गरिएको छ। प्रधानमन्त्री ज्यासिन्डा अर्डनले संक्रमण नियन्त्रणका लागि यस्तो निर्णय लिएको घोषणा गरेकी छिन्। गत बुधवार न्यूजिल्याण्ड संक्रमण मुक्त भएको १ सय २ औं दिन पुन: नयाँ केसहरू पुष्टि भएको थियो। लगत्तै सेप्टेम्बर १९ मा हुन लागेको निर्वाचन एक महिना पछाडि धकेलिएको हो। बीबीसीले जनाए अनुसार अब त्यहाँको…
विमल गौतम - शब्दकोश हेरेँ। नेपाली बृहत् शब्दकोशमा विक्षिप्तको अर्थ ‘दिमाग ठेगान नाभएको’, ‘बहुलाएको’ र ‘पागल’ भन्ने लाग्दो रहेछ। यस्तै आत्तिएको, आकुल, व्यग्र, यताउति छिरलिएको, छित्रिएको, छरिएको,त्याग गरिएको, छोडिएको, त्यक्त, फ्याँकिएको र मिल्काइएको भन्ने अर्थ पनि लाग्दोरहेछ। शब्दकोश हेर्नुभन्दा पहिले मेरो दिमागमा ‘विक्षिप्त’ शब्द आएको थियो। दिमागमा विक्षिप्त शब्द आउनुभन्दा पहिला मैले 'कान्तिपुरका सहायक सम्पादक बानियाँको दु:खद् निधन' भन्ने शीर्षकको…
युरोपा लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै सेभिया फाइनलमा प्रवेश गरेको छ। युनाइटेडको अग्रतालाई तोड्दै २-१ को जित निकालेको सेभियाले फाइनलको यात्रा तय गरेको हो। खेलको नवौं मिनेटमा युनाइटेडले अग्रता बनाएको थियो। मार्कस रास्फोर्डलाई डिएगो कार्लोसले फउल गरेपछि पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले गोल गरेका थिए। तर सेभियाका सुसोले २६ औं मिनेटमा रेगुलिओनको पासमा…
काठमाडौं : कागेश्वरी-मनोहरा नगरपालिकाले नगर क्षेत्रभित्र कोरोना भाइरस संक्रमणको प्रभाव बिस्तार हुँदै गएको भन्दै विभिन्न पसल व्यवसाय बन्द गर्न निर्देशन दिएको छ। नगरपालिकाले विज्ञप्ति जारी गर्दै सोमवार देखि भदौ १५ गतेसम्म नगरभित्र सञ्चालनमा रहेका अत्यावश्यक बाहेकका व्यवसायलाई अनिवार्य बन्द गर्न निर्देशन दिएको हो। नगरपालिकाले कपाल काट्ने शैलुन, ब्युटिपार्लर, चिया पसल, फेन्सी स्टोर तथा कपडा पसल, मोबाइल, घडी, इलेक्ट्रोनिक पसल, मदिरा…
उत्तर प्रदेशको मन्त्री तथा पूर्व क्रिकेटर चेतन चौहानको कोरोना संक्रमणबाट मृत्यु भएको छ। आइतबार चौहानको निधन भएको हो। चौहानले भारतकाे राष्ट्रिय टिमको ओपनर ब्याट्सम्यानका रुपमा खेलेका थिए। ७३ वर्षीय चौहानको हिजोबाटै स्वास्थ्य अवस्था बिग्रिएको थियो। उनको दुबै किड्नी फेल भएको थियो जसका कारण उनलाई लाइफ सपोर्टमा राखिएको थियो। जुलाईमा नै उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर…
काठमाडौँः नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य फेरि बढाएको छ। निगमले आइतबार राति १२ बजेबाट लागू हुनेगरि मूल्य प्रतिलिटर एक/एक रुपैयाँ बढाएको हो। अब पेट्रोलको भाउ १०५ रुपैयाँ २५ पैसा पुगेको छ। गत साउन १८ गते मात्रै निगमले पेट्रोल, डिजलको भाउ प्रतिलिटर २ रुपैयाँले बढाएको थियो। अब डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर पुगेको छ। निगमले खाना पकाउने ग्यासको मूल्य भने…