PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • एसिया कप छनोट : टस हारेर नेपाल मलेसिया विरुद्ध पहिले ब्याटिङ गर्दै, टोलीमा दुई परिवर्तन

    एसिया कप छनोट : टस हारेर नेपाल मलेसिया विरुद्ध पहिले ब्याटिङ गर्दै, टोलीमा दुई परिवर्तन

    काठमाडौँ : एसिया कप छनोट अन्तर्गत तेस्रो खेलमा नेपालले मलेसिया विरुद्ध पहिले ब्याटिङ गरिरहेको छ। वर्षाका कारण ढिलो सुरुवात भएको खेल ३० ओभरमा घटाइएको छ। खेलमा मलेसियाले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको हो। यसअघि दुई खेलमा पराजित भएको नेपालको लागि आजको खेल जित्नैपर्ने दबाब छ। नेपाली टोलीमा आज दुई परिवर्तन गरिएको छ। रोहित कुमार पौडेल र करण…

    विस्तृतमा पढ्नुस्

  • मादक पदार्थ कति लिँदा समस्या हुन्न? अध्ययन भन्छ : सुरक्षित लेभल नै छैन

    मादक पदार्थ कति लिँदा समस्या हुन्न? अध्ययन भन्छ : सुरक्षित लेभल नै छैन

    थोरै मात्रामा मादक पदार्थ सेवन पनि धेरै हानिकारक भएको तथ्य खुलेको छ। मादक पदार्थ सेवन गर्नुको कुनै सुरक्षित लेभल नभएको एक अध्ययनले देखाएको छ।    लगभग २०० देशका लाखौं मानिसहरुबीच गरिएको एक विस्तृत अनुसन्धानका क्रममा मादक पदार्थ सेवनका कारण विश्वभर एक वर्षमा तीन लाख मानिसको मृत्यु हुने गरेको पत्ता लागेको हो। १० मध्ये एकको मृत्यु भने १५ देखि ४९ वर्ष…

    विस्तृतमा पढ्नुस्

  • एसिया कप छनोट : वर्षाका कारण नेपाल र मलेसियाबीचको खेलमा ढिलाई

    एसिया कप छनोट : वर्षाका कारण नेपाल र मलेसियाबीचको खेलमा ढिलाई

    काठमाडौँ : एसिया कप छनोट अन्तर्गत नेपाल र मलेसियाबीचको खेल वर्षा कारण समयमा सुरु हुन सकेन। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा हुने भनिएको खेल वर्षाका कारण पछाडि धकेलिएको छ। नेपालले यसअघिका दुवै खेलमा हार बेहोरेको थियो। शीर्ष दुईमा पुग्दै फाइनल पुग्न नेपालले बाँकी तीन वटै खेल जित्नुपर्नेछ। पहिलो खेलमा हङकङलाई हराएको मलेसिया दोस्रो खेलमा ओमानसँग पराजित भएको थियो। नेपाल भने पहिलो खेलमा…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरमा बढ्दो अपराधः घरमा नाचगानमा रमाइरहेकी किशोरी बलात्कार गर्ने पक्राउ

    कञ्चनपुरमा बढ्दो अपराधः घरमा नाचगानमा रमाइरहेकी किशोरी बलात्कार गर्ने पक्राउ

    काठमाडौँ: १३ वर्षीय निर्मला पन्तको हत्यारा पत्ता नलाग्दै कञ्चपुरमा बलात्कारका घटनाहरू भने बढ्न थालेको छ। शुक्रवार पनि एक किशोरीमाथि करणी भएको घटना बाहिरिएको छ। कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले किशोरीको उजुरीको आधारमा एक युवकलाई नियन्त्रणमा लिएको छ। मानबहादुर बिष्ट पक्राउ गरेको प्रहरीले जनाएको छ। त्यस्तै करणीमा सहयोग गर्ने अन्यको खोजी भइरहेको डिएसपी कृष्णराज ओझाले जानकारी दिए। शुक्रवार करिब साढे २ बजेतिर…

    विस्तृतमा पढ्नुस्

  • युइएफए नेशन्स लिग : रोनाल्डो बिनै पोर्चुगलको टिम घोषणा, अल्बा स्पानिस टिममा अटाएनन्

    युइएफए नेशन्स लिग : रोनाल्डो बिनै पोर्चुगलको टिम घोषणा, अल्बा स्पानिस टिममा अटाएनन्

    क्रिस्टियानो रोनाल्डोबिनै पोर्चुगलले क्रोएसियासँगको मैत्रीपूर्ण खेल र इटली विरुद्ध हुने युइएफए नेशन्स लिगका लागि टोली घोषणा गरेको छ। यसै सिजन मात्र इटली गएका रोनाल्डोले पोर्चुगलका लागि सर्वाधिक ८५ गोल गरिसकेका छन्। उनले रसियामा भएको विश्वकपमा ४ खेल खेल्दै ४ गोल गरेका थिए। रोनाल्डोले पोर्चुगलले खेलेका पछिल्लो २० मैत्रीपूर्ण खेलमध्ये ८ खेल मात्र खेलेका छन्। क्रोएसिया विरुद्धको खेलमा उनलाई आराम दिइएपनि…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा फेरि एक किशोरी बलात्कृत

    कैलालीमा फेरि एक किशोरी बलात्कृत

    महेन्द्र बम- कैलाली : कैलालीमा फेरि एक किशोरी बलात्कृत भएकी छिन्। कैलालीको घोडाघोडी नगरपालिका वडा नम्वर ६ का ३३ वर्षीय पुरुषले १४ वर्षकी किशोरीलाई बलात्कार गरेको घटना शुक्रबार सार्वजनिक भएको हो।   बाजेसँगै बस्दै आएकी किशोरीलाई १३ गते राती सोही ठाउँका हर्क कुँवरले बलात्कार गरेको किशोरीले बताएकी छिन्।   पीडित किशोरीका परिवारले शुक्रबार साँझ साढे ६ बजेतिर इलाका प्रहरी कार्यालय सुख्खडमा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश सरकारप्रति केन्द्रको सोचबाट असन्तुष्ट मुख्यमन्त्री गुरुङ भन्छन् : कार्यालयको बोर्ड फेर्दैमा संघीयता आउँदैन

    प्रदेश सरकारप्रति केन्द्रको सोचबाट असन्तुष्ट  मुख्यमन्त्री गुरुङ भन्छन् : कार्यालयको बोर्ड फेर्दैमा संघीयता आउँदैन

      प्रकाश ढकाल - पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संघीयता असफल बनाउने षड्यन्त्र भएको बताएका छन्। केन्द्र सरकारले कार्यालयको बोर्ड मात्रै फेरेर एकात्मक ढाँचाकै राज्यसत्ता सञ्चालनको प्रयास गरेको भन्दै उनले यस्ता कामबाट संघीयताको मर्म पूरा नहुने बताए। ‘हामीले कुनै जातीयता वा क्षेत्रको मात्रै स्वायत्तताका कुरा गरेका छैनौं। संघीयता नै प्रशासनीक स्वायत्ततामा आधारित छ भने प्रशासन चलाउने प्रहरी,…

    विस्तृतमा पढ्नुस्

  • ट्रम्पको चेतावनीदेखि भारतमा सुरक्षाकर्मीका अपहरित परिवारसम्म : विश्वमा आज

    ट्रम्पको चेतावनीदेखि भारतमा सुरक्षाकर्मीका अपहरित परिवारसम्म : विश्वमा आज

    ट्रम्पको चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका विश्व व्यापार संगठन(डब्लुटीओ) बाट बाहिरिने चेतावनी दिएका छन्। डब्लुटीओले अमेरिकालार्इ पक्षपातपूर्ण व्यवहार गरिरहेको र उक्त व्यवहारमा  परिवर्तन नभए अमेरिका बाहिरिने ट्रम्पले बताएका हुन्। ट्रम्पले '१९९४ मा डब्लुटीओ स्थापना गर्ने सम्झौता हालसम्म कै खराब व्यापार सम्झौता' रहेको बताएका छन्। विश्वभर व्यापार सम्बन्धी नियम बनाउन र देशहरुबीच हुने विवाद समाधान गर्नका लागि डब्लुटीओलेको स्थापना भएको…

    विस्तृतमा पढ्नुस्

  • सरकारले वेवास्ता गरेको भन्दै चिकित्सक संघले गर्‍यो आन्दोलनको घोषणा, आइतबार आकस्मिकबाहेक अस्पताल बन्द

    सरकारले वेवास्ता गरेको भन्दै चिकित्सक संघले गर्‍यो आन्दोलनको घोषणा, आइतबार आकस्मिकबाहेक अस्पताल बन्द

    काठमाडौँ : नेपाल चिकित्सक संघले भदौ १७ गते आइतबार देशभरका अस्पतालमा  आकस्मिक बाहेकका अन्य सेवा ठप्प पार्ने भएको छ। सरकारलाई मुलुकी ऐन संशोधन गर्न १५ दिनको अल्टिमेटम दिएको संघले सरकारले १५ दिनसम्म कुनै कदम नचालेकाले सांकेतिक विरोध गर्न लागेको जनाएको छ। सोही दिन संघले १२ बजे माइतीघर लगायत अन्य विभिन्न स्थानमा विरोध पर्दशन गर्ने जनाएको छ।   त्यस्तै संघले  भदौ…

    विस्तृतमा पढ्नुस्

  • ट्रेलरमा धमलाकी पत्नी एलिजा

    ट्रेलरमा धमलाकी पत्नी एलिजा

    काठमाडौँ: फिल्म ‘अनुराग’ टिमले फिल्मको प्रचार सुरु गरेको छ। निर्माण टिमले फिल्मको प्रदर्शन मिति निजिकिँदै जाँदा फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। संचारकर्मी ऋषि धमलाकी पत्नी एलिजा गौतम र डेब्यू कलाकार समुन्द्र पण्डितको मुख्य अभिनय छ। असोज १२ देखी प्रदर्शनमा आउने फिल्ममा एलिजा र समुन्द्रसँगै सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला लगायतको अभिनय छ। फिल्मलाई सत्यराज चौलागाईंले निर्देशन…

    विस्तृतमा पढ्नुस्

  • दिल्ली र काठमाडौं सरकार मिलेरमात्र हुँदैन : भारतीय प्रम मोदी

    दिल्ली र काठमाडौं सरकार मिलेरमात्र हुँदैन : भारतीय प्रम मोदी

    काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्ध जनस्तरमा नहुँदासम्म सफल नहुने बताएका छन्। शुक्रवार पशुपति क्षेत्रमा भारतीय सहयोगमा निर्माण भएको धर्मशालाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।   हरेक नेपाली र हरेक भारतीय एक अर्कासँग नमिल्दासम्म दुई देशबीचको सम्बन्ध अगाडि बढ्न नसक्ने उनको भनाइ थियो। उनले दिल्ली र काठमाडौंको सरकार मिलेरमात्र दुई देशबीचको सम्बन्ध अगाडि नबढ्ने बताए।…

    विस्तृतमा पढ्नुस्

  • मारियानो डियाजले रियल मड्रिडमा ७ नम्बर जर्सी लगाउने

    मारियानो डियाजले रियल मड्रिडमा ७ नम्बर जर्सी लगाउने

    सुपरस्टार क्रिस्टियानो रोनाल्डो युभेन्ट्स गएपछि स्पानिस जायन्ट रियल मड्रिडमा ७ नम्बर जर्सी लगाउने खेलाडी को हुन् भनेर निकै बहस चल्यो। ला लिगाको नयाँ सिजन सुरु हुँदा समेत रियलले ७ नम्बर जर्सी खाली राखेको थियो। क्लबै युवा स्टार मार्को असेन्सिओ वा यसै सिजन क्लब भित्रिएका भिनिसिओस जुनियर कसले यो जर्सी लगाउने भन्ने बहस पनि चलेको थियो। तर अब रियल मड्रिडमा यी…

    विस्तृतमा पढ्नुस्

  • मोदीलाई पाँचौ भ्रमणका लागि प्रधानमन्त्री ओलीको निम्तो

    मोदीलाई पाँचौ भ्रमणका लागि प्रधानमन्त्री ओलीको निम्तो

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपालको पाँचौ भ्रमणको निम्तो दिएका छन्। शुक्रवार पशुपति क्षेत्रमा भारतीय सहयोगमा निर्माण भएको धर्मशालाको उद्घाटन कार्यक्रममा उनले मोदीलाई लुम्बिनी भ्रमणका लागि पुन: नेपाल भ्रमणको निम्तो दिएका हुन्।   प्रधानमन्त्री ओलीले मोलीको जनकपुर र मुक्तिनाथको दर्शन स्मरण गर्दै हुन नसकेको लुम्विनी भ्रमणका लागि पुन: नेपाल भ्रमणमा आउन निम्तो दिए।  प्रधानमन्त्री ओलीले…

    विस्तृतमा पढ्नुस्

  • एसियाड : भलिबलमा २० राष्ट्रमध्ये नेपाललाई १५औँ स्थान

    एसियाड : भलिबलमा २० राष्ट्रमध्ये नेपाललाई १५औँ स्थान

    काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत पुरुष भलिबलमा नेपाल १५औँ भएको छ। एसियाका २० राष्ट्र सहभागी भएकोमा नेपालले १५औँ स्थान हात पारेको हो। १५औँ स्थानको लागि शुक्रवार नेपाल र कीर्गिस्तानबीचको खेल तय भएको थियो। तर कीर्गिस्तानले खेलमा सहभागिता नजनाएपछि नेपाल स्वत ३-० सेटले विजयी भएको हो। कीर्गिस्तानले नखेलेपछि नेपालले वाकओभर पाएको हो। 'विपक्षी टिमले खेलमा भाग नलिएपछि हामी ३-०…

    विस्तृतमा पढ्नुस्

  • एसिया कप छनोट : तेस्रो खेलमा नेपालले मलेसियासँग शनिवार खेल्ने, यस्तो छ विगतका नतिजा

    एसिया कप छनोट : तेस्रो खेलमा नेपालले मलेसियासँग शनिवार खेल्ने, यस्तो छ विगतका नतिजा

    काठमाडौँ : युएईमा आगामी सेप्टेम्वरमा हुने एसिया कपको लागि छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली क्रिकेट टोली अहिले त्यो समिकरणबाट धेरै टाढा छ। मलेसियामा बुधवारबाट सुरु भएको एसिया कप छनोटमा नेपालले लगातार दुई खेलमा पराजय बेहोर्‍यो। दुई हारपछि प्रतियोगिताको फाइनल पुग्नै नेपाललाई कठिन देखिएको छ। त्यसका लागि नेपालले आफ्नो बाँकी तीनवटै खेल जितेर मात्र पुग्दैन अन्य खेलको नतिजा पनि आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • एउटै मितिमा दुई फिल्म, ‘बाँध मायाले’ टिमले थाल्यो प्रचार

    एउटै मितिमा दुई फिल्म, ‘बाँध मायाले’ टिमले थाल्यो प्रचार

    काठमाडौँ :  फिल्म ‘बाँध मायाले’ टिमले फिल्मको प्रचार अस्त्र ट्रेलर सार्वजनिक गरेको छ। ट्रेलर लभ, एक्सन र सस्पेन्सले भरिएको छ। प्रेम कथामा आधारित फिल्ममा आर्यन अधिकारी र सृष्टि श्रेष्ठको मुख्य अभिनय छ। फिल्म आगामी असोज ५ गते प्रदर्शनमा आउनेछ। फिल्ममा आर्यन र सृष्टिसँगै नव कलाकार किशोर खड्का, राजाराम पौडल, रविन्द्र प्रताप सेन लगायतको अभिनय छ। फिल्मलाई सवीर श्रेष्ठले नर्देशन गरेका हुन्। काइट्स इन्टरटेनमेन्टको ब्यानरमा बनेको…

    विस्तृतमा पढ्नुस्

  • संसदीय समितिका सभापतिको १७ गतेको निर्वाचन स्थगित

    संसदीय समितिका सभापतिको १७ गतेको निर्वाचन स्थगित

    काठमाडौँ : प्रतिनिधि सभाका १० वटा संसदीय समितिका सभापतिको आगामी १७ गते हुने भनिएको निर्वाचन कार्यक्रम स्थगित भएको छ। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जारी गरेको विज्ञप्तिअनुसार अर्काे सूचना प्रकाशित नभएसम्म समितिका सभापति चयन सम्बन्धी सबै निर्वाचनका पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको हो।  भदौ १६ गते सभापति उम्मेदवारको प्रस्ताव दर्ता गर्ने, भदौ १७ गते बिहान ११ बजेदेखि प्रारम्भ हुने समितिको बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • एसियाड प्याराग्लाइडिङमा रजत जित्ने नेपाली टिमका प्रत्येक खेलाडीले ५ लाख पाउने

    एसियाड प्याराग्लाइडिङमा रजत जित्ने नेपाली टिमका प्रत्येक खेलाडीले ५ लाख पाउने

    काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८ औँ एसियाडमा पदककको खडेरी तोड्दै नेपाललाई रजत पदक दिलाउन सफल प्याराग्लाइडिङ पुरुष टिमले राष्ट्रिय खेलकुद परिषदबाट नगद ५/५ लाख प्राप्त गर्नेछन्। एसियन गेम्समा टिम इभेन्टतर्फ रजत जित्नेले नगद ५/५ लाख पाउने राखेपको नियममा उल्लेख छ। व्यक्तिगत विधामा रजत जित्नेले भने १५ लाख पाउनेछन्। प्याराग्लाइडिङ पुरुष टिम क्रस कन्ट्रीमा नेपालको ५ खेलाडी सम्मितिलत टिमले रजत पदक जितेको…

    विस्तृतमा पढ्नुस्

  • गायक हरिप्रसाद रिमालको अन्तिम संस्कार

    गायक हरिप्रसाद रिमालको अन्तिम संस्कार

    काठमाडौँ : वरिष्ठ अभिनेता, निर्देशक तथा रेडियो नेपालका पहिलो गायक हरिप्रसाद रिमालको पार्थिव शरीरलाई अन्तिम संस्कारका आर्यघाट लगिएको छ। स्रष्टालाई श्रद्धाञ्जली दिन कलाकार उनको निवास बानेश्वरमा पुगेका थिए।  उनलाई श्रद्धाञ्जली दिन अभिनेत्री भुवन चन्द, बसुन्धरा भुषाल, चैत्य देवी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटी लगायत अन्य उपस्थित थिए। शुक्रवार बिहान ९३ वर्षीय रिमालको बानेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो। रिमालको…

    विस्तृतमा पढ्नुस्

  • १८ औँ एसियाडमा नेपालको अब दुई खेल बाँकी : भलिबलमा आज खेल्दै, ट्रायथलन इभेन्ट शनिवार

    १८ औँ एसियाडमा नेपालको अब दुई खेल बाँकी : भलिबलमा आज खेल्दै, ट्रायथलन इभेन्ट शनिवार

    काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियाड आगामी आइतबार समापन हुँदैछ। एसियाका ४५ राष्ट्रले सहभागिता जनाएको एसियाली खेलमेलामा नेपालले पनि २९ खेलामा सहभागिता जनाएको थियो। नेपालले अब दुई खेलमा मात्र प्रतिस्पर्धा गर्न बाँकी छ। नेपालले इन्डोनेसियामा प्याराग्लाइडिङमा मात्र एक रजत जित्न सफल भयो। पदकको आशा गरिएको अन्य खेलमा भने नेपाल पदकको छेउछाउ पुग्न सकेन। पुरुष भलिबलमा पदकको होडबाट बाहिरिसकेको नेपालले १६…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell