PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

  • फिफा वरीयतामा नेपाल एक स्थान तल

    फिफा वरीयतामा नेपाल एक स्थान तल

    काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको वरीयतामा नेपाल एक स्थान तल झरेको छ। फिफाले डिसेम्वर महिनाको लागि घोषणा गरेको नयाँ वरीयतामा नेपाल एक स्थान गुमाउँदै १७१औँ स्थानमा झरेको हो। यस्तै विश्व च्याम्पियन जर्मनीले शीर्ष स्थानमा रहेर वर्ष २०१७ को अन्त्य गर्ने भएको छ। नेपाल दक्षिण एसियामा भारत र माल्दिभ्सपछि तेस्रो स्थानमा छ भने नेपाल भन्दा तल भुटान, बंगलादेश…

    विस्तृतमा पढ्नुस्

  • इपीएलमा अहिलेसम्म सर्वाधिक रन बनाउने र विकेट लिने खेलाडी

    इपीएलमा अहिलेसम्म सर्वाधिक रन बनाउने र विकेट लिने खेलाडी

    काठमाडौं : गत सोमबारबाट सुरु भएको एभरेष्ट प्रिमियर लिग इपीएलमा ७ खेल भइसकेका छन्। अब लिग चरणका ८ खेल बाँकी छन्।  त्यसपछि क्वालिफायर देखि फाइनसम्म थप ४ खेल हुनेछ।  ६ टिम सम्मिलित प्रतियोगितामा अहलेसम्म भैरहवा ग्लाडिएटर्स विराटनगर वारियर्सले समान २ जित हात पार्दै अपराजित छन्। चितवन टाइगर्स खेलेका दुवै खेलमा पराजित हुँदै अंकविहिन छ। यता व्यक्तिगत प्रदर्शनतर्फ कुनै खेलाडीले शतक…

    विस्तृतमा पढ्नुस्

  • एन्फालाई १ हजार अमेरिकी डलर जरिवाना

    एन्फालाई १ हजार अमेरिकी डलर जरिवाना

    काठमाडौं : एएफसीले अखिल नेपाल फुटबल संघ एन्फालाई १ हजार अमेरिकी डलर जरिवाना लगाएको छ। गत अक्टोबरमा कीर्गिस्तानको बिस्केकमा भएको एएपसी यू-१९ क्वालिफायरमा नेपालयू-१९ खेलाडीले गरेका गल्तीका कारण एएफसीले एन्फालाई जरीवाना तोकेको हव। कीर्गिस्तान विरुद्वको खेलमा नेपालका खेलाडीहरुले प्रोटोकलको ख्याल नगरेको, विपक्षी खेलाडी र रेफ्रीसँग हात मिलाउन फियर प्ले नदेखाएको भन्दै एएफसीले जरिवाना लगाएको जनाएको छ। एएफसी जारी गरेको सूचना…

    विस्तृतमा पढ्नुस्

  • इएफएल कप : ब्रिस्टोल सिटीसँग पराजित भएपछि साविक विजेता म्यानचेष्टर युनाइटेड बाहिरियो

    इएफएल कप : ब्रिस्टोल सिटीसँग पराजित भएपछि साविक विजेता म्यानचेष्टर युनाइटेड बाहिरियो

    कोरे स्मिथले इन्जुरी टाइममा गोल गरेपछि च्याम्पियनसिप क्लब ब्रिस्टोल सिटी म्यानचेष्टर युनाइटेडलाई स्तब्ध पार्दै इएफएद्य कप पुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। ब्रिस्टोलको मैदानमा भएको खेलमा साविक विजेता युनाइटेड २-१ ले पराजित भएको हो। खेलको ५१औँ मिनेटमा जोए ब्रयनले गो गर्दै घरेलु टोली ब्रिस्टोललाई अग्रता दिलाएका थिए। युनाइटेडका लागि ५८औँ मिनेटमा ज्लाटन इब्राहिमोभिचले बराबरी गोल फर्काएका थिए। तर इन्जुरी टाइममा स्मिथले…

    विस्तृतमा पढ्नुस्

  • ६३ हजार नगदसहित २० जुवाडे पक्राउ

    ६३ हजार नगदसहित २० जुवाडे पक्राउ

    उदयपुर: प्रहरीले त्रियुगा नगरपालिका–६ स्थित जलजले बजारको दुई स्थानबाट जुवा खेलिरहेको अवस्थामा आज २० जना जुवाडेलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिनपा–६ जलजले स्थित प्रेमबहादुर मगरको घरमा तास खेल्दै गरेको अवस्थामा रु ४७ हजार ४०० सहित सात र पुल्कित चौधरीको घरबाट रु १५ हजार ३०० सहित १३ जना जुवाडे पक्राउ परेका हुन्। त्रिनपा–६ जलजलेमा जुवाको खेला हुँदैछ भन्ने सूचनाका…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी राष्ट्रपति ट्रम्प बेलायत भ्रमणमा जाने

    अमेरिकी राष्ट्रपति ट्रम्प बेलायत भ्रमणमा जाने

    ह्वाइटहाउस: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायत जाने भएका छन्। अमेरिकाको राष्ट्रपति कार्यालयका प्रवक्ता सराह सनडरसले बेलायतका प्रधानमन्त्री थेरेसा मेको निमन्त्रणालाई ट्रम्पले स्वीकार गरेको बताएका छन्। ट्वीटरको विषयमा यी दुई नेताबीच भएको विवादपछि पहिलो पटक मङ्गलबार बिहान यी दुई नेताबीच वार्ता भएको पनि ह्वाइट हाउसले जानकारी दिएको छ। उनीहरूले एक आपसमा क्रिशमस र नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै मध्यपूर्वमा शान्ति स्थापनाका लागि…

    विस्तृतमा पढ्नुस्

  • के कांग्रेसलाई पुनर्जीवन दिन सक्लान राहुलले?

    के कांग्रेसलाई पुनर्जीवन दिन सक्लान राहुलले?

    नयाँदिल्ली: भारतीय कांग्रेसको नयाँ अध्यक्षको रूपमा केहीदिन अगाडि जिम्मेवारी सम्हाल्नु भएका राहुल गान्धीलाई पार्टी सुध्रिने अन्तिम आशाका रूपमा लिइएको छ। निर्वाचनमा अधिकांश ठाउँमा पराजित भएको कांग्रेसलाई उनले प्रभावकारी बनाउन सक्ने अपेक्षा गरिएको छ। यसअघि १९ वर्षसम्म पार्टीको अध्यक्ष भएकी सोनिया गान्धीले गत शनिबार ४७ वर्षीय आफ्नै छोरा राहुललाई अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेकी थिइन्। योसँगै कांग्रेसको नेतृत्व गान्धी परिवारको अर्को पुस्तामा…

    विस्तृतमा पढ्नुस्

  • इपीएलमा आज दुई खेल

    इपीएलमा आज दुई खेल

    काठमाडौं  : एभरेष्ट प्रिमियर लिग (इपीएल)मा आज पनि दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित टीयू इन्टरनेशनल मैदानमा हुने पहिलो खेलमा विराटनगर वारियर्स र पोखरा राइनोज भिड्दैछन्। दुवै टिमले मंगलबार भएको आफ्नो पहिलो खेलमा जित हात पारेका थिए। त्यसैले पारस खड्काको विराटनगर र शक्ति गौचनको पोखराबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ। विराटनगरमा हङकङका खेलाडीद्वय बाबर हायत र अंशुमन रथ जस्ता खेलाडी छन्। यता पहिलो…

    विस्तृतमा पढ्नुस्

  • इएफएल कप : लेस्टरलाई पेनाल्टी सुटआउटमा हराउँदै म्यानचेष्टर सिटी सेमिफाइनलमा

    इएफएल कप : लेस्टरलाई पेनाल्टी सुटआउटमा हराउँदै म्यानचेष्टर सिटी सेमिफाइनलमा

    लिग लिडर म्यानचेष्टर सिटी इएफएल कप फुटलबको सेमिफाइनलमा प्रवेश गरेको छ। लेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै सिटीले अन्तिम चारमा स्थान बनाएको हो। सिटीका चारै खेलाडीको पेनाल्टी प्रहार गोलमा परिणत भएको थियो। निर्धारित समय र थप गरिएको ३० मिनेटमा खेल १-१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट नतिजाको छिनोफानो भएको हो। सिटीका गोलकिपर क्लाउडियो ब्राभोले लेस्टरका रियाद महारेजका प्रहार रोकेका…

    विस्तृतमा पढ्नुस्

  • शान्तिनगरमा माइक्रोबसको ठक्करबाट महिला गम्भीर घाइते

    शान्तिनगरमा माइक्रोबसको ठक्करबाट महिला गम्भीर घाइते

    काठमाडौँ: आज बिहान काठमाडौँको शान्तिनगरमा माइक्रोबसको ठक्करबाट एकजना महिला गम्भीर घाइते भएकी छन्। बिहान पौने ६ बजे बाटोमा हिँडिरहेको बेला शान्तिनगर गेट अगाडि बा २ ख १३२३ नम्बरको माइक्रोबसले ठक्कर दिँदा काठमाडौँ शान्तिनगर बस्ने सीता अधिकारी गम्भीर घाइते भएकी हुन्। घाइते अधिकारीको उपचारका लागि नर्भिक अस्पताल थापाथली लगिएको छ। दुर्घटनापश्चात फरार रहेका चालकको खोजी भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी चौकी नजिकै सुरुङ खनेर ६ घरमा चोरी

    प्रहरी चौकी नजिकै सुरुङ खनेर ६ घरमा चोरी

    सुरेन्द्र कुमार कामती सिरहा: सिरहाको कर्जन्हा नगरपालिकामा प्रहरी चौकी नजिकै सुरुङ खनेर चोरी भएको छ। अज्ञात समूहले कर्जन्हा नगरपालिका ११ का ६ घरमा सुरुङ खनेर लाखौंको चोरी गरेको हो। सरोज पासमान, धर्मेन्द्र पासमान, रामपुजन पासमान, प्रेमा यादवको घरमा सुरुङ खनेर चोरी भएको हो। यस्तै, रामबहादुर राउत र जयकिशोर महराको घरमा सुरुङ खनेर चोरी भएको हो। सरोजको घरवाट १ लाख २० हजार…

    विस्तृतमा पढ्नुस्

  • रोहिङ्ग्या शरणार्थीलाई जनवरीदेखि स्वदेश फर्काउन सुरु गरिने

    रोहिङ्ग्या शरणार्थीलाई जनवरीदेखि स्वदेश फर्काउन सुरु गरिने

    ढाका :  बङ्गलादेश तथा म्यानमारका अधिकारीहरूको मङ्गलबार बसेको बैठकले म्यानमारबाट शरणार्थीका रूपमा बंगलादेशका विभिन्न स्थान बसेका रोहिङ्ग्या शरणार्थीहरूलाई स्वदेश फिर्ता गराउने प्रक्रिया आगामी जनवरीदेखि सुरु हुने बताएका छन्।  मानव अधिकारवादी समूहले शरणार्थीलाई सुरक्षाका दृष्टिकोणले स्वदेश फर्काउने वातावरण वनिनसकेको बताइरहेका वेला दुई देशका विदेश सचिवस्तरीय बैठकले शरणार्थी फर्काउने बिषयमा नोभेम्बर २३ मा भएको सहमतिलाई अन्तिम रूप दिन पहल गरेका हुन्।  सहमतिमा ढाकामा…

    विस्तृतमा पढ्नुस्

  • आज किन बढी चिसाे ? यस्तो छ कारण

    आज किन बढी चिसाे ? यस्तो छ कारण

    काठमाडौँ :  पश्चिमी वायुको प्रभावले आज देशभर बदली भएको छ। वायुको प्रभावले खासगरी पश्चिमी भेगमा बढी असर परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  केही दिनदेखि विकसित यो प्रणाली आज बढी सक्रिय भएका कारण सुदूरपश्चिमदेखि काठमाडौँ उपत्यका पूर्वसम्मको क्षेत्रमा बदली रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए।  उनका अनुसार दिउँसो सुदूरपश्चिम भेगमा छिटफुट वर्षा हुने संभावना छ भने तराई क्षेत्रमा पनि हुस्सु लाग्ने अनुमान…

    विस्तृतमा पढ्नुस्

  • ओली र प्रचण्ड पुगे राष्ट्रपति भवन, राष्ट्रियसभा अध्यादेशमा परामर्श

    ओली र प्रचण्ड पुगे राष्ट्रपति भवन, राष्ट्रियसभा अध्यादेशमा परामर्श

    काठमाडौँः राष्ट्रियसभा सदस्य निर्वाचन विधेयकको विवाद जारी रहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति निवास पुगेका छन्। राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी र दुई नेताबीचको भेटवार्ता जारी छ। राष्ट्रियसभा निर्वाचन सम्पन्न नभइ निर्वाचनको अन्तिम मतपरिणाम बुझाउन नसकिने निर्वाचन आयोगको अडान छ। भने, राष्ट्रियसभा निर्वाचन नभइ सरकार गठन नहुने भन्दै सरकारले सिफारिस…

    विस्तृतमा पढ्नुस्

  • सत्ता बुझाउन कांग्रेस आतुर : प्रकाशमान

    सत्ता बुझाउन कांग्रेस आतुर : प्रकाशमान

    काठमाडौं :  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विधि र प्रक्रिया पुर्‍याएर कांग्रेसले संविधानअनुसार सत्ता हस्तान्तरण गर्ने बताएका छन्। काठमाडौं क्षेत्र नम्बर एकमा आज बिहान आयोजित कार्यक्रममा सिंहले कांग्रेसलाई अफ्ठ्यारो बनाउने बहानामा एमालेले राष्ट्रपतिलाई अध्यादेश रोक्न लगाएको आरोप लगाए। ‘कांग्रेसले सत्ताका लागि लोभ गरेको छैन। सत्तामा जाने दलहरूले कांग्रेसलाई सत्ताको चार्ज लगाएका छन्। यो सबै गलत हो’, उनले भने, ‘राष्ट्रिय सभाको अध्यादेश…

    विस्तृतमा पढ्नुस्

  • सौराहामा 'लभ डायरिज' युनिट: हेर्नुस् १० फोटोमा

    सौराहामा 'लभ डायरिज' युनिट: हेर्नुस् १० फोटोमा

    काठमाडौं: प्रोडक्सन फेजमा रहेको 'लभ डायरिज' युनिट यति बेला चितवनको सौराहामा छ। लभ र कमेडी जनराको फिल्मको छायांकन भैरहेको छ। फिल्मलाई सौरभ चौधरीले निर्देशन गरेका हुन्। उनका अनुसार ६० देखि ७० प्रतिशत छायांकन चितवनमै हुनेछ। चितवन बाहेक पोखरा र काठमाडौंमा छायांकन हुने बताईएको छ। भने,'अहिलेसम्म फिल्मको ३० प्रतिशत सुटिङ सम्पन्न भैसकेको छ।'  सुशिल श्रेष्ठ मुख्य भुमिकामा छन्। विदेशमा रहेको अल्लारे…

    विस्तृतमा पढ्नुस्

  • अमेरिका र क्यानाडाले उत्तर कोरियाको आणविक सङ्कटबारे विदेशमन्त्रीहरुको सम्मेलन गर्ने

    अमेरिका र क्यानाडाले उत्तर कोरियाको आणविक सङ्कटबारे विदेशमन्त्रीहरुको सम्मेलन गर्ने

    ओटावा :  उत्तर कोरियाको आणविक सङ्कटका बारेमा संयुक्त राज्य अमेरिका र क्यानाडाले जनवरीमा विदेशमन्त्रीहरुको सम्मेलनको आयोजना गर्ने भएका छन्।  अमेरिकी र क्यानाडेली विदेशमन्त्रीहरुले मङ्गलबार सम्मेलन आयोजना गर्ने बारे निर्णय सार्वजनिक गरेका हुन्। जनवरीमा सम्मेलन आयोजना गर्ने र त्यसमा संयुक्त राष्ट्रसंघका लागि दक्षिण कोरिया र जापानी विशेष दूतको पनि सहभागिता रहने बताइएको छ।  क्यानाडेली विदेशमन्त्री क्रिश्टिया फ्रिल्याण्डले मङ्गलबार ओटावामा आयोजना गरिएको पत्रकार…

    विस्तृतमा पढ्नुस्

  • ओली र प्रचण्डसँगको डेढ घण्टे भेटमा राष्ट्रपति भण्डारीको सुझावः सहमतिमै जानुस्

    ओली र प्रचण्डसँगको डेढ घण्टे भेटमा राष्ट्रपति भण्डारीको सुझावः सहमतिमै जानुस्

    काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारीले वाम गठबन्धनका नेताहरुलाई अध्यादेश सम्बन्धी विवाद राजनीतिक सहमतिमै जुटाउन आग्रह गरेकी छन्। बुधबार बिहान शीतलनिवासमा वाम गठबन्धनका नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओली, मओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सुवास नेम्वाङ र नारायणकाजी श्रेष्ठलार्इ राष्ट्रपति भण्डारीले सहमतिमै अघि बढ्न सुझाव दिएकी हुन्।  डेढ घण्टाको भेटमा नेताहरुले राष्ट्रपतिसमक्ष अध्यादेश विवाद र हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबारे जानकारी…

    विस्तृतमा पढ्नुस्

  • संसदमा कुनै पनि दलको बहुमत नपुग्ने, दुई तिहाई बहुमतको कीर्तिमान कांग्रेसमा सीमित

    संसदमा कुनै पनि दलको बहुमत नपुग्ने, दुई तिहाई बहुमतको कीर्तिमान कांग्रेसमा सीमित

    भीष्मराज ओझा  काठमाडौँ : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणामले केन्द्रीय संसद् प्रतिनिधिसभामा कुनै पनि राजनीतिक दलको बहुमत नपुग्ने देखाएको छ।  नेपालको संविधानअनुसार मंसिर १० र २१ गते दुई चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कूल २७५ सदस्यीय प्रतिनिधिसभाका लागि निर्वाचन भएको थियो। निर्वाचन अयोगको तथ्यांकअनुसार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र समानुपातिक निर्वाचन प्रणाली तर्फको मतपरिणाम हेर्दा कुनै पनि…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : विराटनगर वारियर्सको लगातार दोस्रो जित

    इपीएल : विराटनगर वारियर्सको लगातार दोस्रो जित

    काठमाडौं : ओपनर अंशुमन रथले अर्धशतक बनाएपछि विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग इपीएलमा लगातार दोस्रो जित हासिल गरेको छ। बुधबार टीयू मैदानमा भएको खेलमा विराटनगरले पोखरा राइनोजलाई ३ विकेटले पराजित गरेको हो। विराटनगरले पहिलो खेलमा ललितपुर प्याट्रिओट्सलाई ६ रनले पराजित गरेको थियो। पोखराले दिएको १२३ रनको लक्ष्य विराटनगरले २ बल बाँकी छदा ७ विकेट गुमाएर पूरा गरेको हो। विराटनगरको जितमा अंशुमनले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell