ललितपुर : ललितपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट अष्ट महर्जन र उपमेयरमा राप्रपाबाट सजिना कार्कीले मनोनयन दर्ता गराएका छन्। तीन महानगरमा एमाले र राप्रपाबीच चुनावी तालमेल भएका कारण राप्रपाले मेयर र एमालेले उपमेयरमा उम्मेदवारी दिएनन्। आज दिउँसो १ बजे नै उपमेयरमा राप्रपाबाट बाबुकाजी प्रधानले उम्मेदवारी दर्ता गराएका थिए। तर, उनी आधिकारिक उम्मेदवार नभएको भन्दै राप्रपाले कार्कीको नामसहित मनोनयन दर्ता गराएको…
चितवनः भरतपुर महानगरपालिकामा प्रमुख तीन दलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। प्रमुख पदमा नेपाली काँग्रेसका तर्फबाट दिनेश कोइराला, नेकपा एमालेका तर्फबाट देवीप्रसाद ज्ञवाली र माओवादी केन्द्रका तर्फबाट रेणु दाहालले उम्मेदवारी दर्ता गराएका हुन्। उपप्रमुख पदमा नेपाली काँग्रेसका तर्फबाट पार्वती शाह, नेकपा एमालेका तर्फबाट दिव्य शर्मा आचार्य, माओवादी केन्द्रका तर्फबाट सुरेन्द्र गुरुङले उम्मेदवारी दर्ता गराएका छन्। सुरुमा माओवादी केन्द्र, त्यसपछि नेकपा…
काठमाडौं : संवैधानिक परिषदको आज बसेको बैठकले दीप बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको छ। आज दिउँसो बसेको संबैधानिक परिषद बैठकले एउटा मात्र निर्णय गरेको हो। संबैधानिक परिषदको अर्को बैठक भोलि दिउँसो चार बजेका लागि डाकिएको छ। संसदमा महाअभियोग दर्ता भएर प्रमुख आयुक्त लोकमान सिंह कार्की निलम्बनमा परेयता बस्नेत कार्यबाहक प्रमुख आयुक्तका रुपमा कार्यरत थिए। उनी अब…
काठमाडौं : साना/ठूला अधिकांश दलबाट स्थानीय उम्मेद्वारलाई प्राथमिकता। नेवार समुदायकै बाहुल्यतामा महानगरको मेयरमा सबै दलको दाबेदारी। सबैभन्दा कान्छी मेयर दावेदार रञ्जु दर्शना पनि काठमाडौंमा नै। ठूला दलका हेभीवेट र लोकप्रिय उम्मेद्वारदेखि कुस्तिवाज (रेस्लर) भरत विसुरालसम्मको उम्मेद्वारी। र, थरीथरीका स्वतन्त्र उम्मेद्वारको होडले पनि महानगरको मेयरको चुनावी दौडमा निकै रौनकता थपेको छ। देशको राजधानी शहर र देशभरकै जेठो महानगरपालिका भएका कारण मात्रै…
काठमाडौं : गत फागुन ६ मा राप्रपाको एकता महाधिवशेनको उदघाट्न सत्रलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपालाई 'नयाँ विकल्प शक्ति' बन्न शुभकामना दिएका थिए। त्यसको ठीक तीन महिनापछि हुन लागेको स्थानीय तह चुनावमा उनै ओलीले राप्रपासँग 'एमालेको गढ' मानिएको काठमाडौं महानगर र ललितपुर महानगरमा तालमेलको नयाँ अभ्यासको सुत्रपात गरे। यसअघिको स्थानीय चुनावमा कायम बलियो प्रभावबाट एमाले खस्कदै…
काठमाडौँ : स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ताकै दिन मनाङको नारफू गाउँपालिकामा नेपाली कांग्रेसका मिङ्मार छिरिङ लामा निर्वाचित भएका छन्। ३ वडा रहेको उक्त गाउँपालिकाको अध्यक्षमा अरु कसैको उम्मेदवारी मनोनयन दर्ता नभएपछि लामा निर्विरोध भएका हुन्। वैशाख ३१ गतेको पहिलो चरणको निर्वाचन कार्यक्रमअन्तर्गत मिङमार मुलुककै गाउँपालिकामध्येमा पहिलो निर्विरोध निर्वाचित भएका हुन्। निर्वाचित मिङ्मारलाई निर्वाचन अधिकृतले निर्विरोध निर्वाचित घोषणा गरेका…
सीताराम ओझा धनगढी : देशकै सर्वाधिक धनराशीको धनगढी प्रिमियर लिग डीपिएलको आयोजा गर्दा आम्दानीभन्दा १५ लाख बढी खर्च भएको छ। धनगढीमा मंगलबार आयोजकले पत्रकार सम्मेलन गर्दै आर्थिक हिसाब सार्वजनिक गरेको हो। प्रतियोगिता आयोजना गर्दा १ करोड ८२ लाख खर्च भएको र प्रायोजक, सहप्रयोजक, प्रवर्द्धकलगायतबाट एक करोड ६७ लाख रुपैयाँ आम्दानी भएको आयोजकले जानकारी गराएको हो। अपुग भएको झण्डै १५ लाख रकम…
काठमाडौं : निर्वाचन आयोगले अन्तत: निर्वाचनको ठीक ११ दिन अघिमात्र मतदाताको संख्या र निर्वाचन हुन लागेका वडा सहितका विवरण सार्वजनिक गरेको छ। नवलपरासी र रुकुमको विवाद नटुङ्गिएका कारण आयोगले मतदाता संख्याको तथ्याङ्क सार्वजनिक गर्न सकेको थिएन। सरकारले दुई चरणमा निर्वाचन गर्ने टुङ्गो लगाएपछि आयोगले तथ्याङ्कको प्रशोधन गर्न सीमाङ्कनको समस्या भोगेको थियो। वैशाख ३१ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ताको…
ललितपुर : वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि ललितपुर महानगरपालिकामा मेयरका लागि १७ जना र उपमेयरमा १३ जनाले उम्मेदवारी दिएका छन्। मंगलबार बिहान १० बजेदेखि ५ बजेसम्म निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय तोकेको थियो। मेयरका लागि ८ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसबाट चीरबहादुर महर्जन, उपमेयरमा गीता सत्यालको उम्मेदवारी परेको छ। नेकपा एमालेले मेयरमा हरिकृष्ण…
काठमाडौँ : काठमाडौँ महानगरपालिकामा प्रमुख राजनीतिक दलहरुले उम्मेद्वारको टुङ्गो लगाउन ढिलाई गरे। ढिलाईका कारण उम्मेद्वारहरु मिडियामा छाउन सकेनन्। कतिपयले उम्मेद्वारको अनुहार समेत चिनेका छैनन्। विवकेशील दलकी रञ्जु दर्शना र साझा पार्टीका किशोर थापा मिडियामा छाए पनि दलका उम्मेद्वार भने टुङ्गो लागेनन्। जसका कारण टेलिभिजनमा उनीहरु देखिएनन् भने कोण सभा लगायतका कार्यक्रम समेत गर्न पाएनन्। आज उम्मेद्वारी दर्तामा समेत एक दलले…
काठमाडौं: आइतबार प्रधानन्यायधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोगपछि उत्पन्न तीब्र प्रतिक्रियाहरुका माझ वैशाख ३१ का लागि तय भएको पहिलो चरणको स्थानीय चुनाव भने प्रभावित नहुने संकेत देखिएको छ। भलै जनस्तरमा यससम्बन्धी आशंकाहरु भने हटिसकेका छैनन्। गृहमन्त्री विमलेन्द्र निधिले महाअभियोगप्रति बिमति जनाउँदै आइतबारै राजीनामा दिएपनि सरकारबाट हट्ने धम्की दिएको राप्रपा तत्काल सरकारबाट हट्ने निष्कर्षमा नपुगेसँगै सरकार अल्पमतमा पर्ने खतराबाट जोगिएको…
काठमाडौं: संघीय समाजवादी फोरमले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाभियोग प्रस्ताव स्वतन्त्र न्यायालयमाथिको ठाडो हस्तक्षेप भएको बताएको छ। फोरम अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गरी कांग्रेस र माओवादीले व्यवस्थापिका संसद्मा दर्ता गराएका महाअभियोग प्रस्ताव संवैधानिक सर्वोच्चता र विधिको शासनमाथि सुनियोजित हमला मात्र नभई लोकतान्त्रिक प्रणालीको मूल्य र मान्यता विपरीत भएको बताएका हुन्। उनले सत्तामा रहेका व्यक्तिहरुले गैरकानूनी तरिकाबाट आफ्ना व्यक्तिगत, गुटगत र…
काठमाडौं : यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक पार्टीहरुले घोषणापत्र सार्वजिनक गर्ने क्रम जारी छ। नेकपा एमालेले पनि सोमबार आफ्नो चुनावी घोषणापत्र सार्वजिनक गरेको छ। जसमा 'सक्षम खेलाडी : प्रतिस्पर्धी खेलकुद' शीर्षकमा खेलकुदका लागि ६ वटा बुँदा उल्लेख गरिएको छ। सार्वजिनक घोषणापत्र अनुसार राजधानीको काठमाडौं, भक्तपुर र ललितपुरमा ५० हजार सिट क्षमताका अन्तर्राष्ट्रिय स्तरका तीन रंगशाला…
काठमाडौँ: युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले खेलाडीका लागि छुट्टै अस्पताल निर्माणको कामलाई मन्त्रालयले अघि बढाएको बताएका छन्। नेपाल तेक्वान्दो सङ्घले सोमबार आयोजना गरेको तेक्वान्दो प्रशिक्षण कार्यक्रममा मन्त्री श्रीपाइलीले खेलाडीका लागि अस्पताल निर्माण, खेल विश्वविद्यालय, खेलाडी प्रोत्साहन भत्ता, स्वास्थ्य बिमा, परिचयपत्र वितरण, प्रत्येक प्रदेशमा रङ्गशाला निर्माणलगायतका कामलाई मन्त्रालयले अगाडि बढाएको बताएका हुन्। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले…
काठमाडौं: बलिउड बक्स अफिसमा धमाकेदार सुरुवात गरेको फिल्म 'बाहुबली द कनक्लुजन'ले नेपालमा पनि राम्रो व्यवसाय गरेको छ। बाहुबली २ गोपी कृष्ण मुभिजले नेपालमा भित्र्याएको हो। गोपिकृष्णका तिर्थ पौडेलका अनुसार बाहुबली सिक्वेलले देशभरका एक सय तिस पर्दाबाट ५ करोड ४० लाख नेट कलेक्शन गरेको हो। बाहुबली २ का कारण यो हप्ता सिंगल स्क्रिन तथा मल्टिप्लेक्समा अन्य नयाँ तथा पुरानो फिल्मले शो पाएका…
काठमाडौँ: पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भई आज देशभर बर्षा भएको छ। पश्चिमी वायुको प्रभावले भारतको हरियाणाआसपास क्षेत्रमा बनेको न्यून चापीय क्षेत्र र विहारदेखि उडिसासम्म न्यून चापीय रेखा विकास भएकाले त्यसको असर नेपालमा परेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। उनले आइतबारदेखि सुरु भएको यो प्रणालीको ‘मुभमेन्ट’ पूर्वतिर गइरहेको छ, बुधबारदेखि मौसममा सुधार आउने बताए। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार प्रधान न्यायाधीश सुशीला कार्की माथि महाभियोग प्रस्ताव दर्ता भएपछि उत्पन्न राजनीतिक तरङ्गले निर्वाचनमा असर पर्ने हो कि भन्ने प्रश्न उठेको बताएका छन्। आफ्नै निवास लाजिम्पाटमा सिन्धुपाल्चोका कांग्रेस र एमालेका स्थानीय नेतालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले आफैँ प्रश्नको जवाफ समेत दिए। यद्यपी उनले अहिले केहि जटिलता र चुनौती भने देखापरेको उल्लेख गर्दै निर्वाचनले ती…
काठमाडौं : यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक पार्टीहरुले घोषणापत्र सार्वजिनक गर्ने क्रम जारी छ। यसै क्रममा नयाँ शक्ति पार्टी, नेपालले चुनावी घोषणापत्र सार्वजिनक गर्दै हरेक प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउनेदेखि प्रत्येक वडामा फुटसलसहितको खेल मैदान बनाउने उल्लेख छ। नयाँ शक्त पार्टीले अरु पार्टीभन्दा फरक शैलीमा ५ वर्ष, १५ वर्ष र २५ वर्षपछि हासिल गर्न सक्ने…
काठमाडौँ : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले 'फ्रि फेसबुक योजना' बन्द गर्ने भएको छ। एनसेलले आज सूचना जारी गर्दै यही वैशाख १९ गतेदेखि निशुल्क सेवा बन्द हुने जनाएको हो। लामो समयसम्म ट्विटर तथा विकिपिडिया सेवा निशुल्क गराउँदै आएको एनसेलले केही समय यता फेसबुक सेवा पनि निःशुल्क उपलब्ध गराएको थियो। एनसेलले गत चैत १२ गतेदेखि निशुल्क ट्विटर तथा विकिपिडिया सेवा पनि बन्द गरिसकेको छ।
धनगढी : आगामी बैशाख २१ गतेदेखि अत्तरीयामा आयोजना हुने देशकै सर्वाधिक धनराशीको अत्तरीया कप महिला क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। युनाईटेड अत्तरीया स्पोर्टस क्लवको आयोजनामा हुने प्रतियोगितामा देशका विभिन्न ६ वटा टोलीहरुले भाग लिने छन्। धनगढीमा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताउँदै खेल तालिका समेत सार्वजनिजक गरेको छ। महिला क्रिकेट प्रतियोगिता थोरै भइरहेको बेलामा…