PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

  • महिला एसियाकपमा छनोट भएपछि घोषणा गरेको नगद पुरस्कार एसियाकप खेलेपछि दिइयो

    काठमाडौं : युवा तथा खेलकुद मन्त्रालयले ग्लोबल महिला टी– टवेन्टी क्वालिफायर क्रिकेट प्रतियोगितामा उपविजेता बन्दै महिला एसिया कप खेलेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बुधबार नगदसहित सम्मान गरेको छ।  हङकङमा अक्टोबर ९ देखि १५ तारिखसम्म भएको प्रतियोगितामा दोश्रो हुन सफल १४ खेलाडी, १ प्रशिक्षक र १ फिजियोसहित १६ सदस्यीय टोलीलाई पूर्वघोषित पुरस्कार अनुसार जनही २५ हजार र सम्मान पत्र प्रदान…

    विस्तृतमा पढ्नुस्

  • सामान्यको अनुमति नै नलिई पाँच जिल्लाका सिडिओ फेरिए

    सामान्यको अनुमति नै नलिई पाँच जिल्लाका सिडिओ फेरिए

    काठमाडौं : सामान्य प्रशासन मन्त्रालयसँग सहमतीनै नलिई गृह मन्त्रालयले पाँच  जिल्लाको प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयले काजमा ओखलढुंगा , दोलखा , ताप्लेजुंङ, दैलेख र बाजुराको प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । ओखलढुंगामा फणीन्द्र दाहाल, दोलखामा यज्ञराज बोहोरा, ताप्लेजुङमा नरबहादुर खड्का, दैलेखमा जीवनप्रसाद दुलाल र बाजुरामा देवेन्द्र लामिछानेलाई काजमा प्रमुख जिल्ला अधिकारी बनाइएको छ । दुलाल दाङमा…

    विस्तृतमा पढ्नुस्

  • ​नेपाली महिला टोलीले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने

    काठमाडौं : भारतमा हुने साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली महिला टोलीले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।  आगामी डिसेम्वर १७ मा एन्फा कम्प्लेकस सातदोवातोमा नेपाल र मलेसियाबीच खेल हुनेछ। एन्फाले पठाएको आग्रहलाई मलेसियन फुटबल संघले स्वीकार गरेपछि नेपालसँग मैत्रीपूर्ण खेल खेल्न मलेसिया नेपाल आउन लागेको हो। मलेसियन टोली डिसेम्वर १५ मा नेपाल आउनेछ। आगामी डिसेम्वर २६ देखि भारतको सिलगुरीमा हुने…

    विस्तृतमा पढ्नुस्

  • ​च्याम्पियन्स लिगमा लेस्टरको पहिलो हार, पोर्टोसँग ५-० ले पराजित

    ​च्याम्पियन्स लिगमा लेस्टरको पहिलो हार, पोर्टोसँग ५-० ले पराजित

    युरोपको प्रतिष्ठत क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा इंगलिस चयाम्पियन लेस्टर सिटीले पहिलो हार बेहोरेको छ। एक खेल खेल्नु अघि नै नकआउट राउण्डमा पुगिसमेको लेस्टर समूह चरणको अनितम खेलमा पोर्चुगिज क्लब एफसी पोर्टोसँग ५-० को फराकिलो अन्तरले पराजित भएको हो।  घरेलु मैदानमा पोर्टोलाई जिताउन आन्द्रे शिल्भाले २ तथा जेसस कोरोना, यासिन ब्राहिमी र डिओगो जाटाले १/१ गोल गरे। जितसँगै ११ अंक…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ सुमनको 'साथी', भिडियोमा

    यस्तो छ सुमनको 'साथी', भिडियोमा

    काठमाडौं: सिभिल इन्जिनियर सुमन श्रेष्ठ संगमको ‘हामी साथी साथी’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गोपाल दाहालको शब्द र वसन्त सापकोटाको संगीत रहेको गीतको भिडियोको धरानमा औपचारिक कार्यक्रमविच बुधबार विमोचन पनि भयो। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा वरिष्ठ गायक, संगीतकार गणेश रसिक र भिडियोका कलाकारले संयुक्त रुपमा भिडियो सार्वजनिक गरेका थिए। कार्यक्रममा बोल्दै भाषाविद्…

    विस्तृतमा पढ्नुस्

  • ​दुई गोलको अग्रता जोगाउन नसक्दा रियल बराबरीमा रोकियो, डर्टमण्ड समूह विजेता

    ​दुई गोलको अग्रता जोगाउन नसक्दा रियल बराबरीमा रोकियो, डर्टमण्ड समूह विजेता

    मार्को रिउसले खेल सकिन एक मिनेट अगाडी गोल गरेपछि रियल मड्रिडलाई २-२ गोलको बराबरीमा रोक्दै जर्मन क्लब बोरुसिया डर्टमण्ड युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह ई को विजेता बनेको छ।  खेलमा रियलले दुई गोल गरेर पनि अग्रतालाई कायम राख्न नसक्दा बराबरीमा रोकिएको हो। करिम बेन्जामाले २८ र ५३ औं मिनेटमा गोल गर्दै रियललाई २-० को अग्रता दिलाएका थिए। तर सान्टियागो बर्नावेउमा…

    विस्तृतमा पढ्नुस्

  • 'दुबईमा रहेका मजदूर र श्रमिकलाई भावनात्मक साथ दिन्छु': राजेश हमाल

    'दुबईमा रहेका मजदूर र श्रमिकलाई भावनात्मक साथ दिन्छु': राजेश हमाल

    काठमाडौं: अभिनेता राजेश हमाल पुन: 'रातो टिका निधारमा' भन्दै नाच्ने भएका छन्। बुधबार राष्ट्रिय नाचघरको प्रेक्षालयमा डान्स रिहर्सलका लागि भेटिएका उनले पुस ८ गते दुबईमा हुने नवौं संस्करणको नेफ्टा अवार्डमा आफूले डान्स प्रस्तुत गर्ने बताए। कुनै अवार्ड फङ्शनमा पहिलोपटक नाच्न लागेको बताउँदै भने,'निकै फरक अनुभूति भैरहेको छ। पोहोर व्यक्तिगत कारणले कतार जान सकिँन तर यसपटकको अवार्डलाई सफल बनाउन मेरो नृत्यको…

    विस्तृतमा पढ्नुस्

  • यी हुन्, च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्ने टीम, सम्भावित प्रतिद्वनद्वी यस्ता छन्

    यी हुन्, च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्ने टीम, सम्भावित प्रतिद्वनद्वी यस्ता छन्

    युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन्स च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश पाउने सबै टीमको टुङ्गो लागिसकेको छ।  बुधबार राती सम्पन्न ८ खेलपछि ८ वटै समूहबाट समूह विजेता र समूह उपविजेता टोलीको पनि छिनोफानो भइसकेको छ।  यस पटक स्पानिस ला लिगा बाट सबैभनदा बढी चार टोली नकआउट राउण्डमा प्रवेश गरेका छन्। स्पेनको बार्सिलोना र एथ्लेटिको मड्रिड समूह विजेता तथा डिफेन्डिङ…

    विस्तृतमा पढ्नुस्

  • बाबुरामलाई जुत्ता हान्ने युवाको बयान- 'प्रचण्ड, ओली र नेपाललाई पनि हान्ने योजना छ'

    बाबुरामलाई जुत्ता हान्ने युवाको बयान- 'प्रचण्ड, ओली र नेपाललाई पनि हान्ने योजना छ'

    पोखरा : नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टरामाथि जुत्ता प्रहार गर्ने सञ्जीव भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ।   बिहीबार पोखराको पृथ्वी नारायण क्याम्पसमा भइरहेको एक कार्यक्रममा २९ वर्षीय सञ्जीव भट्टराईले संयोजक भट्टराईलाई जुत्ता प्रहार गरेका थिए। नयाँ शक्ति विद्यार्थी युनियनले नयाँ विद्यार्थीहरूको स्वागतार्थ कार्यक्रम आयोजना गरेको थियो। योजना नै बनाएर झोलामा कालो झन्डा बोकेर कार्यक्रममा पुगेका…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेता सिटौला भन्छन्- 'स्थानीय निकायको निर्वाचन नहुन्जेल सरकार परिवर्तन हुँदैन'

    कांग्रेस नेता सिटौला भन्छन्- 'स्थानीय निकायको निर्वाचन नहुन्जेल सरकार परिवर्तन हुँदैन'

    पथरी (मोरङ) : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले स्थानीय निकायको निर्वाचन नहुन्जेल सरकार परिवर्तन नहुने बताएका छन्।   आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै नेता सिटौलाले स्थानीय निकायको निर्वाचन नहुन्जेल सरकार परिवर्तन नहुने तर्क गरे। सरकार परिवर्तनसम्बन्धी हल्ला हावादारी भएको उनको टिप्पणी छ।   संसद्मा दर्ता भएको सविधान संशोधनको प्रस्तावमा सबै दलबीच छलफल र आपसी सहमतिबाट पारित हुने उनको…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटनामा पर्नेको शव चिनिएन, बचेको अंग इस्लामावाद पुर्‍याइँदै

    दुर्घटनामा पर्नेको शव चिनिएन, बचेको अंग इस्लामावाद पुर्‍याइँदै

    पाकिस्तानको एयरलाइन्स दुर्घटनामा परी ज्यान गुमाउनेको बचेखुचेको शरीरको भाग इस्लामावाद पुर्‍याइने भएको छ। अवोट्टावाद नजिकै भएको पाकिस्तान इन्टरनेसनल एयरलाइन्समा परी ४७ जनाले ज्यान गुमाएका थिए। सबै ज्यान गुमाउनेका बचेका अंग पहिचानका लागि इस्लामावाद लैजान लागिएको हो। पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिआइए)का प्रवक्ता ड्यानियल गिलानीले ४२ यात्रु र ५ क्रु मेम्मबर सहित ४७ जनाको दुर्घटनामा मृत्यु भएको जानकारी दिए। पिआइएले यसअघि ४८…

    विस्तृतमा पढ्नुस्

  • 'सेक्सी'लाई कसरी बुझ्नुहुन्छ? प्रियंका कार्कीले दिइन् अनौठो परिभाषा

    'सेक्सी'लाई कसरी बुझ्नुहुन्छ? प्रियंका कार्कीले दिइन् अनौठो परिभाषा

    काठमाडौं : तपाईं ‘सेक्सी’ शब्दलाई कसरी परिभाषित गर्नुहुन्छ?   प्राय: महिलाको हकमा प्रयोग हुने यो शब्दलाई सबैले फरक ढंगमा अर्थ लगाउँछन्। कुनै राम्री युवती देख्नेबित्तिकै ‘वाह, क्या सेक्सी’ भनेर कतिपय सकारात्मक प्रशंसा गर्छन् भने कति यही शब्दको आडमा अश्लीलतासँग पनि जोडिदिन्छन्।   नेपाली फिल्म जगतकी अहिलेकी चर्चित नायिका प्रियंका कार्कीले भने सेक्सी शब्दलाई आफ्नै तरिकाले परिभाषित गरेकी छिन्।   सामाजिक…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिक संकटबारे सभामुख-देउवा छलफल, देउवा भन्छन्- ‘सधैं गतिरोध नरहला’

    राजनीतिक संकटबारे सभामुख-देउवा छलफल, देउवा भन्छन्- ‘सधैं गतिरोध नरहला’

    काठमाडौं : संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावपछि उत्पन्न जटिल परिस्थितिको निकास खोज्न सभामुख ओनसरी घर्तीले राजनीतिक भेटलाई तीव्र बनाएकी छिन्।   उनले आज कांग्रेस सभापति शेरबहादुर देउवालाई बोलाएर जारी संसद अवरोध, दलबीचको बढ्दो दुरीका विषयमा छलफल गरिन्। सो भेटमा संविधान संशोधन प्रस्तावलाई कसरी किनारा लगाउने भन्ने विषयमै बढी कुरा भएको थियो। ‘संसदमा जारी अवरोध र संशोधन लगायतको विषयमा कुरा…

    विस्तृतमा पढ्नुस्

  • लुटेको धनले चलेका माओवादी-मिडिया एमालेविरुद्ध लागे : ओली

    लुटेको धनले चलेका माओवादी-मिडिया एमालेविरुद्ध लागे : ओली

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रको केन्द्रीय समितिको संख्याले आफूलाई आश्चर्यमा पारेको बताएका छन्।   बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा बोल्दै उनले भने, ‘माओवादीमा कसरी ४ हजार मान्छे पुगे? मलाई अचम्म लागेको छ। नाम नै माओवादी केन्द्र भएपछि सबै केन्द्रमा आए; तल कोही पनि छैनन्।‘   प्रचण्डले एमालेविरुद्ध भण्डाफोर गर्ने बताएको प्रसंग उप्काउँदै अध्यक्ष ओलीले…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री शाही भन्छन्- ‘सरकार यति बेला सङ्कटमा छ’

    मन्त्री शाही भन्छन्- ‘सरकार यति बेला सङ्कटमा छ’

    पोखरा : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले सरकार सङ्कटमा परेको बताएका छन्।   नेपाली कांग्रेस कास्कीद्वारा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले संशोधन प्रस्तावको विषयले समस्या परेको बताए। ‘संशोधनले कमसेकम एउटा पक्ष खुसी बन्नु पर्थ्यो,’ उनले भने, ‘संशोधनबाट आन्दोलनरत पक्ष पनि सन्तुष्ट छैनन्, सत्तारुढ दलकै कार्यकर्ता पनि असन्तुष्ट छन्।‘   प्रदेश नं ५ मा देखिएको समस्यालाई…

    विस्तृतमा पढ्नुस्

  • घर बनाउन विपन्न परिवारलाई तीन करोड बजेट

    सुरुङ्गा (झापा) : जनता आवास कार्यक्रम सञ्चालनका लागि झापामा रु तीन करोड बजेट विनियोजन भएको छ।   नेपाल सरकारको वार्षिक कार्यक्रमअन्तर्गत यस वर्षदेखि जनता आवास कार्यक्रम सञ्चालनमा आएको हो जसअनुसार झापालाई रु तीन करोड बजेट विनियोजन भएको सहरी विकास तथा भवन निर्माण कार्यालय, इलाम अन्तर्गतको फिल्ड कार्यालय भद्रपुरले जनाएको छ।   कार्यालयका इन्जिनियर सुमनकुमार मिश्रका अनुसार सहरी विकास मन्त्रालय, सहरी…

    विस्तृतमा पढ्नुस्

  • संसारले नेपालबाट सिक्न सक्छ शान्ति स्थापनाको सन्देश : परराष्ट्रमन्त्री महत

    संसारले नेपालबाट सिक्न सक्छ शान्ति स्थापनाको सन्देश : परराष्ट्रमन्त्री महत

    काठमाडौँ : परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालले शान्ति वार्ताबाटै द्वन्द्वको समाधान गरेको सफलता संसारकै लागि एक सफल उदाहरण भएकाले यसबाट विश्वले नै सिक्नसक्ने बताएका छन्। इन्डोनेसियाको बालीमा बिहीबारदेखि सुरु भएको बाली डेमोक्रेसी फोरमको नवौँ सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘संसारका अरु देशमा पनि द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनाका लागि नेपालबाट विश्वले नै सिक्न सक्छ।‘   विश्वका ९४ देशका विदेशमन्त्री, मन्त्री…

    विस्तृतमा पढ्नुस्

  • जय ललिताको शोकमा ७७ जनाले गरे आत्महत्या, औला काट्ने उत्तिकै

    जय ललिताको शोकमा ७७ जनाले गरे आत्महत्या, औला काट्ने उत्तिकै

    एआइएडीएमके पार्टीले तामिलनाडूमा मात्र ७७ जनाले प्रान्तका मुख्यमन्त्री जय ललिताको मृत्युका कारण आत्महत्या गरेको जनाएको छ। मुख्यमन्त्रीको शोकमा डुबेका उनका समर्थकले आत्महत्या गरेका हुन्। यसरी अनाहकमा ज्यान गुमाएका परिवारलाई पार्टीले जनही ३ लाख रुपैयाँ राहतस्वरुप दिने घोषणा गरेको छ। विरामी भएदेखि नै जय ललिताको जीवन रक्षाको प्रार्थना गर्नेक्रम बढेको थियो। कतिले त आफ्नो औला काटेर पनि उनीप्रति श्रद्धाको भाव प्रकट…

    विस्तृतमा पढ्नुस्

  • महिला हिंसाविरुद्धको कार्यक्रममा पुगेका नेता नै भन्छन् : हामीमाथि पनि हिंसा

    काठमाडौँ : राजनीतिक दलका नेतृहरुले पार्टीभित्र पनि आफूहरुमाथि राजनीतिक हिंसा हुने गरेको बताएका छन्।   महिलाहिंसाविरुद्ध १६ दिने अभियानको सन्दर्भमा सङ्कल्प नामक संस्थाले आज आयोजना गरेको ‘महिलामाथि हुने राजनीतिक हिंसा’ विषयको छलफल कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले राजनीतिमा महिलामाथि हिंसा हुने गरेको बताइन्।   राज्यका प्रत्येक निकायमा उम्मेदवारी ३३ प्रतिशत महिलाको नभई परिणाम ३३ प्रतिशत महिलाको हुनुपर्नेमा उनले…

    विस्तृतमा पढ्नुस्

  • सभामुखलाई ओलीको ठाडो जवाफ- 'संशोधन प्रस्ताव फिर्ता भएपछि मात्रै संसद चल्छ'

    सभामुखलाई ओलीको ठाडो जवाफ- 'संशोधन प्रस्ताव फिर्ता भएपछि मात्रै संसद चल्छ'

    काठमाडौं : संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावपछिको राजनीतिक संवादहीनता अन्त्यको प्रयासमा लागेकी सभामुख ओनसरी घर्तीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज छलफल गरिन्।   प्रमुख प्रतिपक्ष एमलेले सडकका साथै सदनमा पनि अवरोध जारी राखेको छ। संसद चल्ने वातावरण बनाउन सभामुखले गरेको आग्रहमा ओलीले ठाडो जवाफ दिए। सभामुखले ‘तपाईंहरुको अवरोधले संसदको कामकारबाही प्रभावित बनेका छन्। निकासका लागि यहाँहरुले पनि सहयोग…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell