PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

  • अनशनको १२औं दिनमा डाक्टर गोविन्द केसी पक्षधर र सरकारी पक्षबीच वार्ता

    अनशनको १२औं दिनमा डाक्टर गोविन्द केसी पक्षधर र सरकारी पक्षबीच वार्ता

    काठमाडौं : १२ औ दिनमा आमरण अनसन बसिरहेका डाक्टर गोविन्द केसीको मागलाई लिएर सरकार र आन्दोलनरत पक्षबीच वार्ता सुरु भएको छ। अहिले केसीको मागको विषयमा स्वास्थ्य मन्त्रालयमा पहिलो पटक औपचारिक वार्ता हुँदैछ। सरकारको तर्फबाट डा. स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्रराज उप्रेति, शिक्षा मन्त्रालयका सहसचिव डा. लवदेव अवस्थी र प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीसहितको वार्ता टोली गठन भएको हो। केसीको तर्फबाट…

    विस्तृतमा पढ्नुस्

  • ​माओवादी मन्त्रीका निर्णय उल्ट्याउँदै ओली

    काठमाडौं : सरकारले पेट्रोलियम कारोबार गर्न अनुमति पाएका ९ कम्पनीको इजाजतपत्र खारेज गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले तीन साता अघि अनुमति पाएका ९ कम्पनीको इजाजत खारेज गरेको हो। तीन साता अघि आपूर्तिमन्त्री गणेशमान पुनको अध्यक्षतामा बसेको बैठकले ८ कम्पनी र भारतको एक कम्पनीलाई अनुमति दिइएको थियो। सरकारले सबै ९ कम्पनीको इजाजतपत्र खारेज गरेको हो।   माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि…

    विस्तृतमा पढ्नुस्

  • अविश्वासको प्रस्ताव कि अर्थ विधेयक? सहमति खोज्न सभामुख र प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरु

    अविश्वासको प्रस्ताव कि अर्थ विधेयक? सहमति खोज्न सभामुख र प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरु

    काठमाडौँ : सत्तारुढ दल बजेट आश्रित विधेयकहरु पहिला पास गर्नुपर्ने र कांग्रेस तथा माओवादी पहिला अविश्वासको प्रस्तावमा छलफल गर्ने अडानमा रहेपछि अन्यौलमा परेको आज बिहान ११ बजे बस्नुपर्ने संसद बैठकका लागि सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्।  बिहान १० बजे सिंहदबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री केपी ओली, एमाले नेता तथा पूर्व सभामुख सुवास नेम्वाङ, नेपाली कांग्रेसका…

    विस्तृतमा पढ्नुस्

  • क्यामरुन बन्न केपीलाई देउवाको सुझाव

    क्यामरुन बन्न केपीलाई देउवाको सुझाव

    काठमाडौँ : कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको बाटो पछ्याउन सुझाव दिएका छन्।  सत्ताको नेतृत्व गरिरहेको दल एमालेले नै आजको संसद बैठकमा अर्थ विधेयक पारित नगरिए अविश्वासको प्रस्ताव राख्न नदिने गरी संसद अवरुद्ध गर्ने निर्णय गरेपछि समाधान खोज्न सभामुख ओनसरी घर्तीको कार्यकक्षमा बसेको प्रमुख तीन दलको बैठकमा देउवाले प्रधानमन्त्री ओलीलाई क्यामरुन बन्न सुझाव दिएका हुन्। …

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसका संस्थापक नेता बिपीको स्मरणमा वृक्षरोपण

    काठमाडौँ : नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको ३४औँ स्मृति दिवसका सन्दर्भमा आज नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा वृक्षरोपण गरिएको छ।    प्रजातान्त्रिक वन प्राविधिक सङ्घ नेपालद्वारा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले वृक्षरोपण गर्दै मुलुकमा १८ महिनाभित्र अहिलेको संविधान लागू गर्न सकिएन भने देश संविधानविहीन हुने र प्राप्त भएका उपलब्धि गुम्ने खतरा रहेको बताए। नेता श्रेष्ठले राष्ट्रमा अस्थिरता…

    विस्तृतमा पढ्नुस्

  • ​साम एलारडाएस इंगल्याण्डको नयाँ प्रशिक्षक बन्ने पक्का

    ​साम एलारडाएस इंगल्याण्डको नयाँ प्रशिक्षक बन्ने पक्का

    साम एलारडाएस इंग्लिस फुटबल टीमको नयाँ प्रशिक्षक बन्ने पक्का भएको छ। यसबारे बिहीबार निर्णय हुने बीबीसीमा उल्लेख छ। इंगल्याण्डको प्रशिक्षकमा नियुक्त हुने भएपछि सामले ९ महिना अघि प्रशिक्षक बनेका प्रिमियर लिग क्लब सण्डरल्याण्डको पद छाड्नेछन्। ६१ वर्षे सामले अब रोए हड्सनको स्थान लिनेछन्। फ्रान्समा भएको युरोकप २०१६ को क्वाटरफाइनलमा आइसल्याण्डसँग अप्रत्यासित रुपमा पराजित भएपछि हड्सनले गत जुनमा आफ्नो पदबाट राजिनामा…

    विस्तृतमा पढ्नुस्

  • ​१३ औं संस्करणको पल्सर स्पोटर्स अवार्ड आज वितरण गरिँदै

    ​१३ औं संस्करणको पल्सर स्पोटर्स अवार्ड आज वितरण गरिँदै

    काठमाडौं : नेपाली खेल जतगको प्रतिष्ठित पल्सर स्पोटर्स अवार्डको १३ औं संस्करण आज हुँदैछ। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले प्रदान गर्दै आएको पल्सर स्पोटर्स अवार्ड २०७२ कमलादीस्थित प्रज्ञा भवनमा दिउँसो ३ बजेदेखि हुनेछ। विगतमा जस्तै यसपटक पनि कुल ८ विधामा अवार्ड प्रदान गरिँदैछ। एनएसजेएफले ८ मध्ये ५ विधामा यसअघि नै उत्कृष्ट पाँचमा पर्न सफल खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक गरिसकेको…

    विस्तृतमा पढ्नुस्

  • ​मच्छिन्द्रनाथको रथ साउन ११ देखि तानिने

    ललितपुर : वर्षा र सहकालका देवताका रुपमा मानिएको रातो मच्छिन्द्रनाथको रथलाई साउन ११ गतेदेखि तानिने भएको छ।   लगनखेलको थटिटोलमा अवस्थित रथलाई सो स्थानबाट तानेर सोही दिन कुमारीपाटी हुँदै जावलाखेल पुर्‍याउने कार्यक्रम रहेको गुठी संस्थानका निमित्त प्रमुख वैकुण्ठ आचार्यले बताए। उक्त रथ जावलाखेल पुर्‍याइएको चौथो दिन हिरामोती जडित बहुमूल्य प्रशिद्ध भोटो देखाउने प्रचलन रहँदै आएको छ।   राजा नरेन्द्रदेव मल्लको…

    विस्तृतमा पढ्नुस्

  • पूर्व क्लब वायर्नसँग हारे गोर्डिओला, रिवेरीको जर्सी च्यातियो

    पूर्व क्लब वायर्नसँग हारे गोर्डिओला, रिवेरीको जर्सी च्यातियो

    इंग्लिस क्लब म्यानचेष्टर सिटीको प्रशिक्षक सम्हालेको पहिलो खेलमै पेप ग्वार्डिओला आफ्नै पूर्व क्लब वायर्न म्युनिखसँग हारेका छन्। प्रि सिजनको खेलमा सिटी जर्मन क्लब वायर्न म्युनिखसँग १–० गोल अन्तरले पराजित भएको हो। घरेलु मैदान एलिएन्ज एरेनामा भएको खेलमा वायर्नलाई जिताउन एर्दाल ओजटकले निर्णायक गोल गरेका थिए। युरोकप र कोपा अमेरिकाका कारण महत्वपूर्ण खेलाडीको अनुपस्थिति रहेको खेलमा युवा खेलाडीहरुको बाहुल्यता रहेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • ​के भोलिको संसदमा अविश्वासको प्रस्ताव माथिको छलफल रोकिएला?

    ​के भोलिको संसदमा अविश्वासको प्रस्ताव माथिको छलफल रोकिएला?

    काठमाडौँ : सभामुख ओनसरी घर्तीले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेट गरी संसदको कार्यसञ्चालनमा सहयोग मागेकी छिन्। प्रमुख तीन दलबीच द्वन्द्वको अवस्था आएपछि घर्तीले संसदको प्रक्रियामा सहमतिमा पुग्न आग्रह गरेकी हुन्। सत्तारुढ नेकपा एमालेले बजेटका आश्रित विधेयक अगाडि नबढाई संसदमा अविश्वासको प्रस्ताव अगाडि बढाइए प्रतिवाद गर्ने तयारी गरेपछि सभामुख घर्ती सक्रिय भएकी हुन्।…

    विस्तृतमा पढ्नुस्

  • सार्वजनिक भयो ट्रिपल एक्सको टेलर, हेर्नुस् हलिउडमा दीपिका अवतार!

    सार्वजनिक भयो ट्रिपल एक्सको टेलर, हेर्नुस् हलिउडमा दीपिका अवतार!

    महिनौ लामो प्रतीक्षापछि हलिउड फिल्म ट्रिपल एक्स दी रिटर्न अफ जेन्डर केजको ट्रेलर सार्वजनिक भएको छ। भ्यान डिसेल लिड रोलमा देखिने फिल्ममा बलिउड हिरोइन दीपिका पादुकोण पनि उनको अपोजिटमा देखिनेछिन्। दीपिकाले यसै फिल्मबाट हलिउड डेब्यु गरेकी हुन्। उनले सामाजिक सञ्जालबाट फिल्मको टेलर सेयर गरेकी छिन्। भ्यान डिसेलका ट्रिपल एक्स सिरिज सबै सफल छन्। एक्सन थ्रिलर जेनेराको फिल्ममा एजेन्टहरुको कथा हुने…

    विस्तृतमा पढ्नुस्

  • ​रक्सी खाएर विमान उडाउन खोजेपछि…

    लन्डन : मदिरा पिएर उडान गर्न लागेको आरोपमा दुई जना विमान चालकलाई स्कटल्यान्डमा सोमबार पक्राउ गरिएको छ।   विमान चालकले स्कटल्यान्डबाट टोरोन्टोका लागि सोमबार एयर ट्रान्साटको ए ३१० विमानमा २५० यात्रु लिएर उडान भर्ने तयारीमा रहेका बेला मदिरा सेवन गरेका बताइएपछि तत्कालै उनीहरुलाई पक्राउ गरिएको थियो।   मङ्गलबार स्कटल्यान्डका ३९ वर्ष र ३७ वर्षका दुवै जनालाई पेस्ली सेरिफ कोर्टमा उपस्थित…

    विस्तृतमा पढ्नुस्

  • ​खुट्टा भाँचिएपछि उपचार गराइरहेका डेम्बा बा भन्छन्, अहिल्यै सन्यास लिन्न

    ​खुट्टा भाँचिएपछि उपचार गराइरहेका डेम्बा बा भन्छन्, अहिल्यै सन्यास लिन्न

    कुनै पनि खेलाडीको ठुलो शत्रु भनेको चोट 'इन्जुरी' हो। सानो चोटले पनि खेलाडीको करियरमा ठुलो धक्का लाग्छ। इन्जुरीबाट फिट भए पनि खेलाडीलाई पुरानै लयमा फर्कन कठिन हुन्छ। तर चाइनिज सुपर लिग खेल्दै गर्दा खुट्टा भाँचिएर उपचार गराइरहेको डेम्बा बाले अहिल्यै सन्यास नलिने बताएका छन्। खेलपछि क्लबका प्रशिक्षक मान्जानोले उक्त घटना पछि डेम्बा बा को व्यावसायीक करियर सकिने सम्भावना रहेको बताएका…

    विस्तृतमा पढ्नुस्

  • ​पूर्व राष्ट्रिय फुटबलर नविन आर्मीको प्रशिक्षक

    ​पूर्व राष्ट्रिय फुटबलर नविन आर्मीको प्रशिक्षक

    पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा मनाङ मर्स्याङ्दीका पूर्व खेलाडी र प्रशिक्षक समेत रहिसकेका नविन न्यौपाने त्रिभुवन आर्मीको प्रशिक्षमा नियुक्त भएका छन्। नियमित प्रशिक्षक मेघराज केसीको दुई वर्षे सम्झौता सकिएपछि आर्मीले न्यौपानेलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको हो। न्यौपानेले हालै प्रशिक्षकको ए लाइसन्स उत्तीर्ण गरेका हुन्। न्यौपानेलाई आर्मीले एक वर्षको लागि सम्झौता गरेको हो। आर्मी न्यौपानेले प्रशिक्षण सम्हाल्न लागेको दोस्रो नेपाली घरेलु…

    विस्तृतमा पढ्नुस्

  • ​डाक्टर केसीको अनसनले जन्माएका सृजना

    ​डाक्टर केसीको अनसनले जन्माएका सृजना

    काठमाडौं : डाक्टर गोविन्द केसीले विभिन्न माग राख्दै आमरण अनसन बसेको बुधबार ११ दिन भएको छ। डाक्टर केसी अनसनमा बस्दा उनैले पढाएका विद्यार्थीहरु भने उनको समर्थनमा विभिन्न किसिमका आन्दोलनमा छन्। उनीहरुले सरकारलाई विरोध गर्न नयाँ नयाँ शैली अपनाइरहेका छन्। आकर्षण नारा लेखिएका प्लेकार्डले त झनै सबैलाई तानेको छ। घुस चाहि खान नलजाउने, बोल्न चाहि डराउने। डाक्टर केसीको अनसन। माफियलाई टेन्सन।।…

    विस्तृतमा पढ्नुस्

  • ओली सरकार ढाल्नेविरुद्ध एमालेका दुई संगठनको 'नाङ्गेझार' अभियान

    ओली सरकार ढाल्नेविरुद्ध एमालेका दुई संगठनको 'नाङ्गेझार' अभियान

    काठमाडौं : सत्ताधारी दल नेकपा एमालेको दुई जुझारु संगठनले प्रधानमन्त्री केपी शर्मा ओली सरकार गिराउनेलाई कडा निगरानी गर्दै नाङ्गेझार पार्ने अभियानको घोषणा गरेको छ। नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल र अनेरास्ववियुले संयुक्त पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीलाई साहसिक निर्णय लिन समेत भनेको छ। सरकार परिवर्तनका लागि भएका कदमलाई 'नाजायज' भएको बताउँदै दुई संगठनले त्यसलाई 'राष्ट्रघाती कदम र इतिहासको…

    विस्तृतमा पढ्नुस्

  • चाबहिल-साँखु र त्रिपुरेश्वर-थानकोट सडक विस्तारमा क्षतिपूर्ति दिन ८० करोड रकमान्तर

    चाबहिल-साँखु र त्रिपुरेश्वर-थानकोट सडक विस्तारमा क्षतिपूर्ति दिन ८० करोड रकमान्तर

    काठमाडौं : काठमाडौंका दुई सडक विस्तारमा भत्कने घरलाई क्षतिपूर्ति दिन सरकारले ८० करोड रुपैयाँ रकमान्तर गरेको छ। चाबहिल - जोरपाटी- साँखु र त्रिपुरेश्वर - कलंकी - थानकोट सडक विस्तारका लागि क्षतिपूर्ति उपलब्ध गराउन अर्थमन्त्रालयले रकमान्तर गरेको हो। भैपरि आउने विकास शीर्षकमा रकमान्तर भएको हो। सहरी विकास मन्त्रालयका नाममा रकमान्तर गरिएको रकम प्रचलित कानुनअनुसार क्षतिपूर्ति पाउन योग्यहरुलाई वितरणका लागि उपलब्‍ध गराइएको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिलाई सभामुखको ब्रिफिङ - सहमति नभए अविश्वासको प्रस्ताव अगाडि बढ्छ

    काठमाडौँ : सभामुख ओनसरी घर्तीले दलहरुबीच सहमति नभए संसदको बिहीबार ११ बजेको बै‍ठकमा पूर्व सूचना अनुसार अविश्वासको प्रस्ताव अगाडि बढाउने निर्णयमा आफू पुगेको राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी दिएकी छिन्।  उनले सहमति भए बजेटका आश्रित विधेयक अगाडि बढाउने अन्यथा पूर्व सूचना अनुसार अविश्वासको प्रस्ताव अगाडि बढाउने तयारीमा रहेको बिफ्रिङ गरेकी हुन्। घर्तीले राष्ट्रपतिसँगको भेटमा संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव, बजेटका आश्रित…

    विस्तृतमा पढ्नुस्

  • होसियार ! रुघाखोकीको भाइरलबाट यसरी आफूलाई जोगाउनुस्

    होसियार ! रुघाखोकीको भाइरलबाट यसरी आफूलाई जोगाउनुस्

    वर्षायाम सुरु भएदेखि राजधानी लगायत देशभर रुघाखोकी तथा ज्वरोको संक्रमण बढेको छ। अहिले राजधानीका अधिकांश अस्पतालमा यस्ता विरामीको चाप बढी छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण केन्द्र टेकु अस्पतालमा आउने विरामी मध्ये ६० प्रतिशत भन्दा बढी विरामी रुघाखोकी र ज्वरोका कारण नै आउने गरेको डाक्टर बाबुराम मरासिनीले पहिलोपोष्टलाई जानकारी दिए। उनले भने, 'अहिले देशभर नै तापक्रमको उचारचढाव भएकाले यस्तो…

    विस्तृतमा पढ्नुस्

  • पिपुल च्वाइस अवार्डमा मनोनित प्रतीभालाई जिताउन ४ लाख ५० हजारभन्दा बढी सहयोग

    पिपुल च्वाइस अवार्डमा मनोनित प्रतीभालाई जिताउन ४ लाख ५० हजारभन्दा बढी सहयोग

    काठमाडौं : १३ औं संस्करणको पल्सर स्पोटर्स अवार्ड बिहीबार हुँदैछ। यस अवार्ड राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीहरुलाई प्रदान गरिन्छ। खेलकुद पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले उक्त अवार्डको आयोजना गर्दै आएको छ। यसअघि पपुलर प्लेअर अफ दि इअरको विधामा बाँडिदै आएको अवार्ड यो पटक पिपुल च्वाइस अवार्डमा परिणत भएको हो। यसमा विभिन्न खेलका पाँच खेलाडी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell