मेरिलेवोन क्रिकेट क्लब एमसीसीसँग मैत्रीपूर्ण खेल खेल्न युके टुरमा रहेको नेपालले लगातार चौथो अभ्यास खेलमा पनि जित हासिल गरेको छ। मंगलबार लर्ड्समा एमसीसीसँग खेल्नुअघिको अन्तिम अभ्यास खेलमा नेपालले इस्टबर्न क्रिकेट क्लबलाई १८१ रनको फराकिलो अन्तरले पराजित गरेको छ। ३०१ रनको उच्च योगफल पछ्याएको इस्टबर्न नेपालको धारिलो बलिङसामु टिक्न नसक्दा ३४ दशमलव ३ ओभरमा १ सय १९ रनमै अलआउट भयो।…
काठमाडौं : दुई पटक मिति घोषणा भए पनि बजेटको समस्या र मधेस आन्दोलनका कारण स्थगित भएको सातौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आइतबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १०६ औं बोर्ड बैठकले राष्ट्रिय खेलकुदको नयाँ मिति ताकेको हो। राखेप अध्यक्ष युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलको अध्यक्षतामा बसेको बैठकले सातौं राष्ट्रिय…
लर्डसमा सम्पन्न पहिलो टेस्टमा इंगल्याण्डलाई ७५ रनले पराजित गर्दै पाकिस्तानले ४ खेलको शृंखलामा १–० को अग्रता बनाएको छ। इंगल्याण्डकै घरेलु मैदानमा शानदार जित हात पारेपछि पाकिस्तानी खेलाडीहरुले अनौठो शैलीमा सेलेब्रेसन गरे। जितका लागि २ सय ८३ रनको लक्ष्य पछ्याएको इंगल्याण्ड पाकिस्तानी बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि चौथो दिनमै २ सय ७ रनमा अलआउट भयो। पाकिस्तानलाई शानदार जित दिलाउने क्रमा…
काठमाडौं : महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय क्लब सशस्त्रको एपिएफ र पूर्वाञ्चल विकास क्षेत्र भिड्ने भएका छन्। समूह बी अन्तर्गत सोमबार पूर्वाञ्चल र सुदूर पश्चिमाञ्चलबीचको खेल पानी परेकाले अवरुद्ध भएको थियो। तर रन रेटमा अगाडि रहँदै पूर्वाञ्चल फाइनलका लागि योग्य ठहरियो। एपिएफ समूह ए को विजेता बन्दै फाइनल पुगिसकेको छ। खेलको नतिजा नआएपछि दुवै टोलीलाई एक/एक…
काठमाडौं : संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा होमिएको संघीय गठबन्धनले प्रधानमन्त्री केपी ओली विरुद्धको अविश्वासको प्रस्तावमा मतदान गर्ने निर्णय गरेको छ। दुई दिनसम्म राजधानीमा चलेको गठबन्धनको केन्द्रीय आन्दोलन मूल परिचालन समितिको बैठकले नेपाली कांग्रेस र माओवादी केन्द्रले व्यवस्थापिका संसदमा दर्ता गराएको अविश्वासको प्रस्तावमा गठबन्धनमा आबद्ध संसदवादी दलले मतदान गर्ने निर्णय गरेको हो। सो बैठकले २६ बुँदे माग राखी गरिएको तेस्रो चरणको…
काठमाडौः नेपाली कांग्रेसले सरकार गठनका लागि चालेका कदममा संस्थागत रुपमा निर्णयका लागि मंगलबार बिहान ८ बजे केन्द्रीय समिति बैठक डाकेको छ। नेपाली कांग्रेसभित्रै रामचन्द्र पौडेलको समूहले सभापति शेरबहादुर देउवाले महत्वपूर्ण विषयमा एकलौटी निर्णय गरेर पार्टीको संस्थागत स्वरुपलाई कमजोर पार्न खोजेको भन्दै विरोध जनाएपछि उनले केन्द्रीय समिति बैठक बोलाएका हुन्। वरिष्ठ नेता पौडेल समूहले कुनै पनि विषयमा संस्थागत निर्णय नगरी अघि…
भक्तपुर : नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारले संसदलाई विश्वास गर्ने भएकाले संसदको जुनसुकै निर्णयलाई स्विकार गर्ने बताएका छन्। रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै ज्ञवालीले संसदले गणितीय आधारमा गर्ने नियर्णलाई स्विकार्दै अविश्वासको प्रस्तावसँगै वर्तमान सरकार असफल रहे एक मिनेटमै सत्ता छाड्ने बताए। संविधान कार्यान्वयनको पाटोमा नेकपा एमाले अटल रहेको दाबी गर्दै उनले सरकारको मोहभन्दा…
युरोपमा व्यावसायीक क्लब फुटबल खेल्ने युरोपियन प्लेअर अफ दि इअरको मनोनयन सार्वजनिक भएको छ। युईएफएका ५५ सदस्य राष्ट्रका पत्रकारहरुले छनोट गरेका खेलाडीहरुबाट शीर्ष दश स्थानमा पर्न सफल खेलाडीको मनोनयन सोमबार सार्वजनिक भएको हो। हरेक राष्ट्रका पत्रकारले शीर्ष पाँच खेलाडी छान्न पाउने व्यवस्था थियो। त्यसबाट पहिलो स्थानमा रहनेले ५ अंक, दोस्रोमा रहनेले ४ अंक,, तेस्रोमा रहनेले ३ अंक, चौथोमा रहनेले २ अंक…
हङकङमा हुने आइसीसी महिला विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय महिला क्रिकेटको छनोट प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् राखेपले गर्ने भएको छ। राखेपले यहि साउन ८ देखि ११ गतेसम्म त्रि.वि. अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा “महिला राष्ट्रिय छनौट प्रतियोगिता’’ गर्न लागेको जानकारी गराएको हो। टि–२० फम्र्याटमा संचालन हुने यस प्रतियोगितामा पाँच बिकास क्षेत्र र शसस्त्र प्रहरी बलको महिला टोली सहित ६ टिमले सहभागिता जनाउने…
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार इन्जिनियर्स एशोसिएशनको तर्फबाट विभिन्न व्यक्तिहरुलाइ सम्मान गरे। इन्जिनियर्स एशोसिएशनले आयोजन गरेको कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्डबाट इन्जिनियर शंकरकृष्ण मल्ललाई सम्मानित गरियो। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्तव्यको क्रममा सम्मान प्राप्त गर्नेहरुलाई बधाई दिए। अनि सम्मानको अर्थ सम्झाए त्यो पनि आफ्नै उदाहरण दिएर। ओलीले भने – ‘सम्मान र प्रशंशा पनि विचित्रको छ। पचास बर्ष…
काठमाडौँ : हिन्दी फिल्म निर्देशक शिरिष कुन्दरको सर्ट फिल्म 'कृति' लाई नेपाली फिल्म निर्देशक अनिल न्यौपानेले कपिराइट क्लेम गरेर युट्युबबाट हटाएका थिए। लगत्तै उनको सर्ट फिल्म 'बब' पनि युट्युबले हटायो। तर सो विषयले अहिले अर्कै मोड लिएको छ। विवादका बीच शिरिष कुन्दरको फिल्म पुन: युट्युबमा राखिएको छ। र कुन्दरले अनिल न्यौपानेको आरोपका कारण उनको फिल्ममा भएको घाटाको क्षतिपूर्ति स्वरुप…
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफ्ना स्पष्ट तीन अडान सुनाएका छन्। एक, राजीनामा नदिने। दुई, बजेट आश्रित विधेयकहरु पास नगरी अविश्वास प्रस्ताव अघि बढ्न सक्दैन। तीन, संविधान संशोधन नगरी अहिलेकै अवस्थामा नयाँ सरकार बन्न सक्दैन। राजीनामा नदिने देउवा र प्रचण्डले सरकार…
काठमाडौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको धम्कीपछि युनाईटेड अरब इमिरेट्स(युएई)को राष्ट्रिय ध्वजावाहक इतेहाद एयरवेजले नेपालमै हवाई इन्धन भर्न थालेको छ । इतेहादले शनिबारदेखि नेपालमै तेल भर्न थालेको हो । “इतेहादले शनिबारदेखि हवाई इन्धन भर्न थालेकोे छ, आयल निगमका त्रिभुवन विमानस्थल हवाई इन्धन डिपो प्रमुख प्रदीप यादवले भने, “उनीहरुले अबदेखि नेपालमै तेल भर्ने जानकारी समेत दिएका छन्।” शनिबार इतेहादले ९ हजार…
काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर जगजित श्रेष्ठ अष्ट्रेलियन स्टेट क्लबसँग अनुबन्धित भएका छन्। ६ हप्ता अघि अष्ट्रेलिया पुगेका श्रेष्ठ भिक्टोरिया स्टेटको सेकेण्ड डिभिजन टीम ह्युम युनाइटेड एफसीसँग आबद्ध भएका हुन्। श्रेष्ठले फेसबुकमार्फत उक्त जानकारी गराएका हुन्। स्पोर्टिङ ह्वाइटलिज एफसीसँगको खेल शनिबार श्रेष्ठले डेब्यु समेत गरिसकेको फेसबुकमा उल्लेख गरेका छन्। श्रेष्ठले आफ्नो पहिलो खेलमा दुई गोल समेत गरेका थिए भने खेल…
प्रथम दक्षिण एसियाली भेट्रान्स टेबलटेनिस प्रतियोगितामा नेपालसहित पाँच राष्ट्रका ७२ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। यही साउन ७ गतेदेखि नेपालमै हुने प्रतियोगितामा घरेलु टोलीबाट २४ खेलाडीले सहभागिता जनाउनेछन्। त्यस्तै माल्दिभ्स, बंगलादेश, पाकिस्तान र भारतबाट जम्मा ४८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। आठ स्पर्धा समावेश प्रतियोगितामा ४० र ५० वर्षमाथिको पुरुष/महिला टिम तथा ४० र ५० वर्षमाथि पुरुष/महिला सिंगल्स खेल हुने बताइएको छ।…
काठमाडौँ : प्रधानमन्त्री केपी ओलीले गुगल ब्वाई आदित्य दाहाललाई पहिले नै दिएको एक करोड रुपैयाँ सहयोग पूरै खर्च नगरी उनका आफन्तले सरकारलाई फिर्ता गरेकोले अहिले त्यसैमा केही रकम थपेर दिएको बताएका छन्। एक करोड रुपैयाँ सहयोग गर्ने आफ्नो सरकारको निर्णयको चर्को आलोचना भएपछि गएराति प्रधानमन्त्रीसँग सीधा कुरा कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो निर्णयको बचाउमा विभिन्न तर्क दिएका हुन्। 'उपचारका निम्ति…
इंग्लिस प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेडले प्रि सिजनको खेलमा जित हात पार्दा चेल्सी भने पराजित भएको छ। जोसे माउरिन्हो नयाँ प्रशिक्षकमा नियुक्त भएयता युनाइटेडले पहिलो खेलमै जित हात पार्दा एन्टोनिओ कोन्टेले सम्हालेको पहिलो खेलमा भने चेल्सी पराजित हुन पुग्यो। म्यानचेष्टर युनाइइटेडले प्रिमियर लिगको नवप्रवेशी विगानलाई २–० ले हरायो। युनाइटेडको जितमा विलियम केन र आन्द्रे पिरेइराले गोल गरे। चेल्सी पुर्व प्रशिक्षक…
युईएफएले फ्रान्समा सम्पन्न १५ औं संस्करणको युरोकप फुटबल को उत्कृष्ट दश गोल सार्वजिनिक गरेको छ। फ्रान्समा गत साता सम्पन्न युरो २०१६ मा कुल १०८ गोल भएका थिए। यसैबाट युईएफएको १३ सदस्यीय प्राविधिक कमिटीले उत्कृष्ट दश गोल छनोट गरेको हो। तर फ्यान हरुको मतको आधारमा काल्र्सवर्ग गोल अफ दि टुर्नामेन्ट चुनिएको हंगेरीको जोल्टन गेराको गोल उत्कृष्ट दशमा पर्न असफल भएको छ।…
काठमाडौं : गुरुकुल थिएटरमा रहँदा उनी अभिनयसहित रंगकर्मका अन्य कामका लागि मात्र परिचित थिए। सानैदेखि कविता लेख्थे उनी, त्यो कमैलाई थाहा थियो। जसरी स्टेजबाहेक नेपथ्यमा काम गर्ने रंगकर्मीलाई दर्शकले देख्दैनन् त्यसरी नै उनको कविताकर्मका बारेमा गुरूकुलका रंगकर्मीबाहेक अरुलाई थाहा हुने कुरै भएन। गुरूकुल छँदा साथीहरुको जमघटमा कविता सुनाउने बानी परेका प्रवीण खतिवडाले गुरूकुल भत्किएपछि भने त्यो मौका गुमाउनुपर्यो। …
काठमाडौं : अनाथ बालक अमृतकुमारमाथि लेखिएको पुस्तक 'अनेरुवा' सार्वजनिक भएको छ। पत्रकार तथा परोपकार अभियानकर्ता रवीन्द्र मिश्र, पूर्वन्यायाधीश तथा मानव अधिकार आयुक्त प्रकाशचन्द्र वस्ती, अधिवक्ता मीरा ढुंगाना लगायतले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरे। अमृतकुमारलाई आफ्नै बाबुले छोडेर भागेका थिए। उनैको लालनपालन गरिरहेका प्रजापित तिमल्सिनाले अमृतको नागरिकता बनाउन गरेको पीडादायी सङ्घर्षलाई पुस्तकमा उतारेका छन्। पुस्तकको प्रस्तुतीकरण शैली रुचाएका…