PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

  • ‌ओली सरकार अल्पमतमा, उपप्रम रायमाझीले भने, 'हामी सरकारमा छैनौँ'

    ‌ओली सरकार अल्पमतमा, उपप्रम रायमाझीले भने, 'हामी सरकारमा छैनौँ'

    काठमाडौँ : नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। माओवादीको तर्फबाट सरकारको नेतृत्व गरेका टोपबहादुर रायमाझीले सरकारलाइ दिएको समर्थन फिर्ता लिएको पुष्टि पहिलोपोस्टसँग गरे।   उनले भने, 'संसदीय दलले समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ। अब हामी सरकारमा छैनौँ। संसदीय दलका नेता अध्यक्ष प्रचण्डले फिर्ता लिने निर्णय गरेको जानकारी हामीलाई दिनुभयो।' माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि केपी ओली नेतृत्वको…

    विस्तृतमा पढ्नुस्

  • नेपालबाट दिल्लीका लागि छुटेको बस बहराइचमा दुर्घटना, ५ जनाको मृत्यु, ३० घाइते

    नेपालबाट दिल्लीका लागि छुटेको बस बहराइचमा दुर्घटना, ५ जनाको मृत्यु, ३० घाइते

    काठमाडौं : नेपालबाट दिल्लीका लागि छुटेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। ३० जना घाइते भएको सो दुर्घटनामा दुईको अवस्था गम्भीर छ।    बस नेपालको कुन ठाउँबाट छुटेको भन्ने खुल्न सकेको छैन। बस भारतको उत्तर प्रदेशमा पर्ने बहराइच जिल्लाको रेसिया टाउनमा ट्रकसँग जुधेको आइबी टाइम्सले जनाएको छ। उक्त ट्रक फलफूल लोड गरेर उत्तराखण्डबाट गइरहेको थियो। घाइतेको लखनउ मेडिकल…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ प्रम ओलीलाई प्रचण्डले पठाएको पत्र

    यस्तो छ प्रम ओलीलाई प्रचण्डले पठाएको पत्र

    काठमाडौँ : नेकपा माओवादी केन्द्रले नौ बुँदे सहमति र तीन बुँदे भद्र सहमति कार्यान्वयन गर्न सरकार तयार नभएको भन्दै वर्तमान सरकारलाई दिँदै आएको समर्थन तत्काल फिर्ता लिने जानकारी प्रधानमन्त्री केपी ओलीलाई गराएको छ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' द्वारा हस्ताक्षरित पत्रमा पार्टीबाट पठाइएका सबै मन्त्रीहरुलाई फिर्ता बोलाइएको जानकारी पनि गराइएको छ।  पत्र जनार्दन शर्माले प्रधानमन्त्री कार्यालयलाई बुझाइसकेका छन्। शर्मा…

    विस्तृतमा पढ्नुस्

  • युरो २०१६ : टीम अफ दि टुर्नामेन्ट सार्वजनिक, गारेथ बेल परेनन्

    युरो २०१६ : टीम अफ दि टुर्नामेन्ट सार्वजनिक, गारेथ बेल परेनन्

    युरो २०१६ को टीम अफ दि टुर्नामेन्टमा वेल्सका स्टार गारेथ बेल पर्न असफल भएका छन्। वेल्सका अन्य दुई खेलाडी टीम अफ दि टुर्नामेन्टमा पर्न सफल हुँदा बेल परेनन्। युइएफएको १३ सदस्यीय प्राविधिक कमिटीले सार्वजनिक गरेको टीम अफ दि टुर्नामेन्टमा युरो च्याम्पियन पोर्चुगलका ४, उपविजेता फ्रान्सको २ तथा सेमिफाइनलिस्ट जर्मनीका ३ र वेल्सका २ खेलाडी परेका छन्।   पोर्चुगललाई पहिलो पटक…

    विस्तृतमा पढ्नुस्

  • नयाँ समीकरणबारे अब छलफल हुन्छ : कांग्रेस

    नयाँ समीकरणबारे अब छलफल हुन्छ : कांग्रेस

    काठमाडौं : नेपाली कांग्रेसका नेता डाक्टर प्रकाशशरण महतले नयाँ राजनीतिक समीकरणका विषयमा अहिले नै भन्न सक्ने अवस्था नभएको बताएका छन्। सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय गरेपछि सरकार धराशायी बनेको छ। माओवादीसँग ‌औपचारिक अनौपचारिक वार्ता भइरहेको स्वीकार गर्दै उनले 'पहिला सरकार छाडेर आउन' भनेको जानकारी दिए। 'कांग्रेसले उहाँहरुलाई पहिला सरकार छाडेर आउनुस् भनेको हो, उनले…

    विस्तृतमा पढ्नुस्

  • विदेश पठाउने भन्दै करोडौंको ठगी

    काठमाडौं : वैदेशिक रोजगारीको लागि आकर्षण तलबको प्रभोलन देखाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्रेको छ। बाग्लुङ देवीस्थान गाविस बडा नम्वर ६ घरभइ दाङ बस्ने होम बहादुर हन्त्याललाई पक्राउ गरेको हो। पक्राउ परेका हन्त्यालले मकाउ, अफ्रिका, इराक लगायतका देशमा पठाइदिन्छु भन्दै लाखौं रुपयाँ उठाएको प्रहरीको अनुसन्धानले देखाएको छ। पीडितले उजुरी दिएपछि इराकमा ३७ जना व्यक्ति पठाएकोमा ३४ जना फर्किएपछि प्रहरीले खोजी…

    विस्तृतमा पढ्नुस्

  • ​माओवादीले किन छाड्यो सरकार? यस्ता छन् ९ महिनामा सरकार छाड्नुका ४ कारण

    ​माओवादीले किन छाड्यो सरकार? यस्ता छन् ९ महिनामा सरकार छाड्नुका ४ कारण

    काठमाडौं : नौ महिनासम्म नेकपा एमालेको नेतृत्वमा गठन भएको सरकारलाई साथ दिएको नेकपा माओवादी केन्द्रले सोमबारबाट औपचारिक रुपमा नै सरकारसँगको सर्मथन फिर्ता लिएको छ। नेता कृष्णबहादुर महराका अनुसार अब सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रले गर्नेछ। उनले भने, 'अबको सरकार अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बन्छ।'    महराले बताएअनुसार ९ महिने साथ टुटाउने प्रमुख ४ कारण - १) एमाले नेतृत्वको सरकारले असोजमा…

    विस्तृतमा पढ्नुस्

  • यी हुन्, सरकारबाट फिर्ता हुने माओवादी मन्त्रीहरु

    यी हुन्, सरकारबाट फिर्ता हुने माओवादी मन्त्रीहरु

    काठमाडौं : नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयसँगै माओवादी मन्त्रीहरु फिर्ता भएका छन्।   आज बसेको माओवादी हेडक्वार्टर बैठकको निर्णयपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाउँदै आफ्ना मन्त्री फिर्ता बोलाइएको उल्लेख गरेका थिए। 'वर्तमान सरकारको नेतृत्वले नौ बुँदे सहमति र तीन बुँदे भद्र सहमति कार्यान्वयन गर्न तयार नभएको हुँदा हाम्रो पार्टी…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधन नभएसम्म कुनै पनि सरकारमा जाँदैनौं : मधेसकेन्द्रित दल

    संविधान संशोधन नभएसम्म कुनै पनि सरकारमा जाँदैनौं : मधेसकेन्द्रित दल

    काठमाडौं : संविधानप्रति असन्तुष्टि जनाउँदै आएको संघीय गठबन्धनमा आबद्ध मधेसकेन्द्रित दल र जनजाति समूहहरु यति बेला राजधानीमा अनसन बसिरहेका छन्।   पटकपटक भएका आन्दोलन र वार्ताबाट पनि समस्या नसुल्झिइरहेका बेला आज नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ तरंग उत्पन्न भएको छ। सरकारप्रति असन्तुष्ट भई आन्दोलनरत दलहरु माओवादीको यो निर्णयसँगै खुसी देखिएका छन्।   माओवादीले सरकारबाट समर्थन लिने…

    विस्तृतमा पढ्नुस्

  • ​रेनाटो सान्चेजले तोडे रोनाल्डोको रेकर्ड, युरो फाइनल खेल्ने सबैभन्दा कान्छा खेलाडी

    ​रेनाटो सान्चेजले तोडे रोनाल्डोको रेकर्ड, युरो फाइनल खेल्ने सबैभन्दा कान्छा खेलाडी

    युरोकप २०१६ को उपाधिका लागि पोर्चुगल र आयोजक फ्रान्स बीचको फाइनल खेल सुरु भइसकेको छ। खेल सुरु हुने बित्तिकै पोर्चुगलका रेनाटो सान्चेजले रेकर्ड कायम गरेका छन्। १८ वर्षे सान्चेज युरोकपको फाइनल खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका हुन्। उनले पोर्चुगलकै रोनाल्डोको रेकर्ड तोडेका हुन्।  फ्रान्स विरुद्ध फाइनल खेल्दै गर्दा सान्चेज १८ वर्ष ३२८ दिनका भएका छन्। यसअघि रोनाल्डोले सबैभन्दा कम उमेरमा…

    विस्तृतमा पढ्नुस्

  • ​आयोजक फ्रान्सलाई स्तब्ध पार्दै पोर्चुगलले जित्यो पहिलो पटक युरो उपाधि

    ​आयोजक फ्रान्सलाई स्तब्ध पार्दै पोर्चुगलले जित्यो पहिलो पटक युरो उपाधि

    वैकल्पिक खेलाडी एडरले अतिरिक्त समयमा गरेको एक मात्र निर्णायक गोलको मद्धतमा पोर्चुगल आयोजक फ्रान्सलाई स्तब्ध पार्दै पहिलो पटक युरोकपको उपाधि जित्न सफल भएको छ। स्टेड डे फ्रान्समा भएको खेलमा पोर्चुगलले फ्रान्सलाई १–० ले हरायो। खेलको २४ औं मिनटमै स्टार खेलाडी रोनाल्डो घाइते हुँदै मैदान बाहिरिएपनि वैकल्पिक खेलाडी एडरले पोर्चुगललाई जित दिलाए। एडरले १०९ औं मिनेटमा २५ मिटर टाढाबाट प्रहार गरेको…

    विस्तृतमा पढ्नुस्

  • होटलमा भयो रहस्यमय घटना, सिरकले छोपिएको अवस्थामा युवतीको शव

    चितवन : नारायणगढको कलश होटलमा गएराति एक युवती मृत अवस्थामा भेटिएकी छिन्। भरतपुर उपमहानगरपालिका–१६ मङ्गलपुरकी २७ वर्षीया रीता भुजेल मृत भेटिएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ। राति १० बजे घटनास्थल पुग्दा युवती सिरकले छोपेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको हो।   होटलमा उनी सँगै एक युवक समेत रहेको र उनको हुलिया पहिचान भइसकेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • 'बजाज भी-१५' नेपालमा, सिंगल र डबल बनाउन मिल्ने सिटसहित अन्य केके छन् सुविधा?

    'बजाज भी-१५' नेपालमा, सिंगल र डबल बनाउन मिल्ने सिटसहित अन्य केके छन् सुविधा?

    काठमाडौं : हंसराज हुलासचन्द एण्ड कम्पनीले बजाज मोटरसाइकलको नयाँ मोडल सार्वजनिक गरेको छ। आइतबार साँझ राजधानीमा 'बजाज भी–१५' सार्वजनिक गर्दै कम्पनीले यो बाइक नयाँ रेन्ज भएको दाबी समेत गरेको छ।   डिटिएस–आई टेक्नोलोजीमा बनेको यो मोटरसाइकलको क्षमता १५० सिसी छ। कच्ची तथा खाल्टा परेका सडकमा समेत सजिलै चलाउन सकिने गरी डिजाइन गरिएको यो मोटरसाइकल युवा पुस्ताले निकै रुचाउने विश्वास गरिएको…

    विस्तृतमा पढ्नुस्

  • माओवादी हेडक्वार्टर बैठक जारी, सहमतीय सरकार गठन लगायतका विषयमा छलफल

    माओवादी हेडक्वार्टर बैठक जारी, सहमतीय सरकार गठन लगायतका विषयमा छलफल

    काठमाडौं : नेकपा माओवादी केन्द्रको जारी हेडक्वार्टर बैठकमा सरकारको विकल्प र राष्ट्रिय सहमतीय सरकार निर्माण लगायतका विषयका छलफल भइरहेको छ।   आइतबार बसेको बैठकमा निष्कर्ष ननिस्किएपछि आज: पुन बैठक बसको हो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा जारी बैठक एमालेसँगको सत्ता गठबन्धनमा आफूले भोगेका जटिलता र विकल्पमा राष्ट्रिय सहमतिको सरकार निर्माणजस्ता विषयमा केन्द्रित छ।   एमाले नेतृत्व सरकारको विकल्पमा…

    विस्तृतमा पढ्नुस्

  • सरकार गठनका लागि सबैतिर पहल गर्ने माओवादीको निर्णय, मुख्य जिम्मेवारी प्रचण्डलाई

    काठमाडौँ : नेकपा माओवादी केन्द्रले सहमतीय सरकार गठनको पहल गर्ने निर्णय गरेको छ। त्यसका लागि सबैतिर पहल गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ। अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा आज बसेको बैठकले सरकार गठनको निर्णय गरेको हो। यसअघि माओवादी केन्द्रको पोलिटब्युरो बैठकले पनि एमालेसँग भएको सहमति र समझदारी कार्यान्वयन गर्न आग्रह गर्ने निर्णय गरेको थियो। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा…

    विस्तृतमा पढ्नुस्

  • नेपालको पहिलो महिला प्रधानन्यायाधीशले गरिन् पदभार ग्रहण

    नेपालको पहिलो महिला प्रधानन्यायाधीशले गरिन् पदभार ग्रहण

    काठमाडौं :  नवनियुक्त प्रधानन्यायाशीध सुशीला कार्की र प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।   राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैलाई सपथ गराएकी हुन्।   प्रधानन्याधीशका लागि कार्कीलाई नियुक्ति गर्न चैत २८ मा संवैधानिक परिषद्ले गरेको सिफारिसलाई संसद्को सुनुवाइ विशेष समितिले आइतबार अनुमोदन गरेको थियो। उनी नेपालको पहिलो…

    विस्तृतमा पढ्नुस्

  • नेपालको पहिलो महिला प्रधानन्यायाधीश : सपथदेखि पदभार ग्रहणसम्मका ७ दृश्य

    नेपालको पहिलो महिला प्रधानन्यायाधीश : सपथदेखि पदभार ग्रहणसम्मका ७ दृश्य

    काठमाडौं : नवनियुक्त प्रधानन्यायाशीध सुशीला कार्कीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन्।   राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैलाई सपथ गराएकी हुन्।   प्रधानन्याधीशका लागि कार्कीलाई नियुक्ति गर्न चैत २८ मा संवैधानिक परिषद्ले गरेको सिफारिसलाई संसद्को सुनुवाइ विशेष समितिले आइतबार अनुमोदन गरेको थियो। उनी नेपालको पहिलो महिला प्रधानन्यायाधीश बनेकी छिन्। उनले आजै पदभार…

    विस्तृतमा पढ्नुस्

  • को हुन् सुशीला कार्की? जो इतिहास रच्दै पहिलो महिला प्रधानन्यायाधीश बनिन्

    को हुन् सुशीला कार्की? जो इतिहास रच्दै पहिलो महिला प्रधानन्यायाधीश बनिन्

    कालिका खड्का काठमाडौं : इतिहास रच्दै सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीले आजबाट औपचारिक रुपमा आफ्नो जिम्मेवारी सुरु गरेकी छिन्।   प्रधानन्यायाधीशका रुपमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएपछि आजै पदभार ग्रहण गरिन्। सर्वोच्च अदालतको ६४ वर्षको इतिहासमा पहिलोपटक महिला प्रधानन्यायाधीश बन्न सफल सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश कार्कीलाई गत चैत २८ गतेको संवैधानिक परिषदको बैठकले भावी प्रधानन्यायाधीशमा सिफारिस गरेको…

    विस्तृतमा पढ्नुस्

  • सिटी एक्सप्रेस अब आफ्नै भवनमा, १० वर्षमा कम्पनीको छलाङ, शून्यबाट अर्बौंको कारोबार

    सिटी एक्सप्रेस अब आफ्नै भवनमा, १० वर्षमा कम्पनीको छलाङ, शून्यबाट अर्बौंको कारोबार

    काठमाडौं : नेपालमा रेमिटेन्स भित्र्याउने अग्रणी कम्पनी सिटी एक्सप्रेस १०औं वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवकै अवसर पारेर कम्पनी कमलादीस्थित आफ्नै अत्याधुनिक भवनमा सरेको छ।   पहिला यो कम्पनी घण्टाघरको मस्जिदसँगै जोडिएको भवनबाट कारोबार गर्दै आएको थियो। कम्पनी २०६४ साल असार २७ गते स्थापना भएको थियो। दुर्इ जना कर्मचारीबाट सामान्य लगानीबाट सुरु भएको यो कम्पनीले अहिले वैदेशिक रोजगारीमा गएका नेपालीले आर्जन…

    विस्तृतमा पढ्नुस्

  • लोकमानलाई सर्वोच्चले सोध्यो- 'अदालतको अवहेलनामा किन कारबाही नगर्ने?'

    काठमाडौँ : सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा किन कारबाही नगर्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई लिखित जवाफ पेश गर्न भनेको छ।  कनकमणि दीक्षितकी पत्नी शान्ताले कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेकी थिइन्।  कनकमणिले दायर गरेको रिटमा सर्वोच्चले अख्तियारबाट निर्णय गराएर मात्रै मुद्दा अगाडि बढाउन र प्रयोजन नखुलाई कुनै कारबाही नगर्न आदेश दिएको थियो।  सोही आदेश पालना…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell