PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

  • ​मधेस मुद्दामा प्रधानमन्त्री ओलीले भने : संवाद नै सहमतिको बाटो

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस मुद‍्दामा वार्ताको विकल्प नरहेको दोहर्‍याएका छन्। बजेटमाथि संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने, 'नीति र कार्यक्रम प्रस्तुत गर्दा र बजेट प्रस्तुत गर्दा मैले तराई मधेसको आन्दोलन वार्ताको माध्यमबाट भनेको थिएँ। प्रयास जारी छ।' उनले वार्ताबाट नै समस्या समाधान खोज्ने बताउँदै वार्ताबाटै सहमति प्राप्त गरिने पनि बताए। 'देशको सर्वोपरि हितलाई ध्यानमा राखेर वार्ताबाटै समाधान गर्ने…

    विस्तृतमा पढ्नुस्

  • म संघीयता विरोधी रे ! : प्रधानमन्त्री ओली

    काठमाडौं : बजेटमाथि उठेका टिप्पणी र प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आफू संघीयताको विरोधी नरहेको प्रस्ट्याएका छन्। 'कसले हो कुन्नी, संघीयताको विरोध गरेँ मैले भनेर कसले हल्ला गर्‍यो,' ओलीले प्रस्टिकरण दिँदै भने, 'संघीयता कार्यान्वयन गोष्ठी आयोजना गरेँ। तर उल्टै मैले विरोध गरेँ भने।' उनले संविधानले व्यवस्था गरेका व्यवस्थाहरु कसरी पूरा गर्ने भन्ने आफू लागिरहेको बताउँदै यसबारे अन्यौलता नराख्न…

    विस्तृतमा पढ्नुस्

  • बाबुराम भट्टराई भन्छन्- 'सरकार ६/६ महिनामा फेर्नका लागि होइन'

    बाबुराम भट्टराई भन्छन्- 'सरकार ६/६ महिनामा फेर्नका लागि होइन'

    विराटनगर : नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकार परिवर्तनको खेलले राजनीतिक स्थायित्व नहुने बताएका छन्।   आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राजनीतिक पार्टीहरुले सरकार परिवर्तनभन्दा व्यवस्था परिवर्तनमा जोड दिनुपर्ने बताए। 'विभिन्न जाति, समुदायको विविधतापूर्ण देशमा राजनीतिक स्थायित्व र समृद्धि आवश्यक छ,' उनले भने, 'यसका लागि पहिलो सर्त नै राष्ट्रिय एकता हो। सरकार ६/६ महिनामा फेर्नका…

    विस्तृतमा पढ्नुस्

  • ह्वात्तै घटे अखबार पढ्नेहरु, समाचारका लागि मोबाइलको भर

    ह्वात्तै घटे अखबार पढ्नेहरु, समाचारका लागि मोबाइलको भर

    वासिङ्टन : अमेरिकीहरु समाचारका लागि अखबारभन्दा मोबाइल डिभाइसमा भर पर्न थालेको एक अध्ययनले खुलासा गरेको छ। अध्ययनले छापामा भर पर्नेको संख्या थप घट्दै गएको देखाएको हो। दी प्यु रिसर्च सेन्टरले सार्वजनिक गरेको तथ्याङ्कअनुसार तीन वर्षको अन्तरालमा अखबारमा भर पर्नेहरु मोबाइल डिभाइसतिर तानिन थालेका छन्। टेलिभिजन भने अझै समाचारको स्रोतका रुपमा बलियो अवस्थामा रहेको अध्ययनले देखाएको छ। टेलिभिजनको हकमा त स्थानीय,…

    विस्तृतमा पढ्नुस्

  • विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालसँग खेल्ने नेदरल्याण्ड्सको टोली घोषणा, कोको परे?

    विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालसँग खेल्ने नेदरल्याण्ड्सको टोली घोषणा, कोको परे?

    विश्व क्रिकेट लिग डिभिजन च्याम्पियनसिप अन्तर्गत नेपालसँगको खेलका लागि नेदरल्याण्ड्सले १६ सदस्यीय टोली घोषणा गरेको छ। पिटर बोरेनको कप्तानीमा छनोट भएको टोलीमा टीम ग्रुइटर्सले दुई वर्षपछि डच टोलीमा स्थान बनाएका छन्।   छनोटमा हुन सफल अन्य खेलाडीहरुमा विकेटकिपर वेस्ले बारेसी, मुदासार बुखारी, बेन कुपर, भिभियन किंगमा, असन मलिक, स्टेफन मइवर्ग, म्याक्स ओ डोड, माइकल रिप्पोन, पिटर सिलर, सेन स्नाटर, टीम…

    विस्तृतमा पढ्नुस्

  • आज बिहानै परकम्पको झड्का

    काठमाडौं : आज बिहान पनि दोलखा केन्द्रविन्दु बनाई ४.१ म्याग्नेच्युडको धक्का महसुस भएको छ।   बिहीबार दिउँसो तीन घन्टाको अन्तरालमा दुई पटक परकम्पको झड्का महसुस गरिएको थियो  हिजो लमजुङ र सिन्धुपाल्चोक केन्द्र रहेका परकम्प गएको थियो। आज बिहान ४ बजेर ८ मिनेट जाँदा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • बाढी-पहिरोमा परी ४७ को मृत्यु, १६ बेपत्ता

    काठमाडौं : यस पटकको बाढी-पहिरोमा परी ४७ जनाले ज्यान गुमाएका छन्। वैशाखयताका १२२ बाढी-पहिरोको घटनामा परी ५७ जना घाइते छन् भने १६ को अवस्था अझै अज्ञात छ।   व्यवस्थापिका संसदको आजको बैठकमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले प्राकृतिक प्रकोपको घटनाबारे जानकारी गराएका हुन्। बाढी-पहिरोभन्दा पनि चट्याङबाट मृत्यु हुनेको संख्या बढी छ। ११४ वटा चट्याङमा ६२ जनाको मृत्यु भएको र १४० जना घाइते…

    विस्तृतमा पढ्नुस्

  • दुई निशानवाजको गोलीले अमेरिकामा लियो ५ पुलिसको ज्यान

    दुई निशानवाजको गोलीले अमेरिकामा लियो ५ पुलिसको ज्यान

    एक जोडी निशानवाजको गोली प्रहारबाट डल्लालसका पाँच सुरक्षाकर्मीको मृत्यु भएको छ भने थप ७ जना घाइते भएका छन्। डल्लासमा आयोजित र्‍याली अन्त्य हुनै लागेको समयमा प्रहरीमाथि फायरिङ खोलिएको थियो। सयौं मानिसहरु र्‍यालीमा सहभागी थिए। प्रहरीको गोली लागेर मरेका अस्वेत अमेरिकनको विषयलाई लिएर र्‍याली आयोजन भएको थियो।   गोलीको शिकार भएर मारिनेमा डल्लास प्रहरीका चार अधिकृत र पाँचौ भने ४३ वर्षका…

    विस्तृतमा पढ्नुस्

  • हलमा 'सुल्तान' हाबी, ठूला पर्दाबाट हटे नेपाली फिल्म

    हलमा 'सुल्तान' हाबी, ठूला पर्दाबाट हटे नेपाली फिल्म

    काठमाडौं : बुधबारबाट प्रदर्शनमा आएको फिल्म 'सुल्तान'ले 'इद रिलिज'मा आजसम्मकै सर्वाधिक कलेक्सनको रेकर्ड बनायो। सलमान खान स्टारर फिल्मले पहिलो दिन ३६ करोड ५४ लाख कमाएको हो।   सलमान खान, अनुष्का शर्मा अभिनित फिल्मले दोस्रो दिन ४० करोडको व्यापार गर्‍यो। फिल्मले ३ दिनमा सय करोडको व्यापार गर्ने अनुमान गरिएको इन्डियन एक्स्प्रेसमा जनाइएको छ।   इदको बिदाका कारण पनि प्रदर्शनको पहिलो र…

    विस्तृतमा पढ्नुस्

  • जर्मनीलाई हराएपछि आइसल्याण्ड शैलीमा फ्रान्सको 'भाइकिङ क्लाप'

    जर्मनीलाई हराएपछि आइसल्याण्ड शैलीमा फ्रान्सको 'भाइकिङ क्लाप'

    फ्रान्समा चलिरहेको युरोकप २०१६ मा एउटा सेलेब्रेसन स्टाइलको निकै चर्चा भयो, भाइकिङ क्लाप। खासमा यो आइसल्याण्डका फुटबल खेलाडी र समर्थकहरुको स्टाइल थियो। आइसल्याण्ड नखेलेको खेलमा पनि यो शैली चर्चित भयो।   आयोजक फ्रान्सले जर्मनीलाई हराउँदै फाइनलमा स्थान पक्का गरेपछि भाइकिङ क्लाप शैलीमै सेलेब्रेसन गर्‍यो। फ्रान्सका खेलाडीहरुले मैदानबाट भाइकिङ क्लाप सुरु गरेपछि मैदानबाहिर रहेको समर्थकहरुले समेत साथ दिएका थिए।   जर्मनीलाई…

    विस्तृतमा पढ्नुस्

  • बंगलादेशविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा, कोको परे?

    बंगलादेशविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा, कोको परे?

    काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यातुकी कोजीले बंगलादेशविरुद्ध हुने दुई फिफा 'ए' मैत्रीपूर्ण खेलका लागि शुक्रबार नेपाली टोली घोषणा गरेका छन्।   हाल प्रशिक्षकमा रहेको २९ खेलाडीमध्येबाट २१ खेलाडीको छनोट गरिएको एन्फाले बताएको छ।   छनोट भएको टोलीमा ३ गोलरक्षक, ९ डिफेन्डर, ५ मिडफिल्डर र ४ फरवार्ड रहेका छन्। नेपालले आगामी असार ३१ र साउन २ गते…

    विस्तृतमा पढ्नुस्

  • टोरोन्टोमा लोकधुन गुञ्जिँदा विदेशी नाचे छमछमी

    टोरोन्टोमा लोकधुन गुञ्जिँदा विदेशी नाचे छमछमी

    टारोन्टो (क्यानाडा) : क्यानाडाको टोरोन्टोस्थित नर्थ योर्कमा 'ग्लोबल भिलेज फेस्टिवल'मा जब नेपाली नृत्यसँगै र लोकधुन गुञ्जिन थाल्यो, दर्शकको भिड एकाएक उर्लियो। भिड व्यवस्थापन गर्न आयोजकलाई हम्मे परेको थियो।   प्रत्येक वर्ष सञ्चालन हुने यो मेलामा नेवाः गुठीका सदस्यहरुले 'सयथरी बाजा एउटै ताल’ गुञ्जाउँदा नेपाली मात्र होइन विदेशी दर्शक पनि झुमेका थिए।   नेपालका प्रसिद्ध मादल वादक सानुराजा महर्जन, उत्तम माकजु,…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ, एन्टोनी ग्रिज्मनको गोल सेलेब्रेसन रहस्य

    यस्तो छ, एन्टोनी ग्रिज्मनको गोल सेलेब्रेसन रहस्य

    फ्रान्सेली खेलाडी एन्टोनी ग्रिज्मन जब गोल गर्छन् तब आफ्नो फरक शैली डान्सिङ स्टाइलमा गोलको सेलेब्रेसन गर्छन्। फ्रान्समै जारी युरोकप २०१६ अन्तर्गत जर्मनी विरुद्धको सेमिफाइनलमा दुई गोल गरेका ग्रिज्मनले गोलपछि उक्त स्टाइलमा सेलेब्रेसन गरे। ग्रिज्मनकै दुई गोलको मद्दतमा जर्मनीलाई हराउँदै फ्रान्स उपाधि नजिक पुगेको छ।   फ्रान्सका लागि मात्र होइन क्लब फुटबलमा स्पानिस क्लब एथ्लेटिको मड्रिडबाट गोल गर्दा पनि ग्रिज्मन यस्तै…

    विस्तृतमा पढ्नुस्

  • जर्मन कोच र हुमेल्सद्वारा युरो संरचनाको आलोचना, लो भन्छन्- '१६ टीममै झार्नुपर्छ'

    जर्मन कोच र हुमेल्सद्वारा युरो संरचनाको आलोचना, लो भन्छन्- '१६ टीममै झार्नुपर्छ'

    आयोजक फ्रान्ससँग सेमिफाइनलमा पराजित हुँदै युरोकप २०१६ बाट बाहिरिएपछि जर्मनीका कोच र खेलाडीले नयाँ संरचनाको आलोचना गरेका छन्।   जर्मनीका कोच योकिम लो र डिफेन्डर माट्स हुमेल्सले सहभागी संख्या २४ पुर्‍याउँदा नतिजाको गुणस्तर घटेको बताएका छन्।   फ्रान्ससँग पराजित भएपछि बोल्दै कोच लो ले प्रतियोगितालाई प्रतिस्पर्धात्मक बनाउन १६ टीममै झार्नुपर्ने प्रस्ताव समेत गरेका छन्। 'मेरो विचारमा २४ टीम एकदम धेरै…

    विस्तृतमा पढ्नुस्

  • ​पोर्चुगल १२ वर्षपछि युरोकपको फाइनलमा, वेल्स बाहिरियो

    ​पोर्चुगल १२ वर्षपछि युरोकपको फाइनलमा, वेल्स बाहिरियो

    क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गर्दै युरोकपमा सर्वाधिक गोलकर्ताको रेकर्ड बराबरी गर्दा वेल्सलाई पराजित गर्दै पोर्चुगल दोस्रो पटक युरोकपको फाइनलमा प्रवेश गरेको छ। पहिलो सहभागितामै उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल पुगेको वेल्सको ऐसिहासिक यात्रा सकिएको छ। फ्रान्सको लियोनमा भएको पहिलो सेमिफाइनल खेलमा पोर्चुगलले वेल्सलाई २–०  ले पराजित गर्यो। सन् २००४ मा पहिलो पटक युरोकपको फाइनलमा पुगेको पोर्चुगल १२ वर्षपछि पुन फाइनलमा पुग्न…

    विस्तृतमा पढ्नुस्

  • यी हुन्, युरोकपमा क्रिस्टियानो रोनाल्डोका ४ रेकर्ड

    यी हुन्, युरोकपमा क्रिस्टियानो रोनाल्डोका ४ रेकर्ड

    क्लब फुटबलमा सबैखाले उपलब्धी आत्मसाथ गरिसकेका रोनाल्डोले आफ्नो राष्ट्र पोर्चुगलका लागि अहिलेसम्म ठुला उपाधि जित्न सकेका छैनन्। तर ३ पटकको फिफा वर्ष खेलाडी रोनाल्डोले युरोकपका प्राय रेकर्ड आफ्नो नाममा लेखाइसकेका छन्।  फ्रान्समा जारी १५ औं संस्करणको युरोकप अन्तर्गत वेल्स विरुद्धको सेमिफाइनल खेलमा गोल गर्दै सर्वाधिक गोलकर्ताको रेकर्ड बराबरी गरेका रोनाल्डोले यसअघि नै विभिन्न रेकर्ड कायम गरिसकेका छन्।  युरोकपमा रोनाल्डोले बनाएका…

    विस्तृतमा पढ्नुस्

  • शशांकको अवस्था सुधारोन्मुख, चिकित्सक भन्छन्- 'खतरामुक्त भने होइन'

    शशांकको अवस्था सुधारोन्मुख, चिकित्सक भन्छन्- 'खतरामुक्त भने होइन'

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य सुधारोन्मुख भए पनि खतरामुक्त भने नरहेको चिकित्सकले बताएका छन्।   आज बिहान सञ्चारकर्मीहरुलाई जानकारी दिँदै चिकित्सकहरुले उनको स्वास्थ्यमा हिजोभन्दा सुधार देखिए पनि 'क्रिटिकल' नै रहेको बताए।   हिजोसम्म उनलाई प्रेसर सन्तुलनमा ल्याउनका लागि कडा डोजका ४ किसिमका औषधि प्रयोग गरिएकोमा आजबाट आधा घटाइएको डा. लव नरसिंह जोशीले जानकारी दिए। 'उहाँको पिसाब…

    विस्तृतमा पढ्नुस्

  • ​बंगलादेशमा इद मनाइरहेका मुस्लिम धर्मावलम्बीमाथि बम प्रहार

    ​बंगलादेशमा इद मनाइरहेका मुस्लिम धर्मावलम्बीमाथि बम प्रहार

    बंगलादेशमा इद मनाइरहेका मुस्लिम धर्मावलम्बीहरु माझ बम प्रहार हुँदा कम्तीमा एक जना प्रहरीको ज्यान गएको छ। देशको सबैभन्दा धेरै मानिस इद मनाउन भेला हुने स्थानमा बम प्रहार भएको हो। बम प्रहारबाट ६ जना गम्भीर घाइते भएको बंगलादेशको पत्रिका द डेल्ली स्टारले जनाएको छ। हमला शोलाकियाको इदगाह भन्ने मैदानमा भएको थियो। त्यहाँ नमाज पढ्नका लागि ३ लाख भन्दा धेरै मुस्लिमहरु भेला…

    विस्तृतमा पढ्नुस्

  • शशांकको स्वास्थ्यमा उल्लेख्य सुधार, औषधिको मात्रा घटाइयो

    शशांकको स्वास्थ्यमा उल्लेख्य सुधार, औषधिको मात्रा घटाइयो

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको होस पूर्ण रुपमा खुलेको छ। उपचारमा खटिएका चिकित्सकका अनुसार उनले मान्छे चिन्न थालेका छन् आँखा, हात चलमलाउन थालेको छ।   'हामीलाई अब धेरै आशा छ,' डा. लव नरसिंह जोशीले भने, 'सुधार राम्रो भइरहेको छ। यसरी नै प्रगति भए बेलुका या भोलि बिहानसम्ममा भेन्टिलेटरबाट झिक्न सकिन्छ।'   उनलाई दिइराखेको औषधिको डोज पनि अहिले कम…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओली भन्छन् - सरकार फेरिने होइन विस्तार हुँदैछ

    प्रधानमन्त्री ओली भन्छन् - सरकार फेरिने होइन विस्तार हुँदैछ

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विस्तार हुने जनाएका छन्। अहिले ४२ जना मन्त्री रहेको सरकारमा कति जना थपिने उनले खुलाएका भने छैनन्। सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिने संकेतहरु सार्वजनिक गरेपछि सरकार फेरिने चर्चा चलेको थियो। सत्ता परिवर्तनको विषयलाई प्रधानमन्त्री ओलीले 'हल्ला' भन्दै सरकार परिवर्तन नहुने जनाएका छन्। उनले ट्विट गर्दै भनेका छन् - हल्लै हल्लाले हल्लिने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell