काठमाडौँ : विश्व फुटबल महासंघ (फिफा)ले फुटबलसँग सम्बन्धित कुनै पनि गतिविधिमा सहभागी हुन प्रतिबन्ध लगाएका गणेश थापा नेपालमा फुटबल टुर्नामेन्टको उद्घाटनमै सहभागी भएको पाइएको छ। फिफा आचरण कमिटीले ९ नोभेम्बर २०१५ मा गरेको १० वर्षको निलम्बन र २० हजार स्वीस फ्रैंक जरिवाना गर्दै थापालाई फुटबलसँग सम्बन्धित कुनै पनि गतिविधिमा संलग्न हुनबाट रोक लगाएको थियो। फिफाले थापाले सन् २००९ र २०११…
फ्रान्समा जारी युरोकप २०१६ को अन्तिम सेमिफाइनल खेल आज राति हुँदैछ। विश्वविजेता जर्मनी र आयोजक फ्रान्सबीचको खेल नेपाली समयअनुसार मध्यरात १२:४५ बजे मार्सेस्थित स्टेड भेलोड्रोमा सुरु हुनेछ। यी दुईबीचको विजेताले फाइनलमा पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ। जर्मनी र फ्रान्स दुवै टोलीलाई सुरुदेखि नै उपाधि दाबेदारको रुपमा हेरिएको थियो। तर अब एक टोली मात्र फाइनल पुग्नेछ भने अर्कोको यात्रा सेमिफाइनलमै सकिनेछ। …
काठमाडौं : लमजुङ केन्द्रविन्दु बनाएर आज दिउँसो परकम्प गएको छ। ४ सय ६२ औं परकम्प दिउँसो पौने ३ बजे गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएअनुसार ४.३ मेग्नेच्युट क्षमताको भूकम्प गएको हो। करिब २ सातापछि परकम्पको झड्का महसुस भएको हो। यसअघि धेरैजसो परकम्प धादिङ, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, रसुवा र गोर्खा केन्द्र बनाउँदै गएका थिए।
अतिवादी इस्लामिस्टले बंगलादेशमा फेरि आतंक फैलाएका छन्। इस्लाम धर्मालम्बीहरुको महान चाडकै दिन दुई प्रहरी र एक आतंकवादीसहित ४ को मृत्यु भएको हो। राजधानी ढाकामा आतंकवादी समूहले २२ जनालाई नियन्त्रणमा लिइ हत्या गरेकी केही दिन नवित्दै वंगलादेशमा अतंक फर्किएको हो। किशोरगञ्ज जिल्लाको सोहलाकिया नजिकै इदको प्रार्थनामा जुटेका मानिसहरु नजिकै विस्फोट भएको थियो। त्यहाँ करिब २ लाख मानिस भेला भएका थिए। प्रहरीले…
काठमाडौैं : फ्रान्समा युरोकप २०१६ चलिरहेको छ। गत जेठ २८ गतेबाट सुरु भएको प्रतियोगितामा ५१ मध्ये ४९ खेल सकिसकेका छन् भने अब एक सेमिफाइनल र फाइनल खेल बाँकी छन्। कसले उपाधि जित्ने हो भन्ने चर्चा चलिरहँदा खेलाडीको बारेमा पनि चर्चा सुरु हुन थालेको छ। को हिट भए, को फ्लफ भए? युवा खेलाडीमध्ये कसले आफ्नो प्रतिभा देखाउन सके? हामी जारी…
काठमाडौं : आज पूर्व राजा ज्ञानेन्द्र शाहको जन्म दिन। उनको जन्मदिनलाई पूर्व राजा होइन बहालवाला नै राजा भएको देखाउन भारदार र समर्थकहरु बिहानै उनको महाराजगञ्जस्थित निर्मल निवासमा पुग्छन्। यसापाला पनि भयो त्यस्तै। गणतन्त्रमा राजाको पक्षमा लबिङ गर्नेदेखि पूर्व भारदार र दरवार नजिक रहेकासँगै केही सर्वसाधारण पनि पुगे निर्मल निवास। शाहका हातमा फूलका गुच्छा थमाए। राजनीतिमा सक्रिय हुनुपर्ने सुझाव दिए उनलाई।…
काठमाडौँ : नेकपा माओवादी केन्द्रको पोलिटब्युरो बैठकले नेकपा एमालेसँग सरकारका विषयमा भएको सहमति र समझदारीलाइ कार्यान्वयन गर्न गम्भीरतापूर्वक लाग्ने निर्णय गरेको छ। यद्यपि कस्तो सहमति र समझदारी कार्यान्वयन भन्ने विषयमा भने माओवादीले केही पनि खुलाएको छैन। गएको वैशाख २३ मा एमाले र एमाओवादीबीच सत्ता साझेदारी कायम राख्न ९ बुँदे समझदारी भएको थियो। माओवादीले बजेट पारित भएपछि एमालेले सत्ता छाड्ने र…
काठमाडौं : देशकै सर्वाधिक पुरस्कार राशिको शारीरिक सुगठन प्रतियोगिता आगामी असोजमा आयोजना हुने भएको छ। ‘चौधौँ संस्करणको धर्मश्री शारीरिक सुगठन प्रतियोगिता–२०७३’ असोज १३ र १४ गते काठमाडौंमा हुने आयोजक नेपाल व्यायाम मन्दिरले बताएको छ। १३ गते प्रि जजिङ राउण्ड र १४ गते फाइनल राउण्डका प्रतिस्पर्धा हुनेछन्। प्रतियोगितामा धर्मश्री च्याम्पियन बन्नले नगद ५ लाख प्राप्त गर्नेछ। यस वर्षको प्रतियोगिताका लागि ३४…
स्क्रिप्टकै बहानामा धेरैले फिल्म छाड्ने गर्छन्। आफ्नो रुची नभएको सब्जेक्ट अथवा भाषाकै कारण पनि फिल्म छाड्नेहरुको सूची लामो छ। तर यस्तै चुनौतीलाई सामना गर्दै मर्डर ३ कि हिरोइन सारा लोरेन्टले नेपाली भाषा सिकेकी छिन्। फिल्म इस्क क्लिकका लागि नेपाली भाषामा उनले संवाद बोल्नुपर्ने भएकाले उनले हिम्मत गरिन्- नयाँ भाषा सिक्न। फिल्मका केही सिनमा दार्जलिङको रैथाने भाषा प्रयोग हुन्छ। त्यसमा साराले…
काठमाडौं : ओम अस्पतालमा उपचाररत नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य अवस्था बुझ्न गएका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सहयोग गर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले चिकित्सकहरुलाई आवश्यक परे विदेशी डाक्टरसँग पनि भिडियो कल गरेर जानकारी लिन निर्देशन दिए। श्वासप्रश्वासमा समेत समस्या देखिएपछि अहिले बिहानबाट कोइरालाई थप उपचारका लागि भेन्टिलेटरमा राखिएको छ। गएराति खाना सर्किएपछि ५८ वर्षीय कोइरालामा…
युरोकप २०१६ का सेमिफाइनल खेल आजबाट सुरु हुँदैछन्। पहिलो सेमिफाइनलमा पोर्चुगल र वेल्सबीच प्रतिस्पर्धा हुँदैछ। लियोन स्थित स्टेड डे लियाने स्टेडियममा १२:४५ बजे खेल सुरु हुनेछ। सेमिफाइनलसम्म आइपुग्दा यी दुई टोलीको कथा पूरै फरक छ। वेल्स समूह बीको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो भने पोर्चुगल समूह चरणमा तीनै खेल बराबरी गर्नै एक्लो टीम हो। वेल्सले क्वाटरफाइनलमा…
काठमाडौं : बिहानदेखि भेन्टिलेटरमा रहेका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सकले बताएका छन्। श्वासप्रश्वासमा समस्या देखिएपछि बिहानदेखि भेन्टिलेटरमा राखेर चिकित्सक टोली उनको उपचारमा खटिएको छ। 'अहिले उहाँ आफैं पिसाब गर्न सक्ने अवस्थामा हुनुहुन्छ,' डा. हरिकिशोर श्रेष्ठले भने, 'ब्लडप्रेसरमा पनि सुधार आइरहेको छ।' उनका अनुसार अहिले प्रेसर ९०/६० छ। बिहान भने उनको प्रेसर घटेर ६०/४०…
काठमाडौं : गिरानचौर एकीकृत बस्ती निर्माणमा लागेका हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) थप सहयोग जुटाउन कतार जाँदै छन्। इदको दोस्रो दिन उनीहरु अन्य कलाकारको साथमा कतार जान लागेका हुन्। त्यहाँ उनीहरुले सुन्तली-धुर्मुस साँझअन्तर्गत कार्यक्रम प्रस्तुत गर्ने भएका छन्। आयोजक सास क्रियशनका अनुसार धुर्मुस-सुन्तलीसँगै कतार जानेहरुमा अभिनेत्री रेखा थापा, हास्यकलाकार राजा राजेन्द्र पोख्रेल, लोकदोहोरी गायक राजु गुरुङ, गायिका…
काठमाडौं : इस्लाम धर्मावलम्वीहरुको पर्व इद (इदुल्ल फित्र)का अवसरमा भोलि सरकारले सार्वजनिक विदाको घोषणा गरेको छ। हिजो चन्द्रमा देखिएको भए आज बुधबारका लागि विदा हुनुपर्ने थियो। तर चन्द्रमा नदेखिएकाले पर्व विदाका रुपमा भोलि बिहीबारका लागि तोकिएको हो। पाकिस्तानमा आजै विदा दिइएको छ भने भारतको नयाँ दिल्लीमा घोषणा गरिसकेको विदा चन्द्रमा नदेखिएका कारण फिर्ता लिइएको छ। त्यहाँ पनि भोलि नै विदा…
काठमाडौं : गायक पुष्कर सुनुवार र गायिका मेलिना राईको स्वर रहेको ‘दिन अनि रातमा तिमी नै तिमी’ बोलको युगल गीत सार्वजनिक भएको छ। पुष्कर स्वयम्को संगीत र एरेन्ज रहेको यो मधुर गीतले प्रेमभाव झल्काउँछ। शंकर अधिकारीको शब्द रहेको गीतको भिडियोमा ‘भद्रगोल’की अभिनेत्री रक्षा श्रेष्ठले अभिनय गरेकी छिन्। उनलाई रविले साथ दिएका छन्। अजय रेग्मीले खिचेको भिडियोको सम्पादन टेकेन्द्र शाहले…
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाको स्वास्थ्य अवस्था बुझ्न प्रमुख राजनीतिक दलका नेताहरु ओम अस्पतालमा पुग्नेक्रम जारी छ। आज बिहानदेखि भेन्टिलेटरमा राखेर कोइरालाको उपचार भइरहेको छ। उनको थप उपचारका लागि दिल्ली लैजाने नेताहरुको प्रस्ताव अस्पतालले अस्वीकार गरेको छ। उनकी पत्नी डाक्टर सुपात्रा कोइरालाले पनि उनलाई भेन्टिलेटरबाट निकाल्न नहुने बताएकी छिन्। कोइरालालाई भेट्न पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र…
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई हेर्न पुगेकी सुजाता कोइराला फर्किँदा गहभरि आँशु बोकेर फर्किइन्। ओम अस्पताल चाबहिलमा उनी भावुक देखिएकी थिइन्। नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा शशांक र सुजाता दुवै एकै पदमा प्रत्यासी बन्ने तय थियो। एकै परिवारका दुई जनाबीच राजनीतिक प्रतिस्पर्धा हुँदा परिवारको शक्ति इन्ट्याक्ट राख्न कठिन हुने भएकाले आफ्नो उम्मेदवारीलाई स्थगित गरेर शशांकका पक्षमा लबिङ…
काठमाडौं : नेपाल टेलिकमले २०६२/६३ को जनआन्दोलनका घाइते एवं पूर्ण रुपमा शारीरिक अपङ्गता भएका व्यक्तिहरुलाई नि:शुल्क प्रिपेड सिम र रिमकार्ड दिने भएको छ। टेलिकमको सिम तथा रिम पाउनका लागि जनाआन्दोलनका घाइतेहरुले नेपाल सरकारबाट जारी भएको परिचयपत्र सहित एकप्रति फोटो र नागरिकता प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्नेछ। शारीरिक अपांगता भएका व्यक्तिहरुले भने महिला, बालबालिका तथा समाज कल्याण परिषदबाट जारी परिचयपत्र र…
अर्जेन्टिनी राष्ट्रिय फुटबल टीमका प्रशिक्षक जेरार्ड मार्टिनोले आफ्नो पदबाट राजिनामा दिएका छन्। कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएको एक सातापछि ५३ वर्षीय मार्टिनोले राजीनामा घोषणा गरेका हुन्। यसअघि नै कप्तान लियोनल मेसीले अर्जेन्टिनी टीमबाट नखेल्ने घोषणा गरिसकेका छन्। अर्जेन्टिनी फुटबल संघले निर्णय लिन नसक्नु, ओलम्पिक फुटबलका लागि खेलाडी छनोटमा ठूलो समस्या देखिएको भन्दै राजीनामा दिएको मार्टिनोले जारी गरेको…
काठमाडौं : ओम अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा अहिलेसम्म सुधार नदेखिएको चिकित्सकहरुले बताएका छन्। केही बेरअघि अस्पतालमै पत्रकार सम्मेलन गरी दिइएको जानकारीअनुसार कोइरालालाई ८० प्रतिशत कृत्रिम अक्सिजन दिइएको छ। गएराति स्वास्थ्यमा समस्या देखिएपछि उनलाई तत्काल चाबहिलमा रहेको ओम हस्पिटल एन्ड रिसर्च सेन्टर पुर्याइएको थियो। बिहान सबेरै उनको ब्लड प्रेसर घटेर ६०/४० पुगेको थियो भने…