काठमाडौं : पुस २४ गते सम इन्टरप्राइजेज र गणेशम् इन्टरप्राइजेज कम्पनीका कर्मचारी बैंकमा चेक डिपोजिट गर्न पुगे। मदिरा बिक्री गर्ने रिटेल सप ग्रिनलाइनले मदिरा खरिदको भुक्तानी जम्मा गर्नु थियो उनीहरुलाई। इन्भेष्टमेन्ट बैंकको करिब १० लाख रुपैयाँ बराबरका दुई चेक बाउन्स भयो। चेक नसाटिएपछि उनीहरुले कम्पनीमा त्यसको जानकारी गराए। त्यसपछि कम्पनीले बुझ्दा ग्रिनलाइनका सञ्चालक नै सम्पर्क बिहिन भएको बुझियो। यी दुई…
काठमाडौं : ललितपुरको हरिसिद्धि ईँटा तथा टायल कारखानको जग्गा मिलाए वापत राम्रो कमिसन आउन लागेको थियो। कारखानाको २५ रोपनी ७ आना जग्गाको कारोबार हुँदै थियो। मुखैमा आउँदै गरेको कमिसनमध्ये मोहनप्रसाद लिम्बु आधा आफ्नो भागमा राख्न चाहन्थे। बाँकी रहेको ५० प्रतिशत हिससा दुई जनामा बाँड्ने उनको तयारी। अनिल मण्डललाई भने हिस्साबाट 'आउट' गरिँदै थियो। मण्डलले थाहा पाए - जग्गाको कमिसनको खेलमा…
काठमाडौं : इन्जिनियरिङ गर्दै थिए अनिल मण्डल। पढाई सकिनुअघि नै त्यसमा उनले ब्रेक लगाए। पढाइ छाडेका उनको ध्यान पैसा कमाउनतिर केन्द्रित भयो। लक्ष्य प्रष्ट थियो - जसरी हुन्छ आम्दानी गर्ने। त्यसैले, अनेक धन्दामा जोडिन थाले उनी। उनको सबैभन्दा राम्रो कमाई जग्गाको कारोबारबाटै हुन थाल्यो। दुई वर्षको अवधिमा जग्गा कारोबारको कमिसनले अनिलको आर्थिकस्तरमा उकास्यो। कारोबारकै बिचमा कहिले गाडी चढ्ने बने त…
काठमाडौं : पछिल्ला दिन प्रहरीका लागि चुनौती बन्न थालेको छ - पैसासँग जोडिएका अपराधका नयाँ नयाँ शैली। अपत्यारिलो उमेरका युवकको बैंक खातामा करोडौंको कारोबार होस् या अनलाइनबाट खेलाउने जुवा। एउटा व्यवसायको आवरणमा राजश्व छल्दै गर्ने धन्दा नै किन नहोस् लगातार ग्राफ बढिरहेको छ। नपत्याए, २५ वर्षीय युवकको बैंक खातामा ३७ करोड रुपैयाँको कारोबारको समाचारले कसलाई आश्चर्यमा पारेन? चर्चित फ्रेन्चाइज 'बिइङ…
काठमाडौं : राजश्व छलीदेखि लागु औषधको कारोबारमा समेत समातिएका दरबारमार्गमा रहेको क्लोदिङ स्टोर बिइङ ह्युमनका संचालक सन्तोष चन्द्र बख्रेल अन्य अपराधका गतिविधिमा पनि संलग्न रहेको खुल्दै गएको छ। महानगरीय अपराध महाशाखाको टोलीले शुक्रवार राजश्व छली गरेर ल्याएका मदिरासहित उनलाई पक्राउ गरेको थियो। बख्रेलले रक्सीमा मात्र होइन म्याद गुज्रिएको औषधीमा समेत रिलेबलिङ गर्ने गरेको खुलेको छ। औषधी व्यवस्थापन विभागले अहिले बख्रेलविरुद्…
काठमाडौं : चार दिनअघि बस्नेत दम्पती अस्ट्रेलियाबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भए। झन्डै साढे २ वर्षपछि उनीहरु नेपाल फर्किएका थिए। विमानस्थलमा रहेका भन्सार कार्यालयका कर्मचारीले उनीहरुलाई एकाएक रोके। उनीहरुले शरीरमा लगाएको सुन नै उनीहरुलाई कर्मचारीले रोक्नुको कारण बन्यो। शरीरमा दुई जनाले यति धेरै सुन पहिरिएका थिए कि कर्मचारीले एकएक गरी खोल्न लगाए। हातदेखि गलासम्म लगाएका सबै सुनका गहना खोलियो।…
काठमाडौं : गत पुस १२ र १३ गते गोंगबु मित्रनगरस्थित बसपार्क नजिकै रहेका होटेलभित्र एक महिला बलात्कृत भइन्। नौ जना पुरुषले उनको सामुहिक बलात्कार गरेको कुरा प्रहरीकहाँ पीडित पुगेपछि खुल्यो। एकै दिन ९ जनाले तीन वटा लजमा लगेर उनको बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुल्यो। घटना भएको केही दिनपछि प्रहरीले अभियुक्तहरु समात्यो। घटनास्थल वरपर भएका सीसीटीभी फुटेज, पीडितले दिएको जानकारी र…
काठमाडौं : गत पुस १ गते दुई हातले सजिलैसँग उठाउन सक्ने कार्टुनको बक्स त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा चीनबाट आयो। कार्टुनको बाहिरपट्टि लेखिएको थियो 'इलेक्ट्रिक पर्स'। अन्य सामान झैँ भन्सारको ड्युटीमा खटिएका एक नायव सुब्बाले कार्टुनलाई ध्यान दिएर हेरे। तर, उनलाई यो कार्टुन सामान्य भने लागेन। इलेक्ट्रिक पर्स लेखिएकाले उनले आयातित वस्तु संदेहपूर्ण रहेको आँकलन गरे। विमानस्थल कार्यालय प्रमुख महेश भट्टराईलाई…
'कुनै अप्रिय घटना त भएको होइन?' करिब तीन सातादेखि परिवार नै सम्पर्क विहीन भएपछि प्रहरीले संशयपूर्ण रुपमा प्रश्न गरेको थियो रजनीलाई। 'त्यस्तो केही भएको हुनु नपर्ने हो।' प्रश्न झर्न नपाउँदै हत्तपत्त उनको उत्तर आएको थियो। रजनी उनै हुन् जसले उनीहरु हराएको भन्दै प्रहरीकहाँ उजुरी गरेकी थिइन्। ओमप्रकाश अग्रवालको परिवारका दुई छोरा अमित र अभिषेकसँगै भारती, उषा, रुचिका गायव रहे। सँगै…
काठमाडौं : 'बैंकले ग्रिनलाइनलाई बन्द गराइ ताल्चा लगाइदिएकाले, मिटर ब्याजीहरुको धम्की तथा बैंकहरु आइरहेकाले गर्दा मानसिक अवस्था अस्थिर भएकाले काठमाडौं छोड्न बाध्य भएका हौँ। र, हामी कहाँ जान्छौँ, बाँचिन्छ वा मरिन्छ भन्ने कुनै ठेगाना छैन। बाँचे भने फेरि भेटौँला।' पुस २२ गते ओमप्रकाश अग्रवालले यही बेहोराको 'नोट' लेखे। बैंक तथा असंगठित रुपमा धेरैसँग लिएको अर्बौं रुपैयाँ ऋण तथा लकडाउनले बिगारेको…
काठमाडौं : '८/१० लाख रुपैयाँ चाहिएको छ। म्यानेज गर्दिनु है।' पुस २२ गते बिहान १० बजेतिर अग्रवाल परिवारले आफ्ना छोरी ज्वाइँलाई फोन गरे। छोरी रजनीलाई करौडौंको व्यापार गरेर बसेका अग्रवाल परिवारले फोन गर्नुको कारण थियो पैसा। त्यसपछि उनीहरूको फोन अफ भयो। छोरी ज्वाइँले प्रहरीलाई दिएको जानकारी अनुसार उक्त परिवार पैसा लिन भने गएन। छोरीज्वाइँ ज्ञानेश्वरस्थित घरमा पुग्दा कोठामा बत्ती बलिरहेको थियो। तर…
काठमाडौं : विदेशबाट आयात गरिएको पोस्तादाना (अफिमको बियाँ) उम्रिने फेला पारेको तथ्य बाहिरिए पनि सम्बन्धित निकायहरुले अनुसनन्धानमा आलटाल गरिरहेका छन्। पोस्तादाना उम्रिने भएपनि कानुनी अष्पस्टता भन्दै अनुसन्धानमा आलटाल भइरहेको हो। प्रहरीको अनुसन्धानबाट उम्रिने पोस्तादाना ल्याएको पुष्टि भएपछि आयातकर्तामाथि छानबिन गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सुरु गरेको थियो। तर विभागको अनुसन्धान खासै प्रभावकारी देखिएको छैन। अनुसन्धान सुस्त हुँदै जाँदा…
काठमाडौं: गायक योगेश्वर अमात्यको जग्गाको कागजात कीर्ते प्रकरणमा बैंकिङ कसुरको मुद्दा चल्ने वा नचल्ने निर्णय अझै हुन सकेको छैन। उच्च सरकारी वकिल कार्यालयले मुद्दा चल्ने वा नचल्नेमा महान्यायाधिवक्ता कार्यालयको समेत राय माग गरेको भए पनि अझै निर्णय भइसकेको छैन। बैंकिङ कसुर अनुसन्धानको लहरो बढ्दै गएपछि मुद्दा अन्योलमा छ। केही राजनीतिज्ञले समेत विचाराधीन फाइलमा चासो समेत राखेका छन्। महान्यायाधिवक्ता कार्यालय स्रोतका…
काठमाडौं : 'हाम्रो कम्पनीको पैसा हो। कारोबारबाट उठेको रकम पठाएको हो।' सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले कम्पनीको लेटरप्याडबाटै पत्राचार गरेपछि राजश्व अनुसन्धान विभागको अनुसन्धान अर्कैतिर सोझियो। सौर्य एयरलाइन्सका कर्मचारी रेशा शाक्य पोखरेल र विराटनगर स्टेसन म्यानेजर प्रकाश पौडेललाई विभागले रिहा गर्यो। उनीहरुलाई छुटाउन सौर्य एयरलाइन्सका अध्यक्ष पोखरेले विभागमा ५० लाख रुपैयाँ धरौटी बुझाए। अब विभागको अनुसन्धान अध्यक्ष पोखरेलमा सोझिएको छ।…
काठमाडौं : सामान्यतया कुनै घटना भइसकेपछि वा गोप्य सूचनाको आधारमा नै प्रहरीले घटनाको अनुसन्धान गर्छ। अपराधीले छाडेको सबुत प्रमाण पहिल्याउँदै प्रहरी उनीहरू सम्म पुग्छ। कतिपय घटनामा प्रहरीमात्र होइन, अपराध लुकाउन अपराधी पनि सफल हुन्छन्। तर, कहिलेकाँही अञ्जानमा सिर्जना भएको 'लोभ'ले पनि प्रहरीलाई अपराधीको कठालो समाउने आधार तय हुन्छ। चितवनमा एउटा यस्तै अपराधिक घटना भयो जसले नयाँ तथ्य बाहिर ल्यायो जुन…
काठमाडौं: विदेशबाट आयात गरिएको पोस्तदाना (अफिमको बियाँ) उम्रिने फेला पारेपछि सरकारले थप अनुसन्धान अघि बढाउने भएको छ। प्रहरीको अनुसन्धानबाट उम्रिने पोस्तादाना ल्याएको पुष्टि भएपछि आयातकर्तामाथि छानबिन गर्न लागिएको हो। आयात अनुमति दिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयातकर्तामाथि छानबिन गर्ने जानकारी दिएको छ। विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठले पोस्तादाना उम्रिने ल्याएको जानकारी आएपछि अनुसन्धान अगाडि बढाउन लागिएको बताए। 'हामीलाई अहिलेसम्म…
काठमाडौं : प्रहरी जवान रवीन्द्र साह (नाम परिवर्तन)लाई चिनेजानेका एक जनाले म्यासेन्जरबाट एउटा भिडियो पठाए। उनीसँगै थिए एक अर्का प्रहरी पनि। उनीहरू दुवैले आफ्नो मोबाइलमा भिडियो हेरे। बालबालिकालाई यौन क्रियाकलापमा लगाइएको दृश्य थियो भिडियोमा। अर्थात्, चाइल्ड पोर्नोग्रफी। रवीन्द्र साहले आफूसँग आइपुगेको भिडियो आफैँसँग मात्र सीमित राखेनन्। उनले केही चलाखी गरे। 'भोज मगर' नाममा नयाँ फेसबुक आइडी बनाए। त्यसपछि उनले आफूले…
काठमाडौं : 'तँलाई सुत्न पठाएको हो? काम गर्नुपर्दैन?' संग्राम मोक्तानलाई मोबाइलबाट कसैले थर्काइरहेको थियो। यसरी प्रश्नमाथि प्रश्न उठाउँदै आएको आवाज प्रहरीले लाउड स्पिकरमा सुनिरहेको थियो। सँगै थिए संग्राम मोक्तान। लागु औषध नियन्त्रण ब्युरोको टोलीले मङ्सिर २६ गते काठमाडौंको महाङकालबाट उनलाई पक्राउ गरेको थियो। ब्युरोको टोलीले लागु औषध सेवनकर्तालाई नियन्त्रणमा लिएर लागु औषधको कनेक्सन पहिल्याउँदै जाँदा संग्रामसम्म पुगेको थियो। लागु औषध…
काठमाडौं : कारागारका कर्मचारी र जेलभित्रै रहेका अपराधीको मिलेमतोमा लागू औषध कारोबार हुने गरेको खुलासा भएको छ। लागू औषध नियन्त्रण व्युरोको अनुसन्धानमा कारागारभित्रबाटै यस्तो कारोबार हुने गरेको देखिएको हो। लागू औषधकै मुद्दामा दोषी ठहर भएर सिन्धुली कारागारमा रहँदै आएका भारतीय नागरिक गुड्डु गुप्ताको योजनामा भित्रैबाट ड्रग्सको धन्दा चल्दै आएको व्युरोले जानकारी दिएको छ। उनको नेतृत्वमा ८ जनाको संलग्नता रहेको प्रहरीको…
काठमाडौं : जिल्ला अदालत काठमाडौंले ठगी तथा सङ्गठित अपराध कसुरमा पूर्व सभासद तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको सम्पत्ति रोक्का गर्न आदेश दिएको छ। सरकारी वकिल कार्यालय काठमाडौंको माग बमोजिम गत बुधवार जिल्ला अदालतले माग गरेबमोजिमको घरजग्गा रोक्का गर्न आदेश दिएको हो। लामो समयको पुर्पक्षपछि न्यायाधीश राजकुमार कोइरालाको इजलासले तामाङ र अर्का प्रतिवादी केशवलाल श्रेष्ठलाई पनि अदालतले थुनामा राख्न आदेश…