PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

  • पर्सामा तस्कर सक्रिय, ८४ लाख मूल्य बराबरको दाल सहित ६ जना पक्राउ

    पर्सामा तस्कर सक्रिय, ८४ लाख मूल्य बराबरको दाल सहित ६ जना पक्राउ

    वीरगन्ज : कृषि विकास बैंकबाट ४० लाख मूल्य बराबरको सुनचाँदीका गहना चोरी नगर प्रहरीको अपहरण ठूलो परिमाणमा भारतबाट तस्करी गरी ल्याइएको दाल बरामद पर्सामा पछिल्ला दिन भएका आपराधिक घटना हुन् यी। तस्कर गिरोह सक्रिय भएको यी घटनाले देखाउँछन्।   प्रहरीले गोप्य सूचनाका आधारमा आज जानकीटोलाबाट ८४ लाख मूल्य पर्ने मासको दालसहित ६ जना चालक समाउनुको साथै ट्रयाक्टर पनि नियन्त्रणमा लिएको…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरधाममा राम-जानकी महोत्सवको उल्लास, हेर्नुस् ११ फोटोमा

    जनकपुरधाममा राम-जानकी महोत्सवको उल्लास, हेर्नुस् ११ फोटोमा

    जनकपुर : चोकचोकमा रामजानकीको भजन गुञ्जिरहेको छ। धार्मिक-सांस्कृतिक झाँकी, धार्मिक कथा प्रवचन, सांस्कृतिक कार्यक्रमको रौनक बेग्लै। यति बेला मिथिलाञ्चलकै सबैभन्दा मुख्य पर्वको रुपमा चिनिने रामजानकी महोत्सव जनकपुरमा भव्य रुपमा मनाइँदै छ।   एक साता अघिदेखि सुरु भएको यो महोत्वसको आज विशेष दिन अर्थात् रामजानकीको शुभविवाहको उल्लास हो। यही उल्लासमा तानिएर आन्तरिक तथा बाह्य पर्यटक भित्रिइरहेका छन्। यहाँ मात्र होइन विवाह…

    विस्तृतमा पढ्नुस्

  • नगरप्रहरी कुर्मी तीन दिनपछि मुक्त, चौकीदारले नै गराएका थिए अपहरण

    नगरप्रहरी कुर्मी तीन दिनपछि मुक्त, चौकीदारले नै गराएका थिए अपहरण

    वीरगन्ज : वीरगन्ज उपमहानगरपालिका कार्यालयका नगर प्रहरी राम अवतारप्रसाद कुर्मी अपहरण भएको तीन दिनपछि मुक्त भएका छन्। उनी बुधबार बिहान ५ बजे अस्थायी प्रहरी पोस्ट बडनिहारको सम्पर्कमा आएका हुन्।   वीरगन्ज-२७ रामगढवा निवासी ५६ बर्षीय कुर्मी गत आइतबार साँझ साढे ७ बजेदेखि वीरगन्जबाट पश्चिम-उत्तर १५ किलोमिटरमा अवस्थित हरपुर गाउँबाट अपहरणमा परेका थिए। उनलाई हाल अस्थायी प्रहरी पोस्टमा राखेर घटनाक्रमबारे बयान…

    विस्तृतमा पढ्नुस्

  • बैँकको सेफ फोरेर सुनचाँदी उडाउँदा पनि सुरक्षागार्ड बेखबर

    बैँकको सेफ फोरेर सुनचाँदी उडाउँदा पनि सुरक्षागार्ड बेखबर

    वीरगन्ज : वीरगञ्जमा बैँकको सेफबाट ४० लाख रुपैयाँ बराबर मूल्यको सुनचाँदी चोरी भएको अपत्यारिलो घटना सार्वजनिक भएको छ।   कृषि विकास बैंक बैकिग शाखा कार्यालय घण्टाघरबाट ४० लाख रुपैयाँ बराबर मूल्यको सुनचाँदी चोरी भएको हो। वीरगन्ज– बसपार्क लिंकरोड स्थित कृषि विकास बैंकको बैकिग शाखामा आइतबार राति भएको चोरीमा साढे ७२ तोला सुन र २७. ४४ तोला चाँदी चोरी भएको पर्सा…

    विस्तृतमा पढ्नुस्

  • बोक्सी भन्दै ६० वर्षकी महिलालाई छिमेकीले गरे लछारपछार, टाउकोमा लगाउनु पर्‍यो चार टाँका

    बोक्सी भन्दै ६० वर्षकी महिलालाई छिमेकीले गरे लछारपछार, टाउकोमा लगाउनु पर्‍यो चार टाँका

    पर्सा : १६ दिने महिला हिंसा विरुद्धको अभियान सुरु भएकै दिन वीरगञ्जमा एक महिलालाई बोक्सीको आरोपमा कुटपिटको घटना सार्वजनिक भएको छ।  पर्साको बहुअर्वा भाखा ६ की ६० वर्षिया महिलालाई छिमेकीले नातिलाई टुनामुना गरेर बिरामी पारेको भन्दै कुटपिट गरेका हुन्।  पर्साको बहुअर्वा भाखा गाविस  गर्धौवलका  ५० वर्षिय रामानन्द मुखिया बिन र उनका छोरा २५ वर्षिय मुकेश मुखिया बिनले कुटपिट गरेका हुन्। …

    विस्तृतमा पढ्नुस्

  • वीरगन्जमा रामदेवको योग शिविर, हेर्नुस् ११ फोटोमा

    वीरगन्जमा रामदेवको योग शिविर, हेर्नुस् ११ फोटोमा

    पर्सा : आजदेखि वीरगन्जको आदर्शनगर रंगशालामा पाँचदिने विज्ञान योग शिविर सुरु भएको छ। बिहानै राष्ट्रपति विद्यादेवी भण्डारीले शिविरको उद्घाटन गरिन्। सो क्रममा उनलाई बाबा रामदेवले माला लगाई दोसल्ला ओढाएर सम्मान गरेका थिए। उद्घाटनका अवसरमा बोल्दै रामदेवले पाँच दिनभित्र प्रशिक्षार्थीहरुको पाँच लाख किलो वजन घटाउने दाबी पनि गरेका छन्। स्वागत नृत्यसँगै शिविरमा विभिन्न किसिमको प्रणाय र योगसाधना सिकाइएको थियो।  शिविरमा सहभागी…

    विस्तृतमा पढ्नुस्

  • समृद्ध नेपालका लागि योग आवश्यक : राष्ट्रपति भण्डारी

    पर्सा : राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणका लागि योग अति आवश्यक माध्यम रहेको बताएकी छिन्। बिहीबार बिहान वीरगन्जमा सुरु भएको पाँचदिने योग विज्ञान शिविरको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले मानसिक र शारीरिक आनन्द लिन पनि योग महत्वपूर्ण माध्यम हुने धारणा राखिन्। ‘योग कला पूर्वीय सभ्यताको प्रतीक भएकोले मानसिक र शारीरिक स्वस्थताको लागि दैनिक जीवनमा योग आवश्यक छ,’ राष्ट्रपति भण्डारीले…

    विस्तृतमा पढ्नुस्

  • बाबा रामदेवले भने- 'पाँच दिनमा तपाईंहरुको पाँच लाख वजन घटाइदिन्छु'

    बाबा रामदेवले भने- 'पाँच दिनमा तपाईंहरुको पाँच लाख वजन घटाइदिन्छु'

    पर्सा : योगगुरु बाबा रामदेवले योग शिविरबाट वीरगन्जबासीले ठूलो लाभ लिने बताएका छन्। आजदेखि सुरु भएको पाँच दिनको शिविर उद्घाटन क्रममा बोल्दै उनले पाँच दिनभित्र प्रशिक्षार्थीहरुको पाँच लाख किलो वजन घटाउने दाबी पनि गरे।   भारतबाट पतन्जली ब्राण्डले अन्य बहुराष्ट्रिय कम्पनीका उत्पादनलाई परास्त गरिरहेको दाबी गर्दै नेपालबाट पनि यस्ता कम्पनीका उत्पादनहरुलाई बहिष्कार गर्न आह्वान गरे।   पतन्जली योगपीठ नेपालका ट्रष्टी…

    विस्तृतमा पढ्नुस्

  • 'क्यामेरा ट्रयाप' प्रविधिबाट पर्सामा सुरु भयो बाघ गणना

    'क्यामेरा ट्रयाप' प्रविधिबाट पर्सामा सुरु भयो बाघ गणना

    वीरगन्ज : पर्सा वन्यजन्तु आरक्षमा बाघ गणना तथा अनुगमन सुरु भएको छ।   सोमबारदेखि सुरु भएको बाघ गणना अबको दुई महिनासम्म चल्नेछ। यो कार्यमा प्रशिक्षणपछि ३५ जना प्राविधिक खटाइएको आरक्षका सहायक संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताए।   बाघ गणना टोलीमा आरक्षका कर्मचारी, पर्सा संरक्षण कार्यक्रमका प्राविधिकहरु रहेका छन्। आरक्ष क्षेत्रको विभिन्न ठाउँमा ६७ वटा ग्रिडमा अटोमेटिक क्यामेरा जडान गरिने छ।…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँबाट वीरगञ्ज गइरहेको जिप ५० मिटर तल खस्यो, एकको मृत्यु

    वीरगञ्ज : काठमाडौँबाट वीरगन्जतर्फ आइरहेको एउटा जिप दुर्घटना हुँदा एक जनाको निधन भएको छ। ना१ज ११८० नम्बरको जिप हेटौँडा–भैँसे सडकखण्डको खोप्लाङमा सडकबाट ५० मिटर तल खसी दुर्घटना हुँदा वीरगन्ज उपमहानगरपालिका–१४ बस्ने ५५ वर्षीय विद्यार्थी गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। गिरी स्थानीय पत्रिकामा काम गर्थे।  मंगलबार राति भएको सो दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन्। उनीहरुको…

    विस्तृतमा पढ्नुस्

  • ​पथलैयामा सुपारी बम पडकिदा एक जना घाइते, स्कूलमा पनि हल्ला र भागदौड

    वीरगन्ज : बाराको पथलैयामा एउटा घरमा विस्फोट हुँदा बारा ,गढीमाई नगरपालिका –१६ पिलुवा का गोपीलाल श्रेष्ठ घाइते भएका छन्। बम विस्फोटबाट श्रेष्ठको देब्रे हात क्षतविक्षत भएको बारा प्रहरीले जनाएको छ। उनलाई वीरगन्जको  नारायणी उपक्षेत्रीय अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारको लागि चितवनको भरतपुर लगिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक गोविन्द कार्कीले जानकारी गराए। वन्यजन्तु सिकार गर्न स्थानीयहरुले बारुदको डल्ला पारी…

    विस्तृतमा पढ्नुस्

  • रौतहटमा सवा अर्बको लगानीमा चिनी मिल खुल्दै, दैनिक २५ हजार क्विन्टल उखु क्रसिङ गर्ने

    वीरगन्ज : रौतहटमा सवा अर्बको लगानीमा चिनी मिल स्थापना हुने भएको छ।   बाबा बैजनाथ सुगर एण्ड केमिकल्स उद्योग निर्माणका लागि पिपरापोखरिया-८ डुमरियामा शिलन्यास भइसकेको छ। यो उद्योग सञ्चालनमा आएमा जिल्लाको दोस्रो ठूलो चिनी मिल हुनेछ। जिल्लामा श्रीराम सुगर मिल्स सञ्चालनमा छ।   बाबा र ज्योति डिस्टिलरीका सञ्चालक रामश्रयप्रसाद जैसवालको लगानीमा यो चिनी मिल स्थापना हुन लागेको हो। उद्योग सञ्चालक…

    विस्तृतमा पढ्नुस्

  • नारायणी उपक्षेत्रीय अस्पतालको बेथिति : २२ वर्षअघिको दरबन्दीभन्दा कम कर्मचारी, उपचार प्रभावित

    नारायणी उपक्षेत्रीय अस्पतालको बेथिति : २२ वर्षअघिको दरबन्दीभन्दा कम कर्मचारी, उपचार प्रभावित

    वीरगन्ज : नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्जमा २२ वर्षअगाडि कायम दरबन्दीभन्दा पनि कम कर्मचारी काम गर्दै आएका छन्। यसको प्रभाव बिरामीको उपचारमा देखिएको छ।   अस्पतालका प्रवक्ता रमेश चौधरीले २०५१ बैसाख ८ गते दरबन्दी कायम गरिएको प्रशासनतर्फका ५४, प्राविधिक तर्फ १२५ गरी १७९ कर्मचारी हुनुपर्नेमा अहिले धेरै कम संख्याका कर्मचारीले काम गर्नु परिरहेको छ।   स्वास्थ्य मन्त्रालयअन्तर्गतको यो  दरबन्दी स्वीकृतिसँगै अस्पताल…

    विस्तृतमा पढ्नुस्

  • वीरगन्जमा बिना लाइसेन्सका ई-रिक्सा सञ्चालनमा प्रतिबन्ध, चालकहरु आन्दोलित

    वीरगन्जमा बिना लाइसेन्सका ई-रिक्सा सञ्चालनमा प्रतिबन्ध, चालकहरु आन्दोलित

    वीरगन्ज : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले बिना लाइसेन्स ई–रिक्सा चलाउन वीरगन्जमा रोक लगाएको छ। मध्यमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाको निर्देशनसहितको पत्रको अधारमा बुधबारदेखि पर्सामा ई–रिक्सामा प्रतिबन्ध लागेको हो।   रोक लगाइएको पहिलो दिन नै प्रहरीले १६४ वटा रिक्सा नियन्त्रणमा लिएको थियो। ई-रिक्सा चलाउन नदिइएपछि चालकहरु आन्दोलित भएका छन्। वीरगन्जमा ४ वटा ई-रिक्साको संगठन छ।   नियन्त्रणमा लिइएको रिक्सा…

    विस्तृतमा पढ्नुस्

  • वीरगञ्जको छठ : हेर्नुस २२ फोटोमा

    वीरगञ्जको छठ : हेर्नुस २२ फोटोमा

    शुद्धता र आपसी सद्भावका रूपमा प्रचलित छठ पर्व तराई भेगका साथै देशका विभिन्न स्थानमा हर्षोल्लासपूर्वक मनाइयो। पहिला तराईवासीमा मात्र सीमित रहेको यो पर्व अहिले राजधानी, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय भएको छ। सरकारले छठपर्वमा सार्वजनिक बिदा दिन थालेको छ।   छठ निकै कठिन पर्व हो। सामाजिक संस्कृतिका अभिन्न अङ्ग मानिएको छठ पर्वमा सत्य, अहिंसाप्रति मानवको रुचि बढाउने र सबै…

    विस्तृतमा पढ्नुस्

  • पानीजहाज कम्पनी मैर्स्कले नोभेम्बर २० देखि वीरगन्जबाटै कन्टेनर डेलिभरी लिने

    पानीजहाज कम्पनी मैर्स्कले नोभेम्बर २० देखि वीरगन्जबाटै कन्टेनर डेलिभरी लिने

    वीरगन्ज : अन्तर्राष्ट्रिय शिपिङ लाइन (पानी जहाज) कम्पनी मैर्स्क लाइनले अगामी २० नोभेम्बरदेखि सिर्सिया सुक्खा बन्दरगाहमै आफ्ना कन्टेनर डेलिभरी लिने भएको छ।   दुई वर्षअघिदेखि बन्दरगाहबाट आयात-निर्यात गर्ने नेपाली व्यापारीलाई सहजताका लागि अनौपचारिक रुपमा यस्तो सेवा दिने अभ्यास गरिआएकोमा अगामी दिनमा कार्यालय शाखा नै सञ्चालनमा ल्याई डेलिभरी लिने कार्य सुरु गर्न लागिएको हो।   मैर्स्क यो बन्दरगाहमा कन्टेनर कारोबार रहेको…

    विस्तृतमा पढ्नुस्

  • विशाखापटनम बन्दरगाहबाट मालसामान आयात-निर्यात गर्ने बाटो खुल्यो, व्यवसायी उत्साही

    विशाखापटनम बन्दरगाहबाट मालसामान आयात-निर्यात गर्ने बाटो खुल्यो, व्यवसायी उत्साही

    वीरगन्ज : नेपाली आयातकर्ताले अब भारतको दोस्रो बन्दरगाह विशाखापटनमबाट मालसामान बिनाझन्झट आयात/निर्यात गर्ने पाउने भएका छन्।   राष्ट्र बैंकले विशाखापटनम बन्दरगाहबाट मालसामान आयात/निर्यात गर्न अनुमति दिँदै कात्तिक ८ गते सरोकारवालाहरुलाई पत्र पठाइसकेको छ। पत्रमा भारतीय बन्दरगाह कोलकाता-हल्दिया तथा विशाखापटन हुँदै सामान आयात गर्न सकिने भन्सार नाकाहरु निर्धारण गरिएको छ। विशाखापटनम बन्दरगाहबाट ट्रक वा रेलमार्गबाट आयात गरिने मालसामान वीरगन्ज, विराटनरगर, भैरहवा,…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा बढ्यो तस्करी, दिनहुँ लाखौं मूल्य बराबरको सामान बरामद

    पर्सामा बढ्यो तस्करी, दिनहुँ लाखौं मूल्य बराबरको सामान बरामद

    वीरगन्ज : दसैंलगतै पर्सामा भारतीय समान तस्करी गर्ने गिरोह थप सक्रिय भएका छन्। जसले गर्दा पर्सासँग जोडिएका सीमा नाकाबाट दिनहुँ तस्करी बढ्दै गएको छ।   भारतबाट सबैभन्दा बढी तस्करी हुने समान कपडा हो। त्यस्तै ,इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिक समान मोबाइल लगायतका छन्। तस्करहरुले नेपालका सीमा नाका ठोरी, पिडारीगुठी, सेढवा, जानकीटोला, भिस्वा, सवैठवा, धोरे, अमरपट्टि, अलौ श्रीर्सिया, वीरगन्ज भन्सार क्षेत्र इनार्वा लगायतको…

    विस्तृतमा पढ्नुस्

  • असहज भएको सुनौली नाकाका गाडी रक्सौल हुँदै भित्रिए

    वीरगन्ज : भारतको विहार राज्य अन्तर्गत पूर्वी चम्पारणको विभिन्न ठाउँमा भएको हिंस्रक झपडको कारण दुई दिनदेखि सुगौली क्षेत्रमा रोकिएका ट्रक तथा पेट्रोलियम पदार्थका टयांकर नेपाल भित्रिन थालेका छन्। त्यस क्षेत्र लागेको निषेधाज्ञा हटेपछि ट्रक तथा ट्याङ्कर रक्सौल नाका हुँदै हिजो साँझबाट आउन सुरु गरेका हुन्।   विहारको तुरकौलिया, सुगौली र मोतिहारीमा  ४ दिन अघि दुई पक्षबीच हिंस्रक झडप भएको थियो। जसमा…

    विस्तृतमा पढ्नुस्

  • विवादमा तानिँदै गृहमन्त्री, 'अवैध कारोबारी छाड्न' नमान्ने एसपीलाई मन्त्रालय झिकाइयो

    विवादमा तानिँदै गृहमन्त्री, 'अवैध कारोबारी छाड्न' नमान्ने एसपीलाई मन्त्रालय झिकाइयो

    वीरगन्ज : पर्साका एसपी डा. राजुबाबु श्रेष्ठ गृह मन्त्रालयमा तानिएपछि चर्को आलोचना भएको छ।   पर्साका कांग्रेसी नेताहरुको सल्लाहबमोजिम काम नगरेपछि मन्त्रालयमा उनीविरुद्ध गुनासो पुगेको थियो। यसपछि छानबिन गर्न भन्दै एसपी श्रेष्ठलाई मन्त्रालयले तानेको हो। गृह मन्त्रालयले मंगलबार बिहान ११ बजे हाजिर हुने गरी आइतबार पर्सा प्रहरीलाई पत्र पठाएको थियो। एसपी श्रेष्ठ सोमबार दिउँसो काठमाडौंको लागि हिँडेका थिए। मंगलबार नै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell