PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

  • काठ तस्कर पक्राउ

    काठ तस्कर पक्राउ

    वीरगंज : पर्साको राष्ट्रिय बन क्षेत्रबाट काठ तस्करी गरी वीरगंज तर्फ आउँदै गरेका एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगंज-१८ भवानीपुरका २३ वर्षीय सन्दीप साह रहेका छन्। उनको साथबाट ना ३५ प ९४५५ नम्बरको मोटरसाइकल र ४२ इन्च मोटाइ र ४ फिट लम्बाईको काठ पनि बरामद गरिएको छ। मंगलवार बिहान करिब ६ बजे पारस चोकमा ईलाका बन कार्यालय सोलखपुरका…

    विस्तृतमा पढ्नुस्

  • ७० वर्षको संघर्षपछि पनि समृद्धि र समानता आएन : मन्त्री यादव

    ७० वर्षको संघर्षपछि पनि समृद्धि र समानता आएन : मन्त्री यादव

    वीरगंज : प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले देशमा पछिल्लो ७० वर्षको अवधिमा पनि समृद्धि र समानता नआएको बताएका छन्। वीरगंजको सामुदायिक क्याम्पसको रुपमा चिनिने हरिखेतान बहुमुखी क्याम्पसको ३८ औं वार्षिकोत्सवमा मन्त्री यादवले २००७ देखि २०७६ सम्म प्रजातन्त्रकै लागि नेपाली जनताले संघर्ष गर्दै आए पनि प्रजातन्त्रका दुई आधार समृद्धि र समानता हाल सम्म महसुस गर्न…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजको एक किराना पसलमा आगलागी हुँदा ४० लाखको क्षति, ३ घण्टापछि आयो नियन्त्रणमा

    वीरगंजको एक किराना पसलमा आगलागी हुँदा ४० लाखको क्षति, ३ घण्टापछि आयो नियन्त्रणमा

    वीरगंज : वीरगंज-६ माईस्थान पार्क नजिक रहेको बिटु किराना स्टोर्सको गोदाममा भएको आगलागी नियन्त्रणमा आएको छ। दिउँसो करिब डेढ बजे विद्युत शर्ट भएर लागेको आगो अग्नि नियन्त्रक, सुरक्षाकर्मी र स्थानीयको प्रयासमा ३ घण्टापछि अपरान्ह ४ बजे नियन्त्रण्मा आएको पर्सा प्रहरीले जनाएको छ। पर्साका प्रहरी नायब उपरीक्षक वीरेन्द्र बहादुर शाहीले वीरगंज महानगरको ३ वटा वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली…

    विस्तृतमा पढ्नुस्

  • अवैध कारोबारको मुद्दा चलिरहँदा तोडियो सुन पसलमा लागेको सिलबन्दी, कारबाहीबाट जोगाउन चलखेल

    अवैध कारोबारको मुद्दा चलिरहँदा तोडियो सुन पसलमा लागेको सिलबन्दी, कारबाहीबाट जोगाउन चलखेल

    वीरगंज : हुन्डी तथा अवैध चाँदी कारोबारको मुद्दा खेपिरहेको वीरगंजको माइस्थानस्थित सुनचाँदी पसल केपी स्वर्णकलामा लगाइएको सिलबन्दी खुलेको छ। पसलका सञ्चालक कन्हैया सुनारविरुद्ध १ अर्ब २८ करोड ४३ लाख ३९ हजारको अवैध कारोबारको मुद्दा चलिरहँदा सिलबन्दी खोलिएको हो।   पर्सा जिल्ला अदालतको आदेशपछि सिलबन्दी खुलेको सुनार परिवारले जनाएको छ। चलिरहेको मुद्दालाई रफादफा गर्न र सञ्चालक कन्हैया सुनारलाई कारबाहीबाट जोगाउन चलखेल…

    विस्तृतमा पढ्नुस्

  • कर छलीमा उद्योगीलाई सहयोग गरेको आशंकामा अडिटर विनोदको फर्ममा राजस्व अनुसन्धानको छापा

    कर छलीमा उद्योगीलाई सहयोग गरेको आशंकामा अडिटर विनोदको फर्ममा राजस्व अनुसन्धानको छापा

    वीरगंज : राजस्व अनुसन्धान कार्यालय पथलैयाको टोलीले वीरगंजका एक लेखा परिक्षकको फर्ममा छापा मारेको छ। वीरगंज–८ पानीटंकीस्थित बिके कर परामर्श केन्द्रमा टोलीले छापा मारी सबै कागजात नियन्त्रणमा लिएको हो। छापा मार्न टोली आएको सूचना पाएपछि फर्मका सञ्चालक तथा अडिटर विनोद मण्डल फरार भएको राजस्व अनुसन्धान कार्यालय पथलैयाका एक अधिकृतले बताए। वीरगंजका केही ठूला उद्योगहरुले गरेको कर, भ्याट छलीमा अडिटर फर्मले…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजका सबै स्कुलमा सेनेटरी प्याड मेसिन राखिदै

    वीरगंजका सबै स्कुलमा सेनेटरी प्याड मेसिन राखिदै

    वीरगंज : वीरगंज महानगरपालिका अर्न्तगतका सबै विद्यालयहरुमा निःशुल्क सेनेटरी प्याड वितरण गर्ने कार्य शुरु गरिएको छ। गतवर्षदेखि शुरु गरिएको उक्त अभियानलाई विद्यालयहरुमा सेनेटरी प्याड मेसिन जडान गरेर निरन्तरता दिने अभियानमा वीरगंज महानगरपालिका जुटेको छ। महानगरपालिकाका सबै माध्यमिक तथा निम्नमाध्यमिक विद्यालयहरुमा सेनेटरी प्याड मेसिन जडान गर्ने कार्य भइरहेको छ। मेयर विजयकुमार सरावगीले गतवर्ष निःशुल्क सेनेटरी प्याड वितरण कार्यक्रम घोषणा गरे अनुसार…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज नाकामा ५ सय मुस्लिम परिवारलाई १९ घण्टा रोक,‘मोदीजस्तै ओली पनि धर्म विरोधी’

    वीरगंज नाकामा ५ सय मुस्लिम परिवारलाई १९ घण्टा रोक,‘मोदीजस्तै ओली पनि धर्म विरोधी’

    वीरगंज : प्रदेश २ को पूर्वी जिल्ला सप्तरीमा शनिवारदेखि हुन लागेको तीन दिने धार्मिक सभा(ईस्तमा)मा नेपाल भारतका हजारौं मुस्लिम समुदाय सप्तरीको यात्रामा निस्केका छन्। धार्मिक प्रचारप्रसार र कुरानबारे चर्चा गर्दै इस्लामिक धर्मावलीहरुलाई संगठित पार्ने सभाको उदेश्य छ। जसमा ट्रयाक्टर, मोटरसाइकल, जीप, भ्यान, ट्रक बसबाट इस्लाम धर्मावलम्बीहरु पुग्ने क्रम जारी छ। तर सरकारको निर्देशनको कारण करिब १९ घण्टा भारतीय इस्लाम धर्मावलम्बीहरु…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा स्क्रबटाइफसबाट पछिल्लो ६ महिनामा ९ जनाको मृत्यु

    वीरगंजमा स्क्रबटाइफसबाट पछिल्लो ६ महिनामा ९ जनाको मृत्यु

    वीरगंज : पछिल्लो ६ महिनाको अवधिमा स्क्रबटाइफसबाट वीरगंजको तराई हस्पिटलमा ९ जनाको मृत्यु भएको छ। पर्सा, बारा, रौतहट र भारतको बिहारका गरी ५८ जनामा यो रोगको संक्रमण देखिएकोमध्ये ३९ जना ठिक भएर घर फर्केको तर ९ जनालाई अस्पताल ढिलो ल्याइएकोले उनीहरुको मृत्यु भएको तराई हस्पिटल एण्ड रिचर्स सेन्टरका चिकित्सक डा राजु कुशवाहले बताए। उनका अनुसार घाँस तथा झारपातमा एउटा चिगर…

    विस्तृतमा पढ्नुस्

  • उखु र माछा खेतीलाई प्राथमिकता दिँदा आलु उत्पादनमा कमी

    उखु र माछा खेतीलाई प्राथमिकता दिँदा आलु उत्पादनमा कमी

    वीरगंज : प्रदेश २ को बारा जिल्लामा गतवर्षको तुलनामा यसवर्ष आलु उत्पादनमा कमी आएको छ। चालु आर्थिक वर्ष २०७६/७७ को सिजनमा २ अर्ब ७ करोड ५९ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख १५ हजार ३ सय मेट्रिक टन आलु उत्पादन भएको हो। गतवर्ष २०७५/७६ मा बारा जिल्लाको कुल ७ हजार ६ सय ६० हेक्टर क्षेत्रफलमा कुल १ लाख १६…

    विस्तृतमा पढ्नुस्

  • गच्छदार गइसके, अब चाँडै गौर काण्डमा उपेन्द्रलाई सरकारले जेल हाल्छ : डा सिके राउत

    गच्छदार गइसके, अब चाँडै गौर काण्डमा उपेन्द्रलाई सरकारले जेल हाल्छ : डा सिके राउत

    वीरगंज : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउतले समाजवादी पार्टीका  राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई सरकारले चाडै जेल हाल्ने अवस्था आइरहेको बताएका छन्। वीरगंजको आदर्शनगरमा आयोजित बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा डा राउतले भने, ‘नेपाली कांग्रेसबाट मधेसवादीमा, फेरी कांग्रेसमा गएका विजयकुमार गच्छदारलाई नेकपाको सरकारले जेल हाल्ने वातावरण बनाइसक्यो, अब पालो उपेन्द्र यादवको हो, चाँडै गौर काण्डमा उनलाई सरकारले जेल…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज नाकामा ६ सय कार होल्ड, आयातकर्ताले १० महिनासम्म छुटाएनन् गाडी

    वीरगंज नाकामा ६ सय कार होल्ड, आयातकर्ताले १० महिनासम्म छुटाएनन् गाडी

    वीरगंज : वीरगंजस्थित दुई भन्सारको तीन वटा नाकामा करिब ६ वटा महंगा गाडीहरु होल्ड भएर बसेका छन्। आयातकर्ताले विदेशबाट बिलासी कार आयात गरी राजस्व नतिर्दा ती कारहरु होल्ड भएर बसेका हुन्। ६ सय कारमा विशेषगरी हुन्डाई, टोयोटा, किया, इसुजु ब्रान्डका कारको संख्या बढी रहेको छ। वीरगंज भन्सारको आइसिपी नाकामा पौने ३ सय, पुरानो वीरगंज भन्सार नाकामा दुई सय र सुक्खा बन्रदरगाह…

    विस्तृतमा पढ्नुस्

  • रोजगारी मेलामा मुख्यमन्त्री राउतले भने, ‘प्रदेश सरकारसँग समन्वय नगरी संस्थाहरुले काम गरे’

    रोजगारी मेलामा मुख्यमन्त्री राउतले भने, ‘प्रदेश सरकारसँग समन्वय नगरी संस्थाहरुले काम गरे’

    वीरगंज : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुले प्रदेश सरकारको समन्वय र सहकार्य बिना काम गरिरहेको आरोप लगाएका छन्। शनिवार वीरगंजको त्रिजुद्ध माध्यमिक विद्यालयमा प्रदेश २ मै पहिलो पटक आयोजना भएको वृत्ति परामर्श तथा रोजगार मेलाको उदघाटन कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। प्रदेश सरकारको सहकार्य र समन्वय बिनानै सबै संस्थाहरुले कार्यक्रम चलाएका कारण अपेक्षाकृत…

    विस्तृतमा पढ्नुस्

  • जिपी कोइराला गोल्ड कपको उपाधि सप्तरीलाई

    जिपी कोइराला गोल्ड कपको उपाधि सप्तरीलाई

    वीरगंज : वीरगंजमा भएको प्रदेशस्तरीय ‘गिरिजाप्रसाद (जिपी) कोइराला प्रथम गोल्ड कप’ जिल्ला फुटबल संघ सप्तरीले जितेको छ। अदर्शनगर रंगशालामा शनिवार भएको फाइनलमा बारालाई २-० गोल अन्तरले पराजित गर्दै सप्तरीले उपाधि उचालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा दुवै टिम आक्रमक देखिए। सप्तरीका लागि उज्ज्वल सिंह सेवा र देवस श्रेष्ठले गोल गरेका थिए। बाराले गोल गर्ने धेरै प्रयास…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा रोजगारी मेला : एउटै थलोमा अन्तर्वार्ता र नोकरीको अवसर

    वीरगंजमा रोजगारी मेला : एउटै थलोमा अन्तर्वार्ता र नोकरीको अवसर

    वीरगंज : दक्ष तथा योग्य जनशक्तिको लागि आगामी शनिवार वीरगंजको त्रिजुद्ध स्कुलमा वृत्ति परामर्श तथा रोजगारी मेला आयोजना हुने भएको छ। वीरगंज महानगरपालिकाको मुख्य आयोजनामा बिहान ९ बजेदेखि ५ बजेसम्म चल्ने रोजगारी मेलाको विषयमा बिहीवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो। सो अवसरमा वीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगीले स्थानीय रूपमा दक्ष जनशक्ति उत्पादन गर्नको लागि विभिन्न तालिम तथा सीपको अवसर…

    विस्तृतमा पढ्नुस्

  • ‘जिपी कोइराला गोल्ड कप’को फाइनलमा सप्तरी र बारा भिड्ने

    ‘जिपी कोइराला गोल्ड कप’को फाइनलमा सप्तरी र बारा भिड्ने

    वीरगंज : वीरगंजमा जारी ‘प्रथम गिरिजाप्रसाद कोइराला गोल्ड कप’को शनिवार हुने फाइनल खेलमा जिल्ला फुटबल संघ सप्तरी र बारा भिड्ने भएका छन्। प्रदेश २ को ८ जिल्लालाई समेटेर प्रदेशस्तरीय प्रतियोगिताको पहिलो सेमिफाइनलमा सप्तरीले महोत्तरीलाई र दोस्रो सेमिफाइनलमा बाराले ट्राइबेकरमा धनुषालाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन्। बाराले धनुषालाई ट्राइबेकरमा ४-१ गोल अन्तरले हरायो। ९० मिनेटको निर्धारित समय गोलरहित बराबरीमा…

    विस्तृतमा पढ्नुस्

  • संकटमा नेपाली मसला उद्योग : आयातमा भन्सार महसुल कम हुँदा २ अर्बको लगानी धराशायी बन्दै

    संकटमा नेपाली मसला उद्योग : आयातमा भन्सार महसुल कम हुँदा २ अर्बको लगानी धराशायी बन्दै

    वीरगंज : नेपालमा सञ्चालनमा रहेका साना तथा ठूला मसला उद्योग संकटमा परेको व्यसायीहरुले बताएका छन्। सरकारको अव्यवहारिक नीतिको कारण तरकारी तथा नुडल्सको लागि उत्पादन हुने मसला उद्योग संकटमा परेको व्यवसायीहरुले बताएका हुन्। एसियन स्पाइसेस एण्ड फुड प्याकेजिङ उद्योग विराटनगरद्वारा वीरगंजमा आयोजित बिक्रेता भेटघाटमा व्यवसायीहरुले यस्तो गुनासो गरेका हुन्। उद्योगको ब्रान्ड मार्केटिङ गर्ने एभेरेस्ट सेल्स एण्ड मार्केटिङ कम्पनी प्रालिका प्रबन्ध निर्देशक…

    विस्तृतमा पढ्नुस्

  • पप्पु/समा कम्पनीले निर्माण गरेको पुल २ वर्षपछि आयो सञ्चालनमा

    पप्पु/समा कम्पनीले निर्माण गरेको पुल २ वर्षपछि आयो सञ्चालनमा

    वीरगंज : पर्साको वीरगंज महानगरपालिका वडा नम्बर ३१ बेल्वा-मुसैली सडकखण्डमा निर्माण भएको पक्की पुल दुई वर्षपछि सञ्चालनमा आउन लागेको छ। पर्सा क्षेत्र नम्बर १ का संघीय सांसद प्रदिप यादवको पहलमा उक्त पुल सञ्चालनमा आउन लागेको हो। २०७२ साल कात्तिकदेखि पक्की पुलको निर्माण कार्य शुरु भई २०७४ सालमा पुलको काम सम्पन्न भएको थियो। तर पुललाई जोडने दुवै तर्फको छेउमा स्थानीयको निजी…

    विस्तृतमा पढ्नुस्

  • फागुन १ गतेदेखि वीरगंजमा दादुरा रुबेला खोपको शिविर सञ्चालन हुँदै

    फागुन १ गतेदेखि वीरगंजमा दादुरा रुबेला खोपको शिविर सञ्चालन हुँदै

    वीरगंज : वीरगंज महानगरपालिकाले महानगरका ३२ वटै वडामा आगामी फागुन १ गतेदेखि दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको छ। महानगरमा फागुन १ देखि १३ गतेसम्म २ चरणमा खोप अभियान सञ्चालन गर्न लागिएको हो। वीरगंज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक महाशाखाले आयोजना गरेको नगर खोप समन्वय समिति, संचारकर्मी र सरोकारवालासँगको छलफल तथा अन्तर्क्रिया कार्यक्रममा खोप अभियानको बारेमा जानकारी गराएको हो।…

    विस्तृतमा पढ्नुस्

  • बालविवाह र दाइजो प्रथा रोक्न बारामा नाटक प्रदर्शन

    बालविवाह र दाइजो प्रथा रोक्न बारामा नाटक प्रदर्शन

    वीरगंज : बारा प्रहरीले बारामा बालविवाह, दाइजो प्रथा, बहुविवाह तथा लैंगिकहिंसा न्यूनिकरणको लागि जनचेतनामूलक नाटक तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ। समुदाय-प्रहरी साझेदारी कार्यक्रम महागढीमाई नगरपालिका वडा नम्बर १ स्थित गढीमाई मन्दिरको परिसरमा भएको कार्यक्रममा करिब २ हजार जना दर्शकले अवलोकन गरेका थिए। बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले समाजमा सामाजिक विकृति रुपी बालविवाह, दाइजो, बहुविवाह र लैंगिकहिंसा जस्ता कुरा…

    विस्तृतमा पढ्नुस्

  • जिपी कोइराला गोल्ड कप : सिराहालाई हराउँदै सप्तरी फाइनलमा

    जिपी कोइराला गोल्ड कप : सिराहालाई हराउँदै सप्तरी फाइनलमा

    वीरगंज : वीरगंजमा जारी ‘जिपी कोइराला गोल्ड कप’ प्रदेश स्तरीय फुटबल प्रतियोगिता सप्तरी जिल्ला फुटबल संघ फाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताको प्रथम सेमिफाइनल खेलमा सिराहालाई २-१ गोलले पराजित गर्दै सप्तरीले फाइनलको यात्रा तय गरेको हो। खेलको म्यान अफ द म्याच सप्तरीका सुसिल यादल भए। माघ २५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश २ का आठ वटै जिल्लाका जिल्ला फुटबल संघका टिमले भाग…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell