PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • चुनावबारे विप्लवको ढुलमुले नीति, न पूर्ण सहभागिता न त बहिष्कार

    चुनावबारे विप्लवको ढुलमुले नीति, न पूर्ण सहभागिता न त बहिष्कार

    काठमाडौँ: निर्वाचन उपयोग र बहिष्कारको नीतिबारे यतिबेला नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विवादमा तानिएको छ। गत चैत ३ देखि १३ गतेसम्म कपिलवस्तुको शिवगढीमा सम्पन्न पार्टीको १२औं पूर्ण बैठकले निर्वाचनमा सहभागी नहुने निर्णय त गर्‍यो। तर, यसपटक निर्वाचनलाई बहिष्कार गर्ने निर्णय गर्न सकेन। केन्द्रीय कमिटीको बैठकमा पेश भएको राजनीतिक प्रतिवेदनबाट विवाद उत्पन्न भएको नेकपामा अहिले चुनावमा सहभागी हुने र…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धन हुँदा लुम्बिनी प्रदेशका चार उपमहानगरमा कसको पल्ला भारी?

    गठबन्धन हुँदा लुम्बिनी प्रदेशका चार उपमहानगरमा कसको पल्ला भारी?

    काठमाडौं : स्थानीय तहको निर्वाचन हुन २३ दिन बाँकी छ। स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरुले उम्मेदवारको अन्तिम टुंगो लगाइसकेका छैनन्। यसपटक स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन र एमाले नेतृत्वमा साना दलको गठबन्धन बिच प्रतिस्पर्धा हुँदैछ। सत्तारुढ गठबन्धनले ६ महानगरपालिकाको भागबन्डा टुंग्याइसकेका छन्। उपमहानगरपालिकाको भागबन्डा टुंग्याउन छलफल चलिरहेको छ। गठबन्धनभित्र जनकपुर र नेपालगञ्ज महानगरपालिकामा मागबन्डा मिलेको छैन। बाँकी ९ उपमहानगरपालिकामा…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानी प्रधानमन्त्रीको रंगीन जीवन : विवाह पाँच जनासँग, क्रान्तिकारी दुर्रानी बन्दै 'फस्ट लेडी'

    पाकिस्तानी प्रधानमन्त्रीको रंगीन जीवन : विवाह पाँच जनासँग, क्रान्तिकारी दुर्रानी बन्दै 'फस्ट लेडी'

    पाकिस्तानका प्रधानमन्त्री शेहवाज सरिफ पाकिस्तानको राजनीतिकसँगसँगै व्यवसायीक घरनाका हुन्। उनको परिवारको नाममा इत्तेफाक समूह र सरिफ समूह गरी दुई वटा व्यसायिक समूह छन्। इत्तेफाक समूह उनका पिता मियान मुहम्मद सरिफीले स्थापना गरेका हुन्। यो समूहले स्वास्थ्य क्षेत्रका साथै स्टिल उत्पादनमा काम गर्छ। त्यस्तै सरिफ समूहले कृषि उत्पादनको क्षेत्रका उद्योगको सञ्चालन गर्छ। पञ्जावको मुख्यमन्त्रीको रुपमा तीन पटक त्यहाँको सत्तामा रहेका उनी…

    विस्तृतमा पढ्नुस्

  • सपनाको बीउ बेच्ने मुनीबहरु

    सपनाको बीउ बेच्ने मुनीबहरु

    विधुर ढकाल- तयारी हुँदै छ रे यहाँ डाक्न बाउसे र रोपहारहरु रोगको नाममा भोकको नाममा शोकको नाममा फगत आश्वासनको बीउ बाँडेर गर्नका लागि सपनाको खेती   फेरि बाँडिदैछन् रे बस्तीहरुमा तीनपानेका प्यालाहरु पञ्च वर्षे ह्याङ उतार्न तिर्खाएका आँतहरु लठ्याउन र लिइँदै छ रे औँठा छाप चुनाउको नाममा   फेरि एकपटक सत्ताको भर्‍याङ चढ्ने दाउमा फेरि एकपटक देश खोक्र्याउने चाहनामा र…

    विस्तृतमा पढ्नुस्

  • बितेको वर्षमा कस्तो रह्यो नेपालको कूटनीतिक उपस्थिति? कोभिड र एमसीसीको छायाँमा परराष्ट्र मामिला

    बितेको वर्षमा कस्तो रह्यो नेपालको कूटनीतिक उपस्थिति? कोभिड र एमसीसीको छायाँमा परराष्ट्र मामिला

    काठमाडौं : वर्ष २०७८ मा कोभिड-१९ र राजनीतिक खिचातानीको छायाँ नेपाली कुटनीतिमाथि परिरह्यो। कोभिड-१९ महामारीसँगै विश्वव्यापी रुपमा देखिएको शक्ति संघर्षमा नेपाल वर्षको सुरुवातमै तानियो। नयाँ वर्ष लाग्दै गर्दा नेपाललाई भारतीय तथा पश्चिमा जगतले चीनसँगको रक्षा साझेदारीमा जोडे 'हिमालय क्वाड'को रुपमा। वर्ष २०७७ सँगै २०७८ मा विश्वभर 'भ्याक्सिन डिप्लोमेसी'ले प्राथमिकता पायो। विश्व शक्ति राष्ट्रहरुले कमजोर स्वास्थ्य पूर्वाधार र आर्थिक अवस्था भएका…

    विस्तृतमा पढ्नुस्

  • श्रीलंकाको आर्थिक संकटको नालीबेली : परिवारवाद र भ्रष्टाचारले गिजोलेको अर्थतन्त्र

    श्रीलंकाको आर्थिक संकटको नालीबेली : परिवारवाद र भ्रष्टाचारले गिजोलेको अर्थतन्त्र

    काठमाडौं : दक्षिण एसियाको टापु राष्ट्र श्रीलंका यतिबेला गम्भिर आर्थिक संकटबाट गुज्रिरहेको छ। श्रीलंकालाई उदाहरण दिँदै नेपालमा पनि अर्थतन्त्र धारासायी हुने भन्दै चिन्ता र चासो व्यक्त हुन थालेका छन्। नेपालको अर्थिक अवस्थालाई लिएर श्रीलंकासँग दाँज्न थालिएको छ। दुई करोड २० लाख जनसंख्या भएको श्रीलंकामा अत्यावश्यक सामाग्रीहरुको अभाव देखिँदै छ। औषधिको अभाव देखिएसँगै स्वास्थ्य संकटकालसमेत लगाइसकिएको छ। श्रीलंकन मेडिकल काउन्सिलले राष्ट्रपति…

    विस्तृतमा पढ्नुस्

  • ‘तीर्थाटन’ मा प्रधानमन्त्री देउवा, भारत भ्रमणको उपलब्धि के?

    ‘तीर्थाटन’ मा प्रधानमन्त्री देउवा, भारत भ्रमणको उपलब्धि के?

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा दक्षिणी छिमेकी भारतको तीन दिने भ्रमण सकेर आज स्वदेश फर्किँदै छन्। औपचारिक भ्रमणका लागि शुक्रवार भारत पुगेका प्रधानमन्त्री देउवा आइतवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी क्षेत्र वाणरसी पुगेका छन्। त्यहाँ देउवासहित पत्नी आरजु देउवा र मन्त्रीहरुलेले कालभैरव, रामजानकी मन्दिरसहित अन्य मठमन्दिरमा समेत पूजा गरे। देउवालाई त्यहाँ उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका छन्।  भारत भ्रमणका क्रममा प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ विदेश मन्त्रीको ३ दिने भ्रमणका ३ सन्देश, फर्किए हिमालपारिका पाहुना

    चिनियाँ विदेश मन्त्रीको ३ दिने भ्रमणका ३ सन्देश, फर्किए हिमालपारिका पाहुना

    काठमाडौं : शुक्रवार तीन दिने नेपाल भ्रमणमा आइपुगेका चिनियाँ विदेश मन्त्री वाङ यी फर्किएका छन्। दक्षिण एसियाली देशहरुको भ्रमणमा निस्किएको एक सातापछि नेपाल आइपुगेका चिनियाँ स्टेट काउन्सिलर वाङले पहिलो गन्तव्य पाकिस्तानलाई बनाए। चाइना-पाकिस्तान इकोनमिक करिडोर (सिपेक) मार्फत् दुई देशले महत्त्वपूर्ण साझेदारी गरिरहेका छन्। पाकिस्तानमा पुगेर विश्वका मुस्लिम राष्ट्रहरुका विदेश मन्त्रीको सम्मेलनमा सहभागिता जनाए। त्यसपछि उनी अफगानिस्तान पुगे। अफगानिस्तान हुँदै दिल्लीमा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा हिमाल पारीका पाहुना : चासो ट्रान्स हिमालय मल्टिडाइमेन्सनल कनेक्टिभिटी

    काठमाडौंमा हिमाल पारीका पाहुना : चासो ट्रान्स हिमालय मल्टिडाइमेन्सनल कनेक्टिभिटी

    काठमाडौं : चिनियाँ स्टेट काउन्सलर एवम् विदेश मन्त्री वाङ यी तीन दिने भ्रमणका लागि आज काठमाडौं ओर्लिएका छन्। दक्षिण एसियाली देशको भ्रमणमा निस्किएका उनी चौथो गन्तव्यको रुपमा नेपाल ओर्लिएका हुन्। पाकिस्तान हुँदै अफगानिस्ता पुगेर बिहीवार साँझ नयाँ दिल्ली पुगेका थिए वाङ। उनको भ्रमण नेपाललमा अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधिसभाबाट अनुमोदन भएको एक महिनाको अन्तरालमा भएकोले सबैले चासो व्क्तय गरेका…

    विस्तृतमा पढ्नुस्

  • राहदानीका लागि राजधानीको कष्टपूर्ण दैनिकी : किन पाइरहेका छैनन् सजिलै बनाउन?

    राहदानीका लागि राजधानीको कष्टपूर्ण दैनिकी : किन पाइरहेका छैनन् सजिलै बनाउन?

    काठमाडौं : आइतवार बिहान ६ बजे। राजधानीको त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा भेटिए ओखलढुंगा चम्पादेवी गाउँपालिका वडा नं. ५ का कुमार दर्नाल। छोरा नवीनको राहदानी बनाउन उनी यहाँ धाइरहेका रहेछन्। जिल्ला प्रशासन कार्यालयको सिफारिससहित फागुन ११ गते काठमाडौं ओर्लिएका हुन् उनी। आइतवार २९ गतेसम्म काठमाडौंमा होटलमै बसेर छोराको राहदानी बन्ला र लिएर फर्कौँला भनेर कुरिरहेका थिए उनी। तर, हातमा राहदानी कहिले पर्छ?…

    विस्तृतमा पढ्नुस्

  • महाधिवेशनमा पारित प्रस्ताव लत्याएको भन्दै माओवादीभित्र चर्को असन्तुष्टि, सोसल मिडियामा प्रश्न : जुत्ता हान्ने कहिले?

    महाधिवेशनमा पारित प्रस्ताव लत्याएको भन्दै माओवादीभित्र चर्को असन्तुष्टि, सोसल मिडियामा प्रश्न : जुत्ता हान्ने कहिले?

    काठमाडौं : अमेरिकी परियोजना 'एमसीसी'को विषयमा नेकपा माओवादीले लिएको निर्णयलाई लिएर माओवादी भित्रका नेताहरु विरोधमा उत्रिएका छन्। सत्तारुढ गठबन्धनले अमेरिकी सहयोग कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँग भएको सम्झौतालाई प्रतिनिधिसभाबाट पारित गर्न सत्तारुढ गठबन्धनले निर्णय गरेपछि यसको विरोधमा माओवादी केन्द्रका नेताहरु उभिएका छन्। बालुवाटारमा आइतवार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने सहमति भएको थियो।  'व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्न हामी सबै सहमत…

    विस्तृतमा पढ्नुस्

  • सन्तुलन गुमाउँदै नेपालको कुटनीति : नेपाल मामिलामा शक्ति राष्ट्र भिड्दा 'भ्याकुम'मा नियोगहरु

    सन्तुलन गुमाउँदै नेपालको कुटनीति : नेपाल मामिलामा शक्ति राष्ट्र भिड्दा 'भ्याकुम'मा नियोगहरु

    काठमाडौं : नेपालमा अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)सँग भएको मिलेनियम च्यालेन्ज अकाउन्ट कम्प्याक्ट (एमसीए कम्प्याक्ट) को विषय अहिले सडकमा पुगेको छ। प्रतिनिधिसभा बैठकमा एमालेको निरन्तरको अवरोध, अर्कोतिर सत्ता गठबन्धनकै दलहरुको विरोधका कारण अलपत्र एमसीए कम्प्याक्ट अनुमोदनका लागि संसद सचिवालयमा दर्ता भएको सूचना ३२ महिना पछि टेवल भएको छ।  तत्कालीन अर्थमन्त्रीले पेश गरेको सूचना टेवल गराउन हालका अर्थमन्त्री भने संसद बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीको चेपमा सबै दल : पक्ष पनि विभाजित, विरोधी पनि छैनन् एक

    एमसीसीको चेपमा सबै दल : पक्ष पनि विभाजित, विरोधी पनि छैनन् एक

    काठमाडौं : अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँग भएको एमसीए कम्प्याक्टमा नेपाल दुई ध्रुवमा विभाजित भएको छ।  एमसीसीको मामिलामा जसरी नेपालको राजनीति दुई ध्रुवमा विभाजन भएको छ- त्यसैगरी पक्ष विपक्ष नै एकै स्वरमा आवाज उठाउन असफल छन्। सडकमा पोखिएको विरोधका स्वर पनि एकनासे सुनिँदैन। अर्कोतिर समर्थन पक्ष पनि एक ढिक्का भएर उत्रिन सकेका छैनन्।  एमसीसीलाई हुबहु पारित हुनुपर्छ भन्ने नेपाली…

    विस्तृतमा पढ्नुस्

  • पार्टी सरकारमा, भातृ संगठन सडकमाः प्रदर्शनकारी र प्रहरीबीच दिनभर चल्यो धक्कामुक्का

    पार्टी सरकारमा, भातृ संगठन सडकमाः प्रदर्शनकारी र प्रहरीबीच दिनभर चल्यो धक्कामुक्का

    काठमाडौं :बुधबार अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको एमसीए कम्प्याक्ट प्रतिनिधि सभामा पेश गर्ने तयारीमा सरकार थियो। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले मंगलबार नै संसदीय दलबाट सम्झौता पेश गर्ने निर्णय गरेको थियो।  बुधबार १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको थियो। सम्झौता पारितको तयारी गरेको भन्दै नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा, मोहन वैद्य 'किरण' नेतृत्वको नेकपा (क्रान्तिकारी…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीमा दबाब दिँदै अमेरिका

    एमसीसीमा दबाब दिँदै अमेरिका

    काठमाडौँ: अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँग भएको एमसीए कम्प्याक्ट संसदबाट अनुमोदन गर्न अमेरिकाले नेपाल माथि दबाब दिएको छ। गत सातामात्र एमसीसीकी उपाध्यक्ष फतिमा सुमारले सञ्चारकर्मीसँग भर्चुअल अन्तर्क्रिया गरी नेपालको मिडिया क्षेत्रमार्फत नेपाल सरकारलाई दबाब दिने प्रयास गरिन्। त्यसको अर्को दिन अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ दल…

    विस्तृतमा पढ्नुस्

  • संसदको अंक गणित : के होला प्रधानन्यायाधीशविरुद्धको महाभियोग?

    संसदको अंक गणित : के होला प्रधानन्यायाधीशविरुद्धको महाभियोग?

    काठमाडौं : सत्तारुढ गठबन्धनले 'छापामार' शैलीमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराएसँगै त्यसको असर के हुन्छ भन्ने चासो सबैमा छ। आइतवार बिहान कार्यालय खुलेसँगै सत्तारुढ गठबन्धनका ठूला तीन दलका सांसदहरुको हस्ताक्षरसहित प्रधानन्यायाधीश विरुद्ध संसद सचिवालयमा महाअभियोग दर्ता भएको थियो।  नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का सांसदहरु पुष्पा भुसाल, देव गुरुङ र जीवनराम श्रेष्ठको नेतृत्वमा…

    विस्तृतमा पढ्नुस्

  • नेपालकै कथा बोल्ने भुटानी विद्यालयमाथिको फिल्म ‘लुनाना : याक इन दी क्लासरुम’ जुन यतिखेर ओस्कर यात्रामा छ

    नेपालकै कथा बोल्ने भुटानी विद्यालयमाथिको फिल्म ‘लुनाना : याक इन दी क्लासरुम’ जुन यतिखेर ओस्कर यात्रामा छ

    अत्याधिक जाडो र हिमपात सुरु भएसँगै उपल्लो मुस्ताङका विद्यालयहरु बेसी झर्न थालेका छन्। हिमपातसँगै विद्यालय नै हिमले ढाकिँदा त्यहाँका अधिकांश विद्यालयहरु घुम्ती विद्यालयमा परिणत हुन्छन् र जाडोमा पोखरा झर्छन्। गर्मी सुरु भएसँगै लेक उक्लिन्छन्। यस वर्ष पनि वार्षिक परीक्षा अगावै मुस्ताङसहित मनाङ, र अन्य हिमाली जिल्लामा विद्यालयहरु बन्द भएका छन्। जाडो अगावै त्यहाँका विद्यालयहरु वार्षिक परीक्षा सकाएर बिदा गर्ने गरे…

    विस्तृतमा पढ्नुस्

  • ‌ओलीले गिजोलेको एमसीसी एकीकृत समाजवादीको राजनीतिक अस्त्र बन्दै

    ‌ओलीले गिजोलेको एमसीसी एकीकृत समाजवादीको राजनीतिक अस्त्र बन्दै

    काठमाडौं : यतिबेला सत्तारुढ दलको नेतृत्व गरिरहेको नेपाली कांग्रेस मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अमेरिकी परियोजना जसरी पनि अनुमोदन गराउने धुनमा लागेको छ। ५०० मिलियन डलर बराबरको एमसीसी अनुदान फागुन १६ भित्र अनुमोदन हुनुपर्ने भनिएको छ। संसदबाट यो परियोजना अनुमोदन गराउन कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चौतर्फी प्रयास गरिरहेका छन्।  यसका लागि कांग्रेसले कार्यसम्पादन समितिमै छलफल गरिसकेको छ। सत्ता गठबन्धनका सारथि माओवादी…

    विस्तृतमा पढ्नुस्

  • ओमोक्रन पुष्टि भएयता विश्वभर पाँच लाखको मृत्यु, नेपालमा सव भेरियन्ट बीए.२ को संक्रमण फैलिँदै

    ओमोक्रन पुष्टि भएयता विश्वभर पाँच लाखको मृत्यु, नेपालमा सव भेरियन्ट बीए.२ को संक्रमण फैलिँदै

    काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ओमोक्रनका थप संक्रामक रुपहरु विश्वभरी नै फैलिन सक्ने जनाएको छ। यद्यपि, यस्ता कोभिड-१९ का सव भेरियन्टले यसअघि ओमोक्रनबाट संक्रमित भइसकेकाहरुलाई पुन: संक्रमण गर्छ कि गर्दैन भन्ने अझै स्पष्ट भइसकेको छैन। डब्लुएचओको कोभिड-१९ सम्बन्धि प्राविधिक टोलीकी प्रमुख मारिया भान केर्खोभले ओमोक्रनका चारवटा रुपहरु विश्वभरी ट्र्याक गरिएको मंगलवार जानकारी दिएकी थिइन्। जसमध्ये सव भेरियन्ट बीए.२ हाल देखिइरहेको सव भेरियन्ट…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगमा राजनीतिक दल : एक वर्षमा थपिए १७ दल, दुई दर्जन कम्युनिस्ट पार्टी

    निर्वाचन आयोगमा राजनीतिक दल : एक वर्षमा थपिए १७ दल, दुई दर्जन कम्युनिस्ट पार्टी

    काठमाडौं : सरकारले ३० वैशाखमा स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निर्वाचन आयोगलाई सिफारिस गरिसकेको छ। निर्वाचन कार्यतालिका बनाउन निर्वाचन आयोग व्यस्त छ। यसबिच निर्वाचन आयोगमा १ सय ३ दल अद्यावधिक भएका छन्। पछिल्लो १ वर्षमा मात्र १७ राजनीतिक दल थपिएका छन्। २०७७ माघ यताको एक वर्षमा १६ नयाँ दल निर्वाचन आयोगमा दर्ता भएका हुन्। जसमध्ये भदौ यता मात्र ८…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell