PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • प्रधानमन्त्रीको रुट नपरेको एउटा सडकको हेर्नुस् हाल

    प्रधानमन्त्रीको रुट नपरेको एउटा सडकको हेर्नुस् हाल

    काठमाडौं : यो हो चाबहिलको सडक। यो सडकबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई ओहर दोहर गर्न पर्दैन। त्यसैले यो सडक बनाउन सडक विभाग तातिहाल्नुपर्दैन। कहिले विद्युत प्राधिकरणलाई दोष दियो त कहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड। सडक विभागले अरुतिर औला तेर्‍स्याउन थालेको वर्षौं बितिसक्यो। सडक विस्तारका नाममा भत्काउने काममा जति हतारो हुन्छ, बनाउनेमा त्यसको आधामात्र भएको भए पनि चाबहिलको यो कुरुप स्वरुप…

    विस्तृतमा पढ्नुस्

  • कालोपत्रे गर्न सडक सफा गर्दा धुलोले ढाकियो पुतलीसडक

    कालोपत्रे गर्न सडक सफा गर्दा धुलोले ढाकियो पुतलीसडक

    काठमाडौं : पुतलीसडक क्षेत्रमा सडक कालोपत्रे गर्ने कार्य थालिएको छ। कालोपत्रे गर्नुअघि आज सडकको धुलो सफा गरिएको थियो। सोही कारण आज पुतलीसडक धुलोले ढाकिएको थियो। सो सडक भएर आवतजावत गर्ने पैदल यात्रुलाई धुलोको कारण सास्ती भएको थियो। ढल निर्माण गर्ने क्रममा भत्काइएको सडक कालोपत्र गर्न शुरु गरिएको हो। आज धुलो सफा गरेर १/२ दिनमा कालोपत्रे गरिसकिने बताइएको छ।

    विस्तृतमा पढ्नुस्

  • अनशनरत डा केसीको समर्थनमा नाटक तथा चित्रकला प्रदर्शनी

    अनशनरत डा केसीको समर्थनमा नाटक तथा चित्रकला प्रदर्शनी

    काठमाडौं : अनशनरत डा गोविन्द केसीको समर्थनमा पाटन दरबार स्क्वायर डबलीमा नाटक तथा चित्रकला प्रदर्शनी गरिएको छ। ‘सोलिडारिटी फर डा गोविन्द केसी अलायन्स’को आयोजनामा सो नाटक तथा चित्रकला प्रदर्शनी भएको हो। जुम्लाबाट अनशन शुरु गरेका डा केसी अहिले त्रिवि शिक्षण अस्पतालमा छन्। मेडिकल शिक्षामा सुधारको माग गर्दै डा केसीले १९ औं पटकको अनशन शुरु गरेका हुन्। ‘सोलिडारिटी फर डा गोविन्द…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा सातौं महिनामा खुल्यो स्कुल, सम्भव छ यो कहरमा सञ्चालन गरिरहन?

    काठमाडौंमा सातौं महिनामा खुल्यो स्कुल, सम्भव छ यो कहरमा सञ्चालन गरिरहन?

    मास्क छ नानी? छ…छ ममी। सुदीक्षा नेपाल ठूलो स्वरले कराउँदै घरबाट निस्किन्। निकै फुरुङ थिइन् उनी। उनको खुशीको कारण अरु केही थिएन। ६ महिनापछि पहिलै झैँ ब्याग बोकेर स्कुल जान पाउनु नै रमाइलोको कारण बन्यो। कोभिड १९ सङ्क्रमणको जोखिमबाट बच्नका लागि सरकारले चैत ११ गतेबाट लकडाउन घोषणा गरेयता स्कुलको पढाई ठप्प। १२० दिनसम्म त लकडाउन नै जारी रह्‍यो। केही व्यापार…

    विस्तृतमा पढ्नुस्

  • झरीका बीच डा केसीको समर्थनमा भएको आजको प्रदर्शनका केही झलक

    झरीका बीच डा केसीको समर्थनमा भएको आजको प्रदर्शनका केही झलक

    काठमाडौं : डा गोविन्द केसीको समर्थनमा माइतीघरमा बिहीवार पनि प्रदर्शन गरिएको छ। ‘सोलिडारिटी फर डा गोविन्द केसी एलायन्स’ले बिहीवार पनि माइतीघरमा प्रदर्शन गरेको हो। जुम्लाबाट अनशन शुरु गरेका डा केसी अहिले त्रिवि शिक्षण अस्पतालमा छन्। बिहीवार दिनभर झरी परेको भएपनि युवाले डा केसीको माग पूरा गर्न भन्दै प्रदर्शन गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • लाचार सत्ताले निम्त्याएको दर्दनाक दृष्य : मध्यरातको झरीमा रुझ्दै परीक्षणको प्रतीक्षा, ४ दिनदेखि लेमुलहरुको उस्तै दु:खद् दैनिकी

    लाचार सत्ताले निम्त्याएको दर्दनाक दृष्य : मध्यरातको झरीमा रुझ्दै परीक्षणको प्रतीक्षा, ४ दिनदेखि लेमुलहरुको उस्तै दु:खद् दैनिकी

    एक्कासी पानी दर्किन थालिहाल्यो। असोजको पहिलो साता सकिँदै गर्दाको यो रातमा पानीले निथ्रुक्क भिज्नुपर्दा चिसो कति गहिरोसँग बढेछ भन्ने अनुभूति गर्न समय नै लागेन। लुगलुग कमाउने भइसकेछ। यो झरी अझै केही दिन कायम रहने बताइएको छ। यही झरीलाई झेलिरहेका उनीहरु टेकुमा लाइन मिचिएला भन्ने डरले छातामा ओत लागिरहेका छन्। उनीहरु अर्थात् देशका भूइँमान्छे। बिहानको २ बजेको यो झरीमा म टेकुमा…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको निगरानीमा ट्रमाभित्र डा गोविन्द केसी, समर्थकलाई रोक्न प्रहरीको पहरा

    प्रहरीको निगरानीमा ट्रमाभित्र डा गोविन्द केसी, समर्थकलाई रोक्न प्रहरीको पहरा

    काठमाडौं: अनशनरत डा. गोविन्द केसीलाई प्रहरीले कडा सुरक्षाका साथ वीर अस्पतालको ट्रमा सेन्टरमा राखेको छ। नेपालगन्जबाट टिचिङ अस्पताल हिँडेका केसीलाई प्रहरीले जबरजस्ती ट्रमा सेन्टर लगेको हो। जुम्लामा ८ दिनसम्म अनशन बसेका केसी सोमवार नेपालगञ्ज आएका थिए भने मंगलवार काठमाडौं। त्रिभुवन विमानस्थलबाट उनलाई प्रहरीले सीधै ट्रमा सेन्टरमा लिएको हो। उनले आफू त्रिवी शिक्षण अस्पतालमा जाने बताए पनि प्रहरीले कोभिड-१९ को संक्रमणको कारण देखाएर…

    विस्तृतमा पढ्नुस्

  • ६ महिनापछि आन्तरिक टर्मिनलमा चहलपहल : आउजाउ गर्नेको देखियो भिड, छैन सुरक्षा मापदण्डको पालना

    ६ महिनापछि आन्तरिक टर्मिनलमा चहलपहल : आउजाउ गर्नेको देखियो भिड, छैन सुरक्षा मापदण्डको पालना

    काठमाडौं : झण्डै ६ महिनाको निषेधपछि आजबाट आन्तरिकतर्फका निजी वायु सेवा कम्पनीहरुले व्यवसायिक उडान शुरु गरेको छ। भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले चैत ११ गतेदेखि लकडाउन गरेको वायुसेवालाई संचालन गर्न दिने निर्णय गरेको थियो। निजी वायुसेवा कम्पनीले कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनगर गर्दै सुरक्षित तरिका अपनाएर मात्र यात्रुलाई सेवा दिने भनिए पनि सुरक्षाको मापदण्ड भने अपनाइएको देखिँदैन। विमानस्थलमा भिड देख्न सकिन्छ…

    विस्तृतमा पढ्नुस्

  • तस्विरमा वाग्मतीमा विश्वकर्मा विसर्जन

    तस्विरमा वाग्मतीमा विश्वकर्मा विसर्जन

    काठमाडौं : विश्वकर्माको पूजा गरि आज मूर्तिलाई वाग्मती नदीमा विर्सजन गरिएको छ। असोज १ गते श्रम र शिल्पाको सम्मानमा आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा गरिएको थियो। विश्वकर्मा पूजा गरेको भोलिपल्ट नदीमा लगेर मूर्तिलाई विसर्जन गर्ने परम्परा रहेको छ। यसपटक कोरोना संक्रमणका कारण विश्वकर्मा पूजा समेत प्रभावित बन्यो। आजको दिन सयौं मूर्तिहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • अब वामदेव पनि सांसद : शपथमा खोले मास्क, खुल्यो मुस्कान

    अब वामदेव पनि सांसद : शपथमा खोले मास्क, खुल्यो मुस्कान

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्यको शपथ लिएका छन्। राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले उनलाई शपथ खुवाएका हुन्। बर्दिया १ बाट प्रतिनिधि सभा निर्वाचनमा काँग्रेस नेता सञ्जयकुमार गौतमसँग पराजित गौतम पटक पटकको प्रयासपछि राष्ट्रिय सभाका सांसद बनेका हुन्। शपथ कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीबाहेक अधिकांश शीर्ष नेताहरु सहभागी थिए। वामदेवलाई बधाई दिन…

    विस्तृतमा पढ्नुस्

  • १ सय ७८ दिनपछि लामो दुरीका सवारी सञ्चालन, तर बसपार्कमा छैन चहलपहल

    १ सय ७८ दिनपछि लामो दुरीका सवारी सञ्चालन, तर बसपार्कमा छैन चहलपहल

    काठमाडौं : चैतको १० गतेदेखि सञ्चालनमा रोक लगाइएको लामो दुरीका सवारीसाधन आजबाट सञ्चालन गर्न पाउने भएका छन्। १ सय ७८ दिनपछि लामो दुरीका सवारी साधन सञ्चालनमा आएका छन्। तर, लामो दुरीका सवारीमाथि लगाइको प्रतिवन्ध फुकुवा भए पनि बिहीवार बिहान भने बसपार्कमा त्यस्तो दृष्य देखिएन। बरु उस्तै दृष्य जारी रह्यो जसले अझैं लकडाउन नै छ भन्ने झझल्को दिन्थ्यो। गोंगबुस्थित नयाँ बसपार्क सुनसान थियो।…

    विस्तृतमा पढ्नुस्

  • पहिले मानिसले घेरिन्थे श्याम नारायण, यस पटक मूर्तिको भीडले घेरिए

    पहिले मानिसले घेरिन्थे श्याम नारायण, यस पटक मूर्तिको भीडले घेरिए

    काठमाडौँ: करिब २५ वर्ष भयो श्याम नारायण पण्डित काठमाडौँ ओर्लिएको। मधेसबाट काठमाडौँ आएपछि उनको धेरै समय ललितपुरको कुपण्डोलस्थित गुसिंगलमा बित्यो, माटोको मूर्ति बनाएर। १२ वर्षको उमेरदेखि मूर्ति बनाउन सुरु गरेको थिए उनले। बाजे बाबुबाट पुर्खौली पेसा सिक्दै काठमाडौँको चाडमा छुट्टै रौनक थप्न उनले खुब मिहिनेत गरे। बेला मौकामा गाउँ पुग्थे। हरेक वर्ष भदौ महिनामा निकै व्यस्त हुन्थे पण्डित। गुसिंगलमा विश्वकर्मा…

    विस्तृतमा पढ्नुस्

  • कुलमानको समर्थनमा अनामनगरमा निकालियो मसाल जुलुस

    कुलमानको समर्थनमा अनामनगरमा निकालियो मसाल जुलुस

    काठमाडौं : नेपाल विद्युत प्राधिकरणबाट मंगलवारमात्र बिदा भएका निवर्तमान प्रबन्ध निर्देश कुलमान घिसिङको पक्षमा विभिन्न ठाउँमा प्रदर्शन भएको छ। सरकारले कुलमानलाई प्राधिकरणमा पुन: नियुक्त नगरेको भन्दै विभिन्न संघसंस्थाहरुले विरोध गरेका हुन्। यसैक्रममा हनड्रेड्स ग्रुपले काठमाडौंमा घिसिङलाई प्राधिकरणमा दोहोर्‍याउनुपर्ने मागसहित मसाल जुलस निकालेको छ। अनामनगर क्षेत्रमा युवाहरुले मसाल जुलुस निकालेका हुन्। प्रहरी पुग्ने बित्तिकै युवाहरु सडकमा मसाल छाडेर भागेका थिए। बुधवार दिँउसो‍ घिसिङको समर्थनमा…

    विस्तृतमा पढ्नुस्

  • माइतीघरमा उत्रिएका नाईहरुको प्रश्न : मन्त्रीहरुको घर गएर कपाल काट्दा कोरोना नसर्ने, सैलुन खोल्दा सर्ने?

    माइतीघरमा उत्रिएका नाईहरुको प्रश्न : मन्त्रीहरुको घर गएर कपाल काट्दा कोरोना नसर्ने, सैलुन खोल्दा सर्ने?

    कोभिड-१९ संक्रमण रोकथामका लागि सरकारले चैत ११ बाट देशभर लकडाउन गरेपछि व्यापार व्यवसाय ठप्प हुँदै आएको छ। यसैगरी प्रभावित भएको एक व्यवसाय हो सैलुन तथा पार्लर व्यवसाय। ६ महिनासम्म व्यवसाय ठप्प भएपछि आफूहरु दिनानुदिन समस्यामा पर्दै गएको गुनासो नाई श्रमिकहरु गरेका छन्। पटकपटक अनुरोध गर्दा पनि सरकारले नसुनेको भन्दै उनीहरु आन्दोलनमा उत्रेका छन्। यसअघि गत असार ३० गते माइतीघर मण्डलामा आन्दोलनमा उत्रिएका…

    विस्तृतमा पढ्नुस्

  • खुल्न थाले सपिङ मलहरु, हप्तामा तीन दिन यसरी सञ्चालन गरिँदै

    खुल्न थाले सपिङ मलहरु, हप्तामा तीन दिन यसरी सञ्चालन गरिँदै

    काठमाडौं : उपत्यकाका सपिङ मलहरु शनिवारबाट खुल्न थालेका छन्। कोभिड-१९ महामारीपछि सरकारले शुरु गरेको लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेका मलहरु खुल्न थालेको हो। मलहरुमा कोभिड-१९ रोकथामका लागि सामाजिक दुरी कायम गर्नेदेखि पसलमा आउने ग्राहकको संख्यासमेत तोकेका छन्। पसलको साइज हेरेर ग्राहक संख्या तोकिएको लबिम मलका लिज मेनेजर मोहमद आलिमले बताए। उनले शुरुमा ५० प्रतिशत पसलमात्र खुलेको बताए। मलहरु हप्ताको…

    विस्तृतमा पढ्नुस्

  • सन्तानको आयु वृद्धिको कामनासहित जितिया पर्वको कठोर व्रत बस्दै मिथिलानी

    सन्तानको आयु वृद्धिको कामनासहित जितिया पर्वको कठोर व्रत बस्दै मिथिलानी

    काठमाडौं : मिथिलाका नारीहरु (मिथिलानी)को महान पर्व जितियाको व्रत गए रातिदेखि शुरू भयो। सन्तानको सौर्य वृद्धि र कल्याणको कामनासहित जितिया पर्वको कठोर व्रत बस्ने गरिन्छ। जितिया व्रतमा थुक पनि निल्न नहुने विश्वास भएकाले यसलाई कठोर व्रत मानिएको हो। गएराति अष्टमीको प्रवेशपछि शुरू भएको यो व्रत शुक्रवार ६ बजेपछि मात्रै सकिनेछ। जितियाको व्रत बसी पूजा गर्नाले सन्तानको आयु वृद्धि हुने जनविश्वास…

    विस्तृतमा पढ्नुस्

  • सकियो इन्द्रजात्रा : हलचोकबाट आएनन् सव: भक्कु

    सकियो इन्द्रजात्रा : हलचोकबाट आएनन् सव: भक्कु

    काठमाडौं : आज यँया (इन्द्रजात्रा) को अन्तिम दिन। यसपटक कोरोना भाइरस संक्रमणका कारण इन्द्रजात्रा नित्य पूजामा मात्रै सिमित गरियो। न रथ तानियो। न नाचहरु नै भए। यसपटक हलचोकबाट सव: भक्कु (हलचोक आकाश भैरव) पनि जात्रामा सहभागि हुन काठमाडौं नगर प्रवेश गरेनन्। निलो ख्वापा (मुकुट) मा भैरव र दुईटा रातो ख्वापामा  चण्डी र कुमार इन्द्रजात्रा भर नगरका विभिन्न क्षेत्रमा परिक्रमा गर्दथे। भैरवलाई…

    विस्तृतमा पढ्नुस्

  • रातो मछिन्द्रनाथ र मीननाथको रथयात्रा सम्पन्न

    रातो मछिन्द्रनाथ र मीननाथको रथयात्रा सम्पन्न

    काठमाडौं : लोकेश्वर बुंगद्य: (रातो मछिन्द्रनाथ) र मीननाथ को रथयात्रा सम्पन्न भएको छ। दुवै रथलाई आइतबार पुल्चोकको सोह्रखुट्टे पाटी पुर्‍याइएको हो। यससँगै देशको सबैभन्दा लामो रथयात्रा यो वर्ष औपचारिकता निर्वाह गरेर सम्पन्न भएको छ। कोरोना संक्रमणका कारण बैशाखमा नै हुनुपर्ने रथयात्रा रोकिएको थियो। बिहीवार पुल्चोकमा रहेको रातो मछिन्द्रनाथको रथ तानेर करिब ५ मिटर टाढा पुर्‍याउँदा रथ तान्न पुगेका स्थानीय र…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा रक्तदान : रगत अभाव हुन नदिन जुटे गोकर्णेश्वरका युवा

    लकडाउनमा रक्तदान : रगत अभाव हुन नदिन जुटे गोकर्णेश्वरका युवा

    काठमाडौं : गोकर्णेश्वर नगरपालिकाको चामुण्डा उच्च माध्यमिक विद्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भयो। नगरपालिकाको स्वयं सेवक परिचालन समिति र नारायणटार युवा क्लवले शनिवार संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको हो। कुल ९० जनाले रगत दान गरेका छन्। कोरोना भाइरस महामारी र लकडाउनका कारण रगत अभावलाई मध्य नजर गर्दै कार्यक्रम आयोजना गरेको बताइएको छ। कोभिड–१९ संक्रमण हुनुअघि केन्द्रीय रक्तसञ्चार सेवामा दैनिक १ सय…

    विस्तृतमा पढ्नुस्

  • न समयबजी मागियो, न पुलुकिसि नै निस्कियो, कोरोनाले खल्लो भयो इन्द्रजात्रा

    न समयबजी मागियो, न पुलुकिसि नै निस्कियो, कोरोनाले खल्लो भयो इन्द्रजात्रा

    काठमाडौं : ‘ला छकु व्येक समयबजी, वल वल पुलुकिसि’ …   कोरोना भाइरसको संक्रमणका कारण यँया (इन्द्रजात्रा) प्रभावित नभएको भए बिहीबार यहि गीत काठमाडौंको धेरै स्थानमा गुञ्जिने थिए। घरघरमा समयबजी बन्थ्यो। चोकचोकमा समयबजी सजाएर राखिन्थ्यो। बेलुकी आआफ्नो टोलमा समयबजी बाडिँन्थ्यो। युवायुवतीहरु गीत गाउँदै समयबजी माग्दै हिँड्थे। सँगै इन्द्रजात्राको रौनक त हुन्थ्यो नै। आजको दिनलाई नेवार समुदायमा समयबजी पुन्ही समेत भनिने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell