PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

  • भारतप्रति आक्रामक प्रधानमन्त्री! संसदमा कोरोना पनि भारतको कडा भएको भन्न भ्याए : अतिक्रमित भूमि ल्याएरै छाड्नेदेखि ओम्नीको बचाउसम्म

    भारतप्रति आक्रामक प्रधानमन्त्री! संसदमा कोरोना पनि भारतको कडा भएको भन्न भ्याए : अतिक्रमित भूमि ल्याएरै छाड्नेदेखि ओम्नीको बचाउसम्म

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नका आज संसदलाई जवाफ दिए। विश्वमा फैलिरहेको कोभिड-१९ महामारीबाट सम्बोधन शुरु गरेका प्रधामन्त्री ओलीले संसदमा झण्डै ३ घण्टा खर्चिए। ओलीले सम्बोधनका क्रममा भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउने प्रतिप्रद्धतादेखि स्वास्थ्य सामग्री खरिद प्रकरणमा जोडिएको ओम्नी ग्रुपको बचाउन सम्म गर्न भ्याए। ओली चीनको वुहानबाट आएको कोरोना भाइरस नरम रहेको र भारतबाट…

    विस्तृतमा पढ्नुस्

  • सचिवालय बैठक सकिएसँगै प्रधानमन्त्री ओली राष्ट्रपति निवासतिर

    सचिवालय बैठक सकिएसँगै प्रधानमन्त्री ओली राष्ट्रपति निवासतिर

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास लागेका छन्। राष्ट्रपतिले आज संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन्। सचिवालय बैठक नीति तथा कार्यक्रममा सुझाव लिनका लागि नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले आज बिहान बैठक डाकेका थिए। बैठक सकिएलगत्तै प्रधानमन्त्री यसै विषयमा छलफलका लागि शितल निवास गएका हुन्। 'प्रधानमन्त्रीले…

    विस्तृतमा पढ्नुस्

  • पूर्खाले लडेर पाएको भूमि हामीले अडेर जोगाउनुपर्छ : प्रधानमन्त्री ओली, 'अहिले लड्नु जरुरी छैन'

    पूर्खाले लडेर पाएको भूमि हामीले अडेर जोगाउनुपर्छ : प्रधानमन्त्री ओली, 'अहिले लड्नु जरुरी छैन'

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्खाले लडेर पाएको भूमि हामीले अडेर जोगाउनुपर्ने बताएका छन्। भारतले लिपुलेक क्षेत्रमा नेपाली भूमि मिचेर सडक बनाएकोबारे चौतर्फी विरोध चर्किएपछि साझा धारणा बनाउन आज डाकिएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले उक्त मत राखेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार साँझ बसेको बैठकमा प्रधानमन्त्री ओलीले भने, 'पूर्खाहरुले लडेर बनाएको र लडेर बचाएको नेपाललाई हामीले अडेर बचाउनुपर्छ।' प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • सर्वदलीय बैठकमा देउवाले भने : एमसीसी जसरी पनि पास हुनुपर्छ

    सर्वदलीय बैठकमा देउवाले भने : एमसीसी जसरी पनि पास हुनुपर्छ

    काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी देशको हितमा भएकोले जसरी पनि पास हुनुपर्ने बताएका छन्। बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले उक्त सुझाव दिएका हुन्। देउवाले पूर्ववर्ती सरकारले गरेका निर्णय पास नभएमा वर्तमान सरकारले गरेको निर्णयसमेत मान्न बाध्य नहुने बताए। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै देउवाले भने, 'बैठकमा एमसीसीको बारेमा छलफल भयो। मैले एमसीसी देशको…

    विस्तृतमा पढ्नुस्

  • सुशासन समितिमा सांसदको गर्जन : नेपाली जनताले फेरि नालापानीको युद्ध सम्झन नपरोस्, सीमामा सेना खटाउ

    सुशासन समितिमा सांसदको गर्जन : नेपाली जनताले फेरि नालापानीको युद्ध सम्झन नपरोस्, सीमामा सेना खटाउ

    काठमाडौं : प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिले भारतले नेपाली भूभाग लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक निर्माण गरेर नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप र अतिक्रमणकारी नीति लिएको ठहर गरेको छ। समितिले आइतबार बिहान गृहमन्त्री रामबहादुर थापालाई बोलाएर भारतले हालै उद्धघाटन गरेको सडकका विषयमा छलफल गर्‍यो। समितिमा सांसदहरुले सीमा रक्षाका लागि सेना परिचालनदेखि जनतालाई अनुमति दिनसमेत आग्रह गरेका छन्। ‘सरकार किन बेखर?’…

    विस्तृतमा पढ्नुस्

  • 'नेपाली भूमि मिचेर सडक बन्दा पनि भारत चिढिन्छ भनेर सरकार चुप लाग्यो'

    'नेपाली भूमि मिचेर सडक बन्दा पनि भारत चिढिन्छ भनेर सरकार चुप लाग्यो'

    काठमाडौं : राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदहरुले सरकार कहाँ छ भन्दै प्रश्न गरेका छन्। भारतले दार्चुलामा नेपाली भूमिबाट बाटो बनाएर चीनको तिब्बत जोड्ने सडक उद्घाटन गरेको विषयमा उनीहरुले सरकारले के गरिरहेको छ भन्दै प्रश्न गरेका हुन्। समिति सदस्य डिला संग्रौलाले नेपाली भूमिमाथि अतिक्रमण भइरहँदा सरकारले के गरिरहेको छ भन्दै प्रश्न गरिन्। 'सडक निर्माण भयो। यो…

    विस्तृतमा पढ्नुस्

  • संसद प्रवेशका लागि स्वाबको रिपोर्ट अनिवार्य : बैठकका लागि यस्तो छ तयारी

    संसद प्रवेशका लागि स्वाबको रिपोर्ट अनिवार्य : बैठकका लागि यस्तो छ तयारी

    काठमाडौं : ४६ दिनदेखि जारी लकडाउनकाबीच आजबाट संसदको बजेट अधिवेशन सुरु हुँदैछ। बेलुकी ४ बजे बस्ने बैठकका लागि स्वास्थ्य सतर्कता सहित तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ। विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरेर संसद सुरु गर्न लागिएको संसदका सचिव गोपालनाथ योगीले जानकारी दिए। संसदमा प्रवेशका लागि बिहीवार २ सय १२ सांसद सहित ४ सय ४१ जनाको घाँटीको स्वाब परीक्षण…

    विस्तृतमा पढ्नुस्

  • धुम्बाराही भेलाको निष्कर्ष सुनाउन खुमलटार पुगेका स्थायी समिति सदस्यहरुको प्रचण्डलाई दबाव, 'बैठक छिट्टै बोलाउनुस्'

    धुम्बाराही भेलाको निष्कर्ष सुनाउन खुमलटार पुगेका स्थायी समिति सदस्यहरुको प्रचण्डलाई दबाव, 'बैठक छिट्टै बोलाउनुस्'

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यहरुले बैठक बोलाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दबाव दिएका छन्। बिहीवारका लागि डाकिएको बैठक स्थगित भएपछि पार्टी मुख्यालय धुम्बाराहीमा छुट्टै भेला भएका प्रचण्ड - नेपाल समूहका स्थायी कमिटी सदस्यहरुले बैठक डाक्न माग गरेका हुन्। वैशाख १० गते स्थायी कमिटी बोलाउन लिखित माग गरेका सदस्यहरूले बैठक स्थगित भए पनि दिउँसो छुट्टै भेला…

    विस्तृतमा पढ्नुस्

  • नेकपाभित्रको कचिङ्गलः ओलीको थकान शारीरिक कि राजनीतिक?

    नेकपाभित्रको कचिङ्गलः ओलीको थकान शारीरिक कि राजनीतिक?

    बुधवार साँझ प्रधानमन्त्रीको सरकारी निवासमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक एकाएक स्थगन भयो। बैठक प्रारम्भ भई विषय प्रवेशपछि बैठक बीचमै स्थगित भएको हो। कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आफू थाकेको भन्दै बैठकको बीचमै आरामका लागि समय माग गर्नु। बैठक चल्दाचल्दै ओलीले थाकेँ भन्दै केहीबेरमा आउने जनाउ दिएका थिए। तर, ओली आराम कक्षबाट नफर्किएपछि बैठक स्थगन भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • भोलिका लागि डाकिएको नेकपाको स्थायी समिति बैठक स्थगित, अर्को मिति दुई अध्यक्षले तय गर्ने

    भोलिका लागि डाकिएको नेकपाको स्थायी समिति बैठक स्थगित, अर्को मिति दुई अध्यक्षले तय गर्ने

    काठमाडौं : बिहीवारका लागि डाकिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठकको एजेण्डा तय गर्न बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो। सचिवालय बैठक विनानिष्कर्ष टुंगिएसँगै स्थायी कमिटि स्थगित भएको सचिवालय सदस्य एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक सुरु भएको १०-१५ मिनेटमै सन्चो नभएको भन्दै बैठक स्थलबाट…

    विस्तृतमा पढ्नुस्

  • नेकपा स्थायी कमिटी : एक व्यक्ति एक पदको एजेण्डा, प्रधानमन्त्री ओलीमाथि दबाब

    नेकपा स्थायी कमिटी : एक व्यक्ति एक पदको एजेण्डा, प्रधानमन्त्री ओलीमाथि दबाब

    काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिती बैठक बिहिवारबाट सुरु हुदैछ। बैठकको तयारीका लागि बुधवार दिउँसो ३ बजे सचिवालय बैठक पनि डाकिएको छ। स्थायी कमिटी बैठक अघि नेकपाका आन्तरिक छलफलले तिव्रता पाएको छ। शनिवारको सचिवालय बैठकले अब गुटगट भेला नगर्ने निर्णय गरेको थियो। तर, त्यसको उलंघन गर्दै गुटगत छलफल जारी छन्। मंगलवार मात्रै पार्टीका शीर्ष नेताहरु आआफ्नो समूहसँग…

    विस्तृतमा पढ्नुस्

  • के प्रचण्डसँगको सहमतिबाट यू-टर्न भएका हुन् प्रधानमन्त्री ओली?

    के प्रचण्डसँगको सहमतिबाट यू-टर्न भएका हुन् प्रधानमन्त्री ओली?

    शनिबार नेकपा सचिवालय बैठकले पार्टी विभाजनसम्बन्धी कुनै पनि गतिविधिमा नलाग्ने सदस्यहरूलाई निर्देशन दियो। बैठकमा पछिल्ला केही समयमा भएका गतिविधिप्रति अध्यक्षद्वयले आत्मालोचना पनि गरे। प्रधानमन्त्री सरकार र पार्टी सञ्चालन परामर्शमा अघि बढाउन राजी भए। तर, आत्मालोचना गर्ने शीर्ष नेताहरू नै सहमतिको मसी सुक्न नपाउँदै गुटगत भेलामा लिप्त भए। सचिवालय बैठकमा एकाएक यु–टर्न भएका प्रचण्डलाई भेट्न आइतबारदेखि नै वरिष्ठ नेता माधव नेपाल…

    विस्तृतमा पढ्नुस्

  • आन्तरिक किचलो व्यवस्थापन गर्न नेकपामा ओली-प्रचण्डबीच नयाँ समझदारी, माधव नेपाल सशंकित

    आन्तरिक किचलो व्यवस्थापन गर्न नेकपामा ओली-प्रचण्डबीच नयाँ समझदारी, माधव नेपाल सशंकित

    करिब दुई सातादेखिको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको बवण्डर केही मत्थर भएको छ। पार्टी विभाजन र प्रधानमन्त्री हेरफेरसम्मको विवाद तत्काललाई विषयान्तर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल गठबन्धनको शीतयुद्धमा शनिबारको सचिवालय बैठकमार्फत तत्काल युद्धविराम भएको छ। तर, गुटका दौडधुप र आन्तरिक खिचातानी साम्य भइसकेका छैनन्। दुई अध्यक्षबीचको सहतमा देखिएको…

    विस्तृतमा पढ्नुस्

  • सचिवालय बैठकमा ओलीविरुद्ध प्रचण्ड-नेपाल पक्ष नरमः दुबै अध्यक्षको आत्मालोचना, वैशाख २५ गते स्थायी समिति 

    सचिवालय बैठकमा ओलीविरुद्ध प्रचण्ड-नेपाल पक्ष नरमः दुबै अध्यक्षको आत्मालोचना, वैशाख २५ गते स्थायी समिति 

    काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आन्तरिक विवादमा छलफल गर्न वैशाख २५ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ। बालुवाटारमा सम्पन्न सचिवालय बैठकले सदस्यहरुको माग अनुसार स्थायी समिति तय गरेको हो। वैशाख २५ गते बिहान ११ बजेका लागि स्थायी समिति बोलाइएको छ।  यस्तै, सचिवालय बैठक वैशाख २४ गते पुनः बस्नेछ।  बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार…

    विस्तृतमा पढ्नुस्

  • नेकपा कार्यदलको निष्कर्ष : एमसीसी यथास्थितिमा अनुमोदन गर्न मिल्दैन, ज्ञवालीको फरक मत, 'अतिरञ्जित गर्नु आवश्यक देखिँदैन'

    नेकपा कार्यदलको निष्कर्ष : एमसीसी यथास्थितिमा अनुमोदन गर्न मिल्दैन, ज्ञवालीको फरक मत, 'अतिरञ्जित गर्नु आवश्यक देखिँदैन'

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एमसीसी अध्ययन कार्यदलले अमेरिकी मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) यथास्थितिमा अनुमोदन गर्न नहुने सुझाव दिएको छ। वरिष्ठ नेता झलनाथ खनाल तथा स्थायी कमिटी सदस्यद्वय प्रदीप ज्ञवाली र भीम रावल सदस्य रहेको कार्यदलले एमससी संशोधन गर्न सुझाएको हो। कार्यदलले अमेरिकी सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) हिन्द प्रशान्त रणनीतिकै अंग भएको निष्कर्ष पनि निकालेको…

    विस्तृतमा पढ्नुस्

  • आफ्नो पक्षका सांसदको हस्ताक्षर गराउँदै प्रधानमन्त्री ओली उत्रिए शक्ति प्रदर्शनमा

    आफ्नो पक्षका सांसदको हस्ताक्षर गराउँदै प्रधानमन्त्री ओली उत्रिए शक्ति प्रदर्शनमा

    काठमाडौं : पार्टीभित्रको अन्तर्कलह चर्किरहेकै बेलामा नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले शक्ति प्रदर्शन थालेका छन्। संसदीय दलमा आफ्नो शक्ति देखाउन आफू निकट सांसदहरुलाई बालुवाटार बोलाएर उनले हस्ताक्षर गराएका हुन्। बुधवार सांसदहरु बालुवाटार पुगेर हस्ताक्षर गरिरहेको नेकपा काठमाडौं जिल्ला अध्यक्ष एवम् प्रतिनिधिसभा सांसद कृष्ण राईले जानकारी दिए। उनले भने, 'पार्टीका अर्का अध्यक्षबाट नै प्रधानमन्त्री विरुद् हस्ताक्षर संकलन गराएपछि आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • स्थायी कमिटी बैठक डाक्न यसकारण पनि ओली छन् वाध्य

    स्थायी कमिटी बैठक डाक्न यसकारण पनि ओली छन् वाध्य

    काठमाडौं : तत्काल पार्टीका कुनै पनि बैठक डाक्ने पक्षमा नरहेका नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेताहरुको चर्को दवावपछि सचिवालय बैठक बोलाउन सहमत भएका छन्। आज साँझ ५ बजेका लागि सचिवालय बैठक बोलाइएको छ। मंगलवार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलसँगको भेटपछि ओली बैठक डाक्न सहमत भएका थिए। राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेशले केही…

    विस्तृतमा पढ्नुस्

  • कोटेश्वरमा नेपाल-ओली समूहको निष्कर्ष: मंगलवार सचिवालय बोलाउने, लगत्तै स्थायी कमिटी

    कोटेश्वरमा नेपाल-ओली समूहको निष्कर्ष: मंगलवार सचिवालय बोलाउने, लगत्तै स्थायी कमिटी

    काठमाडौं: प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूह र वरिष्ठ नेता माधवकुमार नेपाल समूह पार्टीको बैठक बोलाउने निष्कर्षमा पुगेको छ। यसअघि ओली समूह कुनै हालतमा बैठक नबोलाउने अडानमा थियो। आज नेता नेपालको समूहमा भएको दुई समूहको बैठकले भोलि मंगलबार सचिवालय बैठक बोलाउने निष्कर्ष निकालेको हो। बैठकमा केन्द्रीय सचिवालय बैठकले स्थायी कमिटीको बैठकको मिति तय गर्ने सहमति भएको हो। 'अब…

    विस्तृतमा पढ्नुस्

  • झलनाथको प्रस्तावमा प्रचण्ड सहमत, भेटपछि खनालको चेतावनी: बैठक नबोलाए दुर्घटना हुन्छ

    झलनाथको प्रस्तावमा प्रचण्ड सहमत, भेटपछि खनालको चेतावनी: बैठक नबोलाए दुर्घटना हुन्छ

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा देखिएको समस्या समाधानका लागि संस्थागत रुपमा बैठक बोलाउनुपर्ने बताएका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा आज दिउँसो भेटपछि पहिलोपोस्टसँगको कुराकानीमा नेता खनालले संस्थागत छलफलबाट मात्रै समस्याको समाधान हुने बताएका हुन्। 'अध्यक्षसँगको भेटमा मैले सचिवालय बैठक बोलाउनुपर्छ। संस्थागत रुपमा बैठक बसेर मात्रै समस्या समाधान गर्न सकिन्छ। तत्काल बैठक बोलाउन…

    विस्तृतमा पढ्नुस्

  • हवाई सेवामा लकडाउन जेठ २ सम्म लम्ब्याइयो

    हवाई सेवामा लकडाउन जेठ २ सम्म लम्ब्याइयो

    काठमाडौं : उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक एवम् वाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित नै राख्ने निर्णय गरेको छ। यसअघि वैशाख १८ गतेसम्मका लागि हवाई सेवामाथि रोक लगाइएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आज बसेको समितिको बैठकले जेठ २ (मे १५) सम्मका लागि सबैखाले उडानलाई लकडाउनमा नै राख्ने निर्णय गरेको हो। त्यसबाहेक कोरोना संक्रमणका विषयमा भएका कामको समीक्षा भएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell