काठमाडौं : गएको आइतवारका लागि डाकिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवलय बैठक अन्तिम समयमा स्थगित भयो। सचिवालय सदस्यहरु बैठकका लागि निवासबाट निस्किने तयारीमा थिए। ४ बजेका लागि बोलाइएको बैठक नबस्ने जानकारी ३ बजेमात्रै गरिएको थियो। बैठक स्थगित हुनुबारे सचिवालय सदस्यहरुबाट फरक - फरक तर्क सुनियो। केही सदस्यहरुले भने प्रधानमन्त्री ओली अस्वस्थ रहेकाले बैठक स्थगित भएको जानकारी पाएका थिए। नेकपाका…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बिग्रिएपछि आजका लागि डाकिएको सचिवालय बैठक स्थगित भएको छ। प्रधानमन्त्रीले अस्वस्थ रहेको जानकारी दिएपछि बैठक स्थगित भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। आज अपरान्ह चार बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो। 'प्रधानमन्त्री अस्वस्थ भएको भन्ने खबर आएको छ,' प्रवक्ता श्रेष्ठले भने। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने…
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा स्थायी समिति बैठकको माग भएको लामो समय भइसकेको छ। पार्टीको आन्तरिक विवाद चुलिएसँगै माग भएको बैठक अझै बस्न सकेको छैन। तय भइसकेपछि स्थगित भएको बैठक राख्न नेतृत्वले खासै चासोफ देखाएको छैन। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बैठक टारिरहेका छन्। अर्का अध्यक्ष पुष्पकमल दाहालले रहस्यमय मौनता साँधेका छन्। बैठक नबस्दा नेताहरुले भने कुरा…
काठमाडौं : जनता समाजवादी पार्टी नेपालले पहिचानसहितको ११ प्रदेशका लागि सडक र सदनमा संघर्ष गर्ने नीति लिएको छ। निर्वाचन आयोगमा बुझाएको घोषणा पत्रमा ७ प्रदेशको संघीय संरचनालाई १० जोड १ मा पुर्याउनका लागि संघर्ष गर्ने उल्लेख छ। राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टी एकीकृत भएर जन्मिएको जनता समाजवादीले ११ प्रदेशको संघीयता आजको आवश्यकता रहेको ठहर गरेको छ। जनता समाजवादीले…
काठमाडौँः संविधान संशोधन विधेयकमा दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता लिन समाजवादी पार्टीले सांसद सरिता गिरीलाई निर्देशन दिएको छ। प्रमुख सचेतक उमाशंकर अरगरियाले गिरीलाई लिखित रुपमा नै पत्र इमेलबाट पठाइएको बताए। गिरीलाई घरमै पुगेर पत्र दिइने पनि अरगरियाले बताए। उनले भने, ‘हामीले संशोधन फिर्ता लिन लिखित निर्देशन नै दिएका छौँ। इमेलबाट पत्र पठाएका छौँ। भेटेरै पनि पत्र दिन्छौँ।’ गिरीले बुधबार संविधान संशोधन…
काठमाडौँः अध्यादेश प्रकरणले रातारात जुटाएको जनता समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ। राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच एकता भएर गत जेठ १० गते मध्यरातमा जन्मिएको जनता पार्टी आज दर्ता भएको हो। नेतृत्वमा कुरा मिल्न नसक्दा एकता प्रक्रिया अलमलमा परेको थियो। निर्वाचन आयोगमा दर्ताको निवेदन दिएको ४५ दिनको भोलिपल्ट बल्ल पार्टी दर्ता भएको हो। पार्टी महन्थ…
काठमाडौँः जनता समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । लामो रस्साकस्सीपछि आइतबार आयोगमा दल दर्ता भएको हो । वैशाख १० गतेबाठ एकीकरण प्रक्रिया प्रारम्भ भए पनि आइतबार मात्र पूरा भएको हो। पद बाँडफाँडमा कुरा नमिलेपछि डेढ महिनासम्म आयोगका दलले दर्ता प्रक्रिया पूरा गरेको थिएन। दर्ता दलको केन्द्रीय कार्यकारिणी सदस्य ५३ जना छन् । पार्टीका अध्यक्षमा महन्त ठाकुर र उपेन्द्र यादव…
काठमाडौं : अनुमोदन प्रक्रियाका लागि करिब एक वर्षदेखि एमसीसी संसद्को स्वामित्वमा छ। राजनीतिक विवादका कारण पाँचौँ अधिवेशनमा अनुमोदन नभएको सम्झौता कसरी अघि बढ्ने थप अन्योलता छ। सदनमा पेसका लागि दर्ता भएपछि झनै विवाद बढेका छन्। राजनीतिक दलभित्रै पारित गर्ने वा नगर्ने विवाद बढिरहेको छ। सदनको स्वामित्वमा रहेको सम्झौता अब सदनभित्र सीमित छैन। राजनीतिक दलभित्र बहसमात्र हैन केही दिनयता विषय सडकमा…
काठमाडौं : सरकारले भारतले अतिक्रमण गरेको भूमि समेटेर राजनीतिक र प्रशासनिक नक्सा अद्यावधिक गरेपछि निशान छाप परिवर्तनका लागि संविधान संशोधन विधेयक संसदमा पेस गरिसकेको छ। सरकारले विधेयक ल्याएपछि अन्य तीन गैरसरकारी विधेयक पनि दर्ता भएका छन्। कालापानी, लिपुलेक, लिम्पियाधुरा समेतका क्षेत्र समेटेर नक्सा ल्याइएपछि संविधान संशोधनको प्रक्रिया अघि बढाइएको हो। दर्तासँगै संसद्मा पेस हुन केही ढिलाइ भएपछि विधेयक के हुन्छ…
काठमाडौँ : सरकारले विदेशमा अलपत्र परेका नागरिकलाई नेपाल फर्काउने तयारी गरिरहेको छ। उनीहरू नेपाल प्रवेश गरेपछि व्यवस्थापन गर्ने प्रमुख जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। सरकारले जारी गरेको नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी कार्य योजना २०७७ मा व्यवस्थापनको जिम्मा सेनालाई दिइएको उल्लेख छ। जेठ १२ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई आवश्यक…
काठमाडौं : गत जेठ ६ गते प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने, 'अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्ने नगर्ने निर्णय संसदले गर्छ।' सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा लामो समयदेखि विवादित एमसीसी सरकारको नीति तथा कार्यक्रममा समेटियो। नेकपाका सांसद भीम रावलले 'पछाडिको ढोकाबाट एमसीसीको कार्यक्रम ल्याउन खोजिएको हो?' भन्दै प्रश्न गरे। सांसदहरुले उठाएको प्रश्नमा प्रधानमन्त्री ओलीले निर्णय संसदले गर्ने…
काठमाडौं : जनता समाजवादीले संविधान संशोधनको विधेयक दर्ता गराएको छ। समाजवादीले सोमवार संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गराएको हो। 'उपर्युक्त विषयमा नेपालको संविधानलाई संशोधान गर्न बनेको विधेयक नेपालको संविधानको धारा ११० र प्रतिनिधि सभा नियमावली २०७५ को नियम ९९ बमोजिम संघीय संसदको बैठकमा प्रस्तुत गर्ने व्यवस्था मिलाइ दिनुहुन सूचना गरेका छौं,' दर्ता भएको विधेयकमा भनिएको छ। सरकारले नयाँ नक्सा…
काठमाडौं : कोरोना भाइरस रोकथामका लागि सरकारले जेठ ३२ गतेसम्म लकडाउन बढाउने भएको छ। शनिवार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन थप्ने निर्णय गरेको हो। यसैगरी सरकारले ३० जुन अर्थात असार १६ सम्म सीमा क्षेत्रमा आवागमनमा कडाई गर्ने निर्णय गरेको अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए। त्यसैगरी हवाई उडान पनि असार १६ सम्म बन्द गर्ने निर्णय गरेको…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बजेटको अनुसूचीमा उल्लेखित अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाटै फैसला गर्ने निष्कर्षमा पुगेको छ। बिहीवार संसदमा प्रस्तुत आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा एमससीको बुँदा घुसाइएको भन्दै विवाद बढेपछि शनिवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको अनौपचारिक सचिवालय बैठक बोलाइएको थियो। तीन घण्टा लामो बैठकमा नेकपा एमसीसी कार्यदलका सदस्यहहरु परराट्रमन्त्री समेत रहेका प्रदीपकुमार ज्ञवाली…
काठमाडौं : सरकारले आगामी वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट पेश गरेको छ। यो गत वर्षभन्दा कम आकारको बजेट हो। चालु आर्थिक वर्षको बजेटको आकार १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख थियो। अर्थमन्त्री डा युवराज खतिवडाले बिहीवार प्रस्तुत गरेको बजेटमा ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ राजश्व संकलनबाट उठाउने लक्ष्य उल्लेख छ। साथै…
काठमाडौं : अध्यादेश प्रकरणपछि रातारात एक भएका राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीचको एकता प्रक्रिया शिथिल भएको छ। एकता प्रक्रिया प्रारम्भ भएको एक महिना पूरा भइसके पनि अन्य काम अघि बढेका छैनन्। दल दर्ताको प्रक्रियाका लागि आवश्यक थप कागजात निर्वाचन आयोगमा पेस समेत भएका छैनन्। केमा भइरहेछ ढिलाइ? अध्यादेश जारीपछि सम्भावित फुटलाई जोगाउन भन्दै दुई पार्टी एक भए।…
काठमाडौं : सरकारले नयाँ नक्सा जारी गरेसँगै संविधान संशोधनका लागि पहल थालेको छ। मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले यसैबारे छलफल गर्न आफ्नो सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक डाके। बैठकमा सहभागी प्रमुख प्रतिपक्षी दलका नेता एवं काँग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमति जुटाउन ओलीलाई सुझाव दिएका छन्। काँग्रेसले राष्ट्रिय सहमति जुटाउन भने पनि आफ्नो निर्णय भने केन्द्रीय समितिको बैठकसम्म कुर्न भनेको…
काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बहस पुनः व्यूँतिएको छ। सरकारको नीति तथा कार्यक्रमको २११ नम्बर बुँदामा लप्सिफेदी–रातमाटे–हेटौँडा, लप्सिफेदी–रातमाटे–दमौली–बुटवलको ट्रान्समिसन लाइन बनाउने विषय उल्लेख भएपछि केही समय सुस्ताएको एमसीसीको विषय पुनः उठेको हो। शनिबार बालुवाटारमा बसेको सचिवालयको अनौपचारिक बैठकमा एमसीसीको विषयमा छलफल भएको हो। प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहेको छलफलमा नेकपा एमसीसी कार्यदलका सदस्यद्वय…
काठमाडौं: नेपालले आफ्नो अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल भारत सीमा विवाद चर्चामा छ। पछिल्लो पटक भारतले नेपाली भूभाग अतिक्रमण गरेर मानसरोवर जोड्ने सडक उद्घाटन गरेपछि नेपालले जवाफस्वरुप उक्त भूभाग समेटिएको नक्सा सार्वजनिक गरेको हो। तर विवादको श्रृखला भारतले पछिल्लो समय जारी गरेको राजनीतिक नक्सादेखि नै हो। नयाँ नक्सा सार्वजनिक भएपछि भारतले आफ्नो…
काठमाडौं : नेपालमा कुल ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा बाँके जिल्लाले भने शतक पार गरेको छ। बिहीवार साँझसम्म बाँकेमा संक्रमितको संख्या एक सय एक पुगेको छ। सरकार र स्थानीय तहको कमजोरीका कारण कोरोना संक्रमण फैलिएको पूर्वमन्त्री तथा बाँके २ का सांसद मोहम्मद इस्तियाक राई दाबी गर्छन्। लकडाउनपछि भित्रिएका संक्रमितलाई सरकारले क्वारेन्टाइनमा राख्न नसकेकाले कोरोना संक्रमण फैलिएको उनले…