PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

  • ज्ञानेन्द्र मल्लले टिमलाई एकजुट बनाउन सक्नु भएन : क्यान अध्यक्ष चतुरबहादुर चन्द (अन्तर्वार्ता)

    ज्ञानेन्द्र मल्लले टिमलाई एकजुट बनाउन सक्नु भएन : क्यान अध्यक्ष चतुरबहादुर चन्द (अन्तर्वार्ता)

    काठमाडौं : नेपाल क्रिकेट संघ क्यान र क्रिकेट खेलाडीबिचको विवाद चरम उत्कर्षमा पुगेको छ। खेलाडी वर्गीकरणमा असन्तुष्टी जनाएका खेलाडीले सञ्चारमाध्यममा बोलेपछि क्यान नेतृत्व पनि आक्रमक बनेको थियो। त्यसपछि सुरुभयो स्पस्टीकरणको शृङखला। र, बुधवार बसेको क्यानको बोर्ड बैठकले बहुमतबाट खेलाडीलाई कारवाही गर्ने निर्णय गर्‍यो। जसमा सबैभन्दा महत्वपूर्ण विषय भनेको ज्ञानेन्द्र मल्लको कप्तानी र दीपन्द्र सिंह ऐरीको उपकप्तान पद खोसियो। र, नयाँ कप्तानका…

    विस्तृतमा पढ्नुस्

  • पहिलो अंकको खोजीमा जावलाखेल, 'राम्रो खेल खेलेर पनि पराजय ब्यहोरेका छौं'

    पहिलो अंकको खोजीमा जावलाखेल, 'राम्रो खेल खेलेर पनि पराजय ब्यहोरेका छौं'

    काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आजका दुई खेल सकिएसँग चौथो चरणका खेलहरु पनि सकिनेछन्। चौथो चरणको अन्त्यसम्म आइपुग्दा अंकविहीन रहेको क्लब हो जावलाखेल युथ क्लब। जावलाखेल जस्तै लगातार तीन खेलमा पराजय ब्यहोरेको एपीएफले चौथो चरणमा आएर आइतवारको खेलमा थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेल्दै पहिलो अंक जोडेको थियो। आजको दोस्रो खेलमा जावलाखेलले ब्रिगेड व्वाइज क्लबसँग प्रतिस्पर्धा गर्दैछ। लिगमा आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • 'टाइटल रेस'को आर्मी र 'नयाँ कम्बिनेसन'को च्यासल

    'टाइटल रेस'को आर्मी र 'नयाँ कम्बिनेसन'को च्यासल

    काठमाडौं: शहीद स्मारक ए डिभिजन उपाधिको प्रवल दावेदार मानिएको त्रिभुवन आर्मी फुटबल क्लबले जारी लिगमा सोचेजस्तो प्रदर्शन गर्न सकेन। लिगको पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १-१ को बराबरी खेलेको आर्मीले दोस्रो खेलमा लिगको साविक विजेता मछिन्द्र क्लबसँग गोलरहित बराबरी खेल्यो। पछिल्लो खेलमा ब्रिगेड व्वाइजलाई १-० ले हराएपछि लिगमा आर्मीले आफ्नो पहिलो तीन अंक जोडेको थियो। योसँगै आफूहरु टाइटल रेसमा अघि…

    विस्तृतमा पढ्नुस्

  • किन चिढिएका छन् रेफ्री? 'सिन्डिकेट' कि 'सेल्फ रेस्पेक्ट'?

    किन चिढिएका छन् रेफ्री? 'सिन्डिकेट' कि 'सेल्फ रेस्पेक्ट'?

    काठमाडौं : बिहीवार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको माहोल फरक थियो। 'ए' डिभिजन लिगका टोलीका प्रशिक्षकहरु लिगको विश्लेषण सम्बन्धि तालिम (इनस्टाट)का  लागि एन्फा कम्प्लेक्स पुगेका थिए। बिहीवार नै तेस्रो चरणको ए डिभिजन लिगको खेलका लागि पत्रकार सम्मेलन पनि थियो। र, रेफ्रीहरु पनि एन्फा पुगेका थिए राजीनामाका लागि। उनीहरुले एन्फा महासचिव इन्द्रमान तुलाधरसँग भेटेर 'राजीनामा गरिपाउँ' भन्ने विषय रहेको निवेदन दिए।…

    विस्तृतमा पढ्नुस्

  • सरकार बदलियो, खेलकुद हुँडलियो

    सरकार बदलियो, खेलकुद हुँडलियो

    अस्थिर सरकार नेपालको सन्दर्भमा नौलो विषय होइन। सबै क्षेत्र त्यसको सिकार हुँदा खेलकुद क्षेत्र अछुतो रहन सक्ने कुरै भएन। फरक राजनीतिक पृष्ठभूमिबाट आएर खेलकुद मन्त्री बन्ने र खेलकुद भित्रको कुरा नबुझ्दै मन्त्रीबाट खोसुवा पर्नु नियमित आकस्मिकता नै बन्दै आएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतासँगै बनेको सरकारबाट मन्त्री बनेका जगतबहादुर विश्वकर्मा पछिल्लो समय लामो अवधि मन्त्री बन्न सफल…

    विस्तृतमा पढ्नुस्

  • खेलाडी दुबई पुगे तर छैन खेल्न पाउने सुनिश्चितता, संघ नवीकरण नहुँदा लज्जास्पद अवस्था

    खेलाडी दुबई पुगे तर छैन खेल्न पाउने सुनिश्चितता, संघ नवीकरण नहुँदा लज्जास्पद अवस्था

    काठमाडौँ: नोभेम्बर १६ बाट दुबई विश्व कराते च्याम्पियनसिप सुरु हुँदैछ। च्याम्पियनसिपमा सहभागिताका लागि नेपालबाट ८ जना खेलाडीको इन्ट्री भएको थियो। तर, प्रतियोगिताको अन्तिम समयमा आएर भने नेपालबाट दुई जना खेलाडी मात्र सहभागिता जनाउन दुबई पुगेका छन्। उनीहरूले पनि सहभागिता जनाउन पाउने वा नपाउने भन्ने अझ पक्कापक्की भइसकेको छैन। नेपालबाट विजय श्रेष्ठ र मोहम्मद शेख आलम सहभागिताका लागि दुबई पुगेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • १३ वर्षपछि पूरा भयो नेपाली मूलका इटालियन खेलाडी विकासको नेपाल फर्किने सपना, ए डिभिजन लिगमा च्यासलबाट खेल्ने

    १३ वर्षपछि पूरा भयो नेपाली मूलका इटालियन खेलाडी विकासको नेपाल फर्किने सपना, ए डिभिजन लिगमा च्यासलबाट खेल्ने

    काठमाडौं : मंगलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रँदा नेपाली मूलका इटालियन खेलाडी विकास मेराग्लियालाई 'स्वतन्त्र' भएको महसुस भयो। शहीद स्मारक ए डिभिजन लिग खेल्न नेपाल आइपुगेका उनलाई च्यासल युथ क्लबले विदेशी खेलाडीको कोटामा सार्वजनिक गर्दा विकासले नेपाल अवतरणबारे आफ्नो अनुभव सुनाउँदै थिए। नेपालीमा 'नमस्ते' र 'धन्यवाद' मात्र शब्द प्रयोग गरेका उनलाई नेपाली संवादका लागि दोभासेको आवश्यकता पर्छ। 'नेपाल आउन पाएकोमा म खुशी छु। १३…

    विस्तृतमा पढ्नुस्

  • साइबर अट्याकमा कप्तान मल्ल : ‘नेशनल भिलेनका रुपमा हेर्नुहुन्छ भने पनि माइन्ड चाहिँ गर्दिनँ’

    साइबर अट्याकमा कप्तान मल्ल : ‘नेशनल भिलेनका रुपमा हेर्नुहुन्छ भने पनि माइन्ड चाहिँ गर्दिनँ’

    काठमाडौंः खेलकुदमा समर्थन वा आलोचनालाई सामान्य रुपमा हेरिन्छ। आलोचनामा सीमा हुन्छ। सीमाभन्दा बाहिर गएर आलोचना सुरु भएपछि त्यो आक्षेप बन्छ।  अहिले त्यस्तो आक्षेप लगाउने ठाउँ बनेको छ सामाजिक सञ्जाल। त्यस्तो आक्षेप ब्यहोर्ने खेलाडी बनेका छन् राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल। घरेलु मैदानमा होस् या बाहिर खेल्दा यस्तो आलोचनालाई मल्लले पचाइसकेका छन्। घरेलु मैदानमा समर्थकहरुले टिमलाई समर्थन गर्दा पनि मल्ललाई भने…

    विस्तृतमा पढ्नुस्

  • आक्रामक 'मैत्रीपूर्ण' खेल : दुवै कप्तानका कीर्तिमानी र दुवै प्रशिक्षकका आ-आफ्नै चिन्ता

    आक्रामक 'मैत्रीपूर्ण' खेल : दुवै कप्तानका कीर्तिमानी र दुवै प्रशिक्षकका आ-आफ्नै चिन्ता

    काठमाडौं : हरेक पटक जितको लक्ष्य लिए पनि नेपालले हासिल गर्न नसकेको उपाधि हो - साफ च्याम्पियनसीप। साफ नजिकिँदै गर्दा पटक पटक नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दोहोर्‍याइरहेका छन् - हाम्रो लक्ष्य साफ कप जित्ने हो। उनको भनाई मान्ने हो भने लक्ष्य त्यहीँ टुङ्गिने छैन, उद्देश्य छ एसियन कपमा क्लालिफाइ हुने। त्यसैको तयारीका लागि नेपालले भारतसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्यो।…

    विस्तृतमा पढ्नुस्

  • भारतमा कति पाउँछ फुटबलले प्राथमिकता?

    भारतमा कति पाउँछ फुटबलले प्राथमिकता?

    काठमाडौं : नेपालसँग मैत्रीपूर्ण खेलका लागि भारतको राष्ट्रिय फुटबल टोली सोमवार काठमाडौं आइपुगेको छ। काठमाडौंमा राम्रो स्वागत पाएको भन्दै भारतीय फुटबल टिमको आधिकारिक ट्विटर ह्याण्डलले फोटो पोस्ट गरियो। उक्त ट्वीटमा रहेको भारतीय समर्थकहरुको रिप्लाइले भने केही सोच्न बाध्य बनायो, 'कति प्राथमिकता पाउँछ फुटबलले भारतमा?' एकजना प्रयोगकर्ताले आफ्नै देशमा फुटबलले स्वागत नपाउने गरेको र मिडियाको नामसमेत उल्लेख गर्दै लेखेका छन्। त्यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • पोस्ट पारस एरा : खड्काको सन्यासपछि टिममा बनेको 'बिग होल' को चिन्ता

    पोस्ट पारस एरा : खड्काको सन्यासपछि टिममा बनेको 'बिग होल' को चिन्ता

    काठमाडौं : नेपाली क्रिकेट टोली अहिले ओमनमा छ। विश्वकप लिग २ अन्तर्गत घरेलु टोली ओमन र अमेरिकासँग एकदिवसीय सिरिज खेल्नका लागि नेपाल त्यहाँ पुगेको हो। वर्षाका कारण अभ्यासमा केही बाधा ब्यहोरेको नेपालले त्रिदेशीय सिरिजअघि पपुवा न्युगिनीसँग मैत्रीपूर्ण खेल खेल्नेछ। यो सिरिजमा नेपाली टिममा 'मिस्' हुने खेलाडी हुन् पूर्वकप्तान पारस खड्का। अघिल्लो वर्ष कप्तानीबाट अप्रत्यासित राजीनामा र यो वर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट।…

    विस्तृतमा पढ्नुस्

  • ओमन सिरिजमा राम्रो गर्ने सन्दीपको अठोट, फ्रेन्चाइज नफापेको वर्षबारे सुनाए - पहिलो प्राथमिकता नेपाल नै

    ओमन सिरिजमा राम्रो गर्ने सन्दीपको अठोट, फ्रेन्चाइज नफापेको वर्षबारे सुनाए - पहिलो प्राथमिकता नेपाल नै

    काठमाडौं : नेपाली क्रिकेटका ग्लोबल स्टार सन्दीप लामिछानेको पछिल्लो वर्ष खास प्रभावकारी हुन सकेन। त्यसअघिका वर्षहरुमा इण्डियन प्रिमियर लिग, बिग ब्यास लिगलगायत विश्वका प्रतिष्ठित प्रतियोगितामा सहभागिता जनाएका लामिछानेले जहाँ खेले, राम्रो छाप छाडे। तर, कोभिड १९ संक्रमणकै बिच क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलेयता सन्दीपको फ्रेन्चाइज उडानमा धक्का लागेको छ। सीपीएलमा औसत प्रदर्शन गरेका लामिछानेले आईपीएलमा अवसर पाउन सकेनन्। खासमा, आईपीएलको…

    विस्तृतमा पढ्नुस्

  • १३ औं सागको हिसाबमा नअटाएको प्रसारणसम्बन्धी ८ करोडको सम्झौतामा महालेखाको प्रश्न

    १३ औं सागको हिसाबमा नअटाएको प्रसारणसम्बन्धी ८ करोडको सम्झौतामा महालेखाको प्रश्न

    काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा टेलिभिजन प्रसारण अधिकार लगायतका विषयलाई लिएर राष्ट्रिय खेलकुद परिषद् तथा नेपाल ओलम्पिक कमिटीमाथि महालेखा परीक्षकको प्रतिवेदनले प्रश्न उठाएको छ। 'नेपाल ओलम्पिक कमिटी र भारतीय एक कम्पनीबिच तेह्रौँ दक्षिण एसियाली खेलकुदका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण, भिडियो र फोटोको प्रसारण अधिकार सहभागी सात राष्ट्रका १५ टेलिभिजन च्यालनमार्फत् गर्न ८ करोड रुपैयाँको सम्झौता भएको देखिन्छ,'…

    विस्तृतमा पढ्नुस्

  • ओलीको अध्यादेशले जन्मेको जसपा फुट्यो, देउवाको अध्यादेशले

    ओलीको अध्यादेशले जन्मेको जसपा फुट्यो, देउवाको अध्यादेशले

    काठमाडौं : केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेशले रातारात जोडिएको थियो, उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी। ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँग समाजवादी पार्टी फुटाउन भन्दै सोही दलका सांसद सुरेन्द्र यादवलाई अपहरण शैलीमा एमालेका नेताहरु महेश बस्नेत र किसान श्रेष्ठले होटल मेरियटमा बन्धकसमेत बनाएका थिए। तर, त्यतिबेला अध्यादेशको चौतर्फी विरोध भयो र ‌ओलीले सोचेजस्तो हुन पाएन। समाजवादी फुट्नु…

    विस्तृतमा पढ्नुस्

  • 'मेन्टल्ली ५० नाघेका' पारसको प्रतिक्रिया : प्यासन सकियो अब करियर सुरु हुन्छ

    'मेन्टल्ली ५० नाघेका' पारसको प्रतिक्रिया : प्यासन सकियो अब करियर सुरु हुन्छ

    काठमाडौं : नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले धेरै सोचविचार गरेर  संन्यासको निर्णय लिएको बताएका छन्। आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै खड्काले कप्तानी छाड्दै गर्दा नै संन्यासको सोच आएको भए पनि 'मोरल सपोर्ट' का लागि टिममा रहेको बताए। उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएपनि क्रिकेटको व्यवस्थापनमा आउने इच्छा व्यक्त गरे। 'सायद मैले पार्न सक्ने प्रभाव यति नै थियो भन्ने लाग्यो। अब मलाई व्यवस्थापनमा आउने मन…

    विस्तृतमा पढ्नुस्

  • अलमुताइरी राजीनामा प्रकरण : यसरी मिल्यो प्रशिक्षक र वरिष्ठ उपाध्यक्ष नेम्बाङको विवाद

    अलमुताइरी राजीनामा प्रकरण : यसरी मिल्यो प्रशिक्षक र वरिष्ठ उपाध्यक्ष नेम्बाङको विवाद

    काठमाडौं : अखिल नेपाल फुटबल संघ 'एन्फा'मा पछिल्लो समय पेचिलो बन्दै गएको विषय हो प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङको विवाद। वरिष्ठ उपाध्यक्षले आफूलाई दु:ख दिएको कारण आफूले राजीनामा दिने प्रशिक्षकले सामाजिक सञ्जालमा पोस्ट गरेपछि एन्फामा माहोल तातेको थियो। लगत्तै नेम्बाङले छानविनको माग गर्दै एन्फामा निवेदन दिए भने प्रशिक्षक अलमुताइरीले पनि छानविनको माग गर्दै निवेदन दिए। त्यसपछि एन्फा कार्यसमितिको आकस्मिक…

    विस्तृतमा पढ्नुस्

  • अधुरो सपनालाई पूरा गर्न 'बामे सर्दै' सफल कप्तान : थ्याङ्क यू पारस

    अधुरो सपनालाई पूरा गर्न 'बामे सर्दै' सफल कप्तान : थ्याङ्क यू पारस

    काठमाडौं : कुनै समय नेपाली क्रिकेटकै 'पर्याय' बनेका थिए पारस खड्का। ओझेलमा रहेको नेपाली क्रिकेटलाई विश्वसामु चिनाउन उनले खेलेको भूमिकाले नै उनलाई क्रिकेटको 'पर्याय' बनाएको थियो। उनै पारसले आजबाट अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्। उनको 'रिटायरमेन्ट' घोषणासँगै खेल क्षेत्रमा तरंग उत्पन्न भएको छ। ३३ वर्षे पूर्व कप्तान खड्काले आज सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका हुन्। डिभिजन ५ बाट आफ्नो कप्तानीमा…

    विस्तृतमा पढ्नुस्

  • खेल्दै, खेलाउँदै, संगीतमा झुम्दै अनिताको पिङपङ एरोबिक योजना

    खेल्दै, खेलाउँदै, संगीतमा झुम्दै अनिताको पिङपङ एरोबिक योजना

    काठमाडौं : सामाखुशीको सरकारी धारा नजिकै एउटा घरमा हरेक बिहान बालबालिकाको हल्लाखल्ला सुनिन्छ। फरकफरक समूहमा विभाजित बालबालिका खेलिरहेको ठाउँबाट 'टक-टक' आवाज आइरहन्छ। साना नानीमात्र होइनन्, युवा खेलाडीहरु पनि पिङपङ खेल्न तम्तयार देखिन्छन्। पिङपङ अर्थात टेबल टेनिस। घरको ग्राउण्ड फ्लोअरमा चलिरहेको प्रशिक्षणको माहोल अरुतिरको भन्दा फरक लाग्छ। सानासाना बालबालिकाको एउटा समूह, त्यस पछि अलि ठूलाहरुको अर्को समूह। सबै व्यस्त देखिन्छन्। पिङपङ…

    विस्तृतमा पढ्नुस्

  • प्रशिक्षकको राजीनामा प्रकरणमा 'हस्तक्षेप' र 'मानहानी'को बहस, के एन्फाको राजनीतिक मैदानसम्मै पर्ला असर?

    प्रशिक्षकको राजीनामा प्रकरणमा 'हस्तक्षेप' र 'मानहानी'को बहस, के एन्फाको राजनीतिक मैदानसम्मै पर्ला असर?

    काठमाडौं : आइतवार नेपाली फुटबल क्षेत्र प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको राजीनामाले तरंगित बन्यो। फेसबुकमार्फत राजीनामा दिने बताएका अलमुताइरीले स्पस्ट रुपमा एन्फाका वरिष्ठ उपाध्यक्षको हस्तक्षेपलाई कारण देखाए। उता वरिष्ठ उपाध्यक्ष नेम्बाङले अलमुताइरीको आरोपलाई ठाडै अस्वीकार गर्दै मुख्य प्रशिक्षकको राजीनामाले आफू आश्चार्य चकित भएको बताए। 'म दोषी पाइए एक मिनेट पनि एन्फामा बस्ने छैन। मैले गएको ३ हप्ता उहाँलाई काहाँनेर दु:ख दिएँ। म…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : एन्फा तयार भए पनि केही क्लबको आनाकानी, लिग नसार्न खेलाडीको एकै स्वर

    ए डिभिजन लिग : एन्फा तयार भए पनि केही क्लबको आनाकानी, लिग नसार्न खेलाडीको एकै स्वर

    काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)ले असोज तीन गतेबाट शहीद स्मारक ए डिभिजन लिग गराउने घोषणा गरेसँगै अधिकांश क्लबहरु त्यसको तयारीमा जुटेका छन्। यसपटकको लिगमा राम्रो मुल्यमा खेलाडीहरु ट्रान्स्पर भइरहेको चर्चा चलिरहेको छ। एन्फाले स्वास्थ्य मापदण्ड पालना गर्दै बन्द रंगशालामा लिग आयोजना गराउने तयारी थालेको छ। यस्तोमा केही क्लबहरु लिग खेल्न अनिच्छुक देखिएका छन्। मंगलवार चार वटा क्लबहरुले कोभिड संक्रमण…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell