PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • ‘लो प्रोफाइल’ नेतालाई राष्ट्रपति बनाउने 'रिहर्सल', यी हुन् भावी राष्ट्रपतिमा प्रचण्डले खोजेका दुई आधार

    ‘लो प्रोफाइल’ नेतालाई राष्ट्रपति बनाउने 'रिहर्सल', यी हुन् भावी राष्ट्रपतिमा प्रचण्डले खोजेका दुई आधार

    काठमाडौं : कसलाई राष्ट्रपति बनाउने भन्ने विषयमा सत्ताबाहिर रहेका दलबिचमात्रै फरक मत छैन, सत्तामै रहेका दलबिच पनि फरक फरक धारणा छ। आफ्नै दलको राष्ट्रपति बनाउने अडानमा एमाले छ, राष्ट्रिय सहमतिमार्फत राष्ट्रपति छान्ने दाउ छ माओवादी केन्द्रको। फागुन २५ का लागि तोकिएको राष्ट्रपति निर्वाचनको मनोनयन‍को समय फागुन १३ आउन अब दुई हप्तामात्रै बाँकी रहदा प्रधानमन्त्री पुष्पकमल दाहाललाई दोधार छ - एमालेकै नेतालाई राष्ट्रपति…

    विस्तृतमा पढ्नुस्

  • किन बालुवाटारको बैठकमा जानै छाडे ३ दल? संकटमा सत्ता गठबन्धन!

    किन बालुवाटारको बैठकमा जानै छाडे ३ दल? संकटमा सत्ता गठबन्धन!

    काठमाडौं : उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रपतिको निर्वाचन र मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास बालुवाटारमा बसेको बैठकमा कुनै निर्णय भने नभएको सत्तारुढ दलका नेताहरुले बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई फेरि सरकारमा सहभागी हुन उच्चस्तरीय संयन्त्रका संयोजक तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेका थिए। एमालेले रास्वपा र जनता समाजवादी पार्टी जसपालाई सरकारमा…

    विस्तृतमा पढ्नुस्

  • लगातार संकटमा सत्ता गठबन्धन : सुदूरपश्चिममा मुख्यमन्त्री गुमाएको एमालेले केन्द्रमा जोगाउला राष्ट्रपति?

    लगातार संकटमा सत्ता गठबन्धन : सुदूरपश्चिममा मुख्यमन्त्री गुमाएको एमालेले केन्द्रमा जोगाउला राष्ट्रपति?

    काठमाडौं : सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले नेतृत्वको सत्ता गठबन्धनको सरकारले विश्वासको मत पाउन सकेन। बिहीवार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मतका लागि राखेको प्रस्ताव अस्वीकृत भएसँगै एमाले नेतृत्वको सरकार ढलेको हो।५३ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीको ४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १ र एक स्वतन्त्र सांसद…

    विस्तृतमा पढ्नुस्

  • रवि लामिछानेको ठाउँमा उमेश श्रेष्ठ स्वत: हुन्छन् त सांसद?

    रवि लामिछानेको ठाउँमा उमेश श्रेष्ठ स्वत: हुन्छन् त सांसद?

    काठमाडौं : प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन-२ बाट  नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका उमेश श्रेष्ठले आफूलाई सांसद कायम गराउन दाबी गरेका छन्। आइतवार निर्वाचन आयोग पुगेर सांसद कायमका लागि आफूले दाबी पेश गरेको श्रेष्ठले बताए।  'लामिछाने जीलाई पनि अन्याय भयो। त्यतिबेला अनिर्णय हुँदा उहाँको पनि उपप्रधान सहित मन्त्री पद पनि गयो। त्यसैले फेरि चुनावमा जानुभन्दा दोस्रो म भएकाले सांसद कायम गर्न मेरो माग हो,'…

    विस्तृतमा पढ्नुस्

  • रविलाई गृह नदिने 'बटमलाइन' बलियो बनाउँदै माओवादी, राष्ट्रपतिमा दलको 'ट्याग' नलागेको व्यक्तिको खोजी

    रविलाई गृह नदिने 'बटमलाइन' बलियो बनाउँदै माओवादी, राष्ट्रपतिमा दलको 'ट्याग' नलागेको व्यक्तिको खोजी

    काठमाडौं : बिहीवार राष्ट्रिय स्वातन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू ‘अभिमन्यू’ नभएको भन्दै कडा अभिव्यक्तिमात्रै दिएनन्, तत्काल केन्द्रीय कमिटी र संसदीय दलको संयक्त बैठक बोलाए। बैठकमा सरकारबाट बाहिरिनुपर्नेमा एक मत भएन। गृह मन्त्रालय दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २ दिनको अल्टिमेटम दिएर बैठक सकियो। २ दिनको अल्टिमेटमको समय शनिवार सकिएको छ। तर न प्रधानमन्त्रीले रास्वपालाई गृह मन्त्रालय दिए न…

    विस्तृतमा पढ्नुस्

  • रवि लामिछानेको सांसदपछि पार्टी दर्ता पनि खारेज हुन्छ?

    रवि लामिछानेको सांसदपछि पार्टी दर्ता पनि खारेज हुन्छ?

    काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन -२ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेपछि २०७९ कातिक २९ गते निर्वाचन अधिकृतको कार्यालयमा उजुरी पर्‍यो। विदेशी नागरिकता त्यागे पनि नेपाली नागरिकता नलिएको भन्दै उनी उमेदवारका लागि अयोग्य भएको दाबी उजुरीमा थियो। उजुरी परेको ५ दिनपछि मंसिर ४ गते प्रतिनिधि सभाको निर्वाचन भयो। आयोगले लामिछानेलाई स्पष्टीकरण सोध्ने बाहेक कुनै कारबाही अघि बढाउन आवश्यक…

    विस्तृतमा पढ्नुस्

  • सरकारबाट बाहिरिन लागेको हो रास्वपा? सत्ता छोडे प्रचण्ड सरकारलाई के असर गर्छ?

    सरकारबाट बाहिरिन लागेको हो रास्वपा? सत्ता छोडे प्रचण्ड सरकारलाई के असर गर्छ?

    काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलवार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई 'डेडलाइन' दिएको थियो। आफ्नो पार्टीले पाएको उपप्रधान सहित गृहमन्त्रालय फेरि पनि पाउनुपर्ने दाबी रास्वापले गरिरहेको छ। मंगलवार ५ बजेसम्म मन्त्रालय नपाए सरकार छोड्ने चेतावनी रास्वपाको थियो। बुधवार पनि रास्वपाले प्रचण्डलाई कुर्‍यो। तर, प्रधानमन्त्री दाहालले रास्वपालाई गृहमन्त्रालय दिन नसकिने अडान लिएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा…

    विस्तृतमा पढ्नुस्

  • बरु बाँदरको चर्चा हुन्छ तर आफ्नै अघि जल्नेबारे मौन छ संसद्

    बरु बाँदरको चर्चा हुन्छ तर आफ्नै अघि जल्नेबारे मौन छ संसद्

    काठमाडौं: बानेश्वरको संसद् भवनभित्र माघ १० गते चर्कै भाषण थियो। भाषण हुनु नयाँ होइन पनि। सांसद, मन्त्री र प्रधानमन्त्रीले कहिले पो भाषण गरेका छैनन् र? कार्यकालभरि अधिकांश समय बोलेरै बिताउने नेता, सांसद, मन्त्रीको हकमा त्यो स्वभाविक नै हो। विषय पनि लगभग सधै उस्तै- आर्थिक संकट, सरकार, समृद्धि, विकास, परिवर्तन इत्यादि। तर भइदियो के भने त्यही बेला सडकमा मथिङ्गल हल्लाउने घटना…

    विस्तृतमा पढ्नुस्

  • रविलाई गृह दिन प्रचण्डको आनाकानी, नपाए सरकार नै छाड्ने रास्वपाको चेतावनी : सत्ता नै पर्ला संकटमा?

    रविलाई गृह दिन प्रचण्डको आनाकानी, नपाए सरकार नै छाड्ने रास्वपाको चेतावनी : सत्ता नै पर्ला संकटमा?

    काठमाडौं : सत्ता गठबन्धनमा गडबडीको संकेत देखा परेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पूर्व सहमतिअनुसार नै गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने भन्दै दबाव बढाएपछि गठबन्धनमा गडबडी देखिएको हो। रास्वपाका सभापति रवि लामिछानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गृह मन्त्रालय आफ्नो पार्टीलाई नै दिन प्रस्ताव गरिरहेका छन्। तर प्रधानमन्त्रीले भने अलमल गरेको रास्वपाले जनायो। गृह मन्त्रालय रविलाई दिन प्रचण्डको आनाकानी रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिमा राष्ट्रिय सहमति र गृहमन्त्रीमा अझै गृहकार्य किन खोजिरहेका छन् प्रचण्ड?

    राष्ट्रपतिमा राष्ट्रिय सहमति र गृहमन्त्रीमा अझै गृहकार्य किन खोजिरहेका छन् प्रचण्ड?

    काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सबैभन्दा संकट छ, राष्ट्रपतिको निर्वाचन। निर्वाचन आयोगले सोमबार निकालेको राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका अनुसार फागुन २५ को राष्ट्रपतिको निर्वाचन प्रचण्डका लागि अग्नि परीक्षा हुनेछ। नेकपा (एमाले) ले राष्ट्रपति आफ्नै पार्टीले पाउनुपर्ने भन्दै दिएको दबाब र कांग्रेसले राष्ट्रपतिमा चल्न खोजिरहेको राजनीतिक चालका कारण प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्नेमा जोड दिइरहेका छन्। राजनीतिक दलका नेतामा सहमति…

    विस्तृतमा पढ्नुस्

  • के रवि विधान मिचेर फेरि सभापति भएका हुन्?

    के रवि विधान मिचेर फेरि सभापति भएका हुन्?

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पदबाट हटेको २ दिनमै फेरि नेतृत्वमा फर्किएका छन्। शुक्रबारको सर्वोच्च अदालतको फैसलाले उनको उपप्रधान तथा गृह, पार्टी सभापति र सांसद पद गएको थियो। पार्टीको केन्द्रीय समितिको बैठकले शुक्रबार नै श्रम मन्त्री समेत रहेका उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापति बनाएको थियो।  अदालतले लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपालको नागरिकता पुनः प्राप्तिका…

    विस्तृतमा पढ्नुस्

  • 'केपी ओली फुटबल क्लब' खोल्दै युवा संघ, योजना ए डिभिजन लिगको

    'केपी ओली फुटबल क्लब' खोल्दै युवा संघ, योजना ए डिभिजन लिगको

    काठमाडौं : नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले फुटबल क्लब खोल्ने तयारी गरेको छ। युवा संघले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा क्लब खोल्ने तयारी गरेको हो। केपी ओली फुटबल क्लब (केपी एफ सी) क्लब खोल्ने तयारी भएको युवा संघका एक नेताले बताए। 'हाम्रो आफ्नै एउटा आधिकारिक फुटबल क्लब खोल्ने भन्ने छ। त्यसको नाम केपी एफ सी हुनेछ,' ती नेताले भने। फागुन ११ गतेदेखि  केपी…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको प्रचण्ड संकट : ओली जोगाउनु कि देउवा?

    प्रधानमन्त्रीको प्रचण्ड संकट : ओली जोगाउनु कि देउवा?

    काठमाडौं : पार्टी कार्यालय च्यासलमा आयोजित प्रशिक्षणमा सम्बोधन सकेर बाहिर निस्कँदै गर्दा राष्ट्रपतिबारे प्रतिक्रिया दिनै मानेनन् एमाले अध्यक्ष केपी शर्मा ओलीले। सञ्चारकर्मीको प्रश्नलाई मुस्कानसहित कुटनीतिक जवाफ दिन अघि सरिहाल्ने ओली बुधवार पन्छिनमात्र खोजेनन् केही रुखो पनि सुनिए। ‘यो कुरामा धेरै नजिस्काउनुस् न तपाईँहरू, जतिबेला भेट्यो त्यतिबेला जिस्क्याउनुहुन्छ,’ राष्ट्रपतिबारे सोधिएको प्रश्नकर्ताको मुखमा बुजो लगाइदिए उनले। ‘माओवादी केन्द्रलाई प्रधानमन्त्री, एमालेलाई राष्ट्रपति र…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगले पहिल्यै रोक्न सक्थ्यो रविलाई, गृहको चाबी दिँदा बसेको गलत नजिर

    निर्वाचन आयोगले पहिल्यै रोक्न सक्थ्यो रविलाई, गृहको चाबी दिँदा बसेको गलत नजिर

    काठमाडौं : शुक्रबारको सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलाले निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको के-के गएन र? सांसद पदमा अयोग्य भएको त अदालतकै फैसलामै छ। संविधानको धारा (७७)१ को ‘ग’ मा सांसद नरहेपछि मन्त्री पद रिक्त हुने व्यवस्था छ। नागरिकता नै नभएपछि पार्टी सभापति कायम रहने कुरा पनि भएन। नेपालमा राजनीति गर्न त नेपाली नागरिक हुनै पर्‍यो। त्यसैले उनी राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • लामिछानेको पद खारेजीले प्रचण्ड सरकारलाई धक्का, के सत्ता समीकरणमै आउला फेरबदल?

    लामिछानेको पद खारेजीले प्रचण्ड सरकारलाई धक्का, के सत्ता समीकरणमै आउला फेरबदल?

    काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको मन्त्री पद गएपछि स्वभाविक रुपले प्रश्न उठ्छ अब सत्ता गठबन्धन के होला? २० जना प्रतिनिधि सभामा सांसद छन् लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकरको एक बलियो खम्बा थिए लामिछाने। नागरिकता सम्बन्धी विवाद हुँदाहुँदै एमाले-माओवादी गठबन्धनले लामिछानेलाई मन्त्री मात्रै बनाएन उनको बचाउमै उत्रिएको थियो। किनभने गठबन्धनका…

    विस्तृतमा पढ्नुस्

  • प्रेमले झोसेको विद्रोहको राँको: जसले सोधेका छन् देशको ‘सिस्टम’मा राज गर्नेमाथि कठोर प्रश्न

    प्रेमले झोसेको विद्रोहको राँको: जसले सोधेका छन् देशको ‘सिस्टम’मा राज गर्नेमाथि कठोर प्रश्न

    काठमाडौं: ‘यो देश हो कि बधशाला?’ बुधबार काठमाडौंको माइतीघरको प्रदर्शनमा यस्तै प्लेकार्ड देखियो। ‘अर्को जल्दो शरीर मेरो नहोस्।’ सामाजिक सञ्जालमा पनि सरकारमाथि प्रश्न बर्सिरहेकै छन्। नहोस् पनि किन? थिति बसाल्ने थलो अगाडि नै दिन दहाडै आत्मदाह। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कारगेडकै अगाडि, इलामका प्रेमप्रसाद आचार्यले मंगलबार आफैंमाथि आगो लगाए। प्रचण्ड राष्ट्रिय सभामा सम्बोधन गरेर निस्किएका थिए त्यतिबेला। आफ्नै जिउमा लागेको…

    विस्तृतमा पढ्नुस्

  • सोबिताले चौतर्फी तारिफ पाएको पहिलो भाषणमा तथ्यगत त्रुटि, मिल्दैन उनको यो दाबी

    सोबिताले चौतर्फी तारिफ पाएको पहिलो भाषणमा तथ्यगत त्रुटि, मिल्दैन उनको यो दाबी

    काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले पहिलोपटक शनिबार प्रतिनिधि सभामा सम्बोधन गरिन्। रास्वपाकी इन्दिरा रानामगरको उपसभामुखको प्रस्तावक बनेर गौतम पहिलोपटक रोस्टममा पुगेकी थिइन्। ‍ ‘छिट्टै वसन्त ऋतु आउनेछ, तुसारोले रुखो बनाएको रुख बिरुवामा फेरि नयाँ पालुवा पलाउनेछन्। राजनीतिमा पनि समयको चक्र फेरिरहन्छ,’ काव्यात्मक शैलीमा सम्बोधन सुरु गरेकी सोबिताले उपसभामुखमा रानामगरलाई भोट त मागिन्। सँगै उनले आफ्नैबारे पनि बोल्न भ्याइन।…

    विस्तृतमा पढ्नुस्

  • सत्ता र शक्तिमा झापाली झट्का, एकपछि अर्को नेता कसरी पुगे राजनीतिको केन्द्रमा?

    सत्ता र शक्तिमा झापाली झट्का, एकपछि अर्को नेता कसरी पुगे राजनीतिको केन्द्रमा?

    काठमाडौं : 'झापा' नेपाली जनजिब्रोमा पर्नेवित्तिकै एउटा चित्र बन्छ - चतुर र कुटनीतिक। नहोस् पनि कसरी? अहिलेको राजनीतिक घटनाक्रमलाई नै हेरौं न। बालुवाटारमै प्रधानमन्त्रीको छैटौं इनिङ पर्खिरहेका देशकै सबैभन्दा ठूलो दलका सभापति शेरबहादुर देउवालाई चुपचाप कुम्लोकुटेरो बोकेर धुम्बाराही पुग्न बाध्य बनाउने एमाले अध्यक्ष केपी शर्मा ओली त्यतैका हुन्। 'उखान टुक्का' ले विपक्षीलाई सटीक प्रहार गर्न माहिर ओलीको पछिपछि छ राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • दुई दशकदेखि सभामुखमा ‘कम्युनिस्टको पकड’, कहिले को भए निर्वाचित?

    दुई दशकदेखि सभामुखमा ‘कम्युनिस्टको पकड’, कहिले को भए निर्वाचित?

    काठमाडौं: नेपालको संसदीय इतिहासको सुरुवातमा संसदीय मोर्चामा कांग्रेस अघि थिए। संसदीय गणित र नेतृत्वमा कम्युनिस्ट निकै पछि थिए। तर बहुदलीय व्यवस्थाको पुनर्स्थापनसँगै प्रतिस्पर्धी बन्दै गए। पछिल्लो २ दशकयता त सभामुखमा वामपन्थी दलहरुको किल्ला कांग्रेसले तोड्न सकेको छैन्। कृष्णप्रसाद भट्टराईदेखि तारानाथ रानाभाटसम्मलाई सभामुख बनाएर संसदमा एकछत्र राज गरेको कांग्रेस २०६२-०६३ को आन्दोलनपछि भने कमजोर सावित भइरहेको छ। जसको पछिल्लो उदाहरण हो…

    विस्तृतमा पढ्नुस्

  • बहुमतीय प्रक्रियाबाट सभामुख हुनेमा दोस्रो बनेका देवराज

    बहुमतीय प्रक्रियाबाट सभामुख हुनेमा दोस्रो बनेका देवराज

    काठमाडौं: नेकपा (एमाले) का स्थायी कमिटी सदस्य देवराज घिमिरे बिहीबार प्रतिनिधि सभाको सभामुख निर्वाचित भए। घिमिरेको पक्षमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका गरी सत्ता गठबन्धनका १६७ सांसदले मत दिएका थिए। विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी ईश्वरी न्यौपाने उम्मेदवार भए पनि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell