PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • बिहानैबाट ठुस्स प्रचण्ड सिंहदरबार पुगेपछि खुले एकाएक

    बिहानैबाट ठुस्स प्रचण्ड सिंहदरबार पुगेपछि खुले एकाएक

    काठमाडौं : प्रधानमन्त्रीमा शपथ लिनुअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहकार्य थियो - ककसलाई मन्त्री बनाउने? बिहान पार्टी कार्यालय पेरिसडाँडाँमा र दिउँसो बानेश्वरमा प्रचण्डलाई उस्तै सकस पर्‍यो। पार्टीका तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई मात्रै प्रचण्डलाई मन्त्रीका लागि फाइनल गर्न सके सोमवार। श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीबाट उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीको शपथ लिएका छन्। बानेश्वरको नेकपा एमाले, माओवादी केन्द्र,…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको ब्रिफिङ : पाँच दलले प्रधानमन्त्री दिन नसके विकल्प खोज्नुपर्छ, एमालेसँग मिलेर बन्लान् प्रधानमन्त्री?

    प्रचण्डको ब्रिफिङ : पाँच दलले प्रधानमन्त्री दिन नसके विकल्प खोज्नुपर्छ, एमालेसँग मिलेर बन्लान् प्रधानमन्त्री?

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनबारे विकल्प खोज्नुपर्ने बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा छलफल गर्नुअघि माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रचण्डले पछिल्लो परिस्थितिबारे 'ब्रिफिङ' गरेका थिए। उनले माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्नुपर्ने तर कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री नछोड्दा गठबन्धन नै खतरामा परेको प्रचण्डले बताएको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए। के भने प्रचण्डले? पदाधिकारीहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • देउवा - प्रचण्डमा खट्किएको विश्वास, आलोपालोले डुबाउला कि उतार्ला त यसपाला?

    देउवा - प्रचण्डमा खट्किएको विश्वास, आलोपालोले डुबाउला कि उतार्ला त यसपाला?

    काठमाडौं : अबको प्रधानमन्त्री शेरबहादुर देउवा कि पुष्पकमल दाहाल प्रचण्ड? सरकार गठनको ‘काउण्टडाउन’ अन्तिममा पुगेपछि प्रश्न झन् पेचिलो बन्दै छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड यसपाला प्रधानमन्त्री बनिछाड्ने दाउमा छन्। प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा पनि प्रधानमन्त्रीको दाबीबाट पछि हटेका छैनन्। प्रचण्ड भर्सेस् देउवा हुन थालेपछि सत्ता गठबन्धन नै अहिले अप्ठेरोमा छ। देउवा-प्रचण्डको तयारी समानान्तर नै छ। बुधवार देउवा कांग्रेस…

    विस्तृतमा पढ्नुस्

  • महिन्द्रा राय यादवभन्दा कान्छा पशुपतिशम्शेरले कसरी पाए सांसदलाई शपथ गराउने अवसर?

    महिन्द्रा राय यादवभन्दा कान्छा पशुपतिशम्शेरले कसरी पाए सांसदलाई शपथ गराउने अवसर?

    काठमाडौं : प्रतिनिधि सभाका सांसदमध्ये सबैभन्दा जेठो हुन् - महिन्द्रा राय यादव। नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष समेत रहेका ८५ वर्षका यादव माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्र हँसिया हथौडाबाट निर्वाचित भएका हुन्। सभामुखको निर्वाचन नभएको अवस्थामा संसदको जेष्ठ सदस्यले सांसदहरुलाई शपथ खुवाउने र त्यसअघि जेष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिनुपर्ने व्यवस्था छ। जेष्ठ सदस्यले नै सभामुखको निर्वाचन नभएम्म बैठकको अध्यक्षता गर्ने छ।…

    विस्तृतमा पढ्नुस्

  • रणनीतिक देउवा, आकर्षक गगन : दुई पौडेलको साटफेरले कस्तो आउला नतिजा?

    रणनीतिक देउवा, आकर्षक गगन : दुई पौडेलको साटफेरले कस्तो आउला नतिजा?

    काठमाडौं : मंगलवार नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा वरिष्ठ नेता रामचन्द्र पौडेलको ‘इन्ट्री’ अरु शीर्ष नेताभन्दा पहिला नै भयो। प्रधानमन्त्रीमा दावी गरेर प्रतिनिधि सभाको निर्वाचनमा होमिएका पौडेल संसदीय दलको नेता चयनका लागि मनोनयन दर्ता गर्ने बेला दलको कार्यालयमा देखिँदा कतिले सोचे - के पौडेल पनि संसदीय दलको नेतामा मनोनयन दर्ता गर्न आएका हुन्? त्यो कौतुहुलता धेरैबेर टिकेन, किनकि सञ्चारकर्मीमाझ उनी…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगको जलपान : ओलीको बहिष्कार, झलनाथको स्वागत

    निर्वाचन आयोगको जलपान : ओलीको बहिष्कार, झलनाथको स्वागत

    काठमाडौं : इलाम-१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएका थिए नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल। पराजित भएपछि आयोगविरुद्ध अदालत पुगिसकेका छन् खनाल। पूर्व प्रधानमन्त्री खनाल आयोगको निर्णयविरुद्ध उत्रिए पनि सोमवारको जलपान कार्यक्रममा सहभागी भए। आयोगले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा आयोगको कार्यालय रहेको बहादुर भवनको प्रांगणमा जलपान समारोह आयोजना गरेको थियो। नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा…

    विस्तृतमा पढ्नुस्

  • टेबुल ठटाउन ठिक्क परेका नयाँ सांसद, के लिएर छिर्दैछन् संसद् भवन?

    टेबुल ठटाउन ठिक्क परेका नयाँ सांसद, के लिएर छिर्दैछन् संसद् भवन?

    काठमाडौं: प्रतिनिधि सभा सदस्य रवि लामिछाने मंसिर २४ गते उद्योग वाणिज्य संघ चितवनको कार्यालय पुगे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका लामिछानेले संघका चितवन अध्यक्ष चुननारायण श्रेष्ठलाई भेट्नुको उद्देश्य थियो - आफ्नो निर्वाचन क्षेत्रको विकासमा खरो उत्रनु। पत्रकारिताबाट चर्चा कमाएर प्रतिनिधि सभाको निर्वाचनअघिमात्रै राजनीतिमा होमिएका लामिछाने संघीय संसद् नछिर्दै आफ्नो निर्वाचन क्षेत्र चितवन-२ मा खटिएको जनाउ दिन थालिसकेका…

    विस्तृतमा पढ्नुस्

  • हप्तादिनमै नयाँ सरकार! यी हुन् ४ आधार

    हप्तादिनमै नयाँ सरकार! यी हुन् ४ आधार

    काठमाडौं : निर्वाचन आयोगले बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई चुनावको प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको 'काउन्टडाउन' सुरु भएको छ। संविधानको धारा ९३ (१) निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र संसदको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ। 'अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र संघीय संसदको अधिवेशन आह्वान गर्नेछ,' संविधानमा भनिएको छ। आधार १ : अधिवेशन आह्वानको तयारीमा राष्ट्रपति! उक्त व्यस्था अनुसार…

    विस्तृतमा पढ्नुस्

  • रेशम चौधरी छुटाउन ल्याएको अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गर्न गर्लिन् अस्वीकार?

    रेशम चौधरी छुटाउन ल्याएको अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गर्न गर्लिन् अस्वीकार?

    काठमाडौं : मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश विवादमा छ। मंसिर २५ गतेको मन्त्रिपरिष बैठकले अध्यादेश ल्याउने निर्णय गर्‍यो, टीकापुर घटनाका मुख्य आरोपीका रुपमा जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई छुटाउन। नयाँ संसद चुनिसकेको अवस्थामा सरकारले अध्यादेश ल्याएको भन्दै सत्तारुढ दलकै नेताहरुले चर्को विरोध गरिरहेका छन्। विरोधका बाबजुत सरकारले अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई मंसिर २६…

    विस्तृतमा पढ्नुस्

  • रेशम चौधरी छुटाउन देउवादेखि ओलीको लाइन एउटै : कांग्रेस संस्थापनइतर भने उत्रियो चर्को विरोधमा

    रेशम चौधरी छुटाउन देउवादेखि ओलीको लाइन एउटै : कांग्रेस संस्थापनइतर भने उत्रियो चर्को विरोधमा

    काठमाडौं : टिकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीलाई जेलबाट छुटाउन सरकारले फौजदारी कार्यविधि संहिता २०७४ लाई संशोधन गर्न अध्यादेश ल्याएपछि विरोध अरु पार्टीमा होइन नेपाली कांग्रेसमै भइरहेको छ। गठबन्धनको सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गरिरहेका छन्। अध्यादेश राष्ट्रपतिको कार्यालयमा पुगिसकेको छ। तर सरकारका सानातिना निर्णयमा चर्कोगरी विरोध गर्ने नेकपा एमालेका अध्यक्ष केपी ओली अध्यादेश प्रकरणबारे भने मौन छन्। एमालले उक्त…

    विस्तृतमा पढ्नुस्

  • कहिले बन्छ नयाँ सरकार? सांसदको सपथ कहिले?

    कहिले बन्छ नयाँ सरकार? सांसदको सपथ कहिले?

    काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिक तर्फका उम्मेदवार निर्वाचित गर्ने तयारी गरेको छ। शनिवार दलहरुले बन्दसूचीमा रहेकाहरु मध्येबाट सांसद निर्वाचित गर्नुपर्ने उम्मेदवारको नाम निर्वाचन आयोगमा पठाएका थिए। उक्त नाममाथि आयोगले जाँच बुझका लागि २ दिनको समय छुट्याएको थियो। आयोगले दलहरुलाई समावेशी समानुपातिक सिद्धान्तअनुसार उम्मेदवार भए नभएकोबारे निर्णय गरेर पठाउन सोमवारसम्म समय दिएको थियो। प्रतिनिधिसभामा ७…

    विस्तृतमा पढ्नुस्

  • समानुपातिक सिद्धान्तअनुसार उम्मेदवारको नाम पठाएको नपठाएकोबारे छानबिन गर्दै आयोग, अरु के छन् प्रक्रिया?

    समानुपातिक सिद्धान्तअनुसार उम्मेदवारको नाम पठाएको नपठाएकोबारे छानबिन गर्दै आयोग, अरु के छन् प्रक्रिया?

    काठमाडौं : निर्वाचन आयोगले दलहरुले बुझाएको समानुपातिक सांसदको सूचीमाथि छानबिन सुरु गरेको छ। दलहरुले शनिवारसम्मको समय सीमामा बुझाएका नामहरु समानुपातिक/समावेशी सिद्धान्तअनुसार भए नभएकोबारे आयोगले आइतवारबाट छानबिन थालेको हो।  निर्वाचन आयोगका उपन्यायधिवक्ता गुरु प्रसाद वाग्लेले दलहरुको सूचीमाथि छानबिन गरेर सच्याउनका लागि दुई दिनको समय दिने तयारी गरेको जानकारी दिए। ‘निर्वाचित गर्नुपर्नेहरुको नाम दलहरुले हिजो पेश गर्नुभयो। त्यो नामावली समावेशी समानुपातिक सिद्धान्तअनुसार भए नभएको…

    विस्तृतमा पढ्नुस्

  • समानुपातिकमा नातागोताको हालीमुहालीः समावेशी सिद्धान्तलाई विकृत बनाउन कुन नेताका को बन्दै छन् सांसद?

    समानुपातिकमा नातागोताको हालीमुहालीः समावेशी सिद्धान्तलाई विकृत बनाउन कुन नेताका को बन्दै छन् सांसद?

    काठमाडौं: सांसद बन्न कतिको गाह्रो साह्रो पर्‍यो? नवनिर्वाचित सांसदले यसको अनुभव पक्कै गरे होलान्। तर सांसद बन्न त्याग, नागरिकसँगको बलियो सम्बन्ध र पार्टीप्रति लगाव चाहिन्छ भन्ने सोच छ भने त्योभन्दा सजिलो नातागोता हो। प्रमुख राजनीतिक दलहरूले शनिबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक सांसदको सूचीले यही भन्छ। कानुन निर्माण गर्ने ठाउँमा समानुपातिक समावेशी प्रतिनिधित्व कायम गराउनका लागि समानुपातिक निर्वाचन प्रणाली अपनाइएको भए…

    विस्तृतमा पढ्नुस्

  • कुन प्रदेशमा कसको सरकार? प्रदेश १ र मधेशमा एमालेको र अरु ठाउँमा गठबन्धनको यस्तो छ समीकरण

    कुन प्रदेशमा कसको सरकार? प्रदेश १ र मधेशमा एमालेको र अरु ठाउँमा गठबन्धनको यस्तो छ समीकरण

    काठमाडौं: प्रदेश र प्रतिनिधि सभा निर्वाचनको अन्तिम नतिजा आएसँगै दलहरुले नयाँ सरकार गठनका लागि गृहकार्य सुरु गरेका छन्। निर्वाचनअघि सत्ता गठबन्धनले चुनावी तालमेल गरेर फेरि पनि गठबन्धनकै सरकार बनाउने घोषणा गरेको थियो। तर आफ्नै गठबन्धनको सरकार बनाउने घोषणा गरेका सत्तारुढ गठबन्धनको अंकगणित हेर्ने हो भने बहुमत पुग्दैन। सरकार गठनका लागि १३८ सिट आवश्यक छ। चुनावी तालमेल गरेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत…

    विस्तृतमा पढ्नुस्

  • समानुपातिक उम्मेदवार बुझाउन आयोगले दललाई ३ दिनको समय दिने, राष्ट्रपतिसम्म कहिले पुग्छ निर्वाचन परिणाम?

    समानुपातिक उम्मेदवार बुझाउन आयोगले दललाई ३ दिनको समय दिने, राष्ट्रपतिसम्म कहिले पुग्छ निर्वाचन परिणाम?

    काठमाडौं: निर्वाचन आयोगले समानुपातिक तर्फको प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना सम्पन्न गरेको छ। मंगलबार आयोगले मतगणना सम्पन्न गरेको हो। उक्त नतिजाबारे थप निर्णय गर्न आयोगमा मंगलबार बैठक बसेको थियो। मतगणना सकिएपछिको प्रक्रियालाई टुंग्याउने तयारीमा आयोग लागेको सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। कस्तो हुन्छ प्रक्रिया? समानुपातिक तर्फ प्रतिनिधि सभामा ११० र प्रदेश सभाका २२० जनाका लागि निर्वाचन भएको थियो। दलहरुले…

    विस्तृतमा पढ्नुस्

  • २७५ सदस्यीय प्रतिनिधिसभामा कुन दलको कति सिट? सत्ता गठबन्धनलाई बहुमत पुगेन, ७ दलले 'थ्रेस होल्ड' कटाउँदा एकीकृत समाजवादी बनेन राष्ट्रिय दल

    २७५ सदस्यीय प्रतिनिधिसभामा कुन दलको कति सिट? सत्ता गठबन्धनलाई बहुमत पुगेन, ७ दलले 'थ्रेस होल्ड' कटाउँदा एकीकृत समाजवादी बनेन राष्ट्रिय दल

    काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा तर्फको समानुपातिक निर्वाचनको मत गणना सम्पन्न गरेको छ। मंगलवार प्रतिनिधिसभाको समानुपातिक तर्फको मत गणना सकिएको आयोगका सहायका प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। प्रदेशको समानुपातिक मतगणना पनि अन्तिम चरणमा पुगेको  उनले जानकारी दिए। 'अहिले दिउँसो संघको समानुपातिकको गणना सकिएको छ। प्रदेशको पनि चाँडै सकिन्छ,'उनले भने। आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिटकै नतिजा सोमबार सार्वजनिक गरिसकेको छ। समानुपातिकमा बाँकी…

    विस्तृतमा पढ्नुस्

  • कहिले सकिन्छ समानुपातिकको मत गणना? संसद्मा कुन दल कति बलियो?

    कहिले सकिन्छ समानुपातिकको मत गणना? संसद्मा कुन दल कति बलियो?

    काठमाडौं : प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। दोलखा र बाजुरा बाहेकका ठाउँको समानुपातिक तर्फको मत गणना सम्पन्न भएको हो। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दोलखा र बाजुरामा पनि चाडै समानुपातिक तर्फको मत गणना सम्पन्न हुने जानकारी दिए। दोलखा र बाजुराको मत गणना २ दिन भित्र धाँधली भएको भन्दै आयोगमा उजुरी परेपछि दोलखामा पुनः…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम र कर्णालीमा एमालेलाई र मधेशमा उपेन्द्रलाई संकट, कांग्रेसको छलाङ कहाँ?

    सुदूरपश्चिम र कर्णालीमा एमालेलाई र मधेशमा उपेन्द्रलाई संकट, कांग्रेसको छलाङ कहाँ?

    काठमाडौं: प्रत्यक्षतर्फ ३३० सदस्यका लागि भएको निर्वाचनमा २०७४ मा नेकपा (एमाले) ले १६८ ठाउँमा जित्यो। एमालेको जितले नेपाली कांग्रेस धेरै ठाउँमा संकटमा त पर्‍यो नै, नेकपा (माओवादी केन्द्र) सँगको एकतापछि ७ प्रदेशमध्ये ६ वटामा एमाले-माओवादीको शक्तिशाली प्रदेश सरकार बने। तर पाँच वर्ष एमाले नेतृत्वका सरकार टिक्न भने सकेनन्। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता विवाद र दल विभाजनसँगै एमालेका…

    विस्तृतमा पढ्नुस्

  • माओवादी-समाजवादी एकताः एमालेरहित कि एमालेसहित? एकीकृत समाजवादीमा चर्किंदै विवाद

    माओवादी-समाजवादी एकताः एमालेरहित कि एमालेसहित? एकीकृत समाजवादीमा चर्किंदै विवाद

    काठमाडौं: नेकपा (एकीकृत समाजवादी) जुम्लाका अध्यक्ष आदिप्रसाद न्यौपानेसहितका नेता चुनावअघि नै पुरानै पार्टी नेकपा (एमाले) मा फर्किए। कात्तिक २१ गते एमाले र एकीकृत समाजवादी जुम्लाले जारी गरेको विज्ञप्तिमा भनिएको थियो -कम्युनिस्ट आन्दोलनको मूल प्रवाहमा समाहित भयौँ। न्यौपाने मात्रै होइन गुल्मीका जिल्ला अध्यक्ष नरेश भण्डारीले पनि एकीकृत समाजवादी छोडेर एमालेमै फर्किएको घोषणा गरे। न्यौपाने र भण्डारी लगायतका नेता एमालमै फर्कनुको एउटा…

    विस्तृतमा पढ्नुस्

  • सत्ता गठबन्धनले बहुमत पाउँदा सत्ता खोस्न एमालेको के छ तयारी?

    सत्ता गठबन्धनले बहुमत पाउँदा सत्ता खोस्न एमालेको के छ तयारी?

    काठमाडौँ : प्रतिनिधि सभा निर्वाचन २०७९ पछि सबैभन्दा ठूलो दल बन्ने चरणमा छ नेपाली कांग्रेस। २०७४ को निर्वाचनमा नराम्ररी पराजित भएर दोस्रोमा खुम्चे पनि कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पायो, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सरकार २ पटक प्रतिनिधि सभाको विघटनपछि संकटमा पर्दा। अहिले स्वाभाविकै छ पहिलो दल हुनुको नाताले कांग्रेसले सरकार गठनका लागि गृहकार्य गर्नु। सत्ता गठबन्धनको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell