काठमाडौं : जेठ १ गते कोरोना संक्रमित सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भयो। कोरोनाबाट निधन भएको यो पहिलो केस थियो। दोस्रो मृत्युको केस केही फरक थियो। नेपालगञ्जका युवाले डाक्टरको हेरचाह त परको कुरा आइसोलेसन बेड पनि पाएनन्। क्वारेन्टाइनमै मृत्यु भयो। मृत्युपछि मात्र कोरोना पुष्टि भयो। पहिलो केस पनि यस्तै भएको थियो। गर्भवती महिलाको कोरोना परीक्षण प्रोटोकलमा नपरेको भन्दै त्रिवि शिक्षण अस्पतालले…
काठमाडौं : जेठ १ गते कोरोना संक्रमित सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भयो। कोरोनाबाट निधन भएको यो पहिलो केस थियो। दोस्रो मृत्युको केस केही फरक थियो। नेपालगञ्जका युवाले डाक्टरको हेरचाह त परको कुरा आइसोलेसन बेड पनि पाएनन्। क्वारेन्टाइनमै मृत्यु भयो। मृत्युपछि मात्र कोरोना पुष्टि भयो। पहिलो केस पनि यस्तै भएको थियो। गर्भवती महिलाको कोरोना परीक्षण प्रोटोकलमा नपरेको भन्दै त्रिवि शिक्षण अस्पतालले…
काठमाडौँ: बैतडीका वीरबहादुर चन्द कालापानी लिपुलेकका समाचार टिभीमा चाख मानेर हेर्छन्। रेडियोमा ध्यान दिएर सुन्छन्। समाचारले झन्डै पाँच दशकअघिको याद ताजा बनाउँछ। समाचारका अनेक चर्चा परिचर्चालाई उनी आफूले देखेको र भोगेको वास्तविकतासँग तुलना गर्छन्, कति साँचो लाग्छ त कति मिथ्या। शारीरिक अवस्था अहिले कमजोर भए पनि कालापानीको याद अमिट छ। लामा जुँगा, खाइलाग्दो ज्यान। अनुहार चाउरिएको छ। फौजी पोशाक छैन…
काठमाडौं : बाँके नरैनापुर गाँउपालिकाका ५९ जना कोरोना संक्रमितलाई नेपालगंजको लायन्स डेण्टल हस्पिटलमा राखिएको छ, यतिखेर। नरैनापुरका ४७ जनालाई सोमवार र अरुलाई मंगलवार कोरोना संक्रमण भएको पुष्टि भए पनि दुई दिनपछिमात्रै नेपालगञ्ज ल्याइएको हो। मंगलवार राति ९ बजे उनीहरुलाई नेपागञ्ज लगिएको गाँउपालिकाका स्वास्थ्य संयोजक मोहम्मद मोइन खाँले बताए। गाँउपालिका र जिल्ला स्वास्थ्य कार्यालयको संयोजनमा ३ वटा एम्बुलेन्समा ५९ संक्रमितलाई नेपालगञ्ज…
काठमाडौं: सोमवार बाँकेमा देखिएका ४७ जना कोरोना भाइरस संक्रमित भारतको मुम्बइबाट आएका देखिएको छ। बाँके नरैनापुर गाउँपालिकका कोरोना भइरस संक्रमित दोस्रो मृतक र सोमवार देखिएका ४७ जनामध्ये धेरै एउटै बसमा मुम्बइबाट आएको पाइएको नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए। 'उनीहरु सबै भारतबाटै आएका हुन्। मृतक र आज भेटिएकामध्ये धेरैजना एउटै बसमा आएको देखिन्छ। तर सबै जना एउटै बसमा…
काठमाडौं : राजधानीको कपनमा फर्निचर पसल सञ्चालन गर्ने परिवारको १८ वर्षीया किशोरीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि त्यस क्षेत्रमा सिल गरिएको छ। कपनको तेन्जिङ चोक क्षेत्रमा सिल गरिएको हो। उनलाई हिजो कोरोना संक्रमण भएको पुष्टि भएपछि आज सो क्षेत्र सिल गरिएको हो। हिजो सर्लाहीको रामनगर गाउँपालिका ४ की किशोरीमा कोरोना संक्रमण पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जनाएको थियो। उनीसहित…
काठमाडौं : कोरोना संक्रमण भएर ज्यान गुमाएकी सुत्केरी महिलाको त्रिवि शिक्षण अस्पतालमा साढे सात महिनामा नै छोरोलाई जन्म दिइन्। सरकारले तयार गरेको प्रोटोकल अनुसार कोरोना परीक्षणको दायरामा उनी परिनन्। त्यसैले उनको कोरोना भाइरसको परीक्षण हुन सकेन्। त्रिवि शिक्षण अस्पतालमा गर्भवती महिलाको कोरोना भाइरसको परीक्षण नहुनुले एउटा प्रश्न उब्जाएको छ। कोरोना भाइरसको जोखिम सबै उमेर समूह र लिंग र वर्गका मानिसहरुमा…
काठमाडौं: तराईका सबैजसो जिल्लामा कोरोना भाइरसका संक्रमित छन्। प्रदेश २ र ५ मा संक्रमितको संख्या धेरै छ। भारतसँग सीमा जोडिएका तराईका जिल्लामा सीमा क्षेत्रबाट लुकिछिपी आउने क्रम नरोकिँदा संक्रमणको जोखिम बढी छ। भारतले अहिले सीमा क्षेत्रमा आएर बसेका नेपालीलाई नेपाल ल्याउन बाध्य पारेको स्थानीय अधिकारी बताउँछन्। एकातिर सीमामा कडाई र अर्कोतिर भारतले सीमामा रहेकालाई स्वदेश जान बाध्य पारेपछि सीमासम्म आएकालाई…
काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा एक जना बिरामीलाई कोरोना भाइरस संक्रमण देखिएपछि अस्पतालले थप रणनीति तय गर्न आकस्मिक बैठक बसेको छ। त्रिवि शिक्षण अस्पतालका कार्यकाकारी निर्देशक प्रेमकृष्ण खड्गाले अस्पतालमा भर्ना गरिएको एक विरामीमा कोरोना पोजेटिभ देखिएको पुष्टि गरे। कोरोना संक्रमित देखिएपछि अस्पतलालाई ब्यवस्थापनमा कठिनाई भएको उनको भनाई छ। 'रिपोर्ट पोजेटिभ आएको छ। अहिले अस्पतलाई ब्यवस्थापन गर्न अप्ठ्यारो परेकाले…
वैशाख २६ गते भारतका रक्षामन्त्री राजनाथ सिंहले ट्वीट गरे जसमा कालापानी, लिपुलेक हुँदै तिब्बतको मानसरोवर जाने सडकको भिडियो कन्फ्रेन्सबाट उद्घाटन गरेको जानकारी थियो। त्यसपछि धेरैले प्रश्न गरे, 'नेपाल सरकारलाई यसबारे जानकारी छ कि छैन?' त्यस्तै प्रश्नको सामना परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आइतवारको संसद बैठकमा गर्नुपर्यो। उनले सरकारलाई थाहा भएको सांसदहरुलाई जवाफ दिए। यसै विषयमा नेपालको परराष्ट्र मन्त्रालयले आपत्ति जनाउँदै विज्ञप्ति…
काठमाडौं : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदलाई संसदमा सरकारका पक्षमा उभिन पत्राचार गरेका छन्। संसदीय दलको बैठक डाक्न ठाउँ अभाव भएकाले सरकारको पक्षमा एकवद्ध हुन उनले पत्र नै पठाएका हुन्। नेकपा भित्र स्थायी कमिटी बैठक बोलाउने विषय विवादमा रहेका बेला सरकारको नीति तथा कार्यक्रममाथि नै सत्तारुढ दलका सांसदलाई निर्देशन दिएका…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र अर्का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ। दुई अध्यक्षबीच संसदीय दलको बैठकको विषयमा छलफल भएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए। तत्कालीन परिस्थितिमा संसदीय दलको बैठक बस्न नसक्ने ओलीले प्रचण्डलाई बताएका छन्। 'संसदीय दलमा अब के गर्ने भन्ने विषयमा छलफल भयो। तत्कालिन परिस्थितिमा बैठक बस्न सक्दैन भन्ने हामीले…
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यालयमा धुम्बाराहीमा बसेको वरिष्ठ नेता माधव कुमार नेपाल र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पक्षधर स्थायी समिति सदस्यहरूको भेला स्थायी समिति बैठक बोलाउन दबाब दिने निर्णय गरेको छ। बिहीवार दिउँसो बसेको भेलाले नेकपाका अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाललाई भेटेर दबाब दिने निर्णय गरेको हो। भेलाले अध्यक्षलाई दबाब दिनको लागि समिति सदस्य भीम रावल र…
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अनिश्चित भएपछि वरिष्ठ नेता माधव कुमार नेपाल र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) निकट स्थायी समिति सदस्यहरू पार्टी कार्यालयमा छुटै भेला गरेका छन्। अबको रणनीति कस्तो हुने भन्ने विषयमा भेला भएको सहभागी एक स्थायी समिति सदस्यले बताए।' प्रधानमन्त्री केपी ओलीले बैठक बोलाउन अस्वीकार गरेपछि थप रणनीति बनाउन उपस्थित भएका हौँ।…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकको माग गरेका नेता प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहारप्रति आक्रोशित भएका छन्। प्रधानमन्त्री केपी ओलीली अन्तिममा आएर स्थायी कमिटी बैठक स्थगन गरेको भन्दै उनीहरुले आक्रोश ब्यक्त गरेका हुन्। एक ब्यक्ति एक मुख्य जिम्मेवारीको माग जोडतोडले उठाउने तयारी गरिरहेका ओली इतरका स्थायी समिति सदस्यहरु उनी बैठकबाट भाग्न खोजेपछि फेरी दबाब दिने रणनीतिमा छन्। गत…
काठमाडौं : माघ १० गते नेपालमा पहिलो कोभिड १९ संक्रमित भेटिए। अर्को केस भेटिन दुई महिना लाग्यो। चैत १० गते सरकारले दोस्रो कोरोना संक्रमित भेटिएको सार्वजनिक गर्यो, त्यसैको भोलिपल्ट देखि लकडाउन गर्ने निर्णय गर्यो। त्यसयता चैत महिनाभर केही संख्यामा कोरोना संक्रमित देखिए। तर बैशाख लागे यता संक्रमितको ग्राफ बढदो छ। वैशाख ५ गते १२ जना संक्रमित भेटिए उदयपुरको भुल्केमा। भुल्के…
काठमाडौं: सामाजिक सञ्जालमा केही भिडियो र फोटो हिट् छन्। भिडियोमा देखिन्छ, पीपीई लगाएका व्यक्तिले पिठ्युमा डिस्इन्फेक्टेन्ट्को सिलिण्डर बोकेका छन्। उनीहरु दायाँबाया उभिएर बाटोमा आउने मान्छेलाई डिस्इन्फेक्टेन्ट् स्प्रे गर्दैछन्। एउटा बालिका र महिलालाई उनीहरु केमिकल छर्कँदैछन्। महिलाको मुखमा मास्क भए पनि बालिकाको मुख खुला देखिन्छ। सँगै उभिएका अरु मानिसहरु आँखा चिम्म गर्न लगाउँछन्। अनि छर्किन्छन् डिस्इन्फेक्टेन्ट्। भिडियो न्यूरोड क्षेत्रको हो। फोटो…
काठमाडौं : २३ जना कोरोना संक्रमित भेटिएपछि सोमवारदेखि तीन दिनका लागि निषेधाज्ञा छ, नेपालगञ्ज उप-महानगरमा। नगरलाई मुख्य चुनौती छ संक्रमण रोक्नु। संक्रमणको फैलावटलाई रोकेर संक्रमितको चाँडो पहिचान गर्ने रणनीति बनाएको छ, उप-महानगरले। ट्रेसिङ, टेस्ट र आवतजावतमा रोकावटको उपायबाट संक्रमण रोक्ने रणनीति रहेको मेयर डाक्टर धवल शम्शेर राणाले बताए। मुख्यगरी निषेधाज्ञाको पालना, संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र परीक्षण गर्ने योजना रहेको राणाले…
काठमाडौं : इटहरी उप महानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले लकडाउनमा कसैले खान नपाए त्यसको जिम्मा प्रधानमन्त्री तथा मन्त्रीहरुले लिनुपर्ने बताएका छन्। मान्छे भोकै भएकाले प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने मेयर चोधरीले बताए। मान्छेले खान नपाएर मर्ने र प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा नदिने भए राज्यले जेल नेल ठोक्नुपर्ने उनको तर्क छ। चौधरीले कोरोना रोकथामका लागि स्थानीय प्रदेश र केन्द्र सरकारवीच समन्वय हुन…
काठमाडौं : मुलुकमा लगातार कोरोना संक्रमितको ग्राफ बढिरहँदा यसैका लागि गठन भएको उच्चस्तरीय समितिको भने एक सातादेखि बैठकसमेत बसेको छैन। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको कलहका कारण कोरोनाभन्दा पनि प्राथमिकता पार्टीभित्रको विवाद भइदिँदा समितिको बैठक बस्न नसकेको हो। अपडेट : समितिको बैठक आज बस्दै, लकडाउन बढाउने तयारी फागुन १७ गते कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति गठन भयो। उप्रधान…