काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको रात्रिभोजमा सहभागी हुन विभिन्न दलका नेताहरु शीतल निवास पुगेका छन्। भोजमा सहभागी हुन नेकपाका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड शीतल निवास भर्खरै पुगेका हुन्। यस्तै पूर्व प्रधानमन्त्री डा बावुराम भट्टराई पनि शीतल निवास पुगेका छन्। भण्डारीले भेटघाटका लागि भन्दै आज पूर्व प्रधानमन्त्री तथा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई डाकेकी हुन्। त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले असार १० गतेका लागि बोलाएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली इतरका नेताहरुले आफ्ना पुरानै एजेन्डा उठाउने तयारी गरेका छन्। ओली इतरका नेताहरुले सरकारका गतिविधिको समीक्षा गर्नुपर्ने, एक व्यक्ति एक जिम्मेवारीलगायतका मुद्दा उठाउँदै आएका छन्। एमसीसीबारे छलफल गर्न बैठक बोलाइएको भनिए पनि एमसीसीसँगै आफूले उठाएका विषयमा छलफल हुने उनीहरुको जिकिर छ। स्थायी कमिटी सदस्य…
काठमाडौं : पहिलो कोरोना संक्रमित देखिएको झण्डै पाँच महिनाको अवधिमा ७६ जिल्लामा संक्रमण फैलिएको छ। भारतसँग सिमाना जोडिएका तराइका जिल्ला हुँदै पहाड पुगेको संक्रमण पछिल्लो समय हिमालसम्मै पुगेको छ। हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङमासमेत संक्रमित भेटिसकेका छन्। सवा दुई लाख बढीको पीसीआर परीक्षण गर्दा ९ हजार २६ लाई हालसम्म संक्रमण पुष्टि भयो। संक्रमितमध्ये २३ जनाको मृत्यु भएको छ। पाँच महिनासम्म…
काठमाडौं : नेपाल-भारतका १३/१३ जना आमनेसामने। लहरै नेपालीको बसाई। अगाडि भारतीयको बसाई लहरै। 'हाइहेल्लो'पछि पालैपालो बोल्दैछन्। नम्र रुपमा भइरहेको कुराकानी बेलाबेला चर्किन्छ। अनि कहिले शुन्यता छाउँछ। केही बेरको शुन्यतापछि फेरि उठाइन्छ विषय। विषय उठाउने जिम्मा मोडरेटरलाई छ। नेपाली समूहको नेतृत्वमा छन्, नापी विभागका महानिर्देशक बुद्धिनारायण श्रेष्ठ। उनी आफ्नो समूहको सदस्यमार्फत विषयवस्तुको हाइलाइट गराइरहेका छन्, तर अडान आफू लिन्छन्। +++ मिति:…
काठमाडौं : 'आज जे–-जति समस्या र चुनौती छन्, तिनको समाधान राष्ट्रिय सहमति बाहेकबाट हुन सक्दैन। राष्ट्रिय सहमतिका निम्ति फेरि एकचोटि सबैसँग अपील गर्दछु,' नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहल प्रचण्डले शनिवारको प्रतिनिधिसभा वैठकमा सम्बोधन गर्दै बोलेका यी शब्दले पुन: एकपटक उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व लिने उनको मोह सार्वजनिक भएको छ। आधा घन्टाभन्दा बढी भाषण गरेका प्रचण्डले अन्त्यतिर जसरी उच्चस्तरीय…
काठमाडौं: दुई हप्ता यता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेसबुक पेज अपडेट छैन। जेठ १९(जुन १) मा बाँकेको राप्ती-सोनारि ठोरियामा सवारी दुर्घटना हुँदा मृत्यु भएका १२ जनाप्रति श्रद्धाञ्जली दिएको स्टाटसपछि उनले फेसबुकमा केही लेखका छैनन्। सामाजिक सञ्जालदेखि आफ्नो व्यक्तिगत वेबसाइटमा आफ्ना गतिविधिलाई महत्वकासाथ राख्ने प्रचण्ड जुन १ यता ट्वीटरमा पनि सक्रिय छैनन्। सिएमप्रचण्ड डट कम पनि अपडेट…
काठमाडौं : प्रतिनिधि सभाको बैठकमा मंगलवार संविधानको दोस्रो संसोधन विधेयकमाथि छलफल शुरु भएको छ। सांसदहरुले छलफलमा भाग लिँदै आफ्नो धारणा राखिरहेका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद गंगा चौधरीले पनि छलफलमा भाग लिन भन्दै नाम टिपाइन्। सांसदहरुले छलफलमा भाग लिनु पूर्व नै सभामुख अग्नि सापकोटाले संशोधनको सैद्धान्तिक पक्षमा मात्रै छलफल हुने भन्दै सचेत गराएका थिए। बोल्ने पालो आएपछि सांसद चौधरीले…
काठमाडौं : भारतबाट आउनेको संख्या बढ्न थालेपछि गाउँगाउँका क्वारेन्टाइन भरिन थाले। आएकालाई क्वारेन्टाइन राखेर परीक्षण गर्दा केही समय यता कोरोना संक्रमितको ग्राफ लगातार उकालो लागिरहेको छ। देशभर सवा दुई लाख मानिसहरु क्वारेन्टाइनमा छन्। त्यसमध्ये सबैभन्दा धेरै क्वारेन्टाइनमा सुदुरपश्चिममा छन्। सुदूर पश्चिममा ६० हजार भन्दा धेरै मानिस क्वारेन्टाइनमा छन्। यी सबैजना भारतबाट आएका हुन्। प्रदेश ५ र कर्णालीमा पनि क्वारेन्टाइन बस्नेको संख्या…
काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ हजार नाघिसकेको छ। वैशाखयता संक्रमितको संख्या लगातार बढ्दो छ। नेपालभर संक्रमण फैलिदा अधिकांश जिल्लामा मानिसहरु संक्रमित छन्। मुलुकका ७७ मध्ये ७ जिल्लामा हालसम्म संक्रमण देखिएको छैन। सबैभन्दा पछि संक्रमण देखिन थालेको कर्णाली प्रदेशका जिल्लामा अरु ठाँउभन्दा तीब्र गतिमा संक्रमित भेटिए। सबैभन्दा धेरै संक्रमित प्रदेश २ मा छन् भने त्यसपछि प्रदेश ५ मा।…
काठमाडौं : बिहीवार दैलेखका १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भयो। त्यसमध्ये अधिकांश नारायण नगरपालिकाका थिए। जहाँ हालसम्म १ सय ५९ जना कोरोना संक्रमित छन्। उनीहरु सबै भारतबाट आएर क्वारेन्टाइन बसेका हुन्। क्वारेन्टाइन बसेको दशौं दिनमा आरडीटी परीक्षण गरियो, नतिजा पोजेटिभ आएकाको पीसीआर गर्दा कोरोना संक्रमण पुष्टि भयो। भारतबाट दिनदिनै आउनेको संख्या बढ्दा उनीहरुको ब्यवस्थापनका लागि त्यहाँको स्थानीय सरकार…
काठमाडौं: नेपालभर कोरोना संक्रमितको संख्या २५ सय नजिक छ। प्रदेश २ र ५ सबैभन्दा बढी प्रभावित छन्। सबैभन्दा पछाडि संक्रमित देखिएको कर्णालीमा पनि संक्रमणदर रफ्तारमा बढेको छ। प्रदेश १ मा १ सय ६८ जना संक्रमित छन्। माघ १० गते पहिलो पटक नेपालमा कोरोना संक्रमण भेटिए यता साढे चार महिनाको अवधिमा ६१ जिल्लासम्म संक्रमण फैलिएको छ। प्रदेश १ का १४ जिल्लामध्ये…
काठमाडौं : सरकारले पहिलो चरणमा विदेशबाट २० हजार नेपालीलाई स्वदेश ल्याउने तयारी गरेको छ। उनीहरुलाई सरकारले जहाँजको ब्यवस्था गरेपनि भाडाभने आफै तिर्नुपर्ने शर्त छ। होटलमा क्वारेण्टाइन बस्ने पनि सरकारले ब्यवस्था गर्ने छ, तर होटलको शुल्क आफै तिर्नुपर्ने ब्यवस्था छ। यसरी विदेशबाट ल्याउन महिना दिन अघि देखि तयारी र क्वारेण्टाइनका लागि होटलको ब्यवस्था गरिदा भारतबाट नेपाल आउनेका लागि भने सीमानामा परीक्षणको…
काठमाडौं : भारतबाट आएर रुपन्देहीको भैरहवास्थित नमुना माविको क्वारेन्टाइनमा बसेकामध्ये एक जनालाई कोरोना भाइरसको संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका व्यक्तिको पहिचान गर्न कठिन भएको छ। क्वारेन्टाइनमा रहेका २३ जनालाई जेठ ९ गते बसबाट म्याग्दी पठाइको थियो। म्याग्दीमा नमुना संकलन गरी पीसीआर परीक्षण गर्दा एक जनामा कोरोना भाइरस संक्रमण देखियो। १५ गते संक्रमण भएको पुष्टि भएपछि उनीसँगै बसमा सवार २३ जनाको…
काठमाडौं : भोजपुर हतुवागढीका उपेन्द्र राई दुई वर्षअघि साउदी अरब हान्निए। घर चलाउने अर्को मेलोमेसो नभएपछि अरब जानुको विकल्प थिएन। आल्मुनियम कम्पनीमा हेल्परको काम भएकाले काम गर्न त्यति गाह्रो भएन। पैसा ठीकै। उपेन्द्र सन्तुष्ट नै थिए। दुइ वर्षको अवधि गत फागुनमा सकियो। साउदीमा पनि त्यो बेलासम्म कोरोना संक्रमणको त्रास फैलिसकेको थियो। कतिपय नेपाली धमाधम घर फर्कन थालेका थिए। उपेन्द्रका लागि…
काठमाडौं : सरकारले संघीय संसदमा बिहीवार प्रस्तुत गरेको २०७७/७८ को बजेटमा निजी विद्यालयले कम्तीमा एक सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने ब्यवस्था गरेको छ। विनियोजन गरिएको बजेटको १ सय ६६ नम्बरमा माध्यामिक तहसम्मको पढाइ हुने निजी विद्यालयले सरकारी विद्यालयको जिम्मा लिनुपर्ने उल्लेख छ। 'माध्यामिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सबै निजी विद्यालयले सामाजिक उत्तरदायित्व वहन गर्दै कम्तीमा एक सामुदायिक विद्यालयमा…
काठमाडौं : मंगलवार कपिलवस्तुको यशोधरा गाउँपालिकका २४ जनालाई कोरोना संक्रमण पुष्टि भयो। गाउँपालिका आइसोलेसन बेडको खोजीमा रह्यो। अबेर रातिसम्म लगाएर कपिलवस्तु नगरपालिका ११ मा आइसोलेसन कक्ष निर्माण भयो तर सार्ने बेला स्थानीयले विरोध गरे। संक्रमण फैलिने भन्दै स्थानीयले विरोध गरेपछि गाउँपालिका पछि हट्यो। संक्रमितलाई क्वारेन्टाइनमै अलग राखेर गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई आवश्यक व्यवस्था गरिदिन आग्रह गर्यो। भारतबाट धमाधम धेरैको संख्यामा…
काठमाडौं : माघ १० मा नेपालमा पहिलोपटक कोरोना भइरसको संक्रमण भेटियो। त्यसको दुई महिनापछि चैतमा दोस्रो व्यक्तिमा संक्रमण पुष्टि भयो। अन्य देशभन्दा ढिला संक्रमण भित्रिएको नेपालमा महामारी रोकथामको पर्याप्त समय थियो तर सरकारको ध्यान गएन। लकडाउनको महिना दिनसम्म पनि संक्रमितको संख्या न्यून नै थियो। फितलो तयारीका कारण मानिसहरूको आवतजावत पूर्ण रूपमा रोकिएन। र, परीक्षणको दायरा पनि बढेन। वैशाखयता संक्रमितको संख्या…
काठमाडौं : कपिलवस्तुको यशोधरा गाउँपालिकाका २४ जना कोरोना भाइरस संक्रमितका लागि आइसोलेशन बेडको अभाव भएको छ। आइसोलेशनको अभाव भएपछि गाँउपालीकाले क्वारेण्टाइनमा संक्रमितलाई छुट्टै राखेको छ। मंगलबार नै कपिलवस्तु नगरपालिका वडा नम्बर ११ को स्वास्थ्य चौकीमा ५० बेडको आइसोलेशन केन्द्रमा संक्रमितहरुलाई राख्ने निर्णय भएको थियो। तर, स्थानीयले विरोध गरेपछि संक्रमितहरुलाई राख्ने स्थानको बारेमा अन्यौल भएको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योतीप्रकाश दुवेले बताए। '२४ जना संक्रमितलाई…
काठमाडौं : नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दै गएको छ। भाइरसको कहरबाट सबैभन्दा बढी तराईका जिल्लाहरु प्रभावित भएका छन्। यसबीच जेठ ४ गते मृत्यु भएका प्रदेश २ को बारा निवासी एक वृद्धमा सोमबार कोरोना संक्रमण देखिएको पुष्टि भयो। नेश्नल मेडिकल कलेज वीरगंजमा उपचार गराइरहेका बारा कलैया उपमहानगरपालिकाका ७० वर्षका वृद्धमा कोभिड १९ पोजेटिभ रहेको पुष्टि भएको हो। मृगौलाका बिरामी रहेको वृद्धमा…
काठमाडौं : दुई महिना लामो लकडाउनसम्म सुस्ताएको सरकारी संयन्त्र कोरोनाको संक्रमणले छपक्कै ढाक्न लाग्दा भन्दैछ - सम्हाल्नै कठिन हुने अवस्था आयो। नेपालमा ढिलो गरी कोरोना संक्रमित विस्तार हुँदा पनि तयारी पर्याप्त नगर्दा कोभिड-१९ ले मुलुकलाई संकटतिर धकेल्दैछ। आखिर किन भयो त यस्तो? क्वारेन्टाइन व्यवस्थापन गर्न बनाइएको मापदण्डको प्रस्तावनामा लेखिको छ - शंकास्पद व्यक्तिलाई कम्तिमा १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा सुरक्षित…