काठमाडौँ: प्रतिनिधिसभा सदस्य यज्ञबहादुर बोगटी चैत ११ गते सरकारले लकडाउन गरेपछि बाहिरतिर त्यति डुलेनन्। संसद चलेका बेला संसद र कामै परे सिंहदरबार बाहेक अन्यत्र जान निषेध गरे आफैँले। संसद अधिवेशन अन्त्य भए पनि सिंहदरबार जानुपर्ने काम भने परिरहन्थ्यो। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद लकडाउनकै बेला चर्कियो। दोस्रो तहका नेता र सांसद पार्टी जोगाउन भन्दै सक्रिय भए -त्यही बेला। पार्टीको…
काठमाडौं : नेपाल चिकित्सक संघले सरकारले निजी अस्पतालाई कोभिड १९ संक्रमित बिरामी उपचारका लागि अनिवार्य बेड तयार गर्न दिएको निर्देशनको विरोध जनाएको छ। संघले विज्ञप्ती जारी गर्दै सरकारको निर्णयप्रति ध्यानाकर्षण भएको बताएको छ। 'मेडिकल कलेजलाई १ तिहाई र अन्य अस्पतालहरुलाई २० प्रतिशत बेड छुट्याउने गरी गरको निर्णयप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ,' विज्ञप्तिमा भनिएको छ। आइतवारमात्र स्वास्थ्य तथा…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक दलसम्बन्धी अध्यादेशले सिर्जना गरेको विवादले चार महिना रन्थनियो। अध्यक्ष तथा प्रधामन्त्री केपी ओलीले वैशाख ८ मा अध्यादेश ल्याएपछि एकाएक सतहमा आएको विवाद बल्ल सहमतिको दिशामा अघि बढिरहेको छ। 'लभ-हेट' रिलेसनमा रहेको ओली र अर्का अध्यक्ष प्रचण्ड पुनर्मिलनको अवस्थामा छन्। चार महिने विवादले केन्द्रदेखि गाउँसम्म विभाजनको मुखमा पुगेको नेकपाको नेतृत्व लेनदेनको सुत्रले विवाद मिलाउने तयारीमा छन्। देखाउने दाँत…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केपी ओलीले विवाद समाधानका लागि कार्यदल गठन गरे पनि प्रचण्ड समूहका शीर्ष नेताहरुले भने असन्तुष्टि जनाएका छन्। प्रचण्डबाहेकका नेताहरुले कार्यदलको गठन प्रक्रिया विधिसम्मत नभएको भन्दै असन्तुष्टि जनाएका हुन्। कार्यदल गठनपछि वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताले प्रचण्डलाई भेटेर शनिवार असन्तुष्टि जनाएका…
काठमाडौँः विपत्ति बाजा बजाएर आउँदैन। तर सिन्धुपाल्चोकको लिदीको पहिरो भने बाजा बजाएरै आयो। बस्ती पहिरोको जोखिममा थियो। यसबारे सरकार पनि जानकार नै थियो। लिदीमा पहिरो जान सक्ने पूर्व संकेत देखिएकै थियो। बस्तीमाथि महिनौँअघि चिरा देखिनुले पहिरो आउँछ भन्ने संकते गर्थ्यो। तर बस्ती सार्नेबारे सरकारले योजना नै बनाएन। जसकारण लिदीवासीका लागि आफ्नै गाउँ 'एकै चिहान' बन्नुपर्ने कारण बन्यो। पहिरोभित्र परेको बस्तीबाट ११ जनाको शव निकालिएको छ। २७ जना बेपत्ताको सूचीमा छन्। बस्ती सार्न ताकेता तर सरकारको बेवास्ता जुगल…
काठमाडौं: कालिकोटको महाबै गाउँपालिका वडा नं ३ नकुगाउँमा पहिरो जाँदा दुई परिवारका ६ जनाको मृत्यु भएको छ। बिहीवार राति पहिरो जाँदा एक घर पुरिएर ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जानकारी दिए। एउटा परिवारका ४ जनाको र अर्को एक परिवारका २ जनाको मृत्यु भएको गैरेले बताए। वडा सदस्य राजबहादुर बिष्टको घर पहिरोले पुरिएको र उनका ४…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी( नेकपा) विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले पाँच दिनमा निकास निस्कने दाबी गरेका छन्। एपी वान टेलिभिजनको मंगलवार प्रसारण भएको कार्यक्रममा ओलीले पाँच दिनमा सिनारियो नै बदलिने दलिल प्रस्तुत गरे। दाबीको एक दिनपछि साता लामो 'आइसोलेसन' ब्रेक गरेर बुधवार अर्का अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र ओली संवादमा जुटेका छन्। सुरक्षाकर्मीमा कोभिड…
काठमाडौं : चैत ११ गते गरिएको लकडाउनपछि लामो दुरीका सवारी साधन ठप्प छन्। साउन पहिलो हप्ता लकडाउन हटे पनि सार्वजनिक सवारी कसरी नियमन गर्ने? यही प्रश्न सरकारको टाउको दुखाइको बिषय बन्यो। बिना योजना नै सरकारले सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गर्यो। छोटो दुरीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिएको सरकारले भदौ १ गतेदेखि लामो दुरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो।…
काठमाडौं : हालसम्मकै सबैभन्दा धैरै ८ जनाको कोभिड १९ संक्रका कारण निधन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा ८ जनाको मृत्यु भएको पुष्टि गरेको हो। मन्त्रालयका प्रवक्ता डा जागेशवर गौतमले काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको साउन २८ गते निधन भएको बताए। उनको किष्ट अस्पतालमा उपचारका क्रममा निधन भएको हो। धादिङको निलकण्ठ नगरपालिकाका ३२ वर्षका पुरुषको साउन २७ गते ह्याम्स…
काठमाडौँः सप्तरीका श्यामसुन्दर रौनियार वर्षौँ अघिदेखि मिर्गौला तथा मधुमेहका बिरामी हुन्। ९० वर्षका उनी काठमाडौँमा डा. ऋषिकुमार काफ्ले र डा. मानबहादुर केसीको निगरानीमा थिए। लकडाउनमा सप्तरी कञ्चनपुर नगरपालिकामा रहेको आफ्नो घरमा गएका बेला आइतबार उनको एक्कासी सुगरको लेभल घट्यो। निकै असजिलो भएपछि अस्पताल लान परिवार भौँतारिए। तर सामान्य बेलाको जस्तो अस्पताल दौडाइहाल्न सजिलो थिएन। अस्पताल लैजान एम्बुलेन्स पनि सजिलै तयार भएनन्।…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका उप-नेता सुवास नेम्वाङले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। बिहीवार बिहान अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको सन्देश लिएर प्रचण्डकै निवास खुमलटारमा नेम्वाङ पुगेका हुन्। पार्टी भित्रको आन्तरिक बिवाद बढदै गएपछि आफू खुमलटार पुगेको नेम्वाङले बताए। भेटपछि दुई अध्यक्षबीच कुरा मिल्नेमा आफू आशावादी रहेको उनले बताए। 'एक एक विषयबस्तुमा भन्दा पनि समग्रमा पार्टी विवादबारे कुरा…
काठमाडौं : प्रधामन्त्री केपी ओलीले कोभिड १९ को संक्रमण नियन्त्रणबारे विज्ञहरुसँग छलफल गरेका छन्। बालुवाटारमा २० जना भन्दा बढी स्वास्थ्य क्षेत्रका विज्ञलाई बोलाएर ओलीले छलफल गरेका हुन्। छलफलमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र जनता समाजवादीका नेता महन्थ ठाकुर पनि सहभागी थिए। विज्ञसँगको छलफलमा प्रधामन्त्रीले महामारी सबैको चुनौति भएको बताए। ओलीका सञ्चार विज्ञ रामशरण वजगाइले प्रधामन्त्रीले महामारीलाई अवसरका रुपमा…
काठमाडौं: कोभिड १९ का संक्रमित बढ्दै जाँदा सरकारले फेरि लकडाउन गर्न परामर्श अघि बढाएको छ। विज्ञहरुले लकडाउन वा अन्य विकल्प नअपनाए भयावह स्थिति आउने चेतावनी दिइरहेका बेला सरकार लकडाउन गर्ने वा नगर्ने भन्ने परामर्शमा जुटेको हो। लकडाउनका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीले मंगलवार २० जना भन्दा बढी जनस्वास्थ्य विद्लाई सरकारी निवास बालुवाटार बोलाएका छन्। संक्रमितको संख्या बढिरहेकाले थप रणनीति तयार पार्न विज्ञहरुको सल्लाह लिन लागिएको…
काठमाडौं: प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहल प्रचण्डबीच आइतवार भएको छलफल पनि निष्कर्ष विहीन भएको छ। दुबै अध्यक्षले पुरानै अडान कायम राखेकाले छलफल कुनै सहमतिमा पुग्न नसकेको हो। बालुवाटार स्रोतका अनुसार प्रचण्डले पुरानै अडान अनुसार विवाद समाधानका लागि स्थायी कमिटी बैठक बोलाउन र त्यहाँबाट निकास ननिस्किए केन्द्रिय कमिटी बैठक बोलाउन प्रस्ताव…
काठमाडौं : सरकारले ६० वर्षमाथिका जेष्ठ नागरिक तथा १२ वर्ष मुनिका बालबालिकालाई घरबाहिर ननिस्कन अनुरोध गरेको छ। कोरोनाको जोखिम बढेको भन्दै यी उमेर समूहका मानिसलाई अरुलाई भन्दा संक्रमण भएमा जोखिम हुने भएकाले घरभित्रै बस्न मन्त्रालयले आग्रह गरेको हो। मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बालबालिका र जेष्ठ नागरिकलाई घरभित्रै बस्न अनुरोध गरे। '६० वर्ष पुगेका जेष्ठ नागरिक र १२ वर्षमुनिका बालबच्चाहरु घरबाट…
काठमाडौं: १३ गतेको स्थायी कमिटी बैठक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का लागि निकै विवादित बन्यो। दुई अलग पार्टीकै अभ्यास गरेझै अध्यक्ष केपी ओलीले स्थगित गरेको बैठक अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले सुचारु गरे। प्रचण्ड र बरिष्ठ नेता माधव नेपालको स्थायी कमटीको बैठक नै भएको दाबीलाई अस्वीकार गर्दै ओली खेमाले गुट भेलाको संज्ञा दियो। दुई अध्यक्ष बीचको बढदो तिक्तताले संवादहीनता सुरु भयो। असार…
काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को १३ गतेको स्थायी कमिटी बैठक विवादित बन्यो। प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले स्थगित गरेको बैठक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुरु गरे। ओली समूहको बहिस्कारबीच बैठक बोलाएका प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बैठक स्थगित गर्नु विधान विपरीत भएको निर्णयसमेत गर्यो। बैठकलाई ओली समूहले गुट भेलामात्रै भएको दाबी गरिरहेको छ। प्रचण्ड-नेपाल समूहले पार्टीकै…
काठमाडौं : हिजो बुधवारमात्र भारतमा ५२ हजार भन्दा धेरै कोरोना भाइरस संक्रमित थपिए। यससँगै भारतमा संक्रमितको संख्या १५ लाख ८३ हजार ४ सय ८३ पुगेको छ। भारतमा बढ्दो संक्रमणले नेपाल कति जोखिममा छ त? सरकारले लकडाउन खुला गरेलगत्तै सीमावर्ती क्षेत्रमा भारतबाट नेपाल आउने र नेपालबाट भारत जाने क्रम ह्वात्तै बढेको छ। भारतको बिहार र उत्तर प्रदेशमा संक्रमितको संख्या दिनहुँ बढिरहेको…
काठमाडौँ: नेपाल भारत सीमामा निर्बाध आवतजावत हुन थालेपछि कोभिड १९ संक्रमणको जोखिम बढेको छ। नेपालमा लकडाउन खुलेसँगै सीमामा गरिएको कडाइ खुकुलो हुँदा संक्रमणको जोखिम बढेको हो। लकडाउनका बेला अपनाइएको सावधानी समेत अहिले हटेको छ। नेपाल आउने तथा नेपालमा रहेका भारतीय आफ्नो देश जाने क्रम बढेसँगै संक्रमणको जोखिम बढेको स्थानीय प्रशासनले बताएका छन्। सीमावर्ती भारतीय जिल्लाहरूमा कोभिड १९ को संक्रमण बढिरहेकाले…
काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद केन्द्रीय कमिटीतर्फ केन्द्रित भएको छ। सचिवालय र स्थायी कमिटीमा विवाद समाधान नभएपछि केन्द्रीय कमिटी सदस्यहरुले बैठक माग गरेका छन्। बैठक माग गर्दै १५२ सदस्यले अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीलाई पत्र बुझाएका छन्। पार्टी कार्यालयका सचिव ईश्वरी रिजाललाई पत्र बुझाएको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए। महासचिव बिष्णु पौडेललाई पत्र बुझाउने तयारी गरिए पनि उनी…