PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

  • मुख्य नाकाबाहेक सबै सीमामा काँडेतार, बीओपी ५ सय पुर्‍याउन प्रस्ताव

    मुख्य नाकाबाहेक सबै सीमामा काँडेतार, बीओपी ५ सय पुर्‍याउन प्रस्ताव

    काठमाडौं : कोरोना महामारीमा नेपाल-भारतबीचका खुला सीमाबाट निम्तिनसक्ने समस्याले राज्यलाई झस्काएको छ। कोरोना महामारीमा सरकारले सीमा नाका बन्द गरेको छ। दुवै देशमा लकडाउन छ। कोरोनाको सुरुवाती चरणमा सरकारले भारतबाट आउने प्रवासी नेपालीलाई सीमा बन्द गरेर रोक्यो। सीमामा ठूलो नदी भएका ठाउँबाहेक खुला नाकाबाट सयौं नेपाली नेपाली लुकिछिपी आए। कति त ज्यान जोखिममा हालेर नदी तरेरै पनि आए। उनीहरु आफूमात्र आएनन्,…

    विस्तृतमा पढ्नुस्

  • बजेटमाथि रावलको आक्रोश : काठमाडौंमा फ्लाइओभरलाई पैसा, सुदूरपश्चिममा भएको पनि कटौति? कालापानीका लागि खै प्याकेज? एमसीसी तुरुन्त फिर्ता गर

    बजेटमाथि रावलको आक्रोश : काठमाडौंमा फ्लाइओभरलाई पैसा, सुदूरपश्चिममा भएको पनि कटौति? कालापानीका लागि खै प्याकेज? एमसीसी तुरुन्त फिर्ता गर

    काठमाडौं: सरकारले बिहीवार आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमाथि विभिन्न पक्षबाट विभिन्न खाले प्रतिक्रिया सार्वजनिक भइरहेका छन्। धेरैले बजेट कोरोना केन्द्रीत हुन नसकेको र छरिएर आएको टिप्पणी गरेका छन्। खासगरी सुदूरपश्चिम क्षेत्रमा बजेट कटौती गरेको भन्दै सामाजिक सञ्जालमा सरकारमाथि आक्रोश र प्रश्न उठेको छ। यसमा सत्तारुढ नेकपाकै नेता कार्यकर्ता पनि…

    विस्तृतमा पढ्नुस्

  • कसरी सुल्टिन सक्छ कालापानीको नेपाल-भारत विवाद?

    कसरी सुल्टिन सक्छ कालापानीको नेपाल-भारत विवाद?

    काठमाडौं : नेपालको दार्चुला जिल्लामा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषय नेपाल-भारत सम्बन्धमा पुरानै विवाद हो। सन् १८१६ को सुगौली सन्धिअनुसार यी भूभाग नेपालका हुन्। तर, भारत सन् १८५७ पछिका नक्साहरु देखाउँदै आफ्नो दावी गरिरहेको छ र सैन्य उपस्थिति बढाएर आफ्नो नियन्त्रणमा लिएको छ। लामो समयदेखि थाँती रहेको यो विवाद भारतको नयाँ राजनीतिक नक्सा र मानसरोवर जोड्ने सडक उद्घाटन पश्चात…

    विस्तृतमा पढ्नुस्

  • बजेटमा कालापानी क्षेत्रलाई छैन विशेष प्याकेज, दार्चुलाका सांसद भन्छन्: राज्यले अपनत्व देखाएन

    बजेटमा कालापानी क्षेत्रलाई छैन विशेष प्याकेज, दार्चुलाका सांसद भन्छन्: राज्यले अपनत्व देखाएन

    काठमाडौं: दार्चुलाबाट आजमात्रै एउटा खबर आयो। कालापानी क्षेत्रमा नेपालको स्वामित्व रहेको छाङरु र तिंकरमा टेलिकमको टावर सञ्चालनमा छैन। टेलिफोन पनि चल्दैन। गाउँले र सुरक्षाकर्मीलाई सम्पर्क गर्न कठिनाई छ। यसैकारण गाउँपालिकाले केन्द्र सरकारस्थित सञ्चार मन्त्रालयलाई टावर सञ्चालनका लागि पत्राचार गर्‍यो। बजेट भाषणको पूर्वसन्ध्यामा आएको यो समाचार पढ्दा धेरैलाई आजको बजेटले सो क्षेत्रको समस्या सम्बोधन गर्ने अनुमान तथा विश्वास लिएका थिए। त्यसै…

    विस्तृतमा पढ्नुस्

  • अछामका संक्रमित : १२ जनाको समूहमा दिल्लीबाट आएका थिए, आरडीटी पोजेटिभ देखिँदा कैलालीमै रोकिए

    अछामका संक्रमित : १२ जनाको समूहमा दिल्लीबाट आएका थिए, आरडीटी पोजेटिभ देखिँदा कैलालीमै रोकिए

    काठमाडौं: सुदूरपश्चिमको पहाडी जिल्ला अछाममा पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएको छ। सेती प्रादेशिक अस्पताल धनगढीमा पीसीआर परीक्षणका क्रममा मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुस्कोटका ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मेल्लेख गाउँपालिकाका अध्यक्ष लोकबहादुर बोहराले संक्रमित नयाँ दिल्लीबाट आएको बताए। उनका अनुसार रोजगारीको सिलसिलामा नयाँ दिल्लीमा रहेका संक्रमित जेठ ८ गते १२ जनाको समूहमा…

    विस्तृतमा पढ्नुस्

  • तिनै संक्रमित भए जसले आफ्नो कारलाई एम्बुलेन्स बनाएर निशुल्क सेवा दिइरहे...

    तिनै संक्रमित भए जसले आफ्नो कारलाई एम्बुलेन्स बनाएर निशुल्क सेवा दिइरहे...

    काठमाडौं : कोरोना भाइरसको संक्रमण पुष्टि भएका बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ३७ वर्षीय पुरुष समाजसेवी भएको खुलेको छ। उनी लकडाउनले समस्यामा परेका विरामीको सेवाका लागि आफ्नो गाडीलाई एम्बुलेन्स बनाएर नि:शुल्क रुपमा चलाइरहेका थिए। ‘बुढानिलकण्ठ नगरपालिकाको स्थायी बासिन्दा हो। समाजसेवी हो। कहीँ पनि जानुभएको छैन। उहाँले लकडाउनको अवधिमा आफ्नो निजी गाडीलाई एम्बुलेन्स बनाएर सुत्केरी, विरामीलाई निशुल्क सेवा दिँदै आउनुभएको…

    विस्तृतमा पढ्नुस्

  • टोखाका संक्रमित किराना पसलेः पाँच दिनअघिसम्म कारोबार थियो जारी

    टोखाका संक्रमित किराना पसलेः पाँच दिनअघिसम्म कारोबार थियो जारी

    काठमाडौं : टोखा नगरपालिका वडा नम्बर ६ का सोमबार कोरोना संक्रमण पुष्टि भएका व्यक्ति किराना पसले भएको खुलेको छ। वडा नम्बर ६ का वडाध्यक्ष महेश्वर केसीले संक्रमित ग्रान्डी अस्पताल भन्दा केही माथि पुलिस चौकीभन्दा तल किराना पसल गरेर बस्दै आएको जानकारी दिए। ‘संक्रमितको पसल र निवास नजिकै नजिकै छ। आरडीटी टेस्टमा पोजेटिभ आएपछि अरु ९ जनालाई ७ नम्बर वडाको क्वारेन्टाइनमा राखिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • बैतडीका संक्रमित चैत ६ गते मुम्बईबाट आएका थिए, प्रहरी हिरासतबाट आइसोलेसनमा लैजाने तयारी

    बैतडीका संक्रमित चैत ६ गते मुम्बईबाट आएका थिए, प्रहरी हिरासतबाट आइसोलेसनमा लैजाने तयारी

    काठमाडौं: कोरोना भाइरसको संक्रमण पुष्टि भएका बैतडीका २२ वर्षीय पुरुष प्रहरीको हिरासतमा रहेका थुनुवा भएको खुलेको छ। उनी ज्यान मुद्दामा २२ दिनदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा थिए। उनी चैत ६ गते  भारतको मुम्बईबाट आएका थिए। सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले संक्रमित व्यक्ति थुनुवा भएको जानकारी दिए। ‘ज्यान मुद्दामा हिरासतमा रहेका व्यक्ति हुन्। २०/२२ दिनदेखि हिरासतमा छन्। मुद्दा अहिलेकै हो,’…

    विस्तृतमा पढ्नुस्

  • नयाँ नक्सा र सशस्त्रको बीओपीपछि अब सेना पठाउने तयारी : बाटो बनाउन तयार छ यस्तो खाका

    नयाँ नक्सा र सशस्त्रको बीओपीपछि अब सेना पठाउने तयारी : बाटो बनाउन तयार छ यस्तो खाका

    काठमाडौं : वर्षौदेखि भारतको कब्जामा रहेको नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकमा पछिल्लो समय सरकारले विभिन्न कदम चालेको छ। नेपाली भूमि फिर्ता ल्याउने प्रयासदेखि सीमा सुरक्षाको प्रयत्‍नसम्म भएका छन्। खासगरी भारत सरकारले नेपाली भूमि हुँदै मानसरोवर जाने बाटो खुला गरेपछि नेपालको सडक र सदनमा विरोध प्रदर्शनहरु भए। चौतर्फी दबाबपछि सरकारले राजा महेन्द्रको पञ्चायतकालीन शासनदेखि भारतको नियन्त्रणमा रहँदै आएको भूभागलाई फिर्ता…

    विस्तृतमा पढ्नुस्

  • फिल्मी शैलीको एउटा अपराध : रक्सी खुवाउँदै टाउकोमा घन, बारीमा गाडियो शव

    फिल्मी शैलीको एउटा अपराध : रक्सी खुवाउँदै टाउकोमा घन, बारीमा गाडियो शव

    काठमाडौं : यो घटना 'सावधान इन्डिया', 'क्राइम पेट्रोल'जस्ता टेलिश्रृङ्खलामा देखाइने कथा होइन। करिब १ महिना अघिदेखि पोखरा, समिनताराका विमल रानाभाट बेपत्ता थिए। लकडाउनका कारण उनलाई खोज्ने कोही भएनन्। ठीक एक महिनापछि विमल होइन उनको शव चाहिँ भेटियो। त्यो पनि उनकै घर नजिक, ज्ञानबहादुर परियारको घर पछाडि, बारीको डिलमा गाडेको अवस्थामा। त्यसपछि उनको शव, मृत्युको कारण र समग्र घटनाबारे अनुसन्धान सुरु…

    विस्तृतमा पढ्नुस्

  • आइसोलेसन अभावले बाँकेमा संक्रमित क्वारेन्टाइनमै, लक्ष्मणपुरमा बनाउन खोज्दा विरोध

    आइसोलेसन अभावले बाँकेमा संक्रमित क्वारेन्टाइनमै, लक्ष्मणपुरमा बनाउन खोज्दा विरोध

    काठमाडौँ: बाँकेमा आज थपिएका ४७ जना संक्रमित क्वारेन्टाइनको अभावमा क्वारेन्टाइनमै बस्न बाध्य भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा बाँकेको नरैनापुरका ४७ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको थियो। उनीहरु अहिलेसम्म आइसोलेसनमा हुनुपर्थ्यो। तर, संक्रमित रिपोर्ट आएको ५/६ घण्टा भइसक्दा पनि क्वारेन्टाइनमै छन्। कारण जिल्लाको एकमात्र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको ३० बेड भएको आइसोलेसन खाली छैन। बाँकेमा…

    विस्तृतमा पढ्नुस्

  • नीति तथा कार्यक्रममा चोर बाटोबाट एमसीसी घुसाइएको भन्दै भीम रावलको विरोध, दुई बुँदामा फरक मत

    नीति तथा कार्यक्रममा चोर बाटोबाट एमसीसी घुसाइएको भन्दै भीम रावलको विरोध, दुई बुँदामा फरक मत

    काठमाडौं:  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य डा. भीम रावलले सरकारले ल्याएको नीति तथा कार्यक्रममा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा भएका विषय समावेश गरेको भन्दै आपत्ति जनाएका छन्। सरकारको नीति तथा कार्यक्रम संसदमा शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेकी थिइन्। कार्यक्रमको बुँदा नम्बर २११ मा लप्सीफेदी रातमाटे हेटौंडा र लप्सीफेदी रातमाटे दमौली-बुटवल ४ सय केभी प्रसारण लाइन निर्माण…

    विस्तृतमा पढ्नुस्

  • बाँकेमा ४८ जनाको परीक्षण गर्दा थप ८ जनामा कोरोना, लखनउ र मुम्बईबाट आएका थिए, हिजो राती भित्रिएका ६८७ आरडीटी टेस्ट

    बाँकेमा ४८ जनाको परीक्षण गर्दा थप ८ जनामा कोरोना, लखनउ र मुम्बईबाट आएका थिए, हिजो राती भित्रिएका ६८७ आरडीटी टेस्ट

    काठमाडौं : कोरोना भाइरस संक्रमणको पछिल्लो हटस्पट बाँकेमा थप ८ जनामा संक्रमण देखिएको छ। पछिल्लो १५ दिनयता भारतबाट आएर क्वारेन्टाइनमा बसेका ४८ जनाको थ्रोट स्वाब संकलन गरी भेरी अस्पतालमा परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर १, ३ र ५ का १८ देखि ३६ वर्ष उमेर समूहका…

    विस्तृतमा पढ्नुस्

  • बीओपी स्थापना गर्न छाङरु पुगेका एआईजी थापा भन्छन् : अब सशस्त्र जाडो लागेर तल झर्दैन, नेपाल प्रहरी पनि त्यहीँ बस्छ

    बीओपी स्थापना गर्न छाङरु पुगेका एआईजी थापा भन्छन् : अब सशस्त्र जाडो लागेर तल झर्दैन, नेपाल प्रहरी पनि त्यहीँ बस्छ

    काठमाडौं:  भारतले नेपाली भूमि कालापानी हुँदै मानसरोवर जोड्न सडकको ट्रयाक खोलेपछि नेपाल भारत सीमा विवाद पुनड्ड चर्चामा छ। नेपालमा सडकदेखि सदनसम्म विरोध भइरहेको छ। नेपाल सरकारले औपचारिक रुपमा भारतलाई कूटनीतिक नोट दिएको हो। नेपालले आफ्नो भूभाग मिचिएको बताइरहँदा भारतले पनि उक्त भूमि आफ्नो भएको बताएको छ। कोरोना कहरका कारण विवादलाई वार्ताको टेवलमा ल्याउने काम भएको छैन। विवादबीच बुधबारमात्र नेपालले दार्चुलाको…

    विस्तृतमा पढ्नुस्

  • भारतीय हेलिकोप्टर उडिरहने नेपाली आकाशमा नेपाली सेनाकै हेलिकोप्टर : आज पनि कालापानीमा उडान

    भारतीय हेलिकोप्टर उडिरहने नेपाली आकाशमा नेपाली सेनाकै हेलिकोप्टर : आज पनि कालापानीमा उडान

    काठमाडौं : भारतीय सेनाका हेलिकप्टर उडिरहने दार्चुलाको नेपाली आकाशमा हिजोदेखि नेपाली सेनाको हेलिकोप्टर उडिरहेको छ। कालापानी र लिपुलेकलाई लिएर काठमाडौंमा प्रदर्शन चर्किएका बेला भारतीय सेनाले हेलिकोप्टरमार्फत् कालापानीमा निगरानी बढाएका बेला बुधवारदेखि नेपाली सेनाको हेलिकोप्टर उडेपछि स्थानीय बासिन्दाले खुशी व्यक्त गरेका छन्। सोमवारमात्रै भारतीय सेनाको हेलिकोप्टरले नेपाली आकाश भएर ५/६ पटक उडान गरेको थियो। दार्चुलाका पत्रकार भोजराज जोशीले नेपाली आकाशमा नेपाली…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा संक्रमण देखिएकी महिला सशस्त्रको पूर्व जवान, परिवारका सदस्यको स्वाब संकलन, यस्तो छ ‘ट्राभल हिस्ट्री’

    काठमाडौंमा संक्रमण देखिएकी महिला सशस्त्रको पूर्व जवान, परिवारका सदस्यको स्वाब संकलन, यस्तो छ ‘ट्राभल हिस्ट्री’

    काठमाडौं : काठमाडौंमा कोरोना भाइरसको संक्रमण देखिएकी कञ्चनपुर वेदकोट घर भएकी ३३ वर्षीया महिला सशस्त्र प्रहरी बलको आवकाशप्राप्त जवान भएको खुलेको छ। वेदकोट नगरपालिकाका मेयर अशोक चन्दका अनुसार परिवारका सदस्य र सुरक्षा निकायसँग सोधपुछका क्रममा उनी सशस्त्र प्रहरीमा केही समय जागिर खाएर छोडेको खुलेको छ। साथै उनको परिवारका ५ जनाको सेती प्रादेशिक अस्पताल धनगढीबाट आएको टोलीले स्वाब संकलन गरेको छ। उनीहरुलाई घरमै…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा प्रदर्शन चर्किँदा कालापानी क्षेत्रका बासिन्दालाई बाटोको पिरलोः सिडिओ कार्यालय धर्नामा पुगेका भन्छन्, कहिलेसम्म भारतको बाटो हिड्ने?

    काठमाडौंमा प्रदर्शन चर्किँदा कालापानी क्षेत्रका बासिन्दालाई बाटोको पिरलोः सिडिओ कार्यालय धर्नामा पुगेका भन्छन्, कहिलेसम्म भारतको बाटो हिड्ने?

    काठमाडौं: भारतद्वारा अतिक्रमित भूमि कालापानी र लिपुलेक छेउका नेपाली गाउँका बासिन्दाले नेपालतिरैबाट आफ्नो गाउँ जाने बाटो बनाइदिन माग गरेका छन्। जिल्ला प्रशासन कार्यालय दार्चुलाको गेटमा मंगलवार धर्ना बसेका कालापानी र लिपुलेक क्षेत्रको छाङरु, तिंकरका स्थानीय बासिन्दाले बाटो माग्दै नाराबाजी गरेका हुन्। उनीहरु दार्चुलाको विकट उत्तरी व्यास गाउँपालिका १ स्थित छाङरू र तिंकरमा ६ महिना बस्छन् भने ६ महिना सदरमुकाम खलंगा।…

    विस्तृतमा पढ्नुस्

  • कालापानीभन्दा १२ किलोमिटर वर नै बस्दै सशस्त्रको बिओपी जहाँ पहिल्यैदेखि छ प्रहरी

    कालापानीभन्दा १२ किलोमिटर वर नै बस्दै सशस्त्रको बिओपी जहाँ पहिल्यैदेखि छ प्रहरी

    काठमाडौं : 'छाङरुमा सशस्त्र उपस्थिति सकारात्मक छ। तर, त्यसैलाई कालापानी नसम्झौं। नलेखौं। त्यहाँबाट कालापानी कति टाढा छ? हेक्का राखौं। भुगोल चिनौं।' कञ्चनपुरका पत्रकार राजेन्द्र नाथले सोमवार साँझ फेसबुकमा लेखेका छन्। सरकारले छाङरुमा सशस्त्रको बीओपी स्थापना र बुधवार सेनाको हेलिकोप्टरबाट टोली खटाउने तयारी गरिरहँदा धेरैले कालापानीमै सुरक्षाकर्मी पठाउन लागेको बुझेका छन्। त्यसैलाई जवाफ दिँदै कालापानीमा २०६० सालमा भारतीय सेनाको क्याम्पमै कुटाई…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने डाक्टर ज्ञवालीलाई नियम मिचेरै प्रत्यारोपण केन्द्रको जिम्मेवारी

    प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने डाक्टर ज्ञवालीलाई नियम मिचेरै प्रत्यारोपण केन्द्रको जिम्मेवारी

    काठमाडौं : आफ्नो उपचारमा संलग्न चिकित्सकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियम विपरीत नियुक्ति दिएका छन्। प्रधानमन्त्री ओलीको गत महिना गरिएको दोस्रोपटकको मिर्गौला प्रत्यारोपणमा संलग्न प्रत्यारोपण सर्जन डा. प्रेम ज्ञवालीलाई स्वास्थ्य सेवा ऐनको भावना विपरीत भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक नियुक्त गरिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको सिफारिसमा बुधवार बसेको मन्त्रिपरिषद्ले डा. ज्ञवालीलाई चार वर्षका लागि केन्द्रको…

    विस्तृतमा पढ्नुस्

  • युवा मेयरको भयानक सडक दुर्घटना, छेउमै आइपुगेको मृत्युलाई यसरी जिते

    युवा मेयरको भयानक सडक दुर्घटना, छेउमै आइपुगेको मृत्युलाई यसरी जिते

    काठमाडौंः वैशाख २३ गते बिहान नेकपा नेता दानबहादुर शाहीको निधन भएको खबर आयो। मृतकको परिवारलाई समवेदना दिन निस्किए कञ्चनपुरको वेदकोट नगरपालिकाका मेयर अशोक चन्द। उनीसँगै थिए वेदकोट उद्योग वाणिज्य संघका महासचिव रामचन्द्र रेग्मी पनि। उनीहरु सवार गाडी चलाएका थिए दिलबहादुर चौधरीले।  वेदकोटबाट धनगढी हुँदै पुनर्वास नगरपालिका पुगे उनीहरु। कञ्चनपुर खेलकुद विकास समितिका पूर्वउपाध्यक्ष समेत रहेका मृतक दानबहादुर शाहीलाई श्रद्धाञ्जली दिए।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell