PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

  • धनुषाधामको मेयरमा कांग्रेसका बालेश्वर र उपमेयरमा विधादेवी निर्वाचित

    धनुषाधामको मेयरमा कांग्रेसका बालेश्वर र उपमेयरमा विधादेवी निर्वाचित

    जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार मेयर र उपमेयरमा निर्वाचित भएका छन्। मेयरमा बालेश्वर मण्डल निर्वाचित भएका हुन्। उनले ४ हजार ७१८ मत ल्याउँदा उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेका योग कुमार यादवले ४ हजार १७९ मत ल्याएका छन्। यस्तै, उपमेयरमा कांग्रेसकै विधादेवी भुजेल निर्वाचित भएकी छिन्। उनले ४ हजार १२५ मत ल्याउँदा निकटतम प्रतिद्वन्दी एमालेकी शान्‍ति देवी सुडीन…

    विस्तृतमा पढ्नुस्

  • बलात्कार भएको भन्दै युवतीले भिडियोबाट सार्वजनिक गरेपछि प्रहरीले थाल्यो अनुसन्धान

    बलात्कार भएको भन्दै युवतीले भिडियोबाट सार्वजनिक गरेपछि प्रहरीले थाल्यो अनुसन्धान

    काठमाडौं : बुधवार टिकटकमा ‘सुसी खान जाने हो’ अकाउन्टबाट एकजना रेग्मी थरकी युवतीले आफूमाथि भएको यौन शोषणको घटना सार्वजनिक गरेपछि त्यसमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ। २०७१ सालमा भएको मिस ग्लोबल इन्टरनेश्नल नामक ब्युटी प्याजेन्टका क्रममा होटलमा आफूमाथि बलात्कार भएको उनले भिडियोमा बताएकी छिन्। उनले आफूलाई बलात्कार गर्ने र उनलाई साथ दिनेको थरमात्र खुलाएकी छिन्। शोषण गर्नेमा एक जना फोटोपत्रकार र कन्सल्टेन्सी…

    विस्तृतमा पढ्नुस्

  • बुटवलमा 'सिल' तोडिएको मतपेटिका भेटियो, मतगणना स्थगित

    बुटवलमा 'सिल' तोडिएको मतपेटिका भेटियो, मतगणना स्थगित

    बुटवल : रूपन्देहीको बुटवल उपमहानगरपालिकामा ‘सिल’ तोडिएको मतपेटिका भेटिएपछि मतगणना स्थगित भएको छ। वडा नम्बर ११ को मत गणनाका क्रममा मतपेटिका सिलबन्दी तोडिएको भेटिएपछि मतगणना स्थगित भएको बुटवलका निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए। मतपेटिका खोल्ने क्रममा सिल तोडिएको भेटिएपछि मतगणना रोकिएको उनले बताएका हुन्। ‘च’ बुथको दोस्रो बाक्साको लक तोडिएको अवस्थामा भेटिएको र मतपेटिका शिलबन्दी गरेको कपडामा स्वस्तिक छाप…

    विस्तृतमा पढ्नुस्

  • यौन शोषणकै कारण आत्महत्याको प्रयाससम्म गरेकी युवतीलाई श्रृंखलाको साथ : तिम्रो गल्ती छैन

    यौन शोषणकै कारण आत्महत्याको प्रयाससम्म गरेकी युवतीलाई श्रृंखलाको साथ : तिम्रो गल्ती छैन

    काठमाडौं : मिस नेपाल २०१८ ले श्रृंखला खतिवडाले ब्युटी प्याजेन्टको नाममा भएको यौन शोषण बाहिर ल्याएकी युवतीको साथमा आफूहरु रहेको प्रतिक्रिया दिएकी छिन्। ‘सुसी खान जाने हो’ नामक टिकटक अकाउन्टबाट सार्वजनिक भिडियोमा रेग्मी थरकी युवतीले आफूमाथि भएको यौन हिंसाको घटनाको खुलासा गरेकी थिइन्। जसमा उनले ब्युटी प्याजेन्टका क्रममा आफू माथि बलात्कार भएको र उक्त घटनाबारे जानकारी दिँदा कसैले सहयोग नगरेको उल्लेख गरेकी थिइन्।…

    विस्तृतमा पढ्नुस्

  • बलात्कार भोगेकी युवतीको खुलासा, ब्युटी प्याजेन्टका नाममा यौन शोषण : 'खसी बाजी राख्‍ने'लाई समात्‍ने प्रहरी जघन्य अपराधमा के हेरिरहेको छ?

    बलात्कार भोगेकी युवतीको खुलासा, ब्युटी प्याजेन्टका नाममा यौन शोषण : 'खसी बाजी राख्‍ने'लाई समात्‍ने प्रहरी जघन्य अपराधमा के हेरिरहेको छ?

    काठमाडौं : बुधवार टिकटकमा ‘सुसी खान जाने हो’ अकाउन्टबाट एकजना रेग्मी थरकी युवतीले आफूमाथि भएको यौन शोषणको घटना सार्वजनिक गरिन्। २०७१ सालमा भएको मिस ग्लोबल इन्टरनेश्नल नामक ब्युटी प्याजेन्टका क्रममा होटलमा आफूमाथि बलात्कार भएको उनले भिडियोमा बताएकी छिन्। उनले आफूलाई बलात्कार गर्ने र उनलाई साथ दिनेको थरमात्र खुलाएकी छिन्। उनले शोषण गर्नेमा  एक जना फोटोपत्रकार र कन्सल्टेन्सी संचालक रहेको बताएकी छिन्। उनले आफूमाथि…

    विस्तृतमा पढ्नुस्

  • चौकुनेमा कांग्रेस-माओवादी गठबन्धन विजयी

    चौकुनेमा कांग्रेस-माओवादी गठबन्धन विजयी

    सुर्खेत : नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच चुनावी गठबन्धन रहेको सुर्खेतको चौकुने गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका खड्ग विक र उपाध्यक्षमा कांग्रेसका नर बहादुर बान्तोला विजयी भएका छन्। विक ५ हजार ४७६ मत सहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरि अधिकारीले तीन हजार ४१४ मत मात्र प्राप्त गरे। अध्यक्ष पदका अर्का…

    विस्तृतमा पढ्नुस्

  • बनेपाको मेयरमा कांग्रेसका शान्ति रत्न निर्वाचित, उपमेयर एमालेले जित्दा वडामा मिश्रित परिणाम

    बनेपाको मेयरमा कांग्रेसका शान्ति रत्न निर्वाचित, उपमेयर एमालेले जित्दा वडामा मिश्रित परिणाम

    काठमाडौं : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका शान्ति रत्न शाक्य निर्वाचित भएका छन्। नेकपा एमालेका रत्न कुश रंजितकारलाई पराजित गर्दै शाक्य विजयी भएका हुन्। शाक्यले १३ हजार ७९३४ मत पाउँदा रंजितकारले ११ हजार ८३५ मत पाएका छन्। उपप्रमुखमा भने नेकपा एमालेकी विमला सापकोटा दाहाल निर्वाचित भएकी छिन्। उनले ११ हजार ९९२ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका रगुबर चौ प्रधानले…

    विस्तृतमा पढ्नुस्

  • घोराही उपमहानगरपालिकामा एमालेका चौधरी विजयी

    घोराही उपमहानगरपालिकामा एमालेका चौधरी विजयी

    काठमाडौं: दाङको घोराही उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका नरुलाल चौधरी निर्वाचित भएका छन्। उनले गठबन्धनका हेमराज शर्मा पोखरेललाई ५ हजार ३ सय ६० मतान्तरले हराउँदै मेयरमा निर्वाचित भएको हुन्। चौधरीले ३१ हजार ७ सय २८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका पोखरेलले २६ हजार ३ सय ३८ मत प्राप्त गरे। त्यस्तै उपमेयरमा हुमाकुमारी डिसीले ३० हजार ४०३ मत ल्याउँदै निर्वाचित भइन्।…

    विस्तृतमा पढ्नुस्

  • चुनावमा मतपत्र छापिए तर छैनन् पर्याप्त पाठ्यपुस्तक : शैक्षिक सत्र सुरु गर्नै सकस

    चुनावमा मतपत्र छापिए तर छैनन् पर्याप्त पाठ्यपुस्तक : शैक्षिक सत्र सुरु गर्नै सकस

    काठमाडौं: सरकारले पाठ्यपुस्तक छपाईमा गरेको ढिलासुस्ती र हेलचेक्राँइले देशभरका माध्यामिक तहसम्म अध्ययनरत विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ। जेठ ५ गतेबाट नै शैक्षिक सत्र शुरु हुने भए पनि पाठ्यपुस्तक छपाई र वितरण हुन नसक्दा विद्यार्थी कसरी पढ्ने भन्ने अन्योल सिर्जना भएको हो। विशेष गरी कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यपुस्तक सरकारले लागू गरेको छ। तर अहिलेसम्म पनि छपाई…

    विस्तृतमा पढ्नुस्

  • तेस्रो खेलबाट पहिलो जितको खोजीमा नेपाल

    तेस्रो खेलबाट पहिलो जितको खोजीमा नेपाल

    काठमाडौं: सोमवारबाट सुरु भएको नेपाल र युगाण्डाको महिला टोलीको टी २० सिरिजको तेस्रो खेल आज हुँदैछ। सुरुवाती दुई खेलमा लगातार हार ब्यहोरेको नेपाली टोली आज पहिलो जितको खोजीमा उत्रने छ। खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा दिउँसो १ बजे खेल हुनेछ। पहिलो खेलमा युगाण्डाले नेपाललाई १२ रनले हराएको थियो भने दोस्रो खेलमा १ विकेटले हराएको थियो। सिरिजको खेल चौथो जेठ ६…

    विस्तृतमा पढ्नुस्

  • धनुषाको बटेश्वरमा कांग्रेस उम्मेदवार विजयी

    धनुषाः धनुषाको बटेश्वर गाउँपालिकामा कांग्रेसको उम्मेदवार निर्वाचित भएका छन्। अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन्।  अध्यक्षमा रामअशीष महतो निर्वाचित भएका हुन्। उपाध्यक्षमा कांग्रेसकै फुलकुमारी सिंह निर्वाचित भएकी छन्।

    विस्तृतमा पढ्नुस्

  • सन्धिखर्क नगरपालिकामा एमालेका श्रेष्ठ विजयी

    सन्धिखर्क नगरपालिकामा एमालेका श्रेष्ठ विजयी

    अर्घाखाँचीः अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ। नगर  प्रमुखमा कृष्णप्रसाद श्रेष्ठ ११ हजार ३९६ मतका साथ विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली  कांग्रेसकी शान्ता भण्डारीले नौ हजार ५३५ मत प्राप्त गरिन्। २०७४ को स्थानीय तह निर्वाचनमा पनि श्रेष्ठ एमालेको तर्फबाट उम्मेदवार थिए। त्यसबेला उनी कांग्रेसका कमलप्रसाद भुसालसँग एक हजार १०३ मतले पराजित भएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • लेखराजका भाइ गृह नगरमा पराजित, भट्टको वडा पनि कांग्रेसको पोल्टामा

    लेखराजका भाइ गृह नगरमा पराजित, भट्टको वडा पनि कांग्रेसको पोल्टामा

    कैलालीः नेकपा (एमाले) का सचिव लेखराज भट्टको गृह नगरमा एमालेले पराजय ब्यहोरेको छ। भट्टको गृह नगर गोदावरी नगरपालिकामा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार कांग्रेसका वीरेन्द्र भट्ट विजयी भएका हुन्। उपमेयरमा भने एमालेकी शारदा रोकाया विजयी भएकी छन्। मेयरमा विजयी भट्टले १५ हजार ५०१ मत पाएकी छन् भने प्रतिद्वन्द्वी एमालेका गोकर्ण भट्टले ११ हजार २२४ मत मात्रै पाएका छन्। यस्तै उपमेयरमा विजयी…

    विस्तृतमा पढ्नुस्

  • धनुषाको कमला नगर प्रमुखमा कांग्रेसका यादव विजयी

    धनुषाको कमला नगर प्रमुखमा कांग्रेसका यादव विजयी

    धनुषाः धनुषाको कमला नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विशेश्वर यादव निर्वाचित भएका छन्। यादवका निकटतम प्रतिद्वन्द्वी पशुपति यादवले दुई हजार ७७१ मत प्राप्त गरे। विशेश्वरले तीन हजार २५७ मत ल्याएर निर्वाचित भएका हुन्। उपमेयरमा कांग्रेसकी शिलादेवी मण्डल तीन हजार ३१० मतसहित निर्वाचित भइन्। निकटतम प्रतिद्वन्द्वी जसपा नेपालकी पुनिता कुमारीले दुई हजार ६४६ मत पाइन्।

    विस्तृतमा पढ्नुस्

  • चितवनको कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा एमाले विजयी

    चितवनको कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा एमाले विजयी

    चितवनः चितवनको कालिका नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन्। प्रमुखमा एमालेका विनोद रेग्मीले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शिवराम केसीलाई १४३ मतान्तरले विजयी भएका हुन्।   रेग्मीले १० हजार ७१४ मत प्राप्त गर्दा केसीले १० हजार ५७१ मत प्राप्त गरे। यस्तै उपप्रमुखमा पनि एमालेकै बिमला लामाले १० हजार ४४० मत प्राप्त गरिन्। गठबन्धनबाट उपप्रमुखको उम्मेदवार बनेकी…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरको उपप्रमुखमा सुनिता डंगोलको मतान्तर ११  हजार नाघ्यो

    काठमाडौं महानगरको उपप्रमुखमा सुनिता डंगोलको मतान्तर ११  हजार नाघ्यो

    काठमाडौं: काठमाडौं महानगरपालिकाको उपप्रमुख पदकी उम्मेदवार सुनिता डंगोलले आफ्नो मतान्तर बढाउँदै लगेकी छिन्। गणना बढेसँगै सुनिताले मतान्तर बढाउँदै गएकी छिन्। उनी निकटतम प्रतिद्वन्द्वीभन्दा ११ हजार मतन्तरले अगाडि छिन्। साँझ ८ बजेसम्मको परिणाम अनुसार एमालेबाट उम्मेदवारी दिएकी सुनिताले १६ हजार २७६ मत ल्याएकी हुन्। प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले ५ हजार २३३ मतमात्र पाएका छन्। सभा गृहको…

    विस्तृतमा पढ्नुस्

  • ललितपुरमा चिरीबाबुको अग्रता दोब्बर, उपप्रमुखमा एमालेकी शाक्य अगाडि

    ललितपुरमा चिरीबाबुको अग्रता दोब्बर, उपप्रमुखमा एमालेकी शाक्य अगाडि

    ललितपुरः ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले) की मञ्जली शाक्यको अग्रता कायम छ। पछिल्लो विवरणअनुसार नेपाली कांग्रेसका उम्मेदवार महर्जनले १४ हजार २८५ र एमालेका हरिकृष्ण व्यञ्जनकारले सात हजार १२९ मत पाएका छन्। उपप्रमुखमा एमालेकी उम्मेदवार शाक्यले सात हजार ३७७ मत र नेकपा (माओवादी) का बाबुराजा बज्राचार्यले चार हजार ७७५ मत पाएका छन्। आठ वडाको वडाध्यक्षमा…

    विस्तृतमा पढ्नुस्

  • गोकर्णेश्वरको नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

    गोकर्णेश्वरको नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

    काठमाडौँः गोकर्णेश्वर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका दिपक रिसाल विजयी भएका छन्। वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको सम्पन्न मतगणनामा रिसाल विजयी भएका हुन्।  नगर प्रमुख रिसालले नौ हजार ६९२ मत पाई विजयी भएको नगर निर्वाचन अधिकृत रञ्जु गौतमले जानकारी दिइन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उद्धव विष्टले आठ हजार ५०४ मत पाए। उपप्रमुखमा भने एमालेकी सान्नानी लामा…

    विस्तृतमा पढ्नुस्

  • बागलुङको जैमिनी नगर प्रमुखमा राजमो र उपप्रमुखमा कांग्रेस उम्मेदवार विजयी

    बागलुङको जैमिनी नगर प्रमुखमा राजमो र उपप्रमुखमा कांग्रेस उम्मेदवार विजयी

    बलेवाः बागलुङको जैमिनी नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय जनमोर्चा र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। नगर प्रमुखमा राजमोका नरबहादुर पुन तथा उपप्रमुखमा कांग्रेसका हरिहर शर्मा विजयी भएका हुन्। पुनले आठ हजार ७५५ तथा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लीलाबहादुर रानाले दुई हजार ८७३ मत प्राप्त गरे। उपप्रमुखमा शर्माले नौ हजार १७३ तथा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उषा पौडेलले दुई हजार ६३६…

    विस्तृतमा पढ्नुस्

  • बाराको निजगढ नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

    बाराको निजगढ नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

    कलैयाः बाराको निजगढ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) विजयी भएको छ। एमालेका सुरथ पुरीले नौ हजार ४७५ मत ल्याई विजयी भएको निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले जानकारी दिए। बरालका अनुसार निकटतम प्रतिद्वन्द्वी एवं निवर्तमान नगर प्रमुख नेपाली कांग्रेसका सुरेशकुमार खनालले आठ हजार ८२३ मत प्राप्त गरे। त्यस्तै उपप्रमुखमा एमालेकै सोममया थिङ आठ हजार ६५९ मतसहित निर्वाचित भएकी छिन्। निकटतम प्रतिस्पर्धी रविराज दङ्गालले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell